मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

खुराफातमा रम्ने नेपाली मानसिकता र नेपाली संस्थाहरु

-गोकुल ढकाल/ लस एन्जलस-

समस्यामा झेलिएकाहरूको हित र मर्कामा परेकाहरूको ब्यथा बुझ्न शुरु हुन्छ, जहांसुकै पनि कुनै संस्था । आजकाल फेशन, रहर, टकराव, घुर्की, देखासिकी र बदलाभावले जन्मने गरेका छन्, संस्थाहरू । नेपालमा स्थापना भएका अन्दाजी १४५ पार्टीहरूको स्थापनाको वास्तविक अर्थ पनि रहर, टकराव र पद गुमेका वा छाडेकाहरूको स्वार्थपूर्तिका खातिर खोलिएका उदाहरणहरू कसैका सामु छिपेको छैन । कुनै पनि राजनैतिक दल मुख्यत: राजनैतिक सिद्धान्त र निश्चित कार्यदिशा बोकेर समाज सुधार्नका लागि जन्मिन्छन । तर नेपाली चलचित्र क्षेत्रले चलचित्रको नाम नपाएसरी बिभिन्न अर्थ र वाहनाहरू जोडेर खोलिएका राजनैतिक पार्टीहरूको स्थापना देख्दा जो कोहिलाई पनि उदेक लाग्नु स्वाभाविकै हो । कुरो के जोड्न खोजेको भने, जुन रोग नेपालमा छ, परदेश छिर्दा परदेशीले हाम्रो रोग जांच गरेपनि हामी हाम्रो ‘देशको रोग’ लिएरै भित्रेका छौं । ‘नेपालीको त्यो रोग’ न कुनै प्रख्यात डाक्टरले पत्ता लगाउन सक्छ, न कुनै बिश्वबिद्धालयले त्यसको बारेमा अनुसन्धान गर्न सक्छ । हामी र हाम्रो मन-मस्तिस्कबाट नछुट्ने रोगको शिकारी-रोगी हौं, हामी । त्यसै रोगले संस्थाहरू छन्, र हाम्रो मनको आंगनीको पवित्र मण्डपबाट स्वार्थहरु अन्मेका छन् ।

नजन्मिनु जन्मिएपछी संस्थाको कर्तब्य केबल जनहितका पक्षमा काम गर्नु हो । दादागिरी, आधिकारिक पदाधिकारीहरूको मनोमानी र अघोशित निर्देशनले टाउकाहरू चल्छन भने जतिसुकै पवित्र नाराले संस्थाहरूको प्रार्दुभाव भए पनि सकरात्मक सोंचको बिकास भएन र साधारणहरूलाई बुझ्न सरल भएन भने ‘पवित्र नारारुपी स्थापना’ बेकार ठहरिनेछ । संस्थाको एउटा प्रारुप हुन्छ, ढांचा हुन्छ, कार्यतालिका हुन्छ, पवित्र मन बोकेका र सिर्फ सेवालाई धर्म ठान्नेहरूको जमघट हुन्छ, सोच र बिचार हुन्छ, पवित्रवालाहरुको बिचमा सकरात्मक गन्थन हुन्छ, नयाँ-नयां योजनाहरूको मन्थन हुन्छ, कार्यसमितीको बैठक हुन्छ, माइन्युटिङ हुन्छ, बिचार मोथिन्छ र अन्तमा निचोडरुपी नौनी निस्कन्छ । तर आजकाल संस्थाहरुमा धोका हुन्छ, बेइमानी हुन्छ, झुटो बोलिन्छ, आरोप लगाइन्छ, योजनाहरू च्यातिन्छ, आवाजहरू निशेधित हुन्छन्, कोठे बैठकहरूको आयोजना हुन्छ, फोन मार्फत मन मिल्नेहरूको एजेन्डा आउंछ र बैठक हुन्छ, तोकिएको अवधिको दुई घन्टापछी बैठक शुरु हुन्छ, मन लागेका जान्छन्, जसले जे बोले पनि हुन्छ, योजनाहरू मतलब हुंदैनन, ब्यक्तिगत टकरावको हानथाप हुन्छ, फोनवालाहरूको एजेन्डा पास हुन्छ अनि सकिन्छ । कार्यक्रमको आयोजना हुन्छ, ३२ जनाको कर्यसमिती छा भने मानौं, ४ जना काम गर्न खट्टिन्छन्, पद पाएकाहरू लरक लरक लर्कदैं आउंछन्, तीनलाई माइक चाहिन्छ, तीनलाई भाशण गर्नैपर्ने हुन्छ र सकिन्छ । यहां स्पष्ट के पार्नु छ भने देख्दा नजिकैको जस्तो लागे पनि वा भनौं कुनै संस्थालाई नजिकै औंला ठड्याएजस्तो लागे पनि हामीले ‘नेपालदेखी लिएर आएको त्यहि रोगले’ गालेका मनहरूको संस्थाको हविगत संसारैभरी यस्तै छ । फेरि देखिंदा र केही लेखिंदा, हिजो आफू बसेको बेलामा राम्रो र निस्किएपछी आरोप भन्ने गाल पनि आउंन नसक्ने त कहाँ हो र ? काग कराउंदै छ, पिना सुक्दैछ र सत्य कहिल्यै डग्दैन । आरोप भन्दा सुध्रनुको पछाडी मान्छेहरू लागे भने मात्र संस्था जिवित बन्छ । प्रचुर प्रचारवाजीमा समय खेर फालेर आफ्ना एजेन्डाको बेलिबिस्तार गर्नेहरूको हातमा संस्था पुग्यो भने भोलीका दिनमा संस्था भित्र पार्टीगत गुटबन्दीको राजनीति भन्दा केही नहुने ग्यारेन्टी छ ।
यहां संस्थाले कुनै कार्यक्रमको आयोजना गर्छ, त्यसै भित्रका कार्यसमितिका सदस्यहरूलाई थाहा हुंदैन । र फेरि कुनै सदस्यहरू थाहा पाएपनि जानकारी बिहिनको नाटक गर्छन् । आयोजित कार्यक्रममा कसले माइक समाउने होडबाजी हुन्छ । मन्चमा बोल्नेहरूको कुस्ता-कुस्तीले बोल्ने चिट्ठा अर्कैलाई पर्छ । सहभागीहरू मनोरन्जन खोज्छन्, तर बैशाखमा देउसिरे घन्किन्छ । प्रवासमा हुने यस्ता कार्यक्रमहरूले समाजको हित कसरी हुन्छ ? अगाडी बिशिष्ठ अतिथि चस्मा लगाई लगाई घोरिएर कार्यक्रम हेर्छन्, पल्लो गाऊंको कुनै संस्था वालाको संस्थापकले प्रमाण पत्र बांड्छ । बुझ्नेहरू भित्रै भितरी चुप हुन्छन्, नबुझ्नेहरू नौटंकीको ताली पड्काउंछन । अब हेर्दै जानुपर्छ, प्रवासमा संस्थाका लागि राखिने नामहरूको अभाब हुने छ र नामको संकट लाग्ने छ । हामीले समाजसेवाको रवाफमा जतिसुकै छाती पिटेपनि हिजोकी एसएलसी फेल रेखाले हामीलाई होमलेस भन्दै जानेछिन । र, होम भएर पनि सन्तोष नपाएकाहरूको आवाज लेस हुनेछ र अर्को बर्ष आउने नव-नायिकाले तपाईं हामीलाई भिखारीको सम्मान दिएर जानेछिन । समुदायको सेवा चाहनेहरूको आवाजमा हेल्लो भन्ने कोहि हुनेछैन । दहिचिउरेहरूको बोलवाला हुनेछ । कसैले सत्य लेख्यो भने ‘पत्रकारिता’को प्रमाण खोज्नेहरूको बिगबिगी हुनेछ । सत्य बोल्ने, सुन्ने र जान्नेहरुलाईं ‘एक बोत्तल बियर’ मा बिक्ने ट्याग लगाइनेछ र तिनीहरू चाहिं ह्विस्कीको चुस्किमा बदनाम र खुराफातको राजनीति रच्नेछन । त्यसैले लाग्दछ, संसारमा क्यान्सर रोग निदानको ओखती भन्दा खुराफातमा रम्ने नेपाली मानसिकताको निदानको ओखती पहिले पत्ता लागोस् ।
कुलतमा फसेर खल्ती रित्तिएको अभागी अभावीले सहयोग नपाएका उदाहरणहरू यहि आंखाले देखेका छन् । एक छाक खानलाई सहयोग पाएपनि एक निद्रा सुत्ने ओछ्यान नपाएको यहि आंखाले देखेका छन् । हामी मिलियन डलरको प्रोपर्टीमा ३५० जना अट्ने सभाहल भएको गर्ब गर्छौं, तर निद्राले झुलुम त्यो अभागीलाई एक प्रहर सुत्ने र स्वदेशको सपना देख्ने निद्राको लागि एउटा च्यादर र तालाबन्दी कोठाको सोफा दिंदैनौं । र हामी भृकुटी नेपालकी छोरी, सगरमाथा नेपालमा, बुद्ध नेपालमा जन्मेको र रामको ससुराली जनकपुर भन्दै उफ्रन्छौं । हाम्रा अगाडी चाहे कुलतमा फसेको धनी बाउको छोरो होस्, तर उसको अभावमा साथ् दिदैंनौं भने हाम्रा मुलुकमा बुद्ध जन्मे नि के ?, सगरमाथा संसारको टुप्पो भए पनि के ? के अब बुद्ध आएर प्रवासमा दु:ख परेकालाई पैसा दिन्छन् ?। या सगरमाथा आएर नडराओ नेपाली हो, म यहां छू भनेर ठिङ्ग उभिन्छ ? यसरी नै देखिन्छ कि, अमेरिकाको मात्रै उदाहरण लिने हो भने पनि न्यूयोर्कमा करिब सय वटा संस्था छन्, खोइ त ? भोकभोकै सडकमा सडेका ती युवाको हरिबिजोगमा कसले सहयोग पुर्यायो ? बाल्टिमोरमा ३५ वटा संस्थाहरू होलान्, कालीको प्रेममा अनाहकमा मरेका एक युबकको लागि के सहयोग भयो ? टेक्सासमा त्यति नै संस्थाहरू छन्, तर समुदायको बिकासमा लागेका भन्नेहरूले पोहोरको ए एन ए सम्मेलनमा केही सहयोग गरेरन । बोस्टोनमा १५ वटा जति संस्था छन्, पवित्र लागे पनि ती पनि राजनीतिबाट ग्रसित छन् र लस एन्जलसमा छोटो अबधिमा १०/१२ संस्थाहरू भए । कसले के कति गरे, ‘पत्रकारिताको परिचय-पत्र’ नभएकाहरूले लेखेर के हुन्छ र ? तर सत्यमेव जायेते, कन्ना पछाडि खुराफात गर्नेहरूको पर्दाफास भगवानले एक न एक दिन गर्नेछन र अत्याचार, ब्यभिचार र अमिल्दो किस्ताबन्दीको कथा कुनै न कुनै कलमले एक न एक दिन त अबश्य लेखिनेछन । समाज बनाउंछु भन्नेहरू पनि चेपारेको लेपन लगाएर तेल घस्ने बहानामा गोपनियता खोतल्दै नजिक हुने बानी नपरेको कहाँ हो र ? अत: समाज परिवर्तनको बिचार र आवाज मिचेर, सत्यवादीहरुका निरन्तर् प्रयासलाई थिचेर, र सम्भावनाका याबत कुराहरूलाई मिचेर संस्था सायद् अगाडी नबढ्ला, नेपालमा होस् या प्रवासमा ।

1096 Total View 18 Today View

29 comments to खुराफातमा रम्ने नेपाली मानसिकता र नेपाली संस्थाहरु

  • shreeram trikaal darshi

    ओम नमो शिवाय :

    कुल्ली जस्तो उभिएर भारि बोक्नु पर्छ
    चाक सुकी छेपारोको पुच्छर हुन् आँट्यो
    के को संघ संथा चाहियो बिदेशमा संघ संथा खोलेर मोज गर्नेले नेपाल जानु अनि उतै फुर्ति लगाउनु नि संसारलाई नेपाल नै बनाउन आँटे हौ !!

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • nirob

    बिभिन्न संसंस्था खोलेर र पधाधिकारी भै खाली कुर्शीलाई भाषण ठोकेको त मैले अस्ट्रेलियामा पनि देखेको छु // यो नेपाली मानसिकता भनौ वा राष्ट्रिय अम्मल भनौ लेखक महोदयलाइ आग्रह – यस्ता लेख लेखेर समय नाश गर्न भन्दा (नकचरोहरुलाई यस्ता लेखले लाज लाग्ने होइन क्यारे ) यसो अल्छी लागेको बेला सितैमा रमिता हेर्न पो जाने हो कि // मलाई त यस्ता संस्थाहरु (केहि अपबाद बाहेक) परदेशमा रहेका नेपालीहरुलाई सितैमा भरपुर मनोरंजन दिने साधन जस्तो पो लाग्छ – बृद्ध केटाकेटीहरु भाडाकुटी खेलेको जस्तो//

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • Tej Rai

    कसैले भनेको कथाको सम्झना आयो, कथा यस्तो छ /
    एक जनाले एउटा पुस्तक लेखेर अर्को जान्ने-बुझ्नेलाई राम्रो नराम्रो कस्तो छ हेरी दिनको लागि दिएछ ; पछिल्लो भेटमा कस्तो लाग्यो? भनेर सोद्धा “अरु त त्यस्तै हो तीन ठाउमा चाँही छाडा शब्द प्रयोग भएछ ” भन्यो रे /
    सिङगो पुस्तकमा राम्रा कुराहरु कती थिए होलान तर ति महाशयले राम्रा कुरा नै नखोजे पछी पाउने त कुरै भएन नि !

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 13

  • राम चन्द्र

    धोती मिलेर स्टोर खोल्छन , नेपाली मिले संघ सस्था खोल्छन ।
    धोती ले ग्रहाक को सेवा गर्छन् , नेपाली नेताको चाकडी गर्छन् ।
    धोती अमेरिका सँग टक्कर गर्छन् , नेपाली जहाँ गएनी ठक्कर खान्छ
    ………………………………………………………..

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 50 Thumb down 2

    • madan bajrachaary

      राम्चंद्र्ज्यु
      धोति नभनौ भारतीय भनौं/ नेपालको निमित अप्ठ्यारो उनीहरुको नेताहरुको “कुनिती” मात्रै हो/ भारतको नेताहरुको “कुनिती” लाई मात्रै लिने हो भने भारतीय उपमाहाद्विप्मा रहेको कुनै पनि मुलुकको निमित भारतको नेताहरु आना दियर माना खोस्ने ब्वाँसा जस्तै छन् तर तिनीहरुले आफ्नो देसको नागरिकहरुलाई ब्वाँसाले आफ्नो बथानको सानो ब्वान्साहरुलाई जत्तिकै पाल्छन पोस्छन/ हाम्रो नेताहरु त् भोक लागे आफ्नै कार्यकर्ताको भाग समेत लुटी खान्छन/

      बिदेशमा भारतीय संघ संस्थाहरु देखेर मलाइ नेपालको मनाङ्गेहरुको गुठीको सम्झना आयो/ देख्नु भयकै होला पढ्न समेत नजानेका नेपाली समेत राम्रो नबोल्ने मनान्गेहरु प्रायस सबै सम्पन्न नै देखिन्छ/ कसले कस्तो ब्यापार गर्न सक्छ त्यो कुरामा मनान्गेहरु आफ्नो गुठीमा छलफल गर्छ र सक्नेले सके जत्तिको मदत गर्छ/ यस्तै छ बिदेशमा भारतीय संघ संस्थाहरु/

      बिदेशमा कुनै पनि भारतीय संघ संस्था भारतको यो दल र त्यो दल र जाति सिट आबद्ध भयको भन्ने कुरा सुनेको समेत छैन / आफ्नो अनुभव र ज्ञानको लाभ सबैले सबैलाई दिन्छ/ सबै जातिको संस्कार र पर्व सबैले मान्छ/ भाषा र धर्ममा हुने कुरा कसैले गर्दैन/ आबस्यक परे भारतीय संघ संस्थाहरुले आफ्नो देसको कुनै पनि जातिको भारतीयलाई उपचार देखि कानुनि सहायता समेत निशुल्क सहयोग दिलाई दिन्छ/ जो जुनसुकै जातको भयपनी बिदेशमा उनीहरु मात्र भारतीय बनेर मिलेर बस्छ/

      कुनै भारतीयले त् हिन्दिनै बुझ्दैन बोल्दैन/ तैपनि तेरो हिन्दि अशुद्ध छ, हिन्दि किन बोलिनस भनेर भनेर कसैले कुनै विवाद गर्दैन/ म भारतीय हुन् भन्नुस उनीहरुको संस्था मदत गर्न हरदम तत्पर हुन्छ/ अरु त् अरु भारतीय र पाकिस्तानीहरु समेत यकले अर्कोलाई अंगालेर हिड्छ बस्छ/ हाम्रो…..!!!

      भारतको राजदुतावास सबै भारतीयको निमित यौटा सबल अभिबाहकको रुपमा प्रस्तुत हुन्छ/ नेपालीको संस्था र राजदुतावासहरु तेस्तो कहिले बन्ला?

      भारतीयहरु बिदेशमा बिशेस रुपमा सफल भयको अर्को कारण भारतको शिछ्या प्रणाली पनि हो/ भारतमा भारतीय शिछ्या प्रणाली बिस्वमा बिक्ने चल्ने हिसावले निर्धारण गरेको देखिन्छ/ हाम्रो…….; खै के भनौं; आफ्ना सन्तानलाई निजि बोर्डिंग र बिदेशमा पढाउने अनि देसको नागरिकहरु पदने सरकारी बिद्यालयहरुमा के पधाउन लगाउँछ कसले पधाउन लगाउँछ त्यो बारेमा बोल्नु पनि …..हुन्छ/

      भारतको नेताहरुको आफ्नो देसमा जति सुकै यकले अर्कोलाई आलोचना गरे पनि विदेश सिटको कुटनीतिमा उनीहरु यक हुन्छन/ उनीहरुको कुनै नेता पनि आफ्नो देसको राजनीतिलाई प्रभावित पार्न र कुर्सि हथ्याउन बिदेशी गुहार्दैनन विदेश जान्दैनन्/ हाम्रो नेताहरु तेस्तै कहिले बन्ला?

      मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

  • Mahesh

    जापानमा नि तेस्तै छ हजुर. सायद एस्त सस्था त हजार कै हाराहारी मा होलान. नभए पनि सय त पक्कै छन्. खोइ क गर्नु येह resturant मालिक देखि PhD गरेका सम्म उही राजनीतिक दल को भात्री सस्थाको पद को लागि हानथाप गर्छन. बरु Japanese चाही नेपालमा school, health भन्दै सहयोग गरेको देख्छु. येह embassy नि यी नै PhD ko भेस मा राजिनिती गर्ने, resturant को नाम मा नेपाली ठग्ने कै पछाडी छन्. क गर्नु हजुर यी सबै लुटाहा हरुलाई पद चाहिएको छ. NRN पनि हरे नारायण भने जस्तै छ. स्वतन्त्र नेपाली खोज्न त अब बत्ति बालेर खोज्नु पर्ने स्थिति छ हजुर येह त. येस्तई रहेछ येह को चलन!

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 2

  • Niraj

    लेख राम्रो लग्यो I यो रोग क्यान्सर भने होइन I यसको उपचार पुजीबादी संस्कार , सब्यता र जीवन सैली को अव्यास गर्ने क्रममा हुन्छ I हामी गरिब नेपालीले संसार बुज्न र वास्तविक जीवन जिउन अलि समय लाग्छ I बिस्तारै सबै काममा ब्यस्त हुदै जादा सबै ठिक हुन्छ I

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • संस्था खोलेर एकतबद्द भएर काम गर्नु राम्रो हो ! राम्रा राम्रा संस्था पनि होलान | लेखकले लेखेकोजस्तो प्रवृति मैले पनि केहि मानिसहरु र संस्थामा देखेको छु | यो समस्या को हल पनि छ | त्यो के भने असल असल विचार, कार्य दिशा, अनि व्यक्तिको पहिचान गर्ने र तेस्तो संस्था र व्यक्तिलाई मात्र साथ दिने | येसो गर्न धेरै मानिसले समालोचक सोच राख्नु पर्ने हुन्छ | तर खुराफाती को संख्या धेरै भयो भने राम्रो सोच्ने मान्छे लाई नै पुग्दो समर्थन हुन्न अनि उनीहरु निरास भएर किनारा लग्नु पर्ने हुन्छ | तेस्ले झन् खुराफाती लाई हालीमुहाली गर्ने अवसर दिन्छ | यदि पर्याप्त मानिसले असल विचार र मान्छे को समर्थन खुलेर गर्ने हो भने खुराफाती मानिस, विचार, र संस्था कहिँ पनि टिक्न सक्दैनन् | धन्यवाद |

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • हामी विभाजित छौ एकताको कुरा गर्छौ जस्तो प्रत्यक राज्यमा करिब १०० को हाराहारीमा संस्था खुलेका छन् अमेरिकामा ..टेक्सास बाहेक ..बुद्द जन्मेको कहाँ भनेर ठुलो मानव स्रोत र साधन खर्चदै छौ तर बुद्दले भनेको शान्तिको बाटो हामीले न इतिहाँस न वर्तमानमा अबलम्बन गरेका छ छौ ..साच्ची भन्ने हो भने स्वघोषित कवी, नेपालको गुप्तचरको पुलिस पत्रकार, कवी र बनेर दुनियालाई अर्ति बाड्न मिल्ने र दुनियाको बद्क्ख्याई गर्ने नकारत्मक सोचको नेपालि मुलका मान्छेहरु हावी हुने देश अमेरिका जहाँ एनआरएन भन्ने संस्था देखि ए एएनए सम्ममा लुट्ने ठगहरु खुल्लम खुला समाजमा हिडी रहेका छन..गोकुल जी असल मान्छेहरु पनि छन असल सोचहरु पनि छन तर अमेरिकामा बस्ने नेपालीको सोच समग्रमा रत्नपार्क भन्दा माथि छैन, गालि, अपमान घृणा, ठगि र नकारात्मक सोचले ग्रस्त छ त्यो पिडा पोख्नु भयो धन्यवाद । गोकुलजीको लेख भन्दा अजाही भयाबह छ अमेरिकामा बस्ने नेपालीको सोच र ब्यबहार ।

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • नेपाल मा अहिले दर्ता भएका १६९ वटा राजनैतिक दल र समूह र यिन का नेता हरु पनि प्रधानमन्त्री, गृह मन्त्रि, अर्थ मन्त्रि आदि आदि मन्त्रि पद्काउन पाइन्छ कि भन्ने सोच बनाएर खोलिएका पार्टी हुन् l आहिलेका ठुला चार दल ले येही पाठ पढाएका छन् ! किन भने कसरि हुञ्छ जसरि हुञ्छ देश लुट्ने, आफ्ना साखा सन्तान का लागि सम्पति थुपार्ने मोज मस्ती गर्ने l …… भने जस्तै संस्था दर्ता गर्ने हरु को पनि अभिस्ट येही हुनु पर्छ – जसरि हुन्छा समाज सेवा को नाम मा लुट्ने र आफै सम्पन्न हुने ! जे सुकै होस्, जो सुकै जाओस भांडमा !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Samip

    “खुराफात गर्नेहरूको पर्दाफास भगवानले एक न एक दिन गर्नेछन र अत्याचार, ब्यभिचार र अमिल्दो किस्ताबन्दीको कथा कुनै न कुनै कलमले एक न एक दिन त अबश्य लेखिनेछन” रे ए लेखक महासय माथि नै खुराफात भएको भएर यो लेख लेखिएको जस्तो छ
    समस्या देख्ने, गुनासो पोख्ने, आलोचना गर्ने अनि अन्त्यमा आफैं पनि त्यस्तै समस्याको थप कारक बन्ने; यो पनि एक किसिमको रोगै हो.

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • suzee

    #####त्यसैले लाग्दछ, संसारमा क्यान्सर रोग निदानको ओखती भन्दा खुराफातमा रम्ने नेपाली मानसिकताको निदानको ओखती पहिले पत्ता लागोस् ####

    हो एकदम ठिक कुरा गर्नु भयो लेखक जी.

    संस्था खोलेर खाली नाच्ने गाऊने, सब वाहियात बकवास मात्रै हुन् , खै यो खुराफाती मानसिकता को निदान कसरि गर्ने हो कुन्नि.

    आफु त कुनै संस्था मा भर्ना नभएको हुदा , आँखाले देख्नु पनि परेको छैन, कान ले सुन्नु पनि परेको छैन,
    जति ब्लग मा हेरिन्छ , देखिन्छ, बान्ता नै आऒल जस्ता छन्,
    ४ जना जम्मा भयो कि संस्था खोल्ने , अमेरिका मा ५०० भन्दा धेरै संस्था खोलेका छन् रे , नेपालीहरुले भन्ने सुनेको छु, गर्न चाही केहि गर्ने हैन रहेछन, बिजोग हुने लै हेर्ने हैन रहेछन , खाली नाच्ने गाऒने माईक समाउने भाको नभाको गफ्फ फलाक्ने , अचम्मै हो बा !!!!! खुराफाती हरुको बेहोरा

    जय होसः

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • ohm-korea

    नेपालमा अलि अलि चुरीफुरी गरेर आएकाहरू औचित्य होस् या नहोस कुनै न कुनै संस्था नखोली राम्ररी निदाउनै सक्दैन / यो नेपाली रोग हत्तपत्त जादैन रहेछ अमेरिका मात्रै किन नि ,यता तिर पनि यो रोग फैलिदो छ दिनानु दिन

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 0

  • Bijaya

    गोकुल जी, सम्बन्धित देशको नियम कानुनको परिधि भित्र रहेर संस्थाहरु खोल्न पाउनु मानिसको अधिकार को कुरो हो| तपाई आफ्नो अधिकारको प्रयोग गरेर कुनै पनि त्यस्ता संस्थाको सदस्य हुने वा नहुने निर्णय लिन सक्नु हुन्छ| संस्था खोल्ने कुरामा भन्दा पनि ति संस्थाहरु के कस्ता उद्धेस्य लिएर खुलेका हुन् र आफ्नो उद्धेस्यमा कति सफलता पाएका छन् भन्ने मूल कुरा हो| संस्थालाई सफल बनाउन त्यसमा संलग्न सदस्यहरुको ठुलो हात हुने हुदाँ संस्था खोलेकोमा बिरोध गर्नु भन्दा पनि त्यसका सदस्यहरु आफ्नो संस्थाको उद्धेस्यप्रति बढी सचेत हुनु पो आबस्यक छ कि! धन्यबाद

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 28

    • राजु

      ढकाल जी आफै पनि २/४ वटा संस्था मा अगुवा हुनुहुन्छ, कहिँ न कहिँ कुनै न कुनै पद नभए वहालाई पनि अलि निन्द्रा पर्दैन, गिर्जा बाउको गाउँले जो पर्नु भो | नेपाले रोगको राम्रै बिरामी ढकाल जी नै पनि हो भन्ने हाम्लाई लाइ रा’..छ | वहा संलग्न मध्ये कुनै संस्थामा फेरी फूट आउने अवस्था आयो कि वा अमेरिकने ब्यबसायी हरुको एउटै नामको दुइ वटा संस्थाको बखेडा माथिको तितो पोखाइ हो त्यो त समयले बताउला | यो कुरो जे जसरि आएको भएता पनि धेरै कुराहरुमा दम छ र सहमति पनि छ | केहि राम्रा काम गरेका संस्था हरु पनि छन् भन्ने कुरा लेखले एक्नालेज गरेको भए राम्रो हुने थियो भन्ने पनि हाम्लाई लाइ रा’छ |

      मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 3

      • द्रोण

        राजुजी
        आखिर दिनु भो छुस्स !!!
        अनि ढकाल जी एउटा औलाले अरुलाई देखाउदा ४ औलाले यहालाई देखाउदै रहेछनी त् ?

        मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 2

    • Rabin

      यो बिजय जी पनि खुरापाती नै रहेछ ल थाहा भयो !!!!

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • मैले कतै पढेको थिएँ कि विदेशमा 20 जना धोतिहरु मिलेर एउटा स्टोर खोल्छन रे, अनि ४ जना नेपाली मिलेर एउटा संस्था खडा गर्छन रे , साँचै रहेछ कि क्या हो ?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 78 Thumb down 2

  • शाशान्क्जी मा तपाइको कुरामा एकदम सहमत छु, लेखकले समस्या मात्र लेखेर निराशा मात्र फैलाउने होइन समाधान पनि पेश गर्नुपर्छ ,

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 8

  • sudip panta

    गोकुलजीले पोख्नु भएको गुनासोमा यथार्थता धेरै लुकेको छ ।कसैलाई चित्त बुझ्न पनि सक्छ नबुझ्न पनि सक्छ आफ्नो आफ्नो बिचार हो ,सस्थाहरुमा हालीमुहाली गरेर आफ्नो दुनो मात्र सोझो गराउन खोज्ने प्रब्रिती माथि यो लेखले राम्रो झापड हानेको छ ,पत्रकारिताको क ख सिक्दै गरेका मित्रहरुले अरु बडी सिक्नु भन्दा पनि अरुको खिसी गरेर ठुलो हुने गरेको सन्दर्भलाई पनि खोतल्नु भएको छ ,मलाई चाँही धेरै नै राम्रो लाग्यो ,यो लेखले हामीमा भएको कमजोरीहरु हटाउन हामीलाई प्रेरित गरोस …..

    मन परे हरियो नपरे रातो ! Thumb up 36 Thumb down 2

  • योगेश आदी

    नसा हो गोकुलजी नसा ! नेपालमा अलि अलि चुरीफुरी गरेर आएकाहरू औचित्य होस् या नहोस कुनै न कुनै संस्था नखोली राम्ररी निदाउनै सक्दैन /
    यसो ज्याक्सन हाइट्समा निस्कदा दुइ चार जनाले नमस्ते ठोकुन, ५/७ जनाले हात मिलाउन आओस भन्ने चाहनाले संस्था खोल्नेहरू पनि छन् /
    हुनत मनोरन्जनको हिसाबले, सुसुचित गराउने अभिप्रायले खुलेका एकाध संस्थाले सकारात्मक संदेश नदिएका पनि होइनन / अधिकार जस्ता संस्थाले नारी हीतको लागी काम पनि गरेका देखिन्छन /
    यसर्थ, तपाइको लेखमा असहमत नभए पनि पूर्णत: सहमत पनि हुन सक्दिन !

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 2

  • T Dhakal

    धेरै नेपालीहरुलाई र मलाई वाक्क लागेजस्तै तपाइलाई पनि वाक्क लागेको कुरा त लेख बाट थाहा भयो/ तर निम्न वाक्यांशबाट म जस्तै तपाई पनि देशको भविष्य प्रति अलिकति आशावादी हुनुहुन्छ भन्ने चाही लाग्छ है मलाई/
    “……..कन्ना पछाडि खुराफात गर्नेहरूको पर्दाफास भगवानले एक न एक दिन गर्नेछन र अत्याचार, ब्यभिचार र अमिल्दो किस्ताबन्दीको कथा कुनै न कुनै कलमले एक न एक दिन त अबश्य लेखिनेछन”

    तर त्यो सकारात्मकता तपाई, म र हामीहरु सबै बाट सुरु हुनुपर्छ/ जब देशबाट सुरु हुन सक्दैन भने विदेशबाट देशमा जानु पर्छ/ तर मलाई लाग्छ विगतमा भएका अन्दोलनहरुले जस्तै तपाईका शब्दहरुले घिउमा आगो मात्र थप्छन/ तपाइको लेखले समयलाई एक पाइला पछाडी घचेट्न चाही मद्दत गर्छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 4

  • dharmendra

    सार्है मार्मिक र सत्य लेख्नु भयो ढकाल जी ,
    १ नेपाली -कामको खोजीमा
    २ नेपालीको भेट – सन्चो बिसन्चो
    ३ नेपाली को भेट – राजनीति
    ४ नेपालीको भेट – सस्था खोल्ने कुरा
    ५ नेपालीको भेट -राजनीति पार्टीको भात्री संस्था खोल्ने र नेपाल बाट नेता झिकाई पछि छि हिड्ने
    ६ नेपाली भएपछी तँ तँ र म म
    तर पनि माखो कसैले मर्दैनन

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 62 Thumb down 3

  • ढकाल जी दह्रो दिनुभयो है…………..मलाई मन पर्यो ………..

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 1

  • नेपाली रमेश

    ढकाल जी दह्रो दिनुभयो है…………..मलाई मन पर्यो ………..

    मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 3

  • शशांक लामा, न्युयोर्क

    माइस*सारको भित्तोमा गुनासो गरेर, समस्याहरु असरल्ल बिस्कुन सुकाए झैं छरपष्ट छरेर मात्र त्यो नेपाले खानदानी रोगको निदान हुँदैन| नराम्राहरु बीच केहि राम्राहरु पनि त होला नि ! तिनलाई जश दिनु पर्यो, उदाहरण स्वरुप पेश गर्नुपर्यो | नैराश्य मात्र घोलेर लेखकले सामाजिक संदेश दिएको ठहरिन्न! सकारात्मक संदेश हर हमेशा भैरहनुपर्छ …..

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 69 Thumb down 47

    • पुष्प

      हुन त हामी ‘धनी’ भएर देश ‘गरीब’ हुनुको कारण सयथरि दल, तिनका भातृसंगठन अनि अनेकथरि देशीविदेशी संघसंस्थाहरूको चलखेल पनि हो । तर समस्या देख्ने, गुनासो पोख्ने, आलोचना गर्ने अनि अन्त्यमा आफैं पनि त्यस्तै समस्याको थप कारक बन्ने; यो पनि एक किसिमको नेपाले रोगै हो कि झैं लाइराछ ।

      मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 3

      • bibek dhakal

        ट्यापे लाइ जहा सुकै पुर्याए पनि “फिक्स” हान्ने तलतल लाग्छ….यो नेपालीहरुलाई पनि जाहा पुगेनी संघ संस्था खोल्ने राजनीति गर्ने तलतल लाग्ने होला!!

        मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

    • कसरि राम्रो हुन्थ्यो शशांक सर लेखक महोदय लै नै कुनै सस्था बाट अविश्वास को प्रस्ताव ल्याएर घोक्रेठ्याक लगाएको जस्तै गरि आक्रोश पोख्नु भाको छ / रिस उठेको आखाले हेर्दा केहि पनि राम्रो देखिदैन त्यहि भएर लेखक महोदय ले केहिपनि राम्रो कुरा देख्नु भएन / पहिलो कुरा नेपाली संघ सस्था हरु जति पनि दर्ता हुन्छन अमेरिकामा प्राय: नाफारहित सस्था हुन् जुन सस्थाले नाफाको लागि काम नगरेर समाज सेवाको मात्रै काम गर्छ भने त्यो सस्थाले कसरि कुनै पनि व्यक्ति लाई मदत गर्न सक्छ? हो बेरोजगार हरुको लागि चिने जानेको ठाउमा भनसुन गरिदिने ,समाजका सदस्य हरुलाई ल एकजना नया नेपाली आउनु भाको छ कामको जरुरत छ कतै पाइयो भने नबिर्सौ है भनेर भन्ने सम्म हो / यदि सिंगल पर्सन मात्र हो भने कसैले मेरो घरमा २/४ दिन बस्नु भनेर आश्रय पनि दिन्छन / शायद गोकुल जी लाई थाहा रहेन छ अमेरिकामा मा भएका कति संघ सस्था हरुले नेपाल मा बिपत्ति परेका हरुको उद्धार को लागि एकजुट भएर रकम संकलन गरेर पठाऊ छन् अनि त्यो सदुपयोग पनि भाको छ / अर्को कुरा नेपाल सरकारले बेलायत स्थित राजदुत भवन बेच्न खोज्दा नेपाली संघ सस्था हरुले बेलैमा चाल पाएर बिरोध गरेपछि त्यो काम रोकिएको थियो / त्यसैले एकजनाले मात्र गर्न नसकिने कामको लागि धेरै जना चाहिने हुदा समाजको परिकल्पना आएको हो / होला कसैलाई भाषण पनि गर्न मन लाग्ला किनकी आफुहरुले गरेको कामको सबैजना लाई सूचना दिनु त राम्रै कुरा हो नि हैन र ? त्यसैले मलाई त संघ सस्थाहरुले खासै काम बिगारेको जस्तो लाग्दैन बरु एक एक भएर अलग भएका हरुलाई एकै सुत्र मा बढ्ने काम गर्छ जस्तो लाग्छ

      मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 9