चौधरी ग्रुपको वाइवाइ चाउचाउ निकै लोकप्रिय छ। तर उसलाई त्यो लोकप्रियताले पनि नपुग्दो रहेछ। त्यही भएर जनताको आँखामा छारो हालेर चाउचाउबारे गैरकानुनी गलत दावी गरेको प्रमाण माइसंसारले फेला पारेको छ। यो त्यस्तो कसुर थियो, जसमा कारबाही भएको भए सञ्चालक बढीमा छ महिनाका लागि जेलमा जाकिन सक्थे। तर धन हुनेलाई चइन, चइन; गरिबलाई चमेली लाग्दछ अइन।… Continue reading
Author: Salokya
पत्रिकामा छापिएको समाचार फेसबुकमा सेयर गर्दा सम्पादकलाई हत्कडी, ५५ करोड क्षतिपूर्ति दावी
असार ९ गतेको अङ्कमा काठमाडौँबाट छापिने ‘सेयर बजार’ साप्ताहिकले ‘निर्वाण चौधरी यौनकान्डमा’ शीर्षकमा एउटा समाचार मुखपृष्ठमा छाप्यो। लौ न त्यो न्युज पढ्नै पाइएन, फेसबुकमा सेयर गर न भनेर एक जना साथीले त्यसका सम्पादक दिनेश आचार्यलाई भने। ल त नि भनी उनले समाचार फेसबुकमा सेयर गरिदिए। फेसबुकमा राखिएको यही समाचारले विद्युतीय माध्यमबाट आफ्नो चरित्र हत्या गरेको… Continue reading
टेलिकमको मोबाइल बन्द हुनु बदनियत कि लापरवाही?
शनिबार बिहान उठ्ने बित्तिकै हेर्दा अधिकांशको मोबाइल चलेको थिएन। कतिले ज्ञानेन्द्रको पालामा मोबाइल काटिएको कुरा सम्झिएर केही अप्रिय घटना पो हुन लाग्यो कि भन्ने शंका गरे। बिहान ६ बजे देखि ९:३० सम्म देशभर नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा अवरुद्ध भएको थियो। कसरी त्यसो भयो? यो कसैको बदनियत थियो कि लापरवाही? यो पत्ता लगाउन सरकारले छानबिन… Continue reading
चुनाव प्रचारमा युट्युब : पहिलो भिडियो प्रचण्डलाई थप्पड हान्ने पदम कुँवरको
यस पटकको चुनाव छ वर्षअघिको जस्तो हुने छैन भन्ने त सबैलाई थाहा भएकै हो। गाउँतिर उस्तै होला तर सहरमा यस पटक सूचनाप्रविधिको निकै प्रयोग हुनेछ। चुनावी प्रोपागान्डाका लागि विभिन्न रङ्गमा वेबसाइटहरु देखिएका छन्। त्यस्तै सोसल मिडियाको धेरै नै उपयोग/दुरुपयोग हुने निश्चित छ। दुरुपयोगको कुरा गर्दा सोसल मिडियामा हुँदै नभएका हल्लालाई पनि भाइरल बनाएर फैलाउन सजिलो… Continue reading
अर्कालाई डिपोर्ट गराउन खोज्दा आफै पदच्युत
‘खुला जेल’ भन्ने राजदूत फिर्ता, भनाउने नारायण श्रेष्ठ कतारको कालो सूचिमा गार्डियनको अनुसन्धानमूलक सामाग्रीमा नेपाली कामदारले कतारमा पाइरहेको दुःख सार्वजनिक भएकै समयमा त्यहाँका नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउने सरकारले निर्णय गर्यो। गार्डियनको त्यो समाचारसँगै यसलाई पनि जोडेर पश्चिमा मिडियाले प्रचार गरे। त्यही प्रचारको पछि लागेकाहरु मायाकुमारी शर्माले कतारलाई खुला जेल भनेर ठीकै त भनेका… Continue reading
हेल्सिन्की र मुम्बईका इमान्दार, लिस्बनका बेइमान
रिडर्स डाइजेस्ट म्यागेजिनले एउटा गजबको सामाजिक सर्वेक्षण गरेको छ। अलिकति पैसा, परिवारका फोटो र सम्पर्क ठेगानासमेत राखिएको पर्स विश्वका १६ देशका शहरका प्रमुख स्थानमा छाडियो। कुन कुन ठाउँका बासिन्दाले त्यो टिपेर त्यहाँ भएको ठेगानामा सम्पर्क गरी फिर्ता दिए, त्यसैलाई इमान्दारिताको आधार बनाइयो। यो सर्वेक्षणमा नेपालका कुनै पनि शहरलाई समावेश गरिएको थिएन। हाम्रोमा बसमा भेट्टाएको लाखौँ… Continue reading
ल भन्नुस्, तपाईँको विचारमा चुनाव होला कि नहोला
सँगैको फोटो एक जुगमा एक दिन आउने भनेर उतिबेला प्रचार गरिएको संविधान सभा निर्वाचनको भोट खसाल्दै गर्दाको हो। समय क्रमले हामी नेपालीले एकै जुगमा दुई पटक संविधान सभाको भोट खसाल्न पाउने भएका छौँ, जुन विश्वको इतिहासमा कहिल्यै पनि भएकै थिएन। मङ्सिर ४ मा हुने भनिएको निर्वाचनका लागि यतिबेलासम्म उम्मेदवार मनोनयन दर्ता सुरु भइसक्नु पर्ने थियो।… Continue reading
दुई वर्षभित्र के देख्नु पर्यो !
हाम्रा प्रधानमन्त्रीहरु, मन्त्रीहरु अनि नेताहरु भाषणमा के के भन्दै हिँड्छन्, त्यसको लेखाजोखा कसैले राख्या छैन होला। जसले राख्छ, ऊ पागल हुन बेर लाउँदैन। कहिले के बोलिदिन्छन् कहिले के! अस्ति भर्खरैको त कुरा, ड्यास माओवादी निर्वाचनमा आउने भए मिति सार्न सकिन्छ भन्ने सुनिएको थियो। अनि केही दिनपछि त धर्तीको कुनै शक्तिले पनि तोकिएको निर्वाचनको मिति सार्न… Continue reading
सकियो रमाइलो इन्द्रजात्रा (फोटो फिचर)
यसपालिको इन्द्रजात्रा हिजो राति सवा नौ बजे वसन्तपुर कालभैरवको मूर्ति छेउमा रहेको लिङ्गो ढालेपछि औपचारिक रुपमा सकिएको छ। आठ दिन मनाइने भए पनि यस पटक तिथिका कारण इन्द्रजात्रा सात दिनमा सीमित भयो। इन्द्रजात्रा लिच्छवि कालदेखि नै चलिआएको भए पनि समय क्रमसँगै यसमा अनेक विशेषता थपिने क्रम अहिलेसम्म जारी छ। मल्लकालमा इन्द्रजात्रामा रथ तान्ने परम्परा सुरु… Continue reading
भारतलाई तह लगाउन गिरीको ‘जङ्गबहादुर फर्मूला’
कान्तिपुरका सम्पादक सुधीर शर्माको महँगो (मोटो गाता हजार, पातलो ७ सय) पुस्तक ‘प्रयोगशाला’ आइतबार अन्नपूर्ण होटलमा विमोचन भयो। विमोचन कार्यक्रम बडा रमाइलो भो। गगन थापा मोडरेटर रहेको कार्यक्रममा प्राध्यापक ध्रुवकुमार, प्रचण्ड र प्रदीप गिरी वक्ता थिए। स्रोता चाहिँ भएभरका भिआइपीहरु। वर्तमान प्रधानसेनापतिदेखि पूर्व प्रधानसेनापतिसम्म। नेताहरुदेखि पत्रकारसम्म। कार्यक्रममा भएको बहस पनि रमाइलै थियो। प्रचण्डभन्दा कङ्ग्रेस नेता… Continue reading
फ्लाइओभर त हैन, यति पैदलमार्ग चैँ बन्यो
बानेश्वरमा फ्लाइओभर यही वर्षको अन्त्यसम्ममा बन्ने भन्ने खबर पोहोर तपाईँहरुले पढ्नुभएको होला। वर्ष फेरियो, तर सडकको अनुहार फेरिएन। यो वर्षको बजेटमा त फ्लाइओभरका लागि पैसै छुट्याएको देखिएन। ६० करोड लाग्ने भनिएको फ्लाइओभर यो वर्ष पनि यही वर्ष बन्छ भन्न छाडिएको छैन। फ्लाइओभर त हैन, थापाथली-तीनकुने सडक विस्तारको महिनौँपछि यतिको पैदल यात्रु मार्ग चैँ देखिएको छ।… Continue reading
अमेरिकी सेनाको विमान किन आयो काठमाडौँमा?
अमेरिकी वायु सेना (US Air Force- USAF) को एउटा विमान आज दिउँसो २ बजेर २५ मिनेट जाँदा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर साँझ ५ बजेर ८ मिनेटमा फर्किएको छ। USAF अमेरिकी सेनाको हवाई युद्धमा प्रयोग हुने विभाग हो। जमिनमा रहेका सेनालाई आकाशबाट सहयोग प्रदान गर्न पनि यसको प्रयोग गर्ने गरिन्छ। सन् २०१२ को तथ्याङ्क… Continue reading
अघिअघि यो, पछिपछि बर्खी बारेकाहरु!
बुधबार राति काठमाडौँमा गजबको जुलुस निस्कियो। अघिअघि यो सेतो मुकुन्डो लगाएको मान्छे थियो, जसका दुवै हात अरुले नै पक्रेका थिए। पछिपछि थिए बर्खी बारेकाहरु, अर्थात् सेतो पहिरन लगाएकाहरु। काठमाडौँको मुख्यमुख्य भाग परिक्रमा गर्यो यो जुलुसले। के हो त यो?
इन्द्रजात्राका तीन व्याख्या
आज इन्द्रजात्राको मुख्य दिन। साताव्यापी मनाइने इन्द्रजात्राका क्रममा काठमाडौँको एउटा व्यस्त चोक मरुमा हरेक वर्ष देखिने यो एउटा दृश्य- एउटा मूर्तिलाई अग्लो ठाउँमा सबैले देखिने गरी यसरी बाँधेर राखेको ! यसलाई कसरी व्याख्या गर्ने त ? हेरौँ केही व्याख्या- मोर्डन व्याख्याः अन्त ब्रो, त्यो स्टायच्यु चैँ खासमा इन्द्र ब्रो को हो के। इन्द्र के- किङ… Continue reading
एक हप्ता काठमाडौँमा रमाइलो
काठमाडौँको सबैभन्दा रमाइलो चाड येँयाः (इन्द्रजात्रा) सोमबारदेखि सुरु भएको छ। सोमबार बिहान सवा सात बजेको साइतमा हनुमानढोकाको कालभैरव मूर्ति अगाडि यो लिङ्गो ठड्याएपछि इन्द्रजात्रा औपचारिक रुपमा सुरु हुन्छ। आउने आइतबार राति नौ बजेर सात मिनेटको साइतमा यो लिङ्गो ढालेपछि इन्द्रजात्रा सकिन्छ। यो बीचका सात दिन साँझदेखि राति काठमाडौँको मुख्य भाग यति रमाइलो हुन्छ कि बयान… Continue reading
नास्टले पायो १० हजारको नारा
गएको अगस्तमा माइसंसारले राखेको एउटा ब्लग तपाईँहरु धेरैलाई याद हुनुपर्छ। विज्ञान तथा प्रविधिको विकास हेर्ने जिम्मा पाएको विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट- पहिलेको रोनास्ट)ले विज्ञान दिवस मनाउनलाई सर्वसाधारणबाट नारा आह्वान गरेको थियो। यसका लागि सरकारी मुखपत्र गोरखापत्रको पहिलो पेजको महँगो ठाउँमा विज्ञापन छापेको थियो नास्टले। सित्तैमा हैन, नारा खोजिदिएवापत् तपाईँलाई पुरस्कार पनि दिने भनिएको… Continue reading
यात्रुसहितको बसमा आगो लगाउने वैद्य माओवादी किन एक शब्द बोल्दैन? अरु पार्टी पनि किन रमितामात्रै हेर्दै ?
धुलिखेलमा वैद्य माओवादीका कार्यकर्ताले देखाएको बर्बर व्यवहारको आलोचना आइतबार दिनभर भयो। गर्न पनि अति नै गरेका हुन्। चुनावको विरोधमा यो माओवादीले अस्ति काठमाडौँ बन्द गर्यो, अब किस्ताबन्दीमा क्षेत्रक्षेत्र बन्द गर्दै हिँड्दैछ। यसै क्रममा आज त्यो ठाउँमा बन्द रहेछ। यसै क्रममा काठमाडौँबाट मेलम्ची जाँदै गरेको एउटा यात्रुवाहक बसलाई रोकेर भित्र छिरी यात्रु हुँदाहुँदै पेट्रोल छर्केर जलाइदिएछन्।… Continue reading
वाइवाइ – आखिर भएको के हो दाइ?
भर्खरै बेस्ट ब्रान्डको अवार्ड थापेको चौधरी ग्रुपको सिजी फुड्सले उत्पादन गर्ने वाइवाइ चाउचाउबारे पछिल्ला केही दिनमा निकै कुरा सुनिएको छ। ‘नयाँ पत्रिका’ र ‘कान्तिपुर’ दैनिकले यसबारे समाचारसमेत छापे। वाइवाइ उत्पादक सिजी फूड्स आफैले पनि आजको पत्रिकामा विज्ञप्ति छापेरै यसबारे सार्वजनिक जानकारी गराएको छ। खासमा वाइवाइमा भएको चाहिँ के हो त ?
कोस्टा रिकामा गिरफ्तार आठ नेपाली अझै थुनामा
‘एनी हाउ पैसा कमाऊ, पैसा कमाउन एनी हाउ, अमेरिका जाऊ’ लाई जीवनको आदर्श वाक्य ठान्नेहरु र त्यसैको शोषण गर्ने मानव तस्करहरुको जालमा जानी जानी फँसेका आठ नेपालीको बारेमा केही जानकारी माइसंसारले पाएको छ। उनीहरु दुई महिनादेखि कोस्टा रिकाको जेलमा छन्। गएको जुलाई २० मा कोस्टा रिकाका दलालहरुले अमेरिका जाने अवैध बाटोमा पर्ने त्यो देशको सीमा… Continue reading
सेप्टेम्बर ११ को यो फोटोभित्र लुकेको रहस्य
यो फोटो सम्झनुभएको छ ? १२ वर्षअघि आज अर्थात् सेप्टेम्बर ११ का दिन वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी आक्रमणपछि त्यो गगनचुम्बी भवनबाट हाम्फाल्दै गरेको फोटो हो यो। फोटो पछाडिको कथा झन् रोचक छ, फोटो खिच्ने फोटोग्राफर आफै एउटा इतिहास हुन्, आलोचना पनि चर्को खेप्नु पर्यो यो फोटोले, हाम्फाल्ने को हो भनेर पत्ता लगाउन पत्रकारहरुलाई कति… Continue reading