चोरलाई कस्तो सजाय दिने? मापदण्ड फरक फरक होलान्। तर तीन जना नाबालकलाई चोरीको आरोपमा इटहरीको आँपगाछीका स्थानीयले दिएको सजाय भने डरलाग्दो छ। पत्रकार कृष्ण भुल्केली भट्टराईले फेसबुकमा सार्वजनिक गरेको फोटो र भिडियो हेर्नुस्।
A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media
http://www.ekantipur.com/np/2070/11/16/full-story/384894.html
कडा भन्दा कडा कारबाही गरिओस ती चोर हरुलाई जस्ले नाबालक लाई एस्तो दण्ड दिए
जुन चोर तेस्यको ठुलो सोर हुन्छ की कसो हो इटहरी तिर त . यदि हामी बिर नेपाली हौ भने ती चोर हरुलाई कारबाही गर्नुपर्छ जसले देशलाई खोकोलो पार्देछन .
हामी वीर नेपाली …… आफ्नो वीरता देखाको क्या.
तेस्तो गर्ने लाई जेल र त्यहाँ उभिएर हास्ने लाइ सुधार गृह मा हाल्नु पर्ने ….नालायक हरु
कहाँ गए हरिया नोट र निला प्लेट हरु ? राता झोल मा मस्त छन् कि क्या हो?
बालक हरु लाई सजय हैन, उचित मार्ग को ज्ञान र माया दीउ । एसरी तिरस्कार र मानसिक, सामाजिक र शारीरिक यातना ले राम्रो सन्देश जादैन, बाल मानसिक्तामा.
यी बालकहरुलाई एस्तो सजाय दियको देखेर, सारै दुख र पिडा भयो मलाई,कस्ले गरायो यी
नानी हरु को यस्तो हालत,???..कस्ले बाध्यो यसरी.????…. कोहो त्यो माहा अपराधी,तेस्लाई आफुले गरेको गल्ति को,पश्चाताप छकी छैन ? तेस्लाई सजाय दिनु पर्छ, तेस्को पनि mysansar नाम र फोटो सहित सार्बजनिक गर्नु पर्यो, ताकी अरु बाल बालिकालाई भबिस्यमा यस्तो बेब्हार नगरोस..
देशका ढुकुटी चोर्ने ठुलाहरू लाइ सजाय दिन नसक्ने लाक्षी जनताहरुले यस्तै निमुखा साना नानीहरुलाइ सजाय दियर आफ्नो पुरुषार्थ देखाउछन |
केटाकेटीहरुलाई शिक्षा बाट समस्याको समाधान गर्न सहयोग गराउनुको सट्टा त्यसरी तमासा देखायर बेइज्जत गराई भविष्यमा देश चलाउने नया कर्णधारहरु तयार पार्दैछन इटहरी बासीहरुले |
हैन यो आँपगाछी, बेलबारी, ईटहरी तिर कस्ता मान्छेहरुले बास गर्छन होउ ! आदिम सभ्यतामा खुबै लगाव छ जस्तो छ ! बालक र वृध्द प्रति अन्याय गर्ने बथान पशुको मात्रै हुन्छ मान्छेको होइन |
हाम्रो साथीले , यो video र फोटो , विदेशीलाई देखाको त, बिदेशी हरुले यस्तो भनेको : “नेपाली हरु त् सानै देखि चोर हुदो रहेछ भनेको .
झुक्केर कतै तपाइंको बच्चा बेलाको फोटो पो पर्यो कि — तेइ भएर भन्या होला ? एकपटक चेक गर्नुस त!
हाम्रो Nepal राम्रो Nepal कहिले हुने हो
हे कृष्ण ………….
थुक्क असभ्य पशु नेपालीहरु ! ती बालकलाई साच्ची कै अपराधी बनायौँ !!
साथी हरुले विदेश बसेर जति आदर्श खोके पनि देश मा बसेर यो आदर्श लाई व्यवहार मा उतार्न सिकाउने चाई कसले हो ………………काम नराम्रो हो तर यहाँ तरिका यस्तै छ !!!
ति बालक हरु लाई दण्ड हैन समाज ले उचित ज्ञान र सहि र गलत के हो तेस्को पो ज्ञान दिनु पारो न कि दण्ड दण्ड ले मान्छे सहि हुने भए किन जेल र प्रहरी चाहिन्छ ????
यहाँ, राष्टको ढुकुटी चोर्नेहरु,
यहाँ, बाटो, पानी र उज्यालो चोर्नेहरु,
यहाँ, कमजोरका न्याय चोर्नेहरु,
यहाँ, भोकाको गाँस चोर्नेहरु छन्,
तिम्रै अगाडि मुुसुमुसु हाँस्दै हिँडेका छन्,
सक्छौ भने तिन्लाई सजाय देऊ,
बच्चाहरुले त गल्ति गर्छन्,
गल्ति नगर्ने पनि बच्चा हुन्छन् ?
बच्चाहरुले घृणाले होइन,
प्रेमले सिक्छन् थाहा छैन तिमीलाई ?
It’s really, ill-treatment, who has right to punished in this way, perpetrator should be punished. It is violation of Child Rights Act, 1992 and CRC 1989
यो अतिनै दुर्भाग्यपुर्ण गलत तरिका हो |
भलै यिनीहरुले चोर्ने काम गरे रे, यिनीहरु त नाबालक हुन् | नाबालक बच्चाहरुलाई यसरी सार्बजनिक ठाउमा सजाय दिने अधिकार कसले दियो?
यो ठाउँमा पुलिस प्रसासन छैन? अलिअलि पढेलेखेको मान्छेहरु पनि बस्दैनन्? जसले यस्तो अमानबीय, जंगली कार्यलाई रोक्ने प्रयास गरोस !
यस्तो अमानबीय कार्य गर्नेलाई तुरन्त समातेर सजाय दिनुपर्छ |
सानो बालकहरुलाई येसरी सजाए दिदा उनीहरुमा झन नकारात्मक असर पर्न सक्छ|
I think this is terrible. The one who punished those kids should be punished in a similar manner. Nepali people are turning into medieval age. What a shame?
जसले येसरी ति नाबालक हरु लाई बाँधेर सजाय दिएको छ तिनी हरु लाई पनि येसरी नै २४ घण्टा बंदेरा उव्यायेर सजाय दिनु पर्छ अनि बल्ल उसले थाहा पाउछ !
कति नै चोर्यो होलार बिचरा तिनि हरुले ?
धीककार छ ति तमासा हेरेर बस्ने छिमेकि हरु !
समाज अशिक्षित हुनुको परिणाम हो यो । बिचरा नाबालकहरुलाई यसरी सजायँ दिनु भनेको महा भूल हो र जसले नाबालकहरुलाई यसरी सजायँ दिलाएको हो त्यसलाई कडाभन्दा कडाको सजायँ दिइनु पर्छ । यी बालकहरु भर्खर १२ तेह्र बर्षका देखिन्छन् । १६ बर्ष नकटुन्जेल उनीहरुले गरेको हरेक कुकार्यलाई लिएर यस किसिमको सजायँ दिइनुहुन्न । यदि उनीहरुको कार्यले कसैले घाटा ब्यहोर्नु पर्यो भने उनीहरुको अभिभावक वा सम्बन्धित क्षेत्रमा गई न्याय लिइनु जायज हुन्छ ।
१. कसैले अपराध गरेको ठहर नै भए पनि समाज वा जनसाधारण वा प्रहरीलाई समेत दण्ड दिने /तोक्ने हक हुदैन र यदि कसैलेत्येसो गरेमा उ स्वतः दण्डको भागि बन्छ /
२. उमेर नपुगेको नाबालिग हरु ले गरेको कुनै पनि घटनालाई “अपराध” भन्नु पाइदैन, त्येस्ता वारदात हरुलाई केवल “गल्ति” भनेर भनिन्छ /
३. अपराधीलाई त् दण्ड दिन नपाउने स्थितिमा केवल गल्ति मात्र गरेको आरोप लागेको नाबालिग हरुलाई ढुंगेयुगिन दण्ड दिने “वास्तविक अपराधीहरुलाई” कारबाही गर्न कसले रोक्यो प्रहरी प्रशासन ?
—————————————————–
बर्तमान पुर्बाञ्चल प्रहरी प्रमुख DIG नवराज सिलवाल प्रहरी प्रशासनको योग्य मध्ये पनि उत्तम अधिकृत हुन् जस्तो लाग्छ, उनको नाकै मुनि यस्तो वारदात हुदा त्यी बास्तबिक अपराधि (तथाकथित दण्डधिकारि) उम्कन पाउदैन होला भन्ने पूर्ण बिस्वाश छ | ………जदौ नेपाल /
यी बालकहरु ले जति नै ठुलो चोरी गरेको भए नि यस्तो कठोर सजाय दिनेहरुलाई नेपाल सरकारले चाडै नै कडा भन्दा कडा सजाय दिओस !!
ती बालक हरुलाई उचित शिक्षा र आवासको व्यवस्था र सो कार्य गराउनेलाई तुरुन्त सजाय को आवाज बुलन्द पारेर कार्यान्यन गर्न सके सोसल मेडियाले अर्थ राख्थ्यो .
है…. म त्यसै चोर बनेको होईन, यहि समाजले मलाई चोर ,गुन्डा बनायो | राजेश हमालको यो डाईलक , यी साना नानीहरुलाई उचित शिक्षा वा भनौ घरको पारिवारिक राम्रो बातावरनको कमिलो यस्तो हुन गयो, यसरि अमानविय रुपले सजाय दिनु अति दुर्भाग्यको कुरा हो | यसले गर्दा नानीहरुको कलिलो मस्तिकमा नकारात्मक असर पर्न जान्छ ठुलो भएपछी बदलाको भावनाको सोच पनि राख्न सक्छन |
मानिसको राम्रो नराम्रो आचरण हुनुमा उसको वोरिपरिको सामाजिक वातावरणको ठुलो हात रहेको हुन्छ अब यी नाबालकहरुको मनमा त्यो समाजप्रति कहिले राम्रो विचार सद्भाव र दयाको भावना जगला कदाचित …बरु तिनका मनमा अब रिस बदला जस्ता नकारात्मक भावनाले समाजलाई हेर्ने छ र यो तेहाको समाजले भोलि भोग्ने छ..अस्तु
जो होचो उसैको मुखमा घोचो | नर नै पशु भए पछी ति बालक भबिस्यमा के बन्लान ? प्रशासनले ति बालक पीडकलाइ कारबाई गरेको ब्लग चांडै पढ्न पाए दिल खुस हुन्थ्यो |
दण्ड सजाय को गलत इस्तेमाल भयो |
उनीहरुलाई ज्ञान , सिक्ष्या र उचित तालिम को आवस्यकता छ |
नेपाल मा कानून भन्ने कुरा पनि छ? यदि vigilante Justice नै चल्ने भए त्यत्रो खर्च गरेको बहएको अदालत को के काम भयो? त्यै माथि बालबालिका माथि यत्रो ठुलो अपराध गर्ने हरि अझै पनि पक्राउ परेका छैनन्?
कलिला उमेरकाहरुलाई यस्तो सजाय ठिक लागेन| यसले सुधार आउने छाँट देखिदैन|
बरु माल, भन्सार, अध्यागमन, अड्डा अदालत र सरकारी गैरसरकारी कर्मचारीहरुलाई
घुस खाएको साबित भए यसरि जनता समक्ष घुमाए हुन्छ|
चिरन्जीवी वाग्ले, खुमबहादुर, जयप्रकाश गुप्त, आदिले जेल बसेर केहि सिके होलान?
गोबिन्द जोशी अहिले पनि भाले भएर पैसा खर्च गरिरहेको छ|
जब देशका अगुवा हरु नै हद भ्रष्ट भए पछि अरुको के अपेक्षा गर्ने?
जाँचमा चोरेर वा चोराएर डिग्री लिएर, छात्रवृत्तिमा अरुलाई छलेर अनि नातावंदी गर्दै पास गराएर सुखले सरकारी जागिर खानेहरुको मुहार उज्यालोमा हेर्नुस त्? उनीहरुका छोराछोरी नाता नाति अहिले अमेरिका र अष्ट्रेलिया तिर गएका छन्|
अझ उल्टो घुसमै पालिएर हुर्के बढेका पढेकाहरुले ठुलो शोर गरेर घुसखोरी राजालाई ढाल्ने हामी हौ भनेर दावी गर्छन भन्ने सुनिएको छ|
त्यस्ताहरुले यँहा रातो टीको लाउन नबिर्सनुहोला|
|
हरेक समाजलाई उसका युवा पुस्ताले उचीत ढंग ले व्यवहार गर्ने गर्छ, सानो चोरी को सजाय मृत्युदण्ड दिने भए कसैले चोरी नै गर्ने थिएन|
घरबार नभएको टुहुरा बालकहरुलाई सहि व्यवस्थापन गर्न नसक्ने समाज अनि सरकारलाई दण्ड दिने पनि कुनै अधिकार रहन्न|
सजाए होइन अमानवीयता हो
सजाएको यो अति नै गलत र अमानवीय तरिका हो। यो तरिकाले यी बालकहरुमा सुधार होइन, अझै गलत कार्य गर्न उत्प्रेरणा प्राप्त हुन्छ। बरु उनीहरुलाई सुधार गृह त्यो नभए सल्लाह सेवाम पठाउनु उचित हुनेछ।
बी अधिकारी
बलकाले गरेको गल्ति के हो ? बिना गल्तीमा यस्तो सजाय दियको व्यक्तिहरु रहेको समाजमा कतिको निमुख मानिसहरु बस्तो रहेछ के तिनी हरुको समाजमा बालबच्चा बिनाको समाज हो त?….
प्रवेश लामा
अनुहार हेर्दा माया लाग्छ, व्यवहार बुझ्दा ठिकै हो जस्तो लाग्छ ।
हे भगवान यो mysansar . com मा पनि के के देख्नु पर्ने हो
तर फोटोमा भएका ३ जना नाबालक हुनुपर्छ तेसैले एस्तो सजाए दिनेलाई अति ठुलो आर्थिक जरिवाना र यो भन्दा ठुलो सामाजिक जरिवाना दिनुमा २ मत पक्कापनि हुदैन
आँपगाँछीका मानिसहरु अझै ढुङ्गे युगमा रहेछ ! हरे! के गर्या होला ति बालकहरुलाई !!
अब घुस खाने, ठुला ठुला फ़याउरे गुण्डा; नेतालाई कारबाही गर्न नसक्ने देशमा, सानो झोले चोरहरुले सजाय पाउने त हो नि येस्मा कुनै आश्चर्य नै छैन.
बाध्ने मान्छे लै तेसै गरि बाध्नु पर्छ.
हे भगवान हामि नेपालीलाई सद्बुद्धि देउ | बालबालिकालाई यस्तो सजाय दिएर एकछिनको आत्मसन्तुष्टि त प्राप्त होला तर यसले भविष्यमा समाजमा पर्ने नकारात्मक असरको लेखजोखा कसले राख्ने ?
यी बालकहरुलाई एस्तो सजाय दिनु गलत त हो नै र उनीहरुको तस्बिर येसरी सामाजिक संजालहरुमा खुल्ला रुप ले राख्नु अर्को गल्ति हो. कम से कम अनुहार नदेखिने गरि pixelate गरि राख्नु पर्थ्यो.
तपाई विदेशमा बसेर e -युगमा बसेर वेस्टर्न विचार बाट बोल्दै हुनुहुन्छ | ती इटहरीका बलाखालाई इन्टरनेट मा राखून कि facebook मा केहि मतलब छैन|
पहिला परिवेश बुझुनु पर्यो |
This is not about if the boys (children) will see their photos on facebook or internet. It’s about the attitude you carry. One wrong doing can never be justified by another one.
महाशय,
तपाईले मेरो आशय बुझुनु भएन जस्तो छ . e- युगमा यी बालक हरु को फोटो सामाजिक संजालमा राख्नु लाइ ढुंगे युगमा बाधेर नगर परिक्रमा (वा देश परिक्रमा ) संग दाज्नु सक्नु हुन्छ . एसले गर्दा यिनीहरुको स्वच्छ राम्रो भविस्य बनाउने मौका गुम्न सक्छ.
यदी मा अहिले ढुंगे युगमै भएको भए नि यी कुराको बिरोध गर्थे.
दुइ सब्द नलेखी मन बुझेन,
श्री हरिहर जी, निम्न लिखित कुरो ### येस्तै मानसिकता —-”ती इटहरीका बलाखालाई इन्टरनेट मा राखून कि facebook मा केहि मतलब छैन| पहिला परिवेश बुझुनु पर्यो |”
हो येस्तै खालको मानसिकता भएको मै हु भन्ने जमात, ले गरेर हाम्रो देश खाल्डो मा जाकि एको हो , कुरो सिर्फ़ सन्दर्भ र पात्र हरु को हो ,
श्री हरिहर जी, ले ति बलख अनि इटहरी अनि परिवेश भनेको झैँ हाम्रा नेताहरु भनौदा ले यी नेपाली मुक दर्शक जनता …नेपाल जस्तो गरिब देश ….परिवेश येस्तै हो बुझ्नु पर्यो भनेर , सजाय दिरहेका छन् ,
देश मा श्री हरिहर जी (श्री हरिहर जी MENTALITY ), जस्तै को जगजगी अनि बोलवाला छ !
अब तपाई हरु ले बिदेशी को चाकडी गरेर माथि पुगेको हेरुम न त हामी पनि ….. गफ गर्न त मजा आउक्ष नी …. विदेश मा बसेर नेपाल खाल्डो मा गयो भन्ने हरु आएर चन्द्रमा मा पुर्येअ भैगयो नी माइ संसार को ब्लग मा कमेन्ट गरेजस्तो सजिलो र६ की के रछ थाहा भैहल्क्ष नी
हरे शिव!! नेपाली भन्न पनि लाज लाग्छ यार!अज्ञानता को परिणाम हो यो!!
येही कारणले गर्दा समाज सिक्छित र सभ्य हुनु जरुरि छ .. अज्ञानता को परिणाम हो यो ! यी नानीहरु को कलिलो मस्तिस्कमा एसको गलत असर पर्छ र भविस्यमा उनि हरु गलत आचरण मा पुग्छन ..