मेरो Tweet

  • प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा हालसम्म जम्मा भएको रकम रु २६ करोड, अहिलेसम्म खर्च भएको मात्र नौ करोड http://t.co/qXNhHvZCtQ

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

महिलाहरुको हात-हातमा लट्ठी…तर यो आन्दोलन हैन है!

gaijatra_collage
फोटोमा हेर्नुस् त, के महिला के पुरुष सबको हातमा एउटा एउटा लट्ठी छ। झट्ट हेर्दा यो कुनै आन्दोलनको दृश्य जस्तो लाग्न सक्छ। तर होइन, यो आन्दोलन सान्दोलन केही होइन। त्यसो भए के हो त?

gaijatra_collage6
यो भक्तपुरको दृश्य हो। भक्तपुरमा गाइजात्राको दिन यहाँको प्रख्यात ‍लट्ठी नाच घिन्ताङ घिसी नाचिन्छ। यो नाच्न लट्ठी चाहिन्छ। लट्ठी आफ्नो पार्टनरको लट्ठीसित संगीतको तालमा ट्वाक्क ठोक्नुपर्छ। सुर र ताल मिलाएर परम्परागत पहिरनसहित नाचिन्थ्यो पहिले तर अहिले भने जो पनि रमाइलोको लागि लट्ठी बोकेर उफ्रेर नाच्ने गर्छन्। केही अघिसम्म नौ दिनसम्म यसरी नाचिन्थ्यो। अहिले भने सडकैभर यसरी नाच्ने काम गाइजात्रा एक दिन मात्र हुन्छ।

भिडियो हेर्नुस्-

gaijatra_collage1
केटाहरु घिन्ताङ घिसीमा रमाइलो गर्दै। लट्ठी मात्र नभएर अहिले त रडसमेत बोक्न थालेछन् बाब्बै।

gaijatra_collage2
यस्तै संस्कृतिले मान्छेलाई जीवन्त बनाउँछ, समाजलाई चलायमान बनाउँछ। जतिबेला अहिले जस्तो आधुनिक मनोरञ्जनका केही साधन थिएनन्, त्यतिबेलाको परम्परा हो यो। र अझै मानिसहरु उत्तिकै रमाइरहेका देखिन्छन्।

gaijatra_collage3
हाँस्नु, नाच्नु, कराउनु, उफ्रनु। समग्रमा रमाउनु।

gaijatra_collage4
युवायुवतीदेखि उमेर ढल्केकाहरुसम्म रमाउँदै।

gaijatra_collage5
यसरी इनामेलको रङ पोत्ने काम भने पछि मात्रै सुरु भएको हो। त्यति राम्रो लाग्दैन मलाई यस्तो चाहिँ। होलीमा पनि यस्तै रङ पोत्नेहरु धेरै हुन्छन् अहिले।

माथिको भिडियो त हेर्न छुटाउनु भएन नि, भक्तपुरमा गाइजात्रा कसरी मनाइन्छ र घिन्ताङ घिसी नाच कस्तो हुन्छ, त्यसको झलक यसमा हेर्न सक्नुहुन्छ-

३६ पटक अहिलेसम्म पढिएको (अगस्त २६,२०१४ देखि) ९ पटक आज पढिएको

10 comments to महिलाहरुको हात-हातमा लट्ठी…तर यो आन्दोलन हैन है!

  • schizo

    बिगत १० वर्ष मा हामीले येति धेरै नकारात्मक कुरा हरु भोग्नु अनि देख्नु पर्यो कि, हाम्रो हरे विचार अनि विस्लेसन नकारात्मक हुन थालेका छन्. जस्तै माथि को कमेन्ट हरु मा नेता हरु को टाउको फोर्ने कुरा भैराछ . हैन, परमपरा थमाउने यी लट्ठी हरु लै किन नेता हरु संग जोड्नु. बरू सकिन्छ भने यो चाड अनि यो चाड संग जोडिएका हरेक तथ्य हरु को विचार बिमर्स गरौ , त्यो बादी फलदायी होला कि,

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • samrat~

    चार जात छतीस बर्ग ले भरिएको हाम्रो देश ..प्राकृतिक सम्पदा ले भरिएको देश ! आह ! कति राम्रो..सबै जात जाति को सस्कृति परम्परा येसरी नै जोगर्ना गरेर राख्न सकुम. हाम्रो एस्तो सस्कृति ले भरेको देश अनि अघाड प्राकृति को धनि देश लाइ बेच्न न हिच किचाउने देशद्रोही गद्दार नेता हरु लाइ आव्स्येक परेको को बेला येही लाठि ले टाउको मा बज्र पात गर्दै लाख्ट्नु पर्छ. बचाई राख यी लाठि हरु. अब बेला आयो जस्तो छ. घिन्तांग घिसि को नाच साथ् साथै नेता हरु लाइ लाठि को तान्दाब नाच देखाउने पालो.

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 7

  • Prostyam Lyamsol

    घिन्ताङ घिसी नेपालका नेवार समुदायको परम्परागत नृत्य हो । र यो गाइजात्राको आरम्भसँगै प्रचलनमा आएको संस्कृतिविद्हरुको भनाइ छ । मूलतः नेवार समुदायको बसोबास रहेका स्थानमा जहाँ गाइजात्रालाई पर्वको रुपमा मनाइन्थ्यो त्यहाँ यो नाच प्रचलनमा थियो, गुण र मात्रामा फरक भए पनि । उदाहरणका लागि पाल्पादेखि नुवाकोटसम्मका नेवार समुदायमा, दोलखादेखि खैरेनीसम्म, गोरखादेखि सिन्धुपाल्चोकको चौतारासममका नेवार समुदायमा कुनै न कुनै रुपमा गाइजात्राको पूर्वसन्ध्यासँगै रोपाई जात्रा, घिन्ताङ घिसी लगायतका झण्डै आधा दर्जन नाच नाचिन्छ । म आफू पनि एकाधपटक यो नृत्यमा सहभागी भएको छु । यसको चालको वर्णन स्थानीय नेवार मित्रहरुले सिकाएका थिए । तर अहिले चाल र ढंग लोप हुँदै गएको कुरा साँचो हो । संस्कृतिको आधुनिकीकरणको अर्थ त्यसलाई विकृत रुपमा प्रस्तुत गरिन हुँदैन, त्यो सही हो तर गाइजात्रा मात्र होइन फगुपूर्णिमादेखि यिनै नृत्यहरुसमेत अहिले विकृतिको पहाडले थिचिंदै गएका छन्, चाउरिंदै गएका छन् । संस्कृतिको गतिशीलताको अर्थ यी र यस्ता नृत्यहरुमा सहभागी हुने बर्ग जाति, उमेर र समूहको सहभागिता बढेको छ तर त्यसले झै गुणमा सुधार ल्याउन सकेको छैन । अग्रजले नयाँ पुस्तालाई प्रशिक्षण दिन नभ्याउँदा वा नचाहँदा र नयाँ पुस्ताले आफ्नो मौलिक संस्कृतिबारे जान्ने र सुन्ने, बुझ्ने र त्यसलाई व्यवहारिक रुप दिने जमर्को नगर्दा संस्कृतिमा विकृति मिसिएको हो । अनि अर्को प्रसंग, सांस्कृतिक पक्षसँग जोडिएर आउने लाठी, मुंग्रा वा भालाहरुलाई राजनीतिसँग नजोडी संस्कृतिसँगै जोडेर तिनीहरुको उपयोग गर्नु सर्वथा वाञ्छनीय हुन्छ भन्ने मेरो बुझाई छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 3

  • Nabin Adhikari

    कुलंगार नेताहरुको टाउको फ़ुटाउन सदुपयोग गरौ यी लाठिहरु ||

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 7

  • Ritika

    यी लठ्ठी लिएर यी नेताहरुलाई सुुधार्न जानुपर्छ, हामीले ।

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 5

  • जात -जाति, धर्म संस्कृति र भौगोलिक बिभिन्नता धन्य छ, मेरो देशमा के पो छैन र …? खाँचो छ त खाली असल राजनेताको |

    मन परे हरियो नपरे रातो ! Thumb up 44 Thumb down 6

    • तपाईको कमेन्ट लगभग सबै नेपालीलाई मन पर्ने खालको छ । तैपनि एउटा डिस्लाइक । काला भेडा जहाँ पनि भेटिन्छन् । :D

      मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 9

      • bibek

        सबै नेपालीहरुको उस्तै सोच भएको भए त नेपालमा अहिलेको जस्तो राजनैतिक अस्थिरता आउने नै थिएन नि, जे भए पनि यो गाइजात्रा हाम्रो परम्परा हो, टाकन-टुशी सबै जात धर्म र उमेरका मान्छेहरुले मन पराएको पाइन्छ बिसेस गरि नेवार समुदाय भएको ठाउमा

        मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • नरेन्द्र

    रमाइलो लाग्यो, हिंसात्मक हैन सांकेतिक रुपमा यी लठ्ठी बोकेर एकपटक हाम्रा नेता, भ्रस्ट कर्मचारी, भ्रस्ट पुलिस, भ्रस्ट आर्मी, बेकम्फुसे पत्रकार सबलाई सतर्क बनाउन पाय अझै रमाइलो हुदो हो, समाजमा केहि नयापन पनि आउने थियो कि?

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 4

  • यी लट्ठीहरु अब बलात्कार, भ्रस्टचार, र अपहरण गर्नेहरु माथी उठाउनु पर्छ !

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 13