प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ का लागि आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ। शुरुवाती समाचार अनुसार मत हाल्नेहरुको संख्या पहिलेभन्दा कम रहेको भनिएको छ। देशबाहिर रहेका र देशभित्रै रहेकाहरुले पनि कतिपय कारणले भोट हाल्न पाएका छैनन्। भोट हाल्न नपाउनेहरुलाई चित्त बुझाउने एउटा मेलो गर्न हामीले एउटा डिजिटल मतपत्र बनाएका छौँ। यस पटकको… Continue reading
मतदानको अघिल्लो दिन फेक स्क्रिनसटले हङ्गामा, यसरी सजिलै बनाउन सकिन्छ
मतदानको अघिल्लो दिन ‘प्रचण्डबाहेक अन्य माओवादी उम्मेदवारलाई भोट नहाल्न कांग्रेसले गोप्य सर्कुलर जारी गर्यो’ भन्दै सामाजिक सञ्जालमा सूचना भाइरल भयो। खासमा त्यो मिथ्या सूचना थियो। तर सेतोपाटी, नयाँ पत्रिका जस्ता मिडियाको अनलाइनमा छापिए झैँ लाग्ने गरी स्क्रिनसट पनि त्यसमा राखिएको थियो। झट्ट हेर्ने मान्छे एक पटक त झुक्किन बेर लाउँदैन थियो। त्यही भएर यस्ता स्क्रिनसट… Continue reading
रविको राजनीतिक परीक्षा
गत साउन महिनामा रवि लामिछाने आफ्नो नयाँ पार्टीको संगठन विस्तार गर्न नेपाल घुम्दै गर्दा विभिन्न जिल्लाको अवस्था हेरेर लेखिएको यो लेखको सम्पादित स्वरुप हिमाल खबरपत्रिकाको भदौ २०७९ अंकमा प्रकाशन भएको थियो। यहाँ क्लिक गरी हेर्न सकिन्छ। यहाँ त्यही लेखको पूरा अंश राखिएको हो। स्मरण रहोस्, यो साउनको माहौलमा लेखिएको सामग्री हो। त्यसपछि तीन महिनामा धेरै… Continue reading
चुनावका लागि चार दिन सार्वजनिक विदा भनेर मिडियाले यसरी झुक्याए
के तपाईँले पनि कुनै मिडियामा वा सामाजिक सञ्जालमा मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सरकारले चार दिन सार्वजनिक विदा दिने निर्णय गरेको खबर पढ्नु भएको र त्यसलाई विश्वास गर्नुभएको छ ? त्यसो हो भने तपाईँ भ्रममा पर्नुभयो। खास कुरा त्यसो होइन। यस विषयमा नेपालफ्याक्टचेकले तथ्य जाँच गरिसकेको छ। छुटाउनु… Continue reading
सन्दीप लामिछाने र किशोरीको बयानमा के-के मिल्यो, के-के बाझियो ?
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कारको केस अब अनुसन्धान सकिएर अदालतमा पुगेको छ। प्रहरीले अनुसन्धान सकाएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। अब थुनछेकको बहस हुनेछ। अर्थात् सन्दीपलाई थुनेरै मुद्दाको कामकारबाही अघि बढाउने कि धरौटीमा छाडेर बाहिरैबाट मुद्दा लड्न मिल्ने गराउने टुङ्गो बहसपछि न्यायाधीशले गर्नेछन्। सरकार… Continue reading
निर्वाचन आयोगको अर्को ‘करोड काण्ड’
अस्ति भर्खर निर्वाचन आयोगमा भएको ‘घिन्ताङ काण्ड’को बारेमा ब्लग पढिसक्नुभो होला। छुटाउनु भएको भए यता क्लिक गरी अझै पढ्न सक्नुहुन्छ। आयोगले त्यो भिडियो डिलिट गरी कुराको इतिश्री गरिसकेको भए पनि खासमा त्यो बेसुरा आवाज कसको हो, त्यस्तो बेसुरा गायन भएको प्रचार भिडियोलाई ओके गर्नेहरु को-को हुन् बारे केही खुल्न सकेको छैन। पत्रकारहरुले पनि खासै चासो… Continue reading
काग कति बाठो ? हेर्नुस् पत्याउनै गाह्रो ६ उदाहरण
हामीले धूमधामका साथ मनाउने रमाइलो चाड तिहार आज कागतिहारदेखि सुरु भएको छ। यसो हेर्दा लाग्न सक्छ, यो कागलाई किन पूजा गर्नुपरेको होला। तर हैन, हाम्रा पूर्वजहरुले बित्थामा कागको पूजा गरेका हैनन्। काग कति बुद्धिमान चरा हो भनेर त वैज्ञानिकहरुले अहिले गरेका अनुसन्धानले पनि प्रष्ट पारेका छन्। नपत्याए भित्र केही उदाहरण पढ्नुस्।
निर्वाचन आयोगमा भिडियो हटाउनु पर्ने गरी ‘घिन्ताङ काण्ड’
निर्वाचन आयोगले शुक्रबार साँझ आफ्नो सोसल मिडियाहरुमा एउटा भिडियो अपलोड गर्यो। आउँदो निर्वाचनमा भोट हाल्न प्रेरित गर्ने यो भिडियो शनिबार बिहानसम्म त्यो एक किसिमले भाइरल भइसकेको थियो। भाइरल हुनु त एक किसिमले राम्रै हो। तर सकारात्मक हिसाबले हैन नकारात्मक प्रतिक्रियाको ओइरो लागेपछि २४ घण्टा नबित्दै आयोगले त्यो भिडियो हटाउन बाध्य भयो। कुरा यत्तिमा मात्र सीमित… Continue reading
भारतमा नेपाली कुटिएको भन्दै भाइरल गरिएको भिडियोको वास्तविकता
के तपाईँले भारतमा नेपाली नागरिकलाई निर्ममतापूर्वक कुटियो लेखिएको एउटा भिडियो फेसबुकमा देख्नुभएको छ? भिडियोमा भारतीय भाषा बोल्दै नाङ्गै बनाई पाइपले जिउमा र पैतालामा भक्कुमार चुटेको देख्दा हेर्नेहरु भावुक हुन्छन्। १० हजारभन्दा बढी पटक सेयर भएको भएर यो भिडियो तपाईँको फेसबुक फिडमा पनि आइपुगेको हुनसक्छ। तर नझुक्किनुस्, नेपाली नागरिक भन्दै भाइरल गरिए पनि नेपाल फ्याक्ट चेकको… Continue reading
प्रचण्ड किन चितवन छाडेर गोरखामा उठ्ने भए ? यी हुन् कारण
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्ततः यस पटकको चुनावमा चितवन छाडेर गोरखामा उम्मेदवार बन्ने भएका छन्। माओवादी केन्द्रको पदाधिकारीको बैठकले अध्यक्ष दाहाललाई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको समाचार आएका छन्। छोरीलाई दुई पटक मेयर निर्वाचित गराइसकेका र भर्खरै मात्र घर बनाएको प्रचार गरेका प्रचण्ड चितवन छाडेर बाबुराम भट्टराईले छाडेको गोरखा-२… Continue reading
गरिबीमा मनाएको दशैँ : दुर्गालालको अनुभव
फूलको आँखामा फूलै संसार.. सय थरि बाजा एउटै ताल… जस्ता चर्चित गीतहरु लेख्ने कवि दुर्गालाल श्रेष्ठ काठमाडौँको एउटा विपन्न परिवारमा जन्मिए। उनको घरको छतमा जाने ठाउँ थिएन। उनको सुरुवाल फाटेको हुन्थ्यो। त्यसैले उनलाई सम्पन्न परिवारका साथीले आफ्नो घरको छानामा लग्न घिनाउँथे। त्यतिबेला उनको दशैँ कस्तो हुन्थ्यो? त्यो अनुभव यो भिडियोमा छ।
झापामा हुँदै नभएको बाघले आतंक मच्चाएको त्यो समाचार..
झापामा हात्ती आतंकबारे त समाचार निकै आउँछ। तर बाघ भेटिएको वा बाघले आतंक मच्चाएको खबर याद गर्नुभएको छ? पक्कै छैन। तर एक पटक झापामा बाघ भेटिएको समाचार आएको रहेछ। त्यो पनि सरकारी समाचार एजेन्सी राससमा। हुँदै नभएको बाघ भेट्टाइदिने यो समाचार आउनुको पछाडिको कथा झन् रोचक रहेछ। अस्ति झापामा फ्याक्ट चेक बारे पत्रकारहरुसित अन्तर्क्रिया गर्न… Continue reading
ओलीको नगरमा झापाली साथीले झण्डै डुबाए, गफ भोलिपल्ट ‘भेरिफाइ’ गर्न निस्कँदा..
पत्रकारहरुलाई फ्याक्ट चेकको बारेमा एउटा क्लास लिइदिनुपर्यो भनी झापाबाट निम्तो आएको धेरै समय भइसकेको थियो। यो हप्ता बल्ल समय मिलाइयो। कार्यक्रम सकिएपछि भोलिपल्ट बल्ल फर्कने योजना थियो। त्यो रात आयोजक साथीहरुसँगै इलाममा बस्न जाने कि लामो समय भेट नभएका अर्कै साथीसँग दमकमा बस्ने- दुई विकल्प थियो। इलामको कन्याम अस्ति भर्खरै पनि गइसकेको हुनाले दमकै बस्ने… Continue reading
‘टेलिग्राम’मा आपत्तिजनक नाबालिग यौन सामग्री : खबरदार, अन्तर्राष्ट्रिय दुराचारीको सूचीमा पर्नुहोला !
मेसेजिङ एपहरू जीवनको अभिन्न अङ्ग जस्तै भइसके। चिनेजानेका मानिसहरूदेखि व्यापार गर्नसमेत यस्ता एपहरू अत्यन्तै सहयोगी छन्। हरेकजसो यस्ता एपमा सामूहिक रुपमा विभिन्न मानिसहरूसँग एकैसाथ कुरा गर्ने ‘ग्रुपच्याट’ फिचर पनि राखिएकै हुन्छ र सायद परिवार तथा साथीहरूसँग जोडिन हामीमध्ये धेरैजनाले यसको प्रयोग पनि गरेकै छौं होला। आजकल यस्तै मेसेजिङ एपहरूको सूचीमा ‘टेलिग्राम’ पनि प्रचलित हुँदै गइरहेको… Continue reading
समाचार पढ्दापढ्दै स्टुडियोमा बच्चा पसेपछि…
टेलिभिजनमा लाइभ समाचार पढ्दै गर्दा हुने अनौठा घटनाहरुको बारेमा युट्युबमा प्रशस्तै भिडियो हेर्न पाइन्छ। नेपाली सन्दर्भमा यस्तो उदाहरण भने विरलै पाइन्छ। भर्खरै एउटा त्यस्तै घटना भएको छ। तर यो टिभीमा नभएर रेडियोमा भएको हो। रेडियो भए पनि अचेल फेसबुकमा लाइभ हुन्छन् भिडियो। त्यही भएर दृश्यमा यस्तो हेर्ने मौका पाइएको हो। भयो के भने समाचार पढ्दापढ्दै… Continue reading
बच्चा चोर भन्दै भाइरल भएको भिडियो हल्लामात्रै, आफ्नै छोरी रहेछ महिलाको
तपाईँले सामाजिक सञ्जालमा ‘बच्चा चोर’ भन्दै भाइरल भएको फोटो र भिडियो देख्नुभएको छ? भिडियोमा अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगिरहेको देखेर रोकेर सोधपुछ गर्दा भाग्न खोजेको र तुरुन्त मंगलापुर पुलिसलाई खबर गरी पक्राउ गरेको अनि महिला इन्डियाको हैदरवादको बच्चा बुटवलको, ममी ड्याडी घरै भएको र चाउमिन खुवाउने भनी फकाई फुलाई भगाएको दावी गर्दै आह्वान… Continue reading
माफी मागेको ? प्रायश्चित्त गरेको? : चोलेन्द्रको समाचारमा मिडिया यसरी चिप्लिए
रञ्जन कोइराला (आफ्नै श्रीमती मारेर लाश जलाउने सशस्त्र प्रहरीका पूर्व डिआइजी) लाई कैद माफको फैसलामा गल्ती भयो भन्दै माफी मागे चोलेन्द्रले। रन्जन कोइरालको फैसलाका विषयमा चोलेन्द्रको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ रञ्जन कोइरालाको कैद छुट दिने फैसलाप्रति आफूलाई ‘गिल्टी फिल’ भएको बताए। यी केही वाक्य नेपालका नाम चलेकै मिडियामा आएका हुन्। सर्वोच्च अदालतका… Continue reading
धमिलो भिडियोमा माछा मार्ने दाउ : वाइसिएल, बालेन समर्थकदेखि राप्रपा समर्थकसम्म
‘धमिलो पानीमा माछा मार्ने’ यो पुरानो उखान तपाईँहरुले सुन्दै आउनुभएको होला। अब अहिलेको डिजिटल युगमा यो उखान परिवर्तन गर्ने बेला भइसक्यो। अब धमिलो पानीमा हैन, धमिलो भिडियोमा भ्रम फैलाउँदै माछा मार्ने दाउ खेलिन्छ। प्रसंग भर्खरै सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोको हो। के तपाईँले पनि फेसबुकमा एमाले सांसद महेश बस्नेतलाई कुटेर लखेटेको लेखिएको भिडियो हेर्नुभएको… Continue reading
‘सम्भवतः’लाई समाचार बनाउँदा फँस्न पुगेको ‘कान्तिपुर’
‘कान्तिपुर’ ले २०७९ भदौ ८ गते बुधबार पहिलो पेजमा एउटा एङ्कर समाचार छाप्यो- ‘पहिलो पटक मतदान गर्दै कैदीबन्दी’ शीर्षकमा। त्यसमा दावी गरिएको छ- ‘२०७९ मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले कैदीबन्दीलाई पनि मतदान प्रक्रियामा पहिलो पटक सहभागी गराउन लागेको र यसअघिका निर्वाचनमा खटिएका कर्मचारीले मात्रै समानुपातिक मतदानमा भाग लिन पाउँथे।’… Continue reading
एसएसपीको इजलास ? स्रोतको भर पर्दा तथ्य मै चुकेको ‘नागरिक’को एउटा समाचार
पत्रकारितासँग समेत जोडिएको एउटा गम्भीर घटना अहिले निकै चर्चामा छ। घटना सशस्त्र प्रहरी बलसँग सम्बन्धित छ। दार्चुलाको एउटा गणमा गणपति त्रिभुवन विष्टले राशनमा अनियमितता गरेको भन्दै एउटा समाचार छापियो। त्यो समाचारका लागि सूचना सशस्त्रकै हवल्दार नरेशसिंह साहुले पत्रकारलाई दिएका रहेछन्। तर पत्रकारले पत्रकारिताको सामान्य सिद्धान्त अनुसार स्रोतको सुरक्षा गर्नुपर्नेमा नगरी पोल खोलिदिएका रहेछन्। अब गणपतिलाई… Continue reading