मेरो Tweet

  • नबिल बैँकले यसरी ठग्यो मेरो ५ सय रुपियाँ t.co/NMt44w95L6 via @mysansar
  • पाँच ‘डन’- फँस्लान् कि बच्लान् ? t.co/scQgh1vVwH via @mysansar
  • मुद्दा दर्ता हुनु मै रमाउनुपर्ने स्थिति। पाँच मध्ये एक डनमात्रै जेलमा छन्। बाँकी कसैलाई पक्रेर अदालतमा उपस्थित गराइएन। सबको हैसियत 'फरार'

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

१४ वर्षकीलाई ‘जजक’ गर्दा तीस हजार ‘क्षतिपूर्ति’

२०६४ सालको वैशाखमा सुर्खेतको एउटा गाउँमा एक १४ वर्षकी बालिकालाई जजक (जबर्जस्ती करणी=बलात्कार) गर्नेले पाँच वर्षपछि सजाय पाएका छन्। अहिले महिला हिंसा र बलात्कारका घटना बढिरहेका बेला यस्तो मुद्दा कानुनी प्रक्रियामा जाँदा न्यायको बाटोका लागि केकस्ता बाटोबाट गुज्रनुपर्छ र के हुन्छ भन्ने बुझ्न एउटा प्रतिनिधि घटनाको रुपमा यो मुद्दाको फैसलालाई लिइएको हो। यसै वर्ष असोजमा सर्वोच्चले बलात्कार भएको फैसला गर्दै तीस हजार रुपियाँ बालिकालाई ‘क्षतिपूर्ति’ सहित कैद सजाय दिने फैसला गर्नुअघि जिल्ला अदालत र पुनरावेदन दुवैले प्रतिवादीलाई सफाइ दिएको थियो।

कुनै पीडित निदाएको अवस्थामा जबरजस्ती करणी हुन सक्दैन भन्दै जिल्ला अदालत र पुनरावेदन अदालतले २०६५ सालमा उनलाई सफाइ दियो। पीडितको स्वास्थ्य परीक्षणबाट करणी भएको हुन सक्ने भन्ने अनुमानमात्र गरिएको तर्क पनि गरिएको थियो।

तर २०६९ असोजमा सर्वोच्चले शारीरिक परीक्षण गरी दिएको प्रतिवेदनमा “करणी भएको हुन सक्ने, घाउ चोटपटक नभएको, पीडितको हाइमेन च्यातिएको” भन्ने समेत व्यहोरा उल्लेख भएकोले करणी नभएको भनी स्पष्ट रुपमा उल्लेख हुन नसकेको र पीडितको हाइमेन च्यातिएको भन्ने उल्लेख भएबाट प्रतिवादीले पीडितलाई करणी गरेको भन्ने तथ्य पुष्टि हुन आएको बतायो। त्यस्तै पीडितको घरमा निजको आमा लगायत उमेर पुगेका संरक्षक कोही नभएको मौका पारी राती घरमा पाहुना आएको भनी पीडितको घरमा सुत्न जानुपर्नाको कारण करणी गर्न नभए अरु के उद्देश्यले गएको हो भन्दै अपराधिक मनसाय लिई पीडितको घरमा सुत्न गएको भन्ने तर्कसंगत रुपमा अनुमान गर्दै दोषी ठहर गरिएको छ।

फैसला पढ्नुस्-

सर्वोच्च अदालत, संयुक्त इजलाश
माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री कमलनारायण दास
फैसला
२०६७–CR–०१०३
मुद्दा : – जबरजस्ती करणी।

कर्ण बहादुर वि.क. को जाहेरीले नेपाल सरकार …………………………………….१
विरुद्ध
जिल्ला सुर्खेत, सालकोट गा.वि.स., वडा नं. ५ बस्ने चक्रनाथ कंवर ……………..१
शुरु फैसला गर्ने – माननीय न्यायाधीश श्री कृष्ण बहादुर थापा, सुर्खेत जिल्ला अदालत।
पुनरावेदन तहमा फैसला गर्ने – माननीय न्यायाधीश श्री विश्वनाथ जोशी, माननीय न्यायाधीश श्री वलराम विष्ट, पुनरावेदन अदालत, सुर्खेत।

पुनरावेदन अदालत, सुर्खेतको मिति २०६५/१०/२९ गतेको फैसला उपर न्याय प्रशासन ऐन,
२०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ।

मिति २०६४/१/१० गते रातको १२.०० बजेको समयमा मेरो भान्जी बर्ष १४ की
रमिला (नाम परिवर्तन)लाई प्रतिवादी चक्रनाथ कंवरले जबरजस्ती करणी गरेकोले निज प्रतिवादीलाई कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त।

करणी भएको हुन सक्ने, घाउ, चोटपटक नभएको, पीडितको हाइमन च्यातिएको भन्ने पीडित नावालिकाको यौनांग परीक्षण गरी मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दिएको परीक्षण प्रतिवेदन।

मिति २०६४/१/१० गते रातको १२.०० बजेको समयमा मेरोमाथि मानिस चढेको थाहा पाई
निन्द्राबाट ब्यूझिँदा निज चक्रनाथ कंवरले मैले लगाएको सुरुवाल र पेन्टी कट्टु खोली दिई मेरो दुवै कुम समाई आफ्नो उत्तेजित लिंग मेरो योनीमा पसाली जबरजस्ती करणी गर्न शुरु गरेको थाहा पाई हारगुहार गरी कराउँदा कोही नआएकोले मेरो नजिकै सिरानमा रहेको आँसी समाउँदा निजले उक्त आँसी खोसी विभिन्न तवरले डरत्रास देखाई मलाई उठ्न नदिई जबरजस्ती करणी गरी सकी मेरो घर कोठाबाट निस्की गएका हुन्। यसप्रकार निज प्रतिवादीले महिनावारी समेत नभएकी म नावालिकालाई जबरजस्ती करणी गरेकाले कानून बमोजिम कडा कारवाही हुनुपर्दछ भन्ने समेत व्यहोराको पीडितले प्रहरीमा गरेको कागज।

जिल्ला सुर्खेत, सालकोट गा.वि.स., वडा नं. ५ स्थित कृष्ण बहादुर सेजुवाल वि.क. को ४
कोठे घरको पूर्वतर्फको कोठामा मिति २०६४/१/१० गते राती अं. १२.०० बजेको समयमा
जाहेरीमा लेखिएका प्रतिवादी चक्रनाथ कंवरले रमिला (नाम परिवर्तन) सेजुवाल वि.क. लाई जबरजस्ती करणी गरेको घटनास्थल चारकिल्ला विवरण उल्लेख भएको मुचुल्का।
मिति २०६४/१/१० गते राती चक्रनाथ कंवर हाम्रो घरमा आई मेरो घरमा पाहुना आएका
छन् आज मलाई यही सुत्न दिनुपर्‍यो भनी त्यही कोठा मै बसेका र हामी आ–आफ्नो विस्तरामा सुत्न गई राती मस्त निन्द्रामा सुतेको अवस्थामा आइमाई मानिस कराएको जस्तो आवाज सुनी निन्द्राबाट ब्यूझी विस्तरामा उठेर हेर्दा दिदी रमिला (नाम परिवर्तन)ले आँसी हातमा समाई घरमा कोही नभएको अवस्थामा मध्यरातमा विस्तरामा आई जबरजस्ती करणी गर्ने तँलाई आँसीले हानीदिन्छु भनी भन्दा चक्रनाथ कंवरले जे हुनु भइगयो कसैलाई भनेमा मारिदिन्छु कसैलाई नभन्नु भनी कोठाबाट बाहिर गएका हुन्
भन्ने समेत व्यहोराको धनीराम सेजुवाल वि.क. ले प्रहरीमा गरेको कागज।

धनमाया सेजुवाल, मन्दिर वि.क., झरना रामजाली, कविराम वि.क. समेतले प्रहरीमा गरेको
कागज मिसील सामेल रहेको।

मादक पदार्थ सेवन गरेको, नसाको सुरमा तथा मेरो घरमा पाहुना समेत आएकाले जाहेरी
दरखास्तमा उल्लेखित मितिमा म रमिला (नाम परिवर्तन) सेजुवाल वि.क. को घरमा गई निजहरु सुतेको विस्तारामा गई सुतेको हुँ। जबरजस्ती करणी गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी चक्रनाथ कंवरले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान।

मिति २०६४/१/१० गते राती अं. १२/१ बजेको समयमा श्रीमान् गाउँबाट घरमा
आउनुभयो। बिहान पैसा विस्तरामा राखेको रहेछ भनी रमिला (नाम परिवर्तन) सेजुवाल वि.क. ले रु. ५०।– हातमा लिई मेरो श्रीमानलाई दिने भनेकी र सोही विषयमा रमिला (नाम परिवर्तन) र मेरो बीचमा भनाभन भएको हो र मेरो घरमा रातमा कोही पाहुना आएका थिएनन् भन्ने समेत व्यहोराको प्रतिवादीको श्रीमती मानकुमारी कंवरले प्रहरीमा गरेको कागज।

मिसील संलग्न जाहेरी दरखास्त, प्रत्यक्षदर्शीको कागज, प्रतिवादीको बयान समेतका आधार प्रमाणहरुबाट यी प्रतिवादी चक्रनाथ कंवरले पीडितलाई रातको समयमा जबरजस्ती करणी गरेको पुष्टि भएकोले निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. अनुसारको कसूरमा ऐ. ऐनको ३(२) नं. बमोजिम सजाय हुन र ऐ. को १० नं. बमोजिम प्रतिवादीको अंश भागबाट पीडितलाई क्षतिपूर्ति दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको अभियोग दावी।

वारदात भएको भनिएको समयमा म रमिला (नाम परिवर्तन) सेजुवालको घरमा रक्सी पिइरहेको थिएँ। राती ९/१० बजेतिर राधिकालाई रक्सीको रु. ५०।– भा.रु. दिएँ र म रमिला (नाम परिवर्तन)लाई ढोका खोल्न लगाई आफ्नो घरमा आएको हुँ। भोलिपल्ट बिहानै रमिला (नाम परिवर्तन) मेरो घरमा आई अघिल्लो दिन साँझ रक्सी आएको पैसा
तिर्दा खसालेको रुपैया राख्नुहोस भनी भन्दा मेरो श्रीमती र रमिला (नाम परिवर्तन) बीच कपालमा समाई लछारपछार भएको हो। सो समयमा म घरमा थिइन। रमिला (नाम परिवर्तन) सेजुवाललाई जबरजस्ती करणी गरेको ण्होइन, रमिला (नाम परिवर्तन)को घरमा गई रोटी र रक्सी खाएको ठीक हो भन्ने समेत व्यहोराको प्रतिवादी चक्रनाथ
कंवरले शुरु अदालतमा गरेको बयान।

मिति २०६४/१/१० गते पीडित रमिला (नाम परिवर्तन) वि.क. को अं. १० बर्षको भाइ मेरो भान्जा धनबहादुर सेजुवाल मेरो घरमा आई हाम्री दिदी रमिला (नाम परिवर्तन)लाई चक्रनाथ कंवरले हिजो राती इज्जत लुट्यो, मामा हाम्रो घरमा जाउँ भनी मलाई भनेकाले म गै पीडित भान्जी रमिला (नाम परिवर्तन) सेजुवाललाई मैले तिमीलाई के भयो भनी सोद्धा निज रुँदै मलाई २०६४/१/१० गते राती चक्रनाथ कंवरले बलात्कार गर्‍यो भनी भनेकीले मैले पीडितलाई लिई जाहेरी दिएको हुँ भन्ने समेत व्यहोराको जाहेरवाला
कर्णबहादुर वि.क. ले शुरु अदालतमा गरेको बकपत्र।

मिति २०६४/१/१० गते मेरो घरमा पाहुना आएका छन् मलाई सुत्न देउ भनी चक्रनाथ
कंवरले भनेको र मैले नमान्दा नमान्दै बैनी भाई लस्करै सुतेको ठाउँमा निज प्रतिवादी पनि सुतेपछि राती अं. १२.०० बजेको समयमा म निदाई मैले लगाएको कपडा फुकाली मलाई जबरजस्ती करणी गरीसके लगत्तै मैले थाहा पाई म चिच्याएपछि सोही हल्लाको कारणले मेरो भाई पनि उठ्यो र त्यसको भोलिपल्ट मामालाई घटनाको बारेमा भनी मामासँग गै जाहेरी दिएका हौं भन्ने समेत व्यहोराको पीडितले शुरु अदालतमा गरेको बकपत्र।

मिति २०६४/१/१० गते साँझ प्रतिवादी चक्रनाथ हाम्रो घरमा आएका र हामीसँगै राती
त्यहीँ सुतेका थिए, पछि राती दिदी सुतेको ठाउँमा गई दिदीलाई जबरजस्ती करणी गरेछन्। त्यसबेला दिदी रोइन्। दिदी रोएको सुनेपछि म उठेँ, म उठ्दा दिदीले निजलाई तपाई आफ्नो घरमा जानुहोस् भनी दिदीले ढोका खोलीदिएपछि उनी बाहिर गए भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने धनीराम सेजुवालले शुरु जिल्ला अदालतमा गरेको बकपत्र।

मिति २०६४/१/१० गते म आफ्नै घरमा सुतिरहेको थिएँ । प्रतिवादीले
पीडितलाई जबरजस्ती करणी गरेको भए पीडित चिच्याउने कराउने गर्थिन होला। तर, त्यस्तो हल्ला गरेको केही थाहा भएन। भोलिपल्ट पीडितकी आमासँग रमिला (नाम परिवर्तन) कहाँ छिन् भनी सोद्धा पहिला पटक महिनावारी भएकीले लुकेकी छे भनी भनेकीले प्रतिवादीले जबरजस्ती करणी गरेको होइनन् भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी इन्द्रदेव गिरीले शुरु जिल्ला अदालतमा गरेको बकपत्र।

ण्पीडितको अनुसन्धान अधिकारीसमक्ष भएको कागजको व्यहोरा तथा अदालतमा भएको
बकपत्रमा तथ्यको विषयमा एकरुपता नदेखिएको, प्रतिवादीको अदालतमा भएको बयान, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, अनुसन्धानमा कागज गर्ने धनीराम सेजुवालको अदालतमा भएको बकपत्र समेतका प्रमाणहरुबाट प्रतिवादीले आरोपित कसूर गरेको पुष्टि हुन नसकेकोले प्रतिवादी चक्रनाथ कंवरले अभियोग माग दावीबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको सुर्खेत जिल्ला अदालतबाट मिति २०६५/५/२४ मा भएको फैसला।

मिति २०६४/१/१० गते चक्रनाथ कंवरले जबरजस्ती करणी गरी रातको १२ बजे भागी
गएको, निज पीडितले आँसी समाती हान्न खोज्दा ज्यानै लिने डरत्रास र धम्की देखाई अरु
कसैलाई भनिसभने मारिदिन्छु सम्म भनी रु. ५०।– समेत नगद दिएको, पीडित बालिका चिच्याई होहल्ला समेत भएको तथ्यलाई बिना आधार कारण अनुसन्धानको क्रममा भएको कागज र अदालतको बकपत्रमा एकरुपता भएन भनी भएको सुर्खेत जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ।

उक्त फैसला बदर गरी प्रतिवादीलाई अभियोग मागदावी बमोजिम सजाय हुनका साथै पीडितलाई क्षतिपूर्ति दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र।

पीडितको अधिकारप्राप्त अधिकारीसमक्षको कागज एवं अदालतसमक्षको बकपत्रमा एकरुपता
नदेखिएको, पीडितको स्वास्थ्य परीक्षणबाट करणी भएको हुन सक्ने भन्ने अनुमानमात्र गरिएको अवस्थामा प्रतिवादीले आरोपित कसूर गरेको भन्ने अभियोगपत्र माग दावी पुष्टि हुन आएको नदेखिँदा प्रतिवादी चक्रनाथ कंवरले अभियोग माग दावीबाट सफाई पाउने ठहराएको सुर्खेत जिल्ला अदालतको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत, सुर्खेतबाट भएको मिति २०६५/१०/२९ को फैसला।

प्रतिवादीको अदालतमा भएको इन्कारी बयानलाई आधार मानी कुनै पीडित निदाएको
अवस्थामा जबरजस्ती करणी हुन सक्दैन भन्ने आधारमा भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावी बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको यस अदालतमा परेको निवेदनपत्र।

यसमा पीडित रमिला (नाम परिवर्तन) सेजुवालको मध्यपश्चिम क्षेत्रीय अस्पतालबाट मिति २०६४/१/१४ मा भएको योनी परीक्षणको रिपोर्टबाट पीडितको हाइमन च्यातिएको, करणी भएको हुन सक्ने भन्ने उल्लेख भएको देखिएको, प्रतिवादी उपर किटानी जाहेरी रहेको साथै धनीराम सेजुवालको कागज र निजहरुको बकपत्र समेतको परिप्रेक्ष्यमा प्रतिवादीलाई सफाई दिने गरेको पुनरावेदन अदालतको फैसलामा कानून र प्रमाणको व्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत यस अदालतबाट भएको मिति २०६७/४/२४ को आदेश।

नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलाशसमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा
पुनरावेदन समेतको मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट विद्वान उप–न्यायाधिवक्ता रेवती प्रसाद त्रिपाठीले प्रतिवादी घटनास्थलमा उपस्थित भई पीडितसँगसँगै सुतेमा सावित भएको देखिन्छ। यी प्रतिवादी उपर किटानी जाहेरी परी प्रतिवादीको मौकाको बयान कागजलाई पीडितले गरेको बकपत्र समेतबाट समर्थन भएको अवस्था छ। तसर्थ, अभियोग दावीबाट सफाई दिएको पुनरावेदन अदालतको फैसला नमिलेकोले उल्टी गरी आरोपित कसूर ठहर होस भनी गर्नुभएको बहस समेत सुनी पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ छैन? पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भनी निर्णय दिनपरेको छ।

यसमा, प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महल १ नं. अनुसार कसूर अपराध गरेकोले निजलाई सोही ऐनको सोही महलको ३(२) नं. बमोजिम सजाय गरी पीडितलाई क्षतिपूर्ति समेत दिलाई पाउँ भन्ने समेत अभियोग दावी तथा मैले जबरजस्ती करणी गरेको होइन, घटना भएको भनिएको रात रमिला (नाम परिवर्तन) सेजुवालसँग रक्सी मागी खाई घर फर्की गएको हुँ भन्ने समेत प्रतिवादीको बयान भएको प्रस्तुत मुद्दामा प्रतिवादीलाई आरोपित कसूरबाट सफाई दिने ठहराएको पुनरावेदन अदालत, सुर्खेतको फैसला उल्टी गरी अभियोग दावी बमोजिम सजाय गरिपाउँ भन्ने समेत वादी नेपाल सरकारको पुनरावेदन जिकीर रहेको पाइन्छ।

निर्णयतर्फ विचार गर्दा, यी प्रतिवादी चक्रनाथ कंवरले वारदातको रात पीडितको घरमा
आई राती बास बस्न मागी पीडित सुती निदाएको मौका पारी जबरजस्ती करणी गरेकोले कारवाही ण्गरिपाउँ भनी जाहेरवाला कर्णबहादुर वि.क. ले किटानी जाहेरी दिएको छ। मौकामा कागज गर्ने प्रत्यक्षदर्शी धनीराम सेजुवाल समेतले यी प्रतिवादीले पीडितलाई जबरजस्ती गरेको हो भनी लेखाएको छ।

पीडित रमिला (नाम परिवर्तन) सेजुवालले मौकामा प्रहरीसमक्ष गरेको कागजमा यी प्रतिवादी आफ्नो घरमा पाहुना आएको छ भनी मेरो घरमा आई यंही सुत्छु भनी भनेको र म तथा मेरा भाइ बहिनी सुती निधाए पछि राती १२ बजे म सुती निदाएको मौकामा मेरो लुगा फुकाई ममाथि चढी करणी गरेको थाहा पाई हो हल्ला गरेको हो र निजले करणी गरेका हुन् भनी पोल गरी लेखाएको पाइन्छ।

प्रतिवादी चक्रनाथ कंवरले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान कागज गर्दा करणी
गरेको इन्कार रहे पनि आफू पीडितहरु समेत सुतेको विस्तारामा सुतेको र अध्याँरोमा बत्ति बाल्न छामछुम गर्दा रमिला (नाम परिवर्तन) सेजुवाल सुतेको स्थानमा गई पाखुरा र छातीमा हातले समातेको हो भन्नेसम्म तथ्यलाई स्वीकार गरेको छ। निजले अदालतमा बयान गर्दा समेत वारदातको रात पीडित रमिला (नाम परिवर्तन)को घरमा गई निज पीडितसँग रक्सी मागी खाई फर्केको भन्ने तथ्यलाई स्वीकार गरेको अवस्था छ।

जाहेरवाला कर्ण बहादुर वि.क., मौकामा कागज गर्ने व्यक्तिहरु, पीडितको भाइ
धनीराम सेजुवाल समेतले मौकामा यी प्रतिवादी उपर पोल गरी लेखाएको कुरालाई अदालतमा उपस्थित भई समर्थन गरी बकपत्र गरेको मिसीलबाट देखिन्छ। पीडित रमिला (नाम परिवर्तन) सेजुवालले मौकामा यी प्रतिवादीले आफूलाई जवरजस्ती करणी गरेको भनी लेखाएको कुरा अदालतमा समर्थन गरी बकपत्र गरेको छ। प्रमाण ऐन, २०३१ को दफा १०(१) मा “कुनै काम घटना वा अवस्थाका सम्बन्धमा देहायका कुनै व्यक्तिले मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ :
(क) सो काम गर्ने वा सो काम, घटना वा अवस्था प्रत्यक्ष रुपमा देख्ने वा थाहा पाउने व्यक्ति, वा
(ख) सो काम, घटना वा अवस्थाबाट पीडित भएका व्यक्ति” भन्ने र सोही ऐनको दफा १८ मा “कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानून बमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गने व्यक्ति साक्षीको रुपमा अदालतमा उपस्थित भै बयान गरेमा प्रमाणमा लिन हुन्छ” भन्ने व्यवस्था भएको देखिन्छ। सो व्यवस्थाअनुसार प्रस्तुत मुद्दाको घटनाको प्रत्यक्षरुपमा देख्ने व्यक्ति र पीडित व्यक्ति समेतले यी प्रतिवादी उपर पोल गरी लेखाई सो कुरा साक्षीको रुपमा उपस्थित भई बकपत्र समेत गरेको हुँदा उक्त भनाई उक्त दफा १० को खण्ड (क) र (ख) बमोजिम प्रतिवादीका विरुद्ध प्रत्यक्ष प्रमाणको रुपमा अदालतले ग्रहण गर्नु पर्ने हुन्छ।

त्यस्तै प्रतिवादीले मौकामा गरेको बयान कागजमा आफ्नो घरमा राती पाहुना आएकोले
पीडितको घरमा निजसँग सुतेको तथ्य स्वीकार गरेको अवस्था छ तर निजको घरमा सो दिन रात कुनै पाहुना नआएको भन्ने कुरा निजको पत्नी मानकुमारी कंवरले व्यक्त गरेको मिसील संलग्न कागजबाट देखिन्छ। प्रतिवादीले आफ्ना घरमा पाहुना नआएकोमा पाहुना आएका थिए भनी झुठो आधारमा दुराशय राखी पीडितलाई करणी गर्ने मनसायले नै पीडितको घरमा सुत्न गएको स्पष्ट हुन आएको छ। त्यस्तै मिसिल संलग्न मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले पीडित रमिला (नाम परिवर्तन) सेजुवालको
शारीरिक परीक्षण गरी दिएको प्रतिवेदनमा “करणी भएको हुन सक्ने, घाउ चोटपटक नभएको, पीडितको हाइमेन च्यातिएको” भन्ने समेत व्यहोरा उल्लेख भएको पाइन्छ। उक्त परीक्षण प्रतिवेदनमा करणी नभएको भनी स्पष्ट रुपमा उल्लेख हुन नसकेको र पीडितको हाइमेन च्यातिएको भन्ने उल्लेख भएबाट प्रतिवादीले पीडितलाई करणी गरेको भन्ने तथ्य पुष्टि हुन आएको छ। त्यस्तै यी प्रतिवादी पीडितको घरमा निजको आमा लगायत उमेर पुगेका संरक्षक कोही नभएको मौका पारी राती घरमा पाहुना आएको भनी पीडितको घरमा सुत्न जानुपर्नाको कारण करणी गर्न नभए अरु के उद्देश्यले गएको हो सो कुरा निज प्रतिवादीको कथनबाट खुल्न आएको छैन। यसबाट निज अपराधिक मनसाय लिई पीडितको घरमा सुत्न गएको भन्ने तर्कसंगत रुपमा अनुमान गर्नु पर्ने हुन्छ।

अतः प्रतिवादीको मौकाको बयान कागज र अदालतमा भएको बयान, पीडित एवं प्रत्यक्षदर्शीको मौकाको कागज र अदालतमा सोलाई समर्थन गरी भएको बकपत्र, क्षेत्रीय अस्पतालको रिपोर्ट, प्रतिवादीकी पत्नीको कागज लगायतका माथि विवेचित आधार, कारण र प्रमाणबाट यी प्रतिवादीले पीडित रमिला (नाम परिवर्तन)लाई जबरजस्ती करणी गरेको पुष्टि एवं प्रमाणित हुन आयो। तसर्थ, प्रतिवादीलाई जबरजस्ती करणी गरेको ठहराउन पर्नेमा प्रमाणको समुचित मूल्यांकन नगरी आरोपित कसूरबाट सफाई दिने ठहराएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत, सुर्खेतको फैसला नमिलेको हुँदा उल्टी हुने र दावी बमोजिम प्रतिवादीले पीडित रमिला (नाम परिवर्तन) सेजुवाललाई जबरजस्ती
करणीको कसूर गरेको ठहर्छ।

अब निज प्रतिवादीलाई के कति सजाय हुने हो भन्ने सम्बन्धमा हेर्दा मुलुकी ऐन, जबरजस्ती करणीको महल ३ नं. मा जबरजस्ती करणी गर्नेलाई देहाय बमोजिम कैद सजाय हुनेछ भनी देहाए दफा (३) मा चौध बर्ष वा सोभन्दा बढी सोह्र बर्षभन्दा कम उमेरकी बालिका भए ६ बर्षदेखि दश बर्षसम्म कैद भन्ने उल्लेख भएको पाइन्छ। प्रस्तुत मुद्दामा यी पीडितको उमेर १४ बर्षभन्दा बढी र १६ बर्षभन्दा कम रहेको मिसीलबाट देखिँदा निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महल ३(३) नं. बमोजिम ६ बर्ष कैद हुने ठहर्छ साथै ऐ. १० एवं १०ग नं. बमोजिम प्रतिवादीबाट पीडितलाई रु. ३०,०००।– (तीस हजार) क्षतिपूर्ति समेत भराइ दिने ठहर्छ। अरुमा तपसील बमोजिम गर्नु।

तपसील
प्रतिवादी चक्रनाथ कंवरके माथि इन्साफ खण्डमा लेखिए बमोजिम आरोपित कसूरबाट निजलाई सफाइ दिने ठहराएको शुरु एवं पुनरावेदन अदालतको फैसला उल्टी भई निजले पीडित रमिला (नाम परिवर्तन) सेजुवाललाई जबरजस्ती करणी गरेको ठहरी मुलुकी ऐन, जबरजस्ती करणीको महल ३(३) नं. बमोजिम ६(छ) बर्ष कैद हुने ठहरेको हुँदा निज प्रतिवादी चक्रनाथ कंवर मिति २०६४/१/१६ गतेबाट प्रहरी हिरासतमा रही पुनरावेदन अदालत, सुर्खेतका आदेशानुसार २०६४/२/२१ गते थुनाबाट छुटी तारेखमा बसेको देखिँदा निज थुनामा बसेको एकमहिना पाँच दिन अ.बं. १२० नं.
बमोजिम मिनाहा दिई बाँकी पाँच बर्ष दस महिना पच्चीस दिन लगत कसी कानून बमोजिम असूल गर्नु भनी शुरु सुर्खेत जिल्ला अदालतमा लगत दिनू …………………………………………………..१

प्रतिवादी चक्रनाथ कंवरके निजबाट पीडितलाई रु. ३०,०००।– तीस हजार क्षतिपूर्ति भराई दिने ठहरेकोले सो रकम प्रतिवादीको सम्पत्तिबाट पीडितलाई कानून बमेाजिम गरी भराइ दिनु भनी सुर्खेत जिल्ला अदालतमा लेखी पठाई दिनू ……………………………………………………………………१

प्रतिवादीका पिताका नाम दर्ताका रोक्का जग्गाहरु फुकुवा गरीदिनु भन्ने शुरु सुर्खेत जिल्ला अदालतको फैसलाको तपसील खण्डको दफा १ को लगत कट्टा गरी निजलाई लागेको कैद असूल भई पीडितले उक्त क्षतिपूर्ति वापतको रु.३,००००।– तीस हजार भरी पाए पछि उक्त रोक्का रहेका जग्गाहरु फुकुवा गरी दिनु भनी शुरु सुर्खेत जिल्ला अदालतमा लेखी पठाई दिनु…………………….१

फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालय एवं पीडितसमेतलाई दिइ दायरीको लगत काटी मिसील नियमानुसार गरी बुझाइ दिनू …………………………………………………………………१

18 comments to १४ वर्षकीलाई ‘जजक’ गर्दा तीस हजार ‘क्षतिपूर्ति’

  • Dipesh

    I recommend the following sentences to these bastards:
    During Investigation: Non-bailable warrant
    Sentences:
    Rape: At least 20 years Imprisonment without any possibility of parole
    Minor Rape: Life Imprisonment without any possibility of parole

    There should not be any time limit for lodging a complaint and it can be through any means (electronic/ verbal/ written). The concerned authority should register a complaint unconditionally and start the investigation immediately. If police refuses to file a rape complaint for any reason whatsoever, there should be a provision for registering it with another authority, which should result in automatic suspension of the Police Incharge of the concerned station that refused to register the complaint at the first place.
    I know you guys are saying that I’m daydreaming..but hey don’t you think the time has now come to make it a reality. After all, it’s impacting all us. What do you say?

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • dor prasad

    खै के भन्नु र जिउदै गाड्ने लै संरेछां दिने नेता को देश पर्यो …. बाबुराम का मान्छे भए जेलमा बस्नु पर्दैनथ्यो … के हिन न केहि सजाय त पाए !

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 3

    • गगने

      : प्रतिक्रियाले बुझ्न सकिन्छ प्रतिक्रियाकारको स्तर अनि दिमाग साथै चेतना को स्तर!
      यस्ताले बाबुरामलाई हिलो छ्याप्ने दुस्प्रयास गर्यो भनेर के चिन्तालिनु र?

      मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 22

  • Dinesh

    यी सबै बलात्कारीहरूलाई अमेरिका वा पाकिस्तान को जेल मा पठाउनुपर्छ सजाएकोलागि गे कैदी संग अनि थाहा पाउछ बलात्कार के ho

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 0

  • आब हाम्रो देशमा पनि बलात्कार हत्या जस्ता जघन्य अपराध गर्नेहरुलाई फासीको सजाय अनिबार्य हुनुपर्दछ |

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • हाम्रो देस मा त कानुन हैन नुन मात्र छ तेही भयर जस्तो काण्ड पनि छुट हुन्छ
    कानुन होस् त् इसरायल जस्तो राष्ट्र पति जस्तो ठुलो मान्छे पनि , केटि काण्ड बाट आहिले उ जेल मा छ

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • sandip kharel

    जिउदै खाल्डोमा गाडेर मार्ने ज्यानमाराहरु लाई त कार्भई हुदैन यो देसमा आजकल , यो त ……….धन्न बलात्कारी मवोबदिमा लागेको रहेनछ नत्र प्रधानमन्त्रिले प्रेस बक्तब्य निकालेर यो शान्ति शम्झौता भाड्ने षड्यन्त्र हो भन्दै बलात्कारी लाई छोड्न दबाब दि सक्थे !

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 4

  • जबरजस्ती करणी / बलात्कार जस्ता अपराध त्यसमा पनि नाबालिग ( उमेर
    नपुगेकी बालिका ) लाई करणी गरेको अपराधमा जम्मा ५ बर्षे सजाय अनि केही हजार जरिबाना ?
    महिला तथा बालबालिकालाई बेचबिखन गर्ने देखि लिएर जबर्जस्ती करणी बलात्कार जस्ता घोर अपराध गर्ने अपराधिलाई कडा सजाय हुन जरुरि छ .
    त्यस्ता अपराधिलाई तिनको सर्बोसा हरण सहित उमेरका हदले ७० बर्ष पुग्न्जेल
    सम्म जेल सजाय तोकिनु पर्छ .
    ७० बर्ष माथिका प्रौढ बाट यस्ता अपराध हुन गए त्यसको सर्बोसा हरण गरिनु पर्छ .
    ७० बर्ष सम्मको जेल अबधिमा निज अपराधिलाई जेल सरसफाई हुदै आबश्यक
    काममा लगाई रहनु पर्छ बिना ज्याला तलब .
    यस किसिमको कडा सजाय दिने कानून बन्यो भने समाजमा अपराध न्यूनीकरण
    हुदै जान्छ .
    घोर अपराधमा सरल सजाय दिईने कानूनी बूँदामा सुधार गर्न सम्बन्धित निकाय
    हरुले गम्भीर पहल गरोस् .

    मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 5

  • पुष्प

    मुद्दा अलि पेचिलो नै रहेछ । तर अपराधी प्रमाणित भैसकेको अवस्थामा बलात्कार जस्तो अपराधका लागि ५ बर्षको कैद सजाय अनि केही हजार जरीवाना एकदमै कम हो । हुन त सजायलाई हाम्रो कानूनले ‘सुधार’को रूपमा लिएको देखिन्छ । पीडकलाई दिइने सजायको मात्राले पीडितमाथि थप पीडा थपिएको भान हुन्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 7

  • Mantra

    सजाय थोरै भो…..

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 4

  • cRIS

    के राज्य र कानुन भनेको एक किसिमको मान्छेहरुको दादागीरी गर्ने सहयोगी मात्र हो?!

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 2

  • अनिल

    ३० हजार मात्र?के यो प्रोत्साहित गरेको हो कि निरुत्साहित गरेको ?

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 3

  • abhandari

    पाँच वर्षपछि सजाय – यो त छिटो भाको होला – नेपाल सरकार, पिडित लै न्याय छिटो दिनलै के चासो छ र होइन ?
    यो घटनामा पनि आफ्ना कार्य कर्ता परेको भए?
    यो पनि डेकेन्द्र थापाको जस्तै दबाब मा पर्थ्यो होला
    – एस्तो घटनाको पुस्टि भएकालै सिर्फ – मृतुदण्ड नै हुनुपर्छ – इराकमा जस्तै

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 3

  • रबिन्द्र राज गिरी

    पैसा र शक्ति भएपछी नेपालमा जे पनि गर्न पाईने रहेछ भन्ने कुरा बुझिन्छ बिगत २/३ बर्षका यस्ता घटनाक्रमहरुलाई हेर्ने हो भने | एक लाखमा अध्यागमनका प्रहरीले बलात्कार गरे, ३० हजारमा यिनले गरे | त्यसो भएपछि पैसा र शक्ति हुनेले जसलाई बलात्कार गर्दै हिडें र काट्दै हिंडे पनि भयो | नाम मात्रको कानुनि राज्य भयो नेपाल | बिनासकाले बिपरित बुद्दि, के हुन लागेको होला यो नेपाल भन्ने देशमा !

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 2

  • Bishwaraj

    भगवान्ले कीन चाबी लाउन मिल्ने नबनाएको होला- .. कोही सुरक्छीत हुन् नसक्ने हो -

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 9

    • balaram

      ” नारी आवाज दबौना खोजियो – नारि लाइ अपमान गरियो”- जाउ सिंह दर्बार र बालुवाटार घेर्न – नेपाल बन्ध को आयोजना गरोउ, चक्का जाम गरोउ, न्याय प्रेमी आन्दोलन को आधि बेहरी ल्योउ अनि बल्ल न्याय पाइन्छ ! जाउ बाटो मा जे भेटिन्छ फुटाउ !यो अदालत ले हामीले भनेजस्तो न्याय कहा दिन्छ र ?

      त्यो न्यायेलय ले जाबो ३०००० मा कुरा मिलाउने ? हामि जस्ता एस एल सी पास हरु लाइ जाबो कानुन मा डिग्री गरेको ले सिकाउने ?

      होइन न त साथीहरु ?

      मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 7

  • CP

    “करणी गरेको इन्कार रहे पनि आफू पीडितहरु समेत सुतेको विस्तारामा सुतेको र अध्याँरोमा बत्ति बाल्न छामछुम गर्दा रमिला (नाम परिवर्तन) सेजुवाल सुतेको स्थानमा गई पाखुरा र छातीमा हातले समातेको हो भन्नेसम्म तथ्यलाई स्वीकार गरेको छ। ”

    उमेर नपुगेकी बालिकालाई उनैको घरमा गइ सुति छाती छाम-छुम पार्ने मान्छे बाल-यौन-शोसक हो | करनी नै नगरेको भएपनि उ त्यति सजायको भागीदार हुनु पर्छ |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 72 Thumb down 2

  • aman

    कानुननै फितलो छ भएर आपराधिक तत्व बढेको हो
    अब यो पनि शान्ति प्रक्रिया भाँडिने डरले बाबुरावणले कारवाही रोक्ने हो की

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 46 Thumb down 6

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker