जनवरी ३ को बिहान लन्डन नजिकैको इस्ट ससेक्सस्थित घरभित्र ५ जना प्रहरीले बन्दूक तेर्स्याउँदै एक जनालाई गिरफ्तार गरे। उनी थिए नेपाली सेनाका कर्णेल कुमार लामा। लामा बेलायती नागरिकता लिइसकेकी पत्नी लक्ष्मीको घरमा थिए। एक्कासी प्रहरीले बन्दूक देखाउँदै पक्रेर लगेपछि श्रीमती र छोरीहरुको रुवाबासी चल्यो। त्यो दिनदेखि परिवारले कर्णेल लामालाई भेट्न पाएका छैनन्। बेलायती प्रहरीले लामालाई परिवारसित भेट्न दिएको छैन। गएको शनिबार अदालतले जमानतमा रिहा गर्न अस्वीकार गरेपछि २४ जनवरीसम्म थुनामा रहेका उनलाई अहिलेसम्म वकीलहरुले मात्रै भेट्न पाएका छन्। आज वकीलले परिवारलाई भेट्ने अनुमति पाउनका लागि प्रयास गर्ने भनिएको छ।
नेपाली दूतावासले कर्णेल लामाका लागि एभरेस्ट ल सोलिसिटर्सका राजु थापाको सिफारिशमा कानुन व्यवसायी नियुक्त गरेको छ। ती कानुन व्यवसायी यस्तो मुद्दाका लागि भन्दा पनि इमिग्रेसन मुद्दाका लागि प्रख्यात भएको बुझिएको छ।
‘१४ वटा टेपको बयान’
जनवरी ३ मा हिरासतमा लिएपछि ५ मा अदालतमा पेश गर्नुअघिसम्म लन्डनको मेट पुलिसले यो केसबारे कर्णेल लामासित विस्तृत केरकार गरेको थियो। १४ वटा टेपको बयान लन्डन प्रहरीले उनीसित लिएको बुझिएको छ।
साथी सुराकी ?
सेना होस् वा प्रहरी, विदेशमा युएन मिसनमा जान पाउनु भनेको निकै आकर्षणको विषय हो। मिसनमा जान पाउन अनेक थरि चलखेलसमेत हुने गर्छ। दक्षिणी सुडानमा मिसनमा जान पनि उनकै समकक्षी दुई जनाले प्रयास गरेको तर नपाएपछि उनीहरुले नै सुराकी दिएर पक्राउन सहयोग गरेको अप्रमाणित खबर पनि आएका छन्। लामा परिवारले सेनाभित्रैबाट षड्यन्त्र भएको बताएको भनिएको छ। तर यसबारे प्रमाणै भने पाउन सकिएको छैन। बेलायतमा उजुरी भने नेपाली एनजिओ एडभोकेसी फोरमले हिकम्यान्ड एन्ड रोज सोलिसिटर्ससँग मिलेर गरेका हुन्।
कारबाही भएको कि नभएको ?
कर्णेल लामामाथि गोरुसिङ्गे ब्यारेकमा जनकबहादुर राउत र कमर हुसेनले यातना दिएको अभियोग लगाएका छन्। एउटा अभियोग सन् २००५ मा जनकबहादुर राउतलाई कपिलवस्तुको गोरुसिङ्गे ब्यारेकमा गैरन्यायिक हिरासतमा १५ दिनसम्म दिइएको यातना हो। सोही ब्यारेकमा झण्डै छ महिनासम्म यातना दिएको अर्को अभियोग करम हुसेनले लगाएका छन्। कर्णेल लामाविरुद्ध कपिलवस्तु जिल्ला अदालतले २०६४ सालमै राउतको मुद्दामा उनलाई दोषी ठहर गर्दै विभागीय कारबाही र क्षतिपूर्तिका लागि आदेश गरिसकेको थियो।
कारबाही भएको थियो कि थिएन ? यसअघि सैनिक स्रोतहरुलाई उद्धृत गर्दै आएको खबरमा उनलाई बढुवा रोक्ने गरी विभागीय कारबाही गरिसकेको बताइएको थियो। अदालतले कस्तो आदेश दिएको थियो ? कारबाही भए/नभएको, भएको भए सबै कागजात पठाउन बेलायतको वकीलले दूतावासमार्फत् नेपालमा खबर पठाएका छन्। राउतसम्बन्धी मुद्दाबारे कान्तिपुरमा खबर आए पनि हुसेनको मुद्दाबारे केही पनि खबर अझै सार्वजनिक भएको छैन।
बरु उनी गोरुसिंगेमा कमान्डर रहेका बेला एकै वर्षमा प्रतिकार समितिले जिल्लाका ४४ गाविसमा ७ सय ८ घरमा आगजनी, लुटपाट र तोडफोड गरेको इन्सेकको मानवअधिकार वर्ष पुस्तक २००६ मा उल्लेख भएकोदेखि म नै राज्य हुँ भन्दै लामाले प्रतिकार समूहलाई बजारमा घिसार्दै लगेका ९ जना माओवादी कार्यकर्तालाई ढुंगाले किचीकिची मारे हुन्छ भन्दै उक्साएको आरोपसहितका समाचार प्रकाशित भए।





कर्नेल लामाको पक्राउ लाई समर्थन गर्नेहरुले यो सोचेर समर्थन गरिरहेछ कि यदि बिरोध गर्यो भने भोलि गएर हामीले पनि लण्डन, इंगलैंड को विसा पाउन सकदैनौ कि, अहिले देशको सर्भोम सत्तामा आच आएको बेलामा पनि यो खबरमा रस्त्रभक्तहरु रमिरहेका छन् , धन्न हे नेपालका जनताहरु, तपाइको रस्त्रभाक्ति…………………………..
मन परे हरियो नपरे रातो !
3
2
खोइ नेपालको देशभक्त र रास्त्रियता, इंडियाविरुद्ध मात्र देशभक्ति र रास्त्रियता देखाउने हरुले लाज मान्नु पर्चा कि अहिले देश को सर्भोम सत्ता को हन्नन हुदा पनि खोक्रो रस्त्रभक्त हरु सुतेर बसेका छन्, भगवानले यस्तो न चितोस कि कुनै दिन कुनै बलियो देश नेपालमै आएर नेपालको बहालवाला प्रधानमन्त्री, प्रधानसेनापति, रास्ट्रपति आदिहरुलाई पक्रेर आफ्नो देशमा लग्लास, आनी खोक्रो रस्त्रभाक्ति र देशभक्ति भनाउने हरु भन्लान हाम्रो देश नेपाल कहिले पनि कसै को गुलाम भएको छैन…………………
मन परे हरियो नपरे रातो !
2
1
आज मलाई नेपाली पत्रकरितामाथी दया, माया, करुणा, रिस, घृणा जागेको छ.पत्रिकाकै भरमा दुबईको जेलमा रहेको अमर बहादुर बमलाई बचाउन अभियान चलाउने त्यहि हामी नेपालीहरु बेलायतको जेलमा कुमार लामालाई जन्म कैदको लागि दबाब दिईरहेका छौ . अब म कुन नेपाली परे थाहा भयन त्यसैले मलाई नेपाली हुनुमा न शान छ न लाज नै किनकि म नेपाली पत्रुकारहरुको पित्त पत्रकारिताको शिकार भयको छु.
मन परे हरियो नपरे रातो !
3
2
जे सुकै भए पनि आर्मी को कर्नेल लाई अर्को देश अमेरिका को पुछर ले पक्रेको चाही पक्कै देसको लागि राम्रो हैन र जो सुकै ले पक्राएको भए पनि एकदमै नराम्रो हो. यिनी हरु भनेको नेपाली तथा अन्य गरिब देशको जनता लाई लाई ठगेर दुख दिएर खान पल्केको मात्र हो र डलर को खेति गर्ने नेपाली को काम हो. यिनी हरु भनेको नेपाली बिद्यार्थी हरु लाई ठगि खान पल्केको देश हो कसैले बेलायत राम्रो भनेर नखोके सबै भन्दा राम्रो
आफ्नो देशमा कारबाही गरेको भए राम्रो तर नेपालीको कुरा मा बेलायत को हस्तक्षेप चाही एकदमै निन्दनीय छ
मन परे हरियो नपरे रातो !
19
34
बेतायत सर्खाराले तेस्रो मुलुको नागरिकलाई दुख दिनु भन्दा, आफ्नै देशको असान्ती-असुरक्छ्या, लूट-पाट, गुन्डा-गर्दी, दण्डहीनता रोक्नतिर लागे राम्रो हुनेथियो/ आफ्नु देशमा मानब अधिकार कुन अवस्तामा छ त्यो बुझेर मात्र अर्काको देसको कुरा गर्न सुहाउछ/ uk मा प्रत्येक दिन जस्तो हाम्रै नेपालीहरु कुनै न कुनै रुपमा रंगभेदको सिकार भैरहेकछन/ हरेक दिन बिना कारण कुटीनछन, लूटइन्छन वा अत्यन्तै असुरक्छित छन्/ कति त मरियाका पनि छन् तर अहिले सम्म दोषीलाई कारबाही त परे जाओस समात्न पनि सकेको छैन/ सायद कत्ति नेपालीहरुले एउटा नेपाली कर्नेल लाई कारबाही uk को माटोमा कारबाही हुदा खुसि हुनुहोला तर यथार्थ तपैहरु एक चोटी uk बसेर वा पुगेर बुझ्नु होला तपाई आफै थाहा पाउनुहुन्छ/ त्यसैले मा राजेन्द्र जी संग सहमत छु………….
मन परे हरियो नपरे रातो !
12
14
राजेन्द्र जी तपाई लण्डन student मा जादा भाडा मज्नी पनी कम नापयारा फर्कको हो तसैले तपाई को भनाइ “यिनी हरु भनेको नेपाली तथा अन्य गरिब देशको जनता लाई लाई ठगेर दुख दिएर खान पल्केको मात्र हो र डलर को खेति गर्ने नेपाली को काम हो. यिनी हरु भनेको नेपाली बिद्यार्थी हरु लाई ठगि खान पल्केको देश “गलत छन् .र अर्को कुरा तपाई को कम नपाउने कुरा र नेपाल फर्कनु परको कुरा संग कर्नेल को कुरा जोड्न मिल्दैन जस्तो लाग्छ मलाई
मन परे हरियो नपरे रातो !
3
2
पुनित जी
अलि राम्ररी पढेर जबाफ दिए राम्रो हुने थिर्यो. तपाई कतै त्यहि डलर को खेति गर्ने को मा जागिरे त पर्नु भएन ? यदी त्यसो भए मेरो भन्नु केहि छैन किन कि तेस्ले तपाई को मुटु नै घोचे जस्तो छ
र तपाई ले लेखेको हेर्दा अलि मिलाएर लेखे पढ्दा पनि स्वाद आउने थियो र अर्को कुरा ब्रिटिश हरु भनेको त संसार लै ठगेर खाने देश हो नेपाली लै ठगेको मा कुनै अचम्म त लागेको छैन तर आफ्नै देशको मान्छे लाइ गैर कानुनी तरिका ले उक्त देश लाइ खबर पनि नगरी पक्रेको मा मेरो बिरोध हो तर मैले भनेको कुरा तपाई लाइ चोच्नु पर्ने त केहि छैन जस्तो लाग्छ
मन परे हरियो नपरे रातो !
2
1
देस्भक्ति हु भन्ने हरु पनि कुमार लामा लाइ समाएको मा खुसि मनायेछ्न मुर्दार हरु नाम को पछाडी नेपाली लेख्ने हरु र देश छौ र हामि छौ भन्ने मोरा हरु नेपाल को बहाल वाला आर्मी अर्को देश मा पकराऊ पर्दा खै तिमीहरु को देश भक्त ? नेपाल मा एकचोटी जातिय युद्द नभई मान्छे ठेकान मा आउने वाला छैन !
गरमागरम बहस! तपाईँको के विचार छ?
32
53
मुखफर्काउने अप्सन रैछ, यस्ता पट मुर्खलाइ के मुख फ़रकाउने . एका तिरको आधि एका तिर झोलुङ्गॊ . मानबअधिकारको प्रत्याभूति बिकसित समाजको प्रतिक हो, समाज परिबर्तनको सिलसिलामा छ, यदि कर्नेल दोषी भए कारबाही जरुरि छ … किनकि कर्नेलले सपथ लिदा यो कुराको सम्मान गर्ने कुरा ब्यक्त गरेको हुन्छ . हैन र ? अनि …तिपाती को कुरा काँहाबाट आयो …
मन परे हरियो नपरे रातो !
17
10
कर्नेलले कुनचाहिं बेलायती नागरिकलाइ निर्ममता पुर्वक मानव अधिकार हनन हुने गरि जघन्य हत्या गरेका थिए के बेलायत सरकार संग कुनै प्रमाण छ ?होइन भने अन्य देशका बहालवाला शैनिक अधिकृत माथि बिना कुनै दासी प्रमाण गिरफ्तार गर्ने अधिकार बेलायत सरकार छैन/बेलायती सरकारले उल्टो मनाव अधिकारको हनन गरेको छ/
मन परे हरियो नपरे रातो !
11
12
नेपालले पक्राउ को निम्ति सहयोग मागेको खण्डमा सहयोग गरेर सुपुर्दुगी गर्नु भन्ने कुरो अर्कै हो/त्यो पनि दुइ देश बीच सुपुर्दुगी सन्धि भएको छ भने यदि छैन भने यो सरर मानव अधिकार हनन भएको वा गरेको ठहरिने छ/कि त बिलायति अदालत एक सय पंच्नाब्बे देशले मानेको अन्तराष्ट्रिय अदालत हुनु पर्यो/होइन.भने अरुको देशको बहालवाला शैनिक अधिकृत कर्नेल लामालाई गिरफतार गरेर मुद्दा दयार गर्ने अधिकार बेलायत सरकारलाई छैन/
अव उप्रान्त बिस्वका कुनै पनि देशको राष्ट्रपति,प्रधान मन्त्रि प्रधान शेनापति,मन्त्रि,प्रहरी अधिकृतहरुको बारे उजुर बाजुर गर्नु परेमा बेलायत सरकार संग गर्नु पर्ने होकी कसो हो?
मन परे हरियो नपरे रातो !
6
2
नारायण काजी को तागत छ रे कर्नेल लै फर्काउने, लाजै मर्दो कुरा बरु तागत भए गएर देखा न लण्डन थाहा पौलस , सके आफै पक्राउ पर्ने होला हा हा हा
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
64
10
साथी हो प्रचण्ड लाई पनि यु के तिर पठाएर यसरि नै कारबाही हुने भए त बरु ऋण काटेर भए पनि जहाज को भाडा म आफै तिरिदिन्थे
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
125
10
प्रचण्ड मात्र किन?कमल थापा,सुर्य बहादुर थापा,गिरिजा प्रसाद कोइराला,देउवा,बामदेव,ग्च्छेद्दार,तुलसी गिरि,बाबुराम,बैधे,ज्ञाने,सबलाई यसरि नै कारबाही हुन्छ भने प्लेनको भाडा म पनि लगाई दिने थिए /
मन परे हरियो नपरे रातो !
21
4
http://www.onlinekhabar.com/2013/01/29714/
मन परे हरियो नपरे रातो !
1
0
पाप धुरीबाट कराऊछ भनेको एस्तै लाई हो की !!!!!
मन परे हरियो नपरे रातो !
39
4
अब यो कर्नेल ले लण्डन को जेलमा मोज गर्ने भो / एस्त कर्नेल जर्नेल अनि माओबादी का कमान्डरहरुलाई पाकिस्तान वा अमेरिकाको जेल मा पठाउनुपर्छ जाँहा यिनीहरुलाई गे कैदीको जिम्मलागौनुपर्छा
मन परे हरियो नपरे रातो !
37
5
एकदमै राम्रो समाचार…..एस्तै गरि सबैलाई कारबाई गर्नु पर्छ….एक एक गरि..
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
44
3
नेपाली सेनाका बहालवाला कर्नेल एउटा उजुरीका आधारमा विदेशमा पक्राउ पर्नु राम्रो संकेत हैन, के हामीले पनि बेलायेती सैनिक अधिकृत यता घुम्न आए कुनै अमुक व्यक्तिको आरोपका आधारमा थुन्न मिल्छ? कि प्रभुत्वशाली देशले जे गरे पनि हुन्छ? बेलायतले अफ्गनिस्तान र इराक़मा कसलाई सोधेर आक्रमण गर्यो? त्यहाँ मरेका ७ लाख इराकीको जिम्मेवारी कसले लिने? पहिलो र दोश्रो विश्व युद्धमा बेलायतलाई विश्व-विजयी बनाइदिएबापत २,००,००० जनाको शहादत, लाखौंको अंगभंग हुनुको गुणको बदला खालि खुट्टा फर्काइदिएर, प्रसंशामा एक शब्द पनि बोल्न नसक्ने कृतघ्न बेलायतीहरुलाई त्यो शोसणका लागि युद्ध अपराधको मुद्दा लाग्ने कि नलाग्ने?
मन परे हरियो नपरे रातो !
27
12
मजाक राम्रो गर्नु हुन्छ चौधरी जी. बेलायती सैनिक पनि यता आए भने र युद्ध-अपराध सम्बधि संकास्पद व्यक्ति भए किन समौना सकिन्न? हाम्रा गोर्खाली भाइ पनि त बेलायती सैनिक हुन्, try गर्ने जकी?
मन परे हरियो नपरे रातो !
6
14
कर्नेल हैन अब कडा नेल हुन्छ ,नराम्रो कम गरेअ पछि कर्नेल भन्ने हाम्रो देस मा मात्र हो ,बेलायत मा त कानुन कडा छ दोसी लाई कारबाई हुन्छ भने कुरा कर्नेल लाई ज्ञान रैनछ के कसो
गयो बाबु तिम्रो कर्नेल को रबाब ,तेमे बन्ने भयौ कबाब
/
मन परे हरियो नपरे रातो !
40
17
एकपटक सोचौँ, नेपालले पनि यस्तै कानुन बनाएर यता ट्रेकिङ वा पर्वतारोहण आदिमा छुट्टी मनाउन आएका बेलायती सेनाका कुनै जर्नेललाई गोर्खा भूतपूर्व सैनिक संघ -गेसो) वा गोर्खा भर्तीका कारण शोषण तथा उत्पीडनमा परेका परिवारले दिनसक्ने उजुरीका आधारमा प्रहरीले पक्राउ गरेर त्यसैगरी हिरासतमा राखी कारबाही सुरु गर्यो भने बेलायतले के गर्ने ? अभियोग त अनगिन्ती छन्, पहिलो र दोस्रो विश्वयुद्धमा मारिएका साठी हजार नेपाली, जसका सन्तानले आजसम्म न्याय र क्षतिपूर्ति पाएका छैनन् । मारिनेहरू कुन सन्धिका आधारमा बेलायतले आफ्नो फौजमा भर्ना लियो, त्यसको चित्तबुझ्दो वैधानिक आधार छैन । आजको न्यायिक दृष्टिबाट हेर्दा मारिएका ती नेपाली शासकले युद्धका लागि किनबेच गरेको आधारमा गएका देखिन्छन् । आज इराकलगायत अन्य युद्धमा मारिएका तथा अंगभंग भएका नेपालीलाई समान पेन्सन, क्षतिपूर्ति वा उपचार खर्च नदिएको आवाज उठिरहेको छ । यो ‘युद्ध अपराध’ हो कि होइन ?
मन परे हरियो नपरे रातो !
28
3
रोशनजी तपाँईले भन्नुभएको एकहदसम्म ठिकैपनि हो ,तर त्यो तपाईको कुरो सँग यो घटना जोड्नु कदाचित मिल्दैन र ज्यादै फरक परिवेशका छन् ।फेरी ब्रीटिस भु पु सैनिकहरूले मुद्वा लडी आन्दोलन गरेर कैयौ कुरोमा ब्रीटीस सरकारलाई घुँडा टेकाई सकेका र न्याय पनि पाईसकेका छ ।दोस्रो,ईराक र अफगानिस्तानमा पहिला उनिहरूले हस्तक्षप गरेको मनभै सयुँक्त राष्ट्र संघ र नेटोको निर्देसनमा सैन्यखडा गरेका हुन ,फलस्वरूप अहिले त्यहाँ परिवर्तित शान्तिप आएको छ ।त्यसो सयुक्त राष्ट्र संघकै निर्देसनमा नेपालवाट पनि ईराक,अफगानिस्तान,सुडान, लिविया आदि देशहरूमा अहिले पनि नेपाली सेना गईरहेकै छ ।यि लामो कुरा गर्नुभन्दा कपिलवस्तुको गोरूसिङ्गे भन्ने ठाँऊमा हुदां लामा जनताको रक्षक भएर उल्टै निरिह जनक व राउत लाई यृनिर्मम यातना दिने आफै कानुन मुठ्ठिमा राख्दै सात सय भन्दा बढि घर आगोलगाउने लुट्ने !अनि नौजना माओवादीहरूलाई ढुङ्गालेकिचिकिचि मार्नु भन्ने राक्षसी तालले उर्दि दिने जस्ता यी क्रूर अपराधी जोसुकै हुन पीडित जनताको घाउमा मलम लगाउनकै लागि पनि यिनिहरूलाई कडा कार्वाही हुनै पर्छ वुझ्नुभो !
मन परे हरियो नपरे रातो !
6
11
यो नेपाली थियो अब बेदेसी हुने तरखर मा रहेको नेपाल को कुपुत सन्तान हो यसको चासो लिनु गद्दार लाइ प्रोत्सान दिनु मात्र हो!!!!
मन परे हरियो नपरे रातो !
15
6
Puru
यदि तपाईलाई त्यस्तै लाग्छ भने कर्नेल लामालाई गर्नोस कारबाही आफ्नै देशमा आफ्नै कनुनु मुताबिक ! किन गुहार्नु हुन्छ फिरंगीलाई ? फिरंगीले तपाईको आत्मामा लगाईदिएको चोट केहि शताब्दी भित्रैमा खाटा बसी सक्यो ?
Puru जी, कुरो साटो फेर्ने(revenge ) को होइन, कुरो स्वाभिमान को हो |
कुरो “step को रिस husband माथि pee ” गर्ने कि नगर्ने भन्ने हो |
मन परे हरियो नपरे रातो !
2
6
नेपाली जनता ले तिरको कर बाट तलब खाएको सेनाको बहाल वाला कर्नेल ले बेलायेत को स्थाई बसोबास को लागि आबेदन दिएर स्थाई बसोबासको प्रमाण पत्र लीइ सकेको अबस्थामा मलाई त कर्णेल लामा लाई नेपाली भन्न पनि लाज लाग्छ । यहाँ राष्ट्रियता को भन्दा पनि राष्ट्रिय अस्मिताको, राष्ट्रिय गोपनियताको, अनि राष्ट्रिय सुरक्षा को प्रस्न सबै भन्दा अगाडी आउछ । कर्णेल लामा जस्तो गद्दार लाई देशद्रोही को आरोप मा सैनिन ऐन अन्तरगत तुरन्त सेना बाट बर्खास्त गरि हदै सम्म कारबाही गर्नुको सट्टा उल्टै नेपाल को राष्ट्रिय ढुकुटी बाट गद्दार लाई बचाउ गर्न बिदेशी ओकिल लगाउने कुरा एउटा स्वाभिमानी नेपाली को लागि स्वीकार्य हुनै सक्दैन ।
मन परे हरियो नपरे रातो !
4
4
देश नै बिदेशी दलाल गद्दारहरुले चलाई राखेको छ के कुरा गर्छौ मित्र?आँखा चिम्लेर कुरा नगर्नु न हौ/
मन परे हरियो नपरे रातो !
2
1
लामाले भिक्टोरिया क्रस पदक पायको भय हामी सबै नेपाल ले भन्ने थियौ, देस होस् त बेलायेत लेआज हाम्रो लामालाइ पुरस्कृत गरेर नेपाललाइ संसारमा चिनायो ! आज लामा आफनै कारणले पक्राउ पर्दा येत्रो कोहोलो ! के कर्नेल जस्तो पदमा पुगेको मान्छेले आफनो बिबेक
गुमाउने गरि काम गर्ने पर्ने त थियन होला !! ग्लोबलाइजेसनको कुरा पनि गर्नी अनि केहि सिप नलागे पछि हामी यो अर्कै बिसयमा “जात्त्को कुरा निकालेर समाज भाड्ने, सदियौको सदभाब बिथोल्ने ” किन जादै छौ ?? लामा एक साधारन नेपाली त हैन,जो रोजगारीको लागि बिदेसमा १२ घण्टा काम गर्दा पनि साहुले समातेर पुलिसलाइ बुझायको ??!!
मन परे हरियो नपरे रातो !
26
7
लण्डन स्थित पेरु दुतावासमा सरन लि रहेका julian assange लाई अहिले सम्म समाउने आँट नगरेको बेलायत को गरिब देशप्रतिको हेपाहा प्रवृति|
मन परे हरियो नपरे रातो !
17
30
तपाईलाई diplomatic immunity भन्ने कुरा थाह नभए जस्तो छ. यो यस्तो कुरा हो जसमा कुनै पनि राजदूतावास भित्र होस्ट देश को केहि अधिकार हुँदैन. यहि कानों अन्तर्गत २००७ साल मा राजा त्रिभुवन शाह सपरिवार भारतीय राजदूतावास पसे पछि राना सरकार ले केहि गनर सकेको थिएँ र देश मा प्रजातन्त्र आएको हो. त्यस कारण पेरु दुतावास भित्र को मानिस लै ब्रिटिश हरुले समातेन भन्नु को केहि तुक छैन.
रह्यो कर्नेल कुमार लामाको कुरा, उहाँ ले UK को ILR लिएको हुनाले फसे जस्तो छ, किनभने सो ILR नभएको भए शायद उहाँले त्याहाँको विसा लिनु पर्ने थियो र विसा मंगेको खण्डमा दुतावासमा शायद उहाँको विसा आवेदन अस्विकार हुने थियो. हाम्रा IG कुबेर रानाको विसा त ब्रिरिश दुतावासले असिकार गरिसकेको थियो कर्नेल साप पनि सायद बच्नु हुन्थ्यो होला. धन्न, राना साप पनि UK पुगेको भए उहाँको पनि यहि हालत हुने थियो होला.
शशांक लामाजिले भनेको कुरामा मा अलिकति सहमत छु, किनकि मैले पाएको जानकारी अनुसार लगातार चौथो पटक UN अब्स्जर्वर मा जान लागेको हुँदा सबैजसो सिनिअर अधिक्रिथारू को आपत्ति हुँदा हुँदै पनि जनजाति अफिसर भएको आधारमा पूर्व सेनापति छत्रमान गुरुंगले विटो प्रयोग गरि लामा सापलाई त्यहाँ पठाएको हो रे, किनकि सेनाबाट एकपल्ट मात्र अब्सर्वर्मा UN जान पनि कति ले अवसर पाएका छैनन् रे तर लामा साप ४ पटक जानु भएको छ रे, पहिलो पटक जाने बेलामा श्रीमती लाई टूरिस्ट विसामा लगेर UK छोड्नु भयो रे अनि उहाँको सबै परिवार त्यता बस्ने प्रबन्ध बिस्तारै मिल्यो रे. उहाँका नजिक का अफिसर बाट जानकारी पाए अनुसार उहाँको यो यौटा “lost case” भनेर सेनाले ठानेको छ रे.
मन परे हरियो नपरे रातो !
32
6
Diplomatic immunity and all these bullshit are the things that are used only as per convenience. They are not going to arrest Julian Assange from inside the Peruvian embassy because it has far reaching geo political consequences. You really think if say, Bin Laden would have been under some embassy premises…then the US govt will respect this diplomatic immunity to let go of him. Think about that. Bin Laden;s purported arrest in Pakistan soil without the knowledge of Pakistan govt says it all how much toss do they give to these so called diplomatic ethics/immunity/rules whatever you might like to call it.
Whilst I am not against the arrest and subsequent punishment of the perpetrators be it anywhere in the world, make no mistake that the arrested army was an easy prey in a Nepali citizen.
Do you think the British have enough guts and audacity to arrest, say american army general while in visit to UK, if he was also reported of the same kind of offence. THEY WILL NOT.
Doesn’t going to war on IRAQ without UN mandate entail far graver violations of so called rights and sovereignty? US/British and Nato certainly went to war without UN mandate. So do the british govt have the capacity to arrest Bush if he visits London.
Dont give me silly reasons when all the ground reality are far fetched truth. These all the international organizations like UN, Hague, Criminal Court for War Crimes are all meant to act like puppet of so called powerful nations to stamp their hegemony. These countries act as per their interests. If you think they act as per international guidelines and treaty, come out of dream my friend.
मन परे हरियो नपरे रातो !
10
2
Julian Assange लाई सरण दिएको Ecuador Embassy ले हो Peru ले हैन. अरु ठुला गर्न लाई स्वतन्त्र हुनुहुन्छ!!
मन परे हरियो नपरे रातो !
6
0
आफुले के बोलिरहेको छु, अलिकति जानकारी राख्दा राम्रो हुन्छ/ पहिला कुरा julian assange ले पेरु होइन Ecuador को दुताबासमा शरण लिएका हुन्/ दोश्रो कुरा पेरु र Ecuador धनी देशहरुको सुचीमा पनि पर्दैनन्/
मन परे हरियो नपरे रातो !
5
1
Sorry my bad. Yes, it is Ecuadorian Embassy.
मन परे हरियो नपरे रातो !
3
0
Yes it is Ecuadorian Embassy. I mistook it as Peruvian. And for your information as well, Julian is an australian citizen. Arresting him will not only bring unwanted political tension but can also instigate cyber war with hundred of thousand of hackers supporting the cause he is championing. This can have telling effect. Although the involved parties might forge some compromising middle way to save face of everyone.
मन परे हरियो नपरे रातो !
1
6
पुरस्कृत हुनलाई भूगोलले नछेक्ने अनि सजाय पाउने कुराचाही भूगोलको कुरा गरेर उम्कन मिल्छ र ?येदि उनि दोषी हुन भने सजायको भागीदार हुनुपर्छ र निर्दोष साबित भए क्षेतिपूर्ति को लागि राज्य र हामी सबै नागरिकले दबाद दिनुपर्छ,NGO ले होइन l
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
103
2
सर्वप्रथम नेपाल एउटा स्वतंत्र देश हो /नेपाल देश कुनै पनि देशको उपनिबेश होइन/ब्रिटिश उपनिबेशबादी साम्रज्यबादी सरकारको नीति नियम बाट चलेको देश नेपाल अवश्य होइन /त्यसैले नेपालको आंतरिक मामालामा ब्रिटिशलाई टाउको दुखाउनु पर्ने कुनै कारन देख्दिना /आफ्नो देश भित्र आतंक मच्चाउने आतंककारिहरुलाई ठेगान र टुंगो लगाउन नसक्ने ब्रिटिश सरकार जून देशको नागरिकले त्यसको देशको सांति शुरक्षा गरेको छ त्यही देशको नागरिक माथि अन्याय अत्याचार गर्ने अधिकार ब्रिटिश सरकारलाइ छैन/ब्रिटिश गोराहरू यति सम्म कपट छन नेपालीले जुगों देखि त्यसको देशको शान्ति शुरक्षा गरेर पनि त्यही नेपाली शेनाहरु माथि पक्षपात पूर्ण ब्यबहार गरेका छन,स्थायी बसोबास कागजको के कुरा परै छाडू तलव भत्तामा जमीन आकाशको फरक गरेका छन/जो त्यही देशको लागी हानिकार गर्छ तिनैहरुलाई स्थायी बसोबास ब्यबस्था मिलाई दिन्छन/वास्तवमा भन्ने नै हो भने यो दुख र पक्षपातपूर्ण ब्यबहारलाइ राम्ररी नियालेर हेर्ने हो भने…………………………/
मन परे हरियो नपरे रातो !
17
34
रोशन भाइ,
तपाइँ लाई ब्रिटिश गोर्खा सम्बन्धि पुरानो जानकारी मात्र रहेछ. हाल भएका सबै नेपाली गोर्खा हरुले गोरा ले जस्तै तलब र पेन्सिओन पाउछन, केहि भेदभाव छैन. पहिलेका लाई मात्र अहिले सम्म मिलान गर्न सकिएको छैन.
मन परे हरियो नपरे रातो !
16
4
याम जी,बिपनामा होइन होला सपना पो होला हौ तलव भत्ता पेन्सन,बराबरी त,
मन परे हरियो नपरे रातो !
4
3
के ढिपी गर्नु हुन्छ हाम्रै गुर्खा दाजु भाई लाई सोध्नुस न, आजभोली पेन्सन सरकारले दिने होइन, ब्रिटिश पेन्सन प्लानको मेम्बर हुने हो, यो नियम २००६ देखि पछि भर्ति हुने सबैलाई छ र अब त्याहाँ को नागरिक हुन् पनि अवकास लिनु पर्दैन, रेच्रुइत तालिम सकेर कसम खाए पछि आवेदन दिन पाइन्छ.
मन परे हरियो नपरे रातो !
6
3
जे भए पनि पहिला को पैसा नदिनु वा मिलान नहुनु मा को दोषी छ येदि ब्रिटिश सरकार ले चाहे मा त्यो मिलाउन सक्दैन र? मलाइ त त्यो कुकुर लाइ सानो मासु को टुक्रा दिएर फकाएको जस्तो मात्र लाग्यो हैन र याम चन्द जी
र अर्को कुरा त्यो चाही लुम्ले ले मुद्दा हालेर जितेको मात्र हो कि ? कसो एस बारेमा त मलाई त्यति थाहा छैन तर बुझ्न नसकिने कुरा त हैन ? तर ब्रिटिश गवर्मेंट त्यति इमान्दार त मलाई कहिल्ये लागेको छैन
कानून कडा होला तर उसले कुनै अमेरिकन वा चिनिया कर्नेल लै पक्रेर देखाएको छ ?
चिनिया राष्ट्र पति तथा अन्य कुनै अधिकारी हरुले वा जो १९८९ को तियानमेन इश्क्वार मा गोलिन चलाएर तेत्र मानिस माने लाइ कुनै मुद्दा चलाएको छ ?
त्यसैले यो पक्रिने काम नेपाल को सार्बभौम सत्ता माथि को आक्रमण पक्कै हो ? आफ्नै देश को टोनी ब्लेयेर जसले इराक मा केमिकल हतियार नभएको थाहा हुँदा हुँदै आक्रमण गरेर तेत्रो इराकी लाइ मारेको मा केहि गरेको छ? तेसै ले एस्तो द्वैध चरित्र को भत्सर्ना सबै नेपाली ले गर्ने पर्छ
अझ अर्को कुरा जुलियन असांज जो इक्वेडर एम्बेस्सी भित्र छ उसलाई एम्बेस्सी भित्र बाट जबर्जस्ति पक्रंछु भन्यो त्यो अर्को देशको सार्बभौम सत्ता माथि को आक्रमण हैन ?
जब पछि हुगो चवेज़ (भीनेजुयेला को राष्ट्रपति ) र बोलिभिया को रास्ट्रपति ले येदि बेलायेत ले येदि असांज लै भित्र बाट पक्रे उनीहरुको सिटिजन लै पनि त्यस्तै गर्न सक्ने भनेपछि पछि हटेको छेरौटिपन हैन र ?
मेरो ब्रिटिश सिटिजन पार्टी केहि छैन तर गोवेर्मेंट को द्वैध चरित्र प्रति बितृष्णा छ.
They are nothing more than a American Puppet and they won’t think second time if American says anything. I had recently read one comment from a person in a new paper article. It was written if American says ” JUMP” then British says “HOW HIGH” they don’t question why should I jump ?
मन परे हरियो नपरे रातो !
5
1
नेपालको जंगीअड्डा ले गरेका विभागीय कारबाही अपारदर्शी भएको कारणले कर्नेल लामाले नेपाली नागरिकको सहानुभूति नपाउनु भएको हो…लामाले सजाय पाइसकेको जानकारी आम नेपाली लाइ सप्रमाण दिन सक्नुपर्छ नेपालको सैनिक मुख्यालयले/ ….
अर्को कुरा निर्दोष नागरिक, जो द्वन्दकालमा द्वन्दमा संलग्न थिएनन, पत्रकार डेकेन्द्र थापा लाइ मरणासन्न हुनेगरी यातना दिने र प्राण नजादै खाल्डो खनेर पुर्ने जस्तो जघन्य अपराध गरेको कुरा अपराधीले स्वीकार गरिसकेको अबस्थामा त्यो झुटो हो भन्दै कारबाही रोक्न निर्देशन दिने प्रधानमन्त्री भएको देशमा जनताले न्याय पाउने आशा र बिश्वास कसरि गर्न सकिन्छ र?
लज्जित हुदाहुदै पनि कर्नेल लामाको गिरप्तरिलाई मेरो भित्रि आत्माले सहि नै ठानेको छ है किनभने निर्दोष पीडितले न्याय जसरिपनि पाउनुपर्छ/ युद्दमा पनि सैनिकले लड्ने हो, गैर सैनिकको सुरक्षा युद्दरत दुबैपक्षबाट सुनिश्चित गरिनु पर्छ/ हामि सबैले के कुरा बुझ्नु जरुरि छ भने हरेक व्यक्तिले अविभावक बाट न्यायको अपेक्षा गरेको हुन्छ र यदि त्यो पाएन भने उ या त परिवार त्यागेर हिड्छ या न्यायका लागि बाह्य शक्ति संग गुहार माग्छ/
मन परे हरियो नपरे रातो !
40
5
मन्त्र जी,
डेकेन्द्रलाई हत्या गर्नेले, पहिले UK को visa पाउनु पर्यो नि, अनि तिनी हरु लै उजुरी को हालत मा कारवाई हुन सक्ला, तर आदेश, निर्देशन दिनेहरु अर्कै छन्, टाउके हरु……….अचम्म को देश जहाँ नेता हरु का छोराछोरि, नातेदार कहिले सहिद भएनन् , तर साधारण जनता का छोराछोरि सहिद भएका छन्…………कसरि मिल्छ हिसाब किताब……..
यो देश मा संभिदान बनेर अर्को नया आए पनि, जनताले आफ्नो न्याय को लागि नया लादै जारी गरि राख्लान जस्तो देखिन्छ …………. सबै वर्गहरु educated हुन जरुरि छ …….
मन परे हरियो नपरे रातो !
16
0
षडयन्त्र, दाउपेच, खुट्टा तान्ने प्रवृतिको यो ज्वलन्त उदाहरण हो| अब यसमा के थपडी बजाई भो र?? आफु-आफु बीच यस्तो ब्यबहार/प्रवृति भएपछी, एकापसमा बिस्वास के होला र?? बिस्वास नभई सामुहिक काम गर्न सकिन्न| नेपाली भित्रि “सोचाई” र “प्रवृति” को यो एक उदाहरण हो जसले नेपाल किन अगाडी बढ्दैन भन्ने एक ठाडै उत्तर दिईरहेको छ| दोषी कारबाहीमा पर्नु पर्छ, तर मुनि ताली पिटनेहरुको पनि सोचाई तेही धारमा बगेको रहेछ भन्ने बुझिन्छ|
मन परे हरियो नपरे रातो !
12
1
शसांक जी
किन कुराम लामा जी प्रति यति सरो लगाब ? कि लामा भएकै ले हो मैले त बुझ्ने सकिन | दोषी जो कोहि होस्, उसलाई सजाय हुनु पर्छ, मैले जानेको यहि हो | सेना क अरु साथी ले यस्कराब चुक्ली ले होनल कि कुमार लामाको धक को अगाडी केहि लागेन होला | किन कि कुमार लामा जस्तो म नै राष्ट्र हुन् भन्ने हरु तेस्तै हुन्छन |
यसको मतलब मैले त्यो एन जी ओ को समर्थन गरेको चाही होइन | नेपाल म सबै मानब अधिकारी बादी एन जी क मालिक अरब पति छन् |
मन परे हरियो नपरे रातो !
15
3
जसले जे भने पनि आखिर लामा ले सिर्फ आदेश पालना गरेको हो/आदेश दिनेलाई गिरफ्तार गरेर कानुनी दायरमा ल्याउन सक्नु पर्यो ब्रिटिश सरकारले,र कमेन्ट गर्ने मित्रहरुले पनि नाक मुख चोख्याउनु पर्दैन/निरङ्कुश राजतन्त्रमा आदेश दिने पनि तिनै बाहुन हुन् /प्रजातन्त्र र लोकतन्त्रमा आदेश दिने पनि तिनै बाहुन हुन्/सत्ता शासकको आदेश बिना लामा,राइ,गुरुङ,लिम्बु,मगरले कुनै पनि हालतमा अन्ध धुन्ध अधिकार प्रयोग गर्न सकिंदैन यो इतिहांश शाक्षी छ/सिर्फ फसाएको मात्र हो/
मन परे हरियो नपरे रातो !
7
7
हामि ले यसरि काग ले जस्तै कराई रहनु भन्दा पनि ठोश निर्णय लाइ कुर्नु नै ठिक हो किन भने रिजल्ट त जेपनि हुन सक्छ दोषी ले सजाय पाएको हेर्नु नेपालमा त सम्भव छैन त्यसकारण बिदेस मा नै भएपनि सजाय त पाउनै पर्छ . चाहे लामा नै हुन् या बाबुराम नै हुन्..
मन परे हरियो नपरे रातो !
8
3
खाने पिउने रामे चोट पाउने भोटे भएको छ / सत्तामा बसेर ब्रम्हलूट गर्ने बाहुन-छेत्रीको आदेशानुसार काम गरेका बिचार सोझा लामालाइ मानब अधिकारबादी भनाउंदा बाहुन छेत्रीहरुले नै फन्दामा पार्यो / यी राजनैतिक दलका नेता-कार्यकर्ता र उच्चपदस्थ हाकिम बाहुन-छेत्रीहरु यति फटाहा, जालसाजी, किर्ते, रकमी, निर्दयी. दुष्ट, भ्रष्टाचारी हुन्छन भन्ने कुरा यिनीहरुको संगत गर्नु पर्नेलाई मात्र थाहा हुन्छ / काम परेर अड्डा-अदालत र संघ-संस्थान जाउँ यिनीहरुको ब्यबहार देखेर वाक्क दिक्क लागेर आउँछ /
मन परे हरियो नपरे रातो !
28
38
मित्र हरु अरु ए भए पनि जात पात को कुरा चाही नल्याउनु होला | सत्ता जो puge पनि sosan गर्छन | मैले जानेको जात भनेको सोसक र सोसित, धनि र गरिब मात्र हो |
मन परे हरियो नपरे रातो !
3
1
येदि अहिले हाम्रो कर्णेलसाप वेलायत को सट्टा भारत मा पक्राउ परेको भए चाही पक्कै बबाल भैसक्थ्यो – बन्द ,तोडफोड अनि भारतविरोधी नारा- भारतीय च्यानल प्रसारण बन्द हुन्थ्यो होला!
एक हिसाबले कोहि पनि सडक मा नआउनु , हृतिक रोशन को सानो कुराले देश ठप्प पार्ने जनताहरु आफ्नो देशको कर्नेल समातिदा नातातिनु ( सायद एक्कासी बढेको अत्याधिक चिसो ले नि हो कि!) भनेको हाम्ले “खोक्रो राष्ट्रवाद ” त्यागिसक्यौ भन्ने राम्रो संकेत हो कि? वा हाम्रो राष्ट्रवाद भनेको “भारत को विरोध” मा मात्र सिमित भएको हो? यो त अब भविष्यले चाडै देखाउला
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
64
4
नेपाली जनता ले तिरको कर बाट तलब खाएको सेनाको बहाल वाला कर्नेल ले बेलायेत को स्थाई बसोबास को लागि आबेदन दिएर स्थाई बसोबासको प्रमाण पत्र लीइ सकेको अबस्थामा मलाई त कर्णेल लामा लाई नेपाली भन्न पनि लाज लाग्छ । यहाँ राष्ट्रियता को भन्दा पनि राष्ट्रिय अस्मिताको, राष्ट्रिय गोपनियताको, अनि राष्ट्रिय सुरक्षा को प्रस्न सबै भन्दा अगाडी आउछ । कर्णेल लामा जस्तो गद्दार लाई देशद्रोही को आरोप मा सैनिन ऐन अन्तरगत तुरन्त सेना बाट बर्खास्त गरि हदै सम्म कारबाही गर्नुको सट्टा उल्टै नेपाल को राष्ट्रिय ढुकुटी बाट गद्दार लाई बचाउ गर्न बिदेशी ओकिल लगाउने कुरा एउटा स्वाभिमानी नेपाली को लागि स्वीकार्य हुनै सक्दैन ।
मन परे हरियो नपरे रातो !
24
7
हाम्रो देशले दिनु पर्ने सजाय बेलायतले दियो यो अति राम्रो हो. कमसेकम अब देखि नेपाल देश र नेपानी कानुनसंग खेलवाट गरे पनि बिदेशी कानुनसंग त खेलवाट गर्दैन/ यहाँ देशको सार्वभौमिकको कुरा भए पनि कुमार लामालाई सजाय हुनु पर्छा र भयो भने ९९%नेपानी खुशी हुने छ/
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
105
23
आफ्नो बाउ ले जन्माउन नसकेको छोरो अर्कै को बाउ ले जन्माई दियो !!! क्या बात !
निर्लज्जता को पराकास्टा यो भन्दा अरु के हुन सक्छ ?
मन परे हरियो नपरे रातो !
26
6
नेपाली कुकुरको बेलायती भुकाइ भएँन र भने/अरुलाई दोषी देख्ने आँखाले एक पटक आफु तिर पनि फर्क़ेर हेर्दा राम्रो होलाकी /
मन परे हरियो नपरे रातो !
3
2
आफ्नै घर भित्र आघो सल्काउनेले दुनियाँ आदर्श छाँटनु भनेको कुकुर गेडी भनेको जस्तै हो/
मन परे हरियो नपरे रातो !
1
2
यस्तै हो आफ्नो देस को रिमोट कन्ट्रोल अरु लाइ दियर, अरुको कन्ट्रोल मा चले पछि च्यानल फेरदिन्छन
मन परे हरियो नपरे रातो !
39
5
अपराधी अपराधी नै हो जहाँ अपराध गरे पनि, कडा भन्दा कडा कारबाही हुनु पर्छ. अरु बेला राष्ट्रियता ले बिदेसे को लुंगी लागेको नदेख्ने अहिले के को संकटमा नि. नाटक धेरै नगर बरु आफ्नो पालो आउने डर होला नि नेता हरु लाई, अरु बिषय मा जे भए पनि एस्तो नाटक गर्न त राष्ट्रिय सहमति सहमति हुदो रहेछ डाका हरु को.
मन परे हरियो नपरे रातो !
10
2
अपराधीले आफ्नो अपराध कबूल गरेर जे जस्तो सजाँय भोग्न पनि तयार छु भनेर आत्मालोचना गरिसकेको भएपनि देशका जिम्मेवार परमधाम मन्त्रि बाबुरामले कारवाही अगाडी न बढाउनु भनेर आदेश दिने देशका अपराधीलाई जहाँसुकै सजाँय दिएपनि हुन्छ . के को सार्वभौमिक भनेर कराउन्छौं . भारतले हेपेर आफ्ना नेपालिहरु रातमा सुतेको उठ्दा अर्कै (भारतमा) भन्दा पनि कानमा तेल हालेर सार्वभौमिकता बिर्सने लाई के भन्ने नि ???
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
149
16
त्यो नेपाली एन जी ओ ले रुक्माङ्गद कटुवाललाइ नसकेर कुमार लामामाथि जाइलाग्नुको पछाडि के स्वार्थ रहेछ? त्यो नेपाली एन जी ओ को पनि नालीबेली केलाउने बेला भयो| त्यसले यो गरे बापत कति डलर झार्यो, त्यो पनि खोजीको बिषय हुनुपर्यो| सेनाका कुन कुन व्यक्तिले चुक्ली लगाउने काममा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गरेका छन्, त्यो पनि ढीलो चांडो थाह हुन्छ| कर्णेल लामा दोषी छन् भने उनलाई देशमै दण्ड दिइनु पर्छ| तर आफ्नै देशको दाज्युभाइलाइ विदेशको जेलमा जाक्ने कपुत नेपालीहरुको चाहिं पर्दाफाश हुनुपर्यो!
गरमागरम बहस! तपाईँको के विचार छ?
67
77
शशांक लामा जी,ठिक भन्नु भो,रुक्माङ्गद कटुवाल कै बंशहरु हुन् कुमार लामाको पछि लगेर सुइँको दिनेहरु,यी चरित्रहीन मानव अधिकार बादी भनाउन्द कुकुरहरु गरिव नेपालीको नाम लिएर गर्दै नगरेको कामहरुको पनि कम गरेको भनि मासिक त्रिमाशिक जर्नल बनाएर दुनियाँ संग डलर ठग्दै खाने ति एनजीओहरुको पनि अव खोजि गरिनु पर्छ/राज्य सत्ता शासक देखि हर क्षेत्र हर मन्त्रालयमा एकलौटी प्रमुख भएर रजाइ गर्ने देखि लिएर देशमा आतंक मचाएर मानव अधिकार उलंघन गर्ने सव यिनीहरु नै हुन्/अझै दुनियाँ को अगाडी चोखिन खोज्छ/ सक्छौ भने रुक्मांगद ,कमलथापा,तुलसी गिरि,ज्ञाने,प्रचण्ड,बैधे,माकुने खनाल,भट्टराई,कोइराला,आदि इत्यादि ति मानव अधिकार उलंघन गर्ने सत्ता शासकहरुलाई जनता सामु कालो कोठरीमा कोचारेर देखाउ त /
मन परे हरियो नपरे रातो !
10
3
very good news.. ….
मन परे हरियो नपरे रातो !
40
15
यो सबै सानालाई ऐन ठुलालाई चैन परिणाम हो / हाम्रो देशको गद्दार, भ्रष्टाचारी, अराष्ट्रियतत्व, अनैतिक भनेका नै यी राजनैतिक दल नेता-कार्यकर्ता र उच्चपदस्थ कर्मचारीहरु हुन् / हाम्रो नेपालका सर्वसाधारण जनता गरिब भोक नांगा छन् भने लाखौं पुलिस आर्मी प्रशासनिक कर्मचारीहरुमा ९५ प्रतिशत कुनै पावर नभएका सच्चा राष्ट्र सेवक निम्नस्तरका कर्मचारीहरु छन् / यी राजनैतिक दल नेता-कार्यकर्ता र उच्चपदस्थ कर्मचारीहरुको एक जनाको कमाईले स्वास्नीलाई गरगहनाले धपक्क पारी शहरमा घरजग्गा सम्पति जोडी छोराछोरीहरुलाई महँगो स्कुल कलेजमा राखी राखेका छन् भने १० सौं लाख खर्च गरेरे युरोप अमेरिका पढ्न बस्न पठाएका छन् / यो सबै देशलाई लुटेर यिनीहरुको साखा-सन्तानले मोजमस्ती गरि राखेका छन् / सर्वसाधारण गरिब भोक नांगा जनता सामुदायिक स्कुलमा जान पनि सकी राखेका छैनन् /
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
57
5
एउटा अर्को देश को कर्नेल जस्तो व्यक्ति लै ठुलै अपराधी जस्तो गरि बन्दुक देखाएर तेस्तरी समातेको कुरा देश को लागि सानो मान्नु हुन्न I संसार भरि को मानब अधिकार को जिम्मा बेलायत ले लिएको छ र ? छ भने त्यो कानुन अनुसार समातिने मा लामा दोश्रो व्यक्ति मा पर्छ I आज सम्म तेसो भए जम्मा दुइ जना ले मात्र मानब अधिकार हनन गरेको छन् ? यो हेप्याहा प्रवृति धेरै र न्याय थोरै जस्तो लाग्छ मलाई I लामा लै देशमै कारबाही गर्नु पर्छ र बेलायत लाइ यो गल्ति को ठुलो पाठ सिकाउनु पर्छ I
गरमागरम बहस! तपाईँको के विचार छ?
58
83
यता मानाबधिकार हननको आरोपमा पक्राउ पर्नेको नै मनाबधिकार हनन भयेछ, कमसेकम परिवारलाई त भेट्न दिन पर्ने, बेलयेतको जेलहरु ग्वानटेनामो कैदी गृह जस्तो हो क्या हो?
गरमागरम बहस! तपाईँको के विचार छ?
62
27
पत्रकारलाइ जिउदै गाड्ने मान्छेहरुलाई स्वदेश मै कारबाही गर्न खोज्दा प्रधानमन्त्रीले आपत्ति जनाउने देशको सेनालाई कारबाही नगरे कोल्लाई गर्छ त गाँठे?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
159
21
उमेश जी,
“लन्डनको इस्ट ससेक्सस्थित” – it is a wrong description, इस्ट ससेक्स लण्डनमा पर्दैन.
UK or इंगलैंड को East Sussex भन्दा बरु ठिक होला.
Hastings जिल्लाको St Leonards-on-Sea (कुमार लामा को बुढी को घर भएको ठाउँ), London वाट south-east तिर झन्डै 95 km को दुरीमा छ.
मन परे हरियो नपरे रातो !
33
21
नेपाली सेनाको कर्नेल बेलायत मा पक्राउ पर्नु हामी नेपाली को लागि पक्कै राम्रो खबर होइन! यसमा कुनै दुइमत छैन/
तर हाम्रो यो भन्दा जटिल समस्या हाम्रै नेपालको पृष्टभुमि र त्यसअन्तर्गत का कानुनी प्रक्रिया. कानुनी कारबाही, त्यो हुन नदिन साम, दाम र दण्ड को प्रयोग! ताकेको ठाउँमा पुग्न अपनाउने प्रक्रिया र नाता कृपाबाद , लास्ट मा जसको सक्ति उसैको भक्ति!
राजा उस्तै, कर्मचारी उस्तै, मन्त्रि र मन्त्रि परिसद उस्तै, दल का नेता र तिनीहरुका भाद्री संगठनका अगुवा उस्तै, ठाउ मा पुगेपछि सबैको तन्त्र मन्त्र उस्तै,
इनिहरु लाइ कारबाही नगरेर कसलाई गर्ने, हामी ले दुख गरेर तिरेको कर लण्डनको समाज मा खर्च गर्ने, नेपाली हु भनेर नेपाली सेना मा काम गर्ने!
देश र जनता को वास्ता नहुने लाइ, जहाँ कतै कारबाही गरेपनि, तेस्को सोझो पिडा भोगेका, गरिब र दुखि जनाता को आत्मा ले सान्ति पक्कै पाउछ/
तर यो भन्दैमा अपराधीलाइ विदेश मा कारबाही होस् भन्ने होइन/
सामान्य अपराध देखि लियर पत्ता ले चिरेर, रगताम्य बनायर आफ्नै दाजुभाई लाइ मार्ने तेस्तै अन्य सबै खालका कानुन ले सजाय पाउने सबै लाइ सक्दो कारबाही आफ्नै देश मा हुनु पर्छ /
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
87
7
यो मामलामा बेलायती र नेपाली सरकारहरुले दुवै देशका जनतालाइ पारदर्शी तरिकाले यथा समय सुसूचित गराउनु दुवै पक्षको कर्तव्य हुन आउँछ . तर अहिले सम्म को चालामाला हेर्दा भने यी दुबैले जनतालाई कुहिरो भित्रको काग बनाएको पो होकी जस्तो लाग्यो ! हेर्दै जाउँ , भोलिका दिनले यिनीहरुको असली नीयत प्रष्ट पर्ने छ नै l
मन परे हरियो नपरे रातो !
34
6