-अरविन्द्र शाक्य-
इञ्जिनियरिङ अध्ययन संस्थान (इ. अ. सं.) ले वर्षेनी इ. अ. सं. र त्रिभुवन विश्वविद्यालय (त्रि. वि.) सम्बन्धन प्राप्त निजी कलेजहरुमा इञ्जिनियरिङ अध्ययनको लागि प्रवेश परिक्षा लिने गर्छ। यसपाली पनि करिब १२ हजार विद्यार्थी परीक्षामा सामेल भए, जसमध्ये करिब ८ हजार उत्तीर्ण भए। अर्थात् ४०% वा सोभन्दा बढी अङ्क ल्याउन सफल भए। यी विद्यार्थीहरुको सुची (योग्यताक्रम) इ. अ. सं.ले प्रकाशित गरेको हुन्छ।
कहाँ जान्छन् ती विद्यार्थीहरु?
योग्यताक्रममा अगाडि पर्ने करिब १ हजार विद्यार्थीले त्रिविका आंगिक क्याम्पस (पुल्चोक, थापाथली, पश्चिमाञ्चल र पूर्वाञ्चल क्याम्पस) हरुमा भर्ना पाउँछन्। अर्थात्, यी क्याम्पस नै विद्यार्थीको पहिलो रोजाइमा पर्ने गर्छन्। बाँकी विद्यार्थीले निजी कलेजहरुमा भर्नाको लागि आवेदन दिने गर्छन्।
करीब २ हजार भर्ना क्षमता यी निजी कलेजहरुको छ, जहाँ भर्ना गर्दा योग्यताक्रम अनुसार नै गर्नु पर्दछ भनी स्पष्ट रुपमा भर्ना निर्देशिकामा लेखिएको छ।
भएको के छ त?
निजी कलेजहरुमा केही सीमित संख्या छाडेर बाँकी भर्ना स्वार्थ अनुरुप रकमको चलखेलमा हुने गरेको छ।
अहिले यी निजी कलेजको पूरा ४ वर्षे शुल्क प्रति विद्यार्थी करीब रु.७ लाख ५० हजारको हाराहारीमा छ। तर भर्ना हुन पाउने नाममा योग्यताक्रममा पछाडि रहेका विद्यार्थीले १० लाखसम्म खर्च गर्ने गरेका छन्। त्यसैले अहिलेसम्म कुनै पनि निजी कलेजले आफ्नो भर्ना भएका विद्यार्थीहरुको योग्यताक्रमको सुची प्रकाशित गर्ने गरेका छैनन्। यसले विद्यार्थी तथा अभिभावकहरुको सुचनाको हक वञ्चित भएको छ। साथै योग्य विद्यार्थीलाई अन्धकारमा पारी, उसको दावी विरोध गर्ने अधिकार पनि खोसिएको छ।
स्वार्थ (दोष) के र कसको?
यसको पछाडि आर्थिक स्वार्थ जोडिएको छ। विभिन्न संगठनहरुको खोल ओढेका व्यक्ति (विशेषतः सम्बन्धित कलेजकै विद्यार्थी) हरु यस कार्यमा संलग्न छन् र आफ्नो गल्ती ढाकछोप गर्ने निहुँमा यसलाई छुट दिएका छन् सम्बन्धित निजी कलेजहरुले।
यसको लागि त्यस्ता विद्यार्थीहरुको खोजी गरिन्छ, जो रोजाइको इञ्जिनियरिङ विषयमा भर्ना पाउनको लागि धेरै भन्दा धेरै रकम खर्च गर्न तयार होउन् र यो काम त्यस्ता भर्ना गराइदिनेले नै गर्दछन्। अनि त्यस्ता विद्यार्थीबाट मोटो रकम (केही लाख) माग गरिन्छ। अनि कलेजलाई भर्नाको लागि दवाब दिइन्छ, भएन भने विभिन्न मागको नाममा कलेज बन्द र तोडफोडसम्म गरिन्छ। कलेजले पनि आफ्नो कमिकमजोरी (भौतिक पुर्वाधार लगायत पठनपाठनको विषयका कमीहरु) ढाकछोप गर्ने निहुँमा केही सिट भर्ना गरिदिने अलिखित सम्झौता गर्दछन् र हजारौं जेहेन्दार विद्यार्थीको भविष्य प्रति खेलवाड गर्दछन्।
अनि राष्ट्रबाट कुशल इञ्जिनियर उत्पादनको मुख्य जिम्मेवारी पाएको जिम्मेवार संस्था इ अ संले यसमा मौन स्वीकृती दिएर आफ्नो अख्तियारको दुरुपयोग गरिरहेको छ। साथै आफैले प्रकाशित गरेको विद्यार्थीको योग्यताक्रम सुचीलाई औचित्यहिन सावित गरेको छ।
यस प्रकारको भर्नाले असर कहाँ पर्छ त?
आजको दिनमा आएर विगतको वर्षमा भए गरेका यस्ता अस्वस्थ भर्नाहरुको नतिजा हेर्दा के देखिन्छ भने, मात्र २०% भन्दा थोरै विद्यार्थी सम्बन्धित विषयहरुमा उत्तीर्ण भैरहेका छन्। योग्यताक्रममा पछाडि पर्नु भनेको विद्यार्थीमा सम्बन्धित विषयको ज्ञानको कमी हुनु हो। उनीहरुलाइ भन्दा जेहेन्दार विद्यार्थीहरु जो योग्यताक्रममा अगाडि छन्, उनीहरुलाई प्राथमिकता दिइनु पर्छ। होइन भने त्यस्ता विद्यार्थीको भविष्यमाथिको खेलवाडले राष्ट्रलाइ नै दुरगामी घाटा पुर्याउँछ।
गर्न के सकिन्छ?
यसको रोकथामको लागि दुई पक्ष (इ अ सं र निजी क्याम्पसहरु) दृढ र आफ्नो अख्तियारीमा कटिबद्ध भएर नियम संगत कार्य गर्नु र गराउनु पर्यो। होइन भने तेस्रो पक्ष (पीडित विद्यार्थी तथा अभिभावक) न्यायालय तथा अख्तियारको ढोका ढक्ढक्याउन बाध्य हुनेछन्।
के यो अख्तियारको कार्य क्षेत्रभित्र पर्छ त?
पक्का पनि। इअसं, नेपाल सरकारको एउटा संस्थान हो। यसको काम कारबाहीलाई उस्ले लेखाजोखा गर्न पाउँछ। जहाँसम्म नियम संगत भर्नाको कुरा छ, यो गर्न गराउन नसक्नु इ अ सं को गम्भिर दुरगामी गल्ती हो र यसको मुख्य दोष निजी कलेज र डीनको कार्यालयलाई नै जान्छ। इ अ सं, डीनको कार्यालयले भिन्न भिन्न समयमा सफल इञ्जिनियर उत्पादन हेतुले दिएको सम्बन्धन प्राप्त कलेजबाट केवल असफल विद्यार्थीहरु मात्र निस्किरहेछन्।
तत्काल भर्ना समाधान के?
नयाँ भर्ना पछाडी पठनपाठन सुरु भैसकेको छैन। त्यसैले कम्तीमा पनि भर्ना भैसकेका विद्यार्थीबाट योग्यताक्रमको आधारमा विषय रोज्न पाउने अधिकार दिने हो भने पनि एउटै कलेजभित्र योग्यताक्रममा अगाडि परेका विद्यार्थीहरुले आफुले रोजेको विषय पढ्न पाउने छन् र केही हद सम्म उनीहरुलाइ न्याय हुनेछ।
यही न्यायको लागि हामी (म र मेरो साथी) विभिन्न कलेजहरुमा गएका थियौं। यदि यो समस्या समाधान हुँदैन भने आउनुहोस् हामी पनि न्यायालय तथा अख्तियारको ढोका ढक्ढक्याऔं। साथै यसमा नेपाल इञ्जिनियरिङ परिषद् को पनि सहयोगको अपेक्षा गर्दछौं।
[भर्नामा तपाईँले पनि यस्तो चलखेल अनुभव गर्नुभएको छ ? यो समस्याको समाधान कसरी होला ? कृपया यो विषयमा जानकारले तल कमेन्ट लेख्नुहोला। ]
नेपालमा फस्टाएको केहि प्रमुख ब्यापारहरु :
१) राजनीति प्रा लि – कम्तिमा १०० वटा जति राजनीतिक उधोगमा ३-४ लाख कामचोरहरुको रोजीरोटी निर्भर छ होला , यो उधोगको रोचक पक्ष चाही कुनै आर्थिक लागनी बिना आम्दानी गर्नु नै हो .. यो उधोगबाट आम्दानी गर्ने अदिकम्श टाउके नेताले तल उल्लेखित क्षेत्रमा पनि कहिँ न कहिँ लगानी गरेका छन् तेसैले पनि ब्यापार राम्रो छ .
२) स्वास्थ्य क्षेत्र :
३) सिक्षा क्षेत्र
४) बैंकिंग क्षेत्र
५) बैदेसिक रोजगार : ९०% गुन्डा , नेता,दलाल र माफियाको नियन्त्रणमा छ यो ब्यबसाय
६) गुन्डागर्दी, अपहरण र कला बजारी : नब धनाड्य उत्पादन ब्रिगेड हो यो पेशा चाही.. यो ब्यबसाय चरम सिमा सम्म पुगी सकेको छ .
यी फस्टाएका ब्यापारबाट ठगिने हामी सर्बसाधारण जनता
योग्यता क्रममा अन्तिममा पर्ने अनि पैसो खुवाउन नसक्ने बिद्यार्थी चाहिं कहाँ जाने नि?
प्रवेश परिक्षामा उतिर्ण भएको के तुक भयो त ?
Education system of Nepal needs a big overhaul !
कलेज पढ्ने बिद्यार्थी हरु लाई पैसो कमाउने रोग लागेको छ यो देस मा , राजनीतिक पार्टी को खोल ओढेर. पैसो पैसो भन्दा भन्दै जिन्दगि सखाप भाको थाहा हुदैन , पछि पचुतौनॆ बाहेक केहि विकल्प रहदैन अनि थाहा लाग्छ. समस्या को समाधान भनेको कलेज हरु राजनैतिक पार्टी को आम्दानी गर्ने ठाउँ हुनु भएन, अनि कलेज हरु लाई निगरानी गर्ने अनि बेबस्थित गर्ने सरकारी निकाय हरु जागरुक भएर लग्नु पर्यो. येस्तई हो भत्केको घर को बिग्रेको चाला भनेको.
………..अनी त्यस्ता निजो ईन्जिनियरिङ क्याम्पसहरुमा प्राए नामी प्राध्यापाक, सरकारी कर्मचारी, राजनैतीक नेताहरु अनी अझै उस्तै परे ईन्जिनियरिङ अध्ययन संस्थानका उच्च ओहदामा रहनु भएका महानुभावहरु कै लगानी हुन्छ।
तपाईंले उठाउनु भएको यस बिषयमा मुद्दा परेर सम्मानित अदालत र अख्तियारले केही गरे भने बेग्लै कुरा भयो नत्र त्रिभुवन बिश्वबिद्यालय, ईन्जिनियरिङ अध्ययन सस्थानको डिनको कार्यालय र विद्यार्थी संगठनबाट आश नगर्नुस । त्रिभुवन बिश्व बिद्यालयका उपकुलपती देखी रेक्टर,रजिस्टार, ईन्जिनियरिङ अध्ययन सस्थानको डिन सबै राजनैतीक दलबाट नियुक्त हुने आजको दिनमा तिनले आफ्नै पार्टीका मानिषहरुद्वारा खोलिएका उस्तै परे आफ्नै लगानी भएका कलेजहरुमा कुनै नितिगत परिवर्तन गर्न सक्दैनन गरी हाल्न खोजे भने तिन्को पद नै धराप मा पर्छ। यो कती गाह्रो हुन्छ भन्ने कुरा त चौधरी समुह नामको ब्यापारिक समुहले अर्बौमा राजस्व छलेको मुद्धामा अर्थ सचिबले रजिनामा दिनु पर्यो अनी रमाइलो त चौधरी समुहका बिनोद चौधरी संबिधानसभामा कम्युनिष्ट एमालेका तर्फ बाट सभासद थिए अनी एमालेकै अर्थ मन्त्री थिए भरत मोहन अधिकारी । अर्थात यो बुझी नसक्नुको चल्खेल हुन्छ भन्न खोजेको । अनी विद्यार्थी संगठन र त्यस्का नेताहरुको लागि त्यस्ता निजी कलेजहरु पढिन्जेल चन्दा लिने राम्रो माध्यम र पढी सके पछी त्यसमै जागिर खाने अर्को अवसर हुन जान्छ । त्यस कारण विद्यार्थी संगठनले पनि केही गर्लान भनेर सोच्नु मुर्खता हो ।
अब समाधान के त भन्दा म त भन्छु निजी कलेज हरु पुरै बन्द गरिदिएर सरकारी कोटा बढाउ बरु सरकाररी क्याम्पस मै डोनेशनमा पढ्ने को संख्या बढाउ तर निजी कलेज बन्द गर (साथी हरु असहमत हुन पाउनु हुन्छ)। अब यो भनेको चै अली पहिले पहिले माओवादीले भन्ने गरेको हावा गफ जस्तो सुनिन्छ (आज भोली माओवादी नेता कै लगानी छन कतिपय निजी स्कुल तथा क्याम्पस हरु मा अनी अध्यक्ष कम्रेड कि नातिनी त कहिले हो सेन्ट मेरिज स्कुल पढ्थिन रे है ) तर यथार्थ चै हामी संसारका गरीबमा पर्नेहरु का लागि यो भन्दा अर्को उपाय नै छैन । उदाहरणका लागि संसारकै धनी देशमा पर्ने जर्मनीमा ९०% विद्यार्थीहरु सरकारी बिश्व बिद्यालयहरु जान्छन भने हामी संसार कै गरीब मा पर्ने हरुलाई निजी नै चाहिने । मेरो भनाइ को अर्थ यो पनि होइनकी पैसा हुनेले खर्च गर्न पाउदैन, माजाले पाईन्छ तर शिक्षा र स्वास्थ्य जस्ता अती सम्बेदनशील क्षत्रमा पैसाले डिग्री आउछ भन्ने मान्यता स्थापित गराउन दिनु चाँही हुँदैन भन्ने हो।
अब यो सब कसले गर्दिने होला , प्रभु इशु ले त पक्कै गर्दिनुहुन्न, गर्ने हामीले नै हो आश गरौ कुनै “माइ” ले असल नियत भएको “लाल” जन्माई दिनु हुनेछ र हामीहरु नियती लाई धन्यवाद दिन सकौ ।
I do not know much about entrance exam for engineering students but recently come across the faulty system of TU BBA admission. The respective weights of 60 percent, 30 percent and 10 percent allocated to CMAT score, 10+2 score and interview score. I met a student who scored 75 percent in SLC but scored lower in 10+2 (because of tightening results) and CMAT exam. The student had been a class topper. Now, how would you justify that she is not capable to have entrance in local colleges, simply because she had lower scoring in CMAT and 10+2?
How can you justify admission on BBA program on basis of SLC results? There is nothing that says doing good in SLC is indication that the student will do good in BBA or any bachelor’s level program. +2 score would be better indicator for Bachelor’s level. Furthermore, 75% is not an exceptional result on SLC either. The student should have done better on CMAT as it is a better test to show how capable a student is for Bachelor level of studies in management rather than SLC.
अनि के जमानाको SLC को मार्कसको भरमा सँधै काम चल्छ त ?