यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

जम्मु कास्मिर : किन चुप सब? नेपाल खाने खतरा त बढेको हैन यो पाराले?

वनै खायो डढेलोले ….. मनै खायो त्यै मोरीको पापी मायाले….

ठयाक्कै यही गीत जस्तै लाग्छ अचेल नेपाली राजनीतिको छिमेक नीति, सम्बन्ध र क्रिया, प्रतिक्रिया वा मौनतालाई नियाल्दा। हेर्दाहेर्दै जम्मू कश्मीर निल्यो हिन्दुस्तानले । कट्टरपन्थी भापजावालाले त्यसको समर्थनमा विजयोत्सव मनाउँदै छन् । विरोधीहरू सुस्ताए, असन्तुष्टिका सुस्केराहरूसँगै । भारतमा मोदी युगको दोस्रो प्रहरमा दक्षिण एसियामा […]

ह्यापी बर्थ डे ज्ञानेन्द्र : छौँडा गणतन्त्रले बल्ल देश ज्ञानेन्द्र Vs प्रचण्ड भन्ने चरणमा आइपुग्या छ

– समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ …… । बस, त्यही समय हो, जसले पूर्वराजा ज्ञानेन्द्रलाई सत्ता र शासनको सगरमाथा पनि पुरयाएको छ, समुन्द्री सतहमा पनि पछारेको छ । तर पनि उनको गति र मतिमा एकरुपता छ, निरन्तरता छ । त्यसैले शायद अचेल उनको दिन फिर्न फिर्न लागेको सर्वत्र चर्चा छ ।

– राजा […]

कैयन दुर्घटनाहरूबाट बाँचेका पूर्व युवराज पारसले तेस्रो हार्ट अट्याकलाई पनि जितून् !

– सूर्य खड्का – चोला हो एक आम मान्छेको जस्तै उनको पनि । त्यसमाथि दुई दुई पट्क अट्याकमा परिसकेको मुटु लिएर बाँचेका । आम मान्छे भन्दा भिन्न यानेकी अलिक गम्भीर अवस्थाको विशेष मुटु बीच बाँचेका कारण उनको मुटु क्रिटिकल अवस्थाकै थियो । खानपान, व्यायाम, ओखती मुलो र सकारात्मक दैनिकी जस्ता विशेष निगरानी नै उनको […]

१२ कारण जसले डा. केसीको यो पटकको अनशन पहिलेभन्दा फरक र कमजोर देखियो

सत्याग्रहप्रति दैनिक उदासिनः नयाँ पत्रिकाले दियो महत्त्व। यो शीर्षकको बाह्रखरी अनलाइनको माघ ६ गतेको समीक्षात्मक टिप्पणी यस पटकको अनसन प्रकरणको पछिल्लो ताजा अवस्था र यसको सम्भावित गन्तव्य चियाउने प्रष्ट ऐना हो । किन भने नागरिक भद्र अवज्ञा आन्दोलनका एक्ला मसिहा साबित हुँदै आएका डा. गोविन्द केसी आफ्नो १६ औँ पटकको जारी अनसनमा रहँदै […]

पशुपतिनाथको आँगनमा युनिफिकेसन चर्चको परेड

धर्मलाई अफिमको संज्ञा दिने विश्वभरका साम्यवादी दर्शनका नायक कार्ल मार्क्स जीवित नै रही रहेका भए १ डिसेम्बर २०१८ मा काठमाण्डौंमा आयोजित कथित एसिया प्यासिफक सम्मेलनको तामाझाम देखेर छक्क पर्थे होलान् । किन भने दुनियाँ जान्दछ, संसारभरकै सर्वहारा मुक्तिको प्रतीक हँसिया हथौडाका हिमायतीहरु आफू त धर्मभिरु होइन्न, हुदैन्न, धर्मको प्रचार र प्रवर्द्धनमा पनि लाग्दैनन् […]

कमरेड विप्लव, निर्मला प्रकरणका दोषी खोजेर दण्डित गरिन्न तपाईँको एकीकृत क्रान्तिमा ?

कमरेड विप्लव ,

तपाईँ कहाँ के गर्दै हुनुहुन्छ ? मलाई थाहा छैन । तर सुने पढेको छु की तपाईँ पुनः जनयुद्ध २ को आधिबेहरी सृजना गर्न लागि पर्नु भएको छ । तपाईँको दल नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मालाई सरकारले सर्वोच्च न्यायालयको आदेश विपरीत समात्दै, थुन्दै, र छोड्दै हतकडीमा देश दर्शन गरेका आधा दर्जन बढी […]

प्रकाण्डको हत्कडीमा ओली सत्ताको स्वेच्छाचारी छवि

पन्चायतकालदेखि प्रजातन्त्रको पुर्नस्थापनाकाल २०४६ पछि तत्कालीन राजतन्त्रको कडा पक्षपोषण गर्नेमुश्मिल समुदायका स्वच्छ, निष्कलङ्क र अग्ला राजनीतिज्ञ थिए डा. मोहम्मद मोहसिन । तर जब तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ म शासन सत्ता हातमा लिएर शाही आयोग मार्फत कथित भ्रष्टाचारी विरुद्धको कारबाही सुरु गरे, तब पहिलो निशानामा उनै डा. मोहसिन पारिए । राजनीतिक जीवनको उत्तरार्द्धमा उतिबेलाको […]

गाली किन गर्ने ज्ञानेन्द्रलाई ?

२०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएपछि पूर्व राजा ज्ञानेन्द्र शाह कतिपय हिसाबले सुकुम्वासी जस्तो देखिएका हैनन्, उनी सबैभन्दा ठुला त्यागी र उदार देखिए । किन की जेठ २९ गते देशवासीका नाममा सम्बोधन गरेर गाडीमा आफ्नी रानीलाई साथ लिएर नागार्जुनतिर लम्किँदा उनलाई बाई–बाई गर्ने सानो समूहका बिच पनि उनी प्रसन्न, आत्मविश्वासी र […]

केदार कोइरालाको हेडलाइन न्यूजमा पत्रकारिताको मैलो बिम्ब

-सूर्य खड्का-

नेपाली पत्रकारितामा केदार कोइरालाले जीवनमा कति समाचार बनाए? बोले वा भने ? यो बेहिसाब कथा हो । तर खबर खेतीका यी पात्र आफै खबर हेडलाइन बनेको प्रसङ्ग भने उनी एकथान केदारको मात्रै मामलो होइन, बरु पत्रकारमाथि कस्तो सम्मको षडयन्त्र हुनसक्छ भन्ने ठुलो संसार चियाउने एक सानो ऐना हो।

नेपाली प्रेस अहिले जुन […]

नेतृत्व लिन तयार छु भन्ने पूर्वराजालाई दशा नै बन्ला त मंसिरको चुनाव?

हरेक वर्ष जब कुनै पनि चाडपर्वहरु आफ्नो नियमिततामा दोहोरिदै आइदिन्छन, तब पूर्व राजा ज्ञानेन्द्र शाह एकाएक खबर तरंगमा जोडिने गर्छन्। यस वर्षको वडा दशैं देशको परिस्थितिका कारण भन्दै सर्वसाधारणसँग नमनाएका पूर्व राजा ज्ञानेन्द्र शाहले तिहारको भाइटीका भने मनाए। उनले शनिवार तिहारको अन्तिम दिन सदा झैं कमलादीस्थित बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहबाट भाइटीका लगाए अनि […]

पूर्व महाराजको सन्चो बिग्रेको दशैं, नबनोस् दशा

ज्ञानेन्द्र वीर विक्रम शाह, याने कि पूर्व महाराजाधिराजका गाथमा छैन सन्चो यसपटक। त्यसैले पूर्व राजाबाट वर्ष ०७४ को बडा दशैं मनाउने कार्यक्रम पनि भएन। निजी सचिव डा. फणी पाठकले फूलपातीको भोलिपल्ट शुक्रवारै वक्तव्य पठाएर चिकित्सकहरुले आराम गर्न दिएको सल्लाह अनुसार नै पूर्व राजाले मन्दिर दर्शन र सर्वसाधारणलाई विजया दशमीका दिन लगाइदिने टीका यसवर्ष […]

राष्ट्रपतिको शैली किन पूर्व राजा महाराजाको जस्तो?

प्रसंग १. राष्ट्रपति विद्यादेवी भण्डारीे असोज ४ गते बुधबार गणेश माध्यामिक विद्यालयको अभिभावक दिवसमा प्रमुख अतिथिका रुपमा सहभागी भइन्। अनौठो त के रह्यो भने अभिभावक दिवसमा अभिभावककै उपस्थिति थिएन। विद्यालयका प्रधानध्यापक मिमकाजी श्रेष्ठले राष्ट्रपतिको सुरक्षाका कारण अभिभावक तथा विद्यार्थीलाई नबोलाएको बताए। जसको बिहे उसैलाई देख्न नदिए भन्ने भनाईको यो भन्दा उम्दा उदाहरण के हुन […]

अदालतको आदेशपछि नेपाल आइडलले सोधेका नौ प्रश्न र हाम्रो मनमा उठेका नौ प्रतिप्रश्न

आमा भएर बोकी हेर सन्तानका पीडाहरु…….

साच्चै तारादेवीको स्वरमा गुन्जिरहने यो कालजयी गीतको भाव र मर्म जस्तै स्तव्ध अवस्थामा छ यतिबेला नेपालको पहिलो फ्रेन्चाइज रियालिटी शो नेपाल आइडल। नेपाल आइडलका निर्देशक, तीन जना जज न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र कालिप्रसाद बाँस्कोटा तथा एपिवान टेलिभिजनलाई विपक्षी बनाई अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटको सुनुवाई […]

पूर्वराजा ज्ञानेन्द्रले बिरामी भएर पनि नेतालाई दिएको शिक्षा

‍-सूर्य खड्का-

आफ्नो ७१ औं जन्मोत्सव जनताबाट शुुभेच्छा तथा दीघार्युको शुुभकामनालिएर मनाएको केही सातामा नै पूर्व श्री ५ महाराजाधिराजको स्वास्थ्य बिग्रियो । बुधवार नर्भिक अस्पतालमा भर्ना भएपछि उनको सफलतापूर्वक चिकित्सकीय उपचार भएको छ । वंशानुुगत मुटु रोगले सताइएका पूर्व श्री ५ को स्वास्थ्य सप्रिनु वा बिग्रनु आफैमा एक खबर होइन, यो मानवचोलाको एक […]

जननेताको नामको पदकको व्यापार : नयाँ शाही परिवारको शैली र रुपमा

सामान्यतः पिताको नामको तक्मा पुत्रीद्वयले पाउनु वा माताले दिनु मात्रै चाहि पक्कै कुनै आश्चर्यको कुरा भएन। तर राजासहितको बहुदलीय प्रजातन्त्रको रक्षार्थ लड्दा लडदै वैरीहरुद्धारा अप्रत्याशति रुपमा रहस्यमयी रुपमा मारिएका उनै जननेता मदन भण्डारीको नामको तक्मा नवौं गणतन्त्र दिवसका अवसरमा प्राप्त गर्न लायक पात्र उषाकिरण र निशाकुशुम मात्रै योग्य हुनु चाहि शायद शाह राजा र […]

छ दलको एकता – अल द बेस्ट राजपा

नेपाली रजतपटका नामी नाम र खासगरी हास्य कलाकारिताका स्थापित जोडी दीपकराज गिरी र दीपाश्रीका लागि खुबै फापेका अंक नम्बर हो, ६। ६ एकान ६ होस् वा वडा नम्वर ६ उनीहरुका रंगीन रजतपट यात्राका लक्की अंक साबित भाथे। एक युवक कृष्ण सुवेदीको सुसाइड वियोग व्यथाबाहेक गरिदिँदा छक्कापन्जा पनि दीपक दीपाको गुडलक्की नम्बर नै हो अंक […]

सर्वोच्चका श्रीमानहरुले नैतिकताका आधारमा राजीनामा किन नगर्ने?

चैत ८ गतेको प्रधान न्यायाधीशसहित सर्वोच्च अदालतको फूल बेन्चले गरेको फैसला अनुसार नेपाल प्रहरीको प्रमुख डिआइजी नवराज सिलवाल हुने पक्कापक्की भाको आम अनुमान थियो। तर कार्यसम्पादन मूल्याङ्कनका नम्बरहरु जोडेर औसत अंक निकाल्दा अर्का डिआइजी प्रकाश अर्याल नै शीर्ष रहेको भन्दै सरकारले सोमबार राति नै बढुवा , नियुक्ति र पदस्थापन एकैपटक गर्‍यो मध्यरातसम्ममा । […]

उसै त खिया पर्दै गएको नयाँ शक्ति, त्यसमाथि बेहोसी मै हिसिलाले पारिदिएको एम्बुस

अभागी खप्पर जता गए नी ठक्कर भन्ने भनाई आजकाल ठयाक्कै मेल खान पुुगेको छ, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका हकमा । नयाँ दल खोलेर नयाँ प्रजातान्त्रिक शक्तिको केन्द्र बन्ने सपना क्रमशः उडायो सपना सबै हुरीले भने जस्तै भयो, भैरहेकै छ । मुुमाराम खनालदेखि रामेश्वर खनालसम्म, सरोज खनालदेखि निर्मल भट्टराईहरु सम्मको डफ्फाले पार्टी छाडेर […]

पूर्वराजा र राष्ट्रपतिको पालाको पैँचो

अर्मपर्म वा पालोपैचो गर्ने पुरानो नेपाली थिति हो। अहिले यो थिति बहालवाला राष्टपति विद्यादेवी भण्डारी र पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारबीच घनिभूत अभ्यास भैरहेको छ। जननेता मदन भण्डारीले २०४८ सालमै तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच फुकालेर मदन भण्डारीसँग भिड्न आउनुु भनेका थिए। बिचरा भद्र राजा वीरेन्द्रले त्यो आँट नगर्दैमा उनको वंश नै चुडिहाल्यो दैवले। […]

सीके राउत प्रवृत्तिका जन्मदाताको शल्यक्रिया खोई?

अघिल्लो साता मात्रै आफ्नो तराई मधेश क्षेत्रको भ्रमणका क्रममा जनताले नै डा. सीके राउतको प्रतिकार गर्नेछन भन्ने बहुुअर्थी टिप्पणी गरेका प्रधानमन्त्री प्रचण्डले राजधानीमा पार्टीको भातृृ संस्था वाईसिएलको भेलामा दक्षिणपन्थीहरुको प्रतिकार गर्न निर्देशन दिएका थिए । त्यसको केहीदिनमा सिके राउत र केपीओलीपन्थको भण्डाफोर गर्ने विज्ञप्ती वाईसिएलले जारी गरेकै दिन प्रचण्ड गठबन्धन सरकारका गृहमन्त्री विमलेन्द्र निधिले […]