यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
|
By सूर्य खड्का, on November 20th, 2019 हेल्लो एक्स किङ्ग? याने कि पूर्व महाराज, मिस्टर ज्ञानेन्द्र। जब राति खै के जाती ताती भने झैँ रातबिरात के सारो गरेको हो यस्तो? यो बुढेसकालमा सहरमा जाडो बढ्दै गा’बेला किन राति राति नाइट क्लबमा धाउनु परेको? एक्लै खुसुक्क पनि होइन फेरि। बुहारी, छोरी, भतिजी आफन्तसहित नाइट क्लब धाउने? कस्तो जीवन शैली सुरु गरिबक्स्या हो […]
By Salokya, on September 6th, 2019 नबोले नि माया लाग्ने रैछ सान्नानी, चाइना कम्पनी.. भनेर सरुभक्तले गीत लेखेको जुग भइसक्यो। चिनियाँहरुलाई हामी नेपालीहरु ‘माया लाग्ने’रुपमै लिइरहेका थियौँ। तर तिनै चाइनिजहरुले अस्ति भर्खर हाइटेक उपद्रो हानेर एटिएमबाट तीन करोड झिके। नेपाल राष्ट्र बैँकले हैन के भा यो, कसरी जोगाउने भनेर एउटा छानबिन टोली बनाएको थियो। त्यो टोलीले दिएको प्रतिवेदन तोरीलाउरे नै […]
By Salokya, on July 22nd, 2019 (आज छिमेकी देश भारतले चन्द्रमामा चन्द्रयान २ पठाएको छ। ४८ दिनपछि त्यो चन्द्र धरातलमा उत्रँदैछ। हामी नेपाली पनि कम छैनौँ। नील आर्मस्ट्रङले चन्द्र धरातलमा पाइला राख्नुभन्दा १० वर्षअघि महाकवि देवकोटाले उडेर चन्द्रमा छुने उद्देश्य लिनुपर्ने बताएका थिए। अनि चन्द्रलोक कसको भनेर यो व्यङ्ग्य लेख भैरव अर्यालले ५७ वर्षअघि नै लेखेका हुन्। जयभूँडीमा संग्रहित यो व्यङ्ग्य […]
By राजु अधिकारी, on June 22nd, 2019
आजभोलि उहाँलाई निकै शरम लाग्न थालेको छ रे । हुन त उहाँ शरम मान्ने मान्छे होइन, तर पनि खै के कारणले हो शरम मान्न थाल्नु भएको छ रे । मैले भनेको होइन, उहाँ आफैले भन्नु भएको । त्यसमा पनि खास गरी उहाँलाई शरम लाग्ने भनेको बुद्धिजीवीहरूसँग मात्र हो, अरूसँग त शरम मान्नुहुन्न । बिचरा […]
By mysansar, on January 10th, 2018 गौतम राम
घडी यसो हेर्छु,चलेकै देख्दिन। ला! घडी त बिग्रेछ क्या हो? ऑंखा मिच्दा पो थाहा पायँ,चस्मै नलाई पो हेरेछु। चस्मा लगाए र अनि हेरे,समय बिहानको ४ बजेको रहेछ। मनमनै सोचे, ओहो! हिजो खाको भाले त कस्तो इमान्दार रहेछ। मरेपछि पनि आफ्नो धर्म पुरा गर्यो। अनि फेरि सोचे, धत् मलाई कहाँ हिजो खाको भालेले ब्युँझाको […]
By mysansar, on December 13th, 2017 माइसंसारका पुराना पाठक हुनुहुन्छ भने उही कुमार लामाको नाम तपाईँले सम्झनु पर्ने हो। रियल फोटोमा व्यङ्ग्य संवाद भरेर हँसाउन उनी खप्पिस छन्। २०६२/६३ को जनआन्दोलन ताका उनको व्यङ्ग्यवाणले ‘ठहरै’ हुनेहरु धेरै थिए। धेरै समयपछि नेपालमा चुनावको मौसम चलेको बेला उनी फेरि छ वटा व्यङ्ग्यवाण लिएर उपस्थित भएका छन्। हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिनुस्। है। […]
By Salokya, on February 21st, 2017 आदरणीय दिदीबहिनी तथा दाजुभाइ, पार्टीका समआदरणीय नेतागण, देशभरबाट महाधिवेशन सफल पार्न राजधानीमा सामेल हुनुभएका प्रतिनिधि साथीहरु, महाधिवेशन सफल पार्न प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबै मित्रहरु।
प्रथमतः हामीसँग पार्टीका शहीद छैनन्। शहीद बनाउन नसक्ने पार्टीको इतिहासको आलोकमा म यो दलका दिवंगत सबै नेतागणमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु। साथै महाधिवेशन सफल पार्न अमूल्य सहयोग गर्नुभएकोमा सबैले […]
By mysansar, on January 31st, 2017 माइसंसारका पुराना पाठकले चिन्ने नाम हो उही कुमार लामा। धेरैअघिदेखि उनी फोटो कार्टुन बनाउने गर्छन्। उनैले बनाएका तीन वटा कार्टुनको संगालो।
By चर्चित, on December 5th, 2016 १) भाइरल म एक तरकारीवाली । खासमा म तरकारीवाली हैन, मलाई ‘फोटोपर्यटक’, सामाजिक सञ्जाल र मिडियाले थाहैनपाइ तरकारीवाली बनाए । चितौन बसेर पढ्दै गरेकी थिएँ । तिहुनसम्म राम्ररी बनाउन जानेकी थिँन । बाउआमाले गरेको खेतीबाट उब्जेको तरकारी बोकेर झोलुङ्गे पुल काट्न र तरकारी बेच्न लाग्दा रुपचन्द्र दाइ मेरो रुपमा मोहित भएछन् र खिचेनन् दुईथान फोटो […]
By चर्चित, on November 25th, 2016 फोटो साभार : josephmcconnell.com
जिउँदो हुनु भनेको सास फेर्नु हो । सास फेर्ने मान्छे जिउँदो हुन्छ । कृति लेखेर ख्याती कमाउने मान्छे मरेपछि पनि जिउँदो हुन्छ भन्छन् । तर कृतिकार कृतिमा जिउँदो रहे पनि भौतिक रुपमा ससरिर जिउँदो रहँदैन । त्यसैले सास रहुञ्जेल मात्रै मान्छे जिउँदो रहन्छ । सास गएपछि ता मृत अक्षरजस्तै […]
By चर्चित, on November 8th, 2016 अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले अहिलेसम्म पनि सर्वोच्च अदालतलाई तामेलीको जवाफ दिन नसकेपछि चर्चित आफै अघि सरेर जवाफ तयार पारिदिएका छन्। उनले लोकमानका लागि तयार पारिदिएको चार बुँदे तामेली जवाफ यस्तो छ-
सर्वोच्च अदालतबाट जारी भएको तामेली मेरा अनेकानेक बल, बुद्धि र कुटिलता प्रयोग्दा पनि अन्ततः मेरो घरमा टाँस्न सफल भएकोमा नयाँ तामेलदारसँगै नेपाल […]
By Salokya, on November 6th, 2016
चितवनको कलेजमा प्लस टु पढ्दै गरेकी एक किशोरी दशैँ विदामा घर आएका बेला बाआमालाई सघाउन तरकारी बोकेर पुल पार गरिन्। एक जनाले फोटो खिच्यो, फेसबुकमा हाल्यो। मान्छेहरुले फेसबुक र ट्विटरमा सेयर गर्न थाले। भाइरल भयो। पाकिस्तानमा चायवाला भाइरल भएको थियो। त्यही मौकामा भारतीय मिडियाले नेपालबाट मसला पायो। भारतीय मिडियाले भाइरल बनाएपछि नेपाली मिडियापछि लाग्यो। […]
By Salokya, on October 30th, 2016 सिस्नुपानी नेपालले हरेक वर्ष जस्तो यसपालि पनि व्यङ्ग्यात्मक देउसी भैलो खेलेको छ। प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रम केपी ओली र कांग्रेस नेता रामचन्द्र पौडेललाई अगाडि राखेर आज प्रज्ञा प्रतिष्ठानमा खेलेको देउसीभैलोमा नौ महिने सरकार, लोकमानसिह कार्की, कांग्रेस, एमाले, माओवादी केन्द्र, नयाँ शक्तिदेखि नेत्रविक्रम चन्दसम्मलाई व्यङ्ग्य हानिएको छ। पढौँ व्यङ्ग्यात्मक देउसी भैलो-
भन भन भाइ हो […]
By mysansar, on October 29th, 2016 ल प्रभु हजुरको आगमनमा सार्बजनिक बिदा ठोकियो ! पबित्र ती चरणमा, कोटी कोटी पापी यो शिर ढोगियो !! अब त … अब त … बस हजुरले भनेको ठाउँ मा कलम चलाउला ! जनता मारियो, देश मारियो, बिस्तारै जलाउला !! ….
[…]
By चर्चित, on August 14th, 2016 सरकारले ‘खाडी’बाट हुण्डीवालमार्फत् ‘काँचो सुन’ ल्याउन प्रतिबन्ध लाएपछि सुनचाँदी पसल टाट पल्टेकाले ‘घरेलु सुन’ बेच्दै एक ‘सुनौली’ महिला। साभार : चर्चित ढुंगेल।
By mysansar, on August 1st, 2016
-राम लोहनी-
पत्रकार — अस्ति संसदमा त साह्रै रुन्चे भाषण दिनुभयो त! दाहाल — केही सहानुभूति पाइन्छ कि भनेर त्यसो गरेँ भन्ने ठानेका होलान्। तर त्यसो होइन। हाम्रो पार्टीको बैठकले त्यस्तै बोल्ने निर्देशन दिएको थियो।
पत्रकार – सरकार ढाल्नुपर्ने कारण पनि प्रष्ट थिएन। किन त्यस्तो निर्देशन? दाहाल — हामी निस्केपछि असन्तुलन भएर आफै ढल्ने […]
By mysansar, on July 18th, 2016 माइसंसारका पुराना पाठकलाई उही कुमार लामाबारे राम्रैसँग थाहा छ। उनी फोटो कार्टुन बनाउन खप्पिस छन्। इन्टरनेटमा मेमे बनाउने चलन सुरु हुनुअघि नै उनी यस्ता फोटो कार्टुन बनाउँथे। आज उनले फोटो कार्टुनको नयाँ सेट बनाएका छन्। हेरौँ उनका फोटो कार्टुनहरु-
[…]
By mysansar, on July 13th, 2016 माओवादीले खासमा किन सरकार छाड्यो त? खास कारण त मनोज गजुरेललाई पनि थाहा रहेनछ। त्यसैले प्रचण्डको आवाजमा सरकार छाड्नुको भित्री कारणबारे आफ्नो कमेडी च्यानलमा राखेको अडियो भन्तव्यमा खासखुस कारण चाहिँ राख्न सफल भएका छन्।
के छ त खासखुस कारण चाहिँ? सुन्नुस् उनकै भाषामा सिरियस जोक अडियो।
[…]
By mysansar, on January 31st, 2016 -दोर्जे-
१) शनिबार बिहान कलंकीमा एक गृहिणीले धारा खोल्दा हावा आयो। एकछिनपछि हावाबाट बिजुली आयो। तुरून्तै उनले इन्डकसनमा खाना पकाइन्, आइरन लगाइन्,पम्पबाट पानी तानिन् र श्रीमानलाई खाना खुवाइन्। श्रीमान् पनि ओलेश्वर देवप्रति धन्य हुँदै अफिसतिर लागे। सबै काम सकेपछि गृहिणीले धारा बन्द गरिन्, ताकि कतै ग्यास आएर आगलागीबाट क्षति नहोस्।
२) ठमेलको क्रेजी […]
By mysansar, on October 21st, 2015 आफन्त लिन आएमा जुरुक्क उठ्नु पर्ने:- खेल भइरहेको समयमा कुनैपनि खेलाडीको स्वास्नी वा छोराछोरी वा अन्य नातेदार आई “उठ्नोस्” भनेमा खेलाडीले तुरुन्त आफ्नो हर हिसाब किताब मिलान गरी खालबाट जुरुक्क उठ्नु पर्नेछ । तर “एकै हात, एकै हात” भनी खेललाई लम्ब्याई लिन आएको व्यक्ति आवेशमा आई तास च्यात्ने वा हुर्याई दिई म्यारीज खेलको गरिमामै आँच […]
|
|