मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

विदेशमा चाडपर्वको सम्झना

-लेखनाथ गौतम,टेक्सास-
सदा झै यस्पाली पनि दशैं तिहार आयो र गयो । यताबाट नेपालतिर जाने लहर चल्यो । कोहि गए, नसक्ने गएनन् । बर्षभरी काम गरेपनी दशैं तिहारमा आफ्नै गाऊ फर्किने धेरैको चाहना पुरा भएन । जो गए उनिहरु भाग्यमानी थिए । यता उपलब्ध इस्टमित्र र साथीभाइ बिच नेपालमा झै गरि घटस्थापनाको दिन भन्दा पनि अगाडी देखिनै दशैंको बिषयमा कुरा सुरु भए । जमरा राख्ने दिन, फुल्पाती, महाअस्टमी, नबरात्री र टीकाको दिन मात्र होईन काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोबर्धन पूजा र भाइटिका औंला गन्दै बिते । सबैको जिउ काममा थियो तर मन र मस्तिस्क भने उतै आफ्नै देशतिर । के गर्नु कुइरेहरूको दुनियामा हाम्रो चाडबाडको केको मतलब ।

ब्यापारिकरण र बजारिकरणको पराकास्टामा पुगेको यो दुनियामा उनिहरुकै क्रिस्मसले त हावा खान लाग्यो, हाम्रा चाडबाडको के महत्व । बिदा हुने र लिन सक्ने जतिले साथी भाइ बीचमा न्युनतम रमाइलो गरेर बिताए । नसक्नेहरू झन अभागी कहलिए । दशैमा पनि बिदा पाइएन, यस्तो पनि हुन्छ, भन्दै टाउको ठोकेर बसे । कति डलरको मोहमा मसक्क फसेर दशैंलाई डलरसँग साटे । कतिले तिहारलाई साटे । कोहि येनकेन समय मिलाएर आफ्नै तालले दशैं तिहार मनाए ।

चाडबाड आफ्नै मौलिक तरिकाले मनाइनु पर्छ । समय सापेक्ष्य केही परिवर्तन त पक्कै हुन्छ तर आधारभुत रुपमा त्यसले धरातल छोड्नु हुदैन । पूजाआजा, इस्टमित्र र आफन्त सँगको भेटघाटले यस्ता सस्क्रितीलाई जिबन्त राख्छन । बिदेशिएका वा घरबाट टाढा रहेका आफन्त घर नफर्किने भए दशैं हरेक समुदाय बिच यति लोकप्रिय पक्कै हुने थिएन । दिदिबहिनी सँग दाजुभाईको अटुट सम्बन्धको गाथा नगाइएको भए तिहारको महत्व यति धेरै पक्कै हुने थिएन । मलाई लाग्छ दशैं र तिहारले हामी बिचका धार्मिक, जातिय र सास्क्रितिक सबै पर्खाल भत्काएका छन् । यिनै चाडको न्यानो रापले लोसार, इद र क्रिस्मस पनि मौलाएका छन् हामी बिचमा । कुनै यस्तो चाड छैन जुन सबैले नमनाउन वा कम्सेकम स्रद्धा नगरुन । अझ बिदेशमा बस्ने नेपाली बीच त जातिय र धार्मिक बिबादनै छैन । कामले लोत पारेर थाकेको बेलामा जमघट हुने र रमाइलो गर्ने अबसर जहाँबाट मिले पनि बालै हुदैन । यो त खाने, बस्ने, भेटघाट गर्ने सुनौलो अबसर हो । जन्म दिन, बिबाहको वार्षिक अबसर मात्र होईन बेबी सावर (मेरो भाषामा भुँडीपुजा) ले पनि रमाईलै हुन्छ । स्वदेश्मा जस्तो ठुलो जमघट र चहल्पहल नभएपनी यिनै चाडबाडलेनै हामीलाई फेरि एक बर्षको लागि रिन्यु गरेर फ्रेश पारिदिन्छन् । हामी फेरि अर्को सालको यस्तै अबसरको लागि औंला गन्दै बस्न सक्छौ । त्यति मात्र होईन यो हाम्रा छोराछोरीहरूको लागि हाम्रो संस्क्रिती, रहनसहन र पर्बहरूको बारेमा आफै अभ्यास गरेर सिकाउने सुनौलो अबसर पनि यिनै चाड्पर्ब हुन् । एउटा पुस्ताबाट अर्को पुस्तामा आफ्ना मौलिक संस्क्रिती सार्न यस्ता अबसर प्रयोग गर्नु सबभन्दा प्रभावकारी उपाय हो । साना बाबुनानी हरुलाई यस्ता अबसरले छिट्टो आकर्सित गर्छन् र त्यो उनिहरुको मन मुटुमा छिट्टो र नमेटिने गरि बस्न सक्छ ।

मलाई याद छ, सानो छदा हामी दशैंलाई दशैंको भोलि पल्ट देखिनै पर्खिन थाल्थ्यौ । औंला गन्दा गन्दै ३६५ दिन बित्थे । त्यस्पछि तिहार आउथ्यो । दशैमा मासु खान पाइन्थ्यो खसीको । दशैंको दिन्सम्म लाहुरबाट दाइहरू पनि आइपुग्नु हुन्थ्यो । वल्लापल्ला घरमा पनि लाहुरे अंकल र दाईहरूको उपस्थितीले गाऊ अचम्मै रमाइलो हुन्थ्यो । सबैका हातमा सालको पातमा बेरेका बिडीको सट्टा चुरोट हुन्थे । टेप्रिकोटले पनि भाखा फेरि फेरि गीत गाउन थाल्थ्यो । “बिछोडको पीडा नसकी खप्न दशैको बेलामा, तिमिलाई भेट्न आउदैछु फर्की रमाइलो गाऊमा” भन्ने गीत त हाम्रै पानासोनिक रेडियोले पनि गाउथ्यो । त्यति बेला सम्म ईन्डिया कटेर बिदेश जाने चलन थिएन । भारतबाट फर्केका लाउरे दाईहरूको बीचबिचमा हिन्दी मिसाएको सम्बाद सुनेर हामि मक्ख पर्थ्यौ । “अच्छा, तैले कतिमा पढ्दै छस् काइला ? अच्छा सँग पढ्नु पर्छ, पढाई बहुत जरुरी छ । अच्छा सँग पढिस भने दिल्लीमा मैले साहुसँग कुरा गरेर मुनिमको काम लगाइदिन्छु लेकिन पढिनस भने हामी जस्तै बर्तन सफा गर्ने काम गर्नु पर्छ” । हामी मक्ख पर्थ्यौ त्यो सुनेर । थाहा थिएन मुनिम के हो ? तर पढेलेखेकाले गर्ने काम होला भन्ने अड्कल काट्थ्यौ । यस्तै यस्तै भेटघाट र आफ्ना बिदेशिएका इस्टमित्र र छिमेकीको मिठो उपस्थितीले हाम्रो दशैं तिहार साह्रै रमाइलो हुन्थ्यो । त्यस्माथी दशैमा त एक्जोर कपडाको पनि जोहो हुन्थ्यो । च्यातिएर टाल्दा टाल्दा झिला झिला भएका लुगाले बिदा पाउने बेला पनि यहि थियो । मामाघर जान पाइयो भने झन् झन् मिठो खाने सुबर्ण अबसर पनि यहि थियो । बुवाआमा र मामाघरबाट ल्याएको आशिर्बाद अनि नयाँ लुगाले हाम्रो स्कुलको सुरुवात रमाईलै हुन्थ्यो । लाग्थ्यो यी सबै पर्ब हाम्रै लागि बनेका हुन जुन फेरि फेरि आउन्, बरु बर्षमा दुई तिन पटक आउन् ।

अहिले पक्कै पनि समय त्यस्तो छैन । शहर बजार मात्र होईन गाऊमा पनि पैसा पुगेको छ बिदेशबाट । एक रुपैयाँको लागि दशैं कुर्ने जमना अब गयो । अहिले त गाऊमै पनि मान्छे हजार र लाखमा खेल्छन । त्यहि पैसाले यहाँ गर्नु गरेको छ । मौलिकता हराएको छ हाम्रो समाजबाट । केरा, कुराउनी र सेलरोटी को स्थान नक्कली मिठाइ र प्याकेट्का चिज्बिजले लिएको छ । मही र दहीको ठाउँ मदिराले लिएको छ भने देउसी भैलो र रोदी जस्ता मनोरन्जनात्मक एबम सास्क्रितिक कुराहरुको सट्टा जुवातास, डिसको डान्सले हामीलाई नराम्ररी गाजेको छ । जागिर, राजनीति र ब्यापारमा लामो हात गरेर अकुत सम्पत्ति कमाउनेहरूले हाम्रा चाडबाडलाई बिक्रित बनाउदै लगेका छन् । अनि तिनै फटाहाहरूको देखसिखिमा कतिपय हामि पनि यस्को चाड्बाडको मौलिक स्वरुप बिर्सेर बिक्रिती निम्त्याउदै छौ । मामाघर वा ससुराली होस् जता जादा पनि पैसाकै हिसाब गर्ने रोग हामिमा देखा पर्दै छ । त्यसैले कतिको लागि यस्ता चाड दशा बन्ने गरेका छन् । दाईजोले चेलीको हुर्मत लिए जस्तै दक्षिणाले आफ्नै माओली र ससुरालीको हुर्मत लिदै छ । स्वेच्छिक रुपमा दिइने दक्षिणा पनि बोझ बन्दै छ कतिपएको लागि । यो हाम्रो चाडबाडको लागि घातक हो । यसलाई अन्त्य गर्नै पर्छ । बिक्रिती अन्त्य गर्दै राम्रो संस्क्रिती निर्माण गरेर मात्र हामी हाम्रा चाड रुपी साँस्कृतिक धरोहरहरू बचाउन सक्छौ । अर्काको देखासिखी होईन आफ्नै बुतामा अनि मौलिकता अपनाएर चाडपर्ब मनाउनु पर्छ ।

नेपालमा बस्ने धेरैलाई बिदेशमा कसरी चाडपर्ब मनाउदा हुन, कौतुहलताको बिषय होला । तर खाटी कुरो के भने हामी आखिर नेपालिनै हौ । उही खाना, उही लुगाफाटो र उही रहनसहन हो हाम्रो बिदेशमा पनि । दशैं आयो, खसीको खोजी सुरु हुन्छ । तिहार आयो सेलरोटी पाक्न थाल्छन घरघरमा । तीज, छठ, लोसार सबैमा उनै बस्तु, खाना र चाल्चलन हुबहु गरिन्छ । मान्छे बिदेशमा भएपनि मन उतै हुन्छ । कुरा देशकै हुन्छन् । देशकै नेताले गाली खान्छन । बाढी, पहिरो र अन्य बिपदले सबैलाई चिन्तित पार्छ । सहमती गर्नु पर्छ भन्नेमा सबैको मत मिल्छ । खाना उही हो, दाल भात तर्कारी अचार । बिदेश्मा स्याण्ड्विच खाने चलन भए पनि हामीलाई चामलकै बोरा चाहिन्छ । सबै चलन उही हो । हामी पनि वरिपरिका साथिभाइ मिलेर यस्पाली रमाईलै सँग दशैं मनाइयो । रमाईलै सँग तिहार मनाइयो । फरक यत्ती भयो, दशैं र तिहारले कसैलाई रिणमा डुबाएन । जुवाको खालमा कसैले आफ्नो घरखेत हारेन । दक्षिणाको बोझले कसैले टाउको समाउनु परेन । भन्ने हो भने दक्षिणामा डलरको चलनै चलेन । तर रमाईलै भयो । फेरि एक बर्षको लागि रेन्यु भैयो । फेरि पर्ब कहीले आउला भनेर आजै देखि पर्खी बस्दै छौ । तपाईंले के गर्नु भयो ? जुवातास खेलेर छोराछोरीको स्कुलको फी त चैट पार्नु भएन ? दक्षिणामा हत्ते हालेर ससुराली र मामाहरूको हुर्मत त लिनु भएन ? त्यस्तै हो भने पनि तपाईं त्यो कुरा अब देखि बन्द गर्दिनुस् । परदेश्मा जस्तै आफ्नै पाखुरामा विश्वाश गर्नुस । येताहुदो चलनै यस्तै छ । तपाईं हामी सबैले यस्तै गरे कसो होला ?

20 comments to विदेशमा चाडपर्वको सम्झना

  • सुरेन्द्र रेग्मी

    लेख सर यहाँको लेखले नेपालीहरुको महान चाड,दशैं -तिहार जस्ता सास्कृतिक पर्बहरुको नेपालमा भन्दा बिदेसमा धेरेई महत्व हुने कुरलाई यथार्थ रुपमा झल्कायको छ ।चाडबाडलाई कर्मकाण्डी हिसाबले मात्र मनाइनु हुन्न, ,आफ्नोन छेमता दछेत योग्यता भित्र रहेर अफु रमाउन सक्ने किसिमले मनाउनु पर्छ | कुनै चिज जबर जस्तो लादियको जस्तो लागे, तेस्मा भयका नकारात्मक पटाहरुलाई चलनबाट बिस्तारै हटाउनु नै उत्तम हुन्छ| झन खोक्रो आडम बर देखाउने गरी स्वांग पारेर चाड पर्ब त मनाउनु नै हुन्न| अहिले चाड कतिओको पिडको पहाड भएर उभ्भेको छ| यस्लाई सरल सुसम्मे पराले मनौनु पर्छ । बहुता सन्दर्भिक मर्मा स्पर्सी यहाँको लेखलाई सदुबाद

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • Basanta Thapa,Maryland,USA

    हो यहा कसैले हारेका छैनन् ,सबैले जितेका मात्र छन् किनकि यहा जो नेपाली छन् ति म यो र उ यो भनेर भन्दैनन् नेपाली भनेर भन्छन \ यो चाड मेरो होइन उसको हो भनेर कोहि भन्दैनन् ,नेपालीको हो भनि ,नेपालीको मैलिकता ,चिनारी हो भनि एक आपसमा मिलि मनाउछन\
    हामी नेपालीको काम र आम्दानीले मेल नखाएकोले प्रयाप्त समय दिएर चाडपर्ब मनाउन ,भेटघाट गर्न सकिरहेका छैनौ त्यो बेग्लै कुरा हो तर पनि हरेक नेपालि चाड मानिरहेका छौ ,मनाइरहेका छौ \ नेपालीको साझा सम्पति ठानी आफु जहा गए पनि जहा रहे पनि संगै लिइ आइरहेका छौ \धर्म .सस्कृति ,चाडपर्ब ,खाना ,भेष भुषा जहा गए पनि संगै जादो रहेछ ,संगै बाच्दो रहेछ यसमै गर्ब छ \ पाए भन्दा भन्दै धेरै गुमाइसकेको हुदा हुदै पनि आफ्नो पन आफु संगै छ यसमै खुशी छौ \ प्रिय कुरा सम्झेर रुने को नहोला आखिर त्यो आफनै आगन मा होस् या परदेशमा !

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • sashi Timilsina, Connecticut

    लेखनाथ जी,
    कति राम्रो लेख्नु भयो, मननै छोयो. धन्यवाद.

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 1

  • Bishwaraj

    ज्यानै छाडेर बिदेश भासीनछन् ब्यार्थको स्वांग – नक्कली जोगीले धेरै खरानी घस्छ भने जस्तै-

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 32

    • तपाइलाई के थाहा विदेश भासिनुस रहर होइन बद्यता हुन्छ कसै कसै को…….
      वईयत कमेन्ट लेख्ने हो? मुख मा हान्नु जस्तो….

      मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 2

    • Himal

      विदेशमा बस्नेको कुरा सुन्दा त देशको माया त विदेश गएपछि पो बढी हुन्छ कि क्या हो?

      मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

    • Aakash

      बिदेस जाने धेरैको बाद्यता भए पनि धेरै उतैको रमझममा हराउछन् (खाडी मुलुकमा ऋण काडेर गएका ती सोझा र मिहिनेती नेपाली बाहेक) | तपाई कतै तेही कोटीको पर्नु त भएन? यदि हो भने मेरो तपाई प्रति कुनै सहानुभूति छैन | सक्नु हुन्छ भने आफ्नो मातृभूमिमा बसेर केहि न केहि देन दिन प्रयास गर्नुस, सक्नु हुन्न भने बिदेसको रमझममा बसेर गोहीको आसु नबगाउनुस |

      मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 3

  • ipkoirala texas

    नेपाली हरुको महान चाड,दशैं -तिहार जस्ता सास्कृतिक पर्ब हरुको नेपाल मा भन्दा बिदेसमा धेरेई महत्व र सम्झना भएको हामी सबेई नेपाली हरुले महसुस गरिरहेका छौ,बिदेशमा बस्ने हामी नेपाली हरुले आफ्नै बाध्यता र बिबसता बीच देखावटी रुपमा दशैं मानिरहेका हुन्छौ,भने आफ्नु मन,भावना भने नेपाल को त्यो गाउ मा नेइ रोटे पिंग,लिंगे पिंग खेलेको मा पुगिरहेको हुन्छ,आधिकंस हामी नेपाली हरुको नियति नेइ हो नि ,बिदेशमा बस्ने नेपाली हरुको चाडपर्ब को सम्झना मुलक, सुन्दर लेख बाट सम्झना गरिदिनु भएको मा लेखनाथ सर लाई धेरेई धेरेई धन्यवाद ….अरु लेख को प्रतिक्ष्यामा ….!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • सार्थक

    जे गर्नु भयो लेखनाथ ज्यू राम्रो गर्नु भयो । हामीले देश, काल, परिस्थिती अनुरुप चल्नु पर्छ । हाम्रा रामा कुराहरुलाई बढावा दिनु पर्छ, नराम्रा र थेग्न नसकिने कुराहरुलाई सुधार्नु पर्छ । राम्रा कुरा अरु (बिदेशी) का पनि ग्रहण गर्नु पर्छ । हाम्रो मुलुकका सबै चाडपर्व, रिती, सँस्कृतिहरु हाम्रा आँफ्ना सम्पत्ति र हाम्रा गर्व हुन, यी हरेकलाई समान महवत्वका साथ मान्नु, मनाउनु पर्छ ।

    हामीले पनि यहाँ (कतारमा) त्यसरी नै दसैं मनाइयो जसरी नेपालमा मनाइन्थ्यो तर फरक यती मात्रै हो सबै बिधी बिधान पुरा नगरी छोटो, मिठो गरी मनाइयो । तर दसैंमा टिका, जमारा, सामुहिक भोज, तिहारमा देउसी-भैलो, सेलरोटी, भाईटिका सबै गरियो ।

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • rabish

    दशैँ मा घर नगएको नि यति भैसक्यो कि अब त नास्तिक नै भए जस्तो लाग्न थाल्यो

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

  • Babu Ram

    A very realistic article, has covered almost everything from comparison of the nepalese festival celebration in nepal with overseas, ethics of the festivals, pain of the Nepalese who is at overseas, attention of the Overseas Nepalese about their own country, a solid message how festivals supposed to be celebrated and many more…., a very good article indeed, thanks for posting this article.

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • dinesh

    लेख राम्रो लाग्यो……र सान्दर्विक पनि… बिदेसमा बसेर पनि स्वदेसमा जस्तै चाड पर्व हरु मनाउने हो भने घर धेरै मिस नहुदो रैछ ….
    हामि यहाँ दुख गर्न आएका हौं …तर जहाँ पनि आफ्नो सैली खोज्ने पर्छ …. बिदा पाउने ले लियौं होला नपाउने ले मद्धे रात मा वये पनि टिका लगायौं होला…. तर हामीले आफ्नो रिति थिति संस्कृति बिर्सेनौं,,,,,, किन भने हामि नेपाल कै हौं… चाहे जति सुकै बिदेसी बने पनि बन्न खोजे पनि…..
    मेरो त यो परदेश को पहिलो अनुवाव थ्यियो तर मैले के महसुश गरे वने कतिपय साथि हरु ले सक्ने भएर पनि “यहाँ पनि के टिका लगाउने र? ” भने जस्तो पनि लाग्यो… वा… कसैले यो यहाँ गर्न उपयुक्त छैन जस्तो पनि गरे… तर मलाई क लाग्यो भने जहाँ गए पनि आफ्नो अस्तित्वको जगेर्ना आफैले गर्ने हो…… निधारभरी दशैं को टिका लगाएर…. ट्रेन मा यात्रा गर्दा मलाई पनि धेरै जना ले फर्की फर्की हेरेका थ्यिए…. तर मैले तेस्लाई अप्ठेरो हिसाबले नलिएर गर्व को रुप मा लिए…..मैले दशैंमा पनि तेसै गरे… लक्ष्मी पुजामा त काम मा नै टिका लगाएर गए… सब छक्क परे…मैले त्यहाँ लाज धक मान्नु पर्ने कारण थ्यिएना .
    तेसैले मलाई क लाग्छ वने आफ्नो पहिचान जानेर मात्र हुन्न…. तेस्लाई उजागर पनि गर्न सक्नु पर्चा… जसले गर्दा भविस्यमा डायस्पोराका नेपाली समुदायले गर्व महसुश गर्ने छन् नेपाली भएको मा….
    आखिर जसो गर जे गर जतासुकै लैजाउ मलाइ यो मन त मेरो नेपाली हो………

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 0

  • Khagendra

    गौतमजी अति शान्धर्भिक लेख/ कुरा लेखेर बडो राम्रो काम गर्नु भएकोमा धेरै धन्यवाद, के गर्नु यहाँ ठ्याक्कै तपैले भनेजस्तै स्थिति देखिन्छ ? कोहि आफ्नो व्यवहार सुधार्ने पट्टि लागेको देखिदैन बरु बिस्तारै अरुको लहै लहै मा लागि पैसा, रक्सि, जुवा आदि तर्फ लाग्दै छौं ! तपाइको लेख पढेर हामी सबैको सुध्ही बुध्ही सप्रियोस भन्ने कामना राख्दै फेरी बधाई को कामना !

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • गौतमजी तपाइको यस लेखले कता कता नेपालमा हुँदाको सम्झना दिलायो ठ्याकै तपाइले भने जस्तै दिनहरु व्यवहार हरु संगै जुझेर पर्वहरु आयो रमाइलो लाग्थ्यो हामीलाई अलि ठुलो भएर बुझ्ने भए पछी घरमा चाडपर्वले परेको दशाटार्न बुबा आमालाई कति दुख सहनु पर्थ्यो न जागिर कसैको थियो नआउने बाटो कस्तो दुख हुने रहेछ घरमा टाडा टाडा आएका आफन्तहरु कोसेली लिएर आए पछी त्यसको दक्षिणा दिनै पर्यो तिहारमा दिदीबहिनीहरु संग भाइ टिका थाप्न जोहो गरेको रुपया जुवा खेलेर टाठ भएर उधारो टिका थाप्दा को पिडा त् भनि नसक्नु छ । अनि तिहारको नाममा जुवातास खेल्न पर्ने सिख्नै पर्ने नराम्रो प्रविती ले दिन दिनहु बिकराल रुप लिएको छ यस्ता प्रबितीहरु लाई हामीले नहटाए सम्मयो हाम्रो चाडबाडको लागि घातक हो । यसलाई अन्त्य गर्नै पर्छ । बिक्रिती अन्त्य गर्दै राम्रो संस्क्रिती निर्माण गरेर मात्र हामी हाम्रा चाड रुपी साँस्कृतिक धरोहरहरू बचाउन सक्छौ । अर्काको देखासिखी होईन आफ्नै बुतामा अनि मौलिकता अपनाएर चाडपर्ब मनाउनु पर्छ । पर्वको नाममा बिज्ञापन व्यापारिहरु लाई मौलाने अवसर नेपाली करण लाई भुलाउदै आधुनिक करण को नाममा आफ्नो मौलिक पनहरु भुलाउदै गैरहेका छौ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • राम्रो ! दशैँ र तिहार ले हामी हरुको बाल्यकालको दशैँको सम्झना लाई झन् जीवन्त बनाएर ल्याउछ / वास्तब मा दशैँ र तिहार चाही सबै नेपाली को चाड थियो त्यो समयमा / गाउँ मा छुटै किसिमको रौनक हुन्थ्यो / लाहुर बाट आउने काका अनि दाजु हरुले कहिले कहिँ राम्रा कुरा हरु पनि सिकेर आउथे जो आफ्नो गाउमा प्रयोगमा ल्याउथे/ अनि बाल वयमा दशैको छुट्टै महत्व हुन्थ्यो कसले पिंग माथि सम्म पुर्याउन सक्ने , कसको काकाले पिंगको लिङ्गो बाध्न लाई खाल्टो खन्नु भयो इत्यादी / तर अहिले हाम्रो चाडबाड मा केहि बिकृति हरु भित्रिएका छन् / घटस्थापनाको दिन देखि जुवाडे काका अनि तल्लाघरे साहिलाबाको घरमा बस छैन उनीहरु गाउकै भू.पु. अध्यक्ष्य ज्युको घरमा बास छ / पिंग बनाउने त धेरै टाढाको कुरा अचेल गाउमा पिंगको लिङ्गो सम्म पनि पाइन् छाडेको छ/अनि दुखको कुरा पहिला दशैँ हामी सबै नेपालीको चाड थियो अहिले क्षेत्री र बाहुनको मात्र चाड हो भनेर चिनिन र चिनाइन थालेको छ / चाड पर्ब भनेका हाम्रा चिनारी हरु हुन् यसलाई हामीले हाम्रा बा संग त सिकेर आयौ तर हाम्रा छोरा नाती हरु सम्म कसरि हस्तान्तरण गर्ने चिन्ता को बिषय हुन् लागि सकेको छ / अहिले चाडबाड त जुवा अनि तास खेल्न लाई मिलेको लाइसेन्स जस्तो हुन् पुगेको छ अनि हाम्रा भाबी पुस्ताको मनमा पनि दशैँ र तिहार भनेको चाही तास अनि जुवा खेल्नको लागि मात्रै हो भन्ने मानसिकता विकास हुन् लागेको छ र यो चाही चिन्ता को कुरा हो /

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • Aanjan

    साहुसँग कुरा गरेर मुनिमको काम लगाइदिन्छु ?? मुनिम के हो ? ?

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

    • rabish

      पैसाको हिसाब किताब गर्ने मान्छे, अंग्रेजीमा accountant

      मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

  • शशांक लामा, न्युयोर्क

    चाडबाडलाई कर्मकाण्डी हिसाबले मनाइनु हुन्न, आफ्नो मन कसरी रमाउँछ,त्यहि अनुरुप चल्नुपर्छ| कुनै चिज थोपरिएको जस्तो लागे त्यसलाई चलनबाट बिस्तारै हटाउनु नै उत्तम हुन्छ| झन स्वांग पारेर अचाक्ली गरि चाड त मनाउनु नै हुन्न| चाड पछिको दैनिक घर व्यवहार पहाड भएर उभ्भेको हुन्छ| “आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई” भन्ने उखान स्वांगे चाड मनाएर नै त सृजित भएको होला ! यहाँहरु सबैलाई शुभ चाड! शुभ पल !

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 3

  • विदेशबाट केहि सकारात्मक कुराहरु सबै नेपालीले सिकेदेखी नेपालको बिकास नेताहरुले गर्नु पर्दैन बिकास आफै हुन्थियो | जस्तै पाखुरा बजार्ने कुरा ~~~~~!

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 4

    • मणि

      सार्है ठिक कुरो गर्नु भो यहाँले| तपाइले केहि गर्नु भएको छ कि नाई? गर्नेलाई थाहा छ कि नेपालमा कुनै इलम गर्न कत्ति गाह्रो छ भनेर|
      १. ऋण लिन बैंक ले थोपो दिन्न (सानो काम लाई गन्दै गन्दैनन ब्यानकर ले, किनकि कमिसन आउदैन)
      २. आफ्नो खर्चले काम सुरु गर्नुस, रकम कहाँ बाट आयो भनेर उजुरी गर्न तयार हुन्छन मान्छेहरु
      ३. अफिसको एउटा बोर्ड बाहिर राख्नुस अनि भोलिपल्टै भिखारी जस्तो यो, त्यो, हचुवा, घिचुवा, हग्ने, मुत्ने पार्टी का रसिद उनीहरुको ईच्छा अनुसार को आउछ! टोल पिच्छेका युवा क्लब अनि नाना थरिका पनि|
      ४. बल्ल बल्ल काम सुरु गर्न खोज्यो, कच्चा पदार्थ को हाहाकार (खै त किसानले पाउने मलको सुबिधा)
      ५. बिदेशी नातेदार छन् भने सजिलै बैंक को ऋण, अनि अरु ब्यबसाय जसलाई बैंकले ऋण दिएको त्यसले त्यो नातेदारको सामान किन्नै पर्ने|
      उदाहरन (यो मेरो अनुमान) फ्रेन्च नागरिकले गाइ/दुध ब्यबसाय नगरकोट तिर गरेका छन् र उनलाई कुन बैंकले ऋण दिएको छ र त्यहाँ बाट उत्पादित चीज कता गएको छ (५* होटेल मा) भन्ने कुरा सगरमाथा tv का पत्रकारलाइ सोध्नुस| के नेपालीहरुले गरेका छैनन् र यी काम? खै प्रोत्साहन? (लिंक हेर्नुस)

      मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

eXTReMe Tracker