युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By mysansar, on May 19th, 2012 माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको आठौँ भागका लागि यो साता सहभागी हुने पाठकहरुको संख्या दुई मात्रै रह्यो। यसपटक बद्री अधिकारीको कथा तपाईँहरुको मत पाएर छनौट भएको छ। यो यात्राको आठौँ भाग पढ्न भित्र आउनुस्।
खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन बिन्दुमा कथाकारले त्यसलाई टुङ्ग्याएका हुन्छन्, अर्को पाठकले त्यही बिन्दूबाट सुरु गरेर अर्को कथा लेख्नुपर्नेछ। उसले टुङ्ग्याएको बिन्दुबाट अर्को हप्ता फेरि अर्कै पाठकले कथालाई सुरु गर्नेछन्। एवंरितले धारावाहिक रुपमा हरेक हप्ता यो चल्दै जानेछ। के थाहा, सबैभन्दा धेरै लेखकले लेखेको कथाको कीर्तिमानै पो बन्ने हो कि यो। तर त्यसका लागि चाहिन्छ सिर्जनात्मक दिमाग भएका पाठकहरुको, जसले यो यात्रालाई हरेक हप्ता अघि बढाउनु पर्नेछ। Continue reading कथा यात्रा (भाग ८)
By Salokya, on May 19th, 2012 पि. आर. गिरी
वाहिर झरिरहेको मसिनो झरी र लागेको हुस्सुले उसको मन बिगारिरह्यो अनि काम गर्ने जांगर चलेन | धेरै लामो समय पछि फेरी आज उसलाई केही कुरा मिस गरेजस्तो.. मन भित्र भित्रै डराए जस्तो लाग्यो, साँची कै आफ्नो परिवार को सम्झना आयो आज पुनः | अनि शीसा वाट बाहिर हेरिरह्यो, मन भरी कुरा खेलाउदै |
साविक झै शीशाको ढोका वाहिर जीनु ठिंग उभिन आई पुगी | सरासर उ वेसमेन मा पुग्यो, ज्याकेटको खल्ती वाट Marlboro Light को बट्टा निकाल्यो अनि वाहिर पुग्यो |
”जीनु ! झरी ले रुझाएको छैन ?” ल लिनुस |
”तपाई पनि तान्नु न |”
”म पछि ब्रेकमा, अहिले मेरो कस्टमर छ भित्र,” तपाई लिनु म गफ गरेर उभिन्छु नि |
जीनुले पढ़ी सकी उसको अनुहार अनि चुरोट को सिर्को मार्दै कुरा निकाली,” यस्तो झरी मा के गर्नु पर्छ थाहा छ ?”
”के गर्नु पर्छ, जे गरे पनि हुन्छ” नमिठो भावमा जवाफ दियो उसले |.
”जे भय पनि, जे गरे पनि यो झरीलो दिनको उपयोग गर्ने बाटो खोज्नु पर्छ है” आफ्नो तर्क राखी जीनुले | Continue reading ह्यांग आउट
By Salokya, on May 19th, 2012 बिना विभागका मन्त्रालयहरु लाज पचाएर ओगटिरहेका मन्त्रीहरुलाई आज बल्ल प्रधानमन्त्री बाबुराम भट्टराईले काम दिएका छन्। दलहरुसँग कुन दललाई कुन मन्त्रालय दिने भन्ने सहमति भएपछि उनीहरुलाई प्रधानमन्त्रीले काम बाँडेका हुन्। तर अझै पनि चार मध्ये एक उपप्रधानमन्त्रीलाई अझै कुनै काम दिइएको छैन। कृष्ण बेलबासे (माले), यदुवंश झा (माले समाजवादी) र बद्री न्यौपाने (चुरे भावर) भोलि मन्त्री बन्दैछन्। कामको बाँडफाँड यस्तो छ-
१ डा. बाबुराम भट्टराई प्रधानमन्त्री
उपप्रधानमन्त्रीहरू
२ विजयकुमार गच्छदार (मधेसी मोर्चा) गृह
३ नारायणकाजी श्रेष्ठ (माओवादी) बिना विभागीय
४ क़ष्णप्रसाद सिटौला (काङ्ग्रेस) रक्षा र कानुन
५ ईश्वर पोखरेल (एमाले) परराष्ट्र, कृषि र युवा तथा खेलकुद मन्त्रालय मन्त्रालय Continue reading मन्त्रीहरुले काम पाए
By mysansar, on May 18th, 2012 आफूहरुलाई ‘अन्य’ सूचिमा राखी पहिचानविहीन बनाइएको भन्दै आन्दोलनमा उत्रिएका बाहुन क्षत्रीहरुको अनिश्चितकालीन आन्दोलनको पहिलो दिन सरकारसित भएको वार्तामा उनीहरुलाई पनि आदिवासीको पहिचान दिने सहमति भएको छ। उनीहरुलाई नयाँ संविधानमा ‘अन्य जाति’ बाट हटाई ‘खस आर्य’ (क्षेत्री, ठकुरी, दशनामी तथा दलितलगायत) लाई राखी अधिकारसहित आदिवासी सूचीकृत गरिने सहमति भएको छ। योसँगै उनीहरुले अनिश्चितकालीन बन्द फिर्ता लिए। नयाँ निर्णयसँगै नेपालका सबै जाति आदिवासी हुन पुगेका छन्। यसैको खुसियाली आज देशभर बाहुन क्षत्रीहरुले विजय जुलुस निकाले। Continue reading बाहुन क्षत्री पनि आदिवासी, बाहुन क्षत्रीको विजय जुलुस
By Salokya, on May 17th, 2012 
समाचार एजेन्सी एपीले विश्वभरका मिडियामा पठाएको यो फोटो अस्ति क्षेत्रीबाहुनले गरेको दुई दिने नेपाल बन्दको पहिलो दिनमा काठमाडौँमा खिचिएको हो। हरेक बन्दमा हुने लगभग यस्तै हो। आजदेखि उही क्षेत्री बाहुनहरुको संगठनले अनिश्चितकालीन नेपाल बन्दको घोषणा गरेको छ र केही उग्रहरु सडकमा यसरी नै उत्रिरहेका छन्। उनीहरुमात्र हैन, अब बन्दको लामै लिस्ट बनिसकेको छ। अबका केही दिनमा पालैपालो बन्दहरु हुँदैछन्। वैद्य पक्ष र अरु साना दलहरुको मोर्चाले एक दिने बन्द गर्दैछ, कमल थापाको राप्रपा नेपालले दुई दिन बन्द गर्दैछ र आदिवासी जनजाति महासंघको तीन दिने बन्द छ।
माओवादीको अनिश्चितकालीन बन्दमा बन्द सहन नसकेर सडकमा उत्रँदा लुत्रुक्क परेर बन्द फिर्ता गरे जस्तो स्थिति आउला त अहिले ? यत्रो दिन बन्द हुँदा बन्द आयोजकप्रति मान्छे भड्कन्छन् कि भडकँदैनन् ? किन सफल हुन्छन् यस्ता जबर्जस्ती लादिने बन्द ? Continue reading देश अनिश्चितकालीन बन्दको मारमा
By Salokya, on May 16th, 2012 बोर्ड फर्स्ट प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ नयाँ कीर्तिमान बनाउने क्रममा आज फेरि एउटा कीर्तिमान राखेका छन्। अहिलेको उनको नेतृत्वको मन्त्रिमण्डल नेपालको इतिहास मै सबैभन्दा बढी उपप्रधानमन्त्री भएको हो। पहिले हामीलाई एक जना उपप्रधानमन्त्री हुँदा नि के उप बनाइराहोला जस्तो लाग्थ्यो। तर अहिलेको मन्त्रिमण्डलमा एक हैन, दुई हैन, चार चार जना उपप्रधानमन्त्री छन्। यसअघि फोरमका विजयकुमार गच्छदार, काङ्ग्रेसका कृष्ण सिटौलासहित माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री थिए। आज एमालेका तर्फबाट सरकारमा गएका ईश्वर पोखरेल पनि उपप्रधानमन्त्री भएपछि उपहरुको संख्या ४ पुगेको हो। Continue reading चार उपप्रधानमन्त्रीको नयाँ रेकर्ड
By Salokya, on May 16th, 2012 आज काम्रेड ईश्वर पोखरेलको नेतृत्वमा एमाले बाबुराम सरकारमा सहभागी हुँदैछ। उनी उपप्रधानमन्त्री पनि बन्नेछन् संभवतः। बाबुराम सरकारमा सहभागी भएपछि संविधान सभाको निर्वाचनपछि बनेका प्रत्येक सरकारमा एमालेले हिस्सा पाएको छ। दुई पटक एमाले ‘भाले’ भयो अर्थात् प्रधानमन्त्री कै कुर्सी पायो। जुन दिन जान्नँ जान्नँ भन्दै पनि एमाले बाबुराम सरकारमा सहभागी भएको छ, त्यही दिन संयोगले मदन भण्डारीको पुण्यतिथि परेको छ।
आजभन्दा १९ वर्षअघि अर्थात् ३ जेठ, २०५०
समय अपराह्न साढे पाँच बजे।
सिमसिम पानी परिरहेको थियो। बा अ च ८७२३ नम्बरको जिप पृथ्वी राजमार्गमा हुँइकिरहेको थियो। नेकपा एमाले कास्की जिल्ला अधिवेशन सकेर भरतपुरतिर लागिरहेका थिए महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित। चितवनको दासढुंगा भन्ने स्थानमा पुग्दा जीप असन्तुलित भयो र तल त्रिशुली नदीमा खस्यो। चालक अमर लामा जिउँदै भए। बाँकी दुई जना नदीमा बेपत्ता भए। पछि दुवैको लाश भेटियो। १९ वर्ष भयो यो घटना भएको तर अहँ, अझैसम्म यसको रहस्य खुल्न सकेको छैन। एक मात्र साक्षी अमर लामाको पनि रहस्यमय तरिकाले हत्या गरिएपछि यो रहस्य सँधैका लागि रहस्यमा नै रहने भएको छ। Continue reading मदन काम्रेडको सराद्धेकै दिन एमाले सरकारमा
By परिवर्तन, on May 16th, 2012 मदन भण्डारीको हत्या भएको दिन (हुन त एमालेले नै हत्या मान्न छाडिसक्यो) एमालेका विषयमा नमिठो लेखेको देख्दा एमाले कार्यकर्तालाई निकै रीस उठ्ला तर सत्य लेखेकोमा भण्डारीको आत्माले भने पक्कै सराप्ने छैन। सामान्यत: मान्छेहरू जातीय नारा उचालेकोमा माओवादीलाई गाली गर्छन् तर मदन भण्डारीले २०४७ सालको संविधान लागू भएपछि त्यसको आलोचना गर्दै उठाएका मुद्दाहरूलाई हेर्यो भने अहिले त्यहीँ र उस्तै मुद्दा उठाएर नै माओवादीले चुनाव जितेको हो। माओवादीले त जातीय आधारमा राज्य पुनर्संरचना गर्ने भनेर आफ्नो घोषणापत्रमा प्रष्टसँग लेखेको थियो। त्यसैका आधारमा उसलाई जनताले भोट दिएका हुन्। कि त जनता नै मुर्ख भन्न सक्नुपर्यो होइन भने अर्को चुनाव कुर्नु पर्यो। वास्तवमा जातीयताको सबैभन्दा ठूलो वकालत गर्ने पार्टी अहिले एमाले बनेको छ र उसले पहाडे बाहुन र क्षेत्रीका पक्षमा आफूलाई उभ्याएको छ। यस अर्थमा ठूला दलहरूमध्ये एमाले जत्तिको जातीयतामा आधारित र साम्प्रदायिक अर्को कुनै पार्टी छैन। Continue reading मदन भण्डारी र एमालेभित्र हुर्किएको जातीय चिन्तन
By Salokya, on May 15th, 2012 दलहरुबीच लामो समयदेखि भइरहेको बार्गेनिङ बैठकले विवादित विषयहरुमा सहमति जुटाएको छ। सहमति अनुसार अब बन्ने संविधानमा यस्तो हुनेछ-
प्रदेश ११ वटा हुनेछ। अहिलेलाई नम्बर १, नम्बर २ र नम्बर ३ भएकाहरु। नाम के राख्ने भन्ने चैँ जेठ १४ पछि, धेरैपछि राष्ट्रिय (राष्ट्रपति चुन्ने, संसद) चुनाव भइसकेपछि, प्रदेशको चुनाव भएपछि प्रदेश व्यवस्थापिकाले गर्नेछ। मानौँ एक नम्बरे प्रदेशले आफ्नो नाम त्यहाँको संसदले राख्ने गरी चुन्नेछ। अनि सीमा कति कति भन्ने कुरो चाहिँ संघीय सीमा आयोग भन्ने एउटा आयोग गठन हुनेछ र त्यसैको जिम्मा लगाइनेछ। Continue reading सहमति ! यस्तो हुने भो संविधान
By Salokya, on May 15th, 2012 अग्नि एअरको हिजो भएको दुर्घटनामा ६ जना बाँच्नुलाई चमत्कार कै रुपमा लिँदा हुन्छ। यस्तो विमान दुर्घटना हुँदा सितिमिति मान्छे बाँच्दैनन्। त्यसैले विमान दुर्घटनालाई बढी खतरनाक मानिन्छ। हिजोको दुर्घटनामा चालक दलका तीन सदस्य मध्ये एअर होस्टेज रोशनी हाइजु एक जना मात्र बाँचिन्। यात्रुहरु १८ मध्ये पाँच जना (दुई डेनिस र तीन भारतीय) मात्रै बाँचे। नेपालको अक्सर आन्तरिक विमान सेवामा बोर्डिङ पासमा सिट नम्बर हुने गर्दैन। विमानभित्र प्रवेश गरेपछि जुन सिटमा मिलेर बस्दा पनि हुन्छ। अग्नि एअरमा पनि त्यस्तै हुन्छ। त्यसैले चमत्कार भएर बाँच्नेहरु कहाँ बसेका थिए भन्ने यकिन थाहा नभए पनि एअरहोस्टेज पछाडि बस्ने हुनाले पछाडि बस्नेहरु बाँचेको हुनसक्ने अनुमान गर्न सकिन्छ। विमान दुर्घटनाका फोटोहरु हेर्दा पनि र घटना विवरण सुन्दा पनि पखेटाले छोएर अगाडिको भाग जोतिएको देखिन्छ। पछाडिको भाग सग्लै देखिन्छ। यसअघि अग्नि एअरकै विमान दुई वर्षअघि मकवानपुरमा दुर्घटना हुँदा विमानका स-साना टुक्रामात्र देखिन्थ्यो। Continue reading पछाडि बस्नेहरु बाँचे!
|
|
Recent Comments