कान्तिपुर दैनिकमा आज एउटा गजबको विज्ञापन छापिएको छ। एउटा सुगाको फोटोसहित बालुवाटार क्षेत्रबाट हराएको त्यो सुगा भेट्टाएर फिर्ता गर्नेलाई दुई लाख रुपियाँ पुरस्कार दिने भनिएको छ।
पशुपंक्षी हराउँदा यति धेरै रकम पुरस्कार दिने घोषणा गरिएको विज्ञापन यसअघि मैले देखेको थिइनँ। कहिलेकाहीँ कुकुर हराएकोमा ५० हजारसम्मको विज्ञापन देखिएको थियो। तर २ लाख पुरस्कार ?
को होला त यो २० हजार रुपियाँ+ भ्याट पर्ने विज्ञापन दिने मान्छे ?
विज्ञापनमा एउटा सम्पर्क नम्बर पनि दिइएको थियो। त्यसमा फोन गर्दा एक जना पुरुषले फोन उठाए।
फोनमा कुरा गर्ने बित्तिकै उनले इङ्ग्लिस प्लिज भने।
उनी रसियन रहेछन्। ‘मसँग धेरै सुगा थिए। यो चाहिँ मलाई एकदमै मन पर्थ्यो। त्यही हराएकोले मैले विज्ञापन छापेको हुँ’, उनले भने।
कहिले हराएको त ?
शुक्रबार
अनि तपाईँले पत्रिकामा छाप्नुभएको सुगाको फोटो तपाईँकै सुगाको हो कि गुगलमा सर्च गरेर अर्कै सुगाको हाल्नुभएको ?
हैन, मेरै सुगा हो। तपाईँले चासो राखिदिनुभएकोमा धन्यवाद !
उनले यसो त भने तर गुगलमा सर्च गर्दा भने ठ्याक्कै त्यही सुगाको फोटो पोर्चुगलको एउटा साइटमा भेटियो।
पोर्चुगलको साइट हेर्न यहाँ क्लिक गर्नुस्।
त्यो साइटमा मात्र हैन, अरु थुप्रै साइटमा पनि यही सुगाको फोटो देखिन्छ। यहाँ क्लिक गरी हेर्नुस्।
यसबाट प्रमाणित हुन्छ यो उसको सुगाको फोटो हैन, गुगल सर्चबाटै लिइएको फोटो हो।
कस्तो सुगा रैछ त यो ?
यो चिडियाघरको साइटमा लेखिए अनुसार मेक्सिको, दक्षिण अमेरिकाको मध्य र उत्तरी भागतिर पाइने Blue and Gold Macaw सुगा हो यो। ३ फिटसम्म उचाइ हुने रहेछ उनी। ८० वर्षसम्म बाँच्ने रैछ।
शंकास्पद कुरा
मैले फोन गर्दा उनले शुक्रबार हराएको र नभेटिएको भनेका थिए। अर्को पत्रकारले गर्दा चाहिँ चार घण्टा अघि नै भेटिसकेको भनेछन्
@salokya मैले फोन गरेको उनले ४ घण्टा अगाडी भेटाइसके रे । अनि फोटो गुगलको भन्दा होइन मेरै सुगाको हो रे । म नेपाल आउँदा हराएको रे । JPT
— PrakatKumar Shishir (@PrakatKumar) February 2, 2014
उनैले पहिले फोन गर्दा सुगा चार घण्टा अघि नै भेटिसकेको भनेका थिए। इमेल ठेगाना माग्दा र भेटौँ भन्दा पनि उनी तयार भएनछन्। आखिर किन ?
विदेशमा पनि महँगो पर्ने यो चरा सस्तोमा किनेर लैजान उनले यस्तो विज्ञापन त छापेका हैनन् ?
कि यो मान्छे चरा तस्कर भएर आफूले किनेको चरा लैजान हराएको भनेर यसरी नेपाली पत्रिकामा विज्ञापन छापेका त हैनन् ?
कुरा शंकास्पद छ। तपाईँ पनि माथि उल्लेखित फोनमा सम्पर्क गरी बुझ्न सक्नुहुन्छ कतै फरक कुरा त गर्दैनन् ?
यहाँ केहि फोटो हरु छन् ,मेरो साथी ले पोस्ट गरेको . यो चै सुगा भेटेपछि पैसा देको फोटो
https://www.facebook.com/photo.php?fbid=10202362390293568&set=pcb.10202362414734179&type=1&theater
खै हामीले हेर्न मिलेन नि त फोटो यसो http://tinypic.com मा अपलोड गरेर लिङ्क दिनुस् न
मैले पनि ई मानिस लाई भख्खरै कल गरे , खोइ तपाइको सुगा भेटाउनु भयो भनि सोध्दा , एस i allready found on sunday भने , अनि मैले सोधे it is real event or you compoes something drama , he said it was real . खोइ भन्न सकिन्न .
अनि आफै उडेर घर फर्केको हो कि कसले पायो दुई लाई भनेर सोध्नु भएन?
त्यो दुई लाख पाउनेले भ्याट कर तिर्नु पर्यो नी!
जवाफ दिनु नदिनु उसको काम हो र त्यसै बाट लख काट्न सकिन्छ के हो भनेर| फोन हानेपछि सोध्नेले त् सोध्नु पर्यो हैन र?
एक दुई चोसे जातहरु बाहेक धेरै जसो हामी नेपाली अरुको चीलाई र कनाईमा त्यति चासो राख्दैनौ| तर बिज्ञापन नै दिएर राखेपछि त् चासो लिनैपर्यो क्यारे|
कर विभागमा पनि कसैले खबर गरिदिए हुन्थ्यो|
ल यहाँ छ केहि फोटोहरु,,
क कुरा सत्य हो चै मलाई नि thaha छैन, मेरो साथी को office अगाडी भाको घटना भएको ले उसले share गरेको थियो facebook मा.
http://imgur.com/lMCwcHU
http://imgur.com/ol89rvH
http://imgur.com/4D2re8W
http://imgur.com/QMww46u
http://imgur.com/ADIFi4U
http://imgur.com/l135hqL
यो बुढा ेपालमा केटि खोज्न आको हो| ुन मान्छेले सुगाकोलागि २ लाख दिन्छ, त्यो त पक्कै मालामाल हुन्छ भनेर केटीहरुले फोन गर्लान भनेर यो ad देको हो| Internet मा भाको सुगाको फोटो दिए त कसैले पाउनेनै भएन अनि पुरस्कारपनि दिनु परेन| सस्तैमा केटि पटयाउने बाटो खोजेछ, सबैलाई चेतना भया||
कति तिष्ण बुद्दि ! कत्रो गहिरो सोच |
बीमा पाउने दाउ पनि हुनसक्छ ! बिचार गर्नु !
यी रसीयनले त्येती कै खेलबाड दील्लगीको रुपमा राष्ट्रीय दैनिक पत्रीका जस्तोमा बिज्ञापन छापेर Rs – दूइलाख ईनाम भन्नु- नेपाल र नेपालीलाई होच्याउन खोजे जस्तो छ- यी कुरोको सत्य तथ्य बुझेर हैन रहेछ भने- राम्रो चेतावनी र सजक बनाउन जरुडी छ-
रत्नपार्क भित्र पनि सुगा हरु भेटि ने गर्छ हरे तेता जानु भय हुन्छ !
रसियन पनि दरिद्र नै हुन्छन , तेत्रो पैसा हाराएको भनिएको सुगा मा ?
त्यो मान्छेको बारेमा रिसर्च गर्नु पर्यो है |
सस्तो हो त्यो दाम अझ धेरै महँगो पर्छ नत्र यहाँ हेर्नुस http://parrotsindia.blogspot.in/2012/01/parrots-price-in-india.html यसमा छ सस्तो महँगो दाम
यो जति सतह बाट हेर्दा देखिन्छ त्यो भन्दा गहिरो कुरा छ जस्तो लाग्यो|
दालमे काला है|
अरु खोजी र फलो अप गर्न आवश्यक छ|
पाईए कँहा पाइयो र कस्तो खाले सुगा हो त्यो पनि बुझ्न पर्यो|
कतै सुगा को जिउ भित्र लुकाएर drugs लैजाने कारोबार त होइन ? उसले surgery गरेर drugs राखी सकेको चरा भाग्यो कि ?
सोच्नु होस् legally India मा किन’न भा रु १,३०,००० अर्थात् नेपाली २ लाख आठ हजार् पर्दछ भने यो russian ले इंडिया बाट किनेर नेपाल बाटो भएर पनि तस्करी गर्न सक्दथ्यो !!! किन बिज्ञापन मा त्यत्रो खर्च !!!
पाइसकेको भए पैसा त भने आनुसारको तिरे होला नि . कहाँ र कति तिरेछन पतता लगाउन तिर पो लाग्दा बेस होला है !
अब भोलि कसैले- चितवन मा मेरो घर नजिक बाट एउटा ठुलो खाग भएको गैडा हराएको छ, ल्याऊ ने लाइ रु येति पुरस्कार भनेमा अस्चार्ये नपरे हुन्छ.
गैंडाको खाग के हो, खाग राख्नेलाई कानुनले कसरि हेर्छ भन्ने सम्म पनि नबुझेको तिम्रो जस्तो दिमाग हुनेले मात्रै यस्तो गर्ला !
यहालाई मुरी मुरी धन्यबात उमेश जी
यहाको यो लेखले यो भन्छ कि नेपालमा पुरै अच्य्चित र लाटा र अबुजहरु मात्रै छैनन
किनकि एउटा विज्ञापनको पछि गूग्लेमा हेरेर अरु देशहरुको भन्दा मिठो र सरल तरिकाले अरुलाई ब्लग खबरबाट जानकारी गरिन्छ. तर बिचरा तो मोरो रुसिअयेन किन रौसियो था
भएन तर हामी नेपालीको jukti बाट पक्कै चुक्यो मोरो .
पहिले – पहिलो बिदेशीको सुगाहरु ठमेलतिर पाईन्थ्यो , अहिले नयाँ बसपार्क र जताततै नेपालीहरुको सम्पार्कमा पनि आउँन थालेकाछन भन्ने सुनेकोछु |
कस्ता कस्ता बहुमुल्य पुरातात्विक मुर्तिहरु त सूटू-सूटू बिना बिज्ञापन विदेश पुगिसके . यो नाथे सुगा विदेश लान कै लागि सबैको आँखा अगाडी देखाएर यत्रो बिज्ञापन गरेर लान लाको रैछ . किन टाउको दुखाइ गरि राको भन्या .
this poor guy could not found a same kind of parrot so he tries to get one without going out from the house.
हाहा हामी धेरै संकालु भैसक्यौ,तर के गर्ने समयनै त्यस्तै छ हगि ?
तर पढ्दा रमाइलो लाग्यो,
सालोक्यजीमा कुनै पनि घटनालाई चर्चामा ल्याउने जुन क्षमता त्यसको म
प्रसंशा गर्न चाहन्छु l
धन-दौलत भएका मान्छेहरुलाई दीन-दु:खीहरुको भावना माथि खेलवाड गर्न अती आनन्द आउछ I यो अरु केहि होइन, त्यसैको एउटा अंश हो I
रसियन-इटालियन हरु अलि त्यस्तै तेस्तै हुन्छा है .. माफिया !!!! पैसाको लागि अनेक ट्रिक लगाउछन इनले …
यो इन्सुरन्स क्लेम को लागि गरिएको बिज्ञापन हो
yep the way this man is behaving, does not sounds good.
त्यो सुगा को बारे मा हैन, बरु त्यो मान्छे को बारे मा जानकारी निकाल्न पर्यो.. नेपाल मा के काम गर्छ अनि यो सुगा तेस्को भए कंह बाट ल्याएको थियो .. पाल्ने अधिकार थियो कि गैरकानुनी रुप ले पालेको थियो?
Russian Embassy ko employee rahechha tyo(may be ambassdor) Primeminister quarter ko Army men le bhetaaaeko rahechha & Rs 200000/- ko cheque liera SUGA firta garisakechha
अति संशय गर्ने बानी पनि खराब पो हो कि बरा उसको प्रिय सुगा हराएको पनि त हुन सक्छ .
प्रिये सुगाको तस्बिर गॊगल – सर्च बाट तान्नु र ढाट्नु बात, अप्रिय बिचार त जस्लैपनि आउछ
बालुवाटार बाट हराएको, सुगा हो कि प्रधानमन्त्री? हराको त उहिले हो, बल्ल खोजि हुदैछ… 🙂
भारतीय दुताबास मा खोज्न गए फरक्पर्दैन
अचम्म छ बा………… यहाँ पो देखे त हौ मैले यस्तो ठ्याकै रङ्ग सबै भएको सबै मिलेको उस्तै देखिने कत्ति छ छ
कतै यहाँ त आइ पुगेन………
यो जस्तै कत्ति पाइन्छ……. पाइन्छ………….. गल्फमा सुगाहरु
अझ गर्मी मौसम आओसन………….. अनि देखिन्छ ……….
यो code भाषा मा communicate गर्ने मध्यम हुन सक्छ/
मैले आफ्नो कौशी मा देखेको थिय/समात्न खोजेको उड्यो/त्यो कतै उडेको ६. देख्ने ले कति पौंच त?
This man has not lost the parrot he wants to buy such parrot coz he choosed a internet parrot picture. if you dont belive here is a link abt those parrot price.
or might be he is a birds trafficer who announces to buy a macau parrot in a cheap price of 2 lakh nepali.http://parrotsindia.blogspot.in/2012/01/parrots-price-in-india.html
see here abt the price.