तत्कालीन माओवादीका शक्तिशाली तर हाल नेकपाका निरीह अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वेडिङ एनिभर्सरी परेको छ। बिहे भएको ५० वर्ष पुगेको छ। स्वर्ण जयन्ती मनाइन्छ ५० वर्ष पुग्दा। बिचरी सीता दाहालको स्वास्थ्य एक्लो छोरा प्रकाश बितेदेखि बिग्रेको छ। उपचारका लागि अमेरिकासम्म पुगिसके पनि पूर्ण स्वस्थ हुन सकेको देखिँदैन।
एक पटक हामी साथीहरु प्रचण्डको अन्तर्वार्ताका लागि गएका थियौँ। त्यतिबेला उनको निवास लाजिम्पाटमा थियो। अन्तर्वार्ताको क्रममा छोरा प्रकाश बारम्बार आउँथे, तर केही हस्तक्षेप गरेका थिएनन्। हामीबीच कुराकानी भइरहेको थियो, एकै पटक कोठाको ढोका खोलेर सीताले भनिन्- अब त बिलम्बै भो। अनि ढोका आवाज आउने गरी रिसाएर ढड्याम्म बन्द गरिदिइन्। हामी छिटोछिटो कुराकानी सकाएर फर्कियौँ। यो घटनाले प्रचण्डको समयप्रति श्रीमती सीताको चासो प्रष्ट देखाएको थियो। श्रीमानप्रति श्रीमतीको हैकम नेता होस् कि जनता- जसको घरमा पनि चल्ने रहेछ भनेर सोचेका थियौँ। तर उनै श्रीमतीलाई जमानामा कुटेको खुलासा एउटा पुस्तकमा भएको थियो।
जनयुद्धमा पनि उनी साथै रहिन्। टाउकोको मोल तोकिएको बेलादेखि देशका प्रधानमन्त्री हुँदासम्म प्रचण्डलाई सीताले साथ दिइरहेकी छिन्। उनै सीतालाई प्रचण्डले पैसा दिएन भनेर ड्याम कि ड्याम कुटेको कुरा अनौठो लाग्ने रहेछ।
२०५१ सालतिरको कुरा रहेछ। प्रचण्ड त्यतिबेला नेकपा मोटो मशालका हर्ताकर्ता। जनयुद्धको नीति पार्टीले पारित गरिसकेको। जनयुद्ध भनेर कागजमा लेखेर मात्र त भएन। हतियारदेखि अरु सामान किन्नै पर्यो। त्यसका लागि पार्टीले केन्द्रीय समितिमा रहेका सदस्यहरुबाट आर्थिक सहयोग लिने निर्णय गर्यो। पार्टीका महामन्त्री रहेका प्रचण्डको भागमा परेछ ८ हजार रुपैयाँ।
८ हजार रुपैयाँ अहिले सुन्दा धेरै पैसा जस्तो लाग्दैन। तर त्यतिबेला धेरै नै थियो। पार्टीको निर्णयपछि अरु नेताहरुले धमाधम आफ्नो भागमा परेको पैसा बुझाउन थाले।
प्रचण्डले पनि बुझाउनु पर्ने भयो। अनि उनले घर सल्लाह गरेछन्। ८ हजार रुपैयाँ कहाँ पाउनु! घरमा थिएन। तत्काल जुटाउन पनि सक्ने स्थिति छैन।
हेर बूढी हाम्रो त्यो १ कट्ठा जग्गा बेचेर भए पनि पैसा त बुझाउनै पर्छ भनेर प्रचण्डले सीतालाई भने। तर सीताले मानिनन्। कुनै पनि हालतमा जग्गा बेच्न नदिने अडान लिइन्। प्रचण्ड चुप बसे त्यतिबेला।
त्यतिबेला प्रचण्ड बस्थे चितवनको भीमसेन नगरमा। पार्टीका अरु सदस्यहरु पनि प्रचण्ड बसेको ठाउँ वरपर नै डेरा लिएर बस्थे। अरु नेताहरुले पैसा बुझाइसक्दा पनि पार्टी प्रमुख प्रचण्डले बुझाएका थिएनन्।
एक दिन प्रचण्ड पत्नी सीता ग्वाँ ग्वाँ रुँदै नजिकै रहेको कमरेडहरुको डेरामा पुगिछिन्। त्यतिबेला कोठामा खम्बसिह कुँवर ‘काजिसाब’, दीपेन्द्र शर्मा र ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ थिए। पछि प्रचण्डका भाइ नारायण दाहाल र इन्द्रविलास पौडेल पनि आइपुगेछन्।
यो प्रसंग उनै असारे काकाले लेखेको संघर्षका पाइला नाम पुस्तकमा प्रचण्ड र सीताबीच विवाद शीर्षकमा उल्लेख भएको खुलासा जनआस्थाले गरेको थियो।
पैसाका लागि जग्गा बेच्न नदिने अडान राखेकी सीतालाई प्रचण्डले अरु केही नपाएपछि घरमै राखेको ठूलो खाले छाताको डाँटले ढु्ट्याएपछि उनी रुँदै गुहार माग्न आएको प्रसंग उल्लेख गर्दै असारे काकाले लेखेका छन्, ‘हामीलाई समस्या परिहाल्यो। आफ्नो नेताको घरपरिवारको झगडा समाधान गर्नु थियो। आन्तरिक रुपमा समाधान गर्न हामी लाग्यौँ। तर यस घटनाले पार्टीपङ्क्तिमा निकै ठूलो तरङ्ग आयो।’
सबै कमरेडले पैसा बुझाइसक्दा पनि आफूले दिन नसकेको र यसको कारण स्वास्नी सीता नै रहेको ठहर गर्दै यही झोँकमा प्रचण्डले सीतालाई छातैछाताले भकुरेका रहेछन्। लगातार लोग्नेको आक्रमणबाट बच्नकै लागि उम्किएर गुहार माग्न पुगेकी रहिछिन्।
किताबमा लेखिएको छ- ‘प्रचण्ड र सीतालाई राखेर समस्या समाधान गर्ने काम भयो। त्यतिबेला मध्यस्थता गर्ने कमरेडहरुले यस कान्डमा प्रचण्डले नै अति गरेको महसुस गरे। उनीहरुको निश्कर्ष थियो आखिर पार्टीको निर्णय लागू गर्न भन्दै प्रचण्ड यो स्तरमा नउत्रिन पर्थ्यो। उता सीताको जिद्दी स्वभावलाई पनि कमरेडहरुले इङ्गित गरेका थिए। सीताले पनि आफ्ना कमजोरी स्वीकार्नुपर्छ। सो जग्गामा प्रचण्डको पनि हक छ भनेर सीताले नबुझेर जिद्दी गरेकी थिइन्। त्यतिबेला अरु कमरेडले महामन्त्री रहेका प्रचण्डलाई भने कि नेतृत्व भएर त्यस्तो उत्तेजित हुनु हुँदैनथ्यो। अन्त्यमा यसको समाधान नेता कमरेडहरुको रोहवरमा प्रचण्ड र सीता दुवैले गल्ती स्वीकार गरी आत्मालोचना गरी टुङ्ग्याइएको थियो।’
सीताले पिटे पनि जग्गा बेच्न नदिएको भए पार्टीको निर्णय कार्यान्वयन नगरेको भनेर प्रचण्डलाई कारबाही पो हुन्थ्यो कि र यही कारण जनयुद्ध नै पो नहुन्थ्यो कि भनेर अब सोच्नु बेकार छ।
लोग्ने स्वास्नीको झगडा- परालको आगो। हरेक घरमा लोग्ने र स्वास्नीबीच झगडा भएकै हुन्छ। त्यसैले यही कुरालाई एनिभर्सरीको दिनमा किन उठाइस् निम्छरो ब्लग भनेर नभन्नुहोला है। यसो रोचक लागेर सम्झाइदिएको कुरा। भन्नुभए पनि केही गर्न सकिएन, चुपै बस्न बाहेक के नै गर्न सकिन्छ र।
ति अबोध अयोग्य सेनाको नाममा आएको arab kharab घोटाला फिर्ता गर अनि मात्र इतिहासले गणतन्त्र्को योद्धा भनेर संझंछा नत्र देश र जनताको गद्दार भनेर सयौ पुय्स्ता सराप्छ आखिरी त्यो लुकाएर के गर्नु छ त्यत्रो पैसा कसलाई जरुरत छ
दस हजार भन्दा बढी को हत्यारा यस छविलाल ले स्वास्नी लाइ भकुरेको भन्ने कुरा कुनै नयाँ होइन / आफु ले चाहेको कुरा न पाए मा घोर हिंसा मा उत्रन तयार यो हत्यारा आज अरबौं मा खेल खेली रहेको छ / सगरमाथा चढ्न गएको तर अर्का कि श्रीमती पो चढेर फर्केको त्यस को ड्रग एडिक्ट छोरा ले खान्छ अब त्यो अरबौ ? ए त्यो त सुइंकी पो सके छ / अब कस ले खान्छ ? के खाने ? कागज खोस्टा खाने अब ?
हिंडेको थिए संसार बदल्न
त्यो त सकिन
तर परिवारको आर्थिक हैसियत शिखर पुर्याए|
ठेकेदार र नातादारलाई रुझाए
नर्क भन्ने चिज नै छैन भन्ने दुनियाँलाई बुझाए
तर छैन आँफैलाई यकिन|
गलामा खादा मालाको भारी
स्वागत! नव महाराजको सवारी!!
एक दिनको रास्ट्रपति बनाईदेउ मलाई सरकार तिम्रो देशका भातमारा, भरौटे, भ्रस्टचारी, दलाल, घुसिया नेता, कार्यकर्ता, कर्मचारी सबलाई टुडिखेलको बिचमा राखेर देसद्रोहीको अभियोगमा पेट्रोल छर्केर आगो लगाउन सकिन भने देशनै छाडेर जान्छु . जय नेपाल.
ल सिर्सस्थ नेतामा तेस्तो डेडिकेसन भए भ्रास्टाचार एस्तो मौलाउने , देश मा एस्तो अराजकाता हुने , चेलीहरु बलात्कार भएर मारिने हुन्थ्यो ?
लेख्ने , हावा फैलाउने , प्रचार गर्ने सब पाखे चोर हरु को काम हो | झरेको चाट्ने , अलि अलि ठेक्का पत्ता र कमाउने मौका पाए जुन बेला पनि भजन गर्न तैयार |अज आजकाल प्रचण्ड पथ , गिरिजा पथ के के , चै अलि सेलाएको छ | चोर हरु चिच्याउथे , खुर्दा लोटन हाम्रो हो , महाकाली हाम्रो हो , मदन को हत्यारालाई फासी दे, १९५० को सन्धि मान्दैनम ? खै त् तेस्का बाजेको हातैमा सासन छ त् ? अझै पनि पढेलेखेका ले भेडाको छाला ओडेको ब्वासो चिन्दैन भने नेपाल को दुर्भाग्य नै मान्नु पर्छ | हिजडाको फौज ले नौटंकी त् गर्छ तर , सहि सुर पक्डिन सक्दैन |
गाउको गरिब सिक्श्यक लाइ , तल्ला तह का कांग्रेसी कार्यकर्ता लाइ , पुलिस लाइ बिभत्स हत्या गरेर हात रातो बनाएको लाइ अझै पुज्ने ? आखिर परिबर्तन हुनेबेलामा गिरिजा , माकुने सक्रिय भएर राजाबादी बाटो छोडेर एता आउनासाथ , ज्ञानेन्द्रको मुर्खता र र पश्चिमाको चलखेल ले झुक्कयेर गणतन्त्र आएको हैन ? भने लामो समय आफ्नै गाउघरका गरिब मारेर बसेका हैनन् ?
Eight nine क्लास पढ्दा रेडीयो नेपाल मा रोनास्टको साप्ताहीक कार्यक्रममा प्रश्न सोधीन्थो र उतक्रीस्ट उतर पठाउने लाई पुरस्कार दिईन्थो। एक पटक प्रश्न थियो राशीफल बैज्ञानीक हो की अन्दबिश्वाश? यस्मा मैले बैज्ञानिक आधार छैन भनी लेखे। मेरो तर्क थियो अहीलेको कम्प्लेक्स जमानामा कुनै एक ब्यक्ती को दिन हजारौ भेरीएबलले सुरुहुन्छ र उस्को लागी हजारौ आउटकम संभब हुन सक्छ। त्यस्तोमा करोडौ मानीसलाई १२ वटा रासीको १२ वटा मध्धे एउटा आउटकममा पर्छस् भन्नु मुर्खता र अन्धबिश्वास हो। पुरस्कार पनी पॉए। यसै तरीकाले सोच्दा कमनीस्ट प्रति बिश्वास लागेन। अहीलेको यस्तो जटील बिश्व अर्थतन्त्रमा एउटा २०० बर्स पुरानो एकेहोरो कमनिस्ट सिदान्तले देस बिकास हुन्छ भनी सोच्नु मुर्खता हो भन्ने लाग्दथ्यो। अहीले ३० बर्स पछी कम्नीस्टहरुको बहुमत सरकारको हबीगत देख्दा सही रहेछ भन्ने बिश्वास लाग्यो। प्रसंग प्रचन्डको ५० औ वेडीगं एनिभर्सरी। अस्ती जस्तो लाग्छ आफ्ना भरौटे कार्यकर्ता लाई साम्यबादी बिहे भन्दै जिन्दगीमा एक पटक गरीने बिहे पनी दुईजनाको अगाडी एउटा माला लगार गराएको। आज आफैले भब्य वेडीगं एनिभर्सरी गर्दैछ। अझ यगं कमनीस्ट भरौटेहरु त वेडीगं एनिभर्सरी मात्रै हैन भब्य संग बेबी सावर समेत मनाउन थालीसके।
आठ हजार नहुहेन्ले अहिले आठ अर्ब को मालिक भएछ सोझा सिधा आदिवासी दलित लाई मारेर मुक्ती दिन्छु भन्दैइ बन्दुक को भारी बोकाएर । त्यसइको पाप्ले अहिले अरबौको मालिक माल्किनी भएर पनि दिप्रेसेअन लगायत को मानसिक रोग ले ग्रस्त छ । धन भए पनि नभए जस्तो छ पुत्र र पुत्रिलाई अकाल्मै गुमाएर। पाप कराकै हो त ?