यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
|
By mysansar, on December 25th, 2020 
– मुक्ति अर्याल –
प्रसिद्ध भौतिकशास्त्री अल्बर्ट बार्लेट (Prof. Albert Barlett) का अनुसार मानव इतिहासमै हाम्रो सबैभन्दा ठूलो कमजोरी भनेको गुणनको नियम अनुसार हुने वृद्धि (घातकीय वृद्धि वा exponential growth) लाई नबुझ्नु हो। अर्थात् एकको दुई, दुईको चार र चारको आठ हुने प्रक्रिया कति छिट्टै हामीलाई महसुस नै हुन नपाउँदै आकासिन पुग्छ भन्ने कुरा हामीलाई हेक्का नहुनु हो । हुन त यो यौटा सामान्य गुणनको नियम हो, जस्तै एक दुना दुई, दुई दुना चार, चार दुना आठ, आठ दुना सोऱ्ह हुँदै क्रमिक रूपमा बढ्ने प्रक्रिया। यो नियम जनसङ्ख्या वृद्धि, इन्धनको उपयोग, कोरोना भाइरस जस्ता सरुवा रोग फैलिने प्रक्रिया जस्ता कुराहरूमा लागू हुन्छ। यो सामान्य अङ्क गणितको नियमलाई महसुस गर्न नसक्दा यो भाइरस कसरी फैलिएको छ, हाम्रा पेट्रोलियम जस्ता ऊर्जाका श्रोतहरू कसरी सकिँदै छन् वा वायु मण्डल कसरी प्रदूषित हुँदैछ भन्ने कुरा बुझ्न नसकी हामी कुहिरोको काग बन्न पुगेका हुन्छौँ । आउनुस् सजिलो भाषामा यसलाई बुझ्ने कोसिस गरौँ ।
Continue reading अहो, कतिसम्म हुने रहेछ ! चेसबोर्डको कथा र कोरोना भाइरस
By Salokya, on December 16th, 2020 
मिति : पुस १ गते, २०१७ साल।
स्थान : थापाथली।
कार्यक्रम : तरुण दलको प्रथम अधिवेशन उद्घाटन।
कार्यक्रम चलिरहेको बेलामा अचानक हतियारधारी सैनिकको प्रवेश कार्यक्रम स्थलमा हुन्छ। लेफ्टिनेन्ट जनरल सुरेन्द्रबहादुर शाह र बिग्रेडियर जनरल समराज कुँवरको नेतृत्वमा कार्यक्रम स्थललाई सैनिकहरुले घेर्छन्।
दुई तिहाई बहुमत जितेको शक्तिशाली सरकारका प्रधानमन्त्री वीपी कोइरालासहित मन्त्रीहरु घेराबन्दीमा परिसकेका थिए। सेनाको घेराबन्दीमा परिसकेका कारण अंगरक्षकको काम थिएन। Continue reading पुस १ : दुई तिहाई बहुमत जितेको प्रधानमन्त्रीलाई सेनाले घेरेर ‘यु आर अन्डर अरेस्ट’ भनेको दिन
By Salokya, on December 16th, 2020 
हतार हतार राष्ट्रपतिबाट नयाँ अध्यादेश जारी गराएर तीन जनामात्रै भए पनि बसेको संवैधानिक परिषद्को बैठक। फोटो : सूर्य थापाको ट्विटर
जसले जे दावी गरे पनि खासमा सत्तारुढ पार्टी नेकपामा मच्चिएको भाँडभैलोको खास कारण भाग खान पाउने र भाग खान वञ्चित गरिएकाहरुबीच गुटको लडाइँ हो। लौ देश बनाऊ न त भनेर जनताले झण्डै दुई तिहाई बहुमत दिएका थिए। तर पार्टी त दुई तीन गुट बनेर पो आपसमा कुस्ती खेल्न थाले। एकातर्फ प्रधानमन्त्री केपी शर्मा ओली, अर्कोतर्फ प्रचण्ड-माधव नेपाल समूह। लामो समय भइसक्यो, तर्सिने कि तर्साउने खेल चलिरहेको। यही गुटको झगडाको चरम रुपले मंगलबार नौटंकी देखायो- अध्यादेशको रुपमा। र यो गुटको झगडामा बित्थामा राष्ट्रपति र सभामुख पदकै बदनाम भयो। Continue reading गुटको झगडाले केसम्म गरायो : राष्ट्रपति र सभामुख पदकै बदनामी हेर्नुस् त
By Salokya, on December 12th, 2020 
आज (मंसिर २७, २०७७) को कान्तिपुरमा ‘खोप खरिदमा ४२ अर्ब लाग्ने आकलन’ शीर्षकको समाचार छ तेस्रो पेजमा। समाचारमा लेखिएको छ- ‘स्वास्थ्य मन्त्रालयले भारतमा बनेको खोप नेपालमा ७ अमेरिकी डलरमा उपलब्ध हुन सक्ने बैठकमा जानकारी गराएको छ।’ सँगै नाम नखुलाइएका एक मन्त्रीलाई उद्धृत गर्दै लेखिएको छ, ‘भारतमा ३ डलरमा उपलब्ध हुने भए पनि ढुवानी र अन्य प्रक्रिया पूरा गर्दा ७ डलर पर्न सक्ने देखियो।’ त्यसैगरी समाचारमा लेखिएको छ, ‘सरकारले १० डलरका दरले ५२ प्रतिशत नागरिकलाई खोप किन्नुपर्ने भन्दै ४२ अर्ब बजेट आवश्यक पर्ने आकलन गरेको छ।’ यही वाक्यबाट शीर्षक राखिएको छ।
तपाईँहरुलाई मैले पहिले पनि विभिन्न ब्लगहरुमा भनिसकेको छु- म हिसाबमा एकदम कमजोर छु। स्कूलमा पढ्दा त हिसाबमा गुल्टिएर पास हुने गर्थेँ। तैपनि यसो हिसाब गरी हेर्दा ४२ अर्बको हिसाब कतैबाट पनि मिलेन। मेरो सोझो हिसाब यस्तो छ हेर्नुस्।
Continue reading खोप खरिदमा कसरी लाग्ने भो ४२ अर्ब? हिसाब मिलेन नि, कि कमिसन पनि जोडेको 😉
By mysansar, on December 12th, 2020 
-विजय ज्ञवाली-
राम थापा (नाम परिवर्तन) को घर स्थिति राम्रो थिएन। विवाह भएको २ वर्षमा छोरी पनि थपिएपछि अर्थिक अभाव पूर्ति गर्न मलेसिया लागे। छोरीको भविष्य राम्रो होस् भनेर श्रीमती र छोरीलाई नेपालगञ्ज बजारमा कोठा लिएर राखेका थिए। मलेसियाको कमाईबाट मासिक केही हजार बचाएर श्रीमतीलाई पठाउँथे। ३ वर्ष मलेसिया बसेर बचाएको पैसाले नेपालगंजमा सानोतिनो व्यवसाय गर्ने उनको सपना थियो। नेपाल फर्कँदा पो थाहा भो, उनकी श्रीमतीले त दुई वर्षअघि नै अरुसित विवाह गरिसकेकी रहिछन्। श्रीमतीले छोरी जिम्मा लगाएर आधा सम्पति लिएर सम्वन्ध विच्छेदको बाटो समातिन्। आफूले कमाएको पैसा फिर्ता नपाएपछि राम यति बेला छोरीलाई अरुको जिम्मामा छोडेर फेरि मलेसिया हिँडेका छन्। Continue reading महिलाले गर्ने हिंसाबाट पीडित पुरुष
By Salokya, on December 8th, 2020 
यतिबेलासम्म तपाईँहरुले सगरमाथाको नयाँ उचाइ घोषणा भएको थाहा पाइसक्नुभयो होला। हजुर, समाचारहरुमा आए अनुसार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर घोषणा गरेका छन्।
सगरमाथाको उचाइ घोषणाको कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो। उचाइ घोषणा नेपालबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चीनबाट विदेश मन्त्री वाङ यीले भिडियो कन्फ्रेन्सबाट संयुक्त रुपमा गरेका थिए।
कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट भएको थियो। यसको लाइभ स्ट्रिमिङ नापी विभागको युट्युबमा राखिएको रहेछ। त्यो सुन्दा अचम्म लाग्यो। तपाईँ पनि सुनिहेर्नुस् त, कतै मेरो कानले मात्र गलत सुनेको त होइन ? Continue reading सगरमाथाको उचाइ कति रे कति? तपाईँ पनि सुन्नुस् त, कतै बोली चिप्लिएको पो हो कि !
By Salokya, on December 7th, 2020 
फेसबुकमा आइफोन १२ को लोभ देखाएर प्रयोगकर्ताको युजर नेम र पासवर्ड चोर्ने पासो थाप्न थालिएको छ। ‘नेपाल टेलिकम’ को नाम र लोगो राखेर फेक पेज बनाई फेसबुकमा विज्ञापन गरी गरी यस्तो ‘फिसिङ’ आक्रमण गरिएको हो। माथिको विज्ञापन हेर्दा सोझासाझालाई साँच्चिकै नेपाल टेलिकमले क्रिसमसको अवसरमा आइफोन बाँड्न लागेको जस्तो लाग्न सक्छ। आइफोनको लोभमा तपाईँले त्यसमा दिइएको लिङ्कमा क्लिक गर्नुभयो भने तपाईँ फँस्नुभयो। Continue reading सावधान, आइफोन १२ को लोभमा फेसबुक अकाउन्ट गुम्ला है !
By Salokya, on December 6th, 2020 
झापामा राजतन्त्रको पक्षमा विशाल प्रदर्शन भएको भन्दै अहिले एउटा फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। विभिन्न राजतन्त्र समर्थक फेसबुक पेजहरु मात्र होइन, विभिन्न व्यक्तिका फेसबुक प्रोफाइलहरुमा पनि यो फोटो निकै सेयर भएको देखिन्छ। यो फोटोको तथ्य के हो, हामीले खोजेका छौँ।
Continue reading झापाको भन्दै भाइरल भएको र्यालीको फोटो बुटवलमा खिचिएको चार वर्ष पुरानो
By Salokya, on December 5th, 2020 
यस पटककी मिस नेपाल नम्रता श्रेष्ठ। फोटो साभार : हिडन ट्रेजरको फेसबुक
यसपालिको मिस नेपालको ताज नम्रता श्रेष्ठले जितेकी छिन्। शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले उपाधि जितेर मिस वर्ल्डमा सहभागिता जनाउने भएकी हुन्। यस पटककी मिस नेपालको एउटा रोचक संयोग पनि रहेछ।
हामी कलेजमा एक्जाम दिँदा सफल हुन नसक्दा भन्ने गर्छौँ नि, ‘ब्याक लागेको’ भनेर। ब्याक लागे पनि फेरि एक्जाम दिन पाइन्छ र त्यसमा पास हुन सकिन्छ।
मिस नेपालमा पनि त्यसरी ब्याक दिन पाइन्छ भन्ने कुरा थाहा थिएन। ताज जित्ने नम्रताले यसअघि सन् २०१६ मा पनि मिस नेपालमा सहभागिता जनाएकी रहिछिन्। त्यसमा उनी टप फाइभसम्म पुग्न सफल भए पनि उपाधि जित्न सकेकी थिइनन्। त्यतिबेला अस्मी श्रेष्ठले उपाधि जितेकी थिइन्। Continue reading यसपालिको मिस नेपाल : चार वर्षअघि ‘ब्याक लागेको’, अहिले पास
By Salokya, on December 4th, 2020 
चार वर्षअघि मैले एउटा ब्लग लेखेको थिएँ- सरकारी समाचार एजेन्सी ‘रासस’ले समेत फोटो चोर्न थालेछ, मेरो फोटो यसरी चोरी भयो। मैले आफैले खिचेर माइसंसार र पहिलोपोस्टमा राखेको अम्बर गुरुङको फोटोलाई राससले @salokya लेखिएको वाटरमार्कसमेत हटाएर क्रप गरी क्रेडिटसमेत नदिई ‘फोटो : रासस’ भनेर लेख्दै आफ्ना सयौँ ग्राहकलाई पठाएको विषयमा ब्लग लेख्दा रासस आफ्नो आधिकारिक ह्यान्डलबाटै ट्विटरमा भिड्न आएको थियो। त्यतिबेला राससको दावी थियो- हामीलाई इमेलमा आएको फोटो हालेका हौँ। हेर्नुस् त्यतिबेलाको ब्लग।
यो सन् २०१६ को कुरा। अहिले सन् २०२०। चार वर्षपछि के परिवर्तन भयो त? अचेल त राससले वाटरमार्कसमेत नहटाई फोटो पठाउन थालेछ। नपत्याउनु भएको ? माथि हेर्नुस्। Continue reading राससले गरेको अर्को रमाइलो- रातोपाटीको वाटरमार्कसहितको फोटो वितरण
By Salokya, on December 3rd, 2020 
हिजोको कान्तिपुर हेर्नुभो? पाँचौँ पेजमा एउटा राम्रो फोटो छापिएको छ। फोटोमा तोरीबारी हुँदै ब्याग बोकेका विद्यार्थीहरु स्कूल जाँदै गएको भनिएको छ। कपिलवस्तु शिवराज नगरपालिकाको यो फोटोमा क्रेडिट लाइनमा लेखिएको छ, सनिउल्ला धोबी/रासस।
रासस अर्थात् राष्ट्रिय समाचार समिति सरकारले सञ्चालन गरिरहेको समाचार एजेन्सी हो। निश्चित शुल्क तिरेर विभिन्न पत्रपत्रिका र अनलाइनहरु यसका ग्राहक हुन्छन्। यसवापत राससले समाचार र फोटोहरु ग्राहकहरुलाई दिन्छ। रमाइलो के भयो भने यो फोटो जसको नाममा छापियो, त्यो भन्दा अघि नै अरु कै नाममा स्थानीय पत्रिकामा छापिसकेको रहेछ। Continue reading ‘कान्तिपुर’ र ‘रासस’मा छापिएको फोटोमा भएको रमाइलो
By Salokya, on December 1st, 2020 
ग्लोबल आइएमइ बैँकले सोमबार रमाइलो गर्यो। बैँकको फेसबुक पेजमा एउटा विज्ञापन राखिएको थियो- एप्पल प्रोडक्टहरु सून्य प्रतिशत ब्याजमा किस्ताबन्दीमा दिने भनेर। त्यसमा आइफोनको फोटो राखिएको थियो। आइफोनको लोगो र आइफोन लेखिएको मोबाइलमा रमाइलो चाहिँ के भयो भने पछाडिको क्यामेरा चार वटा थिए। Continue reading ग्लोबल आइएमइ बैँकले नचिनेको आइफोन 🙂
By राजु आचार्य, on November 22nd, 2020 
– राजु आचार्य –
लिमी, हुम्लामा रहेको लुकेको हिमाली उपत्यका हो। नेपालको सबैभन्दा दुर्गम ठाउँ मध्येमा एक। पहिला लिमी गाविस भनेर चिनिने १२ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो क्षेत्र अहिले नाम्खा गाउँपालिकाको वडा नम्बर ६ मा पर्छ। चीनको सिमासँग जोडिएको यो ठाउँ हिउँद भरि बाहिरी संसारसँग सम्पर्कमा हुँदैन। भर्खर चीनसँगको सीमा विवाद भएको भनिएको ठाउँ पनि यही हो।
यहाँको भू धरातल, मौसमले पनि काममा चुनौती थप्छन्। जुनसुकै बेला हिउँ पर्न सक्छ। त्यसपछि सारा योजनाहरु चौपट।
राजधानी काठमाडौँबाट यहाँ पुग्न सहज छैन। काठमाडौँबाट बसमा १६ घन्टाको यात्रा अथवा जहाजमा करिब १ घन्टाको उडानपछि नेपालगञ्ज पुगिन्छ। नेपालगन्जबाट हिँडेर हुम्ला जान निकै गाह्रो छ, बसमा पनि सम्भव छैन। नेपालगन्जबाट फेरि साना जहाजले करिब ५० मिनेटमा सिमिकोट पुर्याउँछन्। यो नेपालको अग्लो ठाउँमा रहेको सदरमुकाम पनि हो।
Continue reading यस्तो छ लुकेको हिमाली उपत्यका : लिमी
By Salokya, on November 18th, 2020 
लामो वादविवादपछि रानीपोखरी पुननिर्माण भयो। नत्र त रानीपोखरी हैन ‘रानीचौर’ भइसकेको थियो। जहिले यसको बिजोग हेर्दा लाजै मर्नु भइसकेको थियो। अहिले पानी भरिएको छ। मन्दिर यसअघिको हामीले देख्दै आएको भन्दा पुरानो शैलीमा बनेको छ। अनि रातिको लाइटिङ झन् गजबको देखिन्छ।
भाइटीकाको दिन वर्षमा एक पटक रानीपोखरी मन्दिर खोल्ने चलन थियो। बीचमा मन्दिरै नभएपछि यो चलन पनि कायम हुन सकेन। यस पटक भने पुननिर्माण भएको मन्दिर खुला गरिएको थियो। म पनि पुगेँ हेर्न। Continue reading रानीपोखरीमा किन चलाउनु पर्ने र्याफ्टिङ ?
By Salokya, on November 13th, 2020 
आजका पत्रिकाहरु हेर्नुभयो भने नेपालको कानुनले निषेध गरेको विज्ञापन प्रशस्त देख्न पाउनु हुनेछ। विभिन्न मिडिया हाउसका दैनिक अखबारहरुमा मदिराको विज्ञापन छ्यापछ्याप्ती छ।
ती विज्ञापन गैरकानुनी किन हुन् भने २०७५ असोज २ गते प्रमाणीकरण भएर लागू भइसकेको जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ मा यस्तो व्यवस्था गरिएको छ।
दफा ४५ मा जनस्वास्थ्यलाई प्रभावित पार्ने विज्ञापन तथा प्रचार प्रसारमा निषेधको व्यवस्था छ।
Continue reading सरकारले लागू गर्न नसक्ने, मिडियाले नटेर्ने कानुन के काम? बरु फाल्दिए भयो नि त !
By Salokya, on November 13th, 2020 
माइसंसार धेरै दिनदेखि खाली छ। सुरु गरेको १५ वर्षमा यति लामो समयसम्म बिना खबर यसरी गायब भएको इतिहास थिएन। तर यसपालि कोरोनाले यस्तै गर्यो। साह्रै ज्याद्रो रहेछ यो कोरोनाको संक्रमण। संक्रमणमुक्त भएको लामो समयसम्म पनि केही केही असर बाँकी नै हुने रहेछ। त्यसो त पोजिटिभ रिपोर्ट आएर होटल आइसोलेसनमा बसेको सातौँ दिनमा रिपोर्ट नेगेटिभ आएर घर फर्किसकेकै एक महिना भइसकेको छ। सुरुमा त भर्याङ चढ्दा पनि थकाइ लाग्ने हुन्थ्यो। Continue reading कस्तो ज्याद्रो कोरोना, अझै सताइराछ !
By Salokya, on November 3rd, 2020 
अमेरिकामा आज नोभेम्बर ३ मा राष्ट्रपति चुन्नका लागि मतदान हुँदैछ। यो चुनावमा विश्वको ध्यान तानिएको छ। अमेरिकाको चुनाव प्रक्रिया भने अलि जटिल छ। यहाँ अमेरिकी जनताले प्रत्यक्ष रुपमा राष्ट्रपति चुन्न मतदान गर्ने होइनन्। अमेरिकी निर्वाचन प्रणाली अनुसार जनताको सीधा भोटबाट हैन, इलेक्टोरल भोटबाट राष्ट्रपति चुनिने हो।
सजिलोमा बुझ्नका लागि तपाईँ हाम्रो प्रधानमन्त्री कसरी चुनिए भन्ने उदाहरण लिनसक्नुहुन्छ। हामीले २७५ जना सांसदलाई प्रतिनिधि सभाका लागि चुनेका थियौँ पछिल्लो निर्वाचनमा। कुनै जिल्लाबाट १० सांसद चुनिएका थिए भने कुनै जिल्लाबाट १ मात्र।
ठीक त्यसैगरी अमेरिकामा पनि ५० राज्य र एक राजधानी गरी ५१ राज्यको जनसंख्या अनुसार प्रत्येक राज्यबाट निश्चित संख्यामा इलेक्टोरलहरु चुनिन्छन्। Continue reading अमेरिकाको राष्ट्रपति चुनाव नबुझेर कन्फ्युज हुनुहुन्छ? यो पढ्नुस्
By Salokya, on October 30th, 2020 
सगरमाथा ट्रेकिङ रुटमा अहिले म परिवार र साथीहरुसहित रहेकाे विगत केही दिनदेखिकाे ब्लगले थाहा पाइसक्नुभएकाे हाेला। हिजाे राति हामी नाम्चे आइपुगेका थियौँ र आज हामीले हिमालहरुलाई अझ नजिकबाट देख्यौँ। Continue reading आहा, हिमाल हेरेरै दङ्ग !
By Salokya, on October 30th, 2020 
सगरमाथा : फाेटाे र भिडियाेहरुमा देख्दै आएकाे ठाउँ। तर आफ्नै आँखा अगाडि प्रत्यक्ष सगरमाथा देख्न पाउनुकाे मजा अर्कै हुने रैछ। याे फाेटाे टाेपडाँडाबाट खिचेकाे। लुक्लाबाट अस्ति हिँडेर फाक्दिङमा बास बसियाे। हिजाे त्यहाँबाट दिनभर हिँडेर नाम्चे आइपुगियाे। Continue reading आँखा अगाडि सगरमाथा
By Salokya, on October 28th, 2020 
यसपालिकाे निरस दशैँबाट पार पाउन टिका सकिने बित्तिकै हिमाल नजिक जाने जमर्काे गरियाे। अहिले सिजन। सामान्य अवस्था भए याे बेला सगरमाथा ट्रेकमा जान हामी जस्ताे नेपालीका लागि निकै गाह्राे कुरा हाे। तर यसपालि काेराेनाका कारण सब खाली। त्यसैेले यति एयरलाइन्सले सस्ताेमा प्याकेज बेचेकाे रहेछ। याे यात्राका लागि तयारी गर्दैगर्दा समाचार आयाे, साेलुखुम्बुमा काेभिड १९ पाेजिटिभ भेटियाे, गाउँपालिका प्रवेश बन्द। Continue reading नजिकबाट हिमाल
|
|