User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

यसकारण तीन महिना नि टिकेनन् डा. भगवान कोइराला

टियु टिचिङ अस्पतालमा कार्यकारी निर्देशक भएको तीन महिनामै डा. भगवान कोइरालाले राजीनामा बुझाएका छन्। गंगालाल ह्रदयरोग केन्द्रको प्रमुख भएर मुटु रोगको उपचारमा नेपाललाई आत्मनिर्भर र दक्षिण एसिया कै नमूना बनाउने श्रेय पाएका डा. कोइराला किन टिचिङमा चाहिँ तीन महिना पनि नटिकेका त?

किनभने उनले धेरै नै राम्रा कामहरु गरे, अनेकौँ सुधारका उपाय लागू गरे। अनि त उनलाई असहयोग गर्नेहरु बढे। माथिका भगवानले हेरिरहेका होलान उनको काम तर तल पृथ्वीका यी भगवान भने अन्ततः थाके। आखिर के गरेका थिए त उनले त्यस्तो ?

    • अस्पतालमा आर्थिक चुहावटका केही ठाउँ पत्ता लगाएर त्यसलाई रोक्ने र अनावश्यक खर्च कटौती गर्ने क्रम सुरु गरेपछि दुई महिनामै अस्पतालको आम्दानी एक करोडको हाराहारीमा बढ्यो। १० वर्षदेखि घाटामा रहेको टिचिङ आन्तरिक खर्च धान्ने अवस्थामा पुग्यो।
    • सेवाको स्तर र चिकित्सक उपलब्ध हुने क्रम बढेर बिरामी रेफर घट्यो। निजी अस्पतालतिर तान्ने दलालहरु बिच्किए यसबाट। कमिसनको लोभमा इमर्जेन्सीबाटै  जथाभावी बिरामी फर्काउने र रेफर गर्ने प्रवृत्ति रोक्ने कडा नीति लिए उनले।  रेफर गर्नुपरे विशेषज्ञले त्यसको कारण खुलाउनुपर्ने नियम लगाए। रेफर गरे पनि पहिला अन्य सरकारी अस्पतालमा मात्र गर्नुपर्ने बनाए। कहाँ रेफर गरियो, किन गरियो भन्ने अभिलेख नै राख्न लगाइयो।
    • सबै कर्मचारीले ५० प्रतिशत थप भत्ता पाउँदै आएका थिए। उनले त्यो पनि रोकिदिए अत्यावश्यक देखिएको अवस्थामा बाहेक नदिने नीति लगाएर। अस्पताल समयमै काम गरेर ओभरटाइमका नाममा वर्षको झण्डै ७५ करोड भार थप्ने नीति परिवर्तन गरिदिए।
    • हाजिर गरेर टाप ठोक्नेलाई नियन्त्रण गर्न फिङ्गर प्रिन्टसहितको आएको समय र गएको समयको हाजिर र्ने व्यवस्था लगाए। र त, हाजिर गरेर निजी अस्पताल र क्लिनिकतिर दौडिहाल्ने डाक्टरहरु अस्पतालमै भेटिन थाले।
    •  यातायातमा इन्धन र माइलेज बढी देखाएर खाएको देखेपछि अनुगमन कडा बनाई  बिनास्वीकृति सवारी सञ्चालन रोके।
    • अस्पतालका सर्जिकल उपकरण सुटुक्क निजी अस्पतालमा लैजाने गरेको थाहा पाएपछि सामान लैजान नपाउने बनाइयो।
    • जुनसुकै वार्डमा पनि बेड खाली भएसम्म भर्ना लिने नीति लिए।
    • ल्याबका लागि जथाभावी केमिकल किन्ने क्रममा रोक लगाए।
    • अस्पतालभित्र र बाहिरको औषधि पसललाई मर्ज गरेर २४ सै घन्टा अस्पताल फार्मेसी खुला राख्ने व्यवस्था गरियो।
    • टिफिन टाइम भन्दै एक घण्टा ल्याबलगायत सेवा बन्द गरिने व्यवस्था खारेज गरे र पालो मिलाएर खाजाका लागि जाने तर सेवा बन्द नहुने व्यवस्था गरियो।
    • सामानहरू किन्दा किर्ते बिल बनाएर पैसा हाम् गर्ने काममा कडाइ गरे।
    •  दल र ट्रेड युनियनको दबाबमा आफ्ना मान्छेलाई निःशुल्क उपचार गराउनेमा नियन्त्रण गरे।

102 comments to यसकारण तीन महिना नि टिकेनन् डा. भगवान कोइराला

  • devendra

    गेसो सभापति ज्यू,
    तथा अन्य सदस्य महानुभावहरु,

    केहि महिना अघि एउटा ठुलै समाचार आयो नेपाली तथा बिदेसी मेडियाले आआफ्नो मेडिया बाट खुबै प्रचार प्रसार गरे त्यो समाचार थियो “ब्रिटिश गोर्खाका १८ वर्ष माथिका ले पनि UK भिसा पाउने रे”!?! तर कस्ता खाले ब्रिटिश गोर्खाका १८ वर्ष माथिका छोराछोरीहरुले UK भिसा पाउने? हाल UK मा ब्रिटिश सेनामा हुनेले? UK मा पहिल्यै गएर काम गरिरहेकाहरु ले? नेपालमा रहेका पेन्सनर को छोराछोरीहरुले UK भिसा पाउने कि नपाउने? बुबा आमा नभएका ले पाउने कि नपाउने? बिधुवा ले पाउने कि नपाउने? बिधुवा संगै बस्ने छोराछोरीहरुले UK भिसा पाउने कि नपाउने???? आदि इत्त्यादी कुराहरु स्पस्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु .

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 5

  • Pradeep ,

    डाक्टर भगवान कोइराला जस्तो मान्छे एउटा सानो छेत्र मा मात्रै अटाउने खालको होइन उहा लाई त देश चलाउने जिम्मा दिनु पर्ने हो I एउटा अस्पताल को मात्रै जिम्मा दिनु भन्दा उहालाई देश को जिम्मा दिनु बेश होला जस्तो लाग्छ मलाई त I साथीहरु को विचार के कसो छ i प्रधानन्याधिस लाई प्रधानमन्त्रि बनाउने भन्दा डा कोइराला लाई बनाउने हो भने बरु आन्दोलन गरौ यी साले नेता भन्ने भतुवा हरु लाई देश को जिम्मा नदीञु i

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 0

  • Surbir

    भिम मल्ल कि श्रीमती सति जादा सराप दियकि थिन रे . यो देशको भलो गर्नेको कहिलै भलो नहोस. मैले अझै भुझ्न सकेको छैन उनले किन यस्तो सराप दियकि होलिन. किनकी भिम मल्ल माथि नै ठुलो अन्याय भयको थियो. उनले त अन्याय गर्नेलाई पो सराप्नु पर्ने हो. भास्ताचारिलाई किरा परोश भनेजस्तै. तसैले नेपाल सति सराप परेको देश भनेको हो रे. सतिको सराप् परेको देश यसै भनेको होइन रहेछ भन्ने मलाई पनि बराबर लाग्छ जब डा कोइरालाजस्ता देश र समाजका लागि केहि गरौ भन्नेहरुले राम्रो काम गर्न नपायर bichaima छाड्nu parda. तरपनि यसबीचमा राम्रो कुरा के भयको छ भने भगवानजस्ताहरुको पछमा बोल्नेहरुको संख्या बढेर गयको छ. यो निस्तित नै राम्रो संकेत हो बन्ने lagechha.

    मन परे हरियो नपरे रातो ! Thumb up 41 Thumb down 2

  • Sagar BC

    डाक्टरहरु र अस्पताल प्रसासनले पनि यति घिन लाग्दा काम हरू गर्दा रहेछन, सुन्दा घीन लाग्यो….

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 1

  • bibekanand

    भगवान कोइरालालाइ तुरुन्त टिचिंगमा फ़र्काइयोस नत्र कहिल्ल्येइ शुभ हुने छैन नेपालमा / सत्य को बिजय हुन्छा ढिलै भए पनि , हामी जनता को पूर्ण समर्थन छ /जस्तो किशिम को सहायो गर्न पनि हामी तयार छौ /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 43 Thumb down 2

  • Tika

    भ्रष्टाचारले सामाजिक मान्यता प्राप्त गरेको देश I पियन देखि प्रधान मन्त्रिसम्म भ्रस्ट भएको देश यसको जरो उखेल्नु त्यति सहज छैन I यिनै भ्रष्ट नेताहरूको समरक्षणमा रहेका दलालहरूको असहयोग हुन सक्छ डा. भगवानको बहिर्गमन कारण I यदि संस्थाको हित र सर्बसाधारण जनताको भलो चाहने हो भने राजनीति भन्दा माथि उठेर सरोकारवालाहरूले सानु माया के.सी ले भने झैँ डा. भगवान कोइरालाको समर्थनमा उत्रिनु जरूरी छ I

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 74 Thumb down 1

  • subash

    I’d like to congratulate Dr. Koirala on his huge effort and success in changing the list of things at TU in such a short duration. It’s unfortunate that people did not support him enough. Nepal need people like him.

    Compare the two doctors. One brings such a huge change in just two months, the other couldn’t bring any net positive change in the country despite being at the top level of the government.

    Dr. Koirala should be voted for the PM.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 42 Thumb down 1

  • Santosh Kumar Shrestha

    नेपाल मा जो कसै लै पनि काम गर्न गारो छ.
    मैले सुनेको त के भने केहि डाक्टर हरु राक्छश नै जस्तो काम गर्न पनि पछाडी पर्दैनन्. तर अझ पनि हामी सबैले डाक्टर कोइराला को पछमा जनमत सिर्जना गर्नु पर्छ. अनि मात्र TU पधादिकारी हरुले उनको राजिनामा स्वीकार नगरी बदमास हरुलै कारबाही गर्ने बाताबरण बन्न पो सक्छ कि?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 70 Thumb down 0

  • bibash

    The resignation of Dr. Koirala is an example of failure State. If you are surrounded by corrupts and unethical people you can’t do anything better because there is a majority of frauds. i know dr koirala became the victim of this. A country where politicians, Beurocracy,Judges every one are corrupt. no one will be there to stand for you except your ethics and principle.
    Dr. koirala I heartly solute and praise your courage ………I regret to say there is no place in nepal for a person like you… sorry doctor…

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 62 Thumb down 0

  • Mohan Subba

    राम्रो कामको थालनीको बिरोध गर्ने भ्रस्टचारी र घुसियाहरुको बुद्धिमा किरा परोस/भगवान कोइराला जस्ता डाक्टरहरु लाखौ जन्मियोस नेपालमा/

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 54 Thumb down 2

  • Bibek

    मलाई यो News सुनेर आज निन्द्रा पनि लागेन | आशा गरौ भगवान पुन काममा फ़र्कनेछन |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 54 Thumb down 1

  • सरकार र अदालत मानिसलाई जिउदै गाड्नेहरुलाई बचाउन हस्तछेप गर्छ । तर यसता जनहितका कुरा हुँदा किन चुप लागेको छ ?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 229 Thumb down 9

    • Anamol KC

      बाबुराम भट्टराई र भगवान कोइराला को समस्या येउतै हो || दुवै नेपाल आमा का असल सन्तान हुन् तर पनि नेपाल लाइ लुटी खान पल्केका हरु ले उनि हरु लै परास्त गर्दै आएका छन् || देश को भलो चिताउने यिनी हरु लाइ कहिले पनि काम गर्न दिएन || म तपाई जस्ता नेपाल आमा का सन्तान हरु को सधै साथ मा छु

      जय नेपाल !!

      गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 52 Thumb down 44

      • Vijay

        कसले काम गर्न नदिएको बाबुरामलाई ? हिसिला ले? आफ्नी स्वास्नी ले दुनिया कर्मचारी संग “गड्यौला” माग्दा त चुप बस्ने ले एत्राको देशको भलो? टेलिभिजन मा पिंचे अनुहारले बक्तब्य दिएर होइन, काम गरेर देखाउन सक्नुपर्थ्यो बाबुराम ले ! झुसेमुसे पद हो र ? देशको प्रधानमन्त्री पो त ! यदि आत्माले चाहेको भए जरुर प्रगति हुनेथियो ! सरकार टिकाउन हुलास को नौटंकी र दिल्लीको चाप्लुसी थालेपछि भाडमा जाउन जनता….भाडमा जाओस बिकाश ! यो हो हाम्रो बाबुरामको वास्तविकता !

        धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 57 Thumb down 13

        • Anamol KC

          तिमि जस्तो फटाहा हरु को जमात ले हो काम गर्न नदेको || बिचार हिसिला लाइ के को दोस हो र || तलाई एमाले को चाटुकार ||

          मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 27

    • mahesh

      समाचार अनुसार राजनीतिक हस्थ्क्षेप को कारण ले नभई तेही अस्पताल को माफिया हरु को बाधा अड्चन अनुसार ड्रा.कोइराला ले राजिनामा दिएको देखियो. ड्रा साब ले दृढ भएर तिनी हरु बिरुद्द संघर्ष गर्न पर्थ्यो जस्तो लाग्यो मलाइ.

      मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 2

  • rajendra

    प्रभुहरुको हातमा मुलुक गएपछि भगवानको के अर्थ भो र ?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 147 Thumb down 4

  • Aakar Bhushan Nepali

    भगवान सरको अभियानमा सर देश नै लग्नु पर्छ अब | कहाँ गए कुकुर भुक्दा नि Nepal बन्द गर्ने मानिसहरु ? नागरिक आन्दोलन ले उहाँको पुन स्थापना र अस्पतालको administration को reorganize गर्नु पर्छ| पार्टी हनुमानहरुको नागरिक आन्दोलन होइन नि फेरि |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 115 Thumb down 0

  • भगवान जी जमाना पूजा पाठ मन्दिर र स्वोर्गको होइन डिस्को डान्स बिएर र नरक को हो, जहाँ पनि बहुमतको कदर हुन्छ तपाई जस्तै थोरै संख्यामा देशको सेवा गर्छु भन्ने हरु को केहि तागत लाग्दैन किन कि केहि गर्छु भन्ने हरुको संख्या भन्दा केहि बिगार्छु भन्ने हरु को संख्या बढेको ले एस्तो भएको हो धन्न तपाइँ त राजिनामा दिएर चोखिनु भएछ उस्तै पर्यो भनि तपाइँ जस्तै असल नागरिक लाइ भरस्तचार को आरोप पनि लाग्न सक्थियो जुन देश मा भगवान बुद्ध त जन्मिएर भारत मा गएर मात्र ज्ञान प्राप्त गर्नु भयो यो तेही देश हो इमान्दार भीमसेन थापा माथि झुटो आरोप लाग्दा आँफै आत्मा हत्या गर्नु पर्यो अनि यो तेही देश हो जहाँ देशका सर्वसक्तिसलि राजा बिरेन्द्र को पुरै परिवार को हत्या हुँदा नि हत्यारा को हो चिन्न सकेनन् कसैले यो तेही देश हो जहाँ हरेक नचाहिंदा कुरा हरु सम्भव हुन्छ यो पृथ्वी कै नमुना देश हो येसैलाई नेपाल भनिन्छ

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 89 Thumb down 2

  • Dhruba

    अरु धेरै कुरा गरेर हुदैन सोच सकारात्मक हुनु पर्छ ,यो मुद्दालाइ सक्तो पर्चारप्ररसार गरौ ,बिस्तृत छानविन गरौ ,भिजलानतेहरुलाई घोक्रेठ्याक लगाउ र डाक्टर भगवान कोइराला लाई राजिनामा फिर्ता लिने बाताबरण बनाई स सम्मान पुनर्बहाली गराऊ I यति बेला सडकमै उत्रेर भएपनि हामी सबैको सहयोगको अति जरुरि छ I

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 91 Thumb down 0

  • Shiv

    नेपाल सरकारका मन्त्री, सचिव, उच्चपदस्थ हाकिम र नेता-कार्यकर्ता (बाहुन छेत्रीहरु) डा. भगवान कोइराला जस्तो अलिकतिमात्र भै दिएको भए यो देशको मुहार फेर्न एक वर्ष पनि लाग्दैन / पढे लेखेका जाने बुझेका यी बाहुन छेत्रीहरु नै हुन् / तर यिनीहरु जालसाजी, किर्ते, भ्रष्टाचार गर्न एक नम्बरको भै दिएर सबै ठाउँमा डामाडोल भै राखेको छ /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 166 Thumb down 75

    • Anup

      बाहुन क्षेत्री भनेर किन नेपालीमा बर्गिकरण गर्ने भनेको ?? नायक खलनायक विद्वानहरु भने कसो होला ?? जस्तै प्रम खलनायक .. डा. भगवान कोइरालाल नायक कि कसो ???

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 119 Thumb down 6

    • Pradeep

      शिव जी
      तपाई को मसिकता कति तल्लो छ भन्ने कुरा तपाईको कमेन्टले थाहा हुन्छ, मान्छे ठुलो र सानो जातले होइन , कर्म र उस्को सोचाइले हुन्छ

      मन परे हरियो नपरे रातो ! Thumb up 36 Thumb down 4

  • Bharat Mani Marhatta

    समग्र नेपालको दुरावस्था एउटै टिचिङ् अस्पतालमा देख्न पाइने ठाउँमा डा भगवान कोइराला जस्ता भ्रष्टाचार विरोधी तथा कुशल व्यवस्थापक र राम्रा चिकित्सकलाई टिक्न नदिने पाखण्डी हरुलाई दण्डित गरेर उहाँलाई तुरुन्त पुनर्वहाली गरियोस् । यसैमा अस्पताल र देशको भलो हुन्छ ।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 228 Thumb down 2

  • Tulasa Subba

    डा. कोइरालालाई तुरुन्त काममा फर्कने बातावरण बनाउने काम अब सरकारको हो विशेषगरी बाबुरामभटराईकै हो ! तेसैले प्रधानमन्त्रीजीऊ यदि तपाई साचिकै जनता पक्छ्को हुनुहुन्छ भने डा. कोइरालाको राजिनामा स्वीकृति हैन काम गर्ने बाताबरण बनैदिनोस !

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 192 Thumb down 1

    • Aakar Bhushan Nepali

      को बाट भन्दा त बाबुराम ?
      हैन कति युग लाग्छ होउ मान्छेको आँखा खुल्न ?

      मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 17

      • गगने

        Aakar जी,
        डा भगवान कोइरालालाइ शिक्षण अस्पताल शुधारको लागि तेहा ल्याउने नै डा बाबुराम भट्टराइ हुन्!
        बरु मित्रले नै दिमागको आखा खोले हुन्थ्यो!

        मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 23

        • Vijay

          त्यसो भए अहिले किन केहि नबोलेका त ? कतै टिचिङ्ग मा बहाली गर्नाले पछुताइरहेका त थिएनन् ?

          मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 5

  • दिवा

    असफल राजनीतिक दलहरुको सामान्य आव्हानमा देशनै ठप्प पार्ने सम्पूर्ण राजनीतक दलका भात्रीसंगठनका प्रतिनिधिहरु तथा सामान्य मूल्य बृद्दिमा सडक मा टाएर बालेर आन्दोल छेड्ने सम्पूर्ण बिध्यार्थी हरु एक भएर यो असल व्यक्तिलाई पुनर्बहाली गराउन आन्दोलन गर्न जरुरि छ / यो आन्दोलान नितान्त राजनीति रहित हुनेछ / अब सम्पूर्ण देसभक्त नागरिक एक हुन जरुरि छ / यस्तो हुन सकेन भने देशमा बचे खुचेका असल व्यक्ति विदेश पलायन हुने पक्का छ /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 73 Thumb down 1

  • Ekraj

    यस्ता समाचारले इमान्दार र कम गर्न खोज्नेलै नराम्रोसंग हतोत्साही बनौछा| एसले यो पनि प्रस्था देखौछा कि नेपाल मा सासन कस्ता निच, फटाहा र भास्त्रचारी सासक र कर्मचारी को हातमा छ भनेर|
    यो अनर्थ हुन नदिन र इमान्दार को हौसला बचौना भए पनि, भगवान कोइराला लाई समस्या समाधान को उपाएरुपमा हेर्नु पर्छ नकि समस्याको रुपमा| साथै औरु ठाउमा पनि भ्रस्टाचार नियन्त्रण गरेर डा भगवान जस्ताहरुलाई प्रोत्साहन गर्नु पर्यो|
    फटाहा, डाँका, चोर. र अपराधी को संजालमा घुंडा टेक्नु सरकार को त्यो भन्दा बद नियेत अरु केहि हुन सक्दैन|

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 56 Thumb down 0

  • अनिल

    नाम र काम भगवान भएर क गर्नु करोडौ दानबहरुको बीच मा एउटा भगवान टिक्न सकेनन

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 114 Thumb down 3

  • bibek dhakal

    अर्को दुखद खबर – सारै दुखद !
    एक महिना जति अघि नागरिक को शनिवार परिष्टितान्कमा त्यहाँ कार्यरत एक नर्सले कोइराला डा. साप आएपछि भएको सुधार हरु को बारेमा उल्लेख गर्नु भएको थियो! भगवान कोइराला एक डाक्टर को साथ् साथ् एक राम्रो व्यवस्थापक पनि भएको पनि बताउनु भएको थियो. त्यतिबेला मलाई लागेको थियो यदि राजनैतिक क्षेत्रमा यिनी जस्ता ५ जना मात्र भएपनि देशमा ठुलो परिवर्तन औछ जस्तो लागेको थियो. त्यो लेखलाई मैले “ब्लाइण्डलि” विस्वाश गरेको भने थियिना – किनभने मलाई थाहा थियो केहि समय अघि डाक्टर हरुले अनियमीतता को बिषयमा टिचिङ्ग मा आन्दोलन गर्दा यी डाक्टर एक्लैले ( सिनियर मध्येमा) राउण्ड लगाउथे ! त्यो पढ्दा जो सुकेको आखा पनि गर्व ले रसाउने खालको थियो .

    हैन यो नेपाल का नेता , प्रशाशक देखि लिएर तल्ला तहका कर्मचारीहरुलाई पनि ” सुधार” फोबिया नै छ जस्तो छ ! सुध्रिएको, व्यवस्थित भएको सिस्टम मा बस्ने नसक्ने…सुधार लेराउन परिवर्तन लेराउन खोज्ने लाइ टिक्न नदिने…हामी खाली ठुल ठुला गुफ्फ़ गर्छौं राजनैतिक परिवर्तनको ह्या यु देश विदेश को स्वतन्त्रता को कुरा गर्छौं तर अनुसाशन पालना गर्ने गराउने कुरा मा नाक खुम्च्याउछम…..यस्तो तालले देशको विकाश कैले होला…..हो नया व्यवस्था लेराउद सुरुमा की व्यक्तिगत अप्ठेरा हरु झेल्नु पर्छ., गारो हुन्छ तर के एकछिन को गारो सहेर भविस्यभरि आफुलाई र सबैलाई सजिलो हुने कुरा लागु गर्न सहयोग किन नगर्ने?

    प्रधानमन्त्री बन्न खोजेका रेग्मी श्रीमान लाइ राम्रो पाठ होला जस्तो छ यो!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 83 Thumb down 3

  • suman p

    साथीहरुहो ! इनि त देशभक्त, भ्रस्टाचार बिरोधि र लगनसिलताको जोलन्त उदाहरण हुन्.,
    यदी तपाई हरु पनि डा. भगवान जस्तै हुनुहुन्छ भने आजैबाट बालुवाटारमा राजिनामा को बिरोधमा धर्ना दिन जावौ, माई संसार मा कमेन्ट लेखे र समय खेर नफालौ , जावौ बालुवाटारमा धर्ना दिन अहिले नै .

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 87 Thumb down 5

  • Rajan

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 5 Thumb down 138

    • bibek dhakal

      यस्तो “दुर्भाग्यपूर्ण” मति भाका हरु कम भैदिए देश कति भाग्यमानी हुन्थ्यो! लेख्ने त कुरा परै जाओस एस्तो पागल ले नि नसोच्ने कुरा सोच्न सम्म कसरि सक्या भन्या?

      मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 1

    • Anup

      मन्त्रि पद खानको लागि राजिनामा दिएत के भो… उहाको योग्यता ले दिदैन ???

      मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 3

    • Aakar Bhushan Nepali

      तपाईले आफ्नै बारेमा कुरा गर्नु भएको हो भने त म भन्न सक्दिन, तर भगवान सर बिगत २५ बर्ष को कामको ईतिहास हेर्दा तपाईको छुद्रशंकालाई प्रमाणित गर्ने आधार ज्यादै न्यून छ| फेरि अनुप जी ले भन्नु भए जस्तो, उहाँ मन्त्रि नै हुनु भयो भने पनि झनै खुशीको कुरा होइन र ? कम्तिमा एक जना त सहि मानिस मन्त्रि हुने थियो !

      मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1

    • bale

      एस्ता नकचरा हरु ले गर्दा देश मा यो स्तिथि आको हो /

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Samip

    यो सबै घटनाक्रम ले के सिद्ध गरेको जस्तो लग्यो भने नेपाल मा कर्मचारीतन्त्र मा आमुल परिबर्तनको खाँचो छ . डा भगवान लाई काम गर्न अबरोध पुर्याउने हरु health माफिया हरु नै हुनसक्छ चाहे ति नर्सिङ्ग होम संचालक हुन् वा त्यहाँ पनि काम गर्ने अनि teaching hospital मा पनि काम गर्ने फटाहा कर्मचारीहरु ( dr + technical staffs ).

    कर्मचारी तन्त्र मा बिकशित एस्तो रोगः को उपचार बिना नेपाल मा साचिकै भगवान आए पनि केहि हुने वाला छैन.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 46 Thumb down 0

  • पुष्प

    भगवान कोइरालालाई तुरुन्त फिर्ता बोलाई उनले थालनी गरेको काममा आवश्यक सहयोग गर ! ‘हेलो सरकार’, सुन्या हो?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 152 Thumb down 5

    • Munna

      तीन बर्षको अवधिमा यो तेस्रो पल्ट पुष्प को कमेन्ट राम्रो लाग्यो । नत्र जहिले पनि उल्टो-पाल्टो ।

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 46 Thumb down 4

  • Tulasi Wosti

    सरकार र सरकारका मान्छे हरु खराब भएको बेलामा, असल र ज्ञानी मान्छे लै असल काम गर्न गारो हुन्छ, यहाँ पनि येस्तै भो

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 42 Thumb down 1

  • Tika

    भ्रष्टाचारलाई सून्यताको अवस्थामा पुरयाऊने कबोल गरेका प्रधान मन्त्रि डा. वाबुराम भट्टराई नै सबै भन्दा बढी भ्रष्टाचारी भएको खबर बराबर छापामा आइरहेको बेला उनैको भरौटे छुसिहरूलाई कारबाही गर्न खोज्नु डा. भगवानको कमजोरी हो I

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 27

  • shantdil

    डा. भगवान कोइरालाले गरेका सबै काम सत्य हुन्भने, डा. भट्टराई ले तुरन्त उहाँलाई काम गर्ने वाताबरण बनाइदिनु पर्छ. कहीं कतै बाट धम्कि आएको भए तेस्लाई समाधान गर्न सहयोग गर्नु पर्ने भएको छ. देशका सम्पूर्ण जनताले डा. कोइरालाको सुरक्षा दिनु पर्छ. अशल नागरिक बिना बर्दिका सिपाही हुन् , पालो मिलाएर सुरक्षा को लागि समय दिनु पर्छ.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 229 Thumb down 2

  • रविन

    सत्तालाई केवल लुटको माध्यम बनाउने राजनैतिक दलका भ्रष्ट, बलात्कारी र राष्ट्रघाती नेता तथा तिनका भरौटे कार्यकर्ता र तिनका ति लुटाहा मनोकांक्षामा सामेल कर्मचारीहरुले यस्ता भगवान कोइराला जस्ता कुनै पनि राष्ट्रप्रेमी, विकासप्रेमी र राष्ट्रसेवकहरुलाई कतै पनि आफ्नो स्वच्छ भावले काम गर्न र टिक्न दिने छैनन्.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 100 Thumb down 1

  • cRIS

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 55 Thumb down 112

    • गोबिन्द प्यासी

      तपाई जस्तै जताततै “बाद” देख्ने हरु ले खेदाका हुन् कोइराला लाइ !

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 82 Thumb down 8

  • Roshan Dahal

    बास्तबमा गर्दा के नै हुदोरैनछ भन्ने चै बनाएका थिए है डाक्टर कोइराला ले , हस्पिटल को रुप नै बधलेका थिए ! बिहान ९ बजे देखि बेलुकी ४ बजे सम्म ओपीडी मा आराम ले जचाउन पाइने भएको थियो /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 156 Thumb down 1

  • रबिन्द्र राज गिरी

    यति बेला हामी सबैको सहयोगको अति जरुरि छ | सडकमै उत्रेर भएपनि भगवान कोइरालाको राजिनामालाई फिर्ता गराउनु पर्छ | नत्र यो देशमा सधैं चोर, डाँका र गुण्डाहरुको मात्र राज हुन्छ |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 231 Thumb down 2

  • केदार रिमाल

    साथीहरु हो, यो सतिले सरापेको देशमा केवल भ्रष्ट र पापिहरुको मात्र ददवा छ; र उनीहरुले गरेको पापकर्मको केवल मुकदर्शक बनेर हामिहरुसमेत जानीनजानी झन् ठुलो पाप गर्नपुगिराखेको कुरा स्वयम् हामीलाई समेत हेक्का छैन–त्यसैले,यदि हामि साँच्ची नै डा भगवान कोइराला र उनीजस्ता सच्चा सिपाहीको समर्थक; र देश अनि जनताका चुसक भ्रष्ट अपराधिहरुको बिरोधि हौँ भने यहीं सानुमाया के सी जी ले भने झैँ वहाले प्रस्ताब गरेको समय र ठाउँमा जम्मा भै भ्रष्ट र दलाल हरुको ससक्त बिरोध गरौँ र डा कोइरालालाइ पुन फिर्ता गरि टिचिङ्ग हस्पिटलमा जरा गाढेर बसेको भ्रष्ट तन्त्रको टाउकोमा अझै ससक्त रुपमा प्रहार गर्न वहाँलाई हौसला र सहयोग प्रदान गरौँ–साथीहरु हो/अब हामि आफै जागेर अगाडी नबढे हाम्रो लागि यहा कसैले केहि माखो मार्नेवाला छैन—एउटा दलालले अर्को दलालको अहित हुने गरि कुनै काम गरेर जनताको बारेमा कहिल्यै पनि सोच्दैन/कुरो आफै बुझ्नुहोला!!!!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 57 Thumb down 1

  • madan bajrcharya

    “मेरो सरकारले ईमान्दारको कदर गर्नेछ भ्रस्ताचारिलाई दण्ड दिनेछ” बाबुराम भट्टराई/ के यो भन्दा बढी लेख्नु पर्ला?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 79 Thumb down 7

    • neerose

      मदन जी,
      भगवान कोइराला लाइ डा बाबुरामले बर्खास्त गरेको होइन! सरकारले निकालेको होइन!
      उहाले आफै राजिनामा दिनुभयको हो!
      हावामा नबहकिनुस र हचुवामा कमेण्ट नहान्नुस!
      भगवान कोइरालाले के कारण ले राजिनामा दिया भन्नेकुरा उहाले खुलस्त नपारेसम्म हामीले त हचुवा हान्ने हो!
      खासगरी यो माइ संसारमा हचुवा र हौवामा अनि लहडमा कमेन्ट ठोक्नेकै बिगबिगी देख्छु मा त र तपाइँ पनि तेसै गरि रहनु भयको छ!
      देशको यो समय सनक्रमणकालिन हो र राजनीति अस्थिर छ यतिबेला कसैले पनि चाहेर पनि कति कुरा गर्न सक्दैनन्!
      बाबुरामको ध्यय देशलाई संक्रमणकाल बाट उतारेर स्थिर राजनितिक पद्दतिमा बसाल्ने तिर बढी छ तेसो भय यो देशको धेरै समस्या समाधान हुन सक्छ तेतिबेला यी भगवान कोइराला जस्ता थुप्रै व्यक्तिहरुले आफ्नो गच्क्ष प्रयोग गर्ने अवसर पाउदथियो!
      देशलाई पहिले स्थिर पद्दतितिर लैजाउ भनेर तेती तिर आफ्नो सम्पुर्ण ध्यान खर्चिनुभायाको छ बाबुरामले र यो उहाको बाध्यतापानी हो!
      पहिले डा भगवान कोइरालाले किन के कति कारण ले राजिनामा गर्नुभयो त्यो पत्ता लगाई स्पस्ट हुनुस अनि सम्बंधित लाइ कटाक्ष गर्नुहोला मित्र!

      मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 17

  • शैलेन्द्र ढकाल (म्याउ)

    नेपाल बिगारेकै कर्मचारीले हो. तल देखि माथि सम्म सबै मिलेका हुन्छन .कति घोटाला हुन्छ हुन्छ सरकारी ढुकुटीको.तेसैले त १२००० तलब हुनेहरुको पनि यहाँ कत्रो चुरीफुरी चल्छ.झ्याप झ्याप समातेर कारवाही गर्न सके देश चाडो उभो लाग्थियो.अब हामी युवाहरुले नै चाडो केहि गर्ने बेला भो जस्तो छ.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 71 Thumb down 2

  • nawraj adhikari

    सबै भ्रस्ट चोर कालोबजारी गर्ने गुन्डा जगल्टे मुन्द्रे को देश मा कोहि राम्रो मान्छे टिक्न सक्दैन , सतिले सरापेको देश आज सिद्द हुदैछ साच्चिकै भगवान आए त नेपाल मा केहि हुदैन यिनी त मान्छे न परे कहाँ सकुन तनि , जताततै राजनीति हाबी छ स्कुल बैंक,संघ सस्था हस्पिटल , जताततै राजनीति नाताबाज र कृपाबाद छ , केहि हुने वाला छैन यो देशमा हत्या हिंसा लुटपाट भ्रस्ट को देश नेपाल भनेर उपनाम देशले बोकिसक्यो …. यो पनि एकछिन आन्दोलन हुन्छ २/४ दिन पन्छी सेलाउछ …..जे भएनी राम्रो काम को प्रसंसा हुन्छ सबै कमेन्ट हेर्दा लाग्छ भगवान तिमि नाम मात्र को होइनौ सच्छिकै मान्छेको रुप मा भगवान हौ ,,, मेरो सलाम छ तिमीलाई…….

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 46 Thumb down 0

  • गगने

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 27 Thumb down 90

  • Bishnu Adhikari

    जनताको प्रधानमन्त्री भन्न रुचाउने डाक्टर बाबुराम यदी तिमि साचै जनताको बन्न चाहान्छौ भने तुरुन्त डाक्टर भगवान कोइराला लाई राजिनामा फिर्ता लिने बाताबरण बनाई स सम्मान पुनर्बहाली गराऊ हैन भने कालान्तरमा तिमि जनताको नजरमा येति गिर्ने छौ कि तिम्र PHD निरर्थक हुनेछन
    बिष्णु

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 101 Thumb down 4

  • raj

    मा त नेपालमै छैन तर यो माथि लेखिएको कुरा सबै सत्य हुन् भने मा सक्दो सहयोग गर्न तयार छु…जसरि वयेपानी

    मन परे हरियो नपरे रातो ! Thumb up 36 Thumb down 3

  • rishav

    डाक्टर साब किन दिनुभाको राजिनामा ?? राम्रो कम गरेर जनतालाइ सुबीधा दिदा, पापी चॊर, भस्ताचारीहरुले खेदो खनॆ भनेर राजीना दिनु भएको मा मलाई दुख लगेर आयो. but thanks for all your hard work and your effort to make change. well you should know there are 1000s of doctors in Nepal but why just few are so popular ?? there is always one person who can make change in people’s life and we need one like you. I hope you will realize and be strong when you come back.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 46 Thumb down 0

  • prabesh lama

    “पढेर काम छैन डाटेर काम छ”

    तेतिकै पलायन हुन्छ दक्छे जनशक्ति विदेश तिर अर्ध दक्छे जनशक्ति ले काम गर्न नदिए पछि नेपालीहरु जहिले पनि पछि पर्छ, डा. भगवान कोइरालाको कति राम्रो विचार तेती राम्रो डा.पढेर नेपालमा बस्ने र केहि परिबर्तन गर्छु भन्ने ब्यक्तिहरु आज बिदेशीहरुले किनिन्छ र जान्छ पनि कारण यहि रहेछ “पढेर काम छैन डाटेर काम छ” कहिले परिबर्तन र शुधार होला हाम्रो देश नेपाल “राजा को पालोमा यस्तो सुनेको थिएन नेपाल गणतन्त्र को पालोमा मनपरी तन्त्र गर्यो सरकारले पनि स्कुलमा राजनीति,आर्मी ब्यारेक्मा राजनीति,हस्पिटलमा राजनीति,घरमा राजनिती तर राजनीति सब्द हरायो अब म भन्छु ब्याक्ति को नीति,पैसा को नीति जोडेर भनेको छ राजनीति नाता-पाता हेरेको छैन,देश धुबाऊभो नेताहरुले …………

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 42 Thumb down 0

  • Surya

    राम्रो मान्छे चिन्ने फुर्सद कहाँ छ र हाम्रो. नेताहरुको दुई जिब्रे भाषण सुन्ने, दलहरुको अन्ध भक्ति गर्ने, पारस शाह जस्ताको जय जयकार गर्ने – यस्तै गतिबिधिहरुमा अलमलिनु बाहेक चाहिने कुरामा आवाज उठाउने नेतृत्व खोइ? पारस बेहोस हुँदा आफ्नै बाउ बिरामी हुँदा जस्तै चासो देखाउने, आफुलाई मनपर्ने दलको नेतालाई उसले जे भनेपनि पत्याउने र ठिक ठान्ने – हो यहीं छ मुख्य कुरो, अनि सहि मान्छेले काम गर्न समर्थन सम्म पनि पाउन सक्दैन र उ हार खाएर राजिनामा दिन बाध्य हुन्छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 1

    • neerose

      Exactly !
      तैत भन्या!
      पहिले भगवान कोइरालाले किन के कति कारणले राजिनामा गरेको हो भन्नेकुरा खुलस्त बुझ्नु तिर कहा लाग्छौ र हामि! शिर्षक पढ्यो अनि ठाडो कमेन्ट मच्चियर ठोक्यो! नेता र सरकार लाइ भरमार गालि गर्न र कोश्ना पाय पुगीगो!
      आफुले चाहि के के न गर्या जस्तो क्या!
      अनि अर्को कुरा,
      यो देशको सबै भन्दा गत्तिलो र सक्षम मान्छे भनेको पारस मात्र हो जसरि र अब पारस आयर राजतन्त्र ल्यायर देशको सम्पुर्ण समस्या छु मन्तर गर्देला जसरि कमेन्ट ठोक्छन गाठे!

      मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 5

  • सतिले सरापेको देश अनि पापिहरुको चालबाजी

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 1

  • Gaurab Nepali "Oodaaseen"

    डा भगवान र डा बाबुराम
    कंहाको राजाराम कताको तेल्गुली
    एउटाले हस्पिटलको ब्यबस्थापन अर्कोले देशको ब्यबस्थापन
    डा भगवान र डा बाबुराम
    कंहाको राजाराम कताको तेल्गुली
    एउटाको कम गर्ने बुध्ही अर्कोको खानेको बुध्ही,,,,,,,

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 7

  • Lax

    बिकसित मुलुकमा कुनै पनि जिम्बेबार व्यक्तिले चाहे जुनसुकै पोस्टमा होस् कुनै गल्ति गरेको छ भने नैतिकनाको हिसाबले राजिनामा दिन्छन तर हाम्रो जस्तो देशमा भने राम्रो काम गर्न खोज्नेलाई हौसला दिनिको सट्टा असहज परिस्थिति सिर्जना गरेर राजिनामा दिन बाद्य तुलाइञ्छ | अनि कसरी हुन्छ त हाम्रो देशको प्रगति?

    जब सम्म देशमा rule of law हुदैन तबसम्म देश र समाजको लागि राम्रो गर्न खोज्नेको भबिस्य छैन | तेसैले आफुले केहि गर्न नसके पनि असल काम गर्न खोज्नेलाई प्रोत्साहित गरौ |

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 0

  • Lakshman

    अब डा. भगवान कोइराला लाई प्रधान मन्त्रि बनाउन पाय नेपालको कायापलट हुने थियो , उन्नति र प्रगति हुने थियो देशको, जसरि ३ महिनामा शिक्षण अस्पतालमा धेरै सुधार भयो देशको पनि जिम्मा उनलाई लगाउन पाय नेपाल पनि धेरै माथि पुग्ने थियो /
    भगवान आउ, देश बचाऊ /

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 7

  • Madhu Rijal

    भगवान ले भगवानलाई राक्षसहरु बिरुद्ध लड्ने शक्ति दिउन !!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 0

  • Biswash

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 9 Thumb down 67

  • Manoj Thapa

    पारस जस्तोको को पछाडी भुक्तई र नारा लगाउदै हिंड्ने तानाशाह को चाटुकार हरु, भ्रस्टचारी, देश द्रोही नेताहरुको पछाडी भुक्तई हिन्ने जंगली, दुइ पैसाको बुद्धि नभएका गुन्डाहरु एस्तो काम जनहितको काममा नारा लगाउदै हिंडे देश अहिले कंहा पुग्थियो होला.
    God Bless Nepal!!

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 4

  • shreesh thapa

    सरसर्ती हेर्दा भगवानलाई मार्ने धम्कि आएको होकी भन्ने भान हुन्छ
    नत्र यसरि यति चाडो हारेर राजिनामा दिनुपर्ने स्थिति नहुनु पर्ने हो यसको अनुसन्धान हुनु जरुरि छ …

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 50 Thumb down 1

  • sanu maya kc

    के गर्ने भनेर इन्टरनेट मा चिन्ता गरेर केहि हुने वाला छैन साथीहरु – काठमाडौँमा भएका साथीहरु जो यो पढ्दै हुनुहुन्छा भोलि (सोमबार) ४ बजे टिचिंगको हातामा जम्मा भएर उहाको सपोर्टमा नारबाजी गरेर एउटा राम्रो कामलाई बचाउन प्रयास गरौँ हामीले नगरे कल्ले गरिदिने यो काम सबै साथीहरुलाइ ४ बजे टीचिंगको हातामा हातमा एउटा सेतो रिब्बन वा सेतो कपडा टुक्रा हातमा बोकी आउन अनुरोध गर्छु सालोक्य जी तपाईं ले नेतृत्व गर्नु पर्छ एस्तो कुरो को प्लिज !

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 656 Thumb down 8

  • bimal ghimire

    ‎”भगवान”ले पनि हार खानु परेको हाम्रो देश:, यो देशमा यतिका धेरै राक्षसहरु छन् कि भगवान अटाउने सानो कुनो सम्म छैन ।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 388 Thumb down 1

  • द्रोण

    ल बाबुराम जी ले नै केहि कदम चाल्न पर्यो | सुरुवात यहि बाट गरौ त् ,भ्रास्ताचार को अन्त गर्न |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 269 Thumb down 9

  • kedar

    मैले चिने जानेका एक दुइजना काम गर्नेहरुकै मुखबाट र समाचारहारुबाट थाहा पाए अनुसार सिनियर नर्स र सिनियर डाक्टरहरुको चक चकि निकै नै छ, मैले थाहा पाएको २०५० साल तिर हो सुरुमा, तेस अघि र पछि कती गरे होलान? झन् ट्रेड युनियनको त आडमा त के चैं हुँदैन, त्यो त कुरै छोडौं /

    येदी भगवान कोइरालाका यी माथिका कुराहरु सांचा हुन् भने उनलाई विफल बनाउन र गलाउन खोज्ने भ्रस्ट र दलालहरुलाई कारबाई त गर्न सकिने देखिन्दैन तर उनीहरुको छद्म, गैर कानुनि, अनैतिक ब्यापार ब्यबसाय र सेवाको भण्डाफोर सहित बहिस्कारको आन्दोलन हामि सर्बसाधारण र सुभेछुकहरुले चलाउनु पर्छ | कि कसो भने, ठिकै त होइन ¿¿

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 206 Thumb down 1

  • Shiva

    डा Koirala लाई के चित्त नबुझेको हो तुरुन्त सम्बोधन गरेर उहालाई काममा फ़र्काइयोस भन्ने आम nepali ko चाहना हो/ डा साहेब तपाईले गर्नु भयको सबै काममा सफलता मिलोस येही हाम्रो कामना छ /
    शिव हरि श्रेष्ठ

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 204 Thumb down 2

  • Hira Sharma ,out of aboard (from motherland)

    डाक्टर कोइरालाका नमुनायुक्त अनेकौं कार्यहरुलई असल सरकार (आएछ भने)ले र नआएमा समाजका अङ्गलेनै संस्थागत गर्नु अपरिहार्य छ.
    हालकोलागि निजको राजिनामा फिर्तालिने अवस्था बनाएर संस्थान लै बचाउनुनै सबैकोलागि भलो हुनेछ. शीघ्रातिशीघ्र सबै असल मानिसहरुको पहलको कामना गरौँ i

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 106 Thumb down 2

  • in other countries people would have taken to the streets for such improbable thing happening in the top medical institution of ones country. what are we doing? lets stand up and fight for him. tuth is best place. even many of us will be needing its service one day. private hospitals are not competent enough. so lets rise this time for our own sake. for our future , for our children. for the people we love

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 81 Thumb down 1

    • suman p

      Dr . Timila you are right . We need to protest for this and support for Dr. Bhagwan, Nepali people must get up and support for such a dedicated person. Not just watching with negative thought .

      मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 1

    • bibek dhakal

      Madam!, unfortunately we are in a country where people come on streets only to swap the government and opposition ; when a drunkard is hit by an accident ; to shut down schools and services, vandalize properties, set vehicles ablaze ; when a politically ” respected” figure is pointed a gun, a politically active criminal in the form of student or employee is detained by the law…….
      We seldom come on streets against the widespread corruption, lawlessness, unreasonable impositions and indiscriminate price-hike by the entrepreneurs, the atrocities by the political sister organizations and unjust like this one…..

      मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1

    • neerose

      Yes agreed,
      But
      At first you should know exactly why Dr Bhagwan Koirala resigned? before stand for him. Find first what is the reason behind.
      OK
      भोलि गयर “मैले मेरो व्यक्तिगत पारिवारिक र घरायसी कारणले राजिनामा दियको हुँ भन्दिन्छ अनि त्यो अर्को डाक्टरलाई माओबादिले अपहरण गर्यो भनेर मेडियाको पछि लागेर चिच्यायाको जस्तै होलानी!
      dr timila,
      Think like Doctor and talk like Doctor act like Doctor.
      OK

      मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 7

      • suman p

        If people knows Gangalal hospital they knows Dr. Bhagawan Koiral, He is not after money, if he want to make money any hospital in the world will well come him with open hand. But he didnot choose that because he want to help nepal and nepali.
        Nobody have to think like doctor, talk like doctor and act like doctor, everybody have to just think themself like nepali and care about the country without thinking party, politic and beeing independent also responsible.

        मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • Toran Chhetri

    राम्रा राम्रा बिकास को काम गरेपछि त कसरि तिकिन्छ त ? गिरिजाले २०४८ सालमा प्रधानमन्त्री भएदेखि २ बटा बोइङ्ग बेचे, संथानहरु बेचे, RNAC को बाकि दुइ जहाजका पनि सबै टिकट बेचे, अनि बेदेश बाट भाडामा चेज एयर, लाउडा एयर ल्याएर commision खाए अनि अन्तमा सुडान काण्ड गरे अनि पो मर्ने बेला सम्म सक्तिमा रही रहे . यी डाक्टर कोइराला भएर पनि भगवानको जस्तो काम गर्दा रहेछन .

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 132 Thumb down 8

  • Prakash Sharma

    भगवान कोइराला लाई महाराजगंज हस्पिटल बाट निकाल्ने सडयन्त्र को मुख्य सुत्रधार सुनिल शर्मा र नटराज नाम का मेडिकल माफिया हरु हुन , नया मेडिकल कलेज खोल्न को लागि यिनी हरुले सायमी लाई हटाउने पहिला बाटो रोजेका हुन, कोइराला ले राजिनामा दियेछी स्वीकृत भए आफुले नि राजिनामा दिने सायमी ले घोषणा गरिसकेका छन्. यसको बिस्तृत छानविन गरौ न सालोक्य ज्यु देश र जनता प्रति खाएको नुन ले आशिर्वाद दिन्थ्यो हजुर लाई ….

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 268 Thumb down 6

    • raju thapa

      ओ हो, सुनिल त खतरनाक मान्छे हो,येस्ले त जस्तो सुकै हर्कत पनि गर्न सक्छ | यो सुनिल भन्ने मान्छेले एक चोटी मान्छे kidnap नै गरेको भन्ने news मा सुनेको थिए| येस्ता माफिया मान्छे हरु लाई साथ लिन्छन हाम्रा नेता हरु अनि कसरि भगवान जी हरु ले काम गर्न सक्नुहुन्छ| नेता हो, आट छ भने भगवानजी को साथ देउ नभए तिमि नपुंसक हरु येस्ता माफियाहरु को चुन्गल मै मर्ने छौ | बाबुराम नि चोर नै रैछ| आज त थुक्क बाबुराम भन्नु मन लग्यो| मुस्तांग को डोंग छोड|

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 48 Thumb down 3

  • Pankaj

    धन्य रैछन डा कोइराला / आखिरीमा इमान्दारिता र तत्परता भएमा देश बिकाश हुन कुनै जुनी कुर्नु पर्दैन तर सति ले सरापेको देश मा राम्रो काम गर्ने मान्छे लाई कहा टिक्न दिन्छन र !

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 126 Thumb down 1

  • Kedar Prasad Timalsina

    अब एस्तो भयपछी को बाट के आशा गर्ने / एस्तो बनि परेको हामी नेपाली कर्मचारी लाइ कसले ठिक पर्ने होला?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 71 Thumb down 1

  • Kalyan

    This is really pathetic. Persons with good vision are not allowed to work in Nepal. This is one of the reason why Nepal is unable to move up the ladder of peace, prosperity and development. Shame on persons who create this circumstances.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 57 Thumb down 1

  • narayan sharma

    We need him back. Please dont let the corrupt people rule the hospital.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 79 Thumb down 0

  • हे ईश्वर अव यो दुखिको देश तिम्रै भरोषामा छ ।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 47 Thumb down 0

  • Yam Chand

    यो कुरा त जग-जाहेर नै छ कि, “सति ले सरापेको”हाम्रो देशमा राम्रा काम गर्न चाहने व्यक्ति हरु लाइ कसैको साथ् मिल्दैन र उनीहरु “जोक्कर- फाल्टु” साबित हुन्छन.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 44 Thumb down 0

  • suman

    काग को बीच मा बकुल्लो वने जस्तै भएछ डा. साहेब को.
    अब काग हरुलाई निर्मुल पारेर डा साहेब जस्तो को काम लाइ
    हरेक पाइला मा साथ् दिदै भ्रस्टचारी रुपक काग हरुको अन्त्य गर्न क कस्तो कुरा मा कार्यनोयन गर्न जरुरी देखिन्छ ति सबै कुराहरुको पालना हुनु पर्यो हामी आम नेपाली जनमानस बाट.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 45 Thumb down 1

  • Abhi

    राम्रो मान्छे टिक्न कसैले दिदैन यहाँ त कसरि पैसा कमाऊ भने मा हुन्छन doctor हरु यहाँ भनेको प्रचंडे बाबुरमे का मान्छे मात्रै ट्किने देश हो

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 54 Thumb down 3

  • narayan khadka

    राम्रो काम गर्ने मान्छे लाई सधै काम गर्न दिदैन नेपालमा सरकारी सबै निकायमा राम्रो काम गर्ने खुट्टा तान्ने प्रवृति कहिले अन्ते हुने होला.डा. भगवान कोइराला जी राजिनामा फिर्ता लियर आफनो काम गर्नुहोस काम गर्न नदिने प्रवृति भयका अन्य लाई नेपाल सरकारले कारवाही गरोस

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 41 Thumb down 0

  • Mk

    माथिका ‘भगवान’ ले तलका ‘भगवान’ लाई येसरी न हेरे पछि, नेपालीहरु अब ‘भगवान भरोसा’ मा पर्ने भय, सारै दुख लाग्यो, खै अब कसलाई पो गुहार्ने हो ?

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 1

  • Milan

    यस्तो राम्रो काम गरे पछि नेपाल मा टिक्न सक्छ ? Teaching होस्पितल को सेवा र त्यहाँ बात पास गरेका doctor हरु लै निकै राम्रो रुप मा लिन्छ. अझै पनि यसको image राम्रो छ. बेला बखत नराम्रो मान्छे हरुको हुल ले एस्लाई बिगार्न निकै कोशिस गरि राखेको हुन्छ . त्यस्तो ठाउमा राम्रो गर्न कम्त दुख हुन्दैन , जस्तो भगवान लै भै राखेको छ. आब यहाँ सरोकार वाला , जनता, राम्रो नेपाल को कल्पना र कामना गर्ने हरु ले राजिनामा रोकेर, फटाहा , असहयोगी doctor कर्माचारी हरुलाई निकाल्न लगाउनु पर्छ. होइन भने राम्रो गर्ने मान्छे हरु निराश र पलायन हुने गर्छ , जुन देशको लागि निकै दुर्भ्याग्य हुन्छ. साथि हरु PM लाइ tweet गर्न थाली हालौ.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 40 Thumb down 0

  • अगर यो साचो हो भनि उहाको रेजाइन सुइकित्र्ति गर्नु हुदैन र उहा लै फेरी पनि कम मा फर्काउनु पर्छ र सबै दलाल हरु लै तेहा बाट निकाले र फाल्नु पर्छ बल्ल हस्पिटल को कोस मा पैसा जम्मा हुन्छ !!!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 0

  • lok

    राजीनामा नदिएर challenge गर्नुपर्थ्यो तर भागेछन् / अलि हतार गरेछन् /अलि दिन गरेर सबै नराम्रा कुराहरु बाहिर ल्याएको भए कुनै दिन जनताको साथले टुप्पी समात्न सकिन्थ्यो क्यारे / so sad ……………………………………………………………………………….

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 20

    • SUVAS

      जनता ले टुप्पी समाउनि भनेको चै तेस्तै हो एत्रा नेता को टुप्पी समाएर लखेटिहाल्यो / भने जस्तो गर्न नपाए पछि छोडिहाल्छन नि / टुलुटुलु हेरेर बस्न सकिन्न क गर्नु /

      मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • मणि

    यस्तो नि कामहरु गर्नी हो? फटाहा रैचन डा कोइराला, आजकल डाक्टरहरु टिचिंगमै भेटिनु भनेको कसरि उनीहरुले परिवारको मुखमा माड लगाउनु त?

    काम गर्ने मान्छेको खैरियत नै छैन नेपाल, के गर्नु आफै भुक्तभोगी परे| मेरो एकदम श्रद्धा छ डा कोइराला प्रति अब सहानभुती!

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 8

  • krishna

    राम्रो काम गर्ने लाई नेपाल मा कहाँ टिक्न दिन्चन र ? डा कोइराला को काम स्वागतयोग्य छ/ .

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 54 Thumb down 2

  • कृष्ण भरद्वाज, सिडनी ऑस्ट्रेलिया

    राम्रो, असल मान्छेलाई नेपालमा कसले बाच्न दिने ? खोई कसको आँखा लाग्यो देशलाई ??

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 92 Thumb down 2

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker