यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
|
By Salokya, on February 20th, 2021 
‘विदेशमा नोबल र म्यागासेसे पुरस्कार छन्, हामी पनि हाम्रा श्रद्धेय व्यक्तित्वहरूलाई राष्ट्रको ठूलो पुरस्कारले सम्मान गर्न चाहन्छौँ। त्यसको अभियान कान्तिपुरले थाल्नेछ। पुरस्कार स्थापना त्यसकै अभियान हो।’
ठ्याक्कै नौ वर्षअघि कान्तिपुर पब्लिकेशन्सको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले यस्तो घोषणा गरेका थिए।
‘नेपालमा यति ठूलो धनराशिको पुरस्कार यो पहिलो हो’ भनेर सगौरव कान्तिपुरमा समाचार छापिएको यो पुरस्कार बाँड्न थालेको भए २०६९ सालदेखि यो वर्ष २०७७ सालसम्म हरेक वर्ष २० लाखका दरले १ करोड ६० लाख रुपैयाँ बाँडिसकेको हुन्थ्यो। तर त्यसो भएन।
Continue reading कान्तिपुरले घोषणा गरेको नेपालको ‘नोबल’ पुरस्कार, जुन अन्ततः गफमा सीमित हुनपुग्यो
By Salokya, on February 19th, 2021 
नेपालीटाइम्सको ट्विटरमा जब यो फोटो देखेँ, गजब लाग्यो। अचेल हाम्रा नेताहरुलाई नारायणहिटी दरबार खुबै प्यारो लाग्न थालेको छ। अस्ति भर्खर नेकपाको केपी ओली पक्षले यहाँ आमसभा आयोजना गरेको थियो। हिजो फेरि काठमाडौँ महानगरपालिकाले कन्सर्ट आयोजना गरेको रहेछ। दरबारमार्गको व्यस्त सडकमा आवागमन रोकेर सडकमा रातो कार्पेट ओछ्याइराखेको रहेछ। अनि त्यो रातो कार्पेटमाथि सोफा। सोफामा हाम्रा मेयर विद्यासुन्दर शाक्य ज्यु विराजमान। Continue reading सडकमाथि रातो कार्पेट, त्यसमाथि सोफा : वाह मेयरज्यु क्या गजबको पारा !
By Salokya, on February 19th, 2021 
(आज फागुन ७। प्रजातन्त्र दिवस। राजा र नागरिक मिलेर राणा शासनलाई ढालेर प्रजातन्त्र ल्याएको दिन। प्रजातन्त्रका लागि के कस्ता कठिनाइ भोग्नुपरेको थियो भन्ने बारे एसपी आसाले त्रिभुवनको आत्मकथा शैलीमा उपन्यास लेखेका थिए- ‘हामीले कसरी प्रजातन्त्र ल्यायौं’। त्यसैको एक अंश)
२००७ साल माघ १८ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन भएछ। धेरै मानिस समातिएछन्। ‘निरंकुश राणा शासन मुर्दावाद’, ‘श्री ५ त्रिभुवन जिन्दावाद’ भन्ने नारा लागेछ। ब्रिटिस र अमेरिकाका प्रतिनिधिहरुले मोहनशम्शेरसँग भेटवार्ता गरेछन्। तर मोहनले आफ्नै कुरा ठीक भनी अडान लिएपछि यी दुवै देशले भारतले अपनाउने नीति अपनाई ज्ञानेन्द्रको राज्यारोहणलाई अवैध मानेछन्। Continue reading दिल्लीमा पाँच बूँदे सहमति हुँदै गर्दा मलाई राजा मान्ने कि ज्ञानेन्द्रलाई बहस : त्रिभुवनको आत्मकथा
By Salokya, on February 19th, 2021 
२००७ साल कात्तिक २२ गते राजा त्रिभुवन नारायणहिटी दरबारबाट भागेर भारतीय दूतावासमा शरण लिँदादेखि दिल्ली भगाउँदासम्म भारत सरकारको प्रत्यक्ष सहयोग थियो। विमानस्थलसमेत नभएको काठमाडौँबाट राजालाई भारत भगाउनु सहज थिएन। यो ‘षड्यन्त्र’ मा सहभागी अनेक पात्रमध्ये बीएल शर्माले आफ्नो अनुभव यसरी सुनाएका छन्-
राजा भगाउन विमानस्थल निर्माण
त्यतिबेला नेपालमा जहाज चलेको थिएन। राजालाई कसरी भारत पठाउने भन्ने विषयमा छलफल गर्न एकदिन भारतीय राजदूत चण्डेश्वरप्रसादले मलाई बोलाए। राजालाई जसरी पनि इन्डिया भगाउनुपर्छ, मोटर बाटोबाट संभव छैन, राणाहरूले यो कुरा थाहा पाए भने योजना पूरा हुँदैन भन्ने निष्कर्षपछि हवाइजहाजमै इन्डिया भगाउने निर्णय भयो। तर, हवाइजहाजका लागि एयरपोर्ट थिएन।
श्री ३ मोहन शमशेरका छोरा विजयसँग मेरो राम्रो दोस्ती थियो। उनलाई प्रभावमा पारेर पहिले एयरपोर्ट बनाउने सल्लाह भयो र त्यो काम गर्ने जिम्मा राजदूत चण्डेश्वरप्रसादले मलाई नै दिए। त्यतिबेला मिठाई बनाउने धेरै सामग्री भारतबाट ल्याउनुपथ्र्यो। त्यसैले ‘एयरपोर्ट बनाउनुपर्यो’भन्न मलाई सजिलो हुनेभयो। मैले विजय शमशेरसँग बिन्ती बिसाएँ, ‘सरकार, मलाई सामान ल्याउन गाह्रो भयो। एयरपोर्ट बनाइदिनुपर्यो।’ Continue reading फागुन ७ को सम्झना : जब काठमाडौँमा भारतीय सेना उतारेर राजालाई दिल्ली लगियो
By Salokya, on February 18th, 2021 
सबभन्दा पहिला आजका राष्ट्रिय दैनिक हेरौँ। यो आजको ‘अन्नपूर्ण पोस्ट’को मुख्य समाचार हो। ‘भाइ पर्नेबाट भागरथीको हत्या’ शीर्षकको समाचारमा सात कोलमको ब्यानर न्युज राखिएको छ। एकछेउमा ‘यसरी सफल भयो अनुसन्धान’ भनेर सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीको ‘हुटि फोटो’ सहितको समाचार छ भने सम्पादकीय भनेर ‘प्रहरीको अब्बल अनुसन्धान’ शीर्षकको एक झलक पनि राखिएको छ। Continue reading भागरथी प्रकरणमा ‘उत्तम दाइ’लाई हिरो बनाउँदा मिडिया चुकेका पक्ष
By Salokya, on February 17th, 2021 
बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया भागरथी भट्टको शव भेटिएको दुई सातापछि प्रहरीले आज बुधबार एक किशोरलाई आरोपीका रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। बैतडीको घटनाबारे मैले मिडिया हेरेर मात्र जानकारी पाएको हुँ। कञ्चनपुरमा साढे दुई वर्षअघि भएको यस्तै खालको निर्मला पन्त प्रकरणको भने मैले नजिकबाट घटनास्थलसम्म पनि धेरै पटक पुगेर रिपोर्टिङ गरेँ। त्यसैले त्यो घटनाबारे भने मसित धेरै जानकारी छ। दुई घटनाको तुलना गरेर हेर्दा कति कुरा उस्तै छ तर पनि परिस्थिति फरक छ। निर्मलाको घटनामा पनि शव भेटिएको तेस्रो सातामा प्रहरीले एक आरोपीलाई सार्वजनिक गरेको थियो। भागरथी प्रकरणमा पनि बैतडीमा हत्यारा सार्वजनिक गर्नलाई आन्दोलन भइरहेको थियो। निर्मला प्रकरणमा पनि त्यतिबेला हत्यारा सार्वजनिक गर्न दबाब दिन आन्दोलन भइरहेको थियो। Continue reading बैतडीको भागरथी प्रकरणले सम्झाएको कञ्चनपुरको निर्मला प्रकरण : खै त प्रमाण?
By mysansar, on February 17th, 2021 
-अनुज थापा-
पछिल्लो समय निकै चलेको ‘फूलबुट्टे सारी, सपक्क पारी, पछ्यौरी मलमलको’ गीतका विभिन्न भर्सनहरु बन्दैछन्। पहिला पुरुष आवाजमा रहेको यो गीतको फिमेल भर्सन र चाइल्ड भर्सन सार्वजनिक भयो। हिजो मंगलबार लेजेन्डरी भर्सन सार्वजनिक भयो जसमा आवाज मदनकृष्ण श्रेष्ठको छ। राजेश पुमा राईले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा मदनकृष्ण श्रेष्ठलाई मिथिला शर्माले साथ दिएकी छिन्। यसका दृश्यहरु यस्ता छन्-
दृश्य १
मदनकृष्ण श्रेष्ठ – बिहान पत्रिका पढ्नुहुन्छ ।
मिथिला शर्मा – उहाँलाई चिया बनाउनुहुन्छ । Continue reading मदनकृष्ण जस्ता आदरणीय व्यक्तित्वलाई नसुहाएको ‘फूलबुट्टे सारी’को अभिनय
By Salokya, on February 11th, 2021 
आन्दोलनरत पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज (२०७७ माघ २८ गते बुधबार) राजधानी काठमाडौँमा प्रदर्शन र सभा गरेको छ। यस क्रममा एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ जसमा अगाडि प्रचण्ड र माधव नेपालसहितका शीर्ष नेताहरु देखिन्छन् भने पछाडि भारतको राष्ट्रिय झण्डा देखिन्छ। यही फोटोको बारेमा हामीले तथ्य जाँच (फ्याक्ट चेक) गरेका छौँ। Continue reading के प्रचण्ड-माधव नेपालले नेतृत्व गरेको जुलुसमा भारतीय झण्डा बोकेर प्रदर्शन गरिएको हो?
By Salokya, on February 9th, 2021 
सोनी वर्ल्ड फोटोग्राफी अवार्डसको यो वर्षको नेसनल अवार्ड घोषणा भएको छ। यो वर्ष प्रज्ज्वल भट्टराईले अछामको रामारोशनमा खिचेको यो फोटोले नेपालको तर्फबाट अवार्ड जित्यो। Continue reading अछामको फोटोले जित्यो यो वर्षको अन्तर्राष्ट्रिय फोटोग्राफीको अवार्ड
By Salokya, on February 8th, 2021 
कान्तिपुरको आज (२०७७ माघ २६) को पहिलो पेजमा एउटा समाचार छ, जसको शीर्षक छ- ‘प्रधान न्यायाधीशको प्रश्न’ सानो अक्षरमा अनि उद्धरण चिह्न भित्र ‘अहिलेको वातावरणमा निर्वाचन सम्भव छ?’
समाचारको लिडलाइन (पहिलो प्याराग्राफ) मा लेखिएको छ- ‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही रहेको तर्क गर्न बहसमा आएका सरकारी वकिललाई अहिले निर्वाचनको वातावरण छ कि छैन भनेर प्रश्न गरेका छन्।’
Continue reading के कान्तिपुरको यो समाचार सही छ?
By Salokya, on February 8th, 2021 
‘बूढीआमाले टमाटर साग किनेर डोकामा बोकेर ल्याएर बाटाका छेउमा बेच्न राखेको बाटाभरी छरेर क्रान्ति गर्न खोजियो। यही हो उहाँहरुको क्रान्ति। किसानका मुला फ्याँकिए, तरकारी फ्याँकियो। त्यही हो क्रान्ति उहाँहरुको !’
नारायणहिटी दरबारको अगाडि बनाइएको मञ्चमा उभिएर भाषण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधी समूहप्रति आफ्नो बोलीको अस्त्र प्रहार गरे। अघिल्लो दिन प्रचण्ड-माधव नेपाल समूहले गरेको बन्दविरोधी जनमतका बीच सोसल मिडियामा तरकारी फ्याँकेका फोटो छ्यापछ्याप्ती फैलिएका थिए। किसानले दुःख गरी फलाएको तरकारी बाटोभरी फ्याँकेको देखेपछि त जोकसैको पनि मन छोइहाल्छ। जब दिमाग र मुटुको द्वन्द्वमा भावनाले जित्छ, दिमागले कामै गर्न पाउँदैन। आम प्रयोगकर्ताहरुको के कुरा, पत्रकारदेखि डाक्टरसम्मले पनि ती फोटोहरु सेयर गरेका थिए। त्यसमाथि प्रधानमन्त्री तहबाटै यसो गरियो भनेपछि त्यही कुरामा अविश्वास गर्ने कसरी? तर यो सही सूचना थिएन। यो त मिथ्या सूचना थियो। तरकारी त्यसरी फ्याँकिएकै थिएन। हामीले नेपालफ्याक्टचेकबाट त्यही दिन भाइरल भएका विभिन्न फोटोहरुको बारेमा तथ्य जाँच गरी लेखेका थियौँ। त्यही दिन पनि प्रधानमन्त्रीले एउटा भाषणमा तरकारी फ्याँकेको कुरा गरेका थिए, भोलिपल्ट पनि त्यो क्रम जारी रह्यो। Continue reading प्रधानमन्त्रीलाई समेत झुक्याउने तरकारीको खास रहस्य बल्ल पो थाहा पाइयो, यस्तो रहेछ
By Salokya, on February 6th, 2021 
अहिले कोरोना भाइरसविरुद्धको खोपको पहिलो चरण सकिन लागेको छ। पहिलो चरणमा फ्रन्टलाइनरहरुलाई खोप दिइएको थियो। अहिले त हेर्नुस् सामाजिक सञ्जालको बेला छ। देशविदेशमा मान्छेहरुले मैले खोप लगाएँ भनेर पाखुरा देखाएर फोटो हाल्छन्। त्यो देखेपछि ए, उसले त लगाएछ भनेर जे भए पनि मनोवैज्ञानिक रुपमा विज्ञानप्रति विश्वास जाग्छ। तर त्यतिबेला कहाँ त्यस्तो थियो र !
खोपमा विश्वास नभएर सरकारले नै रोक लगाएको र त्यतिबेलाका राजाको ज्यानै गएको घटना पनि रहेछ। आज एउटा पुरानो पत्रिका पल्टाउँदा डा. भद्ररत्न बज्राचार्यको लेख फेला पर्यो। विफर अर्थात् स्मल पक्सको महामारीसँग सम्बन्धित छ यो विषय। Continue reading खोपमा विश्वास नहुँदा नेपालमा राजाको ज्यान गएको त्यो बेला
By Salokya, on February 5th, 2021 
नेकपाका दुवै समूह वाक युद्धमा त अलि पहिलेदेखि नै थिए, अब इन्टरनेटमा फेक युद्ध सुरु गरे झैँ देखिएको छ। प्रचण्ड-माधव नेपाल समूहले बिहीबार आम हड्तालको नाम दिएर नेपाल बन्द गर्यो। कार्यकर्ता बाहेक जनता कसैले यसलाई रुचाएको देखिएन। तरकारी फ्याँकेकोदेखि बिरामीलाई बोकेकोसम्मका पुराना फोटोहरु आजकै जस्तो गरी राखेर भ्रम छरियो। हेर्नुस् दिनभर भाइरल भएका केही फोटो र भिडियोबारे फ्याक्टचेक। अर्को समूह पनि के कम- भोलि शुक्रबारको ओली समूहको कार्यक्रमकै बारेमा फेक खबर फैलाउन थाल्यो। त्यो पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकै फेक प्रोफाइल बनाएर। Continue reading ‘वाक युद्ध’पछि नेकपाका दुवै पक्षको ‘फेक युद्ध’ सुरु भएको छ, सावधान हुनुस्
By Salokya, on February 4th, 2021 
पूर्व राजा ज्ञानेन्द्र शाहको आधिकारिक ट्विटर दावी गर्दै उनको नाममा चलाइएको ट्विटर ह्यान्डल @GBBShah ह्यान्डल भएको ट्विटर अकाउन्टबाट आज गरिएको एउटा ट्विट रातिसम्ममा ७७० रिट्विट भएको छ। यही ट्विटका आधारमा केही मिडियाले समाचार पनि बनाउने गर्थे, केहीले अझै पनि बनाउँछन्।
के साँच्चै मिडियामा दावी गरिए जस्तो पूर्वराजा ज्ञानेन्द्रले ट्विटर र फेसबुक चलाउन थालेका हुन्? यो विषयमा हामीले गत वर्षको अप्रिलमा नै फ्याक्टचेक गरेका थियौँ। त्यतिबेला साढे १३ हजारको हाराहारीमा रहेका फलोअरहरु अहिले १ लाख कटिसकेका छन्। Continue reading पूर्वराजा ज्ञानेन्द्रको नाममा दुनियाँलाई उल्लु बनाउने एउटा अकाउन्ट
By Salokya, on February 4th, 2021 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको समूहले बिहीबार (फेब्रुअरी ४) गरेको देशव्यापी आम हड्तालको क्रममा सामाजिक सञ्जालमा विभिन्न फोटो र भिडियो भाइरल भएका छन्।
हामीले त्यसमध्ये केही फोटो र भिडियोको तथ्य जाँच (फ्याक्टचेक) गरेका छौँ। Continue reading आम हड्तालको दिन भाइरल भएका फोटो र भिडियो- कुन सही, कुन भ्रामक?
By Salokya, on February 4th, 2021 
पत्रकारले न्यायाधीशको आवाज नचिन्दा आपत भाग २ पढ्नुअघि भाग १ मा के लेखिएको थियो त्यो याद दिलाइदिउँ। जनवरी २० मा लेखिएको त्यो ब्लगमा विभिन्न मिडियामा ‘सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनबारे भइरहेको बहसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा संसद पुनर्स्थापना हुँदैन भनिरहेको कुरा उठाइएपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले ‘बाहिरको कुराले तपाईं प्रभावित हुनुहुन्छ ? हुनुहुन्न भने हामी पनि हुन्नौं’ भनेको लेखिएको थियो।
तर खासमा चाेलेन्द्र श्रीमानको स्टाइलमा अलि ठूलो स्वरमा श्रीमान् अनिलकुमार सिन्हाले त्यो बेला बोलेका रहेछन्। पुरानो ब्लग पढ्न यहाँ क्लिक गर्नुस्।
अब भाग २ तर्फ लागौँ। यो भने हिजोको कुरा हो। हिजो (माघ २०) को बहसमा महान्यायाधिवक्ता अग्नि खरेलले ‘यसको उत्तर खै श्रीमानहरूले दिएको?’ भनेपछि बेञ्चबाट ‘हामीले उत्तर दिने त फैसलाबाट होला नि!’ भनिएको रहेछ। अब यो कुरा विभिन्न मिडियामा कसरी आयो हेरौँ। Continue reading पत्रकारले न्यायाधीशको आवाज नचिन्दा आपत (भाग २)
By Salokya, on February 3rd, 2021 
नझुक्किनुस् है माथिको ‘क्लिकबेटे’ हेडलाइनबाट। राष्ट्रपतिको कार्यालयबाट हराएको भनेर ‘पानी आउने धारा’ होइन, पानी नआउने धारा अर्थात् ‘संविधानको धारा’ भन्न खोजिएको हो।
राष्ट्रपतिको कार्यालयमा आज विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइयो। प्रतिनिधि सभा भङ्ग भएको अवस्थामा संसदीय समितिमा सुनुवाई गर्नुपर्ने कि नगर्ने भन्ने विवादका बीच शपथ ग्रहणको कार्यक्रमपछि राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिको भाषा रोचक थियो। त्यसमा लेखिएको थियो- ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको विभिन्न धारा बमोजिम संवैधानिक परिषद्को सिफारिसमा तपसिल अनुसार संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको आज मिति २०७७ साल माघ २१ गते बुधबारका दिन नियुक्त गर्नुभएको छ।’
नेपालको संविधानको यो यो धारा बमोजिम लेखिनुपर्नेमा धारा नै हराएछ। Continue reading राष्ट्रपतिको कार्यालयबाट ‘धारा’ हरायो, मिडियाको समाचारबाट ‘मान्छे’ हरायो !
By स्पन्दन अधिकारी, on February 3rd, 2021 
प्रतिनिधि सभाको विघटनसम्बन्धी जारी विवादमा भइरहेका बहस र विश्लेषणका चार धारहरु छन्।
पहिलो धारले प्रतिनिधिसभाको विघटनलाई बाध्यात्मक र स्वाभाविक कदमको रुपमा चित्रण गरिरहेको छ। तर विघटनको अन्तर्य र घट्नाक्रमहरुलाई सूक्ष्म रुपले केलाँउदा यथार्थको तस्वीर भने त्यसको ठीक विपरित देखिन्छ। यो धारले अहिले मात्र होइन, आउँदा दिनमा पनि संकटको आयामलाई अझै फराकिलो पार्छ।
दोस्रो धारले संविधानका प्रावधानहरुलाई प्राविधिक र यान्त्रिक व्याख्या गरिरहेको छ। यसले विघटनको राजनीतक र संवैधानिक पक्षको गहिरो विश्लेषण गर्ने इच्छा र सामर्थ्य राख्दैन। विघटनको संवैधानिक स्रोत र अधिकारको बारेमा यो धार सतही तर्कमा मात्र केन्द्रित छ।
तेस्रो धार निश्चित लाभ र हानीको स्वार्थबाट ग्रसित देखिन्छ। यो धारले षडयन्त्रको सिद्दान्तमा विश्वास गर्छ र विषयवस्तुलाई अतिरन्जित गरिरहेको छ।
चौथो धार भने असल नियतले लोकतन्त्रको भविष्यसँग चिन्तित छ। यो चौथो धारले तुलनात्मक रुपमा विषयको गंभीरतालाई केलाउन त खोजेको छ। तर विघटित सदनको पुनर्स्थापना हुनैपर्छ र हुनुहुँदैन भन्ने एकांकी मानसिकताबाट यो धार पनि माथि उठन् सकिरहेको छैन। समस्याको जड नै यही बिन्दुमा छ।
Continue reading विघटनलाई सदर वा बदर गरेर मात्र अबको संकटको निकास खुल्दैन श्रीमान् : एक नागरिक ‘एमिकस क्युरी’को बहस
By Salokya, on February 2nd, 2021 
फोटो साभार : प्रवीण रानाभाट
नेपालमा अहिले एउटा अडियो खुबै भाइरल भएको छ- नाssटकै हो, नौटंकीsss नै हो।
माघ १९ गतेको रात रिङरोडमा आर्मीले बख्तरबन्द गाडी घुमाउँदा मान्छेलाई त्यस्तै लाग्यो। तर संकेत र आशंकाका अनेकौँ कथासमेत मिडिया र सोसल मिडियामा पढ्न पाइयो।
खासमा सेनाका प्रवक्ताले आइतबारै सामाजिक सञ्जालमा यसबारे जानकारी दिइसकेका थिए।
Continue reading ठाउँ न ठहर, आर्मीको रहर !
By mysansar, on February 2nd, 2021 
प्रतिगमनको विरोध गरिरहेको नागरिक आन्दोलनले आज शोभा भगवतीमा कार्यक्रम गर्दैछ। अहिले त नेपालमा कसैलाई पनि मृत्युदण्ड दिइँदैन। तर विक्रम संवत् १९९७ मा त्यहाँ दुई जना व्यक्तिलाई शहीद बनाइएको थियो। हिले शहिद सप्ताह मनाइँदैछ नेपालमा। त्यसो त अहिले शहिदहरु थुप्रै भइसके। तर शहिद भन्ने बित्तिकै धेरैलाई याद आउने चार जनामा उही दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री नै हुन्।
त्यो दिन रातको दश बजेको थियो। माघ महिनाको चिसो सिरेटोले मुटु नै कमाउँथ्यो। त्यही बेला राजद्रोहको मुद्दामा ज्यानसजाय पाएका नेपाल आमाका दुई सपुत दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली ठोकेर मृत्युदण्ड दिनका लागि विष्णुमतीको किनारमा रहेको शोभाभगवतीतर्फ लगिंदै थियो। उनीहरूलाई लिएर एउटा लहरी सिंहदरबारबाट प्याफलको बाटो हुँदै अगाडि बढिरहेको थियो। त्यही लहरीमा मृत्युदण्डको काम तामेली गर्ने आदेश पाएका राणाका अफिसर, सिपाही, आठपहरिया र दुई पोडेको टोली पनि थियो। उक्त टोलीको नेतृत्व जनरल नरशमशेरले गरेका थिए। उनका साथमा उनीमुनिका कर्णेल चन्द्रबहादुर थापा, मेजर ‘प्राणराज’ भन्ने ठकुरीलगायतकाहरू पनि संलग्न थिए।
मृत्युदण्डका लागि वधस्थलतर्फ लगिएका दुई सपुतमध्ये कलिलो उमेरका गंगालाललाई राणाशासक जुद्धशमशेरसमेत माफी मगाउन चाहन्थे। त्यसैले बाटोभरि लहरीमा नरशमशेरले गंगालाललाई माफी मगाउने प्रयास गरिरहे। यद्यपि प्रजातन्त्रका लागि प्राणाहुति दिन आतुर गंगालालले माफी मगाउन चाहने नरशमशेरलगायतका सिपाही अफिसरहरूलाई मुखभरिको जवाफ दिंदै भनिरहे– ‘हामीले के बिगारेका छौं र माफी माग्ने ? बरु तिमीहरूले हामीसँग माफी माग्नुपर्छ।’ Continue reading गंगालाललाई गोली ठोक्ने आदेश पाएका व्यक्ति उल्टै क्वाँ-क्वाँ रोएर भागेको त्यो क्षण
|
माइसंसारलाई सहयोग गर्नुस्
|