हरेक वर्ष जब कुनै पनि चाडपर्वहरु आफ्नो नियमिततामा दोहोरिदै आइदिन्छन, तब पूर्व राजा ज्ञानेन्द्र शाह एकाएक खबर तरंगमा जोडिने गर्छन्। यस वर्षको वडा दशैं देशको परिस्थितिका कारण भन्दै सर्वसाधारणसँग नमनाएका पूर्व राजा ज्ञानेन्द्र शाहले तिहारको भाइटीका भने मनाए। उनले शनिवार तिहारको अन्तिम दिन सदा झैं कमलादीस्थित बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहबाट भाइटीका लगाए अनि दुबोको माला, गोदावरी फूलको माला, मखमली फूलको मालाको महत्त्व नबुझ्ने तर कागजको फूलको सुवास खोज्ने? भनेर नेपाली जनतालाई व्यङ्ग्य गरे। साथमा उद्घोष गरे- ‘नेतृ्त्व नभए जस्तो देखिएको छ। त्यसैले अब समय आयो जस्तो लाग्छ- जिम्मेवारी लिन र नेतृत्व दिन म तयार छु।’
तराई मधेशमा आएको बाढी लगायतको प्राकृतिक प्रकोप र आफ्नो स्वास्थ्यको गडबडीका कारण चिकित्सकको सल्लाह भन्दै पूर्व राजा शाहले यसवर्षको वडा दशैंमा भने सर्वसाधारणलाई टीका लगाईदिएका थिएनन्। दशैंको टीको लगाउन बहाना खोजेर तर्किएका पूर्व राजालाई तिहारको भाइ टीकाबाट तर्किने बहाना चाहिएन्छ कि, चाहेन्न, अनि पञ्चाँग निर्णाय समितिले जुराएको साइत भन्दा अगावै उनले भाइ टीका मनाउने भएछन ।
एक जना पूर्व हिन्दू सम्राटले परम्परागत भाइ टीका मनाउने सामान्य प्रचलन भए पनि संवाद सचिव पाठक मार्फत त्यसलाई प्रचार नै गराउने उनको रहरले भने चुनावको मुखमा ओझेल पर्दै गएको पूर्वराजालाई केही न केही रुपमा चर्चामा ल्याउन खोजेको प्रतित हुन्छ । परम्पराको निरन्तरताको शाही धर्म निर्वाहको यो ज्ञानेन्द्र तिहार यसकारण पनि खबर हो की अब देश संविधान कार्यानवयनको आखिरी चरण पार गर्दै जादा राजतन्त्र र हिन्दूत्वको नारा लगभग किनारा लागेको सन्देश स्थापित भैरहेको छ । त्यसैले चुनावी मुखमा उनी र उनका जुनसुकै क्रियाकलाप केही खबर प्रसंग अवश्यै हुन ।
मंसिरको चुनाव राजतन्त्र र हिन्दूत्वको नारै सखापको घडी ?
माओवादी एमालेको वाम गठबन्धनमा असोज १७ मा जानु अघिसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको मुखमा थेगो थपिएको थियो, राजतन्त्र र हिन्दूत्वका लागि जनमत संग्रहको माग । जब उनी सत्तामा थिएन्न, २४ सै घण्टा उनको बोलीमा दोहोरयाईन्थ्यो कि उनको दल मात्रै पियोर राजाबादी र हिन्दूवादी हो । आफ्नो दल मात्रै २४ क्यारेटको राजावादी, हिन्दूवादी भएको दाबा गरेर नथाक्ने अध्यक्ष थापाले तेस्रो चरणको स्थानीय चुनावमा पार्टी मतादेशमा बढारिएपछि फेरि नयां राजनीतिक फन्डा सुरु गरेका थिए ।पहिलो र दोस्रो चरणको मतादेमा मुश्किलले वीऊ जोगाएको राप्रपा अन्तिम चरणमा लगभग पत्तासाफ नै भएपछि उनले नयां बोतलमा पुरानो रक्सी भने जस्तै उनको नयां राजनीतिक फन्डा गरे हिन्दुराष्ट्रका लागि जनमत संग्रहको मागरुपी रँग अलापेर ।
सत्तामा नगएको बेला मंसिर १० र २१ का लागि घोषित संघीय र संसदीय चुनावका मुखमा राप्रपाबाट यस्तो माग र नारा लिएर कमल थापा राजावादी, हिन्दूवादी कित्ताको नेता र नेतृत्व बन्न कसरत गर्दै थिए । विपक्षमा रहुन्जेलचुनावी स्टन्टका रुपमा थापाले उरालेको माग असोज अन्तिम साताको उनको नाटकीय सत्तारोहणसंगै विल्कुल बन्द भयो ।
सत्तामा नुहदा र पार्टी बिभाजनले विक्षिप्त बन्दा थापाले दिनैपिच्छे मै हुं २४ क्यारेटको असली राजावादी भनेर सुगा रटाई गरे, तर असोज २८ मा संसदको अन्तिम बिदाई संवोधनमा राजतन्त्र र हिन्दूत्वको मागको कुनै उच्चारण गरेन्न । केवल आफ्नो दल आफ्नो सिद्धान्तमा अडिग रहेको मात्रै भने । जब उनको दलको सिद्धान्त भनेको सत्तामा जान पाए पियोर गणतन्त्रवादी, सत्तामा जान नपाए राजावादी हो भन्ने दिनको घाम जत्तिकै छर्लंग छ ।
स्थानीय चुनावको जनादेशमा उनी जुन तहको रसातलमा पुगे र उनको दल फुट्यो तब नै उनको दलको कौवा चलाखीले राजनीतिक विष्टा सेवन गरिसक्याथ्यो, फेरि वर्तमान सरकारमा पनि सवार भएपछि त उनको दलको कथित सिद्धान्तको अवसरवादी चरित्रको मुकुण्डो उघारिन कुनै लेस बांकी रहेन ।
यो प्रसंग पूर्व राजासंग यसकारण संवन्धित छ की, पूर्व राजा, राजसंस्था र हिन्दूत्वको जनपक्षिय राजनीतिक माग र सिद्धान्तलाई अरुले हैन, राजावादी भनाउदा कमल थापाहरुले नै स्वाहा बनाईदिए । राजारहित वर्तमान संविधान र व्यवस्थाका पृष्ठपोषक कांग्रेस, एमाले, माओवादी वा मधेशी अरु दलहरु हुनु त स्वभाविक थियो, तर त्यसमा कमल थापा झन चर्को र नांगो रुपमा थपिए । पशुपति शम्शेर राणा नेतृत्वको प्रजातान्त्रिक राप्रपा पनि उही थापापथकै यात्री बन्यो, भलै एक महिना अघि विराटनगर पुगेर पशुपति शम्शेरले राजालाई पनि केही स्पेश दिनु पर्ने माग पत्रकार मार्फत गरेका थिए । तर त्यो माग उतैको हावामा बिलायो ।
वर्तमान संविधान र व्यवस्थाले ज्ञानेन्द्र शाहलाई चिन्दैन । चिनेका दलहरु र तिनका नेताहरु मुख खोल्न सक्दैन्न, चाहदैन्न । एक खालका राजावादी छन, जो यो संविधान र व्यवस्थालाई नै चिन्दैन्न, मान्दैन्न । तर उनीहरुको संगठनको आकार या त छैन, भए पनि स्यानो र निष्प्रभावी छ । राजनीतिक दलका पसल कहिले थापाको, कहिले राणाको खुल्छ, तर जता मल्को उतै ढल्को हुदै सत्तामा बिलिन हुन्छ । राजाको शासन ताका सत्ताको तर मारेका राजावादीहरु सामाजिक संजालमा राजाको जयजयकार गर्छन, तर राजा किन चाहियो भनेर दमदार तर्कपूर्ण बहस गर्न सक्दैन्न । जनताको वीचमा गएर अभियान छेडन सक्दैन्न । उल्टै एकहोरो अलाप मात्रै गर्छन ।
देशमा राजा भएको ठिक भन्नेहरु नभएका होईन्न, तर उनीहरुका न नेता छन, न नेतृत्व छ । दर्जनौं नागरिक स्तरका राजावादी संगठनहरु, चाहे भरतकेशर सिंहहरुको विश्व हिन्दू महासंघ होस वा पशुपति खडकाहरुको शाही युवा शक्ति केवल कमल थापाले भने जस्तो भजन मण्डललीमा सीमित छन ।
किन थाकेकै हुन डा. लोहनी र सिनेटहरु पनि ?
यस्ता परिवशेहरुमा सांच्चै पूर्व राजाका लागि अब परम्परा धान्ने र चाड पर्व मनाउने मेलो परिवारमा नै सीमित हुनुपर्ने खतरा बढ्याबढ्यै छ । गत भदौं २३ गते पूर्व अर्थमन्त्री तथा एकिकृत राप्रपा राष्ट्रबादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजधानीमा शक्ति प्रदर्शन गरे । भ्रष्टाचार विरुद्धको नारा र व्यानरमुनी आयोजितडा. लोहनीको दलको प्रदर्शनको मुख्य माग भने राजसंस्था र हिनदूराज्य पुर्नस्थापनाको थियो ।
संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रका सन्दर्भमा आयोजित सभामा ऐक्यबद्धता जनाउँदै बिश्व हिन्दु महासंघका तर्फबाट महासचिव अस्मिता भण्डारीको समूह सडकमा नै आयो । विश्व हिन्दू महासंघ त्यही संस्था हो जसले पहिलोपट्क पूर्वराजा ज्ञानेन्द्र शाहलाई पशुपतिको बनकालीको सभामा प्रमुख अतिथि बनाएको थियो ।
डा. लोहनीको पार्टीले सवै धर्मावलम्बीहरुको सम्मान गर्दै पहिचानसहितको हिन्दुराष्ट्र कायम गर्नुपर्ने संबैधानिक राजसंस्था कायम गर्नुपर्ने, बेरोजगारी अन्त गर्नुपर्ने लगायतका माग अघि सारेकै बेला सो दलका शक्तिशाली नेता केशरबहादुर विष्ट आफ्नो छोरा विराजलाई राज्यमन्त्री बनाईदिने पशुपति शम्शेर राणाको दलमा उपाध्यक्ष हुन पुगे । डा. लोहनीले विष्टलाई प्रजातान्त्रिक दलमा टिकीरहन शुभकामना दिएर रिस मत्थर पारे ।
यता शाही कालका पूर्वमन्त्री सिनेट श्रेष्ठ कडा विरोधको मैदानमा छन । तर उनको विरोध ईनरुवा र वीरगन्जबाट माथि राजधानीसम्म उक्लिन पनि सकेन । दायाँ बायाँ वर पर कतै सर्न, फैलन सकेको छैन । इनरुवाका लोकप्रिय रैथाने तथा पूर्वमन्त्री सिनेट श्रेष्ठ राजावादी आन्दोलनका लागि मैदानमाबृहत राष्ट्रबादी मोर्चाको नामबाट क्रियाशील रहे पनि असरदार धक्का दिन सक्ने खालको देखिएका छैन्न, भलै प्रयाशरत छन ।
सिनेट श्रेष्ठको अगुवाईमा नेपालको आर्थिक राजधानी बीरगञ्जबाट हिन्दू अधिराज्य स्थापनाको लागि सुरु भनिएको आन्दोलन पनि शिव सेना, बिद्धत परिषद, राष्ट्रिय सरोकार मञ्ज, विश्व हिन्दु महासंघ, श्रीराम हनुमान मण्डल, हिन्दु पुर्नस्थापना मञ्च, नागरिक संघर्ष समिति, नेपाल राष्ट्रबादी संघ र बृहद राष्ट्रबादी मोर्चालाई संगठित गर्दैमा हिन्दु अधिराज्य स्थापना आन्दोलन समिति गठन र प्रदर्शनमा सीमित छ । श्रेष्ठले बीरगञ्जबाट सुरु भएको आन्दोलनलाई क्रमसः देशब्यापी बनाउने बताउँदै दोस्रोचरणमा काठमाडौबाट पनि आन्दोलन सुरु गर्ने भन्दा भन्दै देश चुनावी कोर्ष पुरा गर्ने डिलसम्म आईसक्यो ।
छिमेकको आश, सधै पार्छन किन निराश ?
एक खाले राजावादीहरु भारतले हटाएको नेपालको राजसंस्था भारतले नै पुर्नस्थापित गरिदिने विश्वास गर्छन । तर लोहोर पाकेर खाने लोककथा जस्तो भैसक्यो यो आश पनि । पूर्व राजाका हरेक विदेश भ्रमणहरुलाई नेपालमा राजसंस्था पुर्नस्थापनाको अभियानसंग जोडेर कल्पनाशील खेत ीगर्नेहरु पनि दशक बुढो भैसके । तर अहँ छिमेकबाट कुनै खिचडी पाक्ने छाँट छैन । बरु देशभित्रै बढेको वामपन्थी र गैर वामपन्थी राजनीतिक ध्रुविकरणले देशलाई नयाँ राजनीतिक रोडम्याप दिने कोशिस गरिरहेको छ ।
ऋबको बाटो के त ?
यथास्थितिमा देशमा संविधान कार्यान्वयन हुदै जादा राजसंस्थाको मुद्धा नै समाप्त गर्न यस व्यवस्थाका हिमायतीहरु भन्दा ज्यादा कमल थापापन्थी राजावादीहरु नै मुख्य खलनायक भैसके । अब कुनै राजनीतिक उल्का वर्षा नभएमा साझो मार्गबाट मंसिरपछि राजसंस्था पुर्नस्थापनाको मागको सुनुवाई हुन नसक्ने खतरा बढेको छ । आफूलाई जनताले बोकेर गद्धीमा राखीदिनुपर्छ भन्ने पूर्व महाराजको नीतिमा जती कमजोरी छ, त्यति नै राजसंस्था पुर्नस्थापनाको लागि शून्य क्रियाशीलता देखाउने राजावादीहरुको पनि छ ।
देशमा कुनै अकल्पनीय दुर्घटना भएर पूर्व राजालाई सेनाले साथ दिएर, जनताको शक्ति राजाको पक्षमा उर्लेर वा स्वयं राजा आफै राजनीतिमा उत्रेर वारपारको लडाई गरेर वा काँग्रेस र वाम मध्ये एक राजनीतिक शक्ति पुनः राजावादी नबनेसम्म अब भने राजसंस्था पुर्नस्थापनाको कल्पना सपना हुने पक्का छ । अब के पूर्वराजालाई मंसिर १० र २१ को चुनावी परिणामले साच्चै संझानाका तरेलीहरुमा मात्रै सीमित गर्दैछन त ?आलोचना सुन्न नसक्ने राजावादीहरुले छातीमा हात राखेर भूधरातलीय राजनीतिक यथार्थको आधारमा एक पट्क समीक्षा गर्ने की ?
मंसिरको चुनाव देश र जनतालाई अवसर बन्छ की दशा परीक्षित हुदै नै छ । तर पूर्वराजा र राजावादीलाई यही मति र गतिमा अघि गए दशा हुने निश्चित छ । त्यसैले दशा टार्न दिशा बदल्ने जाँगर स्वयं पूर्वमहाराज र राजावादीमा आउला त यसवर्षको भाइ टीकापछि ?
नेपाल को भविष्य भनेको अब या त राजा नत्र देश लाइ टुक्राएर भएका तिन दलका नेताहरुले बजाउने छ देशको बाजा… तेस्पछी हुने छ जनताको हातमा लागे सुन्ना…
नेपालि जनताले चाहेर मात्र हुदैन , अलिकति काम पनि हुनुपर्छ राजा हुनलाई , खै याक्सन ? भएको गद्दी त् जोगाउन सकेन , फेरी फर्किन २ गुणा मिहेनत गर्न पर्छ | तेसैले यो ठट्टा मात्र हो ज्ञानेन्द्रको | किनकि उसलाई थाह छ , स्थानीय चुनाब भैसकेपछि सक्ति विकेन्द्रीकरण भएर हरेक येकाइमा पुगेको छ | तेसैले फेरी केंद्रिकित सक्ति बा राजसंस्था सम्भब छैन | ज्ञानेन्द्रको ठट्टा मात्र हो यो |
किनकि पहिले ज्ञानेन्द्र बोल्नासाथ भुक्ने बाबुराम, माकुने अहिले किन चुप छ , किनकि उनिहरुलाइ था छ अब त्यो बाकइ सम्भब छैन |
हो कम्निस्ट एक भएपछी , प्राजातान्त्रिक गठबन्दन गरेर नेतृत्त्व मा जाने रहर होला | तरयो भारि बोक्ने क्ष्यमता उनीमा छैन |
द्दौता बस्छन् मन्दिरमा , डाँफे हिमालमा
द्दौता बस्छन् मन्दिरमा , डाँफे हिमालमा आ-आ
हाम्रा राजा, तिमी बस , दिलको सिंहासन मा .
..सिंहासनमा
ह अ अ अ अ अ अ अ हा आ रि हा हा रि हा हा रि हा हा
हर दैलोमा शुभ घडा , हर हातमा थाली
हर दैलोमा शुभ घडा , हर हातमा थाली इ-ई
हर्षित भै आज गर्छम साँझ दिपाव-अ ली
…दिपावली
ह अ अ अ अ अ अ अ हा आ रि हा हा रि हा हा रि हा हा
हातैको ठेला तिम्रो …गीत गाइरहुँ भन्छ
हा=आ तैको ठेला तिम्रो …गीत गाइरहुँ भन्छ-अ अ अ अ
प्रकृतिले तिम्रो मुस्कान पाइरहुँ भन्छ
… पाइरहुँ भन्छ
ह अ अ अ अ अ अ अ हा आ रि हा हा रि हा हा रि हा हाहा हा रि हा हा
ह अ अ अ अ अ अ अ हा आ रि हा हा रि हा हा रि हा हाहा हा रि हा हा
राजन,
एउटा कुरोको सुद्धि होस| हामी आदिवासी जनजातिले राजतन्त्र हृदयले मानिलिएका थियौ| हजुरले नै हिन्दु मात्राको भनेर कामै खत्तम गरिदिएको हो| हामी बौद्धमार्गीलाई समेत लतारिबक्सियो| अब कसोरी समर्थन गर्ने? माओवादी र गिरिजाले त्यही फायदा उठाएर दक्षिणका छिमेकीको लहैलहैमा राजतन्त्र मिल्काएको हो|
अब राजतन्त्र फर्काउने बेला आएको छ, सुधारिएको राजतन्त्र| तर कमल थापा, लोहनी जस्ताको भर पर्नु भएन| राजा लोभी पापी बन्नु भएन, हृदय सम्राट हुनसक्नु पर्यो|
लौ आउनोस, हामी स्वागत गर्छौ| आजको नेता र नेतृत्व संग कोहि पनि सन्तुष्ट छैनन्|
राजदुत जस्तो गरिमामय पद लाई दरभाव राखेर र सासु लाई दिएर यो जनताको दुखले अर्ज्या मुलुकलाई खाल्डोमा हाल्नेतिर गइ रहेको छ|
समय र माहौल ठिक छ, साईत फ़ाइत हेराइरहन पर्दैन| राजाले त्यागी भएको जनताले बुझे समर्थन आईहाल्छ, यसमा कुनै शंका छैन| भनिदा जनता जनार्दन भनिन्छन तर जनता भनेको नेताको आँखामा भेडा हुन्, पछीबाट लखेट्ने| तर राजा त्यागी हुन् सक्नु पर्यो, सबै नेपालीका लागि हुन् सक्नु पर्यो| तपाईको प्रत्यक्ष शासनमा बनाएको मन्त्रीमंडलले राजतन्त्र डुबाउनमा धेरै मद्दत गर्यो, त्यस्तो भुल फेरी नगर्नु होला|
यिनले त्यतिकै बोलेका चैं हैनन् होला है.
शेर गर्जियो. अब स्यालहरु के भन्दा रैछन हेरम्.
Looks like the west really felt threatened by the leftest alliance in Nepal; seems like the powers that be are using everything under this control (their puppets in Nepal) to thwart the alliance.
के एउटा नागरिक को हैसियतले देश को चिन्ता गर्न पाउने अधिकार ज्ञानेन्द्र साह लाई छैन अरु भस्ट्र्चारी ,घुस खोरी भुकदा ताली बजाएर स्वागत गर्ने ले ज्ञानेन्द्र ले एति बोल्दा आकास झरेको पाताल भासिएका अनुभुती डर र त्रास किन भैराखेको छ …किन उसलाई नान थरी गाली गर्नु बोल्न पाउने अधिकार लाई सदुपयोग गरेको ,सायद उनलाई लाग्यो होला यो देश मा लोकतन्त्र छ भनेर बोलेका होलान तर त्यसको बिपरित लुट्तन्त्र भएको देश र हामी लूट तंत्र लाई मल जल गर्ने किसान फरक एतिमात्र ।
बिचरा !!!
हजार मरेका र खानका काल स्याल हरु भन्दा एउटै शिंह ठिक छ। केकानै ठानेको गणतन्त्र बास्तवमा एकानै पनि रहेन छ। सबै बिदेशी का खेताला हरु मात्र।
अब त छाती ठोकेर भनिन्छ।
जय देश, जय नरेश।
राजा, सबका साझा।
अहो यो फोटु देखेपछि त मेरो विस्वास पलायो है /
सरकार !! जयजयकार !!
कस्तो नागले विष्णु भगवानको शीरमा छाया दिएझै हामी समस्त नेपाली पनि सरकारको छत्रछाया मा मौलिन पाउँ
दुइकोटी मुटु जोडी यौटै मुटु बन्छ
त्यही मुटु नेपालीको राजमुकुट हुन्छ
सरकार !! जयजयकार !!
सरकार !! जयजयकार !!
जिम्मेवारी लिने र देश सेवा गर्ने हार्दिक इच्छा भए राजनीतिक दल खोलेर चुनावमा प्रतिस्पर्धा गर्ने आँट गर्न पर्यो । होइन भने राजनीतिक दलका कमी कमजोरीलाई लिएर जनताले चिठ्ठा पार्देलान भन्ने आँश नगर्दा बेश ।
सके लिए भैगो नि
“राजाको शासन ताका सत्ताको तर मारेका राजावादीहरु सामाजिक संजालमा राजाको जयजयकार गर्छन, तर राजा किन चाहियो भनेर दमदार तर्कपूर्ण बहस गर्न सक्दैन्न।”
भनेर भन्नुभाको रहेछ, येस्तैखालको अर्को समूहपनि छ सामाजिक संजालमा| उनीहरुको थर अथवा जात एसो हेर्नुभयो भने, पूर्वराजासंग मिल्छ| राजाको शासन ताका सत्ताको तर खान नपाएकोभएपनि आफुपनि राजाको खानदानको भएकोमा फिस्टे गर्वगर्ने बहाना थियो उनीहरुसंग| अब त्यो रहेन, तेसैले फेसबुकमा जमानामा राजाहरुले गरेको युरोप र अमेरिका भ्रमणका फोटोहरु र विडियो लाइक र शेयेरगरेर बस्छन|
यिनीहरुले के बिर्सिन्छन भने युरोप अमेरिका र जापानमा पढेको राजा, तेस्तै देशहरुमा पढेको युवराज अनि देशबिदेश घुमेकी मोडर्न रानी| त्यो बर्ष थियो सन् २००१, अर्थात् हामी एक्काईशौ शताब्दीमा थियौ| आफैसोच्नुस आफुले चाहेको केटिसंग बिहेगर्न नपाउनु, नशालुपदार्थ खाएर अन्धाधुन्द गोलि चलाउनु आफ्नै परिवारका सदस्यहरु माथि| एसले हामी कुन शताब्दीमा छौ भन्ने देखाउछ? हामीलाइ सानोकुरा लाग्नासक्ला, कसैले हाम्रोमुखमै तिमीहरु त अझै जंगलीयुगमै रहेछौ नभन्ला तर यो घटनाले हाम्रो नाक कम्तिमा आर्कोएक पुस्तासम्मको लागि काटिदिएको छ|
अनि राजसंस्था पुनर्स्थापना हुने-नहुने भन्ने कुरा कि नेपाली जनताको हातमा छ कि बरु अलिकति भारतको हातमा छ| नेपालको कुनै राजनीतिक पार्टी र नेपाली सेनाको हातमा तेत्रो शक्ति छैन| जसले जति जेभनेपनि नेपालीसेना भारतसंग धेरै नजिक छ, भारतीय सरकारसंग त नहोला तर त्यहाँको सेनासंग| प्रचण्डले बर्खास्तगर्न खोज्दा रुकुमंगाद कटवालले भारतलाइ गुहारेको सबैलाई थाहै छ| भर्खरै भारतले लगाएको नाकाबन्दी हटउन नेपालीसेनाले भारतीय सेना मार्फत भूमिका खेलेको पनि थाभएकै कुरा हो|
तेस्तो रहरलाग्याभा पूर्वरालेनि भोली फारमभरे भैहाल्छनि।हुन्नर?
It is too late king Gyanendra .
केही चैते नेता र तिनी हरुको पुछर बाहेक सम्पूर्ण नेपाली जनता हिन्दु राष्ट्र र राजा चाहन्छन ! जय देश जय नरेश !!