छेउमा तपाईँले देखिरहनुभएको भवन थाइल्यान्डको फुकेट प्रान्तीय अदालतको हो। यहाँ हिजो पूर्व युवराज पारस शाहलाई उपस्थित हुन आदेश दिइएको थियो। उनलाई प्रतिबन्धित लागू औषध प्रयोग गरेको र साथमा राखेको अभियोग लगाइएको कुरा त तपाईँहरुलाई थाहै होला। त्यही मुद्दाको सुनुवाईका लागि उनी त्यहाँ बयान दिन आउँदै थिए। मिडियामा आइसकेको हुनाले नेपालका पूर्व युवराजको फोटो खिच्न त्यहाँ थाई पत्रकारहरुको ठूलै भीड जम्मा भइसकेको थियो। फुकेट गजेट का अनुसार बिहान साढे नौ बजेदेखि आँखा झिमिक्क नगरी उनीहरु पारसको फोटो र भिडियो खिचौँला भनी बसिरहेका थिए। तर अहँ, उनीहरुले पारसको एक झलक पनि पाउन सकेनन्। पारस अदालतको पछाडिको ढोकाबाट पसे कि के गरे कुन्नि, उनीहरुले सुइँको पाउन सकेनन्। पछि अनुसन्धान अधिकारीले पत्रकारहरुलाई पारस त अघि नै आएर गइसके भनेपछि हिस्स परे उनीहरु।
अदालतले धरौटीमा उनलाई रिहा गर्ने निर्णयलाई कायम राख्न आदेश दिएको छ। त्यो नगरेको भए उनले हिरासतमै बसेर मुद्दा लड्नु पर्ने स्थिति आउन सक्थ्यो। तर उनले मुद्दा नसल्टिएसम्म थाइल्यान्ड भने छाड्न पाउने छैनन्।
फुकेट प्रहरीमा उनले अझै तारेख धाउनु पर्नेछ। अब आउँदो डिसेम्बर ११ तारिखमा उनले प्रहरीमा हाजिर हुन आउनु पर्नेछ।
उनलाई अक्टोबर २३ तारिखमा सुरिन साबाइ कन्डोबाट प्रहरीले नियन्त्रणमा लिएका थिए। एक थाइ महिलासँग झगडा गरिरहेको बेला होटल व्यवस्थापनले पुलिस बोलाएपछि उनको साथमा लागू औषध भेटिएको बताइएको छ। उनको साथमा भएको ३.४ ग्रामको पदार्थलाई प्रहरीले गाँजा भएको आरोप लगाएको छ। एक रात चेर्ङ टालेको प्रहरी चौकीमा बिताएपछि भोलिपल्ट उनी धरौटीमा रिहा भएका थिए।
बिस्तारै यो विषयमा अन्तर्राष्ट्रिय मिडियाको पनि चासो बढेको छ। फ्रान्सेली समाचार एजेन्सी एएफपीले पनि यसबारे शुक्रबार समाचार बनाएको छ। एएफपीले प्रहरी जिरासाक सिमसाकको भनाई राखेको छ। उनले भनेका छन्- ‘सुरुमा समात्दा उनी को हुन् भन्ने हामीलाई थाहा थिएन। किनभने उनीसँग सामान्य पासपोर्ट थियो। कुनै पनि कुराले उनी भिआइपी भनेर देखाउँदैन थियो।’
पारसले गाँजा आफ्नो भएको आरोपलाई इन्कार गरेका छन्। अभियोग प्रमाणित भयो भने उनले सामान्य सजाय पाउन सक्छन्, किनभने व्यक्तिगत प्रयोगका लागि गाँजा साथमा राख्नुलाई थाइल्यान्डमा ठूलो अपराध मानिँदैन, एएफपीले लेखेको छ।
अदालतमा के भयो ?
थाइ भाषाको ‘थाइरथ’ पत्रिकाले अदालती कारबाहीको विस्तृत विवरण दिएको छ। अदालतअगाडि थाइल्यान्डका र विदेशी सञ्चारमाध्यमको भिड भएकोले पारस र उनका वकिलहरुलाई अदालतको पछाडिको ढोकाबाट प्रवेश गर्न दिन मागिएको अनुमति अदालतले स्वीकार गरेको थियो।
अदालतमा उनलाई पक्राउ गर्ने प्रहरीले घटना विवरण सुनाएको थियो। मात लागेका पारसले होटलको कोठामा भएका सामान हिंसात्मक रुपले तोडफोड गर्न थालेपछि प्रहरी बोलाइएको थियो। प्रहरी पुग्दा कोठामा २७ वर्षकी थाई युवती कन्निका चाइसान पनि थिइन्। कोठा गाँजाको धुँवाले भरिएको थियो। खानतलासी गर्दा गाँजा भरिएको दुई खिल्ली मार्लबोरो चुरोट र सेतो आल्मुनियमको भाँडा भित्र सुख्खा गाँजा प्रहरीले बरामद गर्यो। पारसले लागू औषध खाएको छ कि छैन पत्ता लगाउन उनको पिसाबको नमूना लिइयो र परीक्षणका लागि पठाइयो। परीक्षणमा एक किसिमको पदार्थ amphetamine नभेटिए पनि गाँजा र कोकिनमा भेटिने दुई किसिमको अरु भेटिएछ। थाइ भाषाको अनलाइनमा उपलब्ध उपकरणले मेसिन अनुवाद गर्दा यत्तिमात्रै बुझियो। तपाईँलाई थाई भाषाको ज्ञान छ भने यो समाचार पढ्न सक्नुहुन्छ।






पारस बाबु तिम्रो यो बानीले गर्दा हामी नेपाली हौ भन्न पनि नसक्ने भयका छौ .आफ्नो नेपाली को बेइजत गर्दै हिड्ने तिमीहरु जस्तो भेडा को त संसार बाट नै बिदा गर्नु पर्ला जस्तो छ .आफ्नो नेपाल मा त केहि
गर्न सक्दैनौ भने विदेश मा गयर किन बदनामी हुन्छौ
नेपाली आमाको बदनाम गरेको पापले तिमीहरु जस्तो मानव
लाइ
कहिले भलो हुदैन ,
मन परे हरियो नपरे रातो !
1
0
पारसको पक्राउ बारे समचार youtube मा पनि . यो हेर्नुस
http://www.youtube.com/watch?v=7UE98bqWjx0
मन परे हरियो नपरे रातो !
0
0
प्रकाश र पारशलाई मित लगाई दिए जोडा मिल्ला जस्तो छ.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
47
0
राजा बिरेन्द्रको बंश नास गरेर लिएको सम्पतिले पनि पुगेनछ कि क्या हो ? पारसलाई, त्यहाँ गएर गाजाको तस्करी गर्न थालेछ / यस्ताले त झन् नेपालको युबराज हुदा झन् कत्ति के के को तस्करी गरेको होला सब खोज तलास गर्नु पर्ने/
मन परे हरियो नपरे रातो !
30
7
कथाबस्तु राम्रो पढेर मात्रै कमेन्ट गरे राम्रो हुन्थ्यो कि मित्र? पारस ब्रोले तस्करी गर्न होइन आफैं तान्न राखेको हो क्या ३-४ ग्राम गाँजा| नेपालको युबराज हुँदा त सोम ज्यानमारा नै हो भन्ने कुरो कसबाट लुकेको छ र?
मन परे हरियो नपरे रातो !
11
0
नानी देखी लागेको बाणी कहाँ सजीलै जान्छ- बाबु आमालाई त दुखीत बनायो बनायो – बिचरा हिमानी र पारस आइसीयोस देश बचाईसीयोस भन्नेहरुलाई पनी दुखी बनायो-
मन परे हरियो नपरे रातो !
31
3
आज साधारण नेपाली जनता सरह छँदा त बिदेशमा समेत गइ नेपाली हरुको समेत इज्जतमा धब्बा लगाउने गरी यस्ता उदण्ड र कुकृत्य गर्नेले हिजो प्रिन्स छँदा के के गरेन होला ,जनता समू केहि प्रकाश भएका र प्रकाश नगरिएका !! यस्ता बेबकुब को पछिलागी गुनगान गर्ने हरु प्रति ?हामीहरुले त्यस्ता प्रति कस्तो संदेश दिंदा बेश होला ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
56
13
ज्ञानेन्द्र मन्दिर मन्दिर घुमेर चर्चा kamairaacha ,छोरा गाजा खाएर ,जे होस् बाउ छोरा national एंड international मीडिया मा छा इ रा छ न.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
67
12
लागेको बानी कहिल्यै छुतेना
मन परे हरियो नपरे रातो !
28
8
It is not only in Thailand what Paras has done- he was just caught. Paras has done this kind of activities ( taking drugs, sexual mistreatment of women, violence to other people ) in many parts of the world. It was not many years ago when he was in one of the former USSR republic- he did the same and he was rescued by DSP of that country. Shame on you Paras and of course shame on you Gyanendra as you never spent a minute how to teach any nice thing to your son – you were only concentrating on how to make money and grab power ( at the cost of killing your own siblings).
मन परे हरियो नपरे रातो !
37
10
युवराज दिपेन्द्रलाई कालो पदार्थ supplier येही डाका पारस नै हो. “ग्रान्ड देसिग्न” तेती बेला को
मन परे हरियो नपरे रातो !
42
9
गाँजा बोकेर मात्र हो र भन्या कुरो त तोडफोड र थाइसुन्दरीलार्इ त्रसित बनाएसी बिग्रेको रछ ।
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
49
8
पारस चतुरे ले थाई पुलिस लाई पनि पैसा दियारा जादु को छाडी गरेको छ कुनै दिन पनि हाम्री हिमानी लाई गरेको पाप एक दिन लाग्छा बेलैमा बुद्दी पुगोस नत्र जिन्दगि भर चिसो जेल को चिडी मा धन्किना पर्ने छ /नेपाल सरकार बाट कुनै पनि सहयोग पौने छैन ><
मन परे हरियो नपरे रातो !
33
12
नेपालमा धेरै जघन्ने काण्डहरु मच्चाउने पारस शाहले सधै कानुनी उन्मुक्ति पाउने गरेको छ तर थाईलेन्डमा चाही पक्कै पनि तेस्तो न होला . साथै अब तुरुन्त नेपालको दरबार हत्याकाण्डको पनि अन्तराष्ट्रिय स्थरको छानबिन कमिटि गठन गरेर बैज्ञानिक ढंगले अनुसन्धान गरि सत्य तथ्य बाहिर लिआउनु पर्दछ र हत्या काण्डमा संलग्न सबै जनालाई हदै सम्मको कानुनी सजाय दिनु पर्दछ. तब नै बिरेन्द्रको मृत परिवारको सबै सदस्यहरुको आत्माले शान्ति पाउछ .
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
49
6
प्रीय पारस
जे हुनु भयो / अब केस फाइनल भए पछि स्वदेश फर्क/ यता आफ्नै घर तिर बस , छोराछोरी लाई घर नजिकै को सरकारी स्कुल मा राख / तिमि पनि त्यो लामो कपाल काट , जांड- रक्सि चुरोट बिडी खान छोड , बेलाबखत झैझगडा गर्न छोड / बरु जे जस्तो भए पनि केहि इलम गर / फुर्सद भयो भने माइक्रो चढेर रत्नपार्क आउने गर / हामी त्यतै भेटौला / हेर पारस ! जे भए पनि तिमि एउटा नेपाली होउ र तिमि लाई हामी नेपाली ले जति माया र स्नेह कसैले गर्दैन /
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
125
15
‘त्यो कालो पदार्थ’ कसले खाँदो रहेछ खुलस्त भैहाल्यो ! पाप धुरीबाट कराउँछ भनेको यही हो ।
गरमागरम बहस! तपाईँको के विचार छ?
58
28
यदी नेपालमा राजतन्त्र फर्काउने हो भने सबैभन्दा पहिले पारसलाई युबराजको पद नदिने सर्त राखिनुपर्छ! यसले त हाम्रो दुई जिब्रे दाहाललाई पनि माथ पार्छ.
प्रचण्ड, पुष्प कमल, प्रकाश, पारस – सबै बिचित्र पात्रका नाम “प” बाटै. हुनत प्रधानमन्त्री पद पनि “प” बाटै सुरु हुने भएर कहिलेइ टिक्न नसक्ने हो कि. सायद “प” भन्ने अक्षर नेपाली राजनीतिको लागि अफाप नै हो जस्तो छ.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
90
4
साधारणतया,पारसलाई पत्रकार होइन पत्रकारलाई पारस चाहियको हो ! पारसलाई एक छिन कुनामा राखेर हामि आपैलाई एक चोटी बिचार गरौँ हामि कत्तिको संग्लो छौं र हामीले देख्ने गरेका राजा पछिका नया राजा र तिनका रजौटालाई हेरौं ति कत्तिका संल छन्(?)!!! त्येस्तै कुनै पी दाहाल, रुवेल चुधारी आदि इत्यादिलाई लिउं, कसो?
मन परे हरियो नपरे रातो !
46
12
हिमानीजस्तो बासमती चामललाई लात मारेर थाईल्याण्डकी “कनिका” बोकेर हिड्ने बिबेकहीन परसेलाइ युबराज बनाउन अझै कति नेपालि “गधाहरु” आतुर छन् भन्ने थाहा पाउँदा उदेक लाग्छ |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
265
13
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
83
290
माइसंसार बकवास ब्लग हैन, त्यो हेरेर चित्त दुखाएर पित्त फुटाउने अशोक जस्ता गवार मान्छे बकवास हुन् । प्रमाण त थाइ पत्रिकाहरुले लेखेको लिङ्कमा क्लिक गरे देखिहालिन्छ नि । अरु के प्रमाण चाहियो ? हावा न चावासँग उफ्रेर राजा आऊ देश बचाऊ भनेर नारा लगाउने अनि यस्तो उपद्रो भेटिँदा बकवास भनेर ब्लगरलाई गाली गर्ने ? थाइ पत्रिकामालेखेका कुरा त नेपालीमा लेखिएको छ त यसमा के चाहिँ गलत लेखिएको छ र। गवारहरुले अरुलाई गवार भनेर लेख्नुभन्दा यो साइट नहेरे भैगो नि वाहियात !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
199
67
के हो प्रमाण भनेको ? पारसे ज्ञानेन्द्र-कोमलको सन्तान भन्ने के प्रमाण छ ? तिमीले आफ्नै देखेको ? कि अरुले पत्रिका-ईतिहासमा लेखेको पढेर पत्याएको ? यो ब्लगमा पनि थाई पत्रिकालाई उदृत त गरेको छ क्या रे, गँवार कहींका |
गरमागरम बहस! तपाईँको के विचार छ?
58
22
जस्तो आफु ऊस्तई च्यापु ….. आफु गवार त आरु लै पनि गवार नै देखेचन असोक
ले /
मन परे हरियो नपरे रातो !
8
1
मान्छेलाई झुक्याउने, छल्ने, ठग्ने, आखामा छारो हाल्ने, अनि धमिलो पानि मा फिशिंग गर्ने कुरामा हाम्रा राजा, महाराजा, युबराजा तथा हाम्रा नेता भनाउदाहरुलाई कसैले सक्छन त?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
108
45
ब्लग भनेको के हो अशोक जी ?? ब्लोग्गेर को आफ्नो विचार लेख्ने ठाउँ न हो.
थाई पत्रिका बाट नेपाली मा परिमार्जन गरेर नै यो ब्लग लेख्या भनेर सल्योक्य जी ले ब्लगमा लेखेकै छ. चित्त नबुझे कमेन्ट पनि लेख्न पाठक हरु ले पाउचन/ नेपाल मा श्रीमती र छोरा छोरि भएको, युवराज नरहदा पनि सबै नेपाली र मेडिया को आखा मा रहने मान्छे, थाइलेडं मा गाँजा र थाई आइमाई ( विथ respect ) संग प्रहरी ले पक्राउ गरेको समाचार न छापेको हो, समाचार छाप्दा देश बिग्रन्छ र अशोक जी??
both पारश and you needs to grow up !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
82
18
नेपालमा गरेको पापको थाइलेडंमा सजाय पौलाजस्तो छ
गरमागरम बहस! तपाईँको के विचार छ?
92
65
गाह्रो छ ब्रो| ३-४ ग्राम गाजा निजि प्रयोजनको लागि बोक्नु थाईल्याण्डमा खासै ठुलो अपराध मानिदैन| गुण्डा सरकारले खुरुक्क लाएर हो मैले बोक्या हो निजि सेवनको लागि भंदिया भए सामान्य जरिवानामा छुट्थ्यो सोम र यति ठुलो सर्कस हुन्नथ्यो| तर यो बेकुफलाइ निक्कै हिरो बन्नु पर्छ भन्ने कुरा त हामी सबलाई थाहा छ नि|
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
163
28