यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

भारतबाट नेपाल प्लेनमा फर्कन पनि नपाउनु, कस्तो हेपेका !

फोटो : जी बिजनेस

भारतस्थित नेपाली दूतावासले शनिबार बिहान दुई वटा ट्विट गरेर भारतीय अधिकारीहरुको हेपाहा व्यवहारमा नेपाली यात्रुहरुको परेको पुष्टि गर्‍यो। ट्विटमा शुक्रबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्कन लागेका केही नेपालीहरुलाई रोकिएको र त्यसबारे भारत सरकारका अधिकारीहरुसित जानकारी मागेर त्यसो हुनु दुर्भाग्य रहेको बताएको उल्लेख छ। दोस्रो ट्विटमा भारत सरकारको त्यस्तो नीति नरहेको भविष्यमा यस्तो नहुने आश्वासन दिएको उल्लेख छ। भएको के थियो?

खास कुरा के थियो त?

केही होइन, भारतीय अधिकारीहरुले नेपालीलाई हेप्न खोजेका हुन्। जनतापाटीमा प्रकाशित समाचार अनुसार काठमाडौँको चाबहिल बस्ने लालबाबु चौधरी सपरिवार भारतको वैष्णोदेवी मन्दिर दर्शन गरेर फर्कन खोज्दै थिए। जाँदा उनीहरु गोरखपुरबाट रेल चढ्दै गएका थिए भने फर्कँदा प्लेनबाट फर्कन खोजेका थिए। उनीहरुसँग पासपोर्ट, नागरिकता सबै थियो।

११ जनामध्ये एक जनाले नेपाल वायुसेवा निगमको टिकट पाएका थिए भने १० जनाले भुटान एयरलाइन्सको टिकट किनेका थिए- नयाँ दिल्ली- काठमाडौँ रुटको। बोर्डिङ पास सास काटे एयरलाइन्सले। प्लेन चढ्न खोज्दा भने अवरोध आयो।

जुन यात्रु जेबाट फर्किए पनि विमानस्थलका अधिकारीहरुलाई टाउको दुखाइको विषय थिएन। तर मोदी सरकार भाग २ भर्खर सुरु भएको बेला के सुर चलेर हो, उनीहरुले भनेछन्- जसरी आएका हौ त्यसरी फर्कनु पर्छ। प्लेनमा फर्कन पाइन्न।

चौधरीले बच्चा र महिलालाई मात्र भए पनि जान दिनुस् गर्मी छ भन्दा त्यो पनि मानेन छन्।

त्यसैगरी बसबाट नयाँ दिल्ली गएका काठमाडौंका प्रमोद मुडवरीलाई पनि विमानबाट नेपाल फर्कन दिइएनछ। ‘यस्तो त कहिल्यै भएको थिएन, हरेक एक दुई महिनामा दिल्ली आउनेजाने गर्छु, जेबाट सजिलो हुन्छ, त्यहीबाट फर्कने गरेको छु तर यसपटक जान मिल्दैन भनियो,’ उनले जनतापाटीलाई भनेका छन्।

पीडितहरुका अनुसार अध्यागमन अधिकारीले उड्न दिए पनि कालोसूचीमा राख्ने चेतावनीसमेत दिएछन्। कालोसूची भनेको त डरलाग्दो कुरा हो। भरे कतै विदेश जान नपाउने स्थिति आउन सक्छ। त्यस्तो चेतावनीका कारण पनि उनीहरुले भैगो त हामी जाँदैनौँ भन्न बाध्य भएका रहेछन्।

दिल्ली दूतावासले त एउटा ट्विट गरेर भए पनि यो विषयबारे बोल्यो। नाकाबन्दीको विरोधको जगमा राष्ट्रवादी छवि बनेको हाम्रा प्रधानमन्त्रीले पनि यो विषयमा केही बोल्नुहोला त?

10 comments to भारतबाट नेपाल प्लेनमा फर्कन पनि नपाउनु, कस्तो हेपेका !

  • madan bajracharya

    प्रल्हाद ज्यु
    याहाले सहि कुरा कोट्याउनु भयो/ नेपालको हवाईसेवा लाई भारतले उनीहरुको पर्यटन ब्यबसायको निमित खलनायक को रुपमा लिन्छ/ मित्रहरु तेश्रो मुलुकको बिकशित मुलुकको पर्यटकहरु को निमित अग्लो घर फराकिलो सडकले आकर्षित गर्दैन;अग्लो हिमाल पहाड हेर्न चाहन्छ/ संसारको शक्तिशाली मुलुकहरुलाई समेत आफ्नो उपनिवेश बनाउने, भारतीय उपमहाद्विपको ५५० भन्दा बढी देसहरुलाई कब्जाउने अंग्रेजले हराउन नसकेको बिर नेपालीको जन्मथलो नेपाल हेर्न चाहन्छ; रास्ट्र संघको पाँच शिल शिद्धान्तको समेत जन्मदाता बुद्ध जन्मेको देस हेर्न चाहन्छ; चिन जस्तो शिप कलाको धनि मुलुककोले समेत गुरु मानेको अरनिको जन्म थलो हेर्न चाहन्छ/ उनीहरुको लागि भारतको कलकत्ता दिल्ली मुम्बईको अग्लो अग्लो घर कलकारखाना रेल र बलिवूद केहि होईन/ तेसैले उनीहरु सिधै नेपाल आउन चाहन्छन तर तेश्रो मुलुक बात सिधै नेपाल आउने कुनै हवाई सेवा नेपालमा नियोजित रुपमै चल्नै सकेन (यथार्तमा भन्नेहो भने चल्नै दियन कसरि कसले यसको बारेमा कुनै उपयुक्त बेला लेखुँला)/ तेसैले उनीहरु भारत हुँदै नेपाल आउन बाध्य भयो/ यसरि तेश्रो मुलुकको पर्यटकहरुको मूल गन्तब्य नेपाल बनेकोले उनीहरुको भारतमा पर्यटकहरुको बसाई छोत्तियो र उनीहरु बात भारतले कमाउन सकिने रकम कम हुँदै गयो/ तेसैले कोहि चाहन्छ सायद नेपालकै कोहि पनि नेपालको हवाई यातायात नाम मात्रैको हवाई सेवानै रही रहोस; बिकशित लोकप्रिय भयर मित्र रास्ट्र मित रास्ट्र प्रभु रास्ट्र भारतको पर्यटन उद्योगको कमाई कम गराउन सक्ने नबनोस भनेर/

    यहि कुरा अब सडकको बाटो भारत गयको नेपालीलाई समेत हवाईजहाज बात फर्कन किन नदियको “किन”” भन्ने कुरा को उतर लुकेको छ/ सडक बात नेपाल फर्कनु परे दुई बा तिन दिन भारतको होटेलमा बस बस्नु पर्ने हुन्छ तेही खाना किनेर खानु पर्ने हुन्छ भारतीय बस रेल यातायातलाई पैसा तिरेर नेपाल सम्म पुग्नु पर्ने हुन्छ; ई आदि कुरामा नेपालीको हजारौको खर्च भारतको आम्दानि बन्छ/ तर तेही नेपालि नेपाल बायु सेवाको जहाज बात सिधै नेपाल फर्के भारतको हातमा हात लागे सुन्ना हुन्छ/ अहिले यो कुरा नेपालीलाई मात्य्रै लागु गरेको छ; तर यो त् ट्रेलर हो मित्रहरु साँच्चैको खेल त् सुरु हुन् बाकि नै छ/ याहानिर यो पनि सम्झनु उपयुक्त हुन्छ कि अस्ति भारतीय बिमान सेवा नै भारत बात नेपाल फर्कने प्रमुख माध्यम बनेको बेला यस्तो नियम बनायको थियन भारतले/ अहिले नेपाल बायु सेवाले वाईद वडी हवाई जहाज बात दिल्ली काठमान्डू उदान सुरु गर्न थाले पछि यो नियम बनायको हो/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • मुकेश यादव

    मदन सर ले भन्नु भएको कुरा एक दम साही हो / हो उहिले …याने के उ हीईईईईईले जब थाई को विमान कलकत्ता भै जाने अउने करेको थियो – सम्झना छ –

    उहीईईईइले नेपाली लाइ दिनु सास्ती दिन्थे इन्डियन ले /

    २० बर्स भयो कि थाई ले डाइरेक्ट फलाईट करने थालेको ? कोलकत्ता रुट करी बेन्काक न करेको दसकौ भै सकयो

    अर्को कुरा के भने त्यो बेला जब थाई ढाका वा कोलकत्ता भै बेन्काक अउने जाने करेको थियो त्यो बेल मुद्रा प्रणाली अर्कै थियो / नेपाल मा डालर को कालो बजारी मोल र बैक मोल भिन्नै थियो / खुला प्रणाली थिएन / आज ठमेल मा खुल्लम खुल्ला कानुनी रुपमा डालर खरिद विक्री करने पाइन्छ

    अनि त्यो बेला मलाई रामरै सित् याद छ / बेन्काक बाट म फर्कंदा कोलकत्ता मा रोके पछि ग्वार ग्वार हुल ला हुल नेपाली हरु कोलकत्ता बाट काठमाडौँ मात्र आउने टिकट लिई आउंथे / ती सबै जसो काठमाडौँ बाट बस अनि ट्रेन चढेर कोलकत्ता जाने अनि पिलेन मा फरकने करथे /
    पिलेन मा साहु जी ले इ आकासे भरिया हरेक लाइ लाइ ४ वटा सर्ट ,तीन वटा जकेट, सुन को बेरुवा औठी बाड्ने गर्थे अनि सबै को राहदानी भने साउजी ले राख्दथे /
    काठमाडौँ अवतरण करे पछि मानौं मेला लागेको जस्तो देखिन्थ्यो

    यो सबै कानुनी रुपले हरेक भरिया को कोटा याने झिटी गुन्टा नियम मा परने भएको ले भन्सार ले केहि बोल्ने कुरा भएन तर यो आकासे भरिया को विगविगी ले अरु यात्रु, करमचारी लाइ भने अद्भुत टाउको दुखाइ थियो /

    मलाई याद छ पिलेन मा भएका पर्यटक ले अचम्म मानेर यो सरसामान बाडचुड करेको हेरेर के करेको होला भनेर हेरथे / अझ एउटा पर्यटक ले त “is it someone’s birthday? why are they distributing presents?” याने कि “के यो कसको जन्मदिन को खुशियाली मा उपहार बाडेको हो? भनेर समेत सोधेको याद छ

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • madan bajracharya

    सडकको बाटो बात भारत पुगेका नेपालीहरुलाई हवाईमार्ग बात फर्कन नदिने निर्णय दिल्लीको गोप्य कोठाको गोप्य निर्देशन नभई हुनै नसक्ने कुरा हो/ बिमान स्थलमा कार्यरत उच्च भन्दा उच्च तहको कर्मचारीले पनि नीति बनाउन सक्दैन/

    यो घटना भन्दा पहिला सडक बात गयका नेपाली; भारतीय र बिदेशीहरु हवाई मार्ग बात बाट आवत जावत गर्दै आयकै थियो/ अहिले यका यक यस्तो नियम किन बनायो; त्यो पनि नेपाल सिट कुनै छलफलनै नगरी? तेसैले नेपाललाई हेप्न मात्रै यसो गरेको त् हुँदै होईन/

    भारतको नीति र्ब्यबहार कोट्याउने हो भने भारतले नेपाललाई “भारतमा गाभ्न बाकि रहेको
    दिल्लीको नीति र निर्देशन नटेर्ने भारतीय प्रदेशकै रुपमा लियको” स्पस्ट देखिन्छ/तेसैले भारतको यस्तो ब्यबहारमा तेती चकित हुनु पर्दैन चकित त् सिंहदरवार र ठुला पार्टी चलाउनेहरु यस्तो हुँदा पनि चुईङ्क समेत नबोलेकोमा हुनु पर्छ/

    भारतीय बिमान स्थलमा नेपालि यात्रुलाई दुख दियको यो घतानानै पहिलो होईन/ उहिले कलकता मा ट्रान्जिट हुँदै थाई बिमान काठमांडू आउंथ्यो/ अन्तरास्ट्रिय नियम अनुसार कलकत्तामा ट्रान्जिट हुँदै नेपाल जाने उडान पर्खेको यात्रुलाई भारत आयको मानिंदैन/ तेसैले तिनीहरुलाई भन्सारले जाच्नु पर्दैन/ तर तेस्तो यात्रु नेपालि भयमा भारतको भन्सारले दुख दिन्छ तर बिदेशी भयमा भन्सारले आँखाले पनि हेर्ने आँट गर्दैन/ यसै क्रममा थाई बिमान बात बैंकक बात कलकत्ता ट्रान्जिट हुँदै आयको गोर्खा सैनिकहरुलाई ट्रान्जिट पोइन्त भित्रै र उनीहरुको सुन लगायत समेत जफत गरेको थियो/ यो कुरामा भारतको अंतर्रास्त्रिय स्तरमै आलोचना भयको थियो/ थाई विमानले पछि कलकत्ता त्राजित हुँदै काठमान्डू आउने उडान नै बन्द गरे/

    भारत र नेपाल दुबैको निमित पर्यटन ब्यबशाय बिदेशी मुद्रा कमाउने ठुलै श्रोत हो/ तेश्रो मुलुकको बिदेशीहरु केहि बाहेक धेरै जसो नेपालको प्राकृतिक सौन्दर्य र बुद्ध जन्मेको लुम्बिनी ठुलै आकर्शनको केन्द्र बनेको छ/ यदि तेस्तो बिदेशी यात्रुहरुले नेपालनै आफ्नो गन्तब्य बनायो भने उनीहरु कि सिधै नेपाल आउने हुन्छ कि भारतमा मात्र ट्रान्जिट हुँदै बा केहि दिन मात्रै बसेर नेपाल आउने हुन्छ/ यसो भयमा भारतको पर्यटन आम्दानीमा ठुलै असर पर्छ/

    नेपाल बायु सेवाको लन्डन फ्रंक्फोर्ट पेरिसको सिधा उडान ले भारतको पर्यटनमा ठुलै घाटा पुर्याउन्दै आयको थियो/ ई उडानहरुको निमित युरोपमा टिकट बेच्ने यकाधिकार दिलायको भारतियमुलको (!!??) दिनेश धमिजाले नै पाउनु र उसैले गर्दा ती उडानहरु घाटामा जानु र अन्तमा बन्द नै गर्न बाध्य हुनुको मूल कारण थियो/ यो कुरा भित्र धेरै कुराहरु पक्कै छन्/

    फेरी दिल्ली-काथामान्दु को हवाई सेवा भारतियले जे सोचेर चाहेर नाकाबन्दी गर्ने गर्थ्यो तेसलाई असफल बनाउने कारण पनि रहेकोले पनि हुन् सक्छ; यस्तो गरेर भय पनि दिल्ली काठमान्डू उडानलाई दुरुत्साहित गर्न खोजेको/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • मुकेश यादव

    मोईउद्दीन भाइ , “Nepali ta google bata translate garera halechhau mukesh bhai ke badhi khokchhau ho!” भनेर के के न कादर खान डायलाग मारें भन्ने सोच होला भाइ को तर यो त् सारै संकीर्ण मनस्थिति को उपज मातर हो

    मैले यहि सकिर्ण सोचाई बारे भनें

    १५-१६ बरस पहिला म काठमाडौँ मा हिंडदा मदिसे भनेर जिसकाएको सम्झना ताजा छ / अनि नेवार दाजुभाई ले बोलेको नेपाली लाइ ट ट करयो भनने गरथे / अनि उत्तर पहाड का जन जाति लाइ भोटे भन्ने गरथे

    आज काया पलट भै सक्यो भाइ / नयाँ पिंढी का नेपाली हरु ले यो बुझी सके कि नेपाल भनेको अनेकन जात जाति र भासा भेस को सुन्दर मुलुक हो र हामी सबै को साझा भासा नेपाली भए पनि हरेक जात जाति ले घर मा आफ्नो टोल मा आफ्नो जात जाति को भासा पनि प्रयोग कर छन् अनि अफिस मा , यस्तो प्रकार को ब्लाग र मंच मा सबै ले बुझने नेपाली बोल छन् / yes, some of us will have an accent when we speak Nepali and our Nepali writing may not be up to par with standard Nepali that you find in books, but at least we make an effort.

    आज का नेपाली हरु यस्तो विचार राखदैनन् / जात जाति बीच बिवाह हुनु सामान्य भै सके को छ / अरु जात जाति को आदर भाव करने , हेला न करने , भन्ने कुरा नयाँ पिढी ले बुझी सके

    हो सबै ले सुद्द खस नेपाली बोलन नसके पनि सके सम्म प्रयास कर छन /

    यहाँ आएर के के न डायलाग मारें भन्ने भाइ ले कमसे कम नेपाली मा टाइप करन न जाने को कि अलछि करेको ?

    डाइनोसावर जस्तो पुरानो र अति छूद्र सोचाइ त्यागनुस मित्र अनि यहाँ आएर प्याच्च के के न बोलें भनेर गर्व करनु के फाइदा ? पाठक हरु ले तपाई को छूद्र बचन बाट के value लिने ?
    If you do not have anything valuable to contribute here, please refrain from making these snide remarks. It only serves to demonstrate what a backward thinking dinosaur you are

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • Shankar

    यादब जी को कुरा सहि हो | पहिले बास्तबिकता छानबिन गर्नु पर्छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • मुकेश यादव

    अब उत्तेजित भएर आफनो भएको गाडी जलाउने र सडक भतकाउने भनदा अगाडि साचो कुरा के भएको थियो रिसरच करेर मातर कुरा करने हो /

    जमिन बाट उहाँ पुगेका भए फरकने बेला कति समान पिलेन मा लोड करने खोजेका थिए ? अरु के के भएको थियो ? सबै पक्ष को जानकारी लिउं /

    अनि बढी समान लिएर लोड करने दिवेन भनेर बबाल करने, आफनै दारु लिएर पिलेन चढने अनि हो हल्ला करने अनेक विलक्षण का यात्री महानुभाव अहिले दिखन पाइन्छ

    अनि त्यो हुल ले बडी हो हल्ला अथवा अरु केहि पो करेको थियो कि ?

    हिजो आज यस्तो समस्या थेरै कम भै सक्यो / हाम्रो विमान स्थल उही गनाउने सौचालय मा सिमित छ भने दिल्ली को विमान स्थल कहाँ अन्तर्राष्ट्रिय स्टेन्डर को भै सक्यो /

    म १५ – १६ बरस पहिला दिल्ली बाट अरु मुलुक प्रस्थान करदा वा नेपाल फर्किंदा दिल्ली मा इन्डियन हरु ले दिनु सास्ती दिने करेका थिए मलाई याद छ

    तर आज त्यो विमानस्थल काया पलट भइ सकयो अनि हामि भने जहाँ को तहीं छौँ अनि रितिक रोसन को हल्ला सुनेर आफ्नै घर जलौन्छौ

    अनि कैले कहिँ आफ्ने गल्ती ले हन्डर खाएका यात्री हरु विमानस्थल का करमचारी लाई दोस दिने गरछन् / अझ भारत् भयो भने त् जेपीटी बोले पनि जनता प्राय जसो उनकै कुरा पत्याई हाल्छन भनेर गफ मारछन् /

    सबै कुरा न बुझी उत्तेजित न हुनु मित्र हरु

    यो अर्कै उदाहरण हो तर आज अरु कति यात्री छन जुन लुकी छिपी अरु देश को नागरिकता लिएर अनि नेपाली नागरिकता प्रयोग करी भारत भएर ट्राभेल करने खोजने हरु ?

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 1

    • Mohinuddin

      Nepali ta google bata translate garera halechhau mukesh bhai ke badhi khokchhau ho!

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 3

  • नया सरकार को धन्धंगी भन्दा नि , पहिले इन्डिया कै जेट ऐरविज को एकलौटी जस्तै पकड थियो । अहिले नेपाल कै केहि बायु सेवा ले दिल्ली उडान गर्दै छन् , फेरी भुटान र अरु देस को प्लेन चढ़दा उनीहरु लाइ घाटा लगेर हो कि ?

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Amrit

    Nepali has given that free hand to Indian. When Nepalese government it self had made it hell to fly for nepalese out of India went not Indians do that. This is all because the government of Nepal is just not worried about it’s people. People from all over the world can fly from wherever they want but our government has made it tough. This is painful.
    Not just that. The Air India which is a nonsense airline does a special checking at Kathmandu airport.
    If the government doesn’t wake up and does something about it people will suffer.
    Even the Nepalese embassy in Delhi support harassment at Indian airport by forcing NOC for EVERYONE.
    PLEASE DO SOMETHING

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • […] यात्रुलाई भारतले अवरोध गरेको बारे ब्लगमा यो विचार कमेन्टका रुपमा लेखेका थिए। त्यसलाई सामान्य […]

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0