कीर्तिपुर मैदानमा दर्शकले बोकेका गजबका १४ प्लेकार्ड


केन्याविरुद्धको पहिलो खेल शनिबार थियो। त्यो दिन प्यारापिट पूरै भरिएको थियो। सोमबारको खेलमा पनि दर्शकको कमि भएन। दुई सय रुपैयाँको टिकट काट्नेहरु मात्र हैन, पर्खाल बाहिर र रुखमा समेत टिकट नकाट्ने दर्शकहरुले पनि खेलको मजा लिए, खेलाडीलाई हौस्याए। जब जब नेपालले विकेट लिन्थ्यो वा चौका वा छक्का प्रहार गर्थ्यो तब मैदान फ्यानका लयवद्ध आवाजले गुन्जिन्थ्यो। जब नेपालको विकेट झर्थ्यो, तब सून्यता छाउँथ्यो। हामी क्यामेरा बोकेर मैदानमा हिँड्दा दर्शकहरु कराउँदै बोलाउँथे फोटो खिच्न। नखिचे क्यामेरा बिग्रियो कि के हो भनेर गाली पनि गर्थे। दर्शकका फोटो खिच्ने क्रममा देखिएका गजबका प्लेकार्डहरु हेर्नुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)