यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

बेलबारी बर्बरताः पीडितको मुखबाट सुनौँ भएको के ?

मोरङको बेलबारीमा भएको बर्बर घटनामा संलग्न भएको भन्दै छ जना अहिले प्रहरी हिरासतमा छन्- जीवन भेट्वाल, अमित भेट्वाल, चन्द्रकला भेट्वाल, सेबिका भेट्वाल, अम्बिका भेट्वाल र कमला भेट्वाल। उनीहरुलाई सार्वजनिक अपराध ऐन र जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ। पीडित अहिले प्रहरी संरक्षणमा छिन्। जागरण मिडिया सेन्टरले उनीसँग कुरा गरेको छ। उनकै मुखबाट सुनौँ आखिर भएको के हो ?

यसैबीच पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे छानबिन गर्न प्रहरी उपरीक्षक शेखर कोइरालाको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको बताएको छ। विज्ञप्तिमा दलित, उत्पीडित, महिला, बालबालिका, अपाङ्ग तथा असहायमाथि कुनै प्रकारको थिचोमिचो, भेदभाव र अपराध हुन नदिन प्रहरी सचेत रहेको र यस्ता अपराधमा संलग्न व्यक्तिमाथि कुनै पनि हालतमा मिलापत्र नगराई कानूनी कारबाही गरिने भनिएको छ।

पीडित युवतीको आवाज सुन्न तलको भिडियोमा क्लिक गर्नुस्-

उनको भनाईका केही अंश
साँझ घर फर्कँदै गर्दा एक्कासी एक जना मान्छे कुनाबाट निस्कियो। अँध्यारो भएकोले देखिएन। जीवन जस्तो लाग्यो मलाई। पछाडिबाट आएर मुख समातेर, घाँटी ङ्याकेर पछारिहाल्यो। कराउन सकिनँ। लछारपछार पार्‍यो। बल्लबल्ल कराउन पाएँ। मैले के बिगारेको छु र भन्दा ‘बोल्छेस्, तँलाई मार्दिन्छु’भन्दै घाँटी ङ्याक्दै गर्‍यो। मैले बचाउ बचाउ भनेर कराउँदा तल पट्टीको घरमा बत्ती बाले। हल्लाखल्ला मच्चिँदा भागिहाल्यो। अनि म डाँडामाथि चढेर मलाई मार्न खोज्दा पनि त्यत्रो कराउँदा पनि कसैले वास्ता गरेन भनेँ।

बोली चाहिँ मलाई त्यही भाइ (जीवन)को जस्तै लाग्यो। मैले टोकेको पनि थिएँ उसको हातमा। बेस्कन घाउ हुने गरी टोकेको थिएँ। पहिलेको घटनाका कारण मैले उसलाई शंका गरेको हो। लगभग साढे तीन वर्षअघि नन्दको बलात्कारको केसमा पाँच कट्ठा जग्गा दिलाइदेको थियो। त्यतिखेर मिलिहाल्यौँ। त्यो भाइ पनि विदेशमा थिए। विदेशबाट धेरै आउँदै जाँदै गरे। दुश्मनी त थिएन। एक्कासी उसले मेरो बाउको इज्जत यसले फ्याली, यसलाई म मारिदिन्छु भने कि भनेर मैले शंका गरेको।

आइतबार हामी मनोज भाइ सबै गयौँ, थानामा ल्यायौँ। उसलाई बोलाएर ल्याएर हेर्दा उसको हातमा रगत, चोट थिएन। मैले दोष त लगाएको थिएँ। तर उसको हातमा चोट नदेखेपछि त मेरो गल्ती भयो नि उसलाई दोष लगाउनुमा। त्यसपछि हामी घर आयौँ। घरमा आउँदाआउँदै उसको आमाले एक दुई झापड हानिहाली। तेरो दलित जातिले के गर्छ, तँलाई जे गर्नुछ भोलि बिहान गरौँला भनी।

बिहान समाज राख्ने भनेका थिए। आठ बजेसम्म राखेनन्। नराखेपछि म होटलमै काम गर्न आएँ। पछि मलाई बोलाउन आएको आयै गर्‍यो। जाने बित्तिकै तैँले कोकल्लाई लिएर गएकी, तँलाई कसले उचाल्यो भन भने। मलाई कसैले उठाएको छैन, मैले आफै लिएर गएको भाइहरुलाई भनेँ। एकैचोटी मलाई ह्वारहुर कुट्न थालिहाले। लुगासुगा सबै च्यातचुत पारे। कालो मोसोसोसो लगाएर जुत्ताको माला लगाए।

मैले त्यो भाइसँग पनि माफी मागेँ। मैले यस्तो भनी हालेँ भाइ, अबदेखि कहिल्यै त्यस्तो भन्दिनँ भने।

त्यसैगरी सोही दिन युवतीसँगै मोसो दलेर कुटपिट गरिएका युवक मनोज विश्वकर्मा यसो भन्छन्-

प्रहरी र प्रशासनको के भन्छ ? सुन्नुस् इलाका प्रहरी कार्यालयका इन्सपेक्टर दिलिप गिरी र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको भनाई-

इन्सपेक्टर दिलिप गिरीको कुराको प्रमुख अंश-
भाको चैँ के भने अस्तिको दिन एक जना लेडिज आउनु भो प्रहरी कार्यालयमा। जीवन भेटवाल भन्नेले मलाई बलात्कार गर्ने प्रयास गरे, त्यसको अकाट्य प्रमाणका रुपमा मैले उसको हातमा दुई ठाउँमा ठूल्ठूलो घाउ हुने गरी टोकिदिएको छु भन्नुभयो। उहाँ हल्का मादक पदार्थ सेवन गर्नुभाको थियो हुन चाहिँ तर हामीले मापसे चेकिङ गराइएन त्यसको चाहिँ कुनै प्रुफ छैन है त्यसको अब।

हातमा टोकेकै छैन रहेछ। त्यसमाथि पछि थाहा भयो त्यो समयमा ऊ अन्तै रहेछ। पछि उहाँले पनि रिमरिम भएर उहाँ जस्तै लागेर भनेको हो भन्नुभयो। पछि फेरि स्वर मात्रै त्यस्तै लागेर भनेको भन्नुभयो उहाँ आफैले। हातमा टोकेको दाग पनि छैन, केही पनि छैन के।

यत्तिकै आरोप लगायो भनेर त्यहाँ समाज बस्यो भोलिपल्ट। उहाँहरुलाई बोलाएर छलफल गर्दै जाँदा आक्रोशित भिडले अलिकति अभद्र व्यवहार.. अलिकति हैन निकै अभद्र व्यवहार हो यो। ….च्यातिएको भन्दा पनि अलिकति माथि सरेको थियो कपडा चाहिँ। जो जोले गरेका थिए ती मान्छेले चाहिँ माफी मागे। त्यसरी सहमति गरे.. मिलापत्र गरे भनौँ न।

आरोप लगाइसकेपछि त चौकीमा ल्याउनु पर्‍यो नि। भरे साँच्चिकै हो भने त बबाल होला फेरि। तर एउटा कुरा चाहिँ के सत्य हो भने उनीमाथि कोही न कोही व्यक्तिले त्यस्तो व्यवहार गरेका चैँ हुन् जस्तो लाग्छ हामीलाई। त्यो मान्छेले नभए पनि अरु कसैले होला।

थप जानकारीका लागि
बलात्कारको आरोप लगाउने युवतीलाई कुट्दै मोसो दलियो
बेलबारी बर्बरताः कसले के भने ?
बेलबारी बर्बरताः आखिर किन भएको रहेछ यो घटना ?
बेलबारी बर्बरताः छ जना पक्राउ, सातलाई मुद्दा

36 comments to बेलबारी बर्बरताः पीडितको मुखबाट सुनौँ भएको के ?

  • Rosham

    कस्तो लाटो न बाठोको आइमाई किन पाच कट्ठाको कुरा निकाल्न पर्यो एस्तो बेलामा ????
    अरुले के सॊच्लान ?

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 2

  • madan bajracharya

    पीडक सिट मेल मिलाप गरेर पिडितले पिडा भुल्नु पर्ने र पीडकले सजाय नपाउने नगरेमा “देसमा शान्ति ब्यबस्था खलाबिलने धम्कि दिने” नै निर्धा माथि अत्याचार गर्न उक्साउने तत्व हुन्/ यस्ता जव सम्म राजनीति र प्रसासनको अग्लो कुर्सीमा रहिरहन्छ निर्धा माथि अन्याय गर्ने उक्सि रहनेछ भन्ने कुरा अब हुने चुनावमा मतदान गर्न जाँदा बिचार गर्नु पर्ने देखिन्छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Ganesh25

    It is proved that Inspector Giri is a criminal, who does not respect the victims, who does not listen to the victims, who does not investgate the criminal. he made already false statements to protect criminals.
    He is fabricating the false charges to the victims insteasd of directly arresting the criminals. He said that the cloths were little bit up or so of the lady. What does mean he want tell to us ?.
    He is trying to fool us all and small case and hide the fact.
    He is a real criminal and he should be jailed for many years.
    He may had done many crimes in the past years and therefore, investigations to be done against his activities in the past.
    He is a dangerious criminal Policeman.

    He has to be the first on line to go jail for many years.
    Hang this Criminal Policeman.

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • इन्स्पेक्टर गिरि जी तपैले ले कसरि भान्न सक्नु हुन्छा कि ति महिलाले हल्का माधक पदार्थ पिएकी थिन भनेर यदि माधक पदार्थ पिएको थिन भने जस्तो तपाइलाई लागेको भए किन तुरुन्त मापसे चेच्किंग गराउनु भएन मलाई लग्छ तपाइको कुरामा सत्यता छैन/यत्तिका मान्छेहरुले उनका कपडा समाएर पिट्दा के उनको कपडा अलिकति मात्र माथि सर्यो होला? कपडा माथि सरेको मात्र होइन च्यातियेकै हो..कुरा के सारो घुमाएर बोल्नु भ्हएको सुन्दा पनि चीततै नबुज्ने..जुनसुकै पदमा कार्यरत भए पनि तपाइको सोच,विचार बाहुनबाद नै रहेछ बुजियो.

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 4

  • Ganesh25

    These shoking criminals committed serious crimes previously and now at this time. The wanted to rape the innocent lady. The criminal’s father was also a raper and criminal. They cpould easily rape her, kill he and throw her into the forest/cliff/river if she did not go to the Police on time. She saved her life thingking on time and doing on time by seeking help from the Police.
    The Police has no right to negotiate or forgive such crimilnals. Just their job is to investigate, arrest immediately and take to the Court.

    Hang them who committed crimes includign father who raped the 13 year girl, and his sons all who commited crimes (capital punishment) and show that the Nepali Society and its citizens are better, safer and intelligent without such criminals. We do not need such criminal/rapists/thugs in our excellent Nepalese society.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • अमृत कोइराला (Amrit koirala)

    रुनै मन लग्यो मलाई त. के भन्ने के भन्ने . न्याय पाई दिए त हुन्थ्यो.. हामी कमेन्ट गर्ने हरु सब मिलेर बरु केहि सहयता गर्नु पाए हुन्थ्यो. स्त्री हरु ले नै हात उठाएर तेस्तो बेज्जेती गरे पछि अरु त के नै भन्नु र. मन को ठाउं मा ढुंगा भएर हो कि क्या हो कुन्नि.

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • Sagar

    आज सम्मका सबै समाचार पढदा के कुरा थाहा हुन्छ भने: यी दलित बहिनी काे गल्ति रेहेछ. याे कुरा सामान्य हाे. यस्ताे जाबाे कुरा लाइ यती धेरै समय दिनु ठिक हाेइन

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 44

  • deepti

    यत्रो घटना हुँदा पनि नेपाल को सरकार चुप लगेर बस्छ भने यस्तो सरकार किन छाहियो र हामीलाई जसले जे गर्दा नि वको छ . के दलित चै मानिस हैन र ति सबै पशु जस्ता मानिस भनौदा हरुलाई कडा वन्द कस कारवाही गर्नु पर्छ नत्र यसै गरि घटना घटी रहनछ र यस्ता पशु हरुको बल थपिदै जान्छा. खै त प्रजातन्त्र देशमा आको भनेको यहि होर कि कानुन छैन हाम्रो नेपाल मा.

    जब सबै कुरा को हामीसंग प्रमाण नै छ भने रास्ट्रपति ज्यु अब त खी गरौ कि सधै हाम्रो पत्री क नेता हरु को झगडा मात्र मिलाउने के साधारण जनता सुरछित जीवन बाच्न पाउदैनन कि दलित राष्ट्र को जनता नै हैन…………अब पनि सरकार चुप लगेर बस्छ भने यो भन्दा धिकार केहि हुन्न.

    आस छ यी पिडित न्याय मिल्छ होला……

    सम्पूर्ण मेडिया लाइ पनि सहयोग गर्न अनुरोध गर्दछु

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 2

  • Nabin

    This is not just a usual case of rape-attempt, this is a hate crime. As reported, there are only three Dalit family in the village. Bhetwal family and locals of Belbari were motivated to commit the crime against the Dalit woman because she was minority, underprivileged and powerless. Maya Sharki had already apologized for the ‘possible’ mistake and the suspect was already exonerated. The so called ‘meeting’ was organized by Bhetwal family and the locals with the intention of vengeance against Maya Sharki.
    As sick as it sounds, this is not an uncommon incident in Nepali society however. Crimes against Dalits often go unnoticed. They are suppressed by the perpetrators or even the Dalits themselves are reluctant to seek help for the fear of possible backlashes. The way Mysansar provided coverage of this incident, it is really praiseworthy. It helps a lot !! Thank you Mysansar !!

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 1

  • nimesh, BKK

    अलिकति नबुझेको चाहिं —–
    इन्सपेक्टर दिलिप गिरीको कुराको प्रमुख अंश-
    “जीवन भेटवाल भन्नेले ……….. उहाँ हल्का मादक पदार्थ सेवन गर्नुभाको थियो हुन चाहिँ तर हामीले मापसे चेकिङ गराइएन त्यसको चाहिँ कुनै प्रुफ छैन है त्यसको अब।
    त्यसमाथि पछि थाहा भयो त्यो समयमा ऊ अन्तै रहेछ ।”
    त्यो बेला मापसे नगरेको भनेर स्विकारेको इन्सपेक्टरले पछि फेरि “पछि थाहा भयो त्यो समयमा ऊ (जीवन ) अन्तै रहेछ ।” भनेर भनेको होला ???!!!
    जे होस् माईसंसारको सत्प्रयासले कारवाही प्रक्रिया अघि बढ्दैछ त्यसैमा खुशी छु यो माईसंसारको प्रयास जारि रहोस .

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 3

  • नबिन

    आत्तिएको बेलामा के के भयो, राम्रो सित हेक्का भएन होला | हुन सक्छ हातमा चोट लाग्ने गरिकन नटोकिएको पनि हुनसक्छ | मेरो विचारमा अपराधी जिवन भेटवाल होइन नै भनेर अझै पनि सत प्रतिशत नकार्न मिल्दैन |

    मन परे हरियो नपरे रातो ! Thumb up 39 Thumb down 7

  • जागरण मिडिया सेन्टर विराटनगर प्रतिनिधि उमेश विश्वकर्माका अनुसार आज विहान ११ बजे जिल्ला प्रशासन कार्यालयमा स्थानीय दलित अधिकारकर्मी, संघसंस्थासहितको टोलिले ज्ञापनपत्र बुझाउँदै छ । ज्ञापनपत्रमा पीडकलाई सार्वजनिक अपराध र जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ ५, १० र १२ अनुसार मुद्धा दायर गरी कारवाही गर्नका लागि अनुरोध गरिएको छ । त्यसैगरी दलित अधिकारकर्मी डिबी शाहहसंकरको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ । संघर्ष समितिले ५ दिनभित्र दोषिहरुलाई पक्राउ गरी कारबाही गर्नका लागि अल्टिमेटम दिएको छ । पीडकहरुमध्ये अधिकांश फरार भएका छन् । ६ जना पक्राउ परिसकेका छन् । ताजा जानकारीका लागि हेर्दै गर्नुहोस् जागरण ब्लग, फेसबुक र ट्वीटर ।

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 1

  • samrat~

    हाम्रो देश मा अन्धा कानुन को आखा खोल्ने कुनै माध्येम बाकि छ भने यो हो हाम्रो माइ संसार. मुरी मुरी धन्येबाद सबै भन्दा बढी त्यो नाम न खुलेको ब्येक्ति जस्ले यी अन्याएको खिलाफ ठोस प्रमाण को रुप मा भिडिओ र फोटो हरु पठायो . आज को जमाना मा मेडिया र सामाजिक संजाल को बिकास ले गर्दा येस्ता सामाजिक आपराधि हरु अब अपराध बाट उम्कने कमै चान्स देखिन्छ तर सोच्ने हो भने कालान्तर मा येस्ता अपराध हरु को चित्कार अझै गुन्जी रहेको होला जस्ले कुनै न्याय नपाइ यो संसार बाट बिदा भै सक्यो.

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • Tenzing Gaba

    प्रमाणित चोर, डाका, ज्यानमारालाइ पनि कसैले पनि (पक्राउ गर्ने प्रहरीले पनि) कुटपिट गर्न पाइदैन /
    यदि त्येसो गर्छ भने त्यो अपराध हो
    त्येस्लाई पुस्टि प्रमणित् गरिराख्ने पर्दैन , यस बिषयमा कानून स्पस्ट छ /
    यस मुद्दामा पिडितलाई कुटपिट गरिएको स्पस्ट छ र त्येसो गर्नु सरासर अपराध हो अब पनि पीडकहरुलाई कारबाही भएन भने वा अपराधि हरुलाई उन्मुक्ति दियियो भने प्रशासनसंयन्त्रका सम्बन्धित व्यक्तिहरु माथि नै कारबाही हुनु पर्छ /

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 1

  • पुष्प

    हातमा टोकेको प्रमाणका बारेमा भनिछन्, कति सोझी रहिछन् ती बहिनी । यति सामान्य कुरा हुँदाहुँदै पुरानो रीसईवी साँध्न अमानवीय व्यहार गर्नेहरू अपराधी हुन् ।

    मन परे हरियो नपरे रातो ! Thumb up 40 Thumb down 6

    • Himal Khadka

      कुरा तपैले भनेको जस्तो सामान्य चाही हैन है पुष्प जी ! सबै भन्दा ठुलो कुरा भनेको मानिसको यिज्जत हो! साएद तपाइलाई कसले बलात्कार को आरोप लगाएर पुलिश को मा जान परेको भए मात्र तपाइलाई ठुलो लाग्थ्यो होला !!
      खाली संका को भरमा निश्चित मानिसलाई पुरानो रिसिबिको आधारमा बलात्कार को आरोप लगाउनु र पुलिसको मा उजुरी गर्नु सानो कुरा चाही हैन ! निर्दोष मानिसलाई तेस्तो आरोप लगाएपछि साहना सक्दैनन् ! फेरी पहिले पनि एस्तो घटना मा ४ कत्ठा जग्गा लिएर सम्झौता गरेका रहेछन, पिडित् भनिने हरुले !! अहिले पनि फेरी जग्गा अनि पैसाको लोभ मा निर्दोष मानिस लाई तेतिकै बलात्कार को आरोप लगाएकि हुन् यी महिला ले भन्ने तर्क छ भेटवाल परिवार को !
      जेहोस नहुनुपर्ने घटना भएको छ ! आफ्नो गल्ति स्विकारी सकेपछी पनि ति महिलालाई एस्तो अमानबिय बेहोहर हुनु हुदैन थ्यो ! गल्ति गर्ने जो सुकैले पनि सजाय पाउनु पर्छ ! तर बिस्तारै यो घटनालाई तन्काएर फोहोरी राजनीत गर्न सुरुगरिसकेका छन विभिन्न संग संगठन ले ! होसियार !

      मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 11

  • सन्जय झा

    अब त्यो गाउँमा हातमा चोट लागेको मान्छे पत्ता लाउनु पर्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 1

  • Sushil Khadka

    It proves that the My Sansar is not only a blog, it is the international media. Where is the puppet national media right now ?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 50 Thumb down 6

  • हाम्रो समाजमा यस्ता घटनाहरु धेरै घट्दै र गुपचुप बिलाउदै गएको छ । जातीय बर्गीय जुन रुपमा भए पनि यो घटना नेपाली समाजमा पहिलो हैन र अन्तिम पनि । यसले के देखाउछ भने नेपाली समाज सिक्षित भए जस्तो देखिए पनि अझै मानसिक रुपमा स्वस्थ हुन सकेका छैनौ । यो प्रस्तुत घटना पनि माई संसारको खोजले मात्रै यति सम्म अगाडी बढेको हो नत्र भने त्यतिकै हराउथ्यो ।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 55 Thumb down 1

  • Ujjwal

    दलित महिलालाई एक्लो र कम्जोर शोचेर जे गरियो , ति
    सिर्फ़ सामन्ती शोचले ग्रसित मुर्ख तथा जंगलीको झुण्ड मात्र हुन्
    . जबसम्म यो देशमा जातिबिभेदजस्ता कुरीति तथा शोचको अन्त्य हुन्न , तबसम्म यो देशले सभ्य समाजको परिकल्पना नगरे हुन्छ !
    यस्तै हो भने , केहि बर्षमा, Nepal संसारैको सबै भन्दा पिछडिएको मुलुक बन्नेछ. जातिवादको घृणित कुसंस्कारलाई मलजल गर्ने यो समाजले असली अर्थको बिकास न त गर्ननै सक्छ न त बिकासको वातावरण नै दिन सक्छ I
    परापुर्ब कालदेखि नसुध्रिएको यो समाजबाट के आशा गर्नु ? सदियौ बाट राज गर्दै आएका र अहिले सम्म हालीमुहाली गरिरहने तथाकथित उपल्लो जातिहरुले यो समाज र देशलाई विश्वमा सबैभन्दा पछाडी पार्दैछन ! मुलुकलाई पछाडी धकेल्ने ति सबै उपल्ला अगुवाहरुलाई बधाई छ !

    मन परे हरियो नपरे रातो ! Thumb up 39 Thumb down 7

  • madan bajracharya

    सार्वजनिक अपराध गरेका व्यक्तिहरु सिट मेल मिलाप गराउन्दैमा अपराध गरेका माथि कार्यवाही नगरिनु प्रसासनको गल्ति नै मान्नु पर्छ/ पीडक र पिडित यकै गाउँमा बस्ने भयको र पिडित व्यक्तिको सामाजिक र आथिक अबस्थाको भय उ बा उनि पीडक समुहको डर बा दवावको कारणले आफु माथि भय गरेको अपराध सहन बाध्य हुन् सक्छ/ तर यस्तो अपराध दवाउने र अपराधीलाई उन्मुक्ति दिने मिलापत्र पनि अपराधनै हो/ देसमा यदि कानुनी राज छ भने अपराधीले सजाय नै पाउनु पर्छ/ अहिले उल्लेखित घटनामा प्रसासनले मिलापत्र गरायर दवाउन खोजेको अपराध माथि कार्यवाही गर्ने प्रक्रिया चलायाकोलाई राम्रो काम मान्ने पर्छ/ सकिन्छ भने पहिला अन्त कतै मिलापत्र गरायर अपराध दवायाको र अपराधीलाई उन्मुक्ति गरियको सबै घटनामा पनि प्रसासनले कार्यवाही गर्ने प्रक्रिया चाले हुलमुल गर्न सक्ने तर्साउन सक्नेले गर्ने अपराधहरुमा कमि आउनेछ/

    मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 3

    • गगने

      तपाइले बढी बुझ्नु भयो मदन जी या यो घटनालाई तपाइले राम्ररि नबुझी हत्तपत्त कमेन्ट ठोक्नु भयो!
      जहासम्म मिलापत्र गरेको छ त्यो त एकदम जायज छ!
      तर कुरो मिलापत्र पछिको अमानबिय र आदिम कालिन ब्याबहार अनि हमलाको हो!
      एकै समाजमा रहने बस्ने भागिदार हरुबीच मिलापत्र र एकहद सम्मको घटना र कुरामा सम्झौता हुनु सर्वथा जायज हो जसले भाइचारा आत्मियताको ब्रिद्दि तथा जगेर्ना गर्ने छ भने देश र समाजको अमुल्य समय श्रम र धनको खतिमा न्यूनीकरण गर्दछ तेसैले सहमति हुनु निकै राम्रो कुरा हो तर त्यो देखावटि र बनावटी हुनु भयन जुन यहा भयो!
      हाम्रो समाजमा बेला बेलामा घटिरहने र हाल बेलबारीमा घटेको यो घटना ले हाम्रो समाजमा जातिवादी सामन्ती प्रथाले के कति कसरि जरा गाडेको छ भनेर दुस्टान्त दृश्य प्रकाशित गर्दछ! यो कथित जातिबाद र विभेदको अन्त गर्न हामिले अझै निकै लामो दुरी तय गर्नुपर्ने छ!
      तर बिडम्बना भने कुनै कुनै बुख्याचाहरु यो घटनालाई गणतन्त्रको असफलता र गणतन्त्र फेल भयको देख्छन अनि कति चाहि राजतन्त्रको पुनरागमन को धुप हाल्छन!
      यस्ताहरुलाई थाहा हुनुपर्ने हो यस्ता जातियताको खाडल अनि विभेद र शामन्ती अत्याचार अनि आदिम युगिन बर्बरतापूर्ण कार्यहरुको समाजमा स्थापना गर्ने र तेस्को संरक्षण गर्ने स्थायी संस्था नै राजसंस्था हो र तेस्को सबैभन्दा माथिको नेत्रित्वो गर्ने र दिने भनेकै राजा ले हो!
      यहा यी युवती दलित भयकै ले यति सम्म निंच र बर्बरता पुर्ण असामाजिक अमानबिय कार्यलाई भोग्नु परेको छ र यति हुदासम्म उसलाई बचाउन रोक्न छेक्न कुनै व्यक्ति अघि सरेको देखिदैन किनकि तेहा यस्ता निंच ब्याबहार गर्ने नगर्ने जो जति जम्मा थिय ति सबै कथित उपल्लो जातका थिय!
      तर मदन जी यो अन्तिमको घटना भन्दा अघि सम्म कोहिपनि सार्बजनिक अपराधि थियनन र यी युवतीले आफुले भ्रम र शंकाको आधारमा कुनै व्यक्तिमाथि उजुरी गरेर आफुले गल्ति गरेकोले क्षमा प्राथी पनि गरेकी भन्ने बुझिन्छ र तेसैलाई आधार मानी मिलापत्र गरेको भन्ने अनुमान लगाउन सकिन्छ!
      तर कुरो बिग्रियो कथित उपल्लो जातको अहंकार, उत्तेजना र आवेगले!
      यस्कोलागि यी कथित उपल्लो जातको अहंकारमा सार्बजनिक र व्यक्तिगत अपराध तिर उम्न्मुख यी व्यक्तिहरुलाई उचित र कडा सजाय दिनुपर्छ जसले जातिवादी विभेदको अन्त गर्ने कुरामा एउटा उदाहरण बनोस!
      ति पिडित महिलाले पनि आवेग र उत्तेजनामा आइ हतारोमा उजुरी गर्न जानु अघि उक्त आरोपित व्यक्तिमाथि आफ्नै तरिकाले द्रिस्ट्रि दियर केहि बुझी पक्का पक्कि गर्न सकेको भय निकै राम्रो हुने थियो!
      यी पिडित (Victim ) महिला प्रति मेरो सहानुभूति र समबेदना छ!
      आइन्दा यस्तो कसैलाई भोग्नु नपरोस भन्ने कामना!

      मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 22

      • Alikhit

        सबै मिलापत्र जायज रे ? पैसा को प्रलोभन वा डर धम्किको कारण कति मिलापत्र हुन्छ, त्यो पनि जायज ?

        मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 4

        • गगने

          Alikhit जी,
          कसैको कुरामाथि हुदो नहुदो फुंदा गासेर प्रतिक्रिया वा बहस गरियाँछ भने तेसलाई भ्रमको खेति भनिन्छ!
          मेरो कुरा फेरी पढ्नुस अनि आफु स्पस्ट हुनुस र कुरा उछिल्याउनुस! आफु भ्रममा रहेर वा आफ्नो कुरालाई माथि राख्न भ्रम दिने तरिकाले बिबाद नतनकाउनुस तेस्ले सबैको समय नाश गर्छ अनि बुद्दि भ्रस्ट!
          मैले माथि सबै मिलापत्र जायज भनेको छैन!
          सबैकुरा सबै ठाउमा कदापि उचित हुदैन!

          मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 3

      • madan bajracharya

        गगनेज्यु
        गैरकानुनी ठहर हुने कुनै पनि काम गर्ने सिट गरिने मिलापत्र नाजायज हो; गैरकानुनी हो अपराध हो/ तपाइंले अपराध गर्ने सिट मिलापत्र गर्नु जायज किन भनेको म राम्रै बुझ्छु/ पीडक र पिडित बीच मिलापत्र गर्न लगायर अपराध दवाउन नसके तपाइका धेरैलाई अप्ठ्यारो पर्छ/

        गगनेज्यु यो घटना सिट गणतन्त्र र राजतन्त्र किन मुच्छ्ने प्रयास गर्नु हुन्छ? यो त् कसको खुट्टा काट भन्दा कसले खुट्टा उठाय जस्तै भयो/ राजतन्त्रले बर्बरताको बाटो बात दरवार कब्जा गर्यो कि परिको स्वार्थको निमित उभ्यायका बुंख्याचाहरुले भनेर आज सबैले बुझिसकेको छ/यसैले गगनेज्यु तपाईंहरुले अब कसैलाई “बुंख्याचा र रिमोट कन्ट्रोल बात चल्ने” आदि कुरा नगर्नु नै जाति हुन्छ/

        मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 3

        • गगने

          मदन जी,
          बाफरे तपाइँ धेरै बत्तियर हावामा कमेन्ट ठोक्नु भो!
          बिबाद र द्वन्दको मिलापत्र र मेल मिलापको बारेमा मलाइ भन्दा बढी बिपी र उसका अनुयायी हरुलाई सोध्नुस सायद उनीहरुले सन्तुस्ट पार्ने छन् तपाइँ लाइ!
          आरोप र प्रत्यारोप बीचको सत्य अनि गैर कानुनि भनेर ठम्याउने र निर्णय दिने कानुन ले हो अदालतले हो! तर कतिपय झिनामसिना कुरा वा भ्रम र आबेगमा भयका गल्ति हरुलाई अपराधिकरण गर्नु अगाबै तेसलाई साम्य गरि स्वोस्थ समाज निर्माण गर्ने कुरामा मिलापत्र वा मेल मिलाप नीति अपनाइन्छ किनकि हरेक कुरालाई अदालत र कानुनको प्रयोग गर्दा समाज स्वोस्थ निश्चित पनि हुदैन! बिबाद मिल्न नसकेको, नसक्ने र मिलाउने ठाउ नहुदाको अबस्थामा मात्र नियम र कानुन प्रयोग हुन्छ!
          एउटा व्यक्तिले अर्को छिमेकीको काक्रो चोर्यो र बिबाद भय अदालत जाने कि तेसलाई तेहिनै सहमतिमा मिलायर साम्य पार्ने?
          यो घटनाको सत्य र यथार्थ र पिडित लाइ नै थाहा छ अनि तेसपछी पीडकलाई! तर शंका र भ्रममा अर्को व्यक्तिलाई आरोप लगायाकोमा क्षमा मागी मिलापत्र गरेको कुरा बुझिन्छ! साथै अर्को पक्षले मिलापत्र गरिसकेपछि आयर अपराध गरेको छ! पहिले उनीहरु अपराधि थियन आरोप लगाइयको थिय अनि निरापराधि भनेर मानियाको पनि थियो तर तिनीहरुको दम्भ, आबेश आक्रोश र बडप्पन र सामन्ती अनि जातिय मनोरोगले साथै कसैको शणयन्त्रले तिनीहरुलाई अपराध गर्न उक्सायो र गर्यो अनि अहिले तिनीहरु अपराधि भयो अब यहा मिलापत्र हुन सक्ने अबस्था छैन किनकि तिनीहरुलाई समाजले स्पस्ट अपराधि घोषणा गरिसके!

          हो हरेक कुरा हरेक ठाउमालागु हुदैन अनि एउटा कुरा पनि सबै ठाउमा लागु हुदैन मिला पत्र हेरक ठाउमा लागु हुन्छ र हुनुपर्छ भन्ने मेरो कुनै तेस्तो ठोकुवा छैन!
          तर जहासम्म यस घटनामा पुलिस चौकीमा पुगेर गरियको मिलापत्र छ त्यो स्थाई भैदियाको भय सायद उचित नै हुनेथियो तर यी कथित उच्च जाति भै टोपलेकाले गरेको बर्बर र अमानबिय कुरा ले यसलाई नाजायज बनायो र त्यो मिलापत्र झुठो ठहर्यायो!
          मैले यस घटना र परिवेसको कुरा गरेको हो! तर जहा अपराधि र अपराधको निर्क्यौल हुन्छ अनि मिलापत्र हुन नसक्ने वा नमिल्ने ठाउमा मिलापत्र जायज भनेर मा भन्न सक्दिन र भन्दिन पनि!
          मदन जी मिलापत्र र सहमतिले अपराध दवाउदैन बरु यसले त भाइचारा सह अस्तित्वो र सहमति अनि भात्रित्वो कायम गर्दछ! हुने नसक्ने ठाउ र घटनामा जवार्दस्ती वा दवाबमा गराइने मिलापत्रको कुरा गरेको होइन र त्यो मिलापत्र हुदा पनि होइन!
          यहि हेर्नुस हिजो भन्दा आजको कुरा खोताल्लियर कहा पुगी सक्यो!
          यस घटना भित्रको षडयन्त्र र अदृस्य चलखेल लाइ हेर्नुस बुझ्नुस सक्नुहुन्छ भने!
          कुनै साधारण घटना र कुरालाई मिलापत्र र सहमतिले तुरुन्तै समाधान गरि सामाजिक सह अस्तित्वो र भाइचारा कायम राख्दछ भने बिबादलाई उचालेर तनकाउदा त्यो जीवनभर तन्किरहने र तेस्ले झनै ठुलो बिबाद र असमझदारी कायमगरी पारिवारिक अनि सामाजिक शान्ति खलबल्याउने पनि हुन सक्दछ भन्नेकुरा तपाइँ जस्तो बुजुर्ग ले बुझ्न सक्नुपर्ने हो!
          जहासम्म गणतन्त्र र राजतन्त्रको कुरा उछिल्याय यो यहि घटना लाइ लियर यहि ब्लगमा कसैले गरेको कमेन्ट साथै केहि व्याक्तिहरुको सोचलाई लियर भनि जोडेको हु तपाइलाइ जिस्काउन को लागि होइन, सबैलाई लागुहुनासकने कुरा धेरै ठाउमा किन लेखु भनेर प्रसङ्ग बस लेखियको हो!
          अब पारि र वारिको स्वार्थ कुरा नाखोतालाउ यहा फेरी निकै लम्बिने निश्चित छ! तपाइको महाराजाको कर्तुत हरु पनि खोताल्लियाला उदान्गीयाला फेरी!
          महाराजले आफ्नो गद्दी फिर्ता गर्न पारीको प्रभुको पाउभेटिको लागि कत्तिको कसरत गरेको छ भन्नेकुरा त्याग लगायको घोडाहरुले देख्दैनन ति त सिर्फ दुस्मनीको बिरुद्द दौडिनको लागि मात्र हुन्छ! महाराज यहा छ मन्दिर धायाको छ तर महाराजको बिन्ति प्रभुको चरण र शरणमा कसरि कति पुगेको छ भन्नेकुरा देख्न र बुझ्न अंतरान्खा चाहिन्छ मदनाजी!
          एकोहोरो हुन छोड्नुर! बिचार र द्रिस्त्रिलाई डाइनामिक बनाउनुस तेही हो मेरो आग्रह!

          मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 4

          • madan bajracharya

            गगनेज्यु
            माया सारको माथि भयको अमानवीय यातनाको बारेमा उठेको प्रसंगलाई अप्रासंगिक तरिकाले राजतन्त्र सिट जोड्ने तपाइनै हो/ त् मैले बाफरे बाफ भन्नु पर्ने के कुरा गरे?

            बिपी तपाइकाको गुरु हुन्/ बीपीको मिलापत्र र मेल मिलाप राजनीति सिट मात्रै सम्भंदित छन् आफु र आफ्नो दललाई समर्थन नगर्नेलाई अन्याय गर्ने सिट सम्भंदित छैन/ बिपीको मिलापत्र र अपराधि सित गराउने तपाइंको मिलापत्र नितान्त फरक छन्/

            बाढी पिडित नागरिकलाइ अर्को नागरिकले गद्दी खोज्दै छ बा अपराधि लाइ मिलापत्र बात चोख्यायर अरुनै कसैले गद्दी खोज्दै छ त्यो सबैले बुझी सकेको कुरा हो गगनेज्यु/

            अर्को नागरिकलाई अन्याय हुने सबै काम अपराध हो/ मिलापत्र गर्न लगायर यस्तो अपराध गरेकालाइ सजाय बात बचाउन खोज्नु पनि अपराध हो/ अपराध गरेका सिट मेल मिलाप गर्न लगायाय अपराधीलाई सजाय बात बचाउने राजनैतिक ढिपी तपाईं किन गर्दै हुनु हुन्छ; म राम्रै बुझ्छु भनेर म फेरी पनि भन्छु/

            मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

    • bibek dhakal

      यो मिलापत्रमा छोड्ने कुरा मलाइ पनि चित्त बुझ्दैन….यो त प्रहरी वा प्रशाशनले थप झन्झट लिन नचाहेर कुरा तर लगाउन गर्य कैद जस्तो हो! होला सामान्य झैँ झगडाको कुरामा यो गर्नु सामान्य हो तर अहिलेको केस धेरै भिन्न छ…ति बहिनीले बयानमा उल्लेख गरेको कुरा ( जीवन भन्ने केटाले दोषी नभाको भन्ने!) साचै हो या डर-त्रासले गर्दा भनेको हो तेतातिरा नजाम तर याहाँ मुख्य कुरा त्यो “स्व-घोसित” उपल्लो जातको उनीहरु आफैद्वारा घोसित तल्लो जात माथिको अमानवीय प्रबृत्ति को हो! यस्तो जघन्य अपराधलाई मिलापत्र गरेर छोड्ने? के अब ति नाक चुच्चे आइमाइहरुको भोलि बाट व्यवहार परिवर्तन होला? के अब ति बहिनिले ढुक्क संग त्यो समाजमा शिर उठाएर बस्न सक्छे?
      आजकल धेरै साथीहरुले राजसंस्था, पुरानो पंच्याती व्यवस्था जस्तो सिस्टम , हिन्दु राज्य हरु को वकालत गर्नु हुन्छ तर यस्ता घटना देखेपछि सुनेपछि त्यो “एरा”मा हुने तल्लो जातिमाथिको बर्बरता सम्झेर कुनै हालतमा पछाडी हेर्ने कुरामा मन जाँदैन…आख्यान नै भएपनि एकपटक “अलिखित” र “अविरल बग्दछ इन्द्रावती” जस्ता उपन्यास पढ्नुहोला ( जुन यथार्थप्रक नै थिए !) अनि पुन बिचार गर्नुहोला जति सुकै गुण भएपनि कुनै धर्म र जात विशेषलाई महत्व दिने “सिस्टम” कति ठिक होला र यस्तो सिस्टममा तल्लो वर्गको हालत के होला ?
      अन्त्यमा, अब यो सिंह दरबार घेरेर नारा लाएर बन्द गरेर केहि हुने वाला छैन! त्यो दलित को नाममा डलर कमाउन बसेका संघ संस्थालाई सहयोग गर्ने काम छोडम….यदि सरकारले न्याय दिन सक्दैन भने न्याय खोस्नै पर्छ…यदि दलितलाई कालो मोसो दलिंछ भने त्यो दल्नेहरुको पुजाकोठामा गएर राँगाको वा सुन्गूरको मासु पकाइदिने…. सुन्दा अलि नराम्रो लाग्ला र सामाजिक सद्वाभ भड्किने जस्तो देखिएला तर एउटा जातले अर्को जात माथि सुपेरियरिटि जमाएर बसेको “स्थिर” समाज के ठिक भो त?

      मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

      • गगने

        बिबेक जी,
        सबै घटना र सबै कुरालाई सधै मिलापत्र गराई छाड्ने कुरा कदापि उचित हुदैन त्यो मा पनि स्वीकार्छु!
        जहा सम्म व्यक्तिगत बिबाद र घटनाको कुरा छ त्यो एक हद सम्म दुइ पक्षबीच सहमतिमा मिलापत्र गराउनुलाई मा अन्यथा मान्दिन र तेस्मा ति दुइ पक्षको आपत्ति छैन र सहमति छ भने अरु कसैलाई आपत्ति हुनुपर्छ भनेर मान्दिन म!
        तर सार्बजनिक अपराध साथै बारम्बार हुने दोहोरिने घटना वा किटान गरि पुर्बबता अपराधि सिद्द भयको व्यक्ति आदिमा मिलापत्र आदिकुरा अमान्य हुन जानेछ!
        मैले मिलापत्र गर्नु राम्रो हो यदि त्यो कुरामा दुवै पक्ष अडिक र स्थायी सुद्द मनले आत्मियता साथ् स्वीकार्छ भने भन्नेकुरा गरेको हो!
        यहाको यो घटनामा पनि जहासम्म मिलापत्र गरियको छ यदि त्यो दुवै पक्षले सौहार्द्यातासाथ मनन गरियको भय त्यो उचित नै मानिने थियो तर कुरा कथित उच्च जात वा बर्गको व्यक्तिहरुले देखायको बर्बरता र अमानाबियता को हो जुन मिलापत्र भय पश्चात गरियको छ तेसैले यो सार्बजनिक अपराध हो! यिनीहरुले आडम्बर र अहंकारमा मिलापत्रको खिल्ली उडाउदै कथित निम्न जातिमाथि उच्च जातिको बर्बरतापूर्ण अमानबिय अपराध गरेको छ!
        गल्ति त्यो पिडित महिलाको अन्जान अनि शंका आशंकाले गरेको भयपनी उसले क्षमा मागी मिलापत्र गरेको छ तर यी पिडक पक्षहरु आफ्नो अपराधको आरोपबाट चोखिय पछि झनै बर्बरता पुर्ण अपराध गर्न पुगेको बुझ्दछु म!
        यहा यदि पिडित महिला वा व्यक्ति निम्न वर्ग वा जात साथै माइनोरिटि मा हुदैन थियो भने यो घटना यसरि नदोहोरिने कुरा सोह्रै आना मान्न सकिन्छ साथै पिडक पक्ष कथित ठुलो जात र पिडित पक्ष कथित सानो जात बाट हुन्थ्यो भने पनि यो घटना यसरि दोहोरिने थियन वा मिलापत्र पश्चात आकस्मात यसरि बर्बरतापूर्ण अमानबिय अपराधिकरण हुने थियन भन्ने कुरामा मा बिश्वोस्ता छु!
        सबै कुराहरु तबसम्म राम्रो हुन्छ जबसम्म सो कुरा उचित तरिका र नियतले उपयोग वा प्रयोजनमा ल्याइन्छ!
        यो कुरा मिलापत्रमा पनि लागु हुन्छ!
        तर मुख्यकुरा मिलापत्र गर्नेको नियतको हो!
        यहा कथित उपल्लो जातले मिलापत्रको खिल्ली उदयको छ यसको मतलब दोहोरो अपराध गरेको छ!
        यस्तो हो भने उनीहरुले मिलापत्र नगरी यी महिला माथि पनि उल्टो मानहानिको कानुनि उपचार खोजेको भय उचित हुनेथियो! तर मिलापत्र गर्ने अनि तेस्को मसि सुक्न नपाउदै सार्बजनिक स्थानमा ल्यायर अमानबिय र बर्बर अपराध गर्ने?
        यो सोह्रै आना गलत हो!

        मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 2

    • Milan

      मैले मेरो पछिल्लो कमेन्ट मा पनि भनेको थिए / प्रहरीको मिलापत्र गर्ने प्रबितिले यस्ता घटना हरु बारम्बार दोहारिरहेका छन् / मिलापत्रमा धेरै जसो ठुला (जात) का मान्छे हरु सक्रिय हुन्छन उनीहरुको बेइज्जत हुन्छा भनेर / पिडितलाई अनेक प्रलोभन/धम्कि/आस्वाशन
      दिइन्छ / अनि प्रहरी पनि उनिहर्कै प्रभावमा हुन्छन / मैले अझैपनि बुझेको छैन कि प्रहरी कार्यालय मिलापत्र गर्ने अड्डा हो?
      जेहोस यस्ता घटना लाइ बहिल ल्याएर सबैलाई सचेत मात्र होइन दोसी लाइ कारबाही(?) को लागि सक्रिय रहेकोमा म्य्संसर लाइ देरै धन्यवाद /

      मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • reemie

    Dear salokya,
    I am so proud of you today because you raised voice for justice of a woman who is considered as minor , having low status and often dominated by our society. I hope you will always continue your blog writing like this type for bringing awareness,improvement,refinement and movements for positive change .I think you are inspiration for every ideal journalist and citizen of Nepal.I can feel now that humanity still exists.Thank you for playing a true journalist’s role.
    Great job.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 125 Thumb down 7

  • shreesh thapa

    हुन त अत्तालिएको बेलामा खुन आउने गरि तोकेको नतोकेको छुत्याउन सकेनन होला …निर्दोष पनि हुन सक्छ कुरा मिलिसकेको बेलामा फेरी अमानविय व्यवहार गरेकोले सजाय पक्कै पनि पाउनु पर्छ ..

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 55 Thumb down 4

  • BRaj

    Just Adding to रवन ‘s comments in one of the earlier posts:

    This Site is a Genuine Evidence that: In Today’s world, one does Not need to be a so called “News” Site to Publicize a noteworthy information. Blogging is much more Sincere & Powerful than that, especially when it involves its Readers to every Conversation & Responds to input like MySansar does.
    This is a real “Slugline” of the “Nepalese – House of Cards”!!!

    Thanks a Million to MySansar Team. Well Done & Please do keep it up!

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 1

  • उज्ज्वल पौडेल, भरतपुर १० चितवन, नहरपारीको तेस्रो घर

    बलात्कार को आरोप र पाशविक ब्यबहार दुइ अलग अलग मुद्दा हरु हुन् | कुट-पिट को त video नै छ , यिनीहरुलाई कारवाही हुनै पर्छ |
    बलात्कारको आरोप लगाउने दिदीले हैन रहेछ भनेर माफी त मागी सकिन, तर जसले गरे पनि त्यो घटना त घट्यो नि | कसले गरेको रहेछ भनेर छानबिन पनि हुन पर्यो |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 111 Thumb down 6

  • […] लगाउने युवतीलाई कुट्दै मोसो दलियो बेलबारी बर्बरताः पीडितको मुखबाट सुनौ… बेलबारी बर्बरताः कसले के भने ? […]

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • […] जानकारीका लागि बेलबारी बर्बरताः पीडितको मुखबाट सुनौ… बलात्कारको आरोप लगाउने युवतीलाई […]

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0