यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

चुडामणिको ‘मनी’ पावर : ३ अर्ब धरौटी माग्दा सुको नतिरी रिहा, मुद्दा नचल्ने घुमाउरो आदेश

आखिरमा करका हाकिम चुडामणि शर्माको मनीको पावर देखियो। क्या गज्जब हेर्नुस् न, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्ब धरौटी माग गरेको थियो तर लास्टमा सर्वोच्च अदालतको पाँच पाँच जनाको बृहत् पूर्ण इजलास (जसको फैसला अन्तिम हुन्छ र पुनरावलोकन पनि हुँदैन) सुको धरौटी नराखी साधारण तारेखमा छाडिदियो।

त्यति मात्र हैन, सर्वोच्च अदालतले यो मुद्दा अख्तियारको कार्यक्षेत्रमै नरहेको समेत भनेको छ। यो कुरा सीधा नभनी आदेशमा घुमाउरो हिसाबले राखिएको छ। अख्तियारले चुडामणि जस्तो महान् व्यक्तिलाई थुनामा राख्ने उद्देश्य राखेको आरोप पनि घुमाउरो हिसाबले सर्वोच्चले लगाएको छ।

सर्वोच्चले आफ्नो आदेशमा कर फर्स्यौट आयोग अर्ध न्यायिक प्रकृतिको हो भन्ने निर्क्यौल भइसकेको उल्लेख गरेको छ।

अर्ध न्यायिक निकाय भनिसकेपछि त्यो अख्तियारको कार्यक्षेत्र हुँदैन। अर्धन्यायिक हो भनेर निर्क्यौल गरिसक्दा पनि अख्तियारको कार्यक्षेत्रभित्र पर्दैन भनेर सीधा शब्दमा भने आदेशमा उल्लेख छैन।

तर यसले मुद्दा हेरिरहेका विशेष अदालतमा न्यायाधीशहरुलाई भने अप्ठेरो पारिदिनेछ। सर्वोच्चका पाँच पाँच जना न्यायाधीशको बृहत् पूर्ण इजलासले अर्ध न्यायिक हो भनिसकेपछि यी विशेषका जुनियर न्यायाधीशले के गर्न सक्छन् होला अब?

आदेशो यो अंशमा अख्तियारको हिसाबै काल्पनिक रुपमा गरिएको आरोप छ। चुडामणिलाई थुनामै राख्ने नियत देखियो भनेर स्पष्ट शब्दमा नभनी आदेशमा त्यस्तो ‘उद्देश्य थिएन भनी विश्वास गर्नुपर्ने पर्याप्त आधार देखिँदैन’ पनि भनिएको छ।

धरौटी माग वैयक्तिक स्वतन्त्रताको संविधानको व्यवस्था अनुरुप नभएको भन्ने पनि आदेशमा उल्लेख छ-

अनि उनलाई आजै छाड्न र भ्रष्टाचारको मुद्दा लाग्ने हो कि हैन भन्ने निर्णय चाहिँ विशेष अदालतलाई नै गर्न भनिएको छ (माथि व्याख्यामा हातखुट्टा बाँधिदिएपछि)

आदेश पूरा पढ्न क्लिक गर्नुस्।

111 comments to चुडामणिको ‘मनी’ पावर : ३ अर्ब धरौटी माग्दा सुको नतिरी रिहा, मुद्दा नचल्ने घुमाउरो आदेश

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)