यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

प्रम ओलीले प्रचण्ड जस्तै भनेर प्रशंसा गरेका सीके राउत एक जमानामा गेरुवस्त्र लाएर भगवान खोज्दै हिँडेका थिए

अहिले सीके राउत फेरि चर्चामा छन्। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सहमति घोषणा कार्यक्रममा प्रचण्ड जस्तै निर्णय क्षमता भएको भनेर प्रशंसा पनि गरे। यसरी प्रशंसा गर्दा मञ्चमा प्रचण्ड पनि सँगै थिए। प्रचण्डले बोल्ने मौका नै पाएनन्। आफूलाई पृथकतावादी अभियान चलाइरहेका राउतसँग तुलना गरिएकोमा प्रचण्डलाई कस्तो लाग्यो होला सुन्न पाइएन। सिके राउतको बारेमा उनको आत्मकथाका आधारमा सन् २०१४ मा यस्तो लेखिएको थियो।

सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका हुन्। युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्‌कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भएका थिए।

उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हक-हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर-आवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि हुन्।

पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गरेका उनी आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर हिँडे। त्यसपछि जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपमा जापान गए।

जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा गेरू वस्त्र लिएर घरबाट निस्केका राउतसित कहाँ जाने कुनै योजना थिएन। भगवान खोज्ने भन्दै भारतका कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपर्तीस्थित प्रशान्ति निलयमसम्म पुगे।

आत्मकथा बैरागदेखि बचाउसम्ममा उनले त्यही क्रममा पहिचानको ब्रह्मज्ञान भेट्टाएको बताएका छन्।

एक महिनापछि उनी फेरि जापान फर्किए। जापानमा कोर्सको अन्तिमतिर उनी बिरामी भए। अस्पतालमै उनले आफ्नो थेसिस लेखे, थेसिसको डिफेन्स गर्न एक जापानी साथीले अस्पतालबाट डिपार्टमेन्टसम्म उनलाई ह्ववीलचेयरमा लग्नुपरेको थियो।

जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिवर्सिटीमा विद्यावारिधि गर्न आवेदन दिएर छनौट भए।

पहिलो पटक इन्जिनियरिङ पढ्न काठमाडौँ आउँदा यहाँ ऋतिक रोशन कान्ड भएको थियो भने जापानमा फर्कने क्रममा इराकको आतंकवादी संस्थाले नेपालीहरुको हत्या गरेपछि काठमाडौँमा दङ्गा भड्किएको थियो। ती दुवै घटनालाई उनले मधेसीमाथि भएको दमनका रुपमा लिएका छन्।

मधेश ‘स्वतन्त्र’ पार्न गठबन्धन
सन् २००६ को अगस्तमा घर फर्कँदा मधेस आन्दोलन सुरु भएको थियो। मधेश आन्दोलनकै क्रममा उनीसहितको समूहले स्वतन्त्र मधेशको अर्को कुनै विकल्प नभएको सार निकाल्दै ‘मधेश अधिकार एवं स्वतन्त्रता गठबन्धन’ अर्थात् एलायन्स् फर् राइट्स एन्ड इन्डिपेन्डेन्स् अफ् मधेश (ARIM) को स्थापना गर्‍यो।

ARIM को मूल नारा ‘नेपाली उपनिवेश र रंगभेदको अन्त्य, मधेशीको समोचित अधिकार र मधेशको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेशको स्थापना’ थियो। यसको आफ्नै झन्डामात्र थिएन, मधेशको प्रस्तावित राष्ट्रगान पनि उनी आफैले तयार पारे। एरिमलाई संगठित गर्दै मूलधारका मधेशवादी नेताहरूसँग पनि सम्पर्क गर्दै आफ्नो एजेन्डा अगाडि बढाउन उनले आग्रह गर्न थाले।

विवश्वान कुमार, आजाद र ईंजोड आदि छद्मनामबाट उनले लेखहरु लेख्न थाले। कम्प्युटर इन्जिनियरिङ पढेका र ह्याकिङ जानेका उनले स्पाइडर प्रोग्रामै तयार पारी नेपालसँग सम्बन्धित वेबसाइटहरूबाट लक्षित समूहका लाखौं इमेल संकलन गर्दै नियमित रूपमा आन्दोलनको अद्यावधिक वस्तुस्थिति र लेखहरू पठाउँथे।

सन् २००९ मा उनी अमेरिका सरे इन्टरनेट/आर्पानेट र इमेल सिस्टम विकास गरेको संस्थाको रूपमा प्रख्यात बीबीएनमा वैज्ञानिकका रुपमा कार्य गर्न। अमेरिका गएर मधेशीहरूको डायस्पोरा संगठन बनाउने योजना पहिलादेखि नै थियो उनको, त्यसलाई कार्यान्वयन गर्न थाले।

मेची महाकाली यात्रा
अमेरिकाबाट उनी मेची महाकाली यात्रा गर्न नेपाल फर्किए। आफ्नो आत्मकथामा उनले त्यस क्रममा काठमाडौँप्रति तीतो यसरी पोखेका छन्-

‘काठमाडौं ओर्लेपछि त्यहाँ एक रात मात्र बसेर म मधेशतिरै लागें। त्यसैपनि काठमाडौं बिरलै बस्न लायक थियो। काठमाडौं कुनै जमानामा मन्दिरहरूको शहर होला तर त्यो केवल वेश्याहरूको शहर बनिसकेको थियो। हुन पनि किन नहोस्, जब नेपाल टूरिज्म बोर्डले नै ट्रेकदेखि सेक्सका लागि विदेशीहरूलाई विज्ञापनद्वारा खुल्ला आमन्त्रण दिन्छ भने।’

गैरआवासीय मधेशी संघको ब्यानर टाँगेर उनीसहितको समूहले मेची-महाकाली यात्रा गर्‍यो। त्यस क्रममा उनले गरेको अनुभवलाई उनले यसरी लेखेका छन्-
पहाडीहरू मानवताविरुद्धको अपराधमा, रंगभेद र भेदभाव गर्नमा, र आफ्नो उपनिवेश लाद्नमा अझ बढी उग्र र संगठित भएको कुरा त्यस यात्राका दौरानमा मैले अनुभव गरें।

भारतको राजधानी दिल्लीस्थित जन्तरमन्तरमा गरिएको प्रदर्शनको फाइल फोटो।

उग्र विचार
अमेरिकाबाट फर्किएपछि मधेशलाई नेपालबाट छुट्याएर अलग्गै देश बनाउन उनी लागे। उनका विचारहरु पनि निकै उग्र र कतिलाई आपत्तिजनक लाग्न सक्छ। उनले आफ्नो आत्मकथामा लेखेका छन्-

तिनीहरूले हामीलाई सिकाउँछन् — नेपाल हाम्री आमा हुन्, उनको लागि हामीले प्राण दिनुपर्छ; नेपाल त चोखो कुमारी हुन् कहिले पनि कसैको वशमा नपरेकी। र अधिकांश मान्छेहरू त्यही रटेर हुर्कन्छन् र यति रट्‌छन् कि तिनीहरूको आफ्नो दिमाग शिथिल हुन पुग्छ, तिनीहरूको दिमागमा सदाका लागि तार जोडिए झैं तिनीहरू त्यसको तलमाथि केही हेर्नै सक्दैनन्। यदि मलाई नेपाललाई मानवीकरण गरेर हेर्न नै बाध्य बनाइयो भने, म भन्न चाहन्छु — नेपाल हाम्री आमा होइनन्, नेपाल त हाम्रो रगत चुस्ने बोक्सी हुन् जसले हाम्रो भूमि, अनाज र अधिकार खोसिरहिन् र बदलामा दासता, अन्याय र गरीबी दिइरहिन्। नेपाल चोखो कुमारी रे! नेपाल त निर्लज्ज रं* हो जो राती हरेक विदेशीसँग सम्भोग गर्छे तर बिहान आफ्नो कुमारीत्वको अभिमान गर्दै हिँड्छे। इतिहासको कुन कालमा नेपाल स्वतन्त्र र स्वशासित थियो? नेपालमा त अझै गोर्खालीको शासन छ, नेपाल अझै गोर्खालीको पराधीन छ, त्यहाँ स्वशासन कहाँ छ?
नेपाल हैन, मधेश हाम्री आमा हुन्, जसले हामी जन्मँदा खुट्टा टेक्न भूमि दिन्छिन्, खानलाई जीवनभरि अनाज दिन्छिन्, र मरेपछि अस्थि ढाक्न माटो। मधेश हाम्रो मातृभूमि हो, नेपाल होइन।

स्वतन्त्रता कहिले पनि ढिलो हुँदैन। र, गएको दशकमा मात्र, दुई दर्जन देशहरू स्वतन्त्र भए, र यस दशकमा पनि पूर्बी टिमोर, मोन्टेनेग्रो, सर्बिया र कोसोभो जस्ता देशहरूले स्वतन्त्रता प्राप्त गरे। र मधेशीहरूलाई पनि आफ्नो दासताबाट मुक्त हुन कसैले रोक्न सक्दैन, न त मधेशलाई स्वतन्त्र हुनबाट कसैले रोक्न सक्छ।

त्यसै गरी केहीले स्वतन्त्र मधेश निकै सानो देश हुने भनेर गलत हल्ला फैलाउने गर्छन्। क्षेत्रफलका आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेश विश्वका सयभन्दा बढी देशहरूभन्दा ठूलो हुनेछ, इजराइल, फिजी, कुवेत, कतार, लेबनान, साइप्रस, सिंगापुर र माल्दिभ्स् जस्ता चर्चित देशहरूभन्दा ठूलो। माल्दिभ्स् त सप्तरीको एक चौथाइभन्दा पनि सानो छ। जनसंख्याको आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेश विश्वका करीब एक सय पचास देशहरूभन्दा ठूलो हुनेछ; ग्रीस, पोर्चुगल, बेल्जियम, चेक रिपब्लिक, हंगेरी, बेलारूस, हाइटी, अस्ट्रिया, स्वीट्जरल्याण्ट, डेनमार्क, भुटान र नर्वे जस्ता नाम चलेका देशहरूभन्दा ठूलो। सबै दृष्टिले, मधेश विशाल छ, मधेश महान् छ।

हिंसाको पक्षमा विचार
आत्मकथामा उनले हिंसात्मक आन्दोलनका लागि पनि पछि हट्न नहुने विचार राखेका छन्। उनले लेखेका छन्-

पूर्ण स्वराजको यस लडाइँमा, अगाडि जे आए पनि हामी पछि हटनुहुन्न। मधेशीहरूले सदियौं आफ्नो धैर्य र अहिंषा देखाए। तर हाम्रो शान्तिपूर्ण अनुरोधको जवाफ तिनीहरूले बन्दुक र बारुदबाट दिन्छन् भने समय आइसकेको छ, तिनीहरूले हाम्रो शक्ति पनि हेरून्।
यदि आँखाका बदला आँखाले सबैलाई अन्धो बनाउँछ भने त्यसले अझै पनि गोरा-काला रहित दुनियाँको निर्माण हुनेछ। त्यसले अझै पनि रंगभेद रहित समाजको स्थापना हुनेछ, जहाँ छालाको रंग हेरी कसैलाई ज्यानै जाने गरी कसैले पिट्ने छैनन्। खाली दुष्टहरूसँग आँखा बाँकी रहनुभन्दा, उनीहरूले पुन: आफ्नो दुष्टता देखाउने अवसर पाउनुभन्दा आँखाका बदला आँखाले अझै पनि बढी समतामूलक समाजको निर्माण गर्नेछ। दुष्टहरूसँग आँखा बाँकी रहनु झन् खतरनाक छ, के थाहा आँखापछि, घाँटीतिर उसका हातहरू बढोस्। ती आदर्शहरू सुन्नका लागि महान् लाग्छन् तर संसारमा त्यसले दुष्ट र दानवहरू मात्र बाँकी राख्नेछन्। आफ्नो अर्को गाला तिनीहरूअगाडि थाप्नुले तिनीहरूलाई अझ अर्को मान्छेलाई हिर्काउने हौसला मात्र दिन्छ। तपाईं सोच्नुहुन्छ उनीहरूमा मानव जगाउन सकिन्छ? मानवभित्र कहिले पनि मानव थिएन। उनीहरूको कान बेस्सरी बजाएरै हेर्नुस्, अरूलाई हिर्काउनै बिर्सिन्छ।

देश टुक्र्याउने योजना
मधेश स्वराज नामको पुस्तकमा उनले मधेशलाई नेपालबाट पूर्ण रुपमा अलग्याउनु पर्ने बताएका छन्। उनले पुस्तकमा लेखेका छन्-

मधेशियों के मुद्दों को लेकर आज लोग अदालत जाते हैं, सड़क आन्दोलन करते हैं, सरकार में शामिल हो जाते हैं, नए संविधान बनाने की बात करते हैं, यह कोई भी बात औपनिवेशिक दासता से मुक्ति नहीं दिला सकती।

मुक्ति पाने के लिए नेपाली उपनिवेश को जड़ से ही उखाड़कर फेंकना होगा और वहाँ पर स्वतन्त्रता के पौधे लगाने होंगे।

सोही पुस्तकमा उनले मधेशमा आफ्नै सेना हुनुपर्ने तर्क यसरी गरेका छन्-

कोई दूसरा समाधान मधेश में रहे नेपाली/पहाडी सेना को पूर्ण रूप से हटाकर उसकी जगह मधेशी सेना को नहीं रख सकता, और जब तक मधेश की भूमि पर नेपाली/पहाड़ी सेना रहेगी, मधेशियों की गुलामी का अन्त नहीं हो सकता। नियम, कानून, व्यवस्था, संविधान आदि बनते रहते हैं, उनकी कोई अहमियत नहीं जब तक अपनी सेना न हो। साम्राज्य की सेना लगाकर कभी भी नियम, कानून, संविधान और व्यवस्था को निलम्बन किया जा सकता है। इसलिए जब तक मधेश में मधेशी मातहत की मधेशी सेना नहीं, तब तक नियम, कानून, व्यवस्था, संविधान आदि कुछ भी अपना नहीं।

संविधानमा अधिकार सुनिश्चित गरेर पनि नहुने विचार
सोही पुस्तकमा उनले नेपालको संविधानमै आफ्नो अधिकार सुरक्षित गरेर पनि समस्या समाधान नहुने बताएका छन्। उनी लेख्छन्-

क्या नेपाल के संविधान में अधिकार सुनिश्चित करने से नहीं होगा?

संविधान उसका होता है, जिसके पास सेना होती है। जिसकी सेना नहीं, उसका क्या संविधान? सेना लगाकर कभी भी संविधान को निलम्बन किया जा सकता है, और नेपाल में संविधान टिका है कितना?

अभी मर-मर के अधिकांश मधेशी लोग इस तरह से कर रहे हैं कि जैसे संविधान में एक बार लिखा देंगे, तो सारा काम खत्म! संविधान तो हर १०–१५ वर्ष में टूटा हैं यहाँ, पूरे परिवर्तन आए हैं, तो मधेशियों के मामले में कितने दिन टिकेगा संविधान? जैसे मधेशी ठंड पडेंगे, फिर पलट लेगा संविधान। खाली लिख देने से नहीं होता है न! इस लिए ऐसे संविधान बनते रहेंगे, टूटते रहेंगे, जब तक मधेशियों के पास अपना देश, अपनी सेना और अपना संविधान नहीं होता, चाहे जितनी भी उपलब्धियाँ दिखा दें, सब मिथ्या हैं, क्षणिक हैं।

यस्तो छ तयारी

पुस्तकमा उनले अहिंसात्मक आन्दोलन गर्ने भन्दै तयारी, आन्दोलन र बचाउका तीन चरणको यसरी व्याख्या गरेका छन्- तयारीमा प्रचार प्रसार गर्ने, युवा दस्ता बनाउनेदेखि सैन्य र प्रहरी संरचना बनाउनेसम्मका कुरा छन्। आन्दोलनको चरणमा नाकाबन्दी, सैनिक र सिपाही विद्रोहसम्मका कुरा छन्। बचाउमा अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्नेदेखि राष्ट्रसंघमा दर्तासम्मका कुरा छन्-

1. तैयारी, स्वराज के लिए (Preparation):

यह ८–१२ वर्ष तक चलेगी, इसमें मधेश देश को चलाने के लिए आवश्यक हर कुछ तैयार किया जाएगा, सांगठनिक संरचना बनाने से लेकर मानव-जनशक्ति और भौतिक पूर्वाधार तैयार करने तक सभी। इसमें प्रचार-प्रसार करके जागृति फैलाने से लेकर सांगठनिक संरचना और फ्रन्ट बनाना, विभिन्न कार्यों के लिए जनशक्ति तैयार करना, आय-स्रोत की व्यवस्था करना, अत्यावश्यक भौतिक संरचना बनाना (जैसे कि तत्काल संचार क्षेत्र में), अपनी प्रशासनिक संरचना बनाना, युवा दस्ता बनाना और बाद में सैन्य और प्रहरी संरचना खड़ी करना, राष्ट्रीय और अन्तरराष्ट्रीय सम्बन्ध बनाना, विभिन्न अन्तरराष्ट्रीय संघ-संस्थाओं या नियोगों से समर्थन हासिल करना, विभिन्न देशों के संसद में ककस बनाना, विदेशी कूटनीतिज्ञों का समर्थन हासिल करना, UN से सम्बन्ध बनाते हुए उनके कार्यक्रमों में हिस्सा लेना आदि जैसे कार्य आते हैं।

2. चढाई अर्थात् साम्राज्य को अन्त करने और स्वराज को स्थापित करने के लिए आन्दोलन (Aggression):

जब हम सांगठनिक रूप में अच्छी तरह सक्षम और तैयार हो जाएँगे, तब असहयोग आन्दोलन से लेकर अहिंसात्मक विद्रोह और नाकाबन्दी का सहारा लेते हुए मधेश में नेपाली साम्राज्य को अन्त करके स्वराज की स्थापना करने के लिए लगेंगे। इसमें असहयोग आन्दोलन, सत्याग्रह, सिपाही विद्रोह, सैनिक विद्रोह, एलन्स्की के तरीके, नेपाल सरकार को राजस्व/कर देने से अस्वीकार करना, कर रहित आयात (खाद, बीज, चीनी, कपड़ा आदि जैसे दैनिक खपत के सामान; बाद में मोटरसाइकल, मेशिन, गाड़ी आदि भी), धार्मिक एवम् नैतिक क्रान्ति, सड़क आन्दोलन, सीमाना बन्द, अत्यावश्यक वस्तुओं की नाकाबन्दी आदि जैसे तरीके आते हैं।

3. बचाव, अर्थात् स्वतन्त्र मधेश को मान्यता दिलाना और उसे रक्षा करना (Defense and Sustainment): इस अन्तिम चरण में मधेश को अन्तरराष्ट्रीय स्तर पर पहचान दिलाना, कूटनैतिक सम्बन्ध स्थापित करना, द्विपक्षीय एवम् बहुपक्षीय समझौता करना, राजदूतावास या मिशन ऑफिस खोलना/खुलवाना और मधेश को UN मे दर्ता करवाना आदि जैसी चीजें शामिल हैं।

4 comments to प्रम ओलीले प्रचण्ड जस्तै भनेर प्रशंसा गरेका सीके राउत एक जमानामा गेरुवस्त्र लाएर भगवान खोज्दै हिँडेका थिए

  • SHANKAR

    राउत को मात्र के कुरा ,प्रचण्ड , सिटौला, हृशी धमला , लालबाबु राउत , अमरेश सिंह , राजेन्द्र महतो आदिलाई उठाउने पनि तेही हात हरु त् थे|

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • madan bajracharya

    “सिके” सिके सिकायको पात्र हो/ सिकेहरु अनेकौं भेषमा सबै गुट समुह र दल भित्र घुसे घुसायको छ/ सन१९५०को सन्धिको बिरोध र भुटानले गरे जस्तैको सन्धि गर्न दियको दवाव, तराईमा “मधेसीको सिफारिसमा ४२ लाख मधेसीलाई दिन लगायको नेपाली नागरिकता र स्वायत प्रदेश आदि र अहिले सिकेको माग सबै यकै षडयन्त्रको अनेकौं पातोहरु हुन्/ अत्यन्त छोटकरीमा भन्ने हो भने देस बिदेशमा मात्रै होईन संयुक्त रास्ट्र संघमा समेत तराई नेपालले उपनिवेश बनायको मधेसीको मध्यदेस भयकोले नेपाल बात अलग्याउने भन्दै आयको सिके सिट सिट गरियको सम्झौता सन् १९५०को सन्धि र भुटानले भारत सिट गरे जस्तैको सन्धि भन्दा लाखौँ गुणा घातकछ/ किनभने नेपालमा संबिधान बन्नु अघि बने पछि भारतले संविधानलाई संसोधन गरेर अहिले सिके सिट गरियको सम्झौता अनुसारकै प्रावधान राख्न चाहि रहेको हो/

    यो सन्धिको बारेमा पुर्व यमालेको बरिस्ठ नेताहरुलाई थाह नहुनु र सन्धि भयकोमा उनीहरुलाई ठिक नलाग्नु अनि सिके सिट को सम्झौतामा सहि गर्ने देखि यो सम्झौता ठिक भयको भन्ने पनि पुर्व मावोबादी हुनु सजिलै बुझ्न सक्ने पहेली होईन यो/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Krishna

    यो सी के रावत भन्ने व्यक्तिलाइ किन येति बिधि highlight गरेको होला?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)