यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

ठाउँ न ठहर, आर्मीको रहर !

फोटो साभार : प्रवीण रानाभाट

नेपालमा अहिले एउटा अडियो खुबै भाइरल भएको छ- नाssटकै हो, नौटंकीsss नै हो।

माघ १९ गतेको रात रिङरोडमा आर्मीले बख्तरबन्द गाडी घुमाउँदा मान्छेलाई त्यस्तै लाग्यो। तर संकेत र आशंकाका अनेकौँ कथासमेत मिडिया र सोसल मिडियामा पढ्न पाइयो।

खासमा सेनाका प्रवक्ताले आइतबारै सामाजिक सञ्जालमा यसबारे जानकारी दिइसकेका थिए।

[…]

‘ब्याकडेट’मा प्रकाशन गर्नुपर्ने एउटा अर्को ‘राजपत्र’

प्रतिनिधि सभा विघटन गरेको बारे सूचना राजपत्रमा नछापिएको र सर्वोच्च अदालतमा कुरा उठिसकेपछि मात्र रातारात छापेर वेबसाइटमा समेत अपलोड गरेको बारे दुई हप्ताअघि इस्यु बनेको तपाईँहरुलाई यादै होला। जतिसुकै इस्यु बने पनि यो खासमा ‘कस्ता हुस्सुहरु होलान्, छाप्नु पर्दैन थियो’ भन्ने बाहेक अरु कानुनी रुपमा अप्ठेरो पर्ने कुरा चाहिँ देखिएन। किनभने राजपत्रको अतिरिक्ताङ्क भनेकै […]

खान पाउँदा मिलेर ग्वामग्वाम खाए, खान नपाउँदा धारेहात

https://www.mysansar.com/wp-content/uploads/2018/05/video-1526750046.mp4 कानुनी रुपमा फुट्न नसकेको नेकपाका नेताहरुले एकअर्कालाई गरेको गालीगलौज देखिनसक्नुका छन् अहिले। अनि तिनै नेताका पछाडि झोला बोकेर लागेकाहरुले उस्तै शैलीमा गर्ने गालीगलौजले तपाईँको फेसबुकको भित्तो पनि रङ्गिएको होला। ट्विटरतिर उस्तै छ पारा। देशको संविधानलाई समेत बन्धक बनाएर दुई समूहका बाँडिएका नेताहरुको यो कोलाहल किन त? कुनै इस्यु छ? छैन। कुनै एजेन्डा छ? […]

कोरोना विरुद्धको खोपबारे १६ महत्त्वपूर्ण प्रश्नको स्वास्थ्य मन्त्रालयले दिएको जवाफ

१. के मैले कोभिड-१९ अर्थात् कोरोना भाइरस रोग विरुद्धको खोप लिन जरूरी छ?

यो खोपले कोरोना भाइरस रोग लाग्नबाट हामीलाई बचाउँछ । खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ । साथै, यो खोप लगाएपछि, तपाईंबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ । नेपालमा कोरोना भाइरस विरुद्धको यो खोप १८ वर्ष […]

नेकपा दुवै गुटका निर्णय अमान्य गर्न निर्वाचन आयोगले दिएका चार कारण

निर्वाचन आयोगले नेकपाको फुटलाई मान्यता नदिने निर्णय गरेको छ। हुनत हामी फुट्यौँ भनेर दुवै गुट निर्वाचन आयोगमा गएकै हैनन्। हाम्रो समूह आधिकारिक हो, हामीले यो-यो निर्णय गर्‍यौँ भनेर आयोगलाई जानकारी दिएका हुन्। तर आयोगले त्यसलाई मान्यता दिएन र फुटअघिकै अवस्थामा दुई गुट पुगेका छन्। निर्वाचन आयोगले के आधारमा यस्तो निर्णय गर्‍यो त?

[…]

‘मिसफायर’ भएको नारायण वाग्लेको भाषण

हिजोको नागरिक समाजको आन्दोलनमा सम्बोधन गर्दै नारायण वाग्ले। फोटो साभार : रोजन श्रेष्ठ/पहिलोपोस्ट

नारायण वाग्ले हिजोदेखि लगातार चर्चामा छन्। हिजो भएको नागरिक समाजको आन्दोलनमा भएको प्रहरी हस्तक्षेप, उनले गरेको भाषण चर्चामा थियो नै। आज बिहानदेखि उनले ‘संविधानमा धर्म निरपेक्षता लेखिएको छ। त्यसैले मन्दिर बनाउने पूजा गर्ने काम बन्द हुनुपर्छ। धर्म निरपेक्षताका लागि मन्दिरहरु भत्काउनु […]

नेकपालाई टुक्रन नदिएको त्यो दफा ३३ (३), अब टुक्रन २०८० साल कुर्नुपर्ने?

सेटिङ मिलाएको हल्लाहरुका बीच आज निर्वाचन आयोगले नेकपा टुक्रन नसक्ने निर्णय गर्‍यो। यो बीचमा मिडियामा धेरै न्युज आए। कुनै न्युजमा पनि यस कारणले पार्टी फुट्दैन है भनेर लेखेको मेरो नजरमा परेन। तपाईँहरुले देख्नुभएको थियो कि, मैले चाहिँ देखिनँ। कार्यकर्ताहरु पनि अर्को पक्षका नेतालाई कसले चर्को गालीगलौज गर्ने भन्ने प्रतिस्पर्धा मै व्यस्त देखिए। कानुनले यो […]

सर्वोच्चमा कुरा उठेपछि हतार-हतार आज बिहान ४ बजेर ४४ मिनेटमा पो अपलोड गरेका रैछन् राजपत्र

अस्ति अस्तिसम्म सभामुखले अविश्वास प्रस्ताव दर्ता गरेको समय केरेर कीर्ते गरेको आरोप लगाइरहन्थे प्रधानमन्त्री ओली। तर अहिले दुई वटा प्रसंगमा प्रधानमन्त्रीमाथि नै कीर्तेको आरोप लागिसक्यो। गगन थापाले त भाषणमै कीर्ते प्रसाद ओली भनिसके।

पछिल्लो प्रसंग राजपत्रको। हुस्सु पनि कति भएका होलान्। प्रतिनिधि सभा विघटन गरेको सूचना राजपत्रमा छाप्नु पर्दैन? त्यसो त प्रधानमन्त्री आफैले विधि […]

नेपाल आइपुगेको खोप : के हो, कस्तो हो- बुझ्‍न सजिलो पार्ने १५ तथ्य

भारत सरकारले नेपाललाई दिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) बिहीबार बिहान काठमाडौं आइपुगेको समाचार तपाईँहरुले विभिन्न मिडियामा पढ्नुभइसक्यो होला। तर यो खोप के हो, कस्तो हो, कसले बनाएको, कसरी काम गर्छ जस्ता प्रश्नको उत्तर तपाईँलाई थाहा छ ? यी लगायत कोरोना भाइरस खोपबारे जान्नै पर्ने तथ्य।

१) नेपालमा कुन खोप आइपुगेको हो? नेपालमा आइपुगेको खोपको […]

प्रदेश सभाको राजनीति : दुई बिरालोको झगडामा बाँदरले रोटी उछिट्याए जस्तो अवस्थामा कांग्रेस

कानुनी रुपमा अझै पनि सत्तारुढ नेकपा फुटिसकेको नभए पनि व्यवहारिक रुपमा नेकपा ओली समूह र प्रचण्ड-माधव समूहमा टुक्रिसकेको छ। केन्द्रमा देखिएको त्यही फुटको नतिजा अहिले प्रदेशहरुमा पनि देखिएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरे जस्तै प्रदेश सभा पनि विघटन गर्ने हल्ला यसअघि चलेको थियो। अहिले त्यस्तो हल्ला अलि कम भएको छ। सात प्रदेशमध्ये […]

कहिलेसम्म आउला त सर्वोच्चको फैसला ?

प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरुमा आइतबारदेखि खास बहस सुरु भएको छ। त्यो भन्दा अघि पनि बहस त भएको थियो तर त्यो चाहिँ पाँच न्यायाधीशवाला संवैधानिक इजलासले हेर्ने कि त्योभन्दा बढी न्यायाधीशवाला बृहद् पूर्ण इजलासले हेर्ने भन्नेमा। अहिले आएर बल्ल विषयमा प्रवेश गरी बहस हुन थालेको छ। प्रतिनिधि सभा विघटन भएको त एक महिना नाघिसक्यो, अब […]

सर्वोच्चमा चर्चा भएको सुवास नेम्वाङलाई कुरीकुरी गर्ने त्यो अन्तर्वार्ता

सर्वोच्च अदालतमा अहिले प्रतिनिधि सभा विघटन बारे परेका मुद्दाको सुनुवाई हुँदैछ। आइतबारदेखि बल्ल विषय प्रवेश गरी बहस हुन थालेकोमा सोमबार दिनभरजसो अधिवक्ता दिनमणि पोखरेलले पूरा तयारीका साथ बहस गरेको समाचारहरुबाट थाहा पाइयो। पोखरेलले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद सचिवालयको स्मारिकामा दिएको अन्तर्वार्ताको प्रसंग पनि उठाएर ‘मौकामा बोलेको प्रमाण लाग्छ श्रीमान्’ भनेका रहेछन्। के भनेका […]

सर्वोच्च अदालतमा ‘काल्पनिक कुरा’को बहस

प्रतिनिधि सभा विघटनबारे परेका १३ वटा मुद्दाको सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ। यसअघिसम्म कुन इजलासमा सुनुवाई गर्ने भन्ने मै अन्यौल भइरहेकोमा संवैधानिक इजलासमै सुनुवाई हुने टुङ्गो लागेपछि आजदेखि यही इजलासमा निरन्तर सुनुवाई हुने कुरा छ। प्रतिनिधि सभा ब्युँताउने वा भङ्गकै आदेश सदर हुने दुई मध्ये एक महत्त्वपूर्ण निर्णय हुने हुँदा सबैको आँखा अहिले रामशाहपथमै छ। […]

सर्वोच्चमा सस्पेन्स थ्रिलर : धारा नभएको सिफारिश, सक्कल कागजात ‘गायब’

प्रतिनिधि सभा विघटनको झण्डै एक महिना पुग्न लाग्दा बल्ल सर्वोच्च अदालतले एउटा निर्णय गरेको थियो शुक्रबार। मुद्दाको विषयमा होइन, सुनुवाई चाहिँ कुन इजलासबाट गर्ने भन्नेबारे। अर्थात् बल्ल अब मुद्दाको विषयवस्तुमा प्रवेश गरेर बहस हुने भयो। नत्र अहिलेसम्म पाँच जना न्यायाधीशको संवैधानिक इजलासले यो मुद्दा हेर्ने कि त्योभन्दा बढीको बृहद् पूर्ण इजलासले भन्नेमै कुरो अड्किएको […]

‘जी न्युज’ले माग्दै नमागेको माफी मगाइदिने नेपाली मिडिया

यतिबेला नेपालमा निकै रमाइलो भइरहेको छ। प्रधानमन्त्री ओलीको समर्थन र विरोधमा मिडिया र सोसल मिडियामा प्रशस्तै खुराक आउँछन्। सेयर बजारमा कुनै कम्पनीको भाउ जस्तो कहिले समर्थन उकालो लाग्छ, कहिले ओरालो झर्छ। समर्थन ओरालो लाग्दा विरोध उकालो चढ्छ।

राष्ट्रवाद नामको एउटा भावनाले कहिले कुन पक्षलाई उकालो चढाइदिन्छ त कहिले ठीक विपरीत अर्कै पक्षलाई। यो हप्ता […]

सबै पखालिदिने जी न्युजको अन्तर्वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली अस्ति नै एउटा भाषणमा भनेका थिए- डल्लाका डल्ला साबुन खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो, पखाल्यो, जस्ताको त्यस्तै। प्रचण्डप्रति लक्षित थियो यो भाषण। जति गरे पनि सफा नहुने कस्तो ज्याद्रो रैछ प्रचण्ड ! ओलीबाट केही नसिक्ने।

अहिले चर्चामा छ भारतीय जी मिडियालाई प्रधानमन्त्री ओलीले दिएको अन्तर्वार्ता। यो […]

प्रधानमन्त्री भाषण गर्दै ठिक्क, उनकै गृहजिल्लामा न्यानो कपडा बाँड्दै ज्ञानेन्द्र र हिमानीको ‘व्यङ्ग्य’

समृद्ध नेपाल, सुखी नेपालीको नारा घन्काएका प्रधानमन्त्री केपी शर्मा ओली अचेल आफै दुःखी हुनपुगेका छन्। त्यसैले दिनदिनै आफ्नै पार्टीका अर्को समूहका नेताहरुलाई व्यङ्ग्यात्मक गाली गर्दै भाषण गर्न व्यस्त छन्। भाषण मात्रै गर्नुपर्दा पनि सुरक्षाले हैरान पार्छ। काठमाडौँमा कार्यक्रम गर्दा कालो गलबन्दी, कालो मास्क लगाउनेलाई निषेध गरियो। हिजो धनगढी पुगेर भाषण गर्दा ‘निर्मलाको बलात्कारी खै’ […]

यता नेता-कार्यकर्ता मात्र हैन, झगडा त आकाशमा पनि हुन थालेछ, बित्थामा भूइँमान्छे पीडित

आकाश खस्यो भने के हुन्छ भन्ने चिन्ता लिनेहरुलाई उडाउनु उडाएको एउटा कथा हामीले सानोमा पढेका थियौँ। आकाश त खस्दै खस्दैन नि। त्यो त सबैलाई थाहा भएकै कुरा हो। तर आकाशबाट खस्यो भने नि ?

ह्या, के वाहियात कुरा गरिरा जस्तो लाग्यो होला तपाईँलाई। तर यही कुरा वास्तविक जीवनमा हुँदा एक जना व्यक्ति सिकिस्त भए। […]

अमेरिकामा राष्ट्रपति जस्तै उपराष्ट्रपति पनि सनकी परेको भए ?

सिनेटको च्याम्बरमा प्रदर्शनकारीहरु। गेट्टी इमेजेज

जनवरी ६ । अरु बेला भएको भए अमेरिकामा यो दिन एउटा औपचारिकतामा सीमित हुन्थ्यो। किनभने मतपरिणामसँगै को राष्ट्रपति र उपराष्ट्रपति बन्ने थाहा भइसकेको हुन्छ। पराजित हुनेले हार स्वीकार गरिसकेको हुन्छ। तर पनि यो दिन विजयलाई औपचारिकता दिने काम हुन्थ्यो। अमेरिकाका सबै राज्यका इलेक्टरहरुले गरेको मतदानको मतपरिणाम जनवरी ६ मा […]

ओलीलाई जिस्क्याउने दुई वर्षअघिको आफ्नै भाषण

कुनै एक पक्षका नेता/कार्यकर्तालाई भक्कु रिस उठिरहन्छ होला अहिले। हामीलाई भने एकले अर्काको उछित्तो काढेर भाषण गरेको सुन्दा हाँसो लाग्छ। प्रधानमन्त्री केपी शर्मा ओलीको त भाषणमा बोली पिच्छे कार्यकर्ताहरु हाँसेर हुटिङ गर्छन्। भाषण हेर्नुभयो भने कमेडी नाइट्स हेर्नुपर्दैन- हाँस्दिनँ भन्दा पनि हाँसो उठ्छ। अस्ति प्रमको एउटा भाषण हेरिरहेको थिएँ क्या सिरियस भएर, उनकै मुखबाट […]