यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

प्रचण्ड सकिएका हुन् ?

नेपाली सत्ता राजनीतिमा केपी ओली अहिले शिखर राजनीतिक खेलाडी हुन्। उनी सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं निर्वाचित कार्यकारी अध्यक्ष हुन्। ओलीले तीन वर्षे बढी एमाले सत्ता कसरी चलाए? उनका कथनी र करणी आम जनताका सामु छर्लंग नै छ। त्यतातिर पछि अरु सन्दर्भमा चर्चा गरौंला। राष्ट्रपति दाहिना, दक्षिण छिमेक सुपर दाहिना, उत्तरी छिमेकलाई प्रेममा फुस्ल्याउन […]

मेरो नजरमा माइसंसार : १२ बूँदा

नोट : खासमा यो ब्लग राख्‍न मन थिएन मलाई। तर धेरै पहिलेदेखि लेख्दै आएका साथी सूर्य खड्काको मेहनतलाई त्यसै फाल्ने आँट पनि गरिहाल्न सकिएन। उनको धेरै विचार आफूलाई मन नपरी नपरी पनि राखेको छु। यस पटक पनि आफ्नो प्रशंसाको यो ब्लग राख्‍न मन नलागी पनि राख्‍नु पर्ने बाध्यताका कारण राखेँ। माफ गर्नुहोला- सालोक्य

-सूर्य […]

अन्तर्वार्तामा मुखरित राष्ट्रवाद कालापत्थरमा गएर उदाङ्गियो त यसमा ओलीको के दोष?

एकै छिन कल्पना गरौँ । नेपालका जाने मानेका पत्रकारहरु कसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तरवार्ता लिन पाउँदा कस्ता, कस्ता प्रश्न गर्दा हुन्? अझ मोदीकै आमन्त्रणमा वा मोदी प्रशासनको समन्वय र सौजन्यमा नेपाली पत्रकारले दिल्लीमा मोदीसँग सरकारी निवासमा खुलेर बात मार्न पाएका भए त झन् कति उधुम मच्चाउँदा हुन्?

पत्रकारको स्वभाव, पृष्ठभूमि, ज्ञान, अनुभव […]

भारतीय डिजाइनको असली सत्ता राजनीतिक खेल त अब पो सुरु हुनेछ

भनिन्छ, १२ वर्षमा खोलो फर्कन्छ। नेपालको सत्ता राजनीतिमा १२ वर्षको वरपर उथलपुथल आएको छ। नारायणहिटी औपचारिक रूपमा राजा ज्ञानेन्द्रले खाली गरेको २०६५ जेठ २९ मा हो। अहिले २०७७ को मध्यतिर सडकमा घन्केको राजा ल्याऊँ, देश बचाऊँ भन्ने जनताको नारा र सत्तारुढ नेकपाको विभाजनको बीचमा असामान्य राजनीतिक परिवर्तनको पूर्वाभ्यास मात्रै भइरहेको हो । र, निश्चित […]

ज्ञानेन्द्रको पास रद्द : नेपालको कानुन दैवले जानून् होइन, पूर्वराजाले चाहिँ मानून्

झापाबाट काठमाडौँ फर्कन नियमानुसार सवारी पासका लागि आवेदन दिएका पूर्व राजा ज्ञानेन्द्रले अन्ततः राजधानी फिर्ने अनुमति पाएनन्। किनभने उनले पास लिनुको उद्देश्य काठमाडौँ जानु मात्रै उल्लेख गरेका थिए भन्ने खबरहरु सार्वजनिक भएका छन्। ठीकै हो, सरकारले कोरोना महामारी रोक्न देशैभर लकडाउन गरेको बेला पूर्व राजालाई मात्रै घरी झापा घरी काठमाडौँ गर्ने सुविधा दिनु हुँदैन्थ्यो। […]

एउटा आत्मालोचनाले साम्य भएको नेकपाको रडाको

विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट देशवासीलाई बचाउन लकडाउनमा राखेको ४० औँ दिन, २० वैशाखमा सत्ता नायक प्रधानमन्त्री केपी ओलीबाट जनतालाई ठुलो राहत बक्स भएको छ । त्यो राहत भनेको उहाँले गरेको आत्मालोचना हो । शनिवारको सन्ध्यामा पार्टीको एक अध्यक्ष समेत रहनु भएका प्रम ओलीले आफ्नो पार्टी र सत्ताको आसनबाट शासन […]

जय ओली, जय ओलीतन्त्र

सिङ्गै विश्व मानव जीवनको साझा शत्रु कोरोना भाइरससँग जुधिरहेको बेला देशका प्रधानमन्त्री केपी ओलीले दिलोज्यानले कोभिड १९ विरुद्ध राज्य शक्ति खर्च गरेर लडिरहनु भाछ । तर पार्टीभित्रै र बाहिरबाट, खास गरी मिडिया र सामाजिक सञ्जालबाट उहाँको खैरो खन्ने काम कदापि रोकिएन । यसको प्रतिरक्षामा माहुरी र अरिङ्गालरूपी सूर्यछापहरुले पनि यस्तो सङ्कट र महामारीका बेला […]

कठै अख्तियारः सत्ताको ताबेदार ?

पंचायतमा लामो राजनीतिक करिअर बनाएका डा. मोहम्मद मोहसिन २०४६ सालको परिवर्तनपछि राप्रपाहरुको राजनीतिमा पनि चम्किए, राष्ट्रिय सभाको अध्यक्ष समेत भए। पंचायतदेखि पुर्नस्थापित प्रजातन्त्रकालसम्म डा. मोहसिनको निर्विवाद समर्पण र वफादारिता थियो, राजसंस्था र राजाप्रति।

तर, विडम्वना जब, तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९, २०६१ को कदमसंगै भ्रष्टाचार विरुद्ध कारवाहीका लागि शाही आयोग बनाए, त्यसको पहिलो […]

सागमा सफलता पाइरहँदा शरच्चन्द्र शाहको सम्झना, जसले मन्त्रीलाई दौरासुरुवाल दिने परम्परा सुरु गरेका थिए

१३ औँ साग अन्तर्गत तेक्वान्दोको महिला पुम्सेतर्फ आयशा शाक्यले स्वर्ण पदक जितेपछि जीवन साथी दीपक विष्टसँगको प्रेमिल अंकमालमा बगाएका खुसीका आँसु जारी प्रतियोगिताकै सर्वाधिक सफल र भावुक क्षण हो । दुई बच्चाकी आमा आयशाले स्वर्ण जितेपछिको खुसी साट्न पहिला श्रीमान् दीपकलाई अंगालिन् अनि बच्चालाई । आयशाले बंगलादेशमा सम्पन्न ११औँ सागमा पहिलो स्वर्ण जितेर […]

नाइट क्लबमा ननाचिबक्स्योस् महाराज ! गणतन्त्रको जग हल्लिन्छ

हेल्लो एक्स किङ्ग? याने कि पूर्व महाराज, मिस्टर ज्ञानेन्द्र। जब राति खै के जाती ताती भने झैँ रातबिरात के सारो गरेको हो यस्तो? यो बुढेसकालमा सहरमा जाडो बढ्दै गा’बेला किन राति राति नाइट क्लबमा धाउनु परेको? एक्लै खुसुक्क पनि होइन फेरि। बुहारी, छोरी, भतिजी आफन्तसहित नाइट क्लब धाउने? कस्तो जीवन शैली सुरु गरिबक्स्या हो […]

जम्मु कास्मिर : किन चुप सब? नेपाल खाने खतरा त बढेको हैन यो पाराले?

वनै खायो डढेलोले ….. मनै खायो त्यै मोरीको पापी मायाले….

ठयाक्कै यही गीत जस्तै लाग्छ अचेल नेपाली राजनीतिको छिमेक नीति, सम्बन्ध र क्रिया, प्रतिक्रिया वा मौनतालाई नियाल्दा। हेर्दाहेर्दै जम्मू कश्मीर निल्यो हिन्दुस्तानले । कट्टरपन्थी भापजावालाले त्यसको समर्थनमा विजयोत्सव मनाउँदै छन् । विरोधीहरू सुस्ताए, असन्तुष्टिका सुस्केराहरूसँगै । भारतमा मोदी युगको दोस्रो प्रहरमा दक्षिण एसियामा मात्रै […]

ह्यापी बर्थ डे ज्ञानेन्द्र : छौँडा गणतन्त्रले बल्ल देश ज्ञानेन्द्र Vs प्रचण्ड भन्ने चरणमा आइपुग्या छ

– समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ …… । बस, त्यही समय हो, जसले पूर्वराजा ज्ञानेन्द्रलाई सत्ता र शासनको सगरमाथा पनि पुरयाएको छ, समुन्द्री सतहमा पनि पछारेको छ । तर पनि उनको गति र मतिमा एकरुपता छ, निरन्तरता छ । त्यसैले शायद अचेल उनको दिन फिर्न फिर्न लागेको सर्वत्र चर्चा छ ।

– राजा पुनः […]

कैयन दुर्घटनाहरूबाट बाँचेका पूर्व युवराज पारसले तेस्रो हार्ट अट्याकलाई पनि जितून् !

– सूर्य खड्का – चोला हो एक आम मान्छेको जस्तै उनको पनि । त्यसमाथि दुई दुई पट्क अट्याकमा परिसकेको मुटु लिएर बाँचेका । आम मान्छे भन्दा भिन्न यानेकी अलिक गम्भीर अवस्थाको विशेष मुटु बीच बाँचेका कारण उनको मुटु क्रिटिकल अवस्थाकै थियो । खानपान, व्यायाम, ओखती मुलो र सकारात्मक दैनिकी जस्ता विशेष निगरानी नै उनको मुटु […]

१२ कारण जसले डा. केसीको यो पटकको अनशन पहिलेभन्दा फरक र कमजोर देखियो

सत्याग्रहप्रति दैनिक उदासिनः नयाँ पत्रिकाले दियो महत्त्व। यो शीर्षकको बाह्रखरी अनलाइनको माघ ६ गतेको समीक्षात्मक टिप्पणी यस पटकको अनसन प्रकरणको पछिल्लो ताजा अवस्था र यसको सम्भावित गन्तव्य चियाउने प्रष्ट ऐना हो । किन भने नागरिक भद्र अवज्ञा आन्दोलनका एक्ला मसिहा साबित हुँदै आएका डा. गोविन्द केसी आफ्नो १६ औँ पटकको जारी अनसनमा रहँदै गर्दा […]

पशुपतिनाथको आँगनमा युनिफिकेसन चर्चको परेड

धर्मलाई अफिमको संज्ञा दिने विश्वभरका साम्यवादी दर्शनका नायक कार्ल मार्क्स जीवित नै रही रहेका भए १ डिसेम्बर २०१८ मा काठमाण्डौंमा आयोजित कथित एसिया प्यासिफक सम्मेलनको तामाझाम देखेर छक्क पर्थे होलान् । किन भने दुनियाँ जान्दछ, संसारभरकै सर्वहारा मुक्तिको प्रतीक हँसिया हथौडाका हिमायतीहरु आफू त धर्मभिरु होइन्न, हुदैन्न, धर्मको प्रचार र प्रवर्द्धनमा पनि लाग्दैनन् । […]

कमरेड विप्लव, निर्मला प्रकरणका दोषी खोजेर दण्डित गरिन्न तपाईँको एकीकृत क्रान्तिमा ?

कमरेड विप्लव ,

तपाईँ कहाँ के गर्दै हुनुहुन्छ ? मलाई थाहा छैन । तर सुने पढेको छु की तपाईँ पुनः जनयुद्ध २ को आधिबेहरी सृजना गर्न लागि पर्नु भएको छ । तपाईँको दल नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मालाई सरकारले सर्वोच्च न्यायालयको आदेश विपरीत समात्दै, थुन्दै, र छोड्दै हतकडीमा देश दर्शन गरेका आधा दर्जन बढी श्रृखलाहरुका […]

प्रकाण्डको हत्कडीमा ओली सत्ताको स्वेच्छाचारी छवि

पन्चायतकालदेखि प्रजातन्त्रको पुर्नस्थापनाकाल २०४६ पछि तत्कालीन राजतन्त्रको कडा पक्षपोषण गर्नेमुश्मिल समुदायका स्वच्छ, निष्कलङ्क र अग्ला राजनीतिज्ञ थिए डा. मोहम्मद मोहसिन । तर जब तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ म शासन सत्ता हातमा लिएर शाही आयोग मार्फत कथित भ्रष्टाचारी विरुद्धको कारबाही सुरु गरे, तब पहिलो निशानामा उनै डा. मोहसिन पारिए । राजनीतिक जीवनको उत्तरार्द्धमा उतिबेलाको राष्ट्रिय […]

गाली किन गर्ने ज्ञानेन्द्रलाई ?

२०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएपछि पूर्व राजा ज्ञानेन्द्र शाह कतिपय हिसाबले सुकुम्वासी जस्तो देखिएका हैनन्, उनी सबैभन्दा ठुला त्यागी र उदार देखिए । किन की जेठ २९ गते देशवासीका नाममा सम्बोधन गरेर गाडीमा आफ्नी रानीलाई साथ लिएर नागार्जुनतिर लम्किँदा उनलाई बाई–बाई गर्ने सानो समूहका बिच पनि उनी प्रसन्न, आत्मविश्वासी र खुसी […]

केदार कोइरालाको हेडलाइन न्यूजमा पत्रकारिताको मैलो बिम्ब

-सूर्य खड्का-

नेपाली पत्रकारितामा केदार कोइरालाले जीवनमा कति समाचार बनाए? बोले वा भने ? यो बेहिसाब कथा हो । तर खबर खेतीका यी पात्र आफै खबर हेडलाइन बनेको प्रसङ्ग भने उनी एकथान केदारको मात्रै मामलो होइन, बरु पत्रकारमाथि कस्तो सम्मको षडयन्त्र हुनसक्छ भन्ने ठुलो संसार चियाउने एक सानो ऐना हो।

नेपाली प्रेस अहिले जुन व्यावसायिक […]

नेतृत्व लिन तयार छु भन्ने पूर्वराजालाई दशा नै बन्ला त मंसिरको चुनाव?

हरेक वर्ष जब कुनै पनि चाडपर्वहरु आफ्नो नियमिततामा दोहोरिदै आइदिन्छन, तब पूर्व राजा ज्ञानेन्द्र शाह एकाएक खबर तरंगमा जोडिने गर्छन्। यस वर्षको वडा दशैं देशको परिस्थितिका कारण भन्दै सर्वसाधारणसँग नमनाएका पूर्व राजा ज्ञानेन्द्र शाहले तिहारको भाइटीका भने मनाए। उनले शनिवार तिहारको अन्तिम दिन सदा झैं कमलादीस्थित बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहबाट भाइटीका लगाए अनि दुबोको […]