-एल कार्की-
वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा अहिले स्वदेशी तथा विदेशी गैरसरकारी संस्थाहरु (एनजिओ र आइएनजिओ)को बाक्लो उपस्थिति छ। राहत र पुनर्निर्माण को लागि आएका यस्ता संस्थाहरु राहत वितरणमा संलग्न पनि भएका छन्। अल्पकालीन रुपमा यस्ता संस्थाबाट केही सहायता मिले पनि दीर्घकालीन असर छाडेर जाने निश्चित देखिन्छ। अहिले नै केही विकृति देखिन थालिसकेको छ
१) गाडी भाडा
भूकम्पअघि एक दिनको गाडीभाडा रु. ६ हजारदेखि ८ हजार रहेकोमा हाल सबैजसो गैर सरकारी संस्थाले रु. १५ हजारसम्म गाडीभाडा दिएर चलाउन थालेका छन्।
गोरखा बजारमा अन्य पसलेहरुले सामान ढुवानी तथा अन्य कामको लागि ट्रक र जिप पाउन हम्मे परेको छ। पाइ हाले पनि यिनै एनजिओ र आइएनजिओहरुले तिरे बराबर रकम तिर्नुपर्ने बाध्यता छ। यी एनजिओ आइएनजिओहरु सँधै रहने त हैनन् तर गाडी भाडा तथा महंगी छोडेर जाने भए। केही गाडीवाला साहुहरुलाई फाइदा त भएको होला तर सर्वसाधारणले यो सँधै तिर्न सक्लान्?
२) घर भाडा
अर्को समस्या घरभाडा को हो। रु.२ हजारदेखि ३ हजारसम्म पर्ने कोठा भाडा हाल रु. ८ हजार पुगेको छ। ३ — ४ कोठा भएको फल्याट को रु. २५ हजारदेखि ३० हजारसम्म दिइरहेका छन्।
घरबेटीले डेरावाल निकाल्ने मात्र नभई आफै टहरा बनाई घर नै भाडामा दिने क्रम बढ्दो छ। जग्गा भएका त टहरामा जालान् डेरावाला कहाँ जाने?
३) खेतबारी बाँझै
डलरले गोरखा बजारमा हरियाली बढाएको छ। धेरै नेपालीको हातमा डलर देखिन्छ। लाग्छ नेपालीले नेपालमै डलर कमाउन थालेका छन्। तर खेतबारी त बाँझै देखिन्छ। गोराको डलरले नेपाली अल्छीको पाटे हुने भए।
यस्तो चरम महँगी बढाउँदा पनि प्रशासन कानमा तेल हालेर बसेको छ। गोराको पैसा हो सकेको बेलामा र पाएको बेलामा खाँदा फरक पर्दैन भनेर होला। तर सरकार, गोरा त सँधै बस्दैन होला? बसे पनि नेपालीले उनीहरु जति रकम तिर्ने औकात राख्दैनन् होला। कि सरकारले नेपालीको औकात बढाइदिने हो? कि गोरखामा गोरा आएपछि नेपाली बस्नै पर्दैन?
गाडीभाडा र घरभाडामा बेलैमा निगरानी नगरे भूकम्पले भन्दा धेरै मान्छे पाल र टहरामा पुग्नेछन्। अनि नेपाल पाल नै पाल को देश हुनेछ है।
पैला नेताहरु मगन्ते बने अनि त्यसपछि ऐले जनतालाई मगन्ते बनाए| खोई त्यो नेपालीको ठुलो सम्पति –गौरव र आत्माअभिमान?
सरकारी ढुकुटीबाट तलब भत्ता खुवाउने पीएलाई राहत सामग्री बाँढ्ने भन्दै भ्रष्टचार गर्न दिने अर्थमन्त्रि भए पछि अरु के चाहियो? पीए को रे भन्दा त् आफ्नै मान्छे त्यही माथि जिल्ला कांग्रेसको सचिव रे| बिजुली नै रहेछ बिजुली मिस्त्री न ठहरियो| जगदीश नर्सिङ्ग केसीले पनि रामशरणलाई ताकेर पीएलाई मुख धुलाई दिए| यस्ताहरुले राहत होइन आहत मात्र दिन्छ|
हाम्रो मुलुकमा जनतालाई अनुप्रेरित गर्ने नेतृत्वको काकताली परेको धेरै भयो|
दरिद्री, द्रब्य पिचासहरुले एस्तो विषम परिस्थितिमा महंगी बढाउनु नेपालमा कुनी नौलो कुरा होयिन/ एस्तो संबेदनसिल कुरामा हामी सतर्क हुनु पर्छ/ जनस्तरमा नै एसको समाधान खोज्नु नै राम्रो होला/ सरकार त् जहिले पनि निरिह थियो र रहने छ/ सरकारको मुख ताकेर महंगी नियन्त्रण होला? नेताहरुलाई सरकार बनाउने र गिराउने खेलमा नै फुर्सद छैन/ जनताहरुलाई अहिले बास, गास र कपासको समस्या छ/ के उनीहरुलाई भुकम्प पिडित जनताहरुको वास्ता छ त?
सदासयता र उद्दारकानाममा आएका आइएनजिओहरू नेपालमा रोगकारुपमा स्थापित हुदै बैकल्पिक सरकारको भनक दिन कोशिष गरिरहेका छन् । यिनीहरू आफैँमा हदैको अपारदर्शी भए पनि पारदर्शीताको डाको छोड्छन् । सामान्य १०० नेपालीले महिना दिनमा खाने तलब एकजनाले एकै दिनमा खान्छन् र नेपाल बनाएको गुड्डी ठोकेर लाटो देशको गाँडो तन्नेरी पल्टिन्छन् । कहिले संरक्षणका नाममा त कहिले के र कहिले के का नामबाट केही नेपाली वर्ण जात वा सम्प्रदायको बखान गाएर उचाल्छन् सामजिक सहिष्णुता थेचार्छन् र न्यायाधिष परिभाषित गर्छन् । यो विकृति बेलैमा हटाउन सकिएन भने र विशेष गरी सरकार अहिलेको विपतमा निकम्मा सरी भएर प्रस्तुत हुने हो भने नेपाललाई अर्को हैटी बनाउँछन् ।
यिनीहरूको बुझिनसक्नुको राष्ट्रियता र मानव अधिकारको व्याख्या हुन्छ । एक तर्फ मृगतृष्णा भिडाएर समाज लडाउने पनि यही आइएनजिओ हुन र हामीलाई आदिवासी इत्यादि इत्यादि नाम दिएर विकास विमुख पारी जँगली जनावर तुल्याउने पनि यी नै छन् । अर्को तर्फ समाजको सहिष्णुता भङ्ग गराउने पनि यिनै छन् । ३.५ करोड नेपालीको भोक देख्न नसक्ने यिनीहरू १००० मा रहेका समाज भडुवा समलिङ्गीको अधिकारका बखान गाउँछन् र उचाल्छन् र सडकमा फिँजाउँछन् । कहिले धर्मको नाममा उदाउँछन् त कहिले रङका नाममा रङ फेरि फेरि उदाउँछन् ।
भर्खरै आम नागरिकले देश द्रोही मान्ने सिके राउतको समर्थनमा उर्लिने पनि यस्तै आइएनजिओ थिए । त्यसैले पारदर्शीता, मानव अधिकार र उद्दारका भेषमा छिरेका राहत सबै आफैँ हसुर्ने र नेपालमा फोहोर पार्न झुल्किने यस्ता आइएनजिओहरू हटाउँ र आफ्नै बलबुताले बिकास गरौँ ।
यल कार्की जी
ति परिवर्तन झल्किने केहि फोटोहरु पनि राख्नु भएको भए हामी पाठकलाइ थप राम्रो जानकारी हुन्थ्यो कि?