यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

आजको खबर : रहेनन् बुढाबुढीलाई भत्ता दिने नेता भरतमोहनअधिकारी, यस्तो छ उनको राजनीतिक यात्रा

आज फागुन १८ गते  शनिबार पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ। विगत तीन हप्तादेखि ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत उनको शनिबार राती ९ बजेर  ३५ मिनेटमा निधन भएको हो।

अधिकारी उपप्रधानमन्त्रीसहित चारपटक अर्थमन्त्री भए। एक पटक भौतिक पूर्वाधारमन्त्री भए ।

अधिकारीले आफ्नो गाउँ आफैं बनाऔं अभियानका लागि २०५१ मा बजेट छुट्याएका थिए। अर्थतन्त्रको सबै स्वामित्व राज्यले लिनु पर्छ भन्ने एकथरी र सबै बजारलाई नै छाडिदिनु पर्छ भन्ने अर्काेथरी विचारधारको बीचबाट अधिकारीले राज्य, सहकारी र नीजि क्षेत्रको तीन खम्बे अर्थनीति अंगिकार गर्नुपर्ने मत अघि सारेका थिए।

त्यसपछि एमालेले पटकपटक सरकारमा जाने मौका पाउँदा भरतमोहन प्रायः छुटेनन्।  तत्कालिन एमालेमा सधैं उनी प्रभावशाली नेताका रुपमा रहे । २०७१ सालको एमालेको नवौं महाधिवेशनले ७० वर्षे उमेरहद कायम गरेपछि उनी सक्रिय राजनीतिबाट अवकाश लिएका थिए।

रहेनन् बुढाबुढीलाई भत्ता दिने नेता भन्दै अनलाइनखबरले लेखेको छ।

अधिकारीले सामाजिक सुरक्षा भत्ताका रुपमा ७५ वर्ष उमेर पुगेका वृद्ध-वृद्धाका लागि मासिक एकसय रुपैयाँ भत्ता सुरु गरे। यही योजनाअन्तर्गत अहिले ७० वर्ष उमेर पुगेका वृद्ध-वृद्धाले मासिक २ हजार रुपैयाँ पाइरहेका छन्। यसको दायरा विस्तार गर्दै एकल महिला र अपांगता भएका व्यक्तिलाई पनि मासिक भत्ता दिइँदै आइएको छ।

अधिकारीले त्यतिबेला ४२ अर्ब ६९ करोड रुपैयाँको बजेट ल्याएका थिए। आर्थिक वर्ष २०५१/०५२ मा राजस्वबाट सरकारले २३ अर्ब ८५ करोड रुपैयाँ जुटाउने लक्ष्य राखेको थियो। यसैग। वैदेशिक सहायता ४ अर्ब र वैदेशिक ऋण ११ अर्ब रुपैयाँ ल्याउने सोच सरकारको थियो।

सम्झनामा भरतमोहन अधिकारी : जसले नौ महिना अर्थमन्त्री हुँदा ल्याएको बजेट अहिलेसम्म चर्चामा छ भन्दै पहिलोपोस्टले लेखेको छ।

नेता अधिकारीले २०४६ सालको पञ्चायत विरुद्धको आन्दोलनमा बाम मोर्चा गठनमा सक्रिय रुपमा भूमिका समेत खेलेका थिए । उनकै पहलमा सात वटा बाम घटकहरु एक भएर संयुक्त बाम मोर्चा निर्माण भएपछि पञ्चायत विरुद्धको आन्दोलन सफल भएको थियो ।

तत्कालिन नेकपा एमालेको पाँचौँ, छैटौँ, सातौं र आठौं महाधिवेशनमा उनी मूल आयोजक समितिको संयोजक थिए भने छैटौँ, सातौँ र आठौं महाधिवेशनबाट स्थायी समितिमा निर्वाचित भएका थिए । नेता अधिकारी राजनीतिमा ५० वर्षभन्दा बढी समय केन्द्रीय तहको नेतृत्वको भूमिका निर्वाह गरे । २०७१ को महाधिबेशनबाट अधिकारीले पार्टीको कुनैपनि जिम्मेवारी नलिने स्वैच्छिक अवकाशको घोषणा गरेर फेरी उदाहरणीय नेता बनेका थिए ।

उनको नेपालमा औद्योगिकरणको समस्या, मेरो जीवन यात्रा भाग–२, संसददेखि संविधानसभासम्म पुस्तक प्रकाशित छन् भने जनताको बहुदलिय जनवादको अर्थशास्त्र प्रकाशोन्मुख छ । साना र कुटिर उद्योगलाई प्रोत्साहन गर्ने अधिकारी आयातमुखि अर्थतन्त्रलाई रोक्न गाउँगाउँमा उद्योग धन्दा खेल्नुपर्छ भन्ने अभियानका अभियन्ता थिए ।

२०६१ सालमा राजा ज्ञानेन्द्रले ‘कु’ गरेर सत्ता हातमा लिँदा उनी उपप्रधानमन्त्रीकै अवस्थामा पक्राउ परेर तीन महिना नजरबन्दमा बसेको तितो यथार्थ हामी सामु छ । २०६२ सालमा पनि ज्ञानेन्द्र शासनविरुद्ध संघर्ष गर्दा उनलाई नजरबन्दमा राखिएको थियो ।

नेता अधिकारी ‘नेपाल अधिराज्यको संविधान २०४७’ को संविधान सुझाव आयोगका सदस्य समेत थिए।  त्यस्तै ‘नेपालको संविधान २०७२’ जारी गर्दा संविधानसभाको मस्यौदा लेखन समितिमा बसेर काम गरेका थिए।

सबैका लोकप्रिय नेता भरतमोहन अधिकारी, यस्तो थियो उनको राजनीतिक जीवन भन्दै रातोपाटीले लेखेको छ।

कसैसँग नरिसाउने, नझर्कने, मधुर मिजासका अधिकारी उमेर र राजनीतिक सक्रियताका कारण एमालेभित्र ‘बरिष्ठ नेता’ कै पंक्तिमा पर्थे। यति हुँदाहुँदै पनि आफुभन्दा कनिष्ठहरुलाई नेता मान्न कहिल्यै अप्ठेरो मानेनन्।

त्यसैले, एमालेभित्र उनी सधैँ सबैका प्रिय रहे। कारण यही थियो कि, सरकारमा अवसर पाउँदा एमालेबाट अधिकारी नै अघि सारिन्थे।

त्यसको अर्को कारणपनि थियो, अधिकारीको लचिलो राजनीतिक संस्कारका कारण कोइराला र देउवापनि एमालेले पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्ने गरी अधिकारीलाई पठाइदिए हुन्थ्यो भन्ने चाहना राख्थे।

विरोधीका लागि पनि आँखामा नबिझाउने अधिकारी पार्टीप्रति कति धेरै प्रतिबद्ध थिए भने, २०५६ को निर्वाचनमा पार्टी निर्णय शिरोधार्य गर्दै उनी तत्कालिन प्रम गिरिजाप्रसाद कोइरालासँग मोरङ–१ मा प्रतिस्पर्धा गर्न समेत तयार भए।

उनी पराजित भए, तर कोइरालासँगको प्रतिस्पर्धा किन उल्लेख्य रह्यो भने, त्यो सरकारमा कोइराला प्रधानमन्त्री थिए, अधिकारी कोइरालाका बरिष्ठ मन्त्री (अर्थ) थिए।

साहना प्रधान, वामदेव गौतमजस्ता नेताहरुले पार्टी विभाजन गरेपछिको प्रतिकूल स्थितिमा एमाले त्यो निर्वाचनमा होमिएको थियो। माले भर्खर सरकारबाट बाहिरिएपछि कोइरालाले एमालेलाई सरकारमा ल्याएका थिए।

विभाजनका बाबजुद एमाले ७१ सिटका साथ प्रतिनिधि सभामा प्रवेश गरेको थियो। मोरङ–१ बाट प्रम कोइरालासँग आफु पराजित भएपनि सरकारमा पार्टीको नेतृत्व गर्दै प्रतिकूल स्थितिमा पार्टीलाई त्यो हदको विजयका लागि उनले योगदान दिएका थिए।

यसबाहेक एमालेको आर्थिक स्थिति मजवुत बनाउन पनि उनले भूमिका निर्वाह गरे। व्यापारिक समुदायसँगको हार्दिक सम्बन्धका कारण आर्थिक भरअभर पर्दा एमालेले अधिकारीलाई नै अघि सार्ने गथ्र्यो।

अधिकारी नेपालको कम्युनिष्ट आन्दोलनमा यस्ता सकारात्मक पात्र हुन्, जसले आफु बृद्धावस्थामा पुगेपछि स्वेच्छाले पदीय राजनीति त्यागे।

‘आफ्नो गाउँ आफै बनाऊँ’ र बृद्धभत्ता नीतिका सूत्रधारको अन्त्य भन्दै नेपालखबरले लेखेको छ।

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)