-ज्योति रिमाल-
एक दिन मेरी छोरी कलेजबाट फर्किएपछि सुनाउन थाली – उसको क्लासमा डोमेस्टिक भ्वाइलेन्सको बारेमा असाइनमेन्ट थियो। उनले घरेलु हिंसा हुने संसारका टप देशहरुमा नेपाल पनि रहेको बताएकी रहिछिन्। उसले भनी “ मम, मलाई थाहा थिएन म नेपालमा नजन्मे पनि नेपाललाई यति माया गर्छु भनेर!” उसको घाँटीमा अड्किएको स्वरबाट राम्रै बुझिन्थ्यो कि एस कुराले उसको मन मा कति चोट परेको छ?
मलाई पनि यस कुराले १२/१३ वर्ष कै उमेरदेखि धेरै घच्घच्याएकै हो। अहिले पहिलेभन्दा केही घट्यो होला तर आज पनि वरपर लोग्नेले गरेको ज्यादति बारे सुन्नमा आइरहेको छ। आज लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको सुरुवात हुने दिन यस विषयमा केही बहस गरौँ भनेर म उपस्थित भएकी छु।
आज एक्काइसौँ शताब्दीमा आएर पनि हामी महिलाहरुले, हामीमाथिको अत्याचारलाई समाजले के भन्ला भनेर सहेर नै बसेका छौँ। नपढेको मूर्खले स्वास्नी कुट्नु अलि कुरा बुझिन्छ। तर आज पनि पढेलखेका भलादमीहरुसमेत स्वास्नी भकुर्ने रहेछन्! छ्या! छ्या! कति घिनलाग्दो कुरा! ऊ यो तपाईँ ! अनि ऊ त्यो तपाईँलाई भनेको। लाज लाग्दैन अलिकति?
समाज ! समाज ! समाज! के गर्छ यो समाजले ? जहाँ आफ्नो दिदीबहिनी व़ा छोरीको इज्जतको केही परवाह छैन। जहाँ एउटी अबलामाथि अत्याचार भएको देखेर पनि चुप लागेर सहिन्छ, त्यो समाजको के इज्जत?
यो सब हुनुको एक मात्र दोष म नारीहरूलाई नै दिन्छु। कुट्न दिएपछि न कुटछन्। रोक लगाउनु नै पहिलो पाइला हो।
भो पुग्यो उठ अब लाचार भएर बस्न यसरी !
पुरुषलाई भन्नु केही छैन। २ हजार वर्षदेखि उनीहरुले पाई आएको वस्तु उनीहरु किन छोड्छन् ? २ हजार वर्षसम्म थिचोमिचोमा परेर पनि कति सहेर बस्छौ हे नारी हो? कति छ बल तिमीहरुसँग सहने ? कति जिउँदै मरिमरि बाँच्छौ ? अब त खोज तिम्रो स्वतन्त्रता। अब त बाँच आफ्नो जिन्दगी आफ्नै लागि हो भनेर।
यो तिमिहरुकै कमजोरी हो आफूमाथि अरुको बोलाबाला हुन दिने। आफूमाथि अरुको हातपात हुन दिने।
कति लोलोपोतोमा अल्झिने ? “तिमी धर्ति झैँ छौ महान सहनशील ! तिमी पतिब्रता! गृहलक्ष्मी भन्दाभन्दै मक्ख परेर कति सहने? कति झुक्किने ? कति डराउने? कति तर्सने?
भो अब त बाहिर निस्क त्यो लक्ष्मण रेखाबाट। हेर कति स्वच्छ, स्वछन्द, निस्फिक्री छ यो जिन्दगी?
समाजले के दियो तिमीलाई ? घृणा , तिरस्कार, कष्ट! अपमान!
समाजले दिनसक्ने एक मात्र वस्तु पनि तिमीले पाएको छैन भने, किन फेरि त्यही समाजको डर? अब प्रचार गर तिम्रो लोग्नेको असलियत रुप ऊ को हो भनेर। गराई देऊ बेइज्जति हुने जति। अनि बल्ल छोड्नेछन् यो गति! छोड अब नभन मेरो पति।
पति त्यो हुन्छ जसले आफ्नो पत्नीको रक्षा गरोस्। जुन पत्नी आफ्नै पतिदेखि भयभित छन् भने उसको लागि सबभन्दा ठूलो कुरा नै आफ्नो ज्यान जोगाउनु हो। योभन्दा ठूलो धोखा उसको लागि के हुनसक्छ? आफ्नै घरमा आफै असुरक्षित!
इज्जत जोगाउने!, समाजमा राम्रो बनेर देखाउने भन्दा हजार गुणा महत्वपूर्ण कुरा त उसको जिन्दगी हो। आफ्नो ज्यान भन्दा ठूलो संसारमा के हुन्छ?
म आज सोध्छु सब पुरुषलाई “के छ तपाईँहरुको विचार यस सन्दर्भंमा? के नारीहरुलाई आज पनि कुटपिट गरेर राख्नु सुहाउने कुरा हो? कसरी नेपाली महिलालाई शक्तिशालि बनाउने? पुरुषका निम्ति बनेका ती सब पुराना नियम कसले चेन्ज गर्छ? के तपाईँ पुरुष भएर कहिले यो कुरामा ध्यान दिनुभएको छ? कहिले सोच्नु भएको छ अरुको कुटाई
खाएर बस्नु कति गाह्रो कुरा हो भनेर?”
अर्को कुरा महिला वर्ग लाई सोधौँ, ” किन तपाईँ आफै महिला भएर महिलाको पक्ष लिनु हुन्न? के “डर” नै त्यसको मुख्य कारण हो त? किन डराउने? सत्यकार्य मा कसको डर? तपाईँहरु किन आवाज उठाउन हच्किनु हुन्छ?
डर त उसलाई हुनुपर्ने हो जसले एउटी नारीमाथि अत्याचार गर्छ।
तलका यी लिंकबाट यस विषयमा सम्बन्धित कुराहरु थाहा पाउन सकिन्छ-
Top ten worst country in world!
http://www.weforum.org/issues/global-gender-gap
http://forcechange.com/18416/stop-an-epidemic-of-violence-against-nepals-rural-women/
http://www.unfpa.org.np/pub/vaw/VAW_REG_Analysis.pdf
http://www.icrw.org/taxonomy/term/25 (In India how they trying to deal with it)
[तपाईँले आफू वरपर महिलामाथि गरिएका कस्ता हिंसा देख्नुभएको छ ? त्यो अनुभव पनि तल कमेन्टमा बाँड्नुस्]





मेरोपनि विहे भा को गोडा १२ वर्षजति भो । अहिलेसम्म एक झाप्पु ला को पनि छैन खा को पनि छैन । कसैले मर्द नभन्न सक्छन मलाई । तर स्वास्नी कुटेर नामर्दहरुको बीचमा मर्द कहलिनु पनि छैन । यौटा कुरा नढाँटी भन्छु कैलेकाइँ ठाकठुक त परिनै हाल्छ । दुई चार दिन नबोली पनि बसिन्छ ।न यो बानी चाहिं सुधार्नु छ। धन्यवाद
मन परे हरियो नपरे रातो !
1
0
कम्जोर मान्छे हेपिन्छ तेसैले बलियो बन्नु पर्यो र बलियो पार्नु पर्यो शिक्षा को हतियार ले भरिपुर्ण हुनु र पार्नु पर्यो अनि हेरौ त कसले कसलाई हेप्न त पिट्न सक्छ
मन परे हरियो नपरे रातो !
1
0
छि छि यस्ता कुकुर हरुलाई के भन्नु जो आफ्नो बल पर्योग गर्न अरु लाइ दुख दिन्छन अनि आफ्नो श्रीमती लाई कुटछन्! के यस्तो पनि मान्छे होर!इनिहरुलाई त जसरि श्रीमती लाई कुटछन् तेसैगरी पिटाईखाएपछी बल्ल थाहा हुन६ पिटाई कस्तो हुन६ भनेर!मुर्ख अनि घमण्डी अनपड लाई के थाहा अरु कुराहरु श्रीमती कुट्न बाहेक!यस्ता पशु हरुलाई त दाम्लोमा बादेर घाँस हाल्नुपर्ने!
मन परे हरियो नपरे रातो !
2
1
मैले चाही अझ सम्म कुट्न पर्ने अवस्था आएको छैन है, यो त लोग्ने स्वास्नी बीच को को कुरा अरु ले बोल्न त्यति राम्रो होला जस्तो लागेन, कसैकी स्वास्नी लाइ लोग्नेले के कस्तो ब्यह्बार गर्दा ठिक हुन्छा भन्ने त्यो लोग्ने ले जानेको छ | पराईले भन्दा त्यो स्वास्नीको बारेमा त्यो कुट्ने लोग्नेलाई था छ त्यसकी स्वास्नी कस्ती भनेर, |अरुको घरको कुरा हाम्ले मिलाएर होला र खै ?
मन परे हरियो नपरे रातो !
2
5
लोग्नेले स्वास्नी , स्वास्नीले छोरा छोरी , अनि नोकर , पुलिसले चोर कसैलाई पनि कुट्न पाइदैन यदि त्यो देसमा सच्चा कानुन छ भने नत्र … हाम्रो देसमा बल हुनेले मात्र कुट छन् – राइ गुरुङ मगर का तिघ्रे स्वास्नीले लोग्नेलाई पिटेको देख्याछु बाकी लोग्नेको पिटाई खाने पिलन्धरे बाहुनी , नेवारनी ले मात्रै हो यतिखेर ! धैर्य गर्नुस अब बिस्तारै बुझ्दै छन् लोकले …जो कोहीलाई पिट्न हुन्न, छुवा छुत बोक्सी का कुरा बुझ्दै जान्छन / हतारले घर नाभाड्नुस माया गरेर अगाडी बढौ!
मन परे हरियो नपरे रातो !
4
0
खै यो बिसयमा तेती राम्रो अनुभव छैन, एक दुइ झापड त हानियो जस्तो लग्यो. गल्ति भए माफ पाउ हजुर
मन परे हरियो नपरे रातो !
6
5
खुसि लाग्यो २/४ जाना पुरुस बर्गहरु को निकै राम्रो बिचार सुन्न पाएर। तर सन्कुचित बिचार भयका पुरुस को कमि रहेनछ। लेख पाढ्हिने महिला बर्ग को सन्ख्या धेरै कम देख्दा साह्रै दुख्ख लाग्छ।
मन परे हरियो नपरे रातो !
9
2
बहशको बिषय राम्रो हो तर यो लेख चै लास्ट झूर लाग्यो | अलिकति आध्येन-अनुसन्धान गरेर राम्रो सैलिमा लेख्नुभाको भए पाठकलाई पढ्न मज्जा आउथ्यो | मैले त जबर्जस्ति पढे |
मन परे हरियो नपरे रातो !
3
11
मेरो व्यक्तिगत बुझाई :
# नामर्दले मात्र श्रीमती कुट्छ
# “मर्द हुँ” अरुलाई पनि कुट्छ
# “बास्तबिक मर्द ” ले कसैलाई पनि कुटदैन, बरु सबैलाई खुसी पार्छ
मन परे हरियो नपरे रातो !
17
1
Physical violence only doesn’t describe domestic violence . It’s a broad issue. Mental violence such as bullying and sexual abuse (which is very hard to identify) counts more than of physical violence.
मन परे हरियो नपरे रातो !
5
2
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
18
52
हरि गौतमजी,
त्यसो भय देखि तपाइले आफ्नो आमा, दिदि बहिनीहरु लाई पनि कुट्नु भयको रहेछ शायद किनकि उनीहरु पनि स्वास्नी मान्छे हुन् र तपाइको नजरमा स्वास्नीमान्छे हरुको व्यहोरा हुदैन | अनि त्यहि स्वास्नीमान्छे बाट जन्मनु भयको तपाई आफु लोग्ने मान्छे भै खायको को चाही कत्तिको व्यहोरा छ रहेछ र त आज यस्तो कमेन्ट लेख्ने आट गर्नु भो | आखिर कसको चाही व्यहोरा नहुदो रहेछ त भन्ने कुराको प्रमाणित गरिदिनु भो यहाँ तपाई ले | अब शायद तपाइको लोग्नेमान्छे साथीहरुले तपाई लाई स्याबासी नै देलान कि ?
अनि तपाइको बिचरा त्यो आमाले आफ्नो छोराको यो कमेन्ट देख्नु भो भने कत्ति गर्ब गर्नु होला नि आफ्नो छोराको यस्तो नालायक लेखाई देखेर |
मन परे हरियो नपरे रातो !
5
2
गीता जी मैले सायद बिस्तृत मा लेखिन तेसैले गलत अर्थ लग्यो होला | जुन महिला हिंसाको शिकार हुन्छन तिनीहरुको पनि कहिँ न कहिँ केहि कमि नै हुन्छ जसलाई जति नै सुधार गर्न खोजिए पनि सुध्रिदैनन | अब मेरा दिदि बहिनि अनि आमा पनि हुनुहुन्छ तर उहा हरुले तेस्तो कुटाई खाने केहि काम नै गर्नु हुन्न | मैले त अहिले मै हु भन्ने आइमाई मान्छे हरुलाई लक्षित गरेर कमेन्ट पोस्ट गरेको थे अब तपाई लाइ चित्त बुझेनछ… अब म के बुझौ त ?
मन परे हरियो नपरे रातो !
1
5
आफु नाच्न जान्दैन आगन टेढो/ गतिला महिलाले पुरुष sanga मिलेरै घरलाई स्वोर्ग बनाएको पनि देखेको छु /मेरै Ghar पनि मेरी srimati को कारणले स्वोर्ग जस्तो छ / उनि मेरो आखाको नानि मा बस्छिन / काम नलाग्ने ले लोग्नेलाई गालि गरेर बस्छन अनि आफ्नै घर नर्क जस्तै बनौछान/
अहिले को युग मा पनि एक ले अर्को माथि दोस थोपर्नु भन्दा आफै बुद्दिमानी भैयो भने जीवन रमाइलो बन्छ/
काम नलाग्ने मान्छे महिला पुरुष dubai बराबरी छन् /
बुद्दिमान ब्येक्तिले अरुलाई दोष लाउनु भन्दा पनि सुधारेर सकारात्मक role खेल्न पट्टि लाग्छन /
मन परे हरियो नपरे रातो !
25
6
हाम्रो समाजमा तीनथरी का लोग्ने मानिसहरु छन् १. जो आफुलाई V I P भन्छन राम्रो नराम्रो वास्ता गर्दैनन २. म र मेरी श्रीमती बराबर हो दुबैले मिलेर गर्नुपर्छ भन्छन सबै थोक मिलेर गर्छन & तेस्रो चै श्रीमती भनेको housewife हो उसले घरको सबै काम गर्नुपर्छ कामै गर्न त ल्याएको हो नि अरु के काम छ र भनेर निहु खोजि खोजि कुट्ने पिट्ने सब थोक गर्छन /
मन परे हरियो नपरे रातो !
17
0
साचै नेपाल मा लोग्ने को एक झापट पनि नखाने महिला कति होलान होला? कसैले येस्मा नि अनुसन्धान गरे हुन्थ्यो नि. स्वास्स्नी नकुट्ने लोग्ने भएको देश भनेर नि top १० मा पर्ने हो कि ??
statistics न हो रमाइलो नै हुन्छ मान्छे ले चाहे र फाइदा अनुसार को नतिजा निकाल्न सकिन्छ.
मन परे हरियो नपरे रातो !
14
4
तेही भन्या त्यो ज्योति रिमाल जी को छोरी ले पढेको पनि तेही बनावटी डाटा नै हो! फेरि भनेको पनि सुन्नुस न !
“ मम, मलाई थाहा थिएन म नेपालमा नजन्मे पनि नेपाललाई यति माया गर्छु भनेर!”
नेपाल लाई माया गर्ने भए बाहिर बसेर डाटा पढेर “घाटीमा स्वर अड्काउने ” कि आफुले पनि केहि गर्ने!
ओहो यहा अफ्रीका मा खान नपाएर कति बाल बालिका मर्छन भन्ने लेखेको रैछ म पनि एकछिन डाको छोडेर ह्वा-ह्वा रुन्छु है त | :’(
मन परे हरियो नपरे रातो !
21
9
महिला माथि हुने हिंसा को पछाडी हाम्रा ‘धर्म-शास्त्र’ ले परोक्ष रूपले टेवा पुर्याउँदो छ. शायद
यही कारणले एक महिलाले हालै एउटा लेख यस्तो शीर्षक दिएर प्रकाशित गर्नु भएको छ ” व्यभिचारी भगवानलाइ पूजा गर्नु भन्दा प्रकृति रूपी देवीको नियमलाइ पुज्नु बेश ”
नेपाल र भारत जस्ता मुलुक हरुमा महिला वर्ग बढी पीडित हुनुको पछाडी हिन्दू शास्त्र बढी जिम्मेदार छ , जसले नारी र जनावरलाई एकै तराजुमा तौलने मानसिकता जन्माएको छ.
मन परे हरियो नपरे रातो !
23
25
Bravo, you hit right there in the center.
मन परे हरियो नपरे रातो !
14
8
नेपाल र भारत मात्र होइन मित्र अमेरिका कै किसान बस्ति हरु “rednecks” हरु मा पनि लोग्ने ले स्वास्नी कुट्ने गर्छन | अब चाहिँ के तपाईको christian धर्म ले गर्दा भएको भन्नुस न !
चीनमा पनि तेस्तै छ| भनेपछि बुद्धिस्ट धर्म ले सिकाएको रैछ हैन त?
अब म कुनै मान्छे ले केहि नराम्रो गर्यो भने “ऐ तेस्को धर्म ले गर भनेको भन्ठान्छु है त सुभाष जी! ”
झन इस्लाम धर्म मा त कुरान ले नै अनुमति दिन्छ भन्छन् | अब तपाई को पाखण्डीपन लाई म के भनौ त सुभाष जी ?
मन परे हरियो नपरे रातो !
27
10
सुभाष सिद्धि उदास जी,
हिन्दु धर्म अति नै, जटिल छ उत्तिकै फ्लेक्सिबल पनि छ त्यसैले मान्छेहरु ले आफ्नो आफ्नो व्यक्तित्व र आफ्नो सोचाई अनि धारणा अनुसार यसलाई परिभाषा गरिदिन्छन | यसको मूल जड बुझ्नुको साटो मान्छेहरुले जसरि आफु लाइ सजिलो पर्न जान्छा त्यस्तै तरिका ले यो धर्मको व्याख्या गरिदियाका छन् | “फूलको आखामा फूलै संसार” भने जस्तो तपाई ले पनि यस मा खाली स्वास्नीमान्छेहरुमा भयको हिंसा र असमानता मात्र देखु भयको रहेछा | पढेर सारै दुख लाग्यो |
हिन्दु धर्म जस्तो वैदिक धर्म प्रतिको सोचाई लाई अलिक सकारात्मक ढंगले विस्तारित गरे पछी फेरी यहाँ कमेन्ट गर्न आउनु होला कि?
मन परे हरियो नपरे रातो !
0
0
जब सम्म महिलाले नै आफु आत्मनिर्भर हुदैनन् तबसम्म यस्ता कुराहरु हुन्छन नै/ अर्को कुरा जब परिवारमा कुनै संकट आउछा तब महिलाले पुरुषप्रतिको निभार्ताको आबस्यकता को kunai विकल्प देख्दैनन, जति नै ठुला कुरा गरे पनि/ कतिपय महिला नै यसलाई मानपरौनेनी हुन्छन बिकसित अथवा अविकसित मुलुकमा/ जस्तो कि चार्ल्स शोव राजलाई मनपराउनु अनि टोलका गुन्दहरुलाई मन पराउनु/ कुनै पनि समाजको केहि घटनालाई लिएर सम्पूर्ण समाजलाई मुछ्नु आफैमा एउटा संकुचित विचार पनि हो / समग्र मा भन्दा यो एउटा जटिल बिसय हो र यसको बारेमा केहि लेख्नु पूर्व लेखकले महिलाको जुत्तामा टेकेर लेख्नु भन्दा अघि केहि अनुसन्धान गरेर सम्पूर्ण कारणहरु केलाएर लेखेको भए न्यायोचित हुनसक्थ्यो तर सतह मा कुनै दोष थुपारेर कसैमाथि रिस पोखेर कुनै समाधान निसकने सम्भावना हुदैन / यो त NGO / INGO को डलर पचाउने एउटा लेखा जस्तो बाहेक कुनै औचित्य छैन / एउटा नियम कानुन नभएको देशमा जहाँ सोतंत्र पुर्बक हिड्ने डुल्ने अनि आफ्नो सोव्तान्त्रत पुर्बक जिविकोपर्जोना बय्वासाया गर्न नपाउने ठाउमा ( राजनीतिक भरौटे ले सबै अधिकार खोसेको ठाउँ ) बिकसित देशको तुलना गर्न थाल्यो भने त अंगुर र खर्वुजा को तुलना गरेजस्तै हो / र अन्तमा भन्दा हिंसा भनेको कुनै पनि पछ्हले गरेको होस् त्यो सिव्कार्य होइन तर नेपालको परिपेक्च्यामा कुरा गर्दा महिलामाथिको हिंसा भन्दा पनि बिकराल समस्या सामान्य जनतामाथि राजनीतिक पार्टी र तिनका भरौटेहरुको हिम्सा छ र तेस्को सिकार सम्पूर्ण नेपालीहरुनै भैरहेका छन् र अझै पनि पढेलेखेका मुर्खहरु तिनै राजनीतिक पार्टी को अन्धभक्त भएर सानातिना स्वार्थ मा अल्मलिरहेको देख्दा चाही आफु नेपाली भनेर भन्न पनि लाज लाग्न थालिसक्यो/ अब त अति भयो अब हरेक कुरामा राजनीति नामिसये कसो होला
मन परे हरियो नपरे रातो !
6
7
Wow !
यहाँ काँचको पर्दा पछाडी बसेर नेपालमा महिला हिंसा छैन भन्ने मित्र हरु,
के तपाईं हरु यहि कुरा सार्बजनिक स्थानमा वा कुनै औपचारिक जमघटमा छाती ठोकेर भन्न सक्नु हुन्छ? पंक्तिकारले जुन शैलीमा प्रस्तुत गरे पनि कुरोको चुरो वा लेखको मूल आशय के हो भन्ने कुरा सबै भन्दा बढी तपाइहरुले नै बुझ्नु भएको तथ्य टुपी कसेर उक्त लेखले सम्प्रेषण गर्न खोजेको आशयको बिरोधमा उत्रनुले देखाईसकेको छ| भो छोडी दिउँ छाऊपडी प्रथा के हो भन्ने कुरा, त्यो त धेरै टाढाको कुरा भयो, बरु कुरा गरौं हाम्रै तथाकथित “आधुनिक समाज” को | लौउ भन्नुस कति जना तपाईहरुले खाईसके पछी आफ्नो जुठो थाल धुनु भएको छ वा टेबल बाट टिपेर धुने ठाउँ सम्म पुर्याउनु भएको छ ? कि आमा, कि दिदि बहिनि, कि श्रीमतीको बाटो हेरेर आफु चाहिं ज्युनार गरि सक्नु पा’ छैन बैठक कोठामा टेलिभिजन तिर लाग्नु हुन्छ, होइन भने होइन भन्नुस !
हिंसा भनेको शारीरिक मात्र हुँदैन मित्र हरु ! मानसिक हिंसा झन् बढी पीडादायी हुन्छ|तपाई हरु कति जनाको घरमा महिला सदस्य भट्टीमा रक्सि पिएर अबेर घर आउनु हुन्छ अनि पुरुष सदस्य भान्सा सम्हाल्नु हुन्छ ? महिला चोकको चिया पसलमा तास वा जुवा खेल्छ अनि पुरुष घरको सारा धन्दा सम्हाली रहेको हुन्छ ? कि यो पनि हाम्रो संस्कृति हो भनेर जगेर्ना हो ? त्यसकारण मित्र हरु अलिकति आँखा खोल्ने बेला भयो कि अब !
मन परे हरियो नपरे रातो !
32
6
एकदुइ ठाउँ मा भयो भन्दै मा सबै पुरुस लाई दोष दिनु कतिजायज हो ? अर्को कुरा महिला हरुले पनि कति पुरुष लाई अपमान गरेको भेटेको छु मैले यसलाई चाही के भन्ने ???भासन दिन सजिलो छ मित्र.
मन परे हरियो नपरे रातो !
26
26
महेन्द्र जी एक दुइ ठाउमा चाही महिलाले अलिकति आत्मसम्मान पाएका होलान त्यस लै चाही सबै नेपाली महिलाले पाएका छन् भन्ने? अधिकास स्थान हरुमा महिलाले चुलो चौकामा नै अल्झिएर जिबन बिताउनु भएको छ /हरेक दिन आतंकित भएर दिन बिताउनु हुन्छ / हरेक दिन भगवान संग प्राथना गर्नु हुन्छ आज मेरो श्रीमान्ले रक्सि नखाओस भनेर/ कुनै दिन मेरो श्रीमान ले मा संग पनि मिठो बोलि बोलोस् भन्ने चाहना अनि आशा गर्नु हुन्छ / मैले कतिपय स्थानमा देखेको छु बाहिर साथी संग भएको झगडामा जित्न नसकेर घरमा आएर अबला स्वास्नी कुट्ने महापुरुष हरु / छिमेको डाहले गर्दा छिमेकीलाई केहि गर्न नसकी आफ्नै स्वास्नी कुटेर छिमेकी लै तर्साउन खोज्ने लाछी पुरुष हरु / हे स्वास्नी कुटुवा नामर्द पुरुष हरुहो!!! त्यही नारीले तिम्रो घरवार चलाई दिएको भएर सरकारी साढे जस्तो भएर चोक चोकमा चिया खादै अन्त्यहीन तथा औचित्यहीन धाक लागेर बसेका हुन्छौ/ सोच त तिमीले कहिल्यै आफ्नो छोरा छोरीको आची धोएका छौ? कहिल्यै आफ्नो लुगा आफै धोएका छौ? अरुको त परे जाओस आफ्नो जुठो थल टिपेर जुठेलना सम्म पनि पुर्याएका छौ? अरे तिमि पुरुष निरोगी नै हुदा खेरि पनि रोग लगेर थलिएकी स्वास्नी ले खाना पकाइन भने तिमि अनि तिम्रो बच्चा हरु ले खान पाउदैनन / त्यसैले स्वास्नी कुट्ने मानिस लाई त मा मानिस होइन पशुको कोटिमा पनि राख्न सक्दिन किनकी पशुले पनि आफ्नी स्त्रिलिंगिको रक्षा गर्छ सकेसम्म जय नहोस कहिले पनि स्वास्नी कुट्ने नामर्द हरुको !!!
मन परे हरियो नपरे रातो !
33
3
रमेश जी मेरो त अझै सम्म बिबाह भाको छैन अनि छोरा छोरि को खयाल त गर्ने बेला अलि भाको छैन र म महिला हिंसा को बिरोधि पनि हो. तर लेखमा मा पुरुस लाई मात्र दोष दियको चाही अलि चित्त नबुझेर हो.अरु त मा पनि तपाई को विचार संग १००% सहमत छु ……
मन परे हरियो नपरे रातो !
2
1
कुरा प्रासंगिक भए पनि प्रस्तुति को सैली राम्रो भएन. महिला माथि हातपात को कुरा राम्रो हो भनेर स्वीकार गर्ने त बज्र स्वाठ बाहेक को हुन सक्छ र . अब महिला हरु ले पनि आफु अत्मनिर्वर हुन सक्ने हो, र आवस्क परे समाज का कुरीति हरु को बिरोध गर्ने सके केहि परिवर्तन हुन्थियो कि. हाम्रो जस्तो समाज मा महिला हरु का लागि यो परिवर्तन गर्न सजिलो त छैन तर गर्ने भनेको त महिला ले नै हो. फेरी त्यसता पुरुषहरु यस परिवर्तन का लागि सहयोगी हुने कुरा भएन . सुरवात त गर्नु नै पर्ने हुन्छ.
मन परे हरियो नपरे रातो !
17
1
ज्योति रिमाल जी लाई उहाको लोग्नेले सहि भकुर्दो रैछ क्यारे !
मन परे हरियो नपरे रातो !
36
28
ज्योति लोग्नेमान्छे की स्वास्नीमान्छे कसरी थाहा पाईस ए बज्या |
मन परे हरियो नपरे रातो !
42
12
थुक्क मोरा हो माथि छोरीले मम भनेर सम्बोधन गरेको पढेनौ तेत्तिकै लाइक गर्दिने? कि तिमीहरुले बाउलाई मम भन्ने गरेको छ|
उसले भनी “ मम, मलाई थाहा थिएन म नेपालमा नजन्मे पनि नेपाललाई यति माया गर्छु भनेर!”
मन परे हरियो नपरे रातो !
19
10
निमेष भाई,
दया लाग्यो तपाइंको सुझबुझ देखेर |
मन परे हरियो नपरे रातो !
23
7
पहिलो आफु ठिक ठाउमा रहेपछि ….बाटो बिराउनेलाई लाइनमा ल्याउदा फरक पर्दैन ,
मन परे हरियो नपरे रातो !
5
10
आफूले न त कहिले प्याट मात्रै पनि पारेको छ स्वास्नीलाई न त ठूलो स्वरले हकारेको नै छ । आफूलाई यस्तो केही थाहा नपाए पछि थाहा नभएको कुरामा खै के बिचार दिनु र?
मन परे हरियो नपरे रातो !
9
0
यो त खुलामंच मा भासन देको जस्तो जोश ले दिनु भयो नी.कुरा उठाउनु त राम्रै हो तर यसरी सारा पुरुस जातिलाई नै लान्छना लगाउदै लेख्नु चै गलत जस्तो लग्यो.अब खै दाजुभाई पाठकवर्ग हरुलाई चै के लग्यो कुन्नि…
मन परे हरियो नपरे रातो !
49
10
कसै माथिको हिंसा पनि राम्रो होइन , तेस माथि पनि जननी रुपी महिलाको त कदापी राम्रो होइन .. तर हाम्रो समाजमा हिंसा गर्न निकै सिकायिएको छ .. कसले भनेर भनि रहन नपर्ला ..
एउटा अलि खड्किएको कुरा ,
घरेलु हिंसा हुने संसारका टप देशहरुमा भारत भन्दा नेपाल अगी ..यो चाही अलि पत्यार लागेन. ..
मन परे हरियो नपरे रातो !
12
0
लौ आयुष मलाई त तपैले भने जस्तो नै हाम्रो देश मा छ जस्तो त लागेन त . मैले भर्खरै नेपाल का केहि ठाउं हरुमा मेरो academic अद्यायन का सिलसिलामा जाँदा सुनेका र देखेका कुराले मलाई हामी पुरुष हरु कति निर्दयी रहेछौं जस्तो पो लग्यो त . अरुले जे भने पनि हामी पुरुष भनिएका हरुले आफु लाई सुधार चै गर्नु पर्छ . भात खाएर थालमा हात चुठ्ना पल्किएका हरुलाई परिबर्तन गार्हो भने होला नि
मन परे हरियो नपरे रातो !
30
3
करायो करायो डलर करायो ………………….एक दुई वटा छिटपुट घटना (जुन सधै आइरहन्छ) बाहेक अब स्वास्नी कुट्ने किन गए | आज नेपाल मा महिला माथी यदि कुनै भेदभाब, हिम्सा आदि केहि भएको छ भने त्यसको पछी कुनै न कुनै स्वास्नीमान्छे को हात अबस्य हुन्छ | आफ्नो लोग्ने नराम्रो भो भन्दैमा दुनिया सारा का लोग्ने नराम्रा हुदैनन् अर्को कुरा मै हु भन्ने स्वास्नी मान्छे हरु को चरित्र पनि राम्ररी देखेकै छ दुनिया ले | घर मा गएर लोग्ने लाई भकुर्ने अनि बाहिर गएर तिनै लोग्ने हरुले अत्याचार गरे भनेर भाषण गर्ने अनि बिदेसीलाई हाम्रो देश मा हरेक घरमा लोग्ने ले स्वास्नी लै कुट्छ भनेर रिपोर्ट पठाउने तपाई हरु जस्ता ले गर्दा नै नेपाल अझै पनि संसार को नजर मा दश नम्बर भित्र परेको हो बुझ्नु भो तर तपाई हरु जस्ता अधिकारबादी महिला बाट पिडित पुरुष हरुको बारेमा चै खोइ त लेखेको ?????????????????
गरमागरम बहस! तपाईँको के विचार छ?
88
49
आयुष जी
बढेर, उमेर खाएर, यत्रो लक्का जवान भएर पनि त्यस्तो बालकले पनि नपत्याउने तर्क दिन सुहाउँछ ?
मन परे हरियो नपरे रातो !
24
6
मैले कुनै नराम्रो कामगर्ने लाई समर्थन गर्न खोजेको होइन तर जुन किसिमको हचुवा को भरमा पुरुष जाती लाइ एकतर्फी रुपमा हिंस्रक रुप मा प्रस्तुत गर्न खोजिएको छ , पुरुष भएको नाता ले ठिक भन्ने तपाई सायद तपाई अपबाद मा पर्नु हुन्छ होला अर्को कुरा यहि माध्यम बाट तपाइको खल्ती मा पनि डलर आइरहेको छ कि कसलाई के थाहा ???????????
मन परे हरियो नपरे रातो !
6
6
I wonder why Nepalese women despite getting beaten can not dare to ask for divorce? The reason is clear because they think that they will not be able to earn their livlihood or that they will have to work harder to earn their livelihood .Whether one wants agree or not many things are determined by economy. In order to avoid the beatings of their husbands it is better that women strive hard to make themselves independent by doing something useful than just do nothing than watching Hindi serials and expect their husbands to fulfill all the materials shown in the virtual world.Even a tiger can be tamed by human beings then why a husband can not be? Study their psychology , make several researches regarding their likes and dislikes rather than wasting time on nonsense talks I guarantee that will give you so much power to you that your husbands will become slave to you. I think that slavery will last till new Abraham Lincoln is born.Just by cursing someone nothing will happen.
मन परे हरियो नपरे रातो !
8
2