यो फोटो हेर्नुस् त। सब सामान्य देखिन्छ। चिन्ता गर्नुपर्ने कारणै देखिँदैन। बल्खुस्थित त्रिभुवन विश्वविद्यालय जाने गेट नजिकैको ल्याबोरेटरी स्कूल छेउको यो ठाउँ शनिबार मैले यो फोटो खिच्नुभन्दा १० घण्टा अगाडि यस्तो थिएन। ती स्ल्याबहरु त्यसरी मिलाएर राखिएको थिएन। त्यहाँ खाल्डो खुला छाडिएको थियो। त्यही मंगालमा साइकलसहित एक युवक खसेका थिए। जसको लाश बिहान ६ बजे प्रहरीले निकालेको थियो।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरका सई बलराम झाका अनुसार बिहान ६ बजे खबर आएपछि प्रहरी घटनास्थल पुग्दा एक युवक खाल्डोभित्र मृत अवस्थामा भेटिए। सँगै रातो रङको साइकल (माउन्टेन बाइक) पनि थियो। पछि सनाखत भयो – काठमाडौं महानगरपालिका वडा नम्वर १५ चागल बस्ने ३८ वर्षीय श्यामसुन्दर श्रेष्ठ रहेछन् उनी।
श्याम योग प्रशिक्षक थिए। त्रिवि कीर्तिपुर मैदानमा उनले कयौँ पटक योग सिकाइसकेका थिए। माउन्टेन बाइक चलाउँथे। शुक्रबार उनी घर फर्किएका थिएनन्। भोलिपल्ट बिहान खाल्डोमा खसेर मृत्यु भएको अवस्थामा फेला पर्यो।
अँध्यारोमा साइकल चलाउँदै घर फर्किरहेका थिए होलान्। सहरमा साइकल चलाएको हुनाले मलाई थाहा छ, कति डरलाग्दो हुन्छ। त्यो ठाउँमा अलि बीचतिर गए हुइँकिरहेको गाडीले उडाइदेला भन्ने डर हुन्छ। त्यही भएर छेउतिरबाट चलाएका होलान्। छेउमा त्यस्तो ज्यानमारा खाल्डो रहेछ। खसे। बेहोस भए होला शायद। डुबेर ज्यान गयो।
शनिबार बिहानको यो घटनापछि दिउँसो म त्यो कस्तो ठाउँ रहेछ हेर्न गएको थिएँ। सुरुमा त थाहै पाइनँ। खाल्डोसाल्डो सब पुरिएको रहेछ। मानौँ त्यहाँ केही भएकै छैन। तर महिनौँदेखि केयुकेएलले त्यो ठाउँमा त्यसरी खुला खाल्डो छाडेको रहेछ।
घटनाको केही घण्टामै खाल्डो छोपियो। आखिर नसकिने त हैन रहेछ नि चाहेको भए। बित्थामा एक जनाको ज्यान गएपछि बल्ल छोपियो। लापरवाहीको यो घटना दुर्घटना हो कि हत्या? घटनाको चार दिन भइसक्दा पनि जति बहस हुनुपर्ने हो त्यति भएकै छैन। यत्रतत्र छन् यस्ता ज्यानमारा खाल्डा। कसैलाई मतलबै छैन। अरु कोही खसेर मर्ला र छोपिएलान् भनेर कुरी बसे जस्तो।
यो ठूलै घटना जस्तो लाग्छ मलाई। तर हामी सहरबासीलाई यस्तो कुरामा संवेदनशील हुन फूर्सदै छैन जस्तो छ। बेतुकका कुराहरुमा ठूलै बहस हुने गर्छ। तर यसमा हुनुपर्ने जति बहस भएन।
सरकारहरुलाई पनि यति ठूलो विषय केही जस्तो पनि लागेन। न स्थानीय सरकारले केही बोल्यो, न प्रदेश सरकारले, न केन्द्र सरकारले। हामी कल्पना मात्रै गर्न सक्छौँ फिल्मी शैलीमा यो घटना थाहा पाउने बित्तिकै ‘नायक’ ले तत्काल सम्बन्धित निकायहरुमा फोन गरी खाल्डोहरु पुर्ने निर्देशन दिएको, आफै अनुगमनमा गएको, घटनामा ज्यान गुमाउनेको परिवारलाई भेटेर सान्त्वना दिएको र भविष्यमा यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गरेको।
कल्पनामा मात्र। वास्तविक जीवनमा त के मतलब !
एउटा साइकल यात्रु खाल्डोमा खसेर मरेछ। ए, ध्यान दिएर चलाउनु पर्दैन थियो त। मलाई के भनिरा त, मैले खन्या खाल्डो हो र। अरु सरकारको पालामा खाल्डो नै थिएन, यही सरकारको पालामा खाल्डो बनेका हुन्?
साइकल यात्रुहरुको आवाज साह्रै सानो सुनिन्छ यो सहरमा। धन्न आउने शनिबार केही साइकल यात्रुहरु यो ठाउँमा भेला भई श्रद्धाञ्जलि सभा गर्दैछन्। त्यो ठाउँमा घोस्ट साइकल बनाई श्यामसुन्दरलाई सम्झँदैछन्। दोषीलाई कारबाही गर्न स्वतन्त्र छानबिन समितिको माग गर्दैछन्।
दोषीलाई कारबाही? रामकृष्ण ढकालले त्यसै यो गीत गाएका हैनन्- यो त सब भन्ने कुरा न हो !
यो हत्या हो… एउटा निर्दोषले अनाहक ज्यान गुमाउनु परेको देख्दा दु:ख अनि आक्रोश लागेको छ
बिस्तारै बन्दै छ देश |
हामी सडकमा एम्बुश थाप्न बानी परेका मान्छे हौ नि . एम्बुश थापे पछि त्यसमा मान्छे नपर्दा पो अनौठो त.
सुन्दा पनि भाब विह्वल हुने कुरा….खै हामि कुन युगमा छौ?
Dui char jana sarkari chair ma basnelai fire garni ho vane, yesto chiz dohorinthiyeena. Wake up sarker!
कडा र पिडितमुखी छ्यति पूर्ति कानुन कुनै दलको पनि सरकार बनाउनै चाहँदैन/ छ्यति पूर्ति कानुन बनेको भय न त् दलको स्वार्थको निमित अरुको घर पसल बन्द गर्न सक्थे न त् तोडफोड/ तर यहि त् उनीहरुको सत्तामा पुग्ने उपाय हो/ छ्यति पूर्ति कानुन बनेको भय कुनै ठेक्केदाराले पनि ठेक्का लिने काम नगर्ने बा कमसल कम गर्ने हिम्मत नै गर्न सक्दैनथ्यो/ तर उनीहरुनै त् हो नेताहरुको आलिशान सोक पुरागर्ने श्रोत/ छायती पूर्ति कानुन बनेको भय कोहो माथि पनि झुठो आरोप लगाउन सक्दैनथ्यो प्रहरीले उदाहरण निर्मलाको काण्ड/ छ्यति पूर्ति कानुन बनेको भय कोहि निर्दोषलाई १२ बर्ष सम्म जेल कोच्ने कसैले फैसला गर्दैनथ्यो/ छ्यति पूर्ति कानुन बनेको भय यसरि सडकमा ढल खुला कोहि छोड्न सक्दैनथ्यो/
तर यो कानुन त् कोहि बनाउंदै बनाउन्दैन किन भने यहि त् हो आज सम्म जे गरेर भय पनि सत्तामा पुग्ने पुर्याउने को शक्ति को रहस्य/
किन मौन छन् राजधानी यस्ता संबेदनशील बिषयमा? हामी खालि राजनैतिक नेताहरु र फोहोर राजनीतिमा मात्र केन्द्रित हुन्छौ?
खोइ कता गए वातावरणवादी आइएनजीओहरु, मानव अधिकारवादीहरु र उनीहरुका पुच्छरे एनजीओहरु?
अदालतमा रीत पुर्याएर मुद्दा हाल्न पर्छ| एउटा नागरिकको मृत्यु भएको छ धरापमा परेर| लाखौ नागरिकहरु पीडित छन्|
सम्बन्धित निकायका जिम्मेवार व्यक्ति र व्यक्तिहरुलाई कठोर रुपमा दण्डित गरिनपर्छ र मृतकको परिवारलाई क्षतिपूर्ति गरिनपर्छ|
सजाय यस्तो हुनपर्छ| ती माथिदेखिका कर्मचारी र कर्मचारीहरुलाई जिम्मेवारी लापरवाही गरेको हेरेर कमसेकम दुई पद सम्म घटुवा र जरिमाना| कामनपा भनेको काम नपाएर पारो ताप्ने हो?
सम्बन्धित मन्त्रीमा नैतिकता छ भने राजिनामा दिनपर्यो|
बाटोको खाल्डा खुल्डी, हिलो, धुँवा इत्यादिले कसैलाई बिझायो कि अदालतमा मुद्दा हाल्न पर्छ र अदालतले पनि प्रकृति र परिस्त्थिति हेरेर तुरन्तै निर्णय दिनपर्छ|
जबसम्म अदालतले सक्रिय भएर निर्णय दिने परम्परा बस्दैन तब सम्म महानगरपालिका, सडक बिभाग र खानेपानीले टेर्ने छैन|
अदालतले यस्ता मुद्दामा भटाभट निर्णय दिन थालेपछि घटना भएपछी होइन घटना हुन अघि नै खाल्डा खुल्डी पुरिएको देखिनेछन, धुवा धुलो घटाउने सत्प्रयास गरिनेछ, आशा गरौ|
” ….एउटा साइकल यात्रु खाल्डोमा खसेर मरेछ। ए, ध्यान दिएर चलाउनु पर्दैन थियो त। मलाई के भनिरा त, मैले खन्या खाल्डो हो र। अरु सरकारको पालामा खाल्डो नै थिएन, यही सरकारको पालामा खाल्डो बनेका हुन्?….”
यो कुरा मा मात्र होइन केहि कुरामा पनि संबेदनशील छैन सरकार |
जनताले बहुमत दिएर जिताए कम्युनिस्ट लाई देश मा राजनीतिक स्थिरता पछि केहि बिकाश हुन्छ कि भनेर , तर अहिले सम्म को स्थिति हेर्दा जनता आसाबादी हुने ठाउँ छैन | ठुला सहरहरुको फोहोर बेबस्थापन र ट्राफिक बेथिति अबको १०० बर्समा पनि समाधान होला जस्तो लाग्दैन| हरेक छेत्रमा भ्रस्टाचार छ | अब जनतालाई कुनै पार्टी प्रति पनि विश्वास छैन | जुन जोगी आएपनि कानै चिरेको भनेजस्ता छन् नेपालका पार्टीहरु|
कानून विनाको मुलुक । जनताहरू वारूदमा वसे जस्तो । सडक दुर्घटनामा जनसंख्याको हिसावले संंसारकै पहिलो नम्वरमा मनिस स्वात्र्याम हुने मुलुक हो यो ।
साह्रै दुखको कुरा तर खै कता कसलाई भन्ने ।
सरकार र KUKL लाई आफूले एउटा भर्खरको मानिस मारे जस्तो लागे पो ।
Height of negligence.
दण्डहीनता र नैतिकता हराएको देश |