यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
|
By Salokya, on April 7th, 2018 
भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार निकै व्यस्त दिन रह्यो। बिहान राष्ट्रपति भवनमा गार्ड अफ अनर अवलोकनदेखि हैदराबाद हाउसमा औपचारिक वार्ता त्यसपछि संयुक्त प्रेस ब्रिफिङसम्म। यो महत्त्वपूर्ण दिनका १४ फोटो भारतीय सरकारी ब्युरोले सार्वजनिक गरेको छ। हेरौँ फोटोमा प्रम ओलीको व्यस्त दिन। Continue reading भारत भ्रमणमा प्रम ओलीको व्यस्त दिन, राष्ट्रपति भवनदेखि हैदराबाद हाउससम्मका १४ फोटो
By Salokya, on April 7th, 2018 
नेपालका सप्पै प्रधानमन्त्रीले भारतकै भ्रमण पहिला गर्नुपर्ने किन? पहिलो संविधानसभाको निर्वाचनपछि बनेको सरकारका प्रधानमन्त्रीका रुपमा प्रचण्डले मात्रै चीन भ्रमण गरेका थिए। त्यसअघि र पछिका प्रमहरु भारतै भ्रमण गर्ने गर्छन्।
अहिलेका राष्ट्रवादी प्रधानमन्त्री पहिलो पटक प्रधानमन्त्री हुँदा पनि भारतै भ्रमण गरेका थिए सुरुमा। अहिले संक्रमण काल सकिएर शक्तिशाली प्रधानमन्त्री हुँदा पनि पहिले भारतकै भ्रमण गरे। किन? भारतीय मिडियालाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री ओलीको जवाफ सरल थियो। के भने उनले हेर्नुस् भिडियो। Continue reading इन्डिया इन्भाइटेड मि एन् ड.. आई भिजिटेड इन्डिया : प्रधानमन्त्री ओली
By mysansar, on April 5th, 2018 [यो ब्लग माइसंसारका पाठकले फेसबुक मेसेजमार्फत् पठाएका हुन्। तपाईँसित पनि यस्तै विषयवस्तु छन् भने माइसंसारको इमेल blog@mysansar.com वा फेसबुक मेसेज वा यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]
-सागर-
सामान्य एक लिटरवाला एक बोतल पानीको कति रुपैयाँ पर्छ? बढीमा कति रुपैयाँसम्म लिन पाइन्छ? यसको कुनै सीमा देखिन्न हामीकहाँ। भर्खरै काठमाडौँको एउटा रेस्टुरेन्टमा जाँदा एक बोतल पानीको १४९ रुपैयाँ लाग्यो। जसमा १७ रुपैयाँ चानचुन त मैले तिरेको करमात्रै रहेछ। हेर्नुस् बिल। Continue reading एक बोतल पानीको १४९ रुपैयाँ, १७ रुपैयाँ त कर मात्रै
By Salokya, on April 4th, 2018 
हामी नेपालीहरु अचम्मैका छौँ। एउटाले सफलता पाएपछि त्यसैको कपि गर्न खप्पिस। एक ठाउँमा मोमो पसल अलि चल्यो भने दर्जन मोमो पसल वरपर खुल्छन्। जनकपुरको शिवचौकको दृश्य हो यो। हेर्नुस् त जताततै नवरङ नै नवरङ। उस्तै सुनिने नवराज नाम पनि राखिएको छ। अझ रमाइलो हेर्नुस् त। Continue reading न्यु पनि पुरानो पनि एकै साथ कसरी सम्भव छ? हुँदो रहेछ हेर्नुस्
By Salokya, on April 3rd, 2018 
त्यसो त नेपालले बाहिर सामान पठाउने भन्दा पनि बाहिरको सामान नेपालमा धेरै ल्याइन्छ। नेपालबाट बाहिर पठाउने सामानहरु निकै कम हुन्छन्। नेपालबाट बाहिर पठाउन नमिल्ने सामानहरु पनि छन्। के के सामाननेपालबाट निकासी गर्न पूर्ण बन्देज लगाइएको छ त?
क)पूरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका वस्तुहरु
१) विदेशी तथा स्वदेशी सिक्का
२) देवी देवताको मूर्ति, ताडपत्र, तथा भोजपत्र
३) पौवा
ख) वन्यजन्तुहरु
१) स्तनधारी मा २६ वन्यजन्तुहरु समावेश गरिएका छन्
२) पंक्षीमा ९ किसिमका पंक्षीहरु समावेश गरिएका छन्
३) घस्रने जातका जन्तुहरुमा ३ थरी अजिङ्गर, घडियाल गोही, सुन गोहोरो पर्दछन् ।
Continue reading नेपालबाट के-के सामान बाहिर पठाउन मिल्दैन?
By Salokya, on April 2nd, 2018 विपश्यनाबारे तपाईँले माइसंसारमा यसअघि पनि ब्लगहरु पढ्दै आएको हुनुपर्छ। १० दिन बाहिरी संसारसितको नाता तोडेर अन्तर्मुखी हुने कुरा सुन्दा अलि लामो लाग्न सक्छ। यहाँको दैनिकी फरक हुन्छ। बाहिर हुँदा दिनभर व्यस्त हुनेहरुले यहाँ निकै आराम पाउँछन्। टेलिफोनको त के कुरा, बाहिरी मानिससँगको त के कुरा, भित्रै आफूसँगै बस्ने ध्यानीसित पनि कुरा गर्न पाइँदैन। विपश्यनाभन्दा धेरै तर्सने गर्छन्- त्यत्रो दिन नबोली बस्नुपर्छ। दिनभर खाली ध्यान गरेर बस्नुपर्छ, अरु केही गर्न पाइँदैन। नबुझेर हो त्यसो भन्ने गरेका। भगवान गौतम बुद्धले सिकाएको यो विद्या सिक्न पाउनु अहोभाग्यको कुरा हो। यहाँ दिनभर ध्यान गरेर मात्र बस्नुपर्ने कुरा साँचो हैन। प्रशस्तै आरामको समय पनि पाइन्छ। आज यहाँ आफ्नोभन्दा पनि अरुको अनुभव बाँड्दैछु। सहकर्मी स्वेच्छा राउतको विपश्यना ध्यानको भिडियो अनुभव हेर्नुस्।
Continue reading १० दिने मौन ध्यान विपश्यना : कस्तो हुँदो रहेछ त? सुन्नुस् भिडियो अनुभव
By Salokya, on April 1st, 2018 [माइसंसारले आफ्नो स्थापना कालदेखि नै अप्रिल फूलको ब्लग तयार पारी रमाइलो गर्ने गरी आएको छ। हरेक ब्लगमा यो अप्रिल फूल ब्लग हो भनेर लिङ्क राखेर सूचना दिइए पनि कतिपय कपिपेस्ट वेबसाइटले कपि गरेर साँच्चिकै जस्तो समाचार बनाएर हाले। कतिपय अवस्थामा त पत्रिकाले पनि साभार गरे। अचेल अरु बेला पनि अप्रिल फूलकै जस्तो फेक न्युजहरु अनलाइनमा देख्न पाइने भएकोले यसपालि अप्रिल फूलको ब्लग हाल्न मन लागेन। बरु पुरानो अप्रिल फूल ब्लगहरु सम्झनाका लागि हाल्न मन लाग्यो। तपाईँहरुले छुटाउनु त भएन? रमाइलो गरौँ]
दुई वर्षमा काठमाडौँ-लुम्बिनी रेल तयार हुने, चिनियाँ राष्ट्रपतिको विशेष पहल, रेलमार्ग निर्माणका लागि ६ हजार आर्मी आउने, चिनियाँ डकुमेन्टको अनुवादसहित
चिनियाँ योजनाले मूर्त रुप लिने हो भने अबको दुई वर्षमै नेपालीले काठमाडौँबाट लुम्बिनीको यात्रा रेलबाट गर्न पाउने भएका छन्।
चीनले तिब्बतको ल्हासाबाट २५० किलोमिटर पर सिगात्सेसम्म ल्याइसकेको रेल्वे ट्रयाकलाई सन् २०२० सम्ममा नेपालको उत्तरी सीमा केरुङ पुर्याउने योजना बनाएको छ। केरुङबाट काठमाडौँ र त्यहाँबाट लुम्बिनी रेलमार्ग त्यसपछि मात्रै बन्ने अनुमानविपरीत काठमाडौँबाट लुम्बिनी रेलमार्गलाई पहिल्यै तयार पारी काठमाडौँ-केरुङ रेलमार्ग त्यसपछि मात्रै बनाउने गरी २०२० पछि तिब्बतबाट लुम्बिनी सीधै रेलबाट जोड्ने योजना बनेको हो। केरुङ त्यही नाका हो जहाँबाट नेपालले भारतीय सीमा नाकाहरु बन्द रहँदा अनुदानको पेट्रोल आयात गरेको थियो। Continue reading तपाईँले पढ्न छुटाउनु भएको त छैन नि अप्रिल फूल ब्लग
By Salokya, on March 31st, 2018 – सुरेश गाैतम –
खुरुखुरु आउनु पर्दैन ! सधैँ घर आउँदा तारा लाग्छन् । म एक्लै केगरु , हजुरलाई घरकाे केही मतलब नै छैन हैं ! ” गेटकाे ढाेका खाेल्ना साथ देउता लाग्या झैँ गरेर श्रीमतीले कचकच गर्न सुरु गरिन् ।
आउँदै छु , भित्र पसेकै छैन । कति कराउन सक्छ्याै ! दिक्क लागि सक्यो ।” भन्दा पल्लो घरकाे झ्यालबाट कसैले चिहाईरहेकाे भनक हुन्छ । लाज संकाेचले हतारिदै घर भित्र पसे ।
छाेरा छाेरी नेट कम्प्युटमा झुम्मिरहेका छन् । उनकाे कचकच जारी छ । पल्लो झ्यालबाट अझै चिहाई रहेकाे झैँ लाग्छ । श्रीमतीको हात बटाउन सम्झाउँदै भान्सामा गए । Continue reading लघुकथा : पल्लो घरकाे झ्याल
By Salokya, on March 30th, 2018 राष्ट्रपति विद्या भण्डारी बिहीबार कार चढेर संसद गएकी थिइन्। तर सबका सब मिडिया अनि सोसल मिडियामा समेत बग्गी चढेर गएको समाचार आयो। पढ्नुस् यसबारे ब्लग- कारमा सवार राष्ट्रपतिलाई मिडियाले चढाइदिएको बग्गी। राष्ट्रपतिले चढ्दै नचढेको बग्गी मिडियाले चढाइदियो। यस्तो लाग्यो, मिडियालाई बग्गी भनेको के नै थाहा छैन। क्याभलरीका सैनिकहरु घोडा चढेर अगाडि पछाडि हुनुलाई नै बग्गी ठानेका हुन् कि जस्तो पो देखियो। त्यस्तो हैन है। नेपाली सेनाको क्याभलरी गणसित १९ वटा बग्गी छन्। ती बग्गीहरुको नाम पनि गजब गजबका छन्। नाम र फोटो हेर्नलाई भित्र क्लिक गर्नुस्। Continue reading गाडीलाई नै बग्गी नठान्नुस् के, सेनासित भएका १९ वटा बग्गी यस्ता छन्
By Salokya, on March 30th, 2018 
बिहीबार पहिलो पटक राष्ट्रिय सभा र प्रतिनिधि सभा (संघीय संसद)को संयुक्त बैठक बस्यो, जसमा राष्ट्रपतिले सम्बोधन गरिन्। राष्ट्रपतिले सम्बोधन गर्ने यो कार्यक्रममा केही नसुहाउने खालका दृश्य देखियो। बैठक सुरु हुनुअघि डायसमा यस्तो देखिएको थियो। चार वटा कुर्सी। सम्बोधन गर्नुपर्ने राष्ट्रपतिले, चार वटा कुर्सी चाहिँ किन? एउटा राष्ट्रपतिका लागि, अर्को प्रतिनिधि सभाका सभामुखका लागि। पहिले दुई कुर्सीमात्रै हुन्थे। अहिले राष्ट्रिय सभा पनि भएकाले त्यसका अध्यक्षको लागि तेस्रो कुर्सी पनि। चौथो कुर्सी चाहिँ कसका लागि त? Continue reading सुहाएन है सुहाएन, संघीय संसदको यो पारा
By Salokya, on March 30th, 2018 
राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न बाटो बन्द गरेर बग्गी चढेर नयाँ बानेश्वरस्थित संसद भवन पुगिन्।
धेरैले बिहीबार यस्तै भएको भन्ने ठानेका छन्। मिडिया र त्यसकै लहैलहैमा सोसल मिडियामा पनि राष्ट्रपतिको बग्गी सवारीको चर्चा भयो। तर त्यो सही थिएन। बाटो बन्द पक्कै गरिएको दुई तर्फी नै। तर बग्गी थिएन।
पहिले जस्तै सेरेमोनियल महत्त्वपूर्ण काममा जाँदा घोडचढी (रिसल्ला) हरुले अगाडि र पछाडि घेरिएर कार चढी राष्ट्रपति नयाँ बानेश्वरस्थित संसद भवन पुगेकी थिइन्। तर मिडियाले कार चढेकी राष्ट्रपतिलाई जबर्जस्ती बग्गी पो चढाइदियो। कसरी आयो त यो बग्गीको कुरा? हेरौँ मिडियाका खबर। Continue reading कारमा सवार राष्ट्रपतिलाई मिडियाले चढाइदिएको बग्गी
By Salokya, on March 29th, 2018 हामी जुन पेशामा छौँ, त्यो पेशामा त धेरै विदा नै हुँदैन। तर सरकारी कर्मचारीहरुलाई त मोज थियो। घोषित विदा त टन्नै हुन्थ्यो हुन्थ्यो, कुनै विदेशी राष्ट्राध्यक्ष वा प्रधानमन्त्री आए पनि विदा, हाम्रा राष्ट्राध्यक्ष गए पनि विदा दिने चलन। त्यतिमात्र हो र, देउवाको पालामा त नामै नसुनेका व्यक्तिको नाममा समेत विदा दिइयो अघिल्लो साँझ घोषणा गरेर। केपी ओलीको सरकारले भने अब विदामा कटौति गर्ने भएको छ। बुधबारको मन्त्रिपरिषद्को बैठले यो सालभन्दा अर्को साल सरकारी कार्यालय २२ दिन बढी खुल्ने निर्णय गरेको छ। कुन कुन विदा कटौति गरेको छ त सरकारले? गृह मन्त्रालयको सूचना औपचारिक रुपमा नआएसम्म औपचारिकता पाइँदैन। तर यी विदा हटेको जानकारीमा आएको छ। Continue reading कुन कुन विदा हटायो त सरकारले अब?
By Salokya, on March 29th, 2018 न्यायपरिषद्का सचिवले साउनमै अवकाश पाइसकेको भन्दै पत्र लेखेर प्रधान न्यायाधीश गोपाल पराजुलीको पद खुस्कियो। नत्र उनले मानहानीमा कान्तिपुरलाई झण्डै जेल पठाउने तयारी गरिसकेका थिए। सात न्यायाधीशको बृहद् पूर्ण इजलासमा चोलेन्द्रशमशेर राणाले ‘विद्रोह’ नगरेको भए कान्तिपुरलाई सजाय सुनाउने लगभग निश्चित थियो। चोलेन्द्रले कान्तिपुरलाई बचाएका हुन्। यसैगरी गोपाल पराजुलीको विपक्षमा उभिएका कारण हालका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले पनि कान्तिपुरलाई गुन लगाएका छन्। संयोग त के भने चाेलेन्द्र र दीपकराज दुवैबारे कान्तिपुरले भण्डाफोर गर्दै आएको थियो। मंगलबार न्यायपरिषद्को बैठकले यी दुईसहित ओमप्रकाश मिश्रको नाम संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेको छ। यसबारे कान्तिपुरमा कस्तो समाचार छापियो त? हेरौँ। Continue reading पराजुली कान्डमा त बच्यो कान्तिपुर, प्रस्तावित प्रधानन्यायाधीशबारे अब केही लेख्ला? यस्तो थियो दीपकराज र चोलेन्द्रबारे पहिले प्रकाशित समाचार
By Salokya, on March 27th, 2018 
नेपाल टेलिकमको सिम चलाउनु हुन्छ भने मंगलबार तपाईँहरु मध्ये धेरैले एउटा एसएमएस पाउनु भएकै होला। अविवाहित, विवाहित, बच्चा, बूढा सबको मोबाइलमा आएको त्यो मेसेजमा पठाउने अर्थात् सेन्डरको नम्बर थिएन। र त्यसमा रिप्लाइ पनि गर्न मिल्दैन थियो। नम्बरको ठाउँमा NHEICC मात्र लेखिएको थियो। को हो त तपाईँलाई त्यस्तो मेसेज पठाउने? Continue reading तपाईँको मोबाइलमा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर भनेर एसएमएस पठाउने को?
By Salokya, on March 27th, 2018 
उज्यालो अनलाइनले चन्द्रमामा जग्गा किनेर मुर्गा बनेका एक नेपालीको बारेमा बनाएको अतिरञ्जित समाचारको चिरफार मैले यहाँ गरेको थिएँ। पढ्न छुटाउनु भएको भए क्लिक गर्नुस्- चन्द्रमामा जग्गा किन्ने नेपालीको समाचार : मुर्गा बन्ने पनि उस्तै, बनाउने पनि उस्तै, मिडिया झन् के भा’को हरे शिव!
एक हप्तापछि यो समाचारको लिङ्क हेर्दा त्यसमा सुटुक्कै केही सच्याइएको भेटेँ। के सच्याइयो त हेरौँ।
Continue reading सुटुक्क सच्याइयो चन्द्रमामा जग्गा किन्ने पहिलो नेपालीको समाचार
By Shovana Ghimire, on March 25th, 2018 
-शोभना घिमिरे-
तीन वर्षपछि नेपाल गएकी थिएँ, भौतिक सुधार त खासै हुन सकेको रहेनछ। तर खोक्रो आधुनिकताले नेपाललाई ढपक्कै छोपेको भेटेँ। गाउँका मानिस धेरै जसो सहरमुखी भएछन्। गाउँका घरबार बेचेर शहर पसी कोठामा बस्ने भएछन्। अलिक समय अघिसम्म मेरो श्रीमान्ंको अम्मल भन्ने केही छैन भन्ने दिदी बहिनीहरू हिजोआज श्रीमान्ंसँगै बसेर बियर पिउने भैसकेछन्। आफ्नी श्रीमतीलाई कहिले धोका दिन्न भन्ने पुरुषहरू रातरात भर फेसबुकमा अरू केटीसँग च्याट गर्ने भैसकेछन्। पहिला पहिला खानापछि घण्टौँसम्म सँगै बसेर गफ गर्ने परिवारका सदस्यहरु हिजोआज साँझ पर्न नपाउँदै मोबाइलमा व्यस्त हुन थालेछन्। तर जति व्यस्त भए पनि उपलब्धिको काम गरे जस्तो चैँ मलाई पटक्कै लागेन।
Continue reading श्रीमतीहरु बियर पिउने, श्रीमानहरु अरु केटीसँग रातभर फेसबुकमा च्याटिने : तीन वर्षपछि नेपाल फर्केकी एक महिलाले भोगेको अनुभवको बयान
By दशरथ उप्रेती, on March 24th, 2018 
फुलको विशेषता वा स्वभाव नै फुल्ने हो। बास्ना र सुन्दरता छर्ने हो। जङ्गल, बाटो, फुलबारी र कॉडाबीच फुलिदिन्छ। महल र झुपडी दुवैमा हॉसिदिन्छ। कोही आओस् वा नआओस, कसैले उसको सुभाष लियोस वा नलियोस,बस फुलिरहन्छ। मुस्कुराई रहन्छ। अरूलाई आनन्दित बनाइरहन्छ। फुल्नु भनेको कुनै पनि जीवनको उत्कर्ष हो। बिउबाट बिरुवा हुँदै फुलेपछि त्यो जीवन परिष्कृत भयो। सुगन्ध छर्यो र सबैलाई आकर्षित गर्यो। त्यसैले होला नारायण गोपालले गाएको कालजयी गीतमा “ म त लाली गुराँस भएछु वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु…भनेर गीतकार कविले भनेका छन्।
कतिपय फूलका छुट्टै विशिष्टता र पहिचान हुन्छन्। नेपालको लाली गुरॉस, जापानको साकुरा र चेरी, बेलायतको गुलाब, फ़्रान्सको कमल जस्तै प्रिय र प्रसिद्ध छ टेक्सासमा वसन्तमा फुल्ने जंगली ब्लु बनेट (Blue bonnet) फूल। आजभोलि अमेरिकाको टेक्सासका रनबन र मानिसहरूका मनहरूमा ढकमक्कै फुलेको छ टेक्सस राज्यको राष्ट्रिय फूल (state flower) ब्लु बनेट ! यसको वैज्ञानिक नाम Lupinus texensis हो । अधिकांश फूलहरु निलो रङ्गका भए पनि अन्य रंगहरुमा पनि र मुख्यतया अरू पॉच प्रकारमा यस प्रजातिका फूलहरु जस्तै Lupinus subcarnosus, L. havardii, L. concinnus, L. perennis, L. plattensis) भएका रंगिबिरंगी प्राकृतिक वनफूल ब्लु बनेटको सुन्दरताले वसन्तमा टेक्सासका हाईवे छेउ, चरन र वनजंगलहरु मनमोहक हुन्छन्। Continue reading अमेरिकाको टेक्सासमा ब्लु बनेट फूल फुल्दा
By Salokya, on March 22nd, 2018 
अहिले फेसबुकमा BFF आतंक छाएको छ। भएभरकाले स्टायटस लेख्दै कमेन्टमा BFF लेख्न भनिरहेका छन्। यो फेसबुकका सिइओ मार्क जुकरवर्गको आविस्कार रे। BFF टाइप गर्दा हरियो भयो भने फेसबुक अकाउन्ट सुरक्षित छ रे अनि भएन भने चाहिँ तुरुन्त पासवर्ड चेन्ज गर्नुपर्ने रे। नत्र ह्याक हुन्छ रे। बुझ्नु न सुझ्नु, सब यही लेखिरहेका छन्। आखिर कुरा के हो त?
Continue reading फेसबुकमा BFF आतंक : के हो यो हल्लाको सत्य?
By Salokya, on March 21st, 2018 
यी महिला चिन्नुहुन्छ? यिनको नाम जनिशा भट्टराई हो। टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा दुई वर्षअघि छापिएको समाचार पत्याउने हो भने यिनी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी नातिनी हुन्। भट्टराईको एक मात्र पत्नी हिसिला यमि र एकमात्र छोरी मानुषी यमि भट्टराई भएको तपाईँ हामीले थाहा पाएका हौँ। मानुषीको बिहे पनि जेकेन्द्रसित सन् २०१६ मा मात्रै भएको हो। यो समाचार त बिहेभन्दा अघि २०१५ को डिसेम्बर ३० मा छापिएको रहेछ। कसरी यी बाबुरामकी नातिनी बनिन् त?
Continue reading मानुषीको बिहे नहुँदै बाबुराम भट्टराईकी नातिनी हुर्किसकिछिन्, चिन्नुहुन्छ? टाइम्स अफ इन्डियाका अनुसार यी हुन्
By Salokya, on March 21st, 2018 उज्यालो अनलाइनले चन्द्रमामा जग्गा किनेर मुर्गा बनेका एक नेपालीको बारेमा बनाएको अतिरञ्जित समाचारको चिरफार मैले यहाँ गरेको छु। पढ्न छुटाउनु भएको भए क्लिक गर्नुस्- चन्द्रमामा जग्गा किन्ने नेपालीको समाचार : मुर्गा बन्ने पनि उस्तै, बनाउने पनि उस्तै, मिडिया झन् के भा’को हरे शिव! रमेशप्रसाद जोशी त खुद्रे दलालको फेला परेका हुन्। मुख्य दलाल अर्कै हुन्। मुख्य दलालको सफलताबाट प्रेरित भएर अरु खुद्रे दलालहरु जन्मिएका हुन्। माथिको फोटो डेनिस होपको हो। उनी हुन् मुख्य दलाल। उनको लुनार एम्बेसी नामको कम्पनी छ। सन् १९८० देखि चन्द्रमाको जग्गा बेच्न थालेका उनले एक अर्ब जग्गा बेचेर मान्छेलाई मुर्गा बनाइसके। अमेरिकाको एबिसी टेन टिभीसित कुरा गर्दै उनले भनेका छन्, विगत २३ वर्षदेखि मेरो कमाईको स्रोत यही मात्र हो। Continue reading चन्द्रमाको जग्गा बेच्ने भनी मुर्गा बनाउने दलालहरुको कर्तुत यस्तो छ
|
|
Recent Comments