दुवै ठूला छिमेकीलाई आपत
हाम्रा दुवै ठूला छिमेकीहरुलाई आपत् परेको छ। हिजो मात्रै उत्तरी छिमेकी चीनमा महाभूकम्प आएको थियो। त्यहाँ मर्नेहरुको संख्या १२ हजार नाघिसकेको भनिएको छ। आज फेरि अर्को छिमेकी भारतबाट नराम्रो खबर आएको छ। चीनमा प्राकृतिक प्रकोपले विध्वंश मच्चाएको छ भने भारतमा मानवले विध्वंश मच्चाएछन्। भारतको जयपुरमा सात वटा शृङ्खलावद्ध विस्फोट भएछन्। यी आतंकवादी आक्रमणमा ६० जनासम्मको ज्यान गएको हुनसक्ने खबर भारतीय टिभी च्यानलहरुले दिइरहेका छन्। दुई वटै छिमेकी देशलाई ठूलो आपत आइलागेको भए पनि हाम्रो देशमा चाहिँ यस्तो नहोस्। बल्ल त हामी शान्तिको मार्गमा हिँडिरहेका छौँ।

भूकम्पपछि आफ्टरसकको डरले खुला चौरमा बसिरहेका चिनियाँ। फोटोः विदुर मरासिनी/चीन (more…)
आपराधिक पृष्ठभूमिका बबन सिंहलाई संविधान सभामा प्रवेश गराउनका लागि एउटा एनजीअोले सरकार र माअोवादीसँगको लबिङ तीव्र पारेको छ। बबन सिंहलाई माअोवादी मै प्रवेश गराउने शर्तमा माअोवादीसँग वार्ता भएको हो कि अरु नै विषयमा त्यो त सार्वजनिक भएको छैन, तर बबन सिंहले आफू शपथ खान आतुर छु भन्दै अपील प्रकाशित गर्नु र मानवअधिकारवादी एनजीअो हिमराइट्सले उनलाई संविधान सभामा छिराउन लबिङ गर्ने काम सँगसँगै भएको छ। बबनको अपीलमा भनिएको छ- “राष्ट्र निर्माणको लागि बस्न लागेको संविधान सभाको बैठकमा मेरो सहभागिता अनिवार्य छ।”
नेपालका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघका अध्यक्ष को ? निश्चय पनि धर्मेन्द्र झा। गत वैशाख २२ गते भएको महाधिवेशनमा नयाँ पदाधिकारीहरु निर्वाचित भएका थिए। एक साता भइसक्यो निर्वाचन भएको। नवनिर्वाचित पदाधिकारीहरुले पदभार पनि ग्रहण गरिसकेका छन्। अनि उनीहरु डेलिगेसन पनि जान थालिसकेका छन्। तर अरुलाई सुसूचित गराउने त्यही पत्रकार महासंघको 
मेरो नाम सुराज हो। तपाई सोच्नुहुन्छ होला कस्तो नाम हो ! आमाबुवाले आफनो नाम मिलाउन खोज्दा यस्तो नाम जुर्यो। मेरा नजिककाहरु मलाई “सु” भन्छन्। कहिलेकाहीँ त उनीहरुले यसरी बोलाउँदा केटाकेटीका लागि लघुशंकाको अर्थ लागेर हाँसो उठ्छ। मान्छे म भावुक छु र हाल सत्ताइसको भएँ। बी.ए.पास छु। मेरो घर काठमाडौंमा हो। हाल पेशाले टयाक्सी चालक भए पनि म आफूलाई ड्राइभर भन्न रुचाउन्न। यो मेरो केही समयको लागि गरिने काम मात्र हो। मलाई पढेर अझै धेरै गर्नु छ। स्नातक भएर पनि किन टयाक्सी चलाइस् भनी साथीहरु भन्छन् तर जागिर खानु सजिलो कहाँ छ र ? उसमाथि अहिले भनसुन नहुने कुनै ठाउँ नै छैन। चाकरी गर्दै हिंड्नु मेरो वशको कुरा हैन। शिक्षित बेरोजगारहरुको लाममा उभिनु भन्दा यो टयाक्सी चलाउनु कुन नराम्रो हो र ? भएको अलिकति पूंजीले टयाक्सी किनें। ड्राइभर राख्यो उसैलाई तलब दिनुपर्छ। त्यसैले अरु ड्राइभर राख्नुभन्दा आफै गाडी हांक्नु निको ठानें। फेरि आफैले चलाउने हुँदा अरु ड्राइभरले जस्तो समय र रकममा पाबन्द रहनु पनि परेन। मनमौजी तालको छु, मुड भएको दिन बिहानै टयाक्सी हाँक्छु, नभए दिनभरि पनि चलाउंदिन। घरमा सानो सुखी परिवार छ। आमा घरै बस्नुहुन्छ। बहिनी अझै स्कूल पढ्दै छिन्। चञ्चले स्वभावकी बहिनी, बहिनी भन्दा बढी साथी जस्ती छिन्। हरबखत मसँग जिस्किरहन्छिन्। म उसलाई औधी माया गर्छु।