मेरो Tweet

  • डेकोरेसन त ठीकठीकै हो तर त्यो अगाडिका १७ वटा (दुइटा ठूला १५ वटा साना) बाकसको अर्थ चाहिँ बुझिएन। के राख्ने रैछ त्यसमा? http://t.co/lovcxr43VZ

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

ठमेल जलेपछि कर्ण शाक्यको होटलतर्फ उठेका औँला

ठमेलमा बिहीबार रातभर दन्किएको भिषण आगो र त्यसले खरानी पारेको करोडौँ मूल्य बराबरको सम्पति! आगो सेलाइसक्यो, शनिबार परेको पानीले सडकका खरानी पनि पखालिसक्यो। तर काठमाडौँमा यो अग्निकान्डको चर्चा अझै सेलाएको छैन। प्रविधिका कारण आगोभन्दा छिटो यो खबर विश्वभर फैलिइसक्यो। लोन्ली प्लानेट जस्ता साइटका फोरममा यो आगोले खरानी पारेको पिल्ग्रिम्स पुस्तक पसलको चर्चा भइरहेको छ।

विभिन्न पक्षबाट अग्निकान्डको चर्चा भइरहेको छ। आगो लागेको १५ मिनेटभित्र दमकल आइपुगेको थियो। आगो किन छिट्टै निभाउन सकिएन ? पूर्ण रुपले आगो निभाउन १७ घण्टा किन लाग्यो ? माइस‌ंसारमा पनि यो घटनाबारे बहस भयो। एक जना पाठकले कर्ण शाक्यको होटल काठमाडौँ गेस्ट हाउसप्रति औँला ठड्याए।

उनले आफ्नो कमेन्टमा लेखेका छन्-

आगो निभाउन ढिला हुनुमा अन्य कारणसँगै काठमाडौँ गेस्ट हाउसले आफ्नो गेट भत्काउन नदिनु पनि प्रमुख कारण थियो। अगाडि लागेको आगो छिट्टै निभेको हो, तर पछाडिको आगोलाई अगाडिबाट सजिलै निभाउन सम्भव भएन। अनि काठमाडौँ गेस्ट हाउसभित्र दमकल लैजान नमिलेर गेट भत्काउन खोज्दा उनीहरुले दिएनन् र ढिला भयो। ९ घण्टा होइन पूर्ण नियन्त्रणमा आउनको लागि करिब १७ घण्टा लागेको थियो।

अपडेटः तर कर्ण शाक्यले यसलाई अस्वीकार गरे। यसबारे ट्विटमा प्रतिक्रिया माग्दा उनले काठमाडौँ गेस्ट हाउसको गेट ठूलो सवारी साधन जान मिल्ने गरी फराकिलो भएको र भत्काउन जरुरी नभएको बताए। उनले भित्रैबाट आगो निभाएको र त्यहाँको पानी पनि प्रयोग गरिएको सुनेको बताए।

आगो दन्किरहँदा गेस्ट हाउस सञ्चालक कर्ण शाक्य भने अमेरिकामा थिए। त्यहीँबाट उनले यस्तो ट्विट गरेका थिए-

अग्निकान्डको यो पक्षबारे उनलाई थाहा छ कि छैन, अहिले प्रष्ट भइसकेको छैन। अहिलेलाई सकारात्मक सोचका साथ यो प्रसङ्गलाई यहीँ अन्त्य गर्दै आगलागीका अन्य पक्षबारे बहस गरौँ।

बिमाको चासो

विवेक ढकालले यो घटनामा बिमाको पाटोलाई केलाएका छन्। उनी लेख्छन्- ‘दार्शनिक’ पुस्तक व्यापारी रामानन्द तिवारीले आफ्ना पसलका पुस्तकहरुबाट पैसा साथै धेरै ज्ञान त आर्जन गरे। तर खै किन हो बिमा गर्नु पर्छ भन्ने कुराको चाहीँ हेक्का राखेका रहेनछन्। अहिले बिस्तारै नेपालमा बिमा गर्ने चलन बढ्दै छ। तर त्यो खालि जीवन बिमा र गाडी बिमामा सीमित छ। दुर्घटना भनेको भवितव्य हो तर नेपाल जस्तो ‘फ़्राजाइल’ देशमा यस्ता दुर्घटना जुनबेला, जसरी, जसको पोल्टोमा पनि आइपुग्न सक्छ। त्यसैले, अलिकति पैसाको मुख हेर्नुभन्दा बीमा गरेर ढुक्क हौं! अब बिस्तारै हरेक क्षेत्रमा बिमा गर्ने बानी बस्दै जाओस्!’

‘टाइम बम’
अव्यवस्थातर्फ इङ्गित गर्दै एकराज सचेत गराउँछन्- ‘काठमाडौँ शहर साँच्चिकै एउटा टाइम बम हो। यहाँ जुनसुकै बेला जे पनि हुनसक्छ। यो बर्बादी केबल जनाउ मात्र भएको भन्दै हरिहर दाहाल पनि उनलाई सही थाप्दै भन्छन्- अब पनि आँखा खुलेन भने एक दिन काठमाडौँ खरानीको शहर हुनेछ।

आशिषले जनचेतनाको कमिलाई इङ्गित गर्दै लेखेका छन्- सबै प्रकारका आगोहरु पानी हालेर मात्र निभ्छ भन्ने भ्रम छ हाम्रोमा। खासमा ग्याँस सिलिन्डरमा लागेको आगो पानी हालेर निभ्ने भन्दा पनि अरु बढी बल्ने हुन्छ। अनि फेरि रेस्टुरेन्ट मै आगो लागेको भनेपछि त झन् पानी हालेर के हुन्थ्यो ?

राजनीतिक ब्लगमा जस्तो यसमा चर्काचर्की बहस भएको छैन। खासमा यस्ता विषयमा हुने बहस समाजका लागि फलदायी हुन्छ। काठमाडौँको अव्यवस्थित बसोबास, आगोको जोखिम, सुरक्षाका उपाय जस्ता विषयमा थप बहस होस् भनी यो अर्को ब्लग लेखिएको हो।

कृपया तपाईँ आफू बस्ने ठाउँमा आगो नियन्त्रणका के कस्ता उपाय अपनाइएका छन्, त्यसबारे पनि तल कमेन्टमा लेख्नुहोला। समस्या देखाउन सबैलाई आउँछ, समाधानको उपाय पनि सुझाउने उपयोगी कमेन्ट पनि लेख्ने कि !

979 Total View 18 Today View

14 comments to ठमेल जलेपछि कर्ण शाक्यको होटलतर्फ उठेका औँला

  • Sanjay Adhikari

    खास गरी आगो बल्न ३ तत्वको आवश्यकता पर्दछ । इन्धन(Fuel), अक्सिजन र ताप(Heat) । र आगो निभाउन लाइ यी ३ तत्व मध्ये कुनै एकलाइ अलग्याउन सकियो भने आगो निभ्न सक्छ । खास गरी सबैलाइ पानिले मात्रै आगो निभाउन सकिन्छ भन्ने भ्रम हुनुमा चाहि धेरै जसो आगो Carbon कार्बनजन्य बस्तु जलेर हुन्छन । त्यसलाइ पानिले निभाउन सकिन्छ । यसलाइ Class ‘A’ को आगलागी भनेर चिनिन्छ । आगलागी लाइ ५ बर्गमा बिभाजन गरीन्छ । भिन्न भिन्न बर्गका आगलागी नियन्त्रणमा लिन भिन्न भिन्न बस्तुको प्रयोग गरिन्छ । पानिले आगलागी नियन्त्रण गर्ने कार्य भनेको माथी उल्लेख गरे जस्तै ३ तत्व मध्य तापलाइ अलग गर्ने प्रकिया हो ।

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • बले जी

    काठमाडौंका गल्लीहरु यति साना छन् कि कहिँ कहिँ त निहुरिएर हिंड्नु पर्छ, इन्द्रचोक, मखन, महाबौद्ध, ठमेल आदिको हालत यस्तै छ । यहाँ कसैलाई दोष दिनुभन्दा पनि महानगरपालिकाले बेलैमा उचित कदम चाल्नुपर्ने देखिन्छ । कर्ण शाक्यको होटललाई दोष दिनु भन्दा पनि सरकारले जथाभावि घर बनाउन दिने र अनुगमन नगर्ने परिपाटीलाई दोष दिनु राम्रो होला ।

    अब त काठमाडौंवासीलाई भुकम्पको साथसाथै आगो सँग बच्ने उपाय पनि दिनु पर्ला जस्तो छ ।

    बले

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 1

  • pradeep

    हामी नेपालीहरु साचै भगवान भरोसे र रमिते छौ ! यहाँ जसको नोक्सान भयो भयो हुन्छ र केहि दिनको लागि र्चाको बिसय बन्छ ! दमकल, अम्बुलंस आदि जनहित को काम को लागि बजेटको कमि हुन्छ ! हुन् त मिलाउने हो भने सरकारी दमकल आदिको लागि सरकारी बजेट नै चाहिदैन केवल सम्पति सदुपयोग गरेर त्यसबाट आएको आम्दानीले काम गर्न दिय पुग्छ ! हेर्नुस बिर अस्पतालको घर र जमिनको दुरुपयोग, काठमाडौँ र ललितपुर को दमकल को अवस्था र तिनको जमिनको दुरुपयोग ! ठमेलको जस्तो दुर्घटना महाबौद्ध, गुच्छा टोल आदि मा भयो भने के होला ? यहाँ यस्तो नहुन सक्ने के छ त ?

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • योगेश आदी

    संसारको सबैभन्दा बाक्लो बस्ती भएको शहर नेपालको भक्तपुर रहेछ । काठमाडौंको भित्री शहर सबैभन्दा जोखिमपूर्ण बस्तीमा गनिंदो रहेछ । हामीले हमेशा चर्चा ‘भूकम्पिय जोखिम’को मात्र गर्यौ, तर आज डरलाग्दो जोखिमको अर्को रुप आगलागी पनि हो, भनेर ठमेल आगजनीले प्रमाणीत गरेर देखायो।

    राजधानीको मुटु ९ घण्टा जलिरहँदा राज्य “रोमको राजा निरो” झै देखिए । त्यति बेला हाम्रो दमकलले २ तल्ला भन्दा माथिको आगोमा पानी पुर्याउन नसकेपछि, जुटेका पानी ट्याङकरले बाटो जाम गरेर आफैमा अल्मलिरहँदा, अन्धाधुन्धैमा अरबौको सम्पत्ति खरानी बन्यो । आखिर राज्यले बीमा दाबी मार्फत, बैंकको कर्जा मिनाहा मार्फत वा क्षतिपूर्ति मार्फत धेरै गुमाउने छ, यसको मतलम हामी सबैलाई ठुलो घाटा परेको छ ।

    - म सोच्थे, न्यूयोर्कमा एउटा घरको कुनै कोठामा धुँवा मात्र देखिएर कसैले 911 मा फोन गर्यो भने करिब २० वटा जति दमकल, एम्बुलेन्स र पुलिसको गाडीहरुले किन यस्तरी घरेर स्वाङ् पारेका होलान् यि अम्रिकानेहरुले, भन्ठान्थे ! आखिर यसका धरै सकारात्मक पाटोहरु रहेछन् । ति दमकल विभिन्न आकारका हुँदा रहेछन् । ५० देखि १०० फिट सम्का भर्याङ्ग भएका दमकलहरु हुँदा रहेछन् ।
    Fire Fighter भनेर आगो निभाउनेहरुलाई इज्जतको शब्द प्रयोग गर्दा रहेछन् । दमकललाई र फायर फाइटरलाई पुलिसले पनि प्राथमिकता दिँदा रहेछन् । दमकल हरेक Neighborhood मा हुँदा रहेछन्; हाम्रो जस्तो ललितपुरबाटै बोलाउनु पर्ने होइन रहेछ । फायर फाइटरको आचार संहिता चर्को हुँदो रहेछ, मर्नै परेपनि पछाडी नहट्दा रहेछन् । Twin Tower मा आक्रमण हुँदा मात्र ३४७ जना Fire Fighter ले ज्यान गुमाएर रहेछन् ।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 71 Thumb down 0

  • मेरो भनाइ लाइ प्राथमिकता दिनु भएको मा खुसि लाग्यो,हो मेरो विचार मा हाम्रा अग्नि नियन्त्रक लाइ दक्ष बनाउनु जरुरि छ,उचित तालिम दिनु जरुरि छ र तेस्तै प्रकार का उपकरण को पनि व्यवस्था गरिनु पर्दछ,हाम्रो मा(अग्नि नियन्त्रक देखि लिएर सर्बसाधारण सम्म)सबै ले त्यै एउतै कुरा मा ध्यान दिएका छौ कि जहा आगो लाग्छ त्यहाँ पानि खन्याउने,अझ ठुला आगो लागेको ठाउ मा त ट्यांकर को समेत प्रयोग गरेर पानि हाल्ने गरिन्छ त्यो सबै जनचेतना को कमि ले भयको हो,जसले गर्दा आगो नियन्त्रण भन्दा पनि उग्र रुप लिने र जनधन को समेत क्षेती हुने सम्भाबना हुन्छ,मैले जानेको र देखेको केहि उपाय हरु र स्विस मा अबलम्बन गरिने अग्नि नियन्त्रण का केहि तरिका,उपाय र क्षेती कम गर्ने उपाय अनि जनचेतना एस प्रकार छन्,
    स्कुल लेभल देखि कलेज लेबल सम्म बिद्यार्थी लाइ अग्नि नियन्त्रण को उपाय र एसको क्षेती को बारेमा जानकारी दिनु,बिशेष खाल को क्लास चलाउनु,र प्रयोगात्मक क्लास हरु दिनु जरुरि छ,
    ठुला ठुला सपिङ्ग कम्प्लेक्स हरु,क्याम्पस,स्कुल हरु,सभागृह लगाएत का धेरै मानिस जम्मा हुने भबन मा आकस्मिक ढोका को ब्यबस्था गर्ने र नजिकै को खुल्ला ठाउ मा यदि भबितब्य(आगो लागोस वा भुकम्प आओस) मा जम्मा हुने ठाउ को व्यवस्था गर्ने
    ठुला भबन हरु र घर मा पनि उक्त घर र भबन तथा त्येस मा रहेको पसल रेस्टुरेन्ट वा अन्य ब्यबसाय हेरेर अनुकुल अग्नि निभाउने सानो खाल को सिलिन्डर(फायर लोसर)राख्ने,तेल मा लागेको आगो निभाउने छुट्टै फाएर लोसर हुन्छ भने,काठ मा लागेको निभाउने छुट्टै,अनि फलाम मा लागेको आगो निभाउने छुट्टै फाएर लोसर को प्रयोग गरिने हुनाले त्यै अनुसार को हुनु जरुरि छ,
    अग्नि नियन्त्रक ले पनि आगो लागेको ठाउ मा गएर सिधै पानि हालेर निभाउने कोसिस गर्नु भन्दा पहिले के कारण ले र के मा आगो लागेको हो भनेर बुझेर मात्र निभाउने काम गर्नु जरुरि छ,
    यता तिर यदि प्राय घर र भबन का ढोका हरु आगो लाग्दा हत्त पत्त नजलने(केहि घण्टा सम्म)प्रकार का हुन्छन भने झ्याल हरु पनि तेस्तै प्रकार का हुन्छन,त्यै भएर यदि कोठा मा आगो लागेको खण्ड मा सबै भन्दा पहिले झ्याल ढोका बन्द गर्नु पर्दछ ता कि आगो अन्त सल्किन नपाओस र आगो ले बाहिरि अक्सिजन प्राप्त गर्न नसकोस,नेपाल मा पनि एस्तो उपाए अपनाउन सकिन्छ,झ्याल काठ कै भए पनि बन्द गर्दा केहि समय भय पनि आगो अन्त लाग्न वा आगोले उग्र रुप लिन केहि समय लाग्छ,
    काठमाण्डौ मा दिउस आगो लाग्यो भने झन् भयाभह स्थिति उत्पन्न हुने देखिन्छ,किन भने दिउस सडक मा सबारी चाप र जाम हुने हुनाले हाम्रो मा भएका सिमित दमकल हरु समय मा घटना स्थल मा पुग्न सक्दैन्,त्यै भएर काठमान्डौ जस्तो सहर मा कमसेकम प्रत्यक वडा मा अग्नि नियन्त्रक अफिस राखिनु पर्दछ,र दक्ष जनसक्ति को व्यवस्था गरिनु पर्दछ,
    यहाँ स्विस मा साना साना गाबिस मा पनि प्रत्यक गाबिस मा अग्नि नियन्त्रक कार्यालय हुन्छ र प्रत्यक मा कम्तिमा पनि ६/७ वोटा अत्याधुनिक दमकल हरु हुन्छन,तर कम्रचारी हरु भने स्थाई रखिएको हुदैन,केहि कर्मचारी स्थाई भए पनि अन्य कर्मचारी लाइ चाहियको बेलामा बोलाउने र जति घण्टा/मिनेट काम गर्यो त्यसै को आधार मा पैसा दिने गरि नियुक्ति गरिएको हुन्छ,जस्तै यदि म अग्नि नियन्त्रक को रुप मा नियुक्ति भएको छु भने मलाइ पहिला आबस्यक तालिम दिइन्छ,अनि तालिम पश्चात मलाई एउटा पेजर दिइन्छ,अनि यदि कहिँ आगलागी भयो भयो भने पहिले अफिस ले सबै कर्मचारी को पेजर मा घन्टी(आलार्म)दिन्छ त्यो घन्टी दिएको ७-८ मिनेट भित्र म जहाँ भए पनि जसरि भए पनि कार्यालय पुगिसकेको हुनु पर्छ,१ मिनेट मा कपडा चेन्ज गर्ने र ३ मिनेट मा घटना स्थल सम्म पुग्ने गरेर जम्मा ११ मिनेट मा घटना स्थल पुगिसकेको हुनु पर्छ,येसरी आगलागी भएर अग्नि नियन्त्रक अफिस मा तपाइँ ले जानकारी दिएको बढी मा ११ मिनेट मा अग्नि नियन्त्रक हरु घटना स्थल मा पुगिसकेका हुन्छन,
    येस्तै व्यवस्था नेपाल मा खास गरि काठमाण्डौ जहाँ जोखिम बढी छ त्यहा गर्नु जरुरि छ,नत्र घटना भैसके पछि पछुताउनु सिबाय केहि बाकि रहदैन,यहाँ कसले गारो फोर्न दियो कसले दिएन भन्दा पनि एस्तो जोखिम र तेस्तो भएको खण्ड मा कसरि जनसक्ति र उपकरण परिचालन गर्ने भन्ने बारेमा सम्बन्धित निकाय ले पहिले नै सोच्नु जरुरि छ,
    आसिश
    स्विस

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 0

  • मैले सुने अनुसार आजभोली ग्यास सिलिन्डर चुहावट ( लिक भन्छ कि के भन्छ ग्यास लिक ) हुँदा हुने खतराबाट जोगाउन एक किसिमको कन्ट्रोल मेसिन ( सानो साँचो आकारको साईजमा उपलब्ध ) नेपाली बजारमा पाईन्छ भन्ने सुनेकी थिए . यदि यस्तो मेसिन साच्चै नै नेपाली बजारमा उपलब्ध छ र यदि यो मेसिन ग्यास सिलिन्डरमा फिट गर्दा ग्यास चुहावट बाट हुन सक्ने आगलागीको खतराबाट यस्ता मेसिनले जोगाउछ भने यस किसिमका मेसिन सरकारी निकाय मार्फत नै
    सुलभ दरमा ग्यास प्रयोग गर्ने सर्बसाधारणलाई वितरण गर्न जरुरि छ ( यस बारेमा सुनेकी मात्रै थिए पूर्ण रुपमा जानकारी छैन मलाई , सुनेको भरमा लेखेको हो यो कमेन्ट )

    आगलागी जस्ता भैपरी आउने दुखद घटनाबाट जोगिन जोगाउन सरकारी स्तरबाटै अब बिशेष कार्यक्रम संचालन गरिनु पर्छ र बेला बेलामा बिभिन्न चेतनामूलक कार्यक्रम मार्फत सर्बसाधारणलाई सचेत गराई रहनु पर्छ .

    पिल्ग्रिम्स पुस्तक पसल र अन्य केही पसलहरु जुन आगलागीको मारमा परे , उक्त ब्यापारसंग सम्बन्धितहरुको यदि बिमा नभएको अबस्था हो भने केही प्रतिशत
    सरकार बाट र केही प्रतिशत सर्बसाधारण जो ठमेलमा ब्यापार ब्यबसाय गरेर
    बसिरहेका छन् उनीहरु सबै मार्फत आ- आफूले सकेको सहयोग ( चन्दा सहयोग )
    हुन सके दैविक पिडित पक्ष्यहरुलाई राहत मिल्ने कि .

    रह्यो यस्ता संबेदनशील कुरालाई लिएर जथाभाबी कमेन्ट लेख्ने ( सुमित नामधारी ) पात्रहरुको सबालमा ,
    केही समय अघि मिडियामा आदरणीय कलाकार हरिबंश आचार्यका बारेमा ( सायद वहाको अन्तर्वार्ता थियो त्यो ) पढ्दै जाँदा पाठक कमेन्ट पनि पढेकी थिए , एक जना सम्बेदनाहिन पाठकले के पनि भने भने ” हरि बंशले मरिसकेकी जेठी श्रीमतिको नाममा ब्यापार गर्दै छ चिनो हराएको मान्छे नामक पुस्तकको नाममा —
    यो हद सम्मको सम्बेदनाहिन भएर कमेन्ट लेख्न सक्ने मान्छे पनि हुँदा रैछन् भनेर त्यति खेर म चिसिएकि थिए .

    उमेश जी
    सम्बेदनाहिन मान्छेको कमेन्टमा डुबुल्की नमार्नु नै बेश .

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • दल बहादुर योञ्जन तामांग

    काठमान्डौ गेस्ट हाउसको फराकिलो गेटबाट पसेर पनि दमकलले आगो निभाए अनि त्यँहाको पानी समेत उपयोग गरे भन्ने थाहा पाएर पनि गेस्ट हाउसका मालिक कर्ण शाक्य प्रति ऒला उठाउन उचित देख्दिन| बरु दुर्भाग्य के भने उँहा त्यसबेला बिदेशमा हुनुहुँदो रहेछ, नत्र भने अवश्य पनि दमकललाई आगो निभाउने कार्यमा अझ सहयोग पुर्याउन हुन्थ्यो होला|

    मन परे हरियो नपरे रातो ! Thumb up 39 Thumb down 8

  • ठमेलको आगलागी ले कुनै मानवीय क्षति नभएको भनेर दुक्क हुने अवस्था छैन, आगलागीले मानवले गरेका कर्महरुको ठुलो क्षति भएको छ….धेरै समय को मेहनत एक रात मै खतम भएको छ…..अब त्यस्तै क्षति नहुने तर्फ ध्यान दिन बरुण यन्त्रको भरपर्दो व्यवस्था गर्नुका साथै आफ्नो संरचना र कार्यशैली प्रति सबै सचेत हुने बेला आएको छ……………

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • जहाँ आगो लागेको थियो . त्यसको ठिक अगाडी पट्टि मेरो ओफिस छ, आगलागि को म प्रतक्ष्यदर्शी हो ..
    काठमाडौँ गेस्ट हाउसले गेट खोल्न नदिएको कुरा सत्य होइन … यो अनुमान मात्र हो .. अग्नि नियन्त्रक ले आगलागि भएको घरको संरचना राम्ररी थाहा पाएनन …. एकथरी एकातिर भन्थे ,अर्कोथरी अर्कोतिर ..थोरैलाइमात्र थाहा छ कि पिल्ग्रिम्स कति ठुलो छ. अनि फेस लोउङ्ग भन्ने रेस्त्रुरेंट भित्र कस्तो संरचना छ भन्ने कुरा….. कता पट्टि को पहिला निभाउने भन्ने अन्योल भयो …. सबै आफ्ना आफ्ना समान जोगाउन पट्टि लागे , पसलका समान ओसार्दा कति त हराए ( रमितेहरु ले टिपेर)

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 44 Thumb down 1

    • balaraam

      दुख पर्या बेला पनि चोर हरु नैतिकता को हद पार गरेर चोर्न मै तल्लिन हुन्छन ! चोर हरुले त्येहा त्येस्तो दुख पर्दा पनि सामान उडाएछन ! १० वर्ष अघि मेरो मैतीदेवी मा साइबर र कम्पुटर पार्ट्स को दुकान मा छेउ को रंग पसल बाट आगो सुरु भएर जलेको थियो हतार मा तिन थान कम्पुटर, केहि समान र पैसा निकाल्न भ्याएको थिए एक थान कम्पुटर र पैसा राखेको ब्याग कुन चाही ले पहिलै उडाईसकेछ बाकि २१ वटा कम्पुटर, पार्ट्स, भएका सबै खरानी भयो !

      मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 0

  • vishwa malla

    येदि काठमाडौँ गेस्ट हाउस को गेट भत्काएर दमकल भित्र गएर आगो नियेंत्रण मा लिन सकिथ्यो भने भात्कौना नदिनु ठुलो भूल भयेछ . सकारात्मक सोच को मालिक कर्ण साक्य को यो सोच नकारात्मक देखियो र दुख लाग्ग्यो .

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 53

  • पुष्प

    ठमेलदेखि टेकूसम्मको बाक्लो र प्राचीन क्षेत्रलाई केही विद्हरूले भूकम्पीय दृष्टिकोणले ‘खतरनाक’ भनेपनि मेरो विचारमा त्यस्तो नभई आगलागीको दृष्टिकोणले संवेदनशील मान्नुपर्छ । हुन त यस्तो क्षेत्र उपत्यकामा अरू पनि छन् र ती सबै ‘भगवान भरोसे’ नै रहेको भन्दा अत्युक्ति नहोला ।

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 15

  • K Sharma

    कर्ण शाक्य को होटेल को गेट भन्दा २० ओटा घर र १७ घण्टा सम्म आगो नियन्त्रण मा जुन कठिनाइ भयो, त्यसको जिम्बेवार, काठमाडौँ गेस्ट हाउस ले लिनु पर्छ, कस्तो संयन्त्र, कस्तो दश, कस्तो बिडम्बना, एउटा होटेल को गेट भन्दा २० / २० ओटा घर र करोडौको छेती सानो भयो होइन,

    संसार भरि नै हेर्ने हो भने आपत बिपत मा अग्नि नियन्त्रक लाइ अग्नि नियन्त्रण गर्न अबसक्य सबै किसिम को उपाय अपनाएर, मानब, र आम जनताको, सम्पतिको सुरछा गर्ने अधिकार छ, तर हार्मो जस्तो देश मा के को कानून, खिल राज, लोकमान सिङ्ग, ले मात्र प्रचण्डको आसिर्बाद मा बुझेका होलान, तर हामि नेपाली निरह प्राणी भएर यिनी हरुको अबतार हेर्नु बाहेक के छ.
    त्यस कारण अब फेरी यस्तो अबस्ता दोहोरिन नदिन, प्रहरी, अग्नि नियत्रक, सेना लाइ आबस्यक परेको बेला गेट त होएन गर्न नै नियन्त्र लिएर बाकि धन र ज्यान को सुरछा गर्न सक्ने अधिकार दिनु पर्छ.

    नभय भोलि यस्ता घटना र निच मानिसहरु को कारण कान्तिपुरी नगरीले करोडौ, अरबौ को छेती ब्यहर्नु पर्ने दिन आउन सक्छ
    बेलैमा सबैले सोच जरुरि छ

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 49

    • cRIS

      मान्छेहरुले यस्ता अड्कलबाजीको दोष किन थोपार्छन हँ?? कि मौकामा चौका हान्न खोजेको हो! यस्तैले हो देश बिगारेको| थुक्क बुद्धी| पुरै कुरो थाहा नपाई हल्ला फैलाउने| नीच सोचाई!

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1