मेरो Tweet

  • RT @mugaali: @dotNP मलाई नि Kumari Bank को सर्भिस चित्त बुझेन । आजकाल बरु टोलको स्टेसनरी पसल को साहुजीलाई मेसेज पठाउछु, तुरुन्त आइपुग्छ पीन…
  • कास्कीमा आफूलाई जिस्क्याएको भन्दै केटीहरुले कुटेर मरणासन्न भएका लेखनाथ नगरपालिका डेरा गरी बस्ने ५० वर्षका लोकबहादुर लामाको मृत्यु भएको छ।
  • Rekha Thapa le hatiyar uthaune re aba, k sunnu paryo ni t.co/lH4UHm7KpH

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

जोमसोममा टुक्रा भयो थोत्रो जहाज

crash
बायाँको फोटो जोमसोम विमानस्थलमा सन् २००१ मा Guido E. Buehlmann ले खिचेका हुन्। दायाँको फोटो सुनील रावलले आज बिहान खिचेका हुन्। दुवै फोटोमा रहेको विमान एउटै हो। नेपालमा उड्ने थोत्रा विमान मध्येको एउटा हो यो नेपाल एयरलाइन्सको De Havilland Canada DHC-6-300 Twin Otter विमान। ४० वर्ष नाघेको यो विमान आज बिहान विमानस्थलमा अवतरण गरिसकेपछि पनि रनवेमा नरोकिएर चिप्लिँदै सीधै कालिगण्डकी नदीमा झरेर टुक्रा भएको रहेछ। चालक दलका तीनसहित १८ जना चढेको विमानमा मुक्तिनाथको कृपाले कसैलाई केही भएन। सन् २०११ मा पनि यही विमान लुक्लामा ठ्याक्कै यस्तै खालको दुर्घटनामा परेको थियो। Continue reading जोमसोममा टुक्रा भयो थोत्रो जहाज

रातोपुलमा दिउँसै त्यस्तो हुँदा नि कसैलाई पत्तै छैन

ratopul

माथिको फोटो गुगल अर्थबाट लिइएको हो। यसमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३३, रातोपुल क्षेत्र देखिन्छ। यो फोटोमा देखिन्छ त्यहाँ कति घनाबस्ती रहेको छ। सोमबार दिउँसो त्यहाँ एउटा ठूलै घटना भयो। के तपाईँले थाहा पाउनु भयो ? यत्रा विधि न्युज च्यानल, यत्रा विधि पत्रिका, यति धेरै एफएमहरु छन्। राजधानीको घना बस्तीमा भएको यो घटनाबारे मैले भोलिपल्ट राति अबेरमात्र थाहा पाएँ। खासमा के भएको थियो त ? Continue reading रातोपुलमा दिउँसै त्यस्तो हुँदा नि कसैलाई पत्तै छैन

खिरारे र लोसिंका नियुक्ति पछाडिका षड्यन्त्र

[हामी नेपालीहरु षड्यन्त्र सिद्धान्त रच्न ज्यादै खप्पिस छौँ। दरबार हत्याकान्डदेखि मदन भण्डारीको दुर्घटनासम्मका षड्यन्त्र सिद्धान्त कसले बिर्सेको होला र। ठूला घटनामा मात्र हैन, साना घटनामा पनि षड्यन्त्र देख्छौँ हामी। लोकमान सिंह कार्कीबारेको ब्लगमा मदन बज्राचार्यले त्यस्तै एउटा षड्यन्त्र सिद्धान्तबारे तर्कपूर्ण कमेन्ट लेख्नुभयो। थप बहसका लागि उचित होला कि ठानेर त्यही कमेन्टलाई मूल ब्लगमा तानिएको हो]

सर्वोच्च अदालतका प्रधानमन्त्री खिलराज रेग्मीको नेतृत्वमा चुनाव गराउन खोज्नु र लोकमानलाई अख्तियार प्रमुख पदमा नियुक्त गर्नु पछाडि ठूलै षड्यन्त्र भएको हुनसक्छ। यदि खिलराज रेग्मीलाई चुनावको नेतृत्व गर्न नदिएको भए भोलि हुने चुनावमा धाँधली गरेर जित्नेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्थ्यो र सर्वोच्च अदालतले धाँधली गरेर जित्नेलाई लोप्पा खुवाई दिनसक्थ्यो। तर सर्वोच्च अदालतकै प्रधान न्यायाधीशको नेतृत्वमा चुनाव गरायो भने धाँधली गरेर जित्नेविरुद्ध कहाँ मुद्दा हाल्न जाने ? Continue reading खिरारे र लोसिंका नियुक्ति पछाडिका षड्यन्त्र

लोकमानविरुद्ध परेको मुद्दा यस्तो छ

मिति २०७०।१।१६ को संयुक्त इजलासको आदेशमा संविधानको धारा ११९(५) तथा ऐनको दफा ५ मा उल्लेख भए अनुरुप अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त हुने व्यक्तिको उच्च नैतिक चरित्र कायम भएको हुनुपर्ने र निजको सामाजिक प्रतिष्ठा, निजको इमान्दारिता, निजप्रतिको जनभावना तथा निजले पहिले गरेको सेवा र पेशागत अनुभव समेतलाई विचार गर्नु पर्ने भनी सिफारिस गर्ने निकाय संवैधानिक परिषद्लाई स्मरण गराएको थियो। आदेशको विपक्षीहरुले सम्मान गर्नेछन् र खासगरी संवैधानिक परिषद्ले विपक्षी पूर्वमुख्य सचिव लोकमानसिंह कार्कीको विगतको नैतिक चरित्रको पृष्ठभूमि, निजको विषयगत सेवा, अनुभव तथा निज ख्यातिप्राप्त भए नभएको विषय तथा त्यससंग सम्बन्धित सम्पूर्ण तथ्य प्रमाणहरुको मुल्यांकन गरी स्वयं अयोग्य ठहर गर्नेछ र सम्मानीय राष्ट्रपति समक्ष निजको नाम सिफारिस गर्ने छैन भनी विश्वस्त थिएँ। तर, विचाराधीन मुद्दा र त्यसमा भएको आदेशलाई अनादेखी गरी गैरजिम्मेवार र छलकपटपूर्ण ढंगले निज पूर्वमुख्य सचिव लोकमानसिंह कार्कीको नामलाई नै अख्यिार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरी पठाएको जानकारी मिति २०७०।१।२३ का आम सञ्चारका माध्यमहरुमा प्रकाशित भई थाहा पाउँदा म रिट निवेदक लगायत आम नेपाली नागरिकहरु स्तब्ध भएका छांै। उक्त कार्य प्रथमदृष्टिबाटै संविधान, कानुन, जनआन्दोलनको भावना र यस अदालतको संयुक्त इजलासको मिति २०७०।१।१६ को आदेश विपरित रहेको निवेदन गर्दछु। पूर्ण अंश पढ्न भित्र आउनुस्। Continue reading लोकमानविरुद्ध परेको मुद्दा यस्तो छ

कान्तिपुरविरुद्ध मुद्दा : नियत प्रचारको

पत्रकार विजयकुमार पाण्डेले आफ्नो शनिबारे साप्ताहिक स्तम्भमा लेखेको एउटा लेखले अदालतको मानहानी गरेको भन्दै कान्तिपुरका सम्पादक, प्रकाशक, निर्देशक र स्वय‌ं लेखक गरी चार जनाविरुद्ध मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ। जुन लेखको विरुद्ध मुद्दा परेको छ, त्यो पढ्ने हो भने त्यहाँ त्यसरी मुद्दै हाल्नु पर्ने गरी केही लेखिएको देखिन्न। मुद्दा दर्ताको समाचार फैलिएसँगै मुद्दा हाल्ने अथवा हाल्न लगाउनेको उद्देश्य पूरा भइसकेको छ र अझै हुने क्रममा छ। वकालतमा नामै नसुनिएको अधिवक्ता अन्जनीकुमार पोखरेलले दर्ता गरेको (वा दर्ता गर्न लगाइएको) यो मुद्दाको यति विधि प्रचार हुनुले नै यो प्रचारात्मक नियतले गरिएको काम भएको स्पष्ट हुन्छ। को हुन् अन्जनी ? उनको पृष्ठभूमि के हो ? त्यो सार्वजनिक भएको छैन। Continue reading कान्तिपुरविरुद्ध मुद्दा : नियत प्रचारको

उहिले र अहिले

uhile
५४ वर्ष इतिहासका लागि लामो समय हैन। तर यति वर्षमै पनि ठाउँ र मान्छे कति परिवर्तन भइसक्दो रहेछ। माथिका दुई फोटोले यस्तै अन्तर देखाउँछ। दुवै फोटो स्वयम्भु डाँडाबाट देखिएको काठमाडौँको हो। Continue reading उहिले र अहिले

लोकमानविरुद्ध दुवै बन्द असफल

lokman लोकमानसिंह कार्की जति खुशी अहिले कोही पनि छैनन् होला। आफूलाई देशको नम्बर वन भन्ने मिडियादेखि सोसल मिडियासम्म अनि नागरिक समाजका नम्बर वन नेताहरुले धुँवाधार विरोध गरे पनि अन्ततः उनले अख्तियार प्रमुखको नियुक्ति पाइहाले। त्यसको विरोधमा नेपाल बन्द गर्न भनी लागिपरेकाहरु समेत बन्द फिर्ता लिन बाध्य हुनपुगे। पुर्पुरोमा लेख्यो भन्दै डोकोमा दूध अड्दैन भन्ने उखानसमेत परिमार्जन गर्न बाध्य हुने हो कि भन्ने पो भएको छ त लोकमानको केसमा। उनको विरोधमा लगातार दुई दिन बन्द हुन लागेको थियो। तर अनेक कारण देखाउँदै दुवै बन्द हुनुअघि नै फिर्ता भए। खासमा बन्दविरोधी जनमत बलियो भएकोले पनि उनीहरु बन्द फिर्ता लिन बाध्य हुनुपरेको हो। जुनसुकै बहानामा पनि जोसुकैले पनि बन्द नगरोस् भन्ने जनचाहना अहिले बलियो हुँदै गएको छ। Continue reading लोकमानविरुद्ध दुवै बन्द असफल

कथाः नियति

-जलेश्वरी श्रेष्ठ-

आज रामदेवीको मृत्यु भएको १३ दिन भयो। १३ दिनको पुण्यतिथिमा आफन्तहरु रामदेवीको घरमा जम्मा भए।

श्राद्ध गर्ने ठाउँमा रामदेवीको ढकमक्क गहना लगाएको तरुनी हुँदाको फोटो राखिएको थियो। त्यस फोटोमा बास्ना आउने सेतो फूलको माला लगाइएको थियो। बलेको धूपको बास्ना चारैतिर फैलिरहेको थियो।

त्यो फोटो रामदेवीका लोग्ने श्यामदासले भर्खर विवाह हुँदा आफूले दिएका भएभरका गहना लगाउन दिई मान्छे बोलाएर खिच्न लगाएका थिए। ती गहनाहरु छोराको अध्ययनका लागि एक-एक गरी उनको शरीरबाट रित्तिएका थिए। Continue reading कथाः नियति

विश्व रेकर्डमा नाम राख्ने न्युज २४ को हरिबिजोग, छैटौँ दिनसम्म पनि आन्दोलन जारी

news24‘अब विश्वले चिन्नेछ नेपाल’ नाराका साथ रवि लामिछानेको ६२ घण्टा लामो टक शो प्रसारण गरी विश्व रेकर्ड राखेको न्युज २४ टेलिभिजनको अहिले हरिबिजोग भएको छ। महिनौँदेखि तलब नपाएपछि आन्दोलित बनेका पत्रकार र कर्मचारीहरु नियमित रिपोर्टिङमा गएका छैनन्। नियमित कार्यक्रम नै रद्द गरिएका छन्। व्यवस्थापनले अरु टिभीबाट भिजुअल सापटी मागेर प्रसारण गरिरहेको छ। ‘निरन्तर न्युजमा’ ट्यागलाइन भएको टिभी निरन्तर आन्दोलनमा छ। न्युज २४ को स्थितिबारे जानकार एक पत्रकारले माइसंसारलाई पठाएको विस्तृत विवरण भित्र।
अपडेट २ (मे ११) छैटौँ दिन पनि आन्दोलन जारी: नियमित तलबका माग गर्दै आन्दोलनरत न्यूज २४ टेलिभिजनका पत्रकार तथा कर्मचारीहरुको आन्दोलन शनिबार ६ दिन पूरा गरेको छ। तर, पनि टेलिभिजनका सबै पत्रकार तथा कर्मचारीहरुले तलब पाएका छैनन्।
Continue reading विश्व रेकर्डमा नाम राख्ने न्युज २४ को हरिबिजोग, छैटौँ दिनसम्म पनि आन्दोलन जारी

पतिका आठ प्रकार, तपाईँ कस्तो ?

drunkard भगवान बुद्धले अनाथपिण्डिककी बुहारी सुजातालाई सत्मार्गमा ल्याउन पत्‍नीका सात प्रकार बारे वर्णन गरेको प्रसंगको ब्लग पढिहाल्नुभयो होला। नपढ्नुभएको भए यहाँ क्लिक गर्नुस्। बुद्ध नेपालमा जन्मिएको भन्ने बाहेक बुद्ध धर्म र बौद्ध ग्रन्थबारे केही थाहा नभएका कमेन्टकर्ताहरुले यस्तो हुनै नसक्ने पनि भनेको देखियो। उनीहरुलाई थेरवादी बौद्ध ग्रन्थ अंगुत्तारा निकाय अध्ययन गर्न बाहेक अरु सुझाव दिन सकिन्न। अन्य केहीले भने पतिको प्रकार पनि होला नि त, त्यो पनि थाहा पाउँ न भन्ने जिज्ञासा राखे। त्यही जिज्ञासालाई शान्त पार्न माइसंसारकै एक शुभचिन्तक महेशले आफू वरपरको समाजमा देखिने आठ प्रकारका पतिको बारेमा वर्णन गरेका छन्। यो चाहीँ बुद्धले भनेको होइन नि फेरि| Continue reading पतिका आठ प्रकार, तपाईँ कस्तो ?

बेरोजगारहरुको क्या दामी बाइक बाब्बै !

1_1
संविधान सभा भंग भएर सभासदको जागिर खुस्केपछि पार्टी नीतिविपरीत बेरोजगार युवा संघ, नेपाल गठन गरी एनजिओकरण गरेको भन्दै वाइसिएल संयोजकबाट गलहत्याइएका चन्द्रबहादुर थापा ‘सागर’ले आजदेखि देशका प्रमुख हाइवेहरुमा अनिश्चितकालीन चक्काजाम गरेका छन्। देशैभरका लामो दुरीमा चल्ने सवारी साधन यसबाट प्रभावित भएका छन्। काठमाडौँमा नागढुंगा नाकाबाट कुनै पनि गाडी बाहिरिन र भित्रिन सकेन। हाइवेमा यात्रा गर्ने हजारौँ यात्रु अलपत्र परे। लोकमान विशेषाङ्क निकालिरहेका मिडियालाई ती हजारौँको पीरमर्काको कुनै चासो भए जस्तो लागेन। बेरोजगारको नाममा बन्द गराउनेहरुको केही फोटो हामीले पाएका छौँ। हाइवे बन्द गराउँदै हिँडेका यी बेरोजगारहरुको बाइक भने दामी दामी रैछ। हेरौँ केही फोटो- Continue reading बेरोजगारहरुको क्या दामी बाइक बाब्बै !

रातारात बन्यो लोकमानलाई शपथ खुवाउने कार्यक्रम

जतिसुकै विरोधका आवाज उठे पनि अख्तियार जस्तो विवादमा पर्नै नहुने भ्रष्टाचारीलाई कारबाही गर्ने संवैधानिक अंगका प्रमुखका रुपमा लोकमानसिंह कार्कीले शपथ लिएका छन् आज बिहान। लोकमानसिंह कार्कीले अख्तियार प्रमुखका रुपमा शपथ मात्रै खाएनन्, सदस्यका रुपमा केशव बराललाई समेत शपथ खुवाए आज। पूर्व एआइजी बराललाई माधव नेपाल सरकारले नियुक्त गरेको थियो। तर प्रमुख आयुक्त नभएपछि अदालतले आदेश दिँदा पनि शपथ हुन सकेको थिएन उनको।

लोकमानको विरोध चर्किएपछि हिजो चार दलका टाउके नेताहरु अध्यक्ष खिलराज रेग्मीको निवासमा वार्ता बसे पनि कुरा मिल्न सकेन। कांग्रेस-एमालेले लोकमानको नाम फिर्ता लिनुपर्ने बताएका थिए तर माओवादी र मधेसी मोर्चाले मानेन। कुरा नमिलेपछि आज ११ बजे फेरि बैठक बस्ने कुरो थियो। तर रातारात के भएछ कुन्नि। आज एकाबिहानै त बिहान नौ बजे नै शपथ ग्रहणको कार्यक्रम पो बनेछ। Continue reading रातारात बन्यो लोकमानलाई शपथ खुवाउने कार्यक्रम

eXTReMe Tracker