हिजो साँझदेखि एउटा समाचार निकै भाइरल भएको थियो सोसल मिडियामा- सर्वोच्च अदालतले लकडाउनको अवधिको भाडा नलिनु भन्ने आदेश दियो रे। अनलाइन मिडियाहरुलाई पत्याएरै त होला, धेरैले यो समाचार आफ्नो ग्रुपमा, वालमा सेयर गरे। तर सर्वोच्चको आदेशै हेरेपछि पो थाहा भयो, यो खबर त ‘फेक’ पो रहेछ। तर पनि हिजो भाइरल भएर व्यापक भइसकेको यो खबर… Continue reading
Category: Fact check
लकडाउन अवधिको घर भाडा नलिन सर्वोच्चले आदेश दिएको समाचार गलत
‘लकडाउन अवधिको घर भाडा नलिन सर्वोच्चको आदेश’ भएको समाचार हिजो साउन १५ देखि सामाजिक सञ्जालमा भाइरल भएको छ। ‘थाहाखबर’ अनलाइनले लेखेको समाचार फेसबुकका थुप्रै ग्रुपहरुमा सेयर भएका छन् भने अरु वेबसाइटहरुमा पनि थाहाखबरकै हुबहु समाचार कपिपेस्ट गरिएको छ। के यो समाचार सही हो? हामीले फ्याक्टचेक गरेका छौँ।
नझुक्किनुस्, स्यानिटरी प्याड लगाएकै कारण कसैको मृत्यु भएको छैन
नायिका वर्षा शिवाकोटीले बिहीबार आफ्नो फेसबुकमा एउटा स्टायटस राखिन्, जसमा लेखिएको थियो- ह्विस्पर, स्टे फ्री आदि स्यानिटरी प्याड प्रयोग गरेका कारण ५६ जनाको मृत्यु भयो। उनले जस्तै अहिले धेरै नेपालीले फेसबुकमा यही स्टायटस कपिपेस्ट गरी राखेका छन्। त्यसमा दावी गरिएको छ-एउटै प्याड दिनभर प्रयोग गर्दा अल्ट्रा न्यापकिनहरुमा प्रयोग हुने रसायन लिक्विडबाट जेलमा परिणत हुन्छ, यसले… Continue reading
हिमानी शाहलाई राष्ट्रिय सभामा मनोनीत गर्ने समाचारको वास्तविकता के हो?
सामाजिक सञ्जालमा अहिले राष्ट्रिय सभाको राष्ट्रपतिले मनोनीत गर्ने सदस्यमा पूर्व युवराज्ञी हिमानी शाहलाई प्रस्ताव गरिएको विषय भाइरल हुँदैछ। ९० हजारभन्दा बढी फलोअर भएकी बेलायत बस्ने इशा गुरुङले जुलाई २९ मा ब्रेकिङ भन्दै यो विषयमा फेसबुकमा स्टायटस लेखेकी छिन् जुन बुधबार साँझ यो तथ्यजाँच तयार पार्दासम्म १८१ पटक सेयर भएको छ। फेसबुकका विभिन्न ग्रुपहरुमा समेत उनको… Continue reading
‘कान्तिपुर’को कहाँ चुक्यो समाचार? काठमाडौँका ११ र ललितपुरका तीन संक्रमितको हिसाब गडबड
लकडाउन खुलेपछि पछिल्लो समय राजधानी काठमाडौँमा कोभिड-१९ संक्रमणको संख्या बढ्दै गएको छ। यसै क्रममा २०७७ साउन १३ गते मंगलबार एकै दिन ठूलो संख्यामा संक्रमित भेटिए। तर मंगलबार पुष्टि भएका संक्रमितको संख्या भने मिडियाले फरक-फरक दिएका छन्। कान्तिपुरले साउन १४ गते बुधबारको अङ्कको पहिलो पेजको ‘कोरोना नियन्त्रणमा कहाँ चुक्यो सरकार?’ शीर्षकको समाचारको उपशीर्षकमा ‘राजधानीमा एकै दिन… Continue reading
कान्तिपुरमा छापिँदै नछापिएको ‘फेक न्युज’ बनाई महिलाको ‘चरित्र हत्या’
सोसल मिडियामा अहिले ‘कान्तिपुर’ दैनिकको फ्रन्टपेजको दावी गरिएको एउटा स्क्रिनसट भाइरल भएको छ। ६ लाखभन्दा बढीले फलो गर्ने हाल अमेरिकामा रहेकी तिर्सना बुढाथोकीको फेसबुक पेजमा राखिएको पोस्ट र उनैले बनाएको टिकटकबाट यो विषय भाइरल भएको हो। ती पोस्टमा जापानमा रहेकी फेसबुकमा झण्डै डेढ लाख फलोअर भएकी ज्वाला संग्रौलाको विषयमा आपत्तिजनक शीर्षकसहितको समाचार देखिन्छ। के हो… Continue reading
‘निर्मला हत्याका दुई वर्ष’ शीर्षकको समाचारमा कान्तिपुरले गरेका दुई गल्ती
हल्ला र अफवाहको भरमा बनाइएका समाचारका कारण निर्मला प्रकरण कसरी गिजोलियो भन्ने विषयमा त धेरै कुरा प्रष्ट भइसकेको नै छ। तर अझै पनि यो प्रकरणमा हुँदै नभएको कुरा लेख्ने क्रम हटेको छैन। हिजोमात्रै नागरिक दैनिकले लेखेको समाचारबारे ब्लग लेखेको थिएँ। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्। आज चाहिँ कान्तिपुरको पालो रहेछ। ‘निर्मलाको हत्याको दुई… Continue reading
हिमालखबरको ‘न्युजरुम ल्याब’ले काठमाडौँमा थपिदियो ६ जना कोरोना संक्रमित?
कोरोना संक्रमित भएको/नभएको पुष्टि गर्ने काम देशभरमा भएका २७ वटा ल्याबले पीसीआर परीक्षणबाट गर्ने गर्छन्। तर आज त्यसमा एउटा नयाँ ल्याब पनि थपियो जस्तो छ- हिमालखबरको न्युजरुम ल्याब! हिमालखबरले आज २०७७ साउन ४ गते ‘काठमाडौंमा सात जना सहित १५६ संक्रमित थपिए’ शीर्षकको समाचार राखेको छ। समाचारमा लेखिएको छ, ‘राजधानी उपत्यकाको काठमाडौंमा सात र ललितपुरमा दुई… Continue reading
के ‘जी न्युज’ले साँच्चिकै नेपालीसित माफी मागेको हो?
केही दिनदेखि भारतीय मिडियाको सामग्रीलाई लिएर नेपालमा बहस चलेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको बारेमा बिना आधार ‘बलिउड गसिप’ जस्तो समाचार बनाएर जी न्युजको बिहार झारखण्ड च्यानलले सामग्री तयार पारेको थियो। त्यो पत्रकारिता थिएन, समाचार थिएन, घृणा फैलाउन बनाइएको वाहियात सामग्री थियो। त्यो सामग्री सोसल मिडियामार्फत् फैलिएपछि नेपालमा चर्को आलोचना भयो। मल्टी… Continue reading
के रक्षामन्त्रीको घरमा काम गर्ने ४ फुटको नाबालकलाई सेनामा भर्ना गरिएको हो?
सामाजिक सञ्जालमा अहिले एउटा पोस्ट चर्चामा छ। पोस्टमा सेनाको बर्दी लगाएका दुई जना फूलमालासहित देखिएका छन्। त्यसको विवरणमा रक्षामन्त्रीको घरमा काम गर्ने चार फुटको नाबालकलाई नेपाली सेनामा भर्ना गरिएको दावी गरिएको छ। कल्यान सिंह महता नामको फेसबुकबाट सेयर भएको यो पोस्टलाई बिहीबार मध्याह्नसम्म ३४ जनाले सेयर गरेका छन्।
कोरोना संक्रमण भएपछि डिस्चार्ज हुनेको संख्या ९ हजार होइन, ६ हजार हो
अन्नपूर्ण पोस्टले २०७७ असार २० गतेको अनलाइन संस्करणमा ‘कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुग्यो : ९ हजार ४२ डिस्चार्ज’ शीर्षकमा समाचार छ। त्यसैगरी अरु केही अनलाइनहरुले पनि डिस्चार्ज गर्नेहरुको संख्या अन्नपूर्ण पोस्टले जस्तै लेखेका छन्। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक विवरणले भने त्यसो भन्दैन।
अहँ, हेभी मेटल म्युजिकले सलहलाई कक्रक्कै पार्दैन
कृषि मन्त्री घनश्याम भुसालले हेभी मेटल म्युजिक सुनाएपछि सलह कक्रक्कै पर्ने भएकोले त्यस्तो म्युजिक संकलन गरिरहेको बताएको खबरले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ। सिन्धुलीमाढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले बताएको कुरालाई ‘कान्तिपुर’ ले ‘सलह कक्रक्कै हुने अमेरिकी गीत संकलन गर्दैछौं : मन्त्री भुसाल‘ शीर्षकमा समाचार छापेको थियो। लगत्तै कृषि मन्त्रीका पिएले कान्तिपुरको नाम नलिई… Continue reading
के प्रम ओलीले भने जस्तै स्वीडेनका राजा साइकलमा हिँड्छन्?
प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्मजयन्तीमा आइतबार बालुवाटारमा भएको कार्यक्रममा राष्ट्रपतिले महँगो गाडी चढ्यो भनेर भइरहेको आलोचनाको जवाफ दिए। यस क्रममा उनले ‘मदन भण्डारीकी धर्मपत्नीलाई साइकल चलाउन जान्नु हुन्न’ मात्र भनेनन्, उच्च पदस्थहरु साइकलमा नहिँड्ने बताए। यसै क्रममा उनले भने, ‘राष्ट्रपति साइकलमा हिँड्दैनन्। हो, स्वीडेनका राजा साइकलमा हिँड्छन्। बडो चर्चा छ। मैले पनि कहिले… Continue reading
स्वदेशीदेखि विदेशी नेताहरु झुक्किए, तपाईँ नझुक्किनुस् : कार्ड भिरेर भाइरस भाग्दैन
नेकपाको स्थायी समितिको बैठकमा आइडी कार्ड जस्तो नेताहरुको घाँटीमा ‘भाइरस भगाउने कार्ड’ झुण्डिएको देखियो। त्यहाँमात्र होइन, संसदमा समेत नेकपाका नेताहरु त्यही कार्ड घाँटीमा झुण्ड्याएर बैठकमा सहभागी भएको देखियो। कान्तिपुरको समाचार अनुसार सांसद कल्याणी खड्काको छोरा विप्लव केसीको बियोन्ड द वाल ट्रेडिङ कम्पनीले चीनबाट १० हजार थान यो कार्ड नेपाल ल्याएका र नेकपा पार्टीले नै किनेर… Continue reading
कृषि मन्त्रालयको हुँदै नभाको प्रतिवेदन : ‘कान्तिपुर’को क्षमायाचना, ‘नागरिक’को स्पष्टीकरण, ‘अन्नपूर्ण पोस्ट’ चुप
कृषि मन्त्रालयको फेक प्रतिवेदनलाई आधार बनाएर मिडियाहरुले समाचार लेखेको बारे तीन दिनअघि ब्लग लेखेको थिएँ- कहाँबाट आयो ‘हुँदै नभएको’ कृषि मन्त्रालयको सीमा मिचेको ‘प्रतिवेदन’? आज असार १३ गते ‘कान्तिपुर’ले असार १० गते छापिएको ‘चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण’ शीर्षक समाचारमा ‘गम्भीर तथ्यगत त्रुटि’ भएको स्वीकार्दै क्षमायाचना गरेको छ। विदेशतिर गल्ती हुँदा सच्याउने चलन सामान्य… Continue reading
राष्ट्रिय सभामा कोरोनाभाइरस बारे प्रधानमन्त्रीले राखेका ६ भ्रामक ‘तथ्य’
राष्ट्रिय सभाको २०७७ असार ४ गते बिहीबारको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले करिब २ घण्टा लामो प्रवचन दिए। त्यस क्रममा उनले विभिन्न विषयमा आफ्नो विचार राखेका थिए। त्यसमध्ये कोरोनाभाइरस बारे राखेका तथ्यहरुको हामी जाँच गर्दैछौँ। प्रधानमन्त्रीको भनाई : जुनसुकै कारणले निधन भएको भए पनि यदि कोरोना संक्रमित पाइयो भने त्यस्तो अवस्थामा कोरोनाबाटै निधन भएको… Continue reading
सेनाको अनियमितताको हिसाब निकाल्दा ‘कान्तिपुर’को हिसाब पनि गडबड
असार ३, २०७७ मा कान्तिपुर दैनिकको दोस्रो पेजमा ‘क्वारेन्टाइन व्यवस्थापनमा अनियमितता : औषधि नै नखाई ७४ लाखको बिल’ शीर्षकको समाचार छापिएको छ। सामाजिक सञ्जालमा निकै चर्चाको विषय भएको यो समाचारमा सेनाको अनियमितताको हिसाब निकाल्दा ‘कान्तिपुर’को हिसाब पनि गडबड भएर पाठकलाई भ्रमित पारिएको छ। त्यसो त समाचारको मुख्य चासो ‘क्वारेन्टाइन व्यवस्थापनमा अनियमितता’ हो र ‘चीनको वुहानबाट… Continue reading
रुकुम घटनामा ‘कान्तिपुर’को ‘फेक न्युज’ : डाक्टरको पोस्टमार्टम रिपोर्ट र ‘कान्तिपुर’को फरक
देशविदेशमा चासोको विषय बनेको रुकुम-जाजरकोट घटनाबारे कान्तिपुरले फेक न्युज लेखेको पुष्टि भएको छ। कान्तिपुरले २०७७ जेठ १६ गतेको अंकमा ‘पोस्टमार्टम रिपोर्ट भन्छ- पाँचै युवाको मृत्यु कुटपिटबाट, भेरी नदीमा बगे पनि मृतकको पेटमा पानी भरिएको नदेखिएको चिकित्सकको भनाइ’ शीर्षकमा समाचार छापेको थियो। तर, जाजरकोट अस्पतालका चिकित्सकले तयार पारेको पोस्टमार्टम रिपोर्टमा भने कुटपिटबाट मृत्यु भएको होइन, डुबेर… Continue reading
चार वर्षअघिको फोटोलाई ‘म्यानिपुलेट’ गरी नयाँ नारा हालेर फेक फोटो र न्युजको प्रचार
केही समय अघिदेखि देशका विभिन्न भागमा सरकारको अकर्मण्यतालाई लक्षित गर्दै युवायुवतीहरुले प्रदर्शन गर्दै आएका छन्। यी प्रदर्शनमा सहभागी हुनेहरुले विभिन्न नारा भएका प्लेकार्डहरु बोकेका हुन्छन्। अहिले सामाजिक सञ्जालमा ‘सरिता गिरी आई लभ यु’ लेखिएको नारासहितको एउटा फोटो भाइरल भएको छ। यो फोटोको आधारमा अनलाइन मिडियाहरुमा समाचार पनि लेखिएको छ। सरिता गिरीले नेपालको नक्सा अद्यावधिक गरिएको… Continue reading
सरकारको निर्णय पढ्न जानेन सिन्धुपाल्चोक प्रहरीले
सरकारले जेठ २८ गते लकडाउन खुकुलो बनाउने निर्णय गर्यो। मन्त्रिपरिषद्को बैठकले के के सेवा सञ्चालन गर्न पाउने, के के नपाउने भनेर सूची नै प्रकाशन गर्यो। सरकारको निर्णयमा केही व्यवस्था असार १ गतेदेखि र केही व्यवस्था चाहिँ तत्काल प्रारम्भ हुने भनिएको थियो। आज जेठ ३१ गते सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले फेसबुकमा एउटा सूचना राखेको छ। सूचना… Continue reading