यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

पेपाललाई कानुनी मान्यता दिलाउने एजेन्डा बोकेका इन्जिनियर सापले कति पाए त भोट?


यस पटकको चुनावमा अनेक पार्टीका अनेक एजेन्डा थिए। सगरमाथा बेसक्याम्पसम्म केबल कारदेखि बिहेको बेला सुनको मंगलसूत्र बाँड्नेसम्मका कुरा घोषणापत्रमा थिए। हाम्रो पार्टी नामको एउटा पार्टीका उम्मेदवार थिए मणिन्द्रपुरुष उपाध्याय। यिनले प्रचार सामाग्रीमै आफू इन्जिनियर रहेको खुलाएका थिए। उनको प्रचार सामाग्रीमा पेपाललाई कानुनी मान्यता दिनेसमेत उल्लेख थियो। कति पाए त उनले भोट?

काठमाडौँ १ का सबै उम्मेदवारले पाएको भोटको सूची यस्तो छ-

उनले १७ भोट पाएका रहेछन्। समानुपातिकतर्फ भने यो धारा चिह्न भएको पार्टीले सोमबार दिउँसोसम्म ५३ भोट पाएको छ।

3 comments to पेपाललाई कानुनी मान्यता दिलाउने एजेन्डा बोकेका इन्जिनियर सापले कति पाए त भोट?

  • Alikhit

    यो एक भोट मात्रै ल्याउने को परिवार साथी भाई नै नभएको हो कि ?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Ritika

    ईञ्जिनियर सापको पम्पलेटको नाम नै फरक परे जस्तो छ । लिस्टमा “मणिन्द्र पुरुष उपाध्याय” र पम्पलेटमा “ई. मणिन्द्र घिमिरे” छ ।
    १७ भोट चाँही उनको परिवार वावु, आमा, भाई, वहिनी, श्रीमति, साला, साली, वाजे, वज्यै, पल्लो घरको साथी र उनी आफैले दिएको भोट हो । अरुले चिन्दै चिनेनन् ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Dharako tuki bata thopa thopa paani jhare justai vote pani thopai matra aaye justo cha.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0