यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

सच्याएको कि झारा टारेको? कान्तिपुरले पत्रिकामा समाचार सच्यायो, अनलाइनमा जस्ताको तस्तै


‘कान्तिपुर’ राष्ट्रिय दैनिकले सोमबार (असोज ५, २०७७) छापेको ‘फिनसेन फाइल्सको नेपाल नाता’ सम्बन्धी समाचारलाई तीन दिनपछि बिहीबार झारा टार्ने हिसाबले सच्याएको छ।  ‘कान्तिपुर’ कै अर्थ ब्युरो प्रमुख कृष्ण आचार्यसहितले लेखेको समाचार भए पनि यो समाचार खासमा कान्तिपुर आफैले बनाएको नभएर सिआइजे नेपाल अर्थात् खोज पत्रकारिता केन्द्र नेपालले तयार पारेको थियो। अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि पहुँच पाएको ठूलो संख्याको गोप्य सरकारी कागजातहरुलाई खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजे र ८० देशका १०० भन्दा बढी सञ्चार संस्थाहरुसित सहकार्य गरेर असोज ४ गते रिपोर्ट सार्वजनिक गरेको थियो। त्यसमा भएको तथ्यगत त्रुटिबारे मैले माइसंसारमा सोमबारै यो ब्लग लेखेको थिएँ- पत्रकारले ‘सर्च’ गर्न नजान्दा ‘सेतीदेवी’लाई मर्का, ‘फिन्सेन फाइल्स’मा भएको गम्भीर गल्ती यसको प्रभाव कस्तो पर्‍यो त? Continue reading सच्याएको कि झारा टारेको? कान्तिपुरले पत्रिकामा समाचार सच्यायो, अनलाइनमा जस्ताको तस्तै

मिडिया साहुहरुको संस्था किन टुक्रियो, को-कतातिर लागे ?


कोरोनाभाइरसको महामारीले थलिएको मिडिया क्षेत्रका साहु र त्यहाँ कार्यरत कर्मचारी दुवै हैरान छन्। कर्मचारीहरुले नियमित पाउनु पर्ने तलब पाउन सकिरहेका छैनन्। विज्ञापनको स्रोत सुकेकोले साहुहरुलाई पनि मर्का परिरहेको छ। यस्तो विषम परिस्थितिमा असोज ७, २०७७ मा एउटा फरक खालको खबर मिडियामा छायो- मिडिया साहुहरुको संस्था टुक्रियो। नयाँ संस्था जन्मियो। Continue reading मिडिया साहुहरुको संस्था किन टुक्रियो, को-कतातिर लागे ?

पत्रकारले ‘सर्च’ गर्न नजान्दा ‘सेतीदेवी’लाई मर्का, ‘फिन्सेन फाइल्स’मा भएको गम्भीर गल्ती

अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि पहुँच पाएको ठूलो संख्याको गोप्य सरकारी कागजातहरुलाई खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजे र ८० देशका १०० भन्दा बढी सञ्चार संस्थाहरुसित सहकार्य गरेर हिजो रिपोर्ट सार्वजनिक गर्‍यो। आइसिआइजेमार्फत् नेपालको खोज पत्रकारिता केन्द्र (सिआइजे) पनि यसमा जोडियो। कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँलेले यसबारे तयार पारेको रिपोर्ट आजको कान्तिपुर दैनिक लगायत विभिन्न अनलाइन मिडियाहरुमा पनि प्रकाशन भएको छ। कान्तिपुरमा प्रकाशित सामग्रीमा बैँकहरु र केही कम्पनीहरुको नाम नरहेको बारे हिजोको ब्लगमा लेखिसकिएको छ। यसबारे सम्पादक सुधीर शर्माले स्पष्टीकरण पनि दिइसकेका छन्। आज भने सिआइजेको मूल रिपोर्टसँगै यसलाई साभार गर्ने कान्तिपुर लगायतका अन्य मिडिया चुकेको एउटा उदाहरण हेरौँ। Continue reading पत्रकारले ‘सर्च’ गर्न नजान्दा ‘सेतीदेवी’लाई मर्का, ‘फिन्सेन फाइल्स’मा भएको गम्भीर गल्ती

‘फिनसेन फाइल्स’मा ‘कान्तिपुर’ले किन जोगायो बैँकहरुलाई?

अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि ठूलो संख्यामा गोप्य सरकारी कागजातहरुमा पहुँच पायो। खासमा सन् २०१६ को राष्ट्रपति निर्वाचन र अन्य विषयहरुमा छानबिन गरिरहेका निकायहरुले जम्मा पारेको यो कागजातमा २१ सयभन्दा बढी शंकास्पद गतिविधिहरुको रिपोर्ट रहेछ। यस्ता गतिविधिहरुको रिपोर्ट बैँकहरु र अन्य वित्तीय संस्थाहरुले अमेरिकाको फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क जसलाई छोटकरीमा फिनसेन पनि भनिन्छ, लाई बुझाएको थियो। खासमा यो आफैमा अपराधको प्रमाण होइन, यो त अनुसन्धान र इन्टेलिजेन्स ग्यादरिङका लागि सहयोग हो।

बजफिड आफैले ठूलो संख्याको यो कागजातलाई खोतल्न नसकेपछि उसले खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजे र ८० देशका १०० भन्दा बढी सञ्चार संस्थाहरुसित सहकार्य गर्‍यो। आइसिआइजेमार्फत् नेपालको खोज पत्रकारिता केन्द्र (सिआइजे) पनि यसमा जोडियो। कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँलेले यसबारे रिपोर्ट तयार पारे, जुन विभिन्न अनलाइनहरुसहित कान्तिपुरमा समेत छापियो। तर सिआइजेको वेबसाइट, अरु अनलाइनहरुमा आएको समाचार र कान्तिपुरमा आएको समाचार फरक छ। कान्तिपुरले नेपाली बैँकहरु उल्लेख भएको जति अंश सम्पादन गरेर उडाइदिएको छ। यसले बैँक जोगाउने कान्तिपुरको बदनियत देखिएको छ। Continue reading ‘फिनसेन फाइल्स’मा ‘कान्तिपुर’ले किन जोगायो बैँकहरुलाई?

के पीसीआर परीक्षण कामै नलाग्ने हो? फैलाइएका चार भ्रम र तथ्य

कोभिड-१९ को संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षणलाई अहिले केही षड्यन्त्र सिद्धान्तका रचनाकारहरुले ‘गाई कि त्रिशुल’ जस्तो भएको दावी गर्दै यसले कोरोना भाइरस पत्ता लगाउन नसक्ने हल्ला फैलाएका छन्। केही अस्पतालमा पीसीआर परीक्षण गर्दा अस्पतालै पिच्छे फरक रिपोर्ट आएको समाचारले पनि उनीहरुलाई हल्ला फैलाउन मद्दत गरेको छ। हल्ला यति फैलाइएको छ कि अब नो पीसीआर भन्दै जुलुस निस्कन मात्र बाँकी छ। नो पीसीआर भन्दै सामाजिक सञ्जालहरुमा त प्रशस्तै स्टायटस आइसकेका छन्। यहाँ हामीले विज्ञहरुको भनाईका आधारमा पीसीआरबारे फैलाइएका चार भ्रमको तथ्यजाँच गर्दैछौँ। Continue reading के पीसीआर परीक्षण कामै नलाग्ने हो? फैलाइएका चार भ्रम र तथ्य

अपडेट : अनलाइनखबरले हटाएको समाचार फेरि राख्यो, के-के फेरिए?

अनलाइनखबरले आज असोज १ गते बिहान ९ बजेर ३३ मिनेटमा पोस्ट गरेको ‘डीएभी स्कूलले लकडाउनको शुल्क तिर्न नसक्ने विद्यार्थीलाई निष्काशन गर्ने’ शीर्षकको समाचार हटाएको थियो। यसबारे मैले ब्लग लेखेको थिएँ ‘अनलाइनखबर’ले किन सुटुक्क डिलिट गर्‍यो यो समाचार? यस्तो थियो समाचार शीर्षकमा।

ब्लग लेख्दा त्यो समाचार खुलेको थिएन। बरु ‘रिडाइरेक्ट’ भएर अनलाइनखबरको ‘होमपेज’मा पुग्ने बनाइएको थियो। हेर्नुस् बिहीबार नेपाली समय अनुसार साँझ (11:08:29 UTC) मा क्लिक गर्दा खुलेको पेजको अर्काइभ।

तर आजै राति अबेर त्यो लिङ्कमा पुनः पेज खुल्ने बन्यो। तर त्यसमा रहेको समाचारको शीर्षक र सामग्री भने फरक भइसकेको थियो।
Continue reading अपडेट : अनलाइनखबरले हटाएको समाचार फेरि राख्यो, के-के फेरिए?

‘अनलाइनखबर’ले किन सुटुक्क डिलिट गर्‍यो यो समाचार? यस्तो थियो समाचार

अपडेट : यो ब्लग तयार भएपछि यो विषयमा केही थप प्रगति भएका छन्। यो समाचार फेरि देखिएको छ तर के के परिवर्तन भए। पछिल्लो जानकारीसहितको नयाँ ब्लग यहाँ क्लिक गरी पढ्न सकिन्छ

पुरानो ब्लग : अनलाइनखबरले आज असोज १ गते बिहान ९ बजेर ३३ मिनेटमा एउटा समाचार पोस्ट गर्‍यो। समाचारको शीर्षक थियो- डीएभी स्कूलले लकडाउनको शुल्क तिर्न नसक्ने विद्यार्थीलाई निष्काशन गर्ने।

समाचारको लिङ्क यो थियो- https://www.onlinekhabar.com/2020/09/896936 तर अहिले तपाईँले यो लिङ्कमा क्लिक गर्नुभयो भने त्यो समाचार खुल्दैन। बरु ‘रिडाइरेक्ट’ भएर अनलाइनखबरको ‘होमपेज’मा पुगिन्छ। हेर्नुस् बिहीबार नेपाली समय अनुसार साँझ (11:08:29 UTC) मा क्लिक गर्दा खुलेको पेजको अर्काइभ।

डिएभीकै एक अभिभावकले मलाई यो कुरा सुनाए। मैले ह्या, होइन होला। अर्कै कुन साइट देख्नुभो होला अनि, अनलाइनखबरले पनि त्यस्तो गर्छ त भनेँ। उनले हो भनेर जिद्दी गरे।
Continue reading ‘अनलाइनखबर’ले किन सुटुक्क डिलिट गर्‍यो यो समाचार? यस्तो थियो समाचार

कुलमान आयो, कुलमान आयो – ‘फेक न्युज’हरुले झुक्याएर ‘फुस्सा’ बनाउने रणनीति?

भदौ २९, २०७७ राति रातोपाटीमा आएको समाचारको शीर्षक थियो- प्राधिकरणमा कुलमानलाई नै निरन्तरता दिने सरकारको निर्णय।

त्यो दिन मन्त्रिपरिषद्को बैठक थियो र पदावधि सकिन लागेका कुलमान घिसिङलाई नै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने निर्णय हुन लागेको ‘हल्ला’ मिडियाबाटै भएको थियो।

रातोपाटीले समाचार ब्रेक गर्दै लेख्यो- ‘सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्‍को सोमबार अबेर सम्पन्न बैठकले कुलमानलाई नै दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।’
Continue reading कुलमान आयो, कुलमान आयो – ‘फेक न्युज’हरुले झुक्याएर ‘फुस्सा’ बनाउने रणनीति?

सरकारको निर्णयबारे सरकारी मिडियाहरुकै खबर गलत ठहरियो, कसको विश्वास गर्ने?

सरकारी मिडिया किन चाहिन्छ भन्ने प्रश्नको जवाफमा सरकारको आधिकारिक सूचना र जानकारीहरु प्रवाह गर्नका लागि भन्ने जवाफ आउने गर्छ। हुन पनि सरकारको निर्णयबारे सरकारी मिडियामै समाचार आएपछि विश्वास नगर्ने भन्ने कुरा हुँदैन।

तर नेपालमा भने त्यसो नहुने रहेछ। सरकारी मिडियामै समाचार आए पनि विश्वास गरिहाल्न नहुने रहेछ। के थाहा, २४ घण्टा नबित्दै त्यो समाचार गलत हुने हो कि!

एउटा त्यस्तै उदाहरण मंगलबार (भदौ ३० गते) भेटियो। सार्वजनिक यातायात असोज ५ गतेदेखि खुला हुने समाचार सरकारी मिडियाहरु नेपाल टेलिभिजनले हिजो र आज छापिएको गोरखापत्रले दियो। तर आज सरकारका (नयाँ) प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा असोज त असोजै भने, ५ गते चैँ भनेनन्, १ गते भने। Continue reading सरकारको निर्णयबारे सरकारी मिडियाहरुकै खबर गलत ठहरियो, कसको विश्वास गर्ने?

युट्युबर र मूलधारे टेलिभिजन पत्रकारिताको लक्ष्मणरेखा मेटाउने त्यो ‘टक शो’

“अमेरिकामा कोरोनाभाइरसबाट मरेको भनिएकाहरुमध्ये ६ % मात्रै खासमा त्यही कारणले मरेका हुन्, बाँकी ९४ प्रतिशत अर्कै कारणले मरेका हुन्”

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समेत रिट्विट गरेको ट्विट थियो यो। अहिले खोज्नुभो भने त्यो ट्विट तपाईँ देख्नुहुन्न। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) को तथ्याङ्कलाई यसरी गलत व्याख्या गर्दै गरिएको ट्विटलाई ट्विटरले अगस्त ३०, २०२० मा हटाइदियो। राष्ट्रपतिबाटै मिथ्या सूचना आए पनि त्यहाँको मूलधारे मिडियाले त्यसलाई जस्तातस्तै नराखी ‘सही कुरा यस्तो’ भनेर जानकारी दिए

त्यसको १३ दिनपछि अस्ति शनिबार यही दावी नेपालको एउटा मूलधारको टेलिभिजन कार्यक्रमका अतिथिले मच्चिमच्ची गरिरहेका थिए। दर्शकहरुलाई उत्तेजित गर्ने गरी यस्तै मिथ्याङ्क राख्दै सोध्दै थिए- के हो यो?

चर्चित कार्यक्रम प्रस्तोता टीकाराम यात्री खुबै नयाँ तथ्य खुले जस्तो गरी आफ्नो अगाडि रहेको कागजमा ‘नोट’ टिप्दै थिए। उनको मुखबाट ‘हुम् हुम्’ बाहेक अरु निस्किरहेको थिएन। ‘जनस्वास्थ्य वैज्ञानिक’ भनेर सोही कार्यक्रममा बहसका लागि डाकिएका डा. समिरमणि दीक्षित दुई हात बाँधेर टाउकोमात्र हल्लाउँदै थिए। Continue reading युट्युबर र मूलधारे टेलिभिजन पत्रकारिताको लक्ष्मणरेखा मेटाउने त्यो ‘टक शो’

कोरोनाभाइरसबारे एपीवान टिभीको बहसमा गरिएका पाँच भ्रामक दावी

एपिवान टेलिभिजनमा समाचार प्रमुख टीकाराम यात्रीले सञ्चालन गर्ने ‘एपी सेन्टर’ कार्यक्रममा भदौ २७ गते शनिबार जागृत रायमाझी र डा. समिरमणि दीक्षितसँग बहस प्रसारण भयो। पहिलेका विद्यार्थी नेता रायमाझीले यसअघि पनि विभिन्न युट्युब च्यानलहरुमा विभिन्न अपुष्ट दावी गर्दै आएका थिए। पछिल्लो समय मूलधारे मिडियाहरुमा पनि ठाउँ पाउने क्रममा एपी वान टिभीमा बहस कार्यक्रम भएको हो। कार्यक्रममा हावी भएका रायमाझीले राखेका तर्क र डकुमेन्टहरुमा न प्रस्तोताले वैधानिकता खोजे, न सहभागी वक्ता दीक्षितले। उनले कार्यक्रममा गरेका पाँच दावीहरुको हामीले तथ्यजाँच गरेका छौँ। Continue reading कोरोनाभाइरसबारे एपीवान टिभीको बहसमा गरिएका पाँच भ्रामक दावी

समाचार डिलिट गर भन्दै अफिसमै पत्रकारमाथि हातपात, कारण यस्तो रहेछ

आज एउटा भिडियो फेसबुकमा देखेँ। एक हुल मान्छे सुदूर पश्चिमको दिनेश एफएम, दिनेशखबर डट कम चलाउने दिनेश सञ्चार गृहको कार्यालयमा प्रवेश गर्दै होहल्ला गर्दै पत्रकारहरुलाई समेत हातपात गरेको भिडियोमा देखिन्छ। एक जना मान्छे त मोबाइलमा भिडियो खिच्दै पत्रकारलाई कुट्दै गरेको पनि देखिन्छ।

उनीहरु समाचार डिलिट गर भन्दै पत्रकारहरुलाई थर्काइरहेको पनि देखिन्छ। खास यो के विषय हो ?
Continue reading समाचार डिलिट गर भन्दै अफिसमै पत्रकारमाथि हातपात, कारण यस्तो रहेछ

के कारमा स्यानिटाइजर राख्दा आगो लाग्न सक्ने नास्टका वैज्ञानिकको भनाई सही हो ?


‘हिमालखबर’मा २१ भदौ २०७७ मा प्रकाशित समाचारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक तथा माइक्रोबायोलोजिष्ट डा. टिष्टा प्रसाईंको भनाई उद्‍धृत गर्दै लेखिएको छ- “अहिले सबैले यात्रा गर्ने क्रममा पनि स्यानिटाइजर बोक्ने गरेको पाइएको छ। आफ्नो कारमा स्यानिटाइजर बोकेर हिंड्दा त्यतिबेला गाडीको तापक्रम बढेर १०५ डिग्री फरेन हाइटसम्म पुग्छ। स्यानिटाइजरमा भएको रसायनका कारण आगलागीको जोखिम पनि हुन्छ।”

सामाजिक सञ्जालहरुमा पनि कारभित्र राखिएको स्यानिटाइजरका कारण आगो लागेर कार जलेको दावी गरिएका पोस्टहरु देखिन्छन्। के यो सत्य हो ? हामीले फ्याक्टचेक गरेका छौँ। Continue reading के कारमा स्यानिटाइजर राख्दा आगो लाग्न सक्ने नास्टका वैज्ञानिकको भनाई सही हो ?

तथ्याङ्क हेर्दा : तीन साता लकडाउन गरेको किन, खोलेको किन- थाहै भएन !

दोस्रो लकडाउनका बीच काठमाडौँमा इन्द्रजात्रा परेको थियो। यस पटक यहाँ इन्द्रजात्रा मनाइएन।

काठमाडौँ उपत्यकामा तीन साता निषेधाज्ञा नाम दिइएको लकडाउनको अर्को स्वरुप आज भदौ २५ गतेदेखि खुला भयो। भदौ ३ गते एक साताको म्याद राखी सुरु भएको यो निषेधाज्ञा दुई पटक म्याद थपी २४ गते मध्यरातसम्म कायम रह्यो। काठमाडौँ उपत्यकामा टोल टोलमा कोरोना संक्रमितहरु भेटिन थालेपछि संक्रमण झन् बढ्न सक्ने भन्दै नियन्त्रणका लागि फेरि लकडाउन गरिएको तर्क सुनिएको थियो। लकडाउनको असर पर्‍यो कि परेन भनेर हेर्ने कुरा खासमा संक्रमितको तथ्याङ्क हो। तर तथ्याङ्क हेर्दा यो तीन सातामा सङ्क्रमण घटेको देखिएन। Continue reading तथ्याङ्क हेर्दा : तीन साता लकडाउन गरेको किन, खोलेको किन- थाहै भएन !

भ्रममा नपर्नुस्, म्याच फिक्सिङ प्रकरणमा सर्वोच्चले खेल मिलेमतोमा नखेलेको ठहर गरेको होइन

फुटबल खेलाडीहरुको म्याच फिक्सिङ प्रकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि यसबारे समाचार आउने क्रम जारी छ। यही क्रममा केही मिडियाले सर्वोच्च अदालतले फैसलामा म्याच फिक्सिङ नै नगरेको अर्थात् खेल मिलेमतोमा नखेलेको ठहर गरेको शीर्षकमा समाचार राखेका छन्। के यो सही हो त? हामीले फ्याक्टचेकका क्रममा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ अध्ययन गर्दा यी शीर्षक भ्रामक भएको भेट्यौँ। Continue reading भ्रममा नपर्नुस्, म्याच फिक्सिङ प्रकरणमा सर्वोच्चले खेल मिलेमतोमा नखेलेको ठहर गरेको होइन

के ‘न्युयोर्क टाइम्स’ले हिसिला यमिलाई एसियाकै भ्रष्ट महिला भनेर रिपोर्ट छापेको थियो?

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २२ भदौ २०७७ सोमबार बिहान फेसबुकमा एउटा स्टायटस लेखेका छन्। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्री डा. युवराज खतिवडाको विदाइका बेला गरेको ट्विटको जवाफ दिँदै थापाले फेसबुकमा लामो स्टायटस लेख्दै सोधेका छन्- ‘न्यूयाेर्क टाइम्सले २०७० सालमा “एसियाकै भ्रष्ट महिला” भनेर विशेष खाेज रिपाेर्ट प्रकाशित गरेकाे समेत बिर्सनु भयाे ? उहाँसँग तपाईंको के सम्बन्ध पर्छ?’

थापा मात्र होइन, हिसिलालाई एसियाकै भ्रष्ट महिला भन्दै समाचार आएको चर्चा मिडिया र सोसल मिडियामा यसअघि पनि धेरै हुने गरेको छ। के यो सही हो? हामीले फ्याक्टचेक गरेका छौँ।
Continue reading के ‘न्युयोर्क टाइम्स’ले हिसिला यमिलाई एसियाकै भ्रष्ट महिला भनेर रिपोर्ट छापेको थियो?

दूध पोखाउने काण्ड : बिचरा डेरी सञ्चालकको दुःख चाहिँ कसले बुझ्ने, उल्टै भाइरल हुन खोजेको आरोप !

भदौ १३ गते भक्तपुरको सूर्यविनायकमा एक डेरी सञ्चालकले दूध सडकमा पोखाएको फोटो सामाजिक सञ्जालमा छायो। आइतबार चाहिँ अनलाइनखबरमा समाचार आयो- ‘दूध पोख्नेको प्रहरीमा बयान-भाइरल हुन पोखेँ, उल्टै गाली खाएँ’

तर दूध पोख्ने व्यक्तिको परिवारले भने वास्तविकता त्यस्तो नभएको बताएका छन्। यो घटना मिडियामा आएको जस्तो होइन भन्ने जानकारी पाएपछि मैले डेरी सञ्चालकसित मोबाइलमा सम्पर्क गर्ने प्रयास गरेको थिएँ। एक रात प्रहरी हिरासतमा राखिएका उनी निकै डराएका रहेछन्। फेरि पुलिसले दुःख दिने पो हो कि भन्ने डर रहेछ उनलाई। Continue reading दूध पोखाउने काण्ड : बिचरा डेरी सञ्चालकको दुःख चाहिँ कसले बुझ्ने, उल्टै भाइरल हुन खोजेको आरोप !

‘नागरिक’ दैनिक मुख्य समाचारमै यसरी चुक्यो

नागरिक दैनिकले २० भदौ २०७७ शनिबार पहिलो पेजमा ‘हार्नेलाई मन्त्री बनाउन संविधान बाधक‘ शीर्षकको समाचार राखेको छ। समाचार नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय लिएको र उनको मन्त्री बन्ने आकांक्षा देखिएकोले चुनाव हार्नेले मन्त्री बन्न सक्ने कि नसक्ने भनेर उठेको विवादमा केन्द्रित छ। सोही समाचारमा नेकपा प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रिय सभामा ‘मनोनीत गरेको’ दावी गरिएको छ। के यो साँचो हो त?  Continue reading ‘नागरिक’ दैनिक मुख्य समाचारमै यसरी चुक्यो

शनिबारको हेडलाइन काण्ड : मूलधारे दुई मिडियाले सिके त पाठ ?

२०७७ भदौ २० गते शनिबार रमाइलो देख्न पाइयो। पाठक उख्खुमै रिसाएपछि मूलधारे दुई मिडियाले आफ्ना हेडलाइन फेर्न बाध्य भए। एउटा थियो अन्नपूर्ण पोस्ट। यो पत्रिकाले शनिबारको अङ्कमा अन्तिम पेजमा ‘आमा बन्दै श्वेता’ शीर्षकमा समाचार राखेको थियो। यही खबर आफ्नो फेसबुक पेजमा पनि सेयर गरेको थियो।  Continue reading शनिबारको हेडलाइन काण्ड : मूलधारे दुई मिडियाले सिके त पाठ ?

‘ओरालो लागेको’ कान्तिपुरलाई मेस्सीको फ्यानले नि लखेट्छ

हामी सानो हुँदा टेलिभिजनमा बज्ने एउटा विज्ञापन खुब रमाइलो मानी मानी हेरिन्थ्यो। विज्ञापनमा गोपालराज मैनालीलाई जसले पनि लेखट्थ्यो। लखेट्दा लखेट्दै जिउभरी हिलो र धुलो लागेर घर पुग्दा आफ्नै बूढीले पनि बाँकी राख्दिनन्। भन्छिन्, गाईले पनि तिमीलाई लखेट्ने, कुखुराले पनि तिमीलाई लखेट्ने..!

अहिले यस्तै भएको छ कान्तिपुरलाई। कान्तिपुरलाई ‘क’ अक्षरको दशा लागेको छ कि के हो, कोरोनाले असर पार्ने पनि कान्तिपुरलाई, कैलाश सिरोहिया पनि कहिले नपरेको विवादमा परे, उनले ट्विट नै गरेर आफ्नो बारेमा स्पष्टीकरण दिनुपर्‍यो। अन्नपूर्ण लगायत अरु पत्रिकाले पनि छापेको कृषि मन्त्रालयको नापी शाखाको समाचार छाप्दा अन्नपूर्ण चुप बसे पनि कान्तिपुरले माफी नै माग्नुपर्‍यो। अब हुँदाहुँदा आज कान्तिपुरलाई मेस्सीका फ्यानहरुले पनि लखेटिरहेका छन्।  Continue reading ‘ओरालो लागेको’ कान्तिपुरलाई मेस्सीको फ्यानले नि लखेट्छ