-शशांक लामा, न्युयोर्क-
तपाईं के लिनुहुन्छ? सोल्जा(नुनको चिया),गुलियो चिया, कफी- रोजी रोजीको चियाहरु थियो। हातमा थर्मस बोकेर बसभित्र ओहोर दोहोर गरिरहेका महिलाहरु बक्खु, वाङ्जुक, पाङ्देन र गरगहनाले सजिएका थिए भने पुरुषहरु पनि बक्खु,तुतुङ र पाक्स्य टोपीमा ठाँटिएका थिए। फेब्रेवरी 21 आईतवार बिहान 7 बजेको समय न्युयोर्कस्थित ज्याक्शनहाइटको 69 street मा पार्क गरिराखेको greyhound बसभित्र दह्रो चियापान चल्दै थियो। लामो समयसम्म भेट नभएका यात्रुहरु भलाकुसारी गर्दै थिए, घोचपेच गर्दै थिए, सोल्टा सोल्टिनिहरु एकापसमा जिस्काजिस्की र ठट्टा गर्दै थिए। चियाको दौड अलि मत्थर हुँदै गएपछि डेछ्याङ (चामलबाट बनाएको छ्याङ)को पालो आयो। सोल्जा खाँदै गरेको कागजे गिलास त कुनबेला हो मेरो हातबाट खोसीईसकेछ र बदलीमा झुसी डेछ्याङ हालेको गिलास पो मेरो हातमा रहेछ। म पनि दङ्ग पर्दै डेछ्याङ यसो चाखेको मात्र के थिएँ, थप्न आईहाल्थे। कति थपियो, त्यो गनेर साध्य भएन। बस हिँड्यो, बसै मात्र 12 गोटा थिए अरे! अमेरिकि नियमानुसार बस हिँडेपछी सबैजना सिटबेल्टले बाँधिएर बस्नुपर्ने, तर बल्ल बल्ल आफन्तहरुसँग भेट भएको बेला बेल्टले बाँधिएर को बसोस? त्यसपछी गूडिरहेको बसभित्र ब्रेकफास्ट पो शुरु भयो – सेलरोटी, आलुदम र अचार् सबैले जिब्रो पडकाइ पडकाइ खाए, पानीको सट्टा डेछ्याङ त छँदैथियो| चाडबाडको बेलामा पनि कोही पानी खान्छ? भनेर पानीको बोतल बहिष्कार भएको थियो। खानपीन सकेपछी बिजुली पानीको असर् हो वा उत्सवीय मुडले हो यात्रुहरुले उन्मुक्त भएर गाना गाए। तन न्युयोर्कमा भएपनी मन सोलु र खुम्बुका पाखा पखेरोमा नाच्दै थियो।
शेर्पा जाती अमेरिकामा ह्वार्ह्वर्ती छिरेको ९०को दशकको अन्त्यतिर हो| यो जाती संयुक्त राज्य अमेरिकाको बिभिन्न संघिय राज्यहरुमा छरिएर रहेका छन| तर न्युयोर्क राज्यको न्युयोर्क शहरमा बहुसंख्यक शेर्पाहरु बसोबास गर्छन्| नेपालमा यो जातले पाएको जुझारु र मिहिनेती परिचयलाई अमेरिकामा पनि यिनले कायमै राखेका छन|एकिक्रित माओवादी भने जस्तै न्युयोर्कको शेर्पा शंघको नाम पनि युनाइटेड शेर्पा एशोसिएसन राखिएको छ|शायद रगडा रगडी परेर एकिक्रित भएको होला|अहिले त यो ‘एकिक्रित’शब्द नै मेटे पनि हुने हो!अमेरिकाको बिभिन्न शहरमा छरिएर रहेका शेर्पाहरुको आर्थिक सहयोगबाट अमेरिका आएको लगभग एक दशक भित्र शेर्पाहरुले न्युयोर्कको ज्याक्शन हाइटैमा अमेरिकि डलर १५ लाख हालेर आफ्नो समुदायको लागि सामुदायिक घर\गोम्बा किनेका छन, जब कि सबभन्दा पुरानो नेपाली संस्था,अखिल अमेरिकि नेपाली संघ अर्थात ANA (नेपालीहरुको छाता संगठन) ले जमानादेखी भन्दै गरेको नेपाल-घर किन्ने,पशुपतिको मन्दिर बनाउने कुराले मुर्त रुप लिन सकेको छैन|उठेको रकम पनि गोजी गोजीमा गएको कुरा छताछुल्ल भएको छ|चन्दा माग्न जाँदा ठुला ठुला रकम लेखाउने,तर संकलन गर्न जाँदा स्वाँक्कै सुँघाउने परिपाटी बसेको छ्|ANA ले बिनबिच्चका chapter हरु बिभिन्न शहरहरुमा खोलेका छन,रातारात नेपालको कायपलट गरुंला झैँ गफ जोत्छन,तर आर्थिक सहयोग माग्न जाँदा दाँतबाट पसिना निकाल्छन|संयोगबश ANA को अहिलेको प्रमुख छवाङ लामा शेर्पा हुनुहुन्छ|प्रमुखमा संधै शर्माहरु हुन्थे भने यसपाली कागताली परेर शेर्पा भएका छन|म त शेर्पा समुदायबारे गन्थन गर्दा गर्दै ANA तिर पो मोडिएछु|यसलाई यहीँ बिट मारेर हाम्रो मिठो गन्थनतिर जाउँ क्यार!
शेर्पा समाज(न्युयोर्क) ले ल्होसारको उपलक्षमा आयोजना गरेको ल्ह्प्सो(पुजा) कार्यक्रममा मेरो मित्र तथा भाई लाक्पा पिनाशा शेर्पाको निमन्त्रणामा म बसबाट ल्ह्प्सो कार्यक्रमको गन्तब्य स्थलतर्फ यात्रा गर्दै थिएँ र माथिको बर्णन त्यही बसभित्रको रौनक थियो। न्युयोर्कको वाल्देनस्थित शाक्य गोम्बामा पुग्न झन्डै दुई घण्टा लाग्यो। बसबाट मात्र होइन, निजी गाडी लिएर आउनेहरु पनि प्रशस्त थिए। बोस्टन र न्युयोर्क छेउछाउबाट आउनेहरुको संख्या पनि थपिंदा यो कार्यक्रम ल्ह्प्सोमै सिमित नभएर यसलाई शेर्पाहरुको वार्षिक भेला वा बनभोज भन्दा अतिशयोक्ति नहोला। न्युयोर्कको वाल्देनस्थित ल्ह्प्सोस्थल शाक्य गोम्बाको प्राङगनमा तिब्बती, नेपाली र अंग्रेजी भाषामा लेखिएको स्वागत-द्वारमा लामबद्व भएर हातहातमा भएको चम्किलो फित्ता देखाउनु पर्दो रहेछ, जुन फित्ता, टिकट देखाएपछी बसभित्रै हातमा बाँध्न लगाइएको थियो। आकर्षक परम्परागत भेषभुषामा सज्जिएका किशोरिहरुले “ल्होसारको टसिदेले” शुभकामना ब्यक्त गर्दै छेमार(गहुँ र पिठो)ले सबैलाई पालैपालो स्वागत गरेका थिए। त्यसपछी कित्ली कित्लीमा डेछ्याङ लिएर बसेका महिलाहरुले फेरी डेछ्याङ्को गिलास हातमा थमाए। त्यो दिन चाँही साँच्चिकै मतवाली भइयो।
शेर्पाहरुले ल्होसारको उपलक्षमा आयोजना गर्ने ल्हप्सो(पुजा)मा सहभागी हुने धोको धेरै पहिलेदेखी नै थियो। उनिहरुको भब्य ल्ह्प्सो बारेमा धेरै चोटि सुनेको पनि थिएँ। यसपाली चैँ प्रत्यक्ष देखेँ,साँचिनै भब्य थियो। तिब्बती र अन्य समुदायहरुले पनि ल्हप्सो गर्छन्, तर शेर्पा ल्हप्सोको दाँजोमा ती फिका, निरस र झारा टराइ देखिन्छ। अब हामी ल्हप्सो स्थलको बर्णनतर्फ जाऔँ- शाक्य गुम्बाको प्राङ्गनमा दुइवटा बिशाल सेता तम्बुहरु टाँगिएका थिए, सार्वजनिक महत्वका बिषयहरु जस्तै अमेरिकी सेन्सस आदिका बारेमा माइकबाट सुचनाहरु जारी गरिन्दैथियो, चियापान, जलपान र छ्याङ्पान आदि इत्यादिहरुको sponsor गर्ने ब्यक्तिहरुको नामहरु पढिन्दैथियो। थुप्रै मानिसहरु लगाएर धजा झुण्ड्याउने एउटा फलामको लिङ्गो ठड्याउने प्रयास गरियो, तर सकेनन र क्रेननै ल्याउनुपर्ने भयो र क्रेनको भाडा हजार डलर लाग्ने भएको र कोही sponsor निस्कनु हुन्छ भनी माइकबाट सोधनी हुँदा मिलिक्कै एकजना महिला हजार डलर बेहोर्न तयार भइन। ल्ह्प्सोका सहभागीहरुको spirit यसैबाट छर्लङ्गिन्दैन र? त्यही भेलामा आगामी ल्ह्प्सोको आयोजकहरु स्वतस्फूर्त रुपमा देखापरे र उनिहरुलाई खदा लगाएर सम्मान गरियो। घरघरबाट ल्याएका पञ्चरङ्गी धजाहरु टाँगेर ब्यक्तिगत प्रार्थनाका साथसाथै प्राणी जगतको भलाइको लागि प्रार्थना गरी ल्हप्सोलेहरुले “की कि सो सो ल्ह ग्यलो” भनी चिच्याएर वाल्देनको आकाशै घन्काएर इश्वरिय महिमाको गुणगान गरेका थिए। छेमारलाई अग्लो ठाउँमा बीचमा राखी भिक्षु लामाहरुले त्यसको वरिपरि घुमेर बिभिन्न धार्मिक न्रित्यहरु गरेको देख्दा मलाई ओलाङ्चुङ गोलामा फुटुक(फुर्डुप)का अवसरमा नाचिने धार्मिक नाचको झल्झली याद आयो। म त मनमनै वलुङ(ओलाङ्चुङ)पुगेर टुनु (सिलौटे आकारको सानो खाल्डोमा थुप्रै ओखरहरु राखी अली परबाट ढुङ्गाको घुँइले हानेर ओखर बाहिर निकाल्ने खेल) पो खेल्दै थिएँ।
अरुबेला बेस्मारी मासु खाने बौद्वमार्गीहरु पछील्ला समयमा धर्मिक समारोहहरुमा शाकाहारी बन्ने प्रयास गरेको द्रिष्टान्तहरु धेरै देखिन्दैछ। यसको ठीक उल्टो हिन्दू धर्मावलम्वीहरु अरुबेला मासु कम खाने,तर धार्मिक पूजाका बेला बोका बली दीइ मासु पोलेर खान खुब रुचाउँछन। शेर्पा ल्ह्प्सोमा पनि शाकाहारी भोजन थियो। सोनाम उक्याव र केही तिब्बती युवाहरुले मासुरहित ल्होसार अभियान फेसबुकमा चलाएका थिए, शेर्पाहरुले त साँचिनै मासु नखाएर ल्ह्प्सोमा उदाहरण बनेर देखाइदिए। भोजन पश्चात एकातिर बहुसंख्यक खुम्बुलीहरु हातेमालो गरेर परम्परागत स्याब्रु(नाच)मा ब्यस्त थिए भने अर्कोतर्फ आधुनिक लोकगित घन्काउन DJ र उनका सहयोगीहरु बन्दोबस्तीमा जुटेका थिए। किशोर किशोरीहरु संगित बिनै जिउ हल्लाएर नाच्नलाई उत्ताउलो भैरहेका थिए। DJ ले उदघोषण गर्नासाथ नाच्नलाई खुटटा चिलाइरहेकाहरु पालभित्र जम्मा भए र “आयो है ढल्काउँदै झम झम इस्टकोट…” को RAP version गीत र अन्य जिउ नै जुरुक्क उचाल्ने लोकप्रिय झ्याउरे गीतमा उन्मुक्त भएर नाचे। भर्खर हिउँ पग्लिएको चऊरमाथि नाच्दा चउरै हिल्लाम्मै भएपनि युवा युवतीहरु हिलो र जुत्ताको पर्वाह नगरी कमर मर्क्याइ मर्क्याइ नाचिरहेका थिए। त्यसपछि त स्याब्रुवाला अधबैँशेहरु पनि एकोहोरो धुनको स्याब्रुलाई छोडेर तन्नेरीहरुसंग “कलकत्ते काँइयो,,,,गीतमा कुम जुधाउन आइपुगेका थिए। जसरी धर्म गर्नलाई अनुहारमा चाउरी पर्नु पर्दैन, त्यसरी नै नाच्नलाई उमेर तरुनो हुनैपर्छ भन्ने छैन। न्युयोर्केली ब्यस्त जीवनलाई एकछिन भएपनि भुलेर ल्ह्प्सोका सहभागीहरु मनमनै सोलु,खुम्बु र नेपालका अन्य डाँडाकाँडाहरुमा पुगेका थिए। छुट्टीने बेला कुइरेहरुले For the road भनेर अन्तिम गिलास तन्काए जस्तै हाम्रा मानिसले बिदा हुँदा खाने छ्याङ्लाई “घेछ्याङ” भनिन्छ। घेछ्याङ पिएर आघौँ भेट हुने बाचा बन्धनका साथ मन अमिलो पारेर एकार्कासंग नछुट्टी धरै थिएन। आहा! कस्तो बिर्सनै नसक्ने रमाइलो क्षण थियो त्यो ल्ह्प्सोरुपी शेर्पाहरुको वार्षिक भेला र बनभोज! फर्किन्दा बसभित्र म मनमनै “कलकत्ते काँइयो,,,,,” गीत एकनाससंग गुनगुनाइरहेको थिएँ। अचाक्ली मुलुकको याद आइरहेको थियो !!!
किन एस्तो जाति जाती बीच बिष हाल्ने काम गर्छौ लामा? माओबादी को नुन खाएका छौ जस्तो छ तिम्रो हरेक लेख मा काउसो हुन्छ,
जाति जाति बीच वैमनस्यता र विभेद ल्याउने उद्देश्यले यो लेख लेखीएको होइन| आफ्नै देशबासीहरु माझ देखिएको कमि कमजोरीलाई औंल्याएको हुँ र प्रगतीको बखान गरेको हुँ | प्रगतिको लागी जाती जाती बीच पनि स्वच्छ प्रतिष्प्रधा हुनुपर्छ भन्ने मेरो ठनाइ छ | बिदेशमा रहेका प्रत्येक नेपाली समुदायले शेर्पाहरुकै अनुकरण गरौ र नेपालमा रहेका आफ्ना समुदायलाई आफुले सकेको मदत गरौ| समुदाय सप्रे भने न देश सप्रने हो| सोलुको मानिसले दार्चुलाको किन चिन्ता लिनु? त्यो त दार्चुलेली आफैले गर्नुपर्छ| हामी मथिंगलले र सामर्थ्यले नभ्याउने सर्वाङ्गिन नेपालको चिन्तन गरी टोपल्छौ, आखिर यस्ता अव्यवहारिक चिन्तनहरू हातमा लाग्यो सुन्य हुन्छ |
* अमेरीकामा बसोबास गरेका शेर्पाहरुले न्युयोर्कस्थित युनाइटेड शेर्पा शंघ मार्फत नेपालस्थित सेर्पा सेवा केन्द्रलाइ करिब ८० लाख नेपाली रुपया सहयोग गरेका रहेछन |
यो ठनाइ भनेको के हो? यहाँ को लेख मा धेरै चोटी देखें| थम्म्याई भन्न खोज्नु भएको त होइन? अली irritating लाग्यो|
रमेशजी! मैले बुझे अनुसार ‘ठान्नु’ क्रियाबाट ‘ठनाइ’ संज्ञा बनेको हो| तपाइले लेख्नु भएको ‘थम्म्याई’ शब्दको मूल जरो शब्द के होला? मैले लेख्नु खोजेको चाहिं ‘बुझाइ’ हो|
-ठान्नु- ठनाइ – ठम्याउनु ….कमेण्टको लागि धन्यवाद !
Sasank jee, a good one. Let us all be united no matter where ever we are.
कुनै पनि नेपाली समुदायले उन्नती गरेको रामरो कुरा हो
तर एक नेपाली समुदायको अर्कों समुदाय संग तुलना गरेर
Underestimate गरनु चाहि उपयुक्त भएन ा
After all We All Are Nepali ,,,,,,
लेखक को लेख सारै मन Paryo dhanybad
“प्रमुखमा संधै शर्माहरु हुन्थे भने यसपाली कागताली परेर शेर्पा भएका छन” यो एउटा वाक्यले धेरै अर्थ बोकेको छ / यहाँ भएका नेपाली संघ संस्था, साहित्यिक सस्था, त्यतिले नपुगेर नेपालका राजनीतिक पार्टीको जन सम्पर्क समिति यिनका कार्य समितिको नामावली र यिनले गर्ने कर्मको बारेमा अलिकति मात्रै चासो राखेर हेर्नु पर्छ यताको बालीमा पनि त्यहि किरा लागेको भेटिन्छ जुन किराले नेपाल लाइ खाएको छ /
जे होस् झटारो त् आखिर लटरम्म फलेको ब्रिक्क्ष लाइनै हान्छन, यस अर्थमा ससांग जी को यो लेख त्यस्तै एउटा मात्र हो / कलम नारोकियोस, मेरो आग्रह /
मैले न्यूयोर्कमा देखे भोगे अनुसार; ‘शेर्पा गुरुङ तामांग लामा आदि’ मतवाली भनेर चिनिने नेपालीहरुको एक्यबद्धता, संगठनिक स्थिति र आर्थिक सामाजिक पहुँच हेर्दा अरु ब्राम्हण/क्षेत्री नेपालिहरु चाँही अमेरिकामा ‘नेपाली जनजाती’ जस्तो लाग्छ /
ब्यापार व्यवसाय होस् या पत्रकारिता, अफिस होस् या स्वरोजगार… उनीहरुनै अगाडी देखिन्छ /
योगेश आदि जी को भनाइ हो यो ,हुन पनि न्युओ योर्क मा शेर्पा समुदाय अगाडी नै छ यस मामला मा नेपालमा भए एउटा पास पोर्ट निकाल्न बाहुन लाई घुस नखुवाई काम हुन्न अरु ब्यापार बिजिनेस को त कुरा फरक /कसरि प्रगति गरोस शेर्पा हरुले यहाँ अमेरिका तेत्रो व्यापार ब्यबसाय संचालन गर्दा घुस खुवाइन्न/घुस खुवाउने पैसा कारोबार मै लगाउ छन् /नेपाल को राज्य बाट दमित छन् यहाँ राज्यले हेल्प गर्छ /त्यसो र प्रगति गर्छन /अर्को मनोज कार्कीजीले लेख्नु भए छ हामी पनि चाड बाडमा १५ डलर उठाउछोऊ १५ लाख को त कुरै छोडोउ तर नेपाली भनेर उठाउ छौं भन्नु भए छ/ हो यहाँ न्यु योर्क मा पनि नेपाली संघ संस्था भन्यो भने १५ डलर नै हो तर शेर्पा संघ.तामांग संघ,जस्ता आफ्ना संस्थाको लागि दिल खोलेर सहयोग गर्छन त्यसो र नेपाल पनि जातीय पहिचान सहितको राज्य चाहियो भनिएको हो तामांग सालिंग, नेवा प्रदेश ,किरात प्रदेश भन्ने भो भने यसरि नै दिल खोलेर जनता लाग्छन र बिकाश गर्छन होइन भने बागमती कोशी सगरमाथ प्रदेश हो भने उही नेपाली संस्था लाई सहयोग गरे जस्तै १५ डलर को हार हारी हुन्छ देश बिकाश स्वांक्क////
“….तन न्युयोर्कमा भएपनी मन सोलु र खुम्बुका पाखा पखेरोमा नाच्दै थियो”
अब सबैजना युरोप अमेरिका नै जाऔ …. जहाँ गए पनि सोल्टा सोल्टिनिहरुसंग जिस्किँदै
डेछ्याङको सूरमा “कलकत्ते काँइयो,,,,,” ढिचिङ्ग ढिचिङ्ग हुने भएपछि सोलु र सैलुङ्ग साथैमा हुने नै भयो …. लु फेरी मस्ती गरौँ 🙂
के भन्ने खै येह पराए कमेन्ट गर्ने साथीहरु मतवाली पनि देखिएन र पराए कमेन्ट मा कित त तिसमुदाय ले गरेको प्रगतिको इर्स्य वा कित लेखकले समुदाएको बारेमा गर्दाको बयानको इर्स्य के ठाउँ ठाउँ को र अरुको इर्स्य र अरुलाई घोच्च्हस साथी हो पहिले आफु बदल अनि आफु ले चुकेका वुल सुधार अनि अरुलाई भन हो हामी नेपालीहरु कहिले पनि हाम्रो भनेर हिन्न Sakdaina रजहिलेनी अरुले गरेको प्रगति माथि इर्स्य गरिन्छ नेपालमा अब भन्ने हो भने जातिय भेद लगाएर भाई भाई फुतौनेमा चै हाम्रै नेपाली उच्च जति भनौदा हरुनै पर्छ र यो साथी हरुले नेपालमा मात्र हैन बिस्स्वमनै एस्तो गरिरहेक्क्षन
शशांक लामा जी लाइ कस्सो प्रहरीले समातेन छ | अमेरीकामा सार्वजनिक ठाउँमा रक्शि खानु अपराध हो, त्यसैले तपाइले बोतल बोकेर जांड खाँदै हिडेको मान्छे देख्नुहुन्न | बस सार्वजनिक ठाउँ पर्छ |
ब्रामण छेत्री हरु लाई ठुल्ठुला कुराहरु गर्दै मा फुर्सद हुदैन अनि कसरि तिनले आफ्नो र समुदाय को बिकाश र हित गर्ने अनि / अब यिनीहरु कुनै दिन मतवाली जात भनिने जनजातिहरु को सेवा गरि आफ्नो जिबिका चलाउने अर्को जनजाती मा परिणत हुने छन् /ब्राम्हण छेत्री जनजाती संघ खोलेर यिनले आफ्नो अधिकार सु निश्चित गर्न फेरी उही थोत्रो राजनीति गरि ठुल्ठुला कुरा मात्र गर्छन / बस यिनको यहि दिनचर्या छ ब्राम्हण छेत्री को / अनि यिनमा एकता र एक आपस मा सद्भावना अनि सहयोग गरौ भन्ने भाबना चै छैन /खाली मै ठुलो सबै ले मलाई हजुर भनुन भन्ने भाबना भएका जाति भएको ले यिनीहरु को अवस्था खस्किदै गा छ /
शशांक लामा जी लाई लेखको लागि हार्दिक धन्यबात/हामी नेपाली जहाँ गए पनि आपनो सस्किर्तिलाई भुल्ने छैन/ जता सुकै लैजाउ यो मन त मेरो नेपाली हो.
हाम्रो देश समावेशी बन्नु नेताहरुको मुखै मात्र हो| सकारात्मक सन्देशको दुर्भिक्षमा शशांकजीका यस्ता प्रेरणा र सुचना मुलक लेखले यो ब्लग समयानुकुल समावेशी यात्रामा बढिरहेको देख्दा खुशी महसुस भईरहेछ|
अन्य सीमान्तकृत जात जनजाति सरह आफ्नै देशको राजधानीमा वाहुनवादले कुण्ठित पीडित हाम्रा शेर्पा बन्धुगणले अमेरिकाको न्यु योर्कमा प्रतिभा, श्रम र मेहनतको कदर गर्ने स्वतन्त्र र समतामुलक वातावरणमा निर्वाध रुपमा बेस्सरी फस्टाउँन अवसर पाए जस्तो छ|
बन्धुहरु अझ मौलाउन सकून र देशको अनि नेपालीको नाउँ राखून, यही कामना छ|
यस अर्थमा लेखक शशांकजी सिंगो नेपाललाई चित्रित गरेर पस्कन सक्ने हाम्रा दुमो सरह एकल आवाज भए पनि उनी त्रिशुली र मेची दुवै हुन्| पवित्र छन्, छर्लंग पार्दै आवाज चर्कै निकालेर बग्छंन र लेखाईको गुदी र शैलीमा पावर उत्पादन गर्ने क्षमता बोकेर स्ट्याचु अफ लिबर्टीको उचाई बाट सबैलाई आह्वान गर्छन|
आखिर मन त नेपाली हो|
टाशी देले!
-मन
म पनि सोलुबासी भएकोले सोलुखुम्बुको नाउँ देख्दा भाव विव्हल भएँ, लामाजीलाई साधुवाद | तर, फेरी मित्रले जातियताको कुरो घोलेर दाँतमा ढुंगा लगाउने काम नगरेको भए हुने थियो | अमेरिकाको अन्य शहर पनि छन् जहाँ शेर्पा, गुरुङ, तामांग, बाहुन, क्षेत्री मिलेर बसेका छन् केवल नितान्त नेपाली समुदायको नाम दिएर | ति मध्ये एउटा हाम्रै ‘ टोलेड़ो नेपाली समाज’ पनि हो | फरक के भने हामी १५ लाख डलरको कुरा छैन सोच्न पनि सक्दैनौ तर चाडबाडमा सबसंग जनही १५ डलर सम्म उठाउने गरेको चैं देखेको छु | खायर जे होश, हामी यसैमा खुशी छौं |
राम्रो कुरा गर्नु भयो शशांक ज्यु ! यता फ्लोरिडा तिर पनि थरि थरि का पार्टी छन्, काम धाम केहि गर्ने हैनन्, हाँक चाही ठुलै गर्छन | काम गरेर देखाउन भन्दा पनि काम गरे जस्तो झारा टार्ने तर तामाक-झमक चाही नेपालको व्हात्तै विकास गर्दिने जस्तो गर्छन तर ५०० भन्दा कम जनसंख्या पनि मिलेर बस्न सक्दैनन् — हुन त नमिल्ने जति उही नेता नेता मात्रै हुन् त्यहि पनि | अलि जनजाति कम र बाहुन-क्षेत्री (+ बाहुन वर्गकै नेवार) को घनत्त्व बढी भएर हो कि कुन्नि |
Sam जी ,तपाई को भनाइ अनुसार त नेपालीहरु ले जहाँ भए पनि जहाँ गए पनि आफ्नो जातीय पहिचान कायमै राख्ता रहेछन नि ,गौरब गरौँन /
पोखरेल सर अर्ध शिक्षा निकै खतरनाक हुन्छ मेरो प्रतिक्रिया रामरी पढ्नुस मैले यहाँ जातीय कुरा को बारेमा कहाँ के लेखेको छु ? हामी नेपालीहरुले पनि समयले ल्याएको परिबर्तन लाई आत्मसात गर्दै देश काल खण्ड र परिस्थिति अनुसार चल्न सक्यो भने हामी सम्पूर्ण नेपाली जगत को भलो हुन्थ्यो भन्ने कुरा मात्र हो । मैले बेल्जियम मा रहेका नेपालीहरु को सामाजिक अवस्था को सानो झिल्को मात्र राखेको हो ।
लेखकको शेर्पा सम्बन्धि ज्ञानलाई सलाम… राम्रो लेख्नु भएको छ !
——————————————————————–
मैले न्यूयोर्कमा देखे भोगे अनुसार; ‘शेर्पा गुरुङ तामांग लामा आदि’ मतवाली भनेर चिनिने नेपालीहरुको एक्यबद्धता, संगठनिक स्थिति र आर्थिक सामाजिक पहुँच हेर्दा अरु ब्राम्हण/क्षेत्री नेपालिहरु चाँही अमेरिकामा ‘नेपाली जनजाती’ जस्तो लाग्छ /
ब्यापार व्यवसाय होस् या पत्रकारिता, अफिस होस् या स्वरोजगार… उनीहरुनै अगाडी देखिन्छ /
शसांक Ji ले थपथाप परेर लेखलाई रोचक बनाउनु भयको जस्तो लाग्यो
शशांकजी, तपाईंको लेख पूरै पढेँ। तर एक ठाउँमा पुगेर मन ख्याच्चै भयो। कुइरे शब्द प्रयोग गर्नुभएको रहेछ जुन N-word सो सरहको रेसिष्ट (जातीय हिसाबले होच्याउने) शब्द हो। फरक यति हो, N-word अफ्रिकी मूलका मानिसलाई होच्याउन प्रयोग गरिन्छ भने कुइरे चाहिँ युरोपेली जातिलाई होच्याउने हिसाबले नेपालीले प्रयोग गर्छन्। दुबै शब्द वर्णका आधारमा गालि गरिने शब्द हुन्। त्यसैले अर्थका हिसाबले दुबै शब्द समान रेसिष्ट हुन्। यस्ता रेसिष्ट शब्द प्रयोग गर्न अमेरिका र नेपाल दुबै मुलुकमा कानुनतः वर्जित छ। कसैले तपाईंको अभिव्यक्तिलाई गंभीर रुपमा लियो भने अप्ठ्यारो पर्ला। तपाईं त अमेरिकामा बसिरहेको, लेख-सेख लेख्ने व्यक्ति – यति त थाहा हुनुपर्ने हो, तर कसरी चिप्लिनु भो कुन्नि?
लोकेन्द्र जी ले N – Word रेसीस्ट भनेर जसरि लेखक लाई पकड्नु भो, मैले चाई अलिक धेरै नै देखें, फलानाले १५ लाख मा संगठनको घर नै किन्न सके तर शर्माको नेतृत्व वाला ANA ले गफ मात्रै जोते केहि गरेनन भनेर भन्न खोज्नुको मतलब पनी तेस्तै तेस्तै नै लागो …जे होस् शेर्पा जातिको प्रगती सगरमाथाको उचाइमा पुग्ने गरि बढीरहोस………
लोकेन्द्र सरको स्मरण अलि कम्जोर भए जस्तो लाग्यो 🙂 शशांक सरले लेख्नु भएको छ नि त – ” म पनि दङ्ग पर्दै डेछ्याङ यसो चाखेको मात्र के थिएँ, थप्न आईहाल्थे। कति थपियो, त्यो गनेर साध्य भएन” त्यस्तै त्यस्तै बेलामा प्रस्फुटन भएको होला नि त यो लेखन l रिसानी माफ पाउँ है हजुर l
ये यहाँ बेल्जियम बस्ने नेपालीहरुको त मुखै मा जतिबेला पनि कुइरे कुइरे छ २ वर्ष आगाडी मैले पनि यहाँ नेपालीहरु लाई त्यस्तो नभन्न आग्रह गर्दा धेरै नेपालीहरुले मलाई उल्टै कुइरेलाई लाई कुइरे नभने के भन्ने त बडा कुइरेको चाकरी गर्दो रहेछ भन्ने जवाफ पनि पाएको थिए
बेल्जियम मा धेरै नेपालीहरुले बेल्जियम का नागरिक सरह बस्ने काम गर्न र अन्य विभिन्न सुबिधा हरु पाएका छ नेपालमा केहि नभएका कहिँ नबिकेका महिना मा ५००० रुपैया तलब पनि थाप्न नसक्ने थोत्राहरु लाई बेल्जियम ले गुन लगाएर प्रति महिना २ लाख देखि ५ लाख सम्म कमाउने स्थान मा पुराएको छ यहाँ सम्म कि कुचो लगाएर सडक बडार्ने सम्म का काम मा प्रति महिना ३ लाख रुपैया सम्म थाप्ने अबसर दिएको छ तर नेपालीहरु को न त जिबन शैली मा सुधार छ न त खान आउछ , न त बोल्न आउछ , न त २-४ जना भलाद्मी हरु भएको ठाउँ मा बस्न आउछ
कतै पार्टी मिटिंग या कुनै सार्बजनिक कार्यक्रम मा हेर्नु पर्छ धमिलो मैलो लुगा लगाएर भ्यात भुडी पल्टाएर मुख बाट र पिद बाट डकार्दै बसिरहेका हुन्छन , सोच मानसिकता रहन सहन खान पिन उठ बस केहि कुरा मा परिबर्तन छैन
मलाई त लाग्छ नेपाल र नेपालीहरु यो संसार भन्दा ५०० वर्ष पछाडी छ .बर्मा गयो कर्म संगै भने जस्तै नेपालीहरु जहाँ गए पनि भद्र र सिस्ट हुन कहिले पनि जानेन .
शशांक सरले कुन सालको लाप्सो को यात्रा बर्णन गर्नु भयो हजुर? २०१० को हो?
२०१३ को त पक्कै हैन l यो सालमा फेब्रुअरी २१ मा आइतबार परेको थिएन l फेरि वाल्देन गुम्बा परिसरमा सेताम्मे हिउँ पो परेको थियो l हजुरले राख्नु भएको तस्बिरमा त हरियो घाँस पो देखिन्छ गुम्बा परिसरमा l यसपालीको लाप्सो मा म पनि जाने मौका पाएको थिएँ l बस चढ्ने देखि लिएर फर्केर आउन्जेल हजुरले बर्णन गरे जस्तै रमाइलो भएको थियो l अनि बस चाहिं यसपाली १६ वटा थियो l २०१० को लाप्सोमा पनि एकजना महिलाले त्यो ध्वोजा गाड्ने लिङ्गो ठड्याउन क्रेन को sponsor गर्नु भएको थियो l अमेरिकामा बसोबास गर्ने नेपाली समुदायमा शेर्पा जाति सबै भन्दा अगाडी छन् भन्दा अतियुक्ति नहोला l सबै नेपालीले यस्तै प्रगति गरोस l
ललितजी! बर्षसंग के मतलव भयो र ? शेर्पाहरुको भब्य ल्हाप्सो महत्वपुर्ण होइन र !? सामुदायिक घर किनेको त हालसालै हो !
यो उत्तर ले शशांक लामा चुक्यो
लास्ट मा गएर, हिसाब किताब बदलियो त ?