अन्तरिम चुनावी मन्त्रिपरिषद्मा आज ८ मन्त्री थपिएका छन्। थपिएका मन्त्रीसहित मन्त्रिमण्डल ११ सदस्यीय भएको छ। श्री ४ दलले ११ सदस्यीय मन्त्रिमण्डल बनाउने सहमति गरे अनुसार अस्ति ३ र आज ८ गरी ११ सदस्यीय मन्त्रिमण्डल बनेको हो। अब चुनाव भएर अर्को सरकार नबनेसम्म यिनीहरुले नै देश चलाउने छन्। मन्त्रिपरिषद्का अध्यक्ष न्यायपालिकाबाट आए पनि सबै मन्त्री पूर्व… Continue reading
फिक्सन नचल्या बेला लाहुरेको डकुमेन्ट्रीले लगाउला त केही लछारपाटो ?
देश जस्तै अहिले नेपालमा फिल्म उद्योग पनि संक्रमण कालमा छ। फिल्मकर्मी र दर्शकबीच ठूलो खाडल छ। दर्शकले कस्तो फिल्म रुचाउँछ, कसैलाई थाहा छैन। जस्तो फिल्म बने पनि चल्न सकेको छैन। पछिल्लो पटक लुट र चपली हाइट निकै चल्यो। यस्तो पो रहेछ दर्शकले रुचाउने फिल्म भन्दै भटाभट उस्तै शैलिमा फिल्म बने, कुनै पनि चलेनन्। अनेक थरिका… Continue reading
एसएलसीमा नेपाली प्रश्नपत्रको हालत हेर्नुस् त
-रामप्रसाद सुवेदी- यो पश्चिमाञ्चल विकास क्षेत्रमा २०६९ मा सोधिएको नेपाली विषयको एसएलसी प्रश्नपत्र हो। राष्ट्रको धनको जाफत (साथीभाइहरू मिलेर गरिने ठूलो भोज) उडाएर विशेषज्ञद्वारा तयार पारिएको प्रश्नपत्रको हालत हेरौँ न-
अमेरिकामा नेपाली एनजिओ सञ्चालकलाई यौन दुर्व्यवहारको आरोप
अमेरिकामा नेपालीहरु बाक्लै भेटिने एउटा ठाउँ हो सियाटल। त्यहाँ एउटा एनजिओ छ- WPPC Nepal। अर्थात् नारी संरक्षण तथा सुरक्षा केन्द्र। यो अमेरिकामा दर्ता भएको एउटा एनजिओ हो। यसले महिला यौन दुर्व्यवहार रोक्न विभिन्न गतिविधि नेपालमा गर्छ। नारीको संरक्षण गर्ने उद्देश्य बोकेको यही एनजिओका एक संस्थापक भने अहिले यौन दुर्व्यवहारको आरोप खेपिरहेका छन्। ४० वर्षीय धन… Continue reading
कथा: चक्रव्युह
-प्रदिप सुबेदी- मिसकल बज्यो उसको मोबाइलमा। उसले जागर नलागी नलागी खल्तिमा हात हालेर मोबाइल निकाल्यो। कान्छो भाइले मिसकल गरेको रहेछ फेरि के भयो यसलाई। रिप्लाई गर्ने मन त थियो, तर मोबाइलमा ब्यालेन्स नै थिएन चुपचाप मेट्रो स्टेसनको लिफ्ट चढ्न थाल्यो। माथिबाट एक्जोडी मस्किदै झर्दै थिए उसले पिलिक्क आँखा लगायो। के गर्नु आफ्नो त भाग्य नै… Continue reading
को-को बन्दैछन् मन्त्री ?
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षका रुपमा प्रधान न्यायाधीश खिलराज रेग्मीले हिजैदेखि कार्यभार सम्हालिसके। उनको थाप्लोमा प्रशस्तै मन्त्रालयका जिम्मेवारीहरु छन्। किनभने अहिलेसम्म उनले दुई जनालाई मात्र मन्त्री बनाएका छन्। गृह र परराष्ट्रलाई पूर्व मुख्य सचिव माधव घिमिरेले सम्हाल्दैछन् भने कानुन र श्रम हरि न्यौपानेले। श्री ४ दलको ११ बुँदे राजनीतिक सहमतिमा लिखित रुपमा कति जना मन्त्री बनाउने… Continue reading
अहिलेका गृहमन्त्री पनि दूतावास धाउँदै हिँड्ने पो!
विकिलिक्समा सार्वजनिक भएका काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली नेताहरुका बारेमा गरेका टिप्पणीहरु पढ्न रोचक हुन्छ। बदलिँदो परिस्थितिमा नेता हैन कर्मचारी सत्तामा आएका छन्। उनीहरुबारे पनि दूतावासले आफ्ना गोप्य दस्तावेजमा उल्लेख गर्ने गरेका रहेछन्। हालका चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबारे दूतावासले गरेको टिप्पणी त तपाईँले यो अघिको ब्लगमा पढ्नु भयो नै होला। नपढेको भए यहाँ छ। विकिलिक्स… Continue reading
रेग्मीबारे अमेरिकी दूतावासले यस्तो कुरा लाएको रैछ
विकिलिक्समा खिलराज रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षका रुपमा प्रधान न्यायाधीशसमेत रहेका खिलराज रेग्मीले शपथ लिएर पदबहाली गरिरहँदा अमेरिकी दूतावासको वक्तव्य आइसकेको थियो। छिमेकी देशहरु भारत, चीन र युरोपेली देशहरुले भन्दा छिटो अमेरिकाले स्वागत गर्न हतार गर्यो। त्यसैले सबैभन्दा पहिले स्वागत वक्तव्य निकाल्ने अमेरिका नै भयो। संयोग के परेको छ भने यही अमेरिकी दूतावासले नै एकताका… Continue reading
के-के बाधा अड्काउ फुकाइयो त ?
श्री ४ दलले आफ्नो तजबिजीले संविधानका बाधा अड्काउ फुकाएर प्रधान न्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष बनाए। त्यसका लागि २५ बुँदामा बाधा अड्काउ फुकाउनु परेको थियो। के के बुँदामा त्यसो गरिएको भन्ने बारे शपथ लिएपछि मात्र राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको थियो। सार्वभौम भनिएका जनतालाई बाधा अड्काउ फुकाउनु अघि यसबारे सुँइकोसमेत दिइएको थिएन।
खिलराज रेग्मीले शपथ लिए (नयाँ प्रमको बायोडाटासहित)
धेरै दिनदेखि हुने कि नहुने ढिकिच्याउँ ढिकिच्याउँ भइरहे पनि, दलहरुका अधिकांश नेतालाई नै मनैदेखि यस्तो प्रस्ताव मन नपरे पनि हुनै नसक्ने असारमा चुनाव गर्ने उद्देश्यका साथ प्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाएका छन्। उनले आजै राष्ट्रपतिसामु शपथ लिए। शपथ विशेष इजलासले उनलाई रोक्ने उद्देश्यले दायर गरिएको रिटको सुनुवाई हुनु केही घण्टा अघि भएको… Continue reading
यसरी गरे नेताहरुले निर्दलीय व्यवस्थाको सहमति
फोटोमा देखिएकाहरु नेपालका प्रमुख भनिने दलहरुका मै हुँ भन्ने नेताहरु हुन्। तर यी नेताहरुले लौ हामी अब मिल्न सकेनौँ, हामी असफल भयौँ, नेतृत्व लिइदिनुपर्यो भन्ने खालको सहमतिमा हस्ताक्षर गरिरहेका हुन्। आज राति अबेर विशेष समितिको सचिवालयमा बसेको बैठकमा यस्तो हस्ताक्षर गरेका हुन्। उनीहरुको हस्ताक्षर २५ बुँदे बाधा अड्काउ फुकाउ र ११ बुँदे राजनीतिक सहमतिमा भएको… Continue reading
यस्तो रह्यो मेरो विपश्यना अनुभव
-मधुसूदन आचार्य, क्यानडा – विपश्यना अति प्राचिन ध्यानगर्ने बिधि हो । यो बिधि भगवान् बुद्धले आजभन्दा पचिससय बर्ष अघि पत्तालगाउनु भएको थियो। बुद्ध आफैंले विपश्यना ध्यान गर्नु भयो। पछि ४५ बर्ष सम्म त्यसवेलाका मानिसहरुलाई यसको शिक्षा दिनु भयो। बुद्धको समयमा मानिसहरुले विपश्यना ध्यानगरी विभिन्न किशिमका दुःख क्लेसबाट मुक्तिपाई जिवनका हरेक क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न… Continue reading
शिवरात्रिको रमझम
सत्यम् शिवम् सुन्दरम् ! पवित्र पाशुपत क्षेत्रमा शिवरात्रिको रमझम हेर्न पुगेको थिएँ। झण्डै पाँच घण्टा बिताउँदा पनि समय गएको पत्तै भएन। केही फोटो तपाईँहरुका लागि लिएर आएको छु।
जय शम्भो ! शुभ शिवरात्री !!
हिन्दुहरुको महान चाड महाशिवरात्रीको अघिल्लो रात यस्तो देखियो।
कथा : माइली मात्र रोएकी होइनन्
– दीपा राई पुन- कहिलेकाहीँ प्रकृति शान्त र स्वच्छ बन्नलाई आँधीहुरी चल्नु पर्छ। बतासको झोका बर्षाको झरी दन्किएर सबै फोहोर उडाउनु पर्छ,बगाउनु पर्छ अन्यत्र कही। अनि मात्र दिन चुलबुले बन्छ। आकाश बिशाल छातीफैलाएर मुस्कुराउने छ। हामी बाँचेको धर्तीखुम्चिएर सानो हुने छैन। मनको स्वच्छतालाई निकाल्न पनि मान्छेले धेरै कुराबाट मुत्ति पाउँनु पर्छ। एक खुईयले कोही सन्तुस्ट… Continue reading
असंवेदनशील अख्तियार
साउदी अरबबाट फर्किंदा अध्यागमन कर्मचारीबाट रकम लुटिएकी मात्र हैन,प्रहरीबाटै बलात्कृतसमेत भएकी युवतीको वास्तविक परिचय मिडियामा अहिलेसम्म आएको छैन। तर अख्तियारले भने आज एक सार्वजनिक सूचना छाप्दै ती युवतीको वास्तविक परिचय सार्वजनिक गरेको छ। विशेष प्रकृतिको अपराध (बलात्कार, मानवबेचबिखन)मा पीडितको पहिचान गोप्य राख्नुपर्ने कानुनी व्यवस्था भए पनि अख्तियारको असंवेदनशीलताका कारण यस्तो भएको हो। यसअघि प्रहरी प्रधान… Continue reading
विनोद चौधरीभन्दा उपेन्द्र महतो गरिब ?
अमेरिकी म्यागेजिन फोर्ब्सले एक अर्ब डलर सम्पति हुने विश्वका सबैभन्दा धनीहरुको सूचिमा नेपालका विनोद चौधरीको नाम पनि समेटेपछि उनको चर्चा यतिखेर चुलिएको छ। यो सूचिमा अहिलेसम्म कुनै पनि नेपाली परेका थिएनन्। तर किन ? के अरु कुनै नेपाली विनोद चौधरी जत्तिको धनी छैनन् ? एकै पटकमा करोडौँ रुपियाँ दान दिने उपेन्द्र महतो चाहिँ चौधरीभन्दा ‘गरिब’… Continue reading
हलाल क्रान्ति
सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराई ज्यू, नमस्कार। जन्मजातै कम्यूनिष्ट परिवारको कोखमा जन्मेको मानिस हुँ म। र, पनि तपाईलाई लालसलाम गर्न आउँदैन, कम्तीमा तपाईलाई प्रधानमन्त्रीको कुर्सीमा देखुन्जेल। सवैप्रथमत : मेरो पनि अतिथि बनिदिनुभएको थियो काँचको पर्दामा। त्यस अर्थमा मैले यो ब्लग लेखुन्जेल तपाइँसँग माफी चाहन्छु, मैले तपाईलाई व्यक्तिगत हैसियतमा दुखाएको हदसम्म। म जान्दछु तपाईसँग नयाँ नेपालको… Continue reading
लोलितालाई पत्र
-कुसुम- प्रिय लोलिता, तिम्रा सुन्दर मन, विचार र नामहरुलाई एक मुस्ठ सलाम !! तिमी हरु हुनु र हामी हरु हुनुको भिन्नता केलाउदै छु म. सुन्छु, अखबारमा पडछु अनि हामीहरुको अन्तर को जोड -घटाऊ गर्छु आकाश जमिनको भिन्नताले निख्रो र खोक्रो बन्छु. आज सायद तिमीले नभोगेका या नदेखेका सामान्य तर मेरा लागि भयानक तितो अथार्थ भन्नेछु.… Continue reading
चाभेज रहेनन्, अमेरिकाको एक ‘शत्रु’ घट्यो
भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको ५८ वर्षको उमेरमा मंगलबार मृत्यु भएको छ। अमेरिकाको नाकै मुनि रहेर ‘अमेरिकी साम्राज्यवाद’लाई चुनौति दिएको बताउने चाभेजले आफू ‘अमेरिकाको शत्रु’ भएको घोषणा सार्वजनिक रुपमै गरेका थिए। जिउँदो रहँदामात्र हैन, मृत्युपछि पनि अमेरिकासँगको यो शत्रुता कायमै रह्यो। उनको मृत्युको घोषणा गर्ने सम्बोधनमा उपराष्ट्रपति निकोलस मादुरोले देशविरुद्ध षड्यन्त्र गरेको भन्दै अमेरिकी दूतावासका एक… Continue reading