यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : उत्तराधिकारी

-राजु अधिकारी –

आफूले एकीकरण गर्न सुरु गरेको देशको हालत देखेर राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई निकै चिन्ता लागेछ।कत्रा कत्रा सपना बोकेर देश निर्माणमा खटेका थिए उनी र उनका सहयोगीहरू तर आज देश केटाकेटीले घरकुली खेलेको पाराले चलेको देख्दा उनलाई रुन मन लागेछ। तर रोएर समस्या त समाधान हुँदैन, केही त गर्नु प-यो भनेर उनले कालु पाण्डेलाई बोलाएर सोधेछन्- कालु ल हेर त तैँले त्यत्रो दुख गरी लडाई गरेको र जितेको देश आज विश्वकै गरिब र लथालिङ्ग भएको देशमा दर्जा भएको छ। मलाइ केही जुक्ति सुझेन, तै भन त के गर्नु प-यो यसलाई सुधार्न। यदि अहिले नै नसुधारे के थाहा कालान्तरमा देश नरहला की?
त्यति बेलाको अशिक्षित समाजमा हुर्केका कालु पाण्डेले पनि अरू कुनै सुझाव दिन सक्थे र? उनले भने- ‘महाराज अहिले देशमा राजा नभएर यस्तो भएको हो। जनताहरू रानी हराएको मौरी जस्ता भएका छन्। विकासको बदला विनाश भएको छ। राजा नभएर आफू आफूमा लडेर मौरीहरू सकिए जस्तै नेपालीहरू पनि एक आपसमा भिड्दै आफू र देश नै सकाउन लागि परेका छन् त्यसैले जसरी भए पनि हजुरको राज गद्दीमा एउटा नयाँ उत्तराधिकारी पठाउनु प-यो।‘

‘कुरो त मनासिब गरिस् कालु तैँले। तर कसलाई पठाउने? यहाँबाट त हामीले परलोक भएका मात्रै पठाउन सक्छौ। त्यसमा पनि यमराज सँग बिन्ती गरेर मात्रै।’

‘यिनै परलोक भएका मध्यबाट एक जनालाई पठाउनु प-यो महाराज, यहाँ पनि बुद्धि भएका र काम गर्न सक्ने निकै गोर्खालीहरू छन्। मौसूफ को आज्ञा हुन्छ भने म भोलि नै परलोक भएका सबै नेपालीहरूलाई यो कुराको खबर गर्छु। अनि आवेदनको लागि सूचना टास्छु अनि तिनै बाट एक जना सबभन्दा अब्बललाई राजा बन्ने गरी पुनर्जीवन गराएर मर्त्यलोकमा पठाउनको लागि यमराज सँग बिन्ती चढाउला।’

‘हुन्छ, त्यसै गरम। ल जा तँ, भोलि को बैठक को लागि झ्याली पिटा’ पृथ्वीनारायणले आज्ञा दिए।

राजाको आज्ञा पछि कालु पाण्डे गएर सबैलाई खबर गरे अनि त्यही अनुरूप राजगद्दीको उत्तराधिकारी लागि आवेदनको लागि सूचना टासे।

दुई दिन पछि नेपालीहरू बाट प्राप्त आवेदनको फारम ल्याएर कालु पाण्डे पृथ्वीनारायणको बैठक कक्षमा प्रवेश गरे।

‘कति आवेदन आए कालु?’

‘आवेदन त निकै आएको छ महाराज तर रिसानी हुँदैन भने सरकार लाई एउटा बिन्ती चढाउने मन थियो।’

‘ल भन, के बिन्ती हो?’

‘सरकार त्यो काममा मौसूफ स्वयम् नै जाँदा त्यो भन्दा उत्तम अरू के हुन्थ्यो र?’

‘कालु तँ पनि अक्कल नभएको कुरा गर्न थालिस् अब? मलाइ पनि त आराम चाहिन्छ। अब त बुढो भई सके, अब त नयाँ पुस्तालाई दिने हो यो काम। बुढो भएर मगजले काम नगर्दा सम्म पनि राजकाज चलाउन नछोड्ने बानीले गर्दा नै देशको हालत दिन प्रतिदिन बिग्रँदै छ, अझ तँ पनि त्यस्तै कुरो गर्छस्।’

‘रिसानी माफी होस् सरकार।’

‘ल ठिकै छ। ल ती आवेदन हरू यहाँ राख मेरो समीपमा। म एक एक गर्दै हेर्दै जान्छु। यदि केही कुरा सोध्नु प-यो भने तलाई बोलाउला। तँ अहिले जा।’

‘जो आज्ञा महाराज’ भन्दै हात जोड्दै कालु पाण्डे पृथ्वीनारायणको बैठक कक्षबाट बाहिरिए।

पृथ्वीनारायणले निकै आशावादी हुँदै त्यहाँ भएका आवेदन हरू हेर्न थाले। आवेदन सँगै प्रत्येक आवेदकको जीवनीको सारांश अनि त्यसपछि उनीहरूको जीवनको बिस्तारित भाग थियो।

पृथ्वीनारायणकै छोरा प्रताप सिंग को नाम थियो पहिलो आवेदकमा। उनले प्रतापसिंहको सारांश पृष्ठ पनि नहेरी त्यो आवेदनलाई अस्वीकृत गरे। यदि उनका भई बहादुर शाहले बाबुको एकीकरण अभियानलाई निरन्तरता नदिएको भए सायद प्रतापसिंहकै पालामा नेपाल एकीकरण रोकिन्थ्यो होला। बरु आफ्ना कान्छा छोरा बहादुर शाह नै ठिक मान्थे पृथ्वीनारायणले तर उनले आवेदन हालेका थिएनन्।

त्यसपछि रणबहादुर शाह, गिर्वाणयुद्ध विक्रम र भीमसेन थापाका आवेदनहरू थिए। रणबहादुर शाह, गिर्वाणयुद्ध विक्रमका आवेदनहरू पनि उनले सारांश मात्रै हेरेर रद्दको टोकरीमा मिल्काई दिए। भीमसेन थापाको सराश राम्रै थियो तर उनको जीवनी बिस्तारमा पढ्दै जाँदा उनकै पालामा नेपालले आधा भन्दा बढी भूभाग गुमाउनु परेकोले पृथ्वीनारायण उनीसँग पनि सन्तुष्ट भएनन् अनि उनको आवेदन पनि रद्दको टोकरी मै थन्कियो।

राजेन्द्र र सुरेन्द्रको आवेदनमा एक दृष्टि मात्र लगाएर उनले तिनलाई पनि रद्दको टोकरीमा फाले। तर जंग बहादुरको आवेदनले उनको ध्यान तान्यो। समग्रमा हेर्दा राजामा हुनु पर्ने सबै गुण जङ्गबहादुरमा थिए। उनी बहादुर थिए, निडर थिए, चलाख पनि थिए। उनकै पालामा नेपालले आफ्नो गुमेको भूभागको केही अंश फिर्ता पनि पाएको थियो। तर पनि आफ्नो कार्यकालमा जंग बहादुरले देश र जनताको लागि भन्दा पनि आफ्नो परिवार र भाइ भारदारको लागि काम गरेकोले उनी पनि पृथ्वीनारायणको छनौट मा परेनन्।

त्यसपछि पृथ्वी वीर विक्रम, राणा प्रधानमन्त्रीहरू र त्रिभुवनको नाम थियो आवेदनको चांगमा। ती आवेदनहरूमा पनि उनले त्यति ध्यान दिएनन् अनि एक दृष्टि लगाएर रद्दको टोकरीमा मिल्काए।

महेन्द्रको आवेदनमा भएको सारांशले उनलाई निई आशावादी बनायो। सारांशमा हेर्दा सर्वगुण सम्पन्न थिए महेन्द्र। त्यतिबेलाको विश्व परिस्थितिमा समेत निडर भएर नेपाल\लाई विश्व सामु चिनाउने, नेपालीको सामाजिक एकीकरणको लागि भाषा र धर्मको उचित उपयोग गरेर सबैलाई आत्मा देखि नै नेपाली हुँ भनेर गर्व गराउन भरमग्दुर प्रयास गरेको, कलकारखाना खोलेर देशमा विकास र रोजगारी पैदा गरेको, बाटो घाटो बनाउन सुरु गरेर एउटा नेपाली लाई अर्को नेपाली सँग भौतिक र भावनात्मक रूपले जोडेको जस्ता राम्रो कामका सुची उनको आवेदनमा थिए। तर प्रजातन्त्रलाई मासेर एकतन्त्र चलाउन खोजेको हुनाले पृथ्वीनारायणले उनलाई पनि तुरुन्तै उत्तराधिकारी घोषणा गर्न सकेनन्। बरु महेन्द्रलाई बोलाएर केही कुरो सोध्नु प-यो भनेर उनले कालु पाण्डेलाई महेन्द्रलाई बोलाउन अह्राए।

एकछिनपछि महेन्द्र पृथ्वीनारायणको बैठक कक्षमा प्रवेश गरेर आफ्ना जिजुबुवालाई प्रणाम गरे।

‘मैले तेरो आवेदन हेरेँ, सबै कुरो ठिकै छ तर प्रजातन्त्र मासेको हुनाले अलिकति खोट भेटियो। के छ तेरो बिचार? हुन त अरू केही आवेदनहरू हेर्न बाकी छन्। तर पनि अहिले सम्ममा तँ जत्तिको योग्य भेटिएको छैन।’

‘जिजुबुवाले जिम्मेवारी बक्सियो भने म त्यो निभाउन तयार छु। तर बाकी सबै आवेदनहरू हेरे पछि निर्णयमा पुग्नु मनासिब होला जस्तो मलाइ लाग्छ।’

‘कुरो त ठिक गरिस्। अनि तेरो छोरोले आवेदन हालेको छ त? उ पनि राम्रै थियो, जनप्रिय पनि थियो।’

‘जिजुबुवा वीरेन्द्र सानै देखि राजकाजमा त्यति रुचि राख्दैनथ्यो। सामान्य जीवन नै उसको लागि प्रिय थियो। राजा भएकै कारण ले उसले आफ्नो र आफो सम्पुर परिवार को ज्यान गुमाउनु प-यो। उसलाई काठमाडौँ का गल्लीमा जनता सँगै पैदल हिँडेको नै मन पर्छ त्यसैले उसले यसको लागि आवेदन गरेन’

‘ल ठिकै छ, उसलाई मन छैन भने कर पनि गर्नु हुँदैन। अनि तेरो पालामा एक जना प्रधानमन्त्री भएको थियो नि निकै राम्रो थियो त्यो। के रे त्यसको नाम? मैले अहिले बिर्सेँ। त्यसले आवेदन हालेको छ?’

‘विश्वेश्वरको कुरा गर्नु भएको हो जिजुबुवाले?’

‘हो त्यही। उसले आवेदन दिएको छ?’ यदि तेरो भएन भने म सायद उसलाई नै राजा बनाउन सिफारिस गर्छु होला।

‘उनले आवेदन हालेनन् जिजुबुवा।’

‘किन?’

‘मैले पनि उनलाई आवेदन हाल्न भनेको थिएँ। सायद उनी म भन्दा पनि योग्य छन् होला यो पद को लागि, तर उनले राजा भएर होइन, जनताको नेता भएर काम गर्न चाहन्छु भन्थे, त्यसैले यसमा उसले अनिच्छा देखाए।’

‘तर उ तेरै पालामा जेल परेको होइन र? त्यति राम्रो मान्छे लाई किन जेल हालेको त तैँले?’

‘एउटा जङ्गलमा दुईवटा सिंह बस्न नसके जस्तै कहानी हो त्यो जिजुबुवा। हुन् त उनी म भन्दा अब्बल थिए तर म राजा भएको ले आफ्नो शक्तिले गर्दा उनलाई जेल हाले। त्यसमा मलाइ अहिले पनि पछुतो छ। ‘

‘ल जे हुनु भई गयो म हेर्छु अरू। अनि तेरो आवेदन पनि मैले स्वीकृत गरिन। तँ अहिले जा’ भन्दै उनले अरू आवेदन हेर्न थाले।

‘हवस् जिजुबुवा’ महेन्द्र पृथ्वीनारायणलाई प्रणाम गर्दै बाहिरिए।

पृथ्वीनारायणको अपेक्षा विपरीत आवेदन एउटा मात्रै बाकी रहेछ, उनले अझै निकै धेरै आवेदन होलान् भन्ने सोचेका थिए। त्यसपछि पृथ्वीनारायणलाई अलिकति डर लाग्यो। यदि त्यो अन्तिम आवेदन पनि योग्य ठहरिएन भने के गर्ने भनेर। फेरी आफै गएर बागडोर सम्हाल्ने?

त्यो अन्तिम आवेदकको उनले नाम हेरे।

अनि कालु पाण्डेलाई बोलाएर सोधे- ‘हेर त कालु को हो यो?’

‘विश्वेश्वरको भाइ हो सरकार।’

त्यो सुने पछि उनले अलिकति भए पनि सन्तोषको श्वास फेरे।

विश्वेश्वरको भाइ भएको हुनाले पक्कै पनि विश्वेश्वरका गुणहरू त उसमा अवश्य होलान् नै।

उनको सारांशमा सानै देखि बिश्वेषर सँग मिलेर राणा शासन अन्त्य गर्नमा भूमिका खेलेको। पछि प्रजातन्त्र स्थापनामा पनि निकै ठुलो योगदान गरेको। प्रजातन्त्र पछि सबभन्दा धेरै पटक र लामो समय प्रधानमन्त्री भएको। देशमा गृहयुद्ध समाप्त गरी शान्ति स्थापना गरेको।

त्यो देखेर पृथ्वीनारायण लाई आनन्द महसुस भयो। विश्वेश्वरले आवेदन नहालेर के भयो त, उनको भाइ त रहे छ नि, उ भन्दा पनि अब्बल। अब सायद उसलाई नै पठाउनु पर्ला भनेर उनले बिस्तारमा जीवनी पल्टाएर पढ्न थाले।
तर जब जब उनी पढ्दै गए, उति उति निराश र रिस बढ्दै गयो उनमा। सारांशमा लेखिएका ती सबै कुराहरू हठ, लोभ, स्वार्थको जगमा उभिएका रहेछन्।

खासमा देशमा अहिलेको स्थिति ल्याउनुमा सबभन्दा ठुलो भूमिका त उनकै रहेछ। प्रजातन्त्रलाई कम्जोर बनाउने, नातावाद कृपा वाद बढाउने, न्यायालयमा हस्ताक्षर गर्ने, विकासलाई विनाश पार्ने, जनता फुटाउने, गृहयुद्धको बिउ रोप्ने सबै उसकै कर्तुत रहेछ। यदि उसले आफ्नो पालामा निस्स्वार्थ भएर देश र जनताको लागि काम गरेको भए नेपाल अहिले सम्म त विकसित राष्ट्र भई सक्ने रहेछ। अधिकार भनेको कुर्सीमा बस्ने मात्रै होइन भन्ने अलिकति पनि

अक्कल नभएकालाई दुर्भाग्यवश बागडोर थमाएर नेपाली जनता आफैले आफ्ना खुट्टामा बन्चरो हानेका रहेछन्।

तर अब सबैले पाठ सिकी सकेका रहेछन्। प्राय जसो सबै शिक्षित भई सकेका रहेछन्। त्यसैले यदि ती विश्वेश्वरको भाइ जस्ता नेपाल आमाका कुपुत्र र उसलाई आदर्श मान्नेहरूलाई कुनै हालतमा नेपालमा पुनर्जीवन हुनबाट वञ्चित गरियो भने देशको विकास त आफै हुने रहेछ।

अनि उनलाई कालु लाई बोलाएर भने- ‘ल कालु स्थिति मैले सोचे जस्तो रहेन छ। दुईचार जना कुपुतहरुको हठ र स्वार्थले गर्दा नेपाल बिग्रिएको रहेछ। यदि यस्ता कुपुतहरु लाई नेपालमा पुनर्जीवन लिन बाट वञ्चित गरियो भने नेपाल आफै विकसित हुनेछ। सबै कर्मठ र स्वाभिमानी नेपालीहरू मेरा उत्तराधिकारीहरू हुन्, कुनै एउटा उत्तराधिकारीको खाची छैन अब। बरु तँ तुरुन्त यमराज कहाँ गएर बिन्ती चढाई हाल ताकी त्यस्ता कुपुतहरुलाई नेपाल धर्तीमा भुलेर पनि पुनर्जन हुन् नदिनु भनेर। यति मात्रै गरे यो चार जात छत्तिस वर्णको साझा फुलबारी युगौँ युगसम्म फुल्दै संसारभर सुगन्ध फैलाई रहने छ। मेरा साना दु:खेल आर्ज्याको मुलुक होइन, सबैलाई चेतना भया।‘

5 comments to कथा : उत्तराधिकारी

  • madan bajracharya

    बिर्खे ज्यु
    बिदेशमा नेपाली किन जानु पर्यो, त्याहाको नागरिकता किन लिनु पर्यो त्यो कुरामा बिचार गर्नुस तर इर्स्या नगर्नुस/ नेपाली नेपालकै कारण र नेपालकै निमित गयको छ बसेको र त्याहाको नागरिकता लियको छ/ अब निम्न कुरामा बिचार गर्नुस:

    ०१. नेपाल बिस्वकै सानो मुलुक मध्य यक हो/ तर प्रकृतिले नेपाललाई नेपाल भूआकारमा भन्दा २२ गुणा ठुलो र जना संख्यामा ५० गुणा ठुलो भारतलाई पाल्न सक्ने मात्रै होईन नेपाललाई बिस्व्मै धनि र बिकशित मुलुक बनाउन पुग्ने श्रोत दियको छ/ तर यहि श्रोतमा डकैति गर्नेको हिमायातिको शासन चल्दै आयकोले नेपाल गरिव भयो नेपाली गरिव मात्रै होईन नेपालीले गर्दै आयको पेसा समेत खोसियो बेरोजगार भयो/ आफु यक्लैको कुरा भय कुरा अर्कै, तर के गर्ने पेशा खोसिनु र अरु रोजगार बात बन्चित बनायाकोले आफ्नो परिबार भोकै मरेको कसले हेर्न सक्छ? यसैले नेपालि विदेश जानु पर्यो/
    ०२. नेपालको इतिहास साछी छ बिर्खे ज्यु नेपालमा सत्तामा बस्ने को “जी हजुरी नगर्ने” माथि अनेकौं प्रकारको कोट पर्व गरिंदै आयकै छ/ रानाको पालामा रानाको बिरोध गर्ने नेपालमा बस्न सक्दैन/ सक्रिय राजतन्त्रको पालामा राजाको बिरोध गर्ने नेपालमा बस्न सक्दैन/
    ०३. मावोबादीको जनसरकार चलेको बेला मावोबादीको बिरोध गर्ने नेपालमा बस्न सकेन/
    ०४. सम्पूर्ण तराईलाई मधेशाबदिले चाहेमा नेपाल बात अलग्गिन समेत सकिने स्वायत मधेश बनाउनु पर्ने भन्ने मधेसीको बिरोध गर्ने तराईमै बस्न सकेन/
    ०५.नेपालमा भारतीय उत्पादनको बजारमा धक्का पुर्याउने सबै उद्योग आफ्ना कार्यकर्ता लाई हड्ताल र भ्रस्टाचार गरायर बन्द बा बिक्रिनै गर्नु पर्ने अबस्थामा पुर्यायर नेपाली कामदारहरुलाई बेरोजगार बनायको तपाइंले भुलेको त् पक्कै छैन होला/ नेपालमा काम पाउने अवसर नै नभय पछि घर चोकमा भिख माग्न सबैले सक्दैन त् विदेश जानु परेन?
    ०६. बिदेशको आवाशीय भिसा बा नागरिकता लियाकाहरु कुनै पनि बेला नेपाल फेरी पनि त्याग्न सकिने भयकोले तेस्तो नेपालिमा तपाइंलाई श्रम मन्त्रि लाल्काजिलाई जस्तै बिस्वास नभयको र इर्द्स्या लागेको भय, सुन्नुस तेस्रो मुलुकको आवाशीय भिसा नपायको र नागरिकता नलियका सबै नेता र नेपालीहरुले जन्मन साथ् नै भारतको आवाशीय भिसा पाउने र भारतमा भारतीय नागरिकले पाउने सुबिधा समेत पाउने ब्यबस्था कांग्रेसले २००८ सालमै गरेको छ र त्यो सन्धि अनुसार कुनै पनि नेता र नेपाली कुनै पनि बेला नेपालमा रास्त्रघात गरेर बा भ्रस्टाचार गरेर बा ज्यान मारेर लुटेर भारत मा सताई बसोबास गर्न जान सक्छन र तेसो गर्नको निमित उनीहरुले कुनै पासपोर्ट र भिसा समेत लिनु पर्दैन/ तेस्तो सुबिधा त्लि तपाइंले पनि पायाकै छ नि/

    अब तेश्रो मुलुकमा आवाशीय भिसा पायाको र त्याहा कम गर्दै पढ्दै गर्दा डिग्री पाउञ्जेल ३५ बर्ष काटेका नेपालीले किन विदेशको नागरिकता लिन्छन भन्ने बारेमा कुरा गरूँ/
    ०१. आवाशीय भिसा म्यादी भिसा हो कहिँ ४ बर्षको हुन्छ त् कहिँ दस बर्षको/ म्याद सकिय पछि तेस्तो भिसाको म्याद नथपिन पनि सक्छ र म्यादी नासकीय पनि कुनै पनि बेला त्याहाको सरकारले फिर्ता पठाउन सक्छ/ नेपालमा काम नापायाकोले बिदेशमा काम गर्दै गरेको नेपाली नेपाल फर्केमा काम पाउने सुदिन र सुब्यबस्था नेपालमा आयकै छैन/ फेरी तेस्तो भिसामा बिदेसमा काम गर्दै आयको बिदामा नेपाल आयर फर्कंदा त्याहाको अध्यागमनले कुनै कारण समेत नदेखाई नेपाल फर्काउन सक्छन/ किन भने कुनै पनि प्रकारको भिसा मात्र सहुलियत हो अधिकार होईन/ त् यस्तो अबस्था बात mukt हुन् विदेशको नागरिकता लिनु परेन?
    ०२. अब मूल कारण/ बिदेशामा अवकास पाउने उमेर पुगे पछि पाउने निशुल्क उपचार, आफ्नो सन्तानको निमित बिदेशमा पढाउने भिसा, र नेपालमै बसेर अवकास भत्ता अधिकारको निमित नेपालीले त्याहाको नागरिकता लिन्छन/

    मित्र अर्को कुरा थाह छ तपाइंलाई नेपाली विदेशको नागरिकता लियता पनि उनीहरुले त्याहा कुनै राजनैतिक अधिकार पाउन्दैनन नेपालमा जस्तै/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Birkhe

    नेपाली मुलका बिदेशी नेपालीलाई बा आमाको नेपाली नगरिग को प्रमाण पत्र को अधर्म एन आर एन को आधारमा गैर नेपाली नगरिग मानिने राजनैतीक हक बाहेक सम्पूर्ण अधिकार दिने भन्ने निमबली तयार भएको कुरा सुन्न पाउँद खुसि लग्नु स्वाभाविक हो | तर नेपालीले राजनैतिक कारण बिदेशमा पेश गरेर राजनितीक सरनार्थी भएर बिदेशमा पीआर पाएर पछि त्यो देशको नागरिता लिएको व्यक्तीका लागि कुन मुख र नैतिकताले पुन नेपाली गगरिकता लिने |
    अर्को बिषय तेत्रो ठुला देश भारतले पनि तिन पुस्त जचेर मात्रै ओभर सीज आइ कार्ड दिएको छ तेही बिषय लै अनुकरण गरेर नेपाल पनि एन आर एन कार्ड व्यबस्थ भएको हो हाम्रो पनि

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    नेपाल को भौगोलिक परिवेश बिसेस छ | यहा हिन्दि फिल्म मा जस्तो हिरो आएर सबैको उद्दार गर्ला भन्ने सपना देख्नु दिवा सपना हुन्छ | आफ्नो समय मा प्रिथ्बिनारायण , , बहादुर साह, जुङ्ग बहादुर , महेन्द्र हिरो हुन् सके | सायद आज ति भए गुमनाम पनि हुन्थे होलान |
    सुर्य बहादुर ,प्रचण्ड, बाबुराम , ओली सबैबाट नेपालीले केहि आस गरेका थिए , बिकास न भएपनि भ्रास्ताचार को अन्त होला , देश सिस्टम बात चल्ला | तर देश झन् बेथिति बात चल्दै छ | प्रविन गुरुङ हत्यारा पारसलाई सजाय दे भन्दै सिग्नेचर क्याम्पेन गरेको रबिन्द्र अधिकारि को पालामा नेपाल बायुसेवा निगम मा अरबौ रुपियाको घोटाला भयो , प्रचण्ड ले हतियार समायोजन मा अरबौ घोटाला भयो भन्छ उसकै सहकर्मी बाबुराम ( हेर्नुस यु ट्युब भिडियो ), देश को गरिब ले सिटामोल र जिबंजल न पाएर मोरिरहेकोमा ओली सरकार कै पालामा सभासद , कर्मचारी को तलब भत्ता मा भारि ब्रिद्दि गर्यो , सुनकाण्ड , खुफिया र गुण्डा हरुको बिग बिबिगी , पंचायत मा न भएको भ्रास्ताचार , मनमानी अफिस मा जथाभाबी , राज्यकोस को लुट , गुगल ब्वाई लाइ समेत राज्यकोस बात लुटेको रकम ?
    फेरी पनि नेपाल चलेच्कै छ , मध्यम बर्ग समेत गाडी चड्ने अबस्थामा पुगेकै छन् , बाटो घाटो बिदेसी ले बनाइदेकै छन् | पाखे बानर हरुले पाखोबारिको मकै लुटेको जस्तो लुट्दा पनि नेपाल अझै जीवित छ ? कसरि ?
    किनभने १९४७ पछि भारत स्वतन्त्र भएपछी , नेपाल मा छाया सरकार राखेर नेपाल दिल्लीबाट चलेको छ | जब दिल्ली ले आफु बाइपास भएको जस्तो स्थीति देख्यो माउबादी आन्दोलन गरायो , दर्बार हत्या काण्ड समेत गरायो | तेस्पछि को त्स्थिति हाम्रो सामु छ |
    नेपालीको रास्ट्र भक्ति मा हात राख्दा ओली ले जित्यो , प्रचन्डले ओलीको पुछार समाएर राज गर्न पायो |तर कुनै बिस्वास गर्न लायक रहेनछन पुस्टि भैसकेको छ |
    अब हामीले चाहे पनि न चाहेपनि , नेपाल को सत्तामा भेडाको छाला वोडेको ब्वासो को छाया सरकार राखेर सासन गर्ने दिल्लीले हो |
    यो उसले लामो समय देखि गरिआएको छ , प्रधान मन्त्रि भएपछी बाबुराम ले प्वाक एक चोटी बोलेको थ्यो , नेपाल त् अन्त कतैबाट पो चल्दो रहेछ |
    पछि यो कुरा सच्यायो , मैले भनेको छैन भन्यो | तर यथार्थ तेही नै थ्यो |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Shiva Hari Adhikari

    मदंजी को कुरा पनि के हो के हो भन्ने जस्तो प्रिथिवी नारायण ले गरे पनि बहादुर शाह ले गरे पनि आखिर नेपाल को एकीकरण हो, एउटा ठिक अर्को बेठिक कसरि भयो. कि दुइतै बेठिक कि दुइतै
    ठिक भन्नुस.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • madan man bajracharya

    बहादुर शाहले आवेदन दियनन!!, यहि दुखको कुरा हो/ तल धरतीको नेपालमा मात्रै राम्रो कोहि अगाडी आउने नचाहने वा आउनै नदिने किन हो त्यो त् मारारिन्दै जिउन बाध्य भयका नेपालको नियतिनै भै सकेको छ तर माथि स्वर्गमा पनि तेस्तो? कहिँ कृष्ण प्रसाद भट्टराई लाइ अन्तर्घात गर्ने, आफु भन्दा योग्य लोक प्रिय गणेशमान जस्तोलाई पनि पार्टीमा बेईज्जत भयकोले पार्टी त्याग्न बाध्य गर्ने नरक जानु पर्ने ” त् जस्तो जस्तो हाम्रो अगाडी पनि नआ” भन्नु भयर पनि गुटले महा नायक बनायाका गिरिजा जस्तैको भिड त् गल्ति बस स्वर्गमा पुगेको होईन?

    आफ्नो राज्य कब्जा गरियकोमा र युद्धमा हरायको भनेर पेलेरै दवायर शासन गरेकोमा जनजातिकाहरु प्रिथ्बिनारायण शाह सिट रिसाउनु अस्वाभाविक थियन/ पृथ्बी नारायण शाहले म” टुक्रा टुक्रा भयको नेपाल यकिकरण गर्छु” भनेरै उपत्यका लगायत अरु जनजातिका राज्यहरु कब्जायाको थियन/ त्यो कार्य उसले मात्र आफ्नै महत्वकान्छ्या पुरा गराउन मात्रै गरेको थियो/ तर बहादुर शाहले जुन भूगोल नेपाललाई दिलाय त्यो उसको देस्भाक्ति नै थियो, बहादुरिनै थियो/ उसलाई जति प्रसंसा गरे पनि कमै हुन्छ/ तर के गर्ने माथि लेखमा स्वर्गमा त् बहादुर साह जस्तो व्यक्ति पनि अघि आउन नसक्ने अवस्था भय पछि अब तल धरतीको नेपालमा राम्रो नेताले नेतृत्व गर्न …..

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)