दर्शकले जितेको खेल : हेर्नुस् क्रेजी दर्शकका ४२ फोटो

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेल नेपालले पाँच विकेटले हार्‍यो। तर दर्शकले भने खेल जिते। शनिबार कीर्तिपुर मैदानमा निकै चीसो हावा चलेको थियो। फागुन भए पनि पुस माघ सम्झाइदिने जाडो थियो। तर पटक पटकको झरीले पनि दर्शकलाई विचलित बनाएन। छाता हुनेहरु छाता ओढेरै र छाता नहुनेहरु रुझेर पनि टिम नेपाललाई हौस्याइरहे। टिकट काटेर भित्र प्रवेश गरेका मात्र हैन, टिकट बिना स्टेडियम बाहिर, पर्खाल र रुखमा समेत बसेर पनि मानिसहरुले खेल हेरेका थिए। नेपाल पराजित भयो। तर दर्शक एकदम संयमित थिए। साँच्चै दर्शकले मन र खेल भावनामा जिते। हेर्नुस् दर्शकका केही फोटो

2 Comments

  1. Reply
    Bijay B'live March 12, 2017

    Khusi ra sukha kaa kehi matra kura ta chjan….

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  2. Reply
    Shrestha Cityzen Nawaraj March 12, 2017

    Budget jati sabai afno ra afno karyakarta haru lai posdaimaa thikka cha, bishwo maa desh ko nam uchha rakhne khel ra kheladi ko lagi kina chaiyo ra…….. !!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply