यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

भदौ १ गतेदेखि बलात्कारको नयाँ परिभाषा (*१८ वर्षमाथिकाले मात्र पढ्नु होला)


खासमा यो कानुनसम्बन्धी ब्लग हो। बलात्कारबारे बन्दै गरेको नयाँ कानुनको व्यवस्थाबारे ब्लग भए पनि यसमा प्रयोग भएका भाषा र विषय आदिका कारण यो ब्लग सबैका लागि उपयुक्त छैन जस्तो लाग्यो। त्यही भएर सुरु मै सूचना राखेँ- कृपया १८ वर्षमाथिकाले मात्र यो ब्लग पढ्नु होला।

मुलुकी ऐन निकै पुरानो भइसक्यो। त्यसैले अब त्यसको ठाउँमा भदौ १ गतेदेखि नयाँ कानुन लागू हुँदैछ।

नयाँ कानुनमा बलात्कारको नयाँ परिभाषा दिने तयारी छ। नयाँ परिभाषाबारे थाहा पाउनुअघि अहिलेको कानुनमा के छ, हेरौँ। हाल चलनचल्तीमा रहेको मुलुकी ऐनको महल १४ मा बलात्कार अर्थात् जबर्जस्ती करणीको परिभाषा यसरी दिइएको छ-

अहिलेको कानुनमा बलात्कार भन्नाले कसैले कुनै महिलालाई उसको मञ्जुरी नलिई सेक्स गरेमा वा १६ वर्षभन्दा कम उमेरकी बालिकालाई मञ्जुरी लिएरै गरे पनि ठहरिन्छ।

यसको स्पष्टीकरणमा डर, त्रास, धाक देखाई करकाप गरी अपहरण गरी, शरीर बन्धक राखी लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन भनिएको छ। त्यस्तै होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई पनि मञ्जुरी मानिने छैन भनिएको छ।

तेस्रो स्पष्टीकरण पछि थपिएको हो। लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन २०६३ ले व्यवस्था गर्‍यो- योनीमा लिङ्क केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनका लागि करणी गरेको मानिनेछ।

अदालतमा बलात्कारका मुद्दा पर्दा दोषीले लिङ्ग योनीमा प्रवेशै गरेको छैन भन्ने दावी गर्न थालेपछि यस्तो व्यवस्था गरिएको हो। अदालतले पनि बलात्कार हुन योनीमा लिङ्ग पूरै प्रवेश गर्न नपर्ने नजिर बनाएको थियो।

मुलुकी ऐनलाई बदल्ने गरी बनाउन लागेको ऐनको मस्यौदा गर्दा कानुन मन्त्रालयले यस्तो व्यवस्था गरेको थियो-

यसमा मञ्जुरी लिएर गरे पनि मान्य नहुने अवधि १६ वर्षबाट बढाएर १८ वर्ष बनाइएको छ। त्यसैगरी योनीमा लिङ्ग केही मात्र प्रवेश भए पनि बलात्कार भएको मानिनेलाई कायम राख्दै दुई वटा थप व्यवस्था पनि गरेको छ- मुख मैथुन र गुदद्वारा करणी। अर्थात् बलात्कारको परिभाषामा योनी र लिङ्गमात्र अब रहेन। मुखमा कसैले मैथुन गरेको भए वा चाकमा कसैले गरेको भए पनि यो बलात्कार नै मानिने व्यवस्था गरियो।

यो मस्यौदा संसदीय उपसमितिमा पुग्दा थप परिमार्जन भएर आयो। अहिले के के थप भयो त, हेर्नुस्-

लागू हुन लागेको ऐनमा मुखमा वा चाकमा लिङ्ग पसाएमा मात्र हैन मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा पनि बलात्कार मानिनेछ। त्यति मात्र हैन योनीमा लिङ्गमात्र हैन लिङ्गबाहेक अन्य कुनै वस्तु प्रवेश गराएमा पनि जबर्जस्ती करणी अर्थात् बलात्कार भएको मानिनेछ।

केही अघि सर्वोच्च अदालतले संखुवासभाको एक घटनामा महिलाले महिलालाई बलात्कार गरेको भन्दै सजाय सुनाएको थियो। त्यसमा एक महिलाले कृत्रिम लिङ्ग अर्की महिलाको योनीमा प्रवेश गराएकी थिइन्। तर सर्वोच्चले त्यसलाई जबर्जस्ती करणी नै ठहर गरेको थियो।

यस्तो थियो सर्वोच्चको ठहर-

महिलाले महिलालाई जबर्जस्ती करणी गर्न सक्ने तथा सोको परिकल्पना मुलुकी ऐनको जबरजस्ती करणीको महलको १ नं ले गरेको देखिन्छ। यो सैद्धान्तिक प्रश्नको निरुपण गरेपछि अब प्रस्तुत मुद्दाको तथ्यहरुको आधारमा प्रतिवादी अजय शेर्पाले पीडितलाई जबर्जस्ती करणी गरेको स्थापित हुन्छ वा हुँदैन सो सम्बन्धमा विचार गरिनुपर्छ।
सो सम्बन्धमा विचार गर्दा जाहेरवाली पीडितले यी प्रतिवादी अजय शेर्पाले दुईपटक करणी गरेको भनी जाहेरी दरखास्तमा उल्लेख गरेकी छन्। वारदात भएको भनिएको दिनको भोलिपल्ट यी प्रतिवादी पक्राउ परी शरीरको खानतलासी हुँदा यिनको शरीरबाट पेन्टीमा बाँधेको अवस्थामा ७ इन्च लम्बाइ र ५.५ इन्च गोलाइ नाप भएको कृत्रिम लिङ्ग बरामद समेत भएको छ। यी प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा समेत आफूले पेन्टीभित्र लुकाएर राखेको कृत्रिम लिङ्गको प्रयोग गरी पीडितको योनीभित्र दुई-तीन पटक तलमाथि गरीदिएको भनी स्वीकार गरेका छन् भने अर्का अभियुक्त सागर शेर्पाले पनि अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा दिदी अजय शेर्पा र पीडित एउटै खाटमा सुतेको र खासखुस कुरा गरेको सुनेको भनी बयान गरेका छन्।

प्रतिवादीले अदालतमा गरेको बयानमा पीडितलाई जबर्जस्ती करणी गरेको कुरालाई इन्कार गरेको भए तापनि रातको करिब ११ बजेतिर जाहेरवाली आफ्नो खाटमा आईसँगै ढल्केको कुरालाई सम्म स्वीकार गरेका छन्। यसरी प्रतिवादी अजय शेर्पाले पीडितलाई कृत्रिम लिङ्गको प्रयोग गरी करणी गरेको तथ्यमा अदालतमा इन्कार गरेको भए तापनि अधिकारप्राप्त अधिकारी समक्ष उक्त तथ्यमा समेत सावित भइबयान गरेको‚ निजको सँगसाथबाट कृत्रिम लिङ्ग बरामद भएको र पीडित स्वयमंले दिएको जाहेरी‚ मौकामा गरेको बयान तथा अदालत समेतमा बकपत्र गर्दा प्रतिवादी अजय शेर्पाले आफूलाई करणी गरेको हो भनी किटान गरेको समेतबाट पुष्टि भैरहेकोले प्रतिवादी अजय शेर्पाले पीडितलाई कृत्रिम लिङ्गको प्रयोग गरी करणी गरेको तथ्य निर्विवाद रुपबाट स्थापित हुन आएको देखियो। जिल्ला स्वास्थ्य कार्यालय, खाँदबारी अस्पताल, संखुवासभाले दिएको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा निजको योनी वरिपरि कुनै घाउ चोटपटक नभएको र निजको कन्या जाली पहिल्यै च्यातिएको अवस्थामा रहेको भनी उल्लेख भएको देखिन्छ। पीडितको योनी वरिपरि घाउचोट नभएको तथा वीर्य स्खलन भएको नदेखिएको भन्ने आधारमा मात्र जबर्जस्ती करणी भएको थिएन भनी भन्न मिल्दैन।’

‘लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ बाट संशोधन हुनुपूर्व जबर्जस्ती करणी लोग्ने मानिसले स्वास्नी मानिसको विरुद्धमा गर्ने‚ गराउने र गर्न सक्ने अपराधको रुपमा राखेको थियो। यसरी लोग्ने मानिसले स्वास्नी मानिसको विरुद्धमा गर्ने अपराध भनी प्रस्ट उल्लेख गरी कानूनी व्यवस्था भएकोमा उक्त संशोधनले यसको दायरालाई फराकिलो बनाउदै कसैले भन्ने शब्दको प्रयोग गरेको अवस्थामा जबर्जस्ती करणीको पीडक केवल पुरुष मात्र हुन्छ भन्ने उक्त व्यवस्थाको मनसाय हुने देखिँदैन। केवल पुरुष मात्र पीडक हुने भन्ने विधायिकाको मनसाय हुन्थ्यो त उक्त संशोधनको आवश्यकतानै पर्ने थिएन।’ यससम्बन्धमा थप जानकारी यहाँ छ।

 

अब यसैलाई कानुनमा नै स्पष्ट पार्न लागिएको हो। नयाँ कानुनमा बलात्कारको परिभाषा फराकिलो बन्दैछ। यस्तो छ नयाँ कानुनको व्यवस्था-

6 comments to भदौ १ गतेदेखि बलात्कारको नयाँ परिभाषा (*१८ वर्षमाथिकाले मात्र पढ्नु होला)

  • Manas

    डियर उमेश जी, मैले कतै पढेको थिएँ पुरानो मुलुकी ऐनमा, बलात्कृत भएकी महिलाले बलात्कारीलाई २४घण्टा भित्र मारेमा ज्यान माफीको कानुन थियो। त्यो व्यवस्था अहिलेको मुलुकी ऐनमा के कस्तो छ?? कृपया यस सम्बन्धी जानकारी गराउनु भएको आभारी हुने थिएँ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • शहयात्री शाथी प्रकाश

    यहाँ त स्पस्ट वालिका भनेर लेखियो/भनियो अनि यदि बालक लाई करणी भएको भए चै खै सरकार कानुन???कि छोरा मान्छे चै बलत्कृत नै हुदैन भन्ने मनासाय हो???अपुरो पनि कति अपुरो कानुन हौ नेपालको छि???

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • narendra

    अनि , यदि १८ वर्ष भन्दा तल का केटा र केटि वा केटि केटि वा केटा केटा को सम्बन्ध लाइ के भन्ने यो आदि कानुनमा उल्लेख छैन भने अपुरो हुन्छ. यदी छ भने हामि लाइ जानकारी गरराउदा कसो होला/

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Balak

    बालिकालाई मात्र? बालकलाई गरेको जबर्जस्ति कानुनी हुने भो उसो भए?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • vivek

    mahilale puruslai balatkaar gardako scenario kanunle parikalpana nai nagare jasto lagyo ta. Am I missing on sth?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0