यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

ह्यापी बर्थ डे ज्ञानेन्द्र : छौँडा गणतन्त्रले बल्ल देश ज्ञानेन्द्र Vs प्रचण्ड भन्ने चरणमा आइपुग्या छ

– समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ …… । बस, त्यही समय हो, जसले पूर्वराजा ज्ञानेन्द्रलाई सत्ता र शासनको सगरमाथा पनि पुरयाएको छ, समुन्द्री सतहमा पनि पछारेको छ । तर पनि उनको गति र मतिमा एकरुपता छ, निरन्तरता छ । त्यसैले शायद अचेल उनको दिन फिर्न फिर्न लागेको सर्वत्र चर्चा छ ।

– राजा पुनः उदाउनेछन् वा यस्तै आउलान् कि आउलान् कि भन्दा भन्दै जीवन त्याग गर्नेछन् ? यो एउटा कल्पनाको विषय हो । तर भूधरातलीय कटु यथार्थ के हो भने यदि कार्यकारी अधिकारसहितका दुईतिहाई बहुमतको वाम सरकारका प्रधानमन्त्री ओली यस्तै गफाडी सरकारमा नै अरू थप उल्झिदै, सुनौलो समयलाई गफमा कटाउँदै गए भने निश्चित छ, जनताले विकल्प खोज्न बेर लाउने छैनन् ।

– जबसम्म नेपालका स्वघोषित २४ क्यारेटवाला गणतन्त्रका मसिहाहरूले प्रचण्डलाई खुइल्याउने वा सिध्याउने तर आफू खाँटी गणतन्त्रवादी दर्जन हुने राजनीतिक भुल गरिरहन्छन्, तबसम्म गणतन्त्रका विकल्प पूर्वराजा नै बनिरहनेमा दुई मत छैन । कसैले मानुन् वा नमानुन, नेपाली गणतन्त्रका पिता प्रचण्ड र प्रचण्ड मात्रै हुन । गणतन्त्रवादीहरूले बलियो प्रचण्ड बनाइरहे भन्न सकिन्न, तर कमजोर प्रचण्डसहितको गणतन्त्रको अभ्यास गर्न खोजे पल्ला भारी हुने पूर्वराजाकै हो, गणतन्त्रविरोधीहरुकै हो । देश बल्ल प्रचण्ड भर्सेज ज्ञानेन्द्र भन्ने चरणमा आइपुग्या छ । पुरानो नेपाल कि नयाँ नेपाल भन्ने बहस त अब पो बल्झिदै छ नि । यो अरूले भन्दा कार्यकारी प्रधानमन्त्री र उनका छौँडा देख्ने दृष्टिहरूले सम्झिनु पर्ने कठोर सत्य हो ।

विस्तृत भित्र।

ह्यापी बर्थ डे ज्ञानेन्द्र : छौँडा गणतन्त्रले बल्ल देश ज्ञानेन्द्र Vs प्रचण्ड भन्ने चरणमा आइपुग्या छ

जीवन के हो ? रोजाई की भोगाई वा बाध्यता ? यसको सपाट उत्तर अरूका हकमा के के होला, अनेक होला । तर पूर्वराजा ज्ञानेन्द्रका हकमा यो तिनथोककै एकत्व वा निरन्तरता होला । शायद, रोजाई कम, भोगाई ज्यादा अनि उस्तै उस्तै बाध्यता पनि । किन की उनले २००७ सालमा होस की २०५८ जेठमा होस, श्रीपेच पहिरिए केवल परिस्थितिजन्य बाध्यतामा । न त रहर, न त रोजाई, तर पनि शिरमा श्रीपेच अनि काँधमा राजकीय जिम्मेवारी । र त, उनी अधिराजकुमारबाट महाराजाधिराज बनेथे ।

२०६१ माघ १९ को उनको कदम रहर वा बाध्यता मध्ये के थियो ? यो प्रश्न इतिहासमा समीक्षित भइरहेको छ । तर पनि उनले त्यसको हिसाब आफ्नो कित्ताबाट शतप्रतिशत चुक्ता गरिसके २०६५ जेठ २९ मा । यस कारण उनी शान्त छन्, त्यस यताका १३ वर्षे हिउँद, वर्षा, शिशिर वा वसन्तहरूमा ।
शासनसत्ताको अभिभारा लिँदा होस की छोड्दा कि त सय प्रतिशत कडा, नत्र सय प्रतिशत नै नरम । यही हो उनको छिटो छिटो गतिको शासकीय जीवनको उकाली ओरालीको विगत बनिसकेको बायोडाटा । तर एउटा कटु सत्य के हो भने, नारायणहिटी राजदरबार र श्रीपेच छोड्दा पनि उनमा एक नागरिक राजाको शान, मान र समर्थन सदाबहार नै रह्यो ।

अझ पछिल्ला वर्षहरूमा त उनको लोकप्रियता यति बढ्दो ग्राफमा रह्यो की देशमा २ तिहाइ बहुमतको वामपन्थी सरकारले रजगज चलाइरहँदा पनि गाउँ, सहर बजारमा राजा ज्ञानेन्द्र जिन्दावादका नारा चर्किदा छन् । राजा आऊ, देश बचाउ भन्ने जनताको पङ्क्ति असंगठित रहे पनि बाक्लिदो छ । कतिसम्म भने, सत्तारुढ दलका शक्तिशाली एक अध्यक्ष प्रचण्ड हुन वा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र उनका उत्ताराधिकारीहरु कुनै न कुनै रूपमा उनको कुरा नकाटी आफू शक्तिशाली वा ठुलो भएको अर्थ्याउन भुल्दैनन् ।

यसरी हेर्दा नागरिक भूमिकामा रहेर नेपालको वर्तमान शासन व्यवस्था, संविधान तथा मुलुकको संवृद्धिका लागि पर बसेर जनताको भलो चिताउने एक अनवरत रमिते भनिदिँदा हुन्छ उनै नागरिक राजा ज्ञानेन्द्रलाई, भलै यो उनको रोजाइको विधि र थिति होइन ।

पूर्वराजा ज्ञानेन्द्रको दैनिकी जुन स्तरमा सरल र शान्त रह्यो, उनको लोकप्रियताको ग्राफ उँचो उँचो बन्दै रह्यो । सर्वसाधारणमा उनलाई हाई हाई गर्ने चलन बढ्न थाल्यो । त्यो भन्दा पर उनको सहजै सत्ता हस्तान्तरण गरी आफू नागरिक भई बस्ने प्रण पुरा गर्दै गर्दा त उनको पुनः खाँचो रहेको आभास जनजनका मनमा बढ्न थाल्यो ।

यस अर्थमा गद्दी त्यागेर पनि जनजनका मनमा वास गर्न सक्ने पूर्व शासक भइगएका छन् उनी । सत्ता वा शक्ति त्यागेर कोही पनि कमजोर वा निकम्मा भइजान्न । सहनशीलता, विनयशीलता वा मौनताका बिच कसैले पनि वैरी वा वैगुनीलाई पछारिदिन सक्छ । सक्दा आफू गर्ने, नसक्दा गर्न सक्छु भन्नेलाई मैदान खाली गरिदिँदा मैदान पाउनेको भन्दा छोड्नेकै भलो हुन्छ भन्ने मानक तथ्य गणतन्त्रपछिका वर्षमा उनै पूर्वराजाको शान्त र शालीन भूमिकाले स्पष्ट पारेको छ ।

उसो त यही माइसन्सारको पातो हो, जहाँ पूर्वराजा वा राजपरिवारका पक्षमा होइन, बारेमा कलम चलाउँदा पनि गालीका वर्षा हुन्थे । कुनै पनि स्वघोषित ठूला मिडियाका लागि राजा वा राजपरिवारका समाचार अछुत हुन्थे । तर आज फरक यही छ कि, नेताहरूलाई पूर्वराजाका कुरा नकाटी आफ्नो महान् सम्बोधन अपुरो भए झैँ लाग्छ । हिजो राजाका कुरा लेख्न, बोल्न सङ्कोच लाग्ने पत्रकारहरूलाई अहिले राजा वा राजपरिवारका कुरा छुटे, समाचार कर्म नै अपुरो झैँ लाग्न थाल्या छ ।

समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ …… । बस, त्यही समय हो, जसले पूर्वराजा ज्ञानेन्द्रलाई सत्ता र शासनको सगरमाथा पनि पुरयाएको छ, समुन्द्री सतहमा पनि पछारेको छ । तर पनि उनको गति र मतिमा एकरुपता छ, निरन्तरता छ । त्यसैले शायद अचेल उनको दिन फिर्न फिर्न लागेको सर्वत्र चर्चा छ ।

उसो भए के नेपालमा फेरि राजा फर्किनछन त ? यो प्रश्नको उत्तर त उनका समर्थकहरुकोे भन्दा ज्यादा उनका आलोचकहरू केपी, प्रचण्ड वा शेरबहादुर देउवाहरूको कर्म धर्ममा निर्भर छ । किन भने ज्ञानेन्द्रले उहिल्यै भन्दिएका हुन, राजा आऊ देश बचाउ होइन, जनता आऊ राजा फर्काऊ भन्ने बेला हो यो ।

जनता राजा आऊ भन्ने र राजा जनता आऊ, मलाई बोलाऊ भन्ने यही विरोधाभासपूर्ण यथार्थ बिच केपी प्रचण्डहरूले कस्तो गणतान्त्रिक सत्ता सञ्चालन गर्ने ? यही अहिलेकै जस्तो ? हतारमा निर्णय गर्ने अनि फुर्सदमा पछुताउने खालको ? कस्तो शासनको थिति बसाउने ? अहिलेकै जस्तो एनी हाउ पैसा कमाऊ शैलीको ? किन भने बालुवाटारमा बसेका विष्णु रिमालहरू बाँकी सबैलाई छौँडा मात्रै देख्ने दृष्टिदोषबाट मुक्त हुन ढिलो गरे भने त्यसको समाधान मध्ये एक विकल्प कसैले चाहेर वा नचाहेर राजसंस्थाको पुनर्स्थापना नै नहोला भन्ने पनि त छैन नि । छ र ?

हो, राजा पुनः उदाउनेछन् वा यस्तै आउलान् कि आउलान् कि भन्दा भन्दै जीवन त्याग गर्नेछन् ? यो एउटा कल्पनाको विषय हो । तर भूधरातलीय कटु यथार्थ के हो भने यदि कार्यकारी अधिकारसहितका दुईतिहाई बहुमतको वाम सरकारका प्रधानमन्त्री ओली यस्तै गफाडी सरकारमा नै अरू थप उल्झिदै, सुनौलो समयलाई गफमा कटाउँदै गए भने निश्चित छ, जनताले विकल्प खोज्न बेर लाउने छैनन् ।

अहिले पनि दक्षिणतिर भारतमा मोदी सरकारको प्रचण्ड बहुमतसहितको निरन्तरताका कारण वा एस. जयशंकरको विदेशमन्त्रीमा भएको उदयका कारणले मात्रै होइन, उत्तरी चीनले नेपालमा दिगो शक्ति खोजेका कारणहरूले मात्रै पनि झन् होइन । वा, नेपालका पूर्व राजा वा राजपरिवारका सदस्यहरू लोकप्रिय हुँदै गएका कारण नै नेपालमा राजसंस्था पुर्नस्थापित होला भन्ने होइन ।

अझ कमल थापावाला राप्रपाको ताक परे तिवारी नत्र गोतामे भन्ने कथित सम्वर्द्धनवादी राजनीतिले वा पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीहरूको घुमिफिरी राजतन्त्रवादी हुने मौसमवादी राजनीतिकै भरमा पनि होइन । बरु, जनयुद्धकालिन माओवादी समेतको मूल हिस्सा सम्मिलित वर्तमान नेकपा नेतृत्वको दुई तिहाइवाला सरकारको शासकीय दक्षता र नेतृत्वकै भूमिकाको गर्भमा निहित छ, राजसंस्थाको पुनरोदयको सम्भावनाको जटिल प्रश्नको सहज र सिधा सरल उत्तर ।

उत्तर सिधा छ, नेपालले गणतन्त्रलाई दिगो बनाउने हो भने वर्तमान ओली सरकारले जनतासङको सत्ताको टुट्दै गएको सम्बन्धको वर्तमानमा शतप्रतिशत क्रमभंगता नगरी सुख्खै छैन । सत्ताको गति र मति यस्तै रहिरहनु भनेको कुनै न कुनै रूपमा राजा फर्काउन ओली सरकार नै नेगेटिभ पोलका सारथि बन्नु नै हो, जसरी गणतन्त्र ल्याउन तत्कालीन राजा नेगेटिभ पोलबाट सहयोग बनेका थिए ।

यो कुरो अरूलाई त कत्तिको अनुभूति छ कुन्नि तर यसको अन्तर्य प्रचण्डले अनुभूत गर्न सक्छन् । उनले पछिल्ला दिनमा सरकारलाई कामकाजी बनाउन गरेको कसरत सम्भवतः यसै तथ्यको चुरो बुझेकै परिणति हुनुपर्छ । जबसम्म नेपालका स्वघोषित २४ क्यारेटवाला गणतन्त्रका मसिहाहरूले प्रचण्डलाई खुइल्याउने वा सिध्याउने तर आफू खाँटी गणतन्त्रवादी दर्जन हुने राजनीतिक भुल गरिरहन्छन्, तबसम्म गणतन्त्रका विकल्प पूर्वराजा नै बनिरहनेमा दुई मत छैन । कसैले मानुन् वा नमानुन, नेपाली गणतन्त्रका पिता प्रचण्ड र प्रचण्ड मात्रै हुन । गणतन्त्रवादीहरूले बलियो प्रचण्ड बनाइरहे भन्न सकिन्न, तर कमजोर प्रचण्डसहितको गणतन्त्रको अभ्यास गर्न खोजे पल्ला भारी हुने पूर्वराजाकै हो, गणतन्त्रविरोधीहरुकै हो । देश बल्ल प्रचण्ड भर्सेज ज्ञानेन्द्र भन्ने चरणमा आइपुग्या छ । पुरानो नेपाल कि नयाँ नेपाल भन्ने बहस त अब पो बल्झिदै छ नि । यो अरूले भन्दा कार्यकारी प्रधानमन्त्री र उनका छौँडा देख्ने दृष्टिहरूले सम्झिनु पर्ने कठोर सत्य हो ।

अहिले सडकमा निस्केका दर्जनौँ राजावादी वा हिन्दुवादीहरू चाहे ती जुनसुकै किनाराबाट आएका हुन, का भरमा राजा फर्कने कुरा दिवास्वप्न मात्रै हो । किन भने, हिजो दुलोमा लुकेकाहरू वा आज आआफ्ना दलबाट भड्किएका आत्माहरूले न त राजा फर्काउने ल्याकत राख्छन्, न त राजाको त्यस्ता भड्किएका आत्माहरूप्रति भरोसा नै देखिन्छ । तिनको सडक तमाशाकौ भरमा ज्ञानेन्द्र दङ्ग छैनन् भने ओली झसङ्ग हुन आवश्यक छैन ।
तर नयाँ नयाँ रङ्गका राजावादी, हिन्दुवादीहरू वा विप्लवहरूको एकीकृत जनक्रान्तिका ज्वालाहरू ओली सरकारका कमजोरीहरूमाथि खेल्ने दाउ भने पक्कै हुन । तिनले निर्णायक होइन, आगोमा घिउ थप्ने कारकका रूपमा योगदान गर्ने नै छन् । तर चुरो कुरो ओली सरकारले जनताको मन नजित्ने र सबैलाई छौँडा देख्दै गए, भलो हुने पूर्वराजा वा राजसंस्थाकै हो ।

त्यसैले अहिले ७३ औँ जन्म दिन मनाइरहेका पूर्वराजालाई ह्याप्पी बर्थ डे भनिरहँदा अल द बेस्ट फर द थ्रोन अगेन भन्नेहरू किन बढिरहेका छन् भन्ने पट्टी अरूले होइन सत्तारुढ दल र प्रधानमन्त्रीले मिहिन आत्मसमीक्षा गर्ने की ? कि कसो ? यसबाट अरिङ्गाल र माहुरी तथा छौँडा दृष्टिहरूमा पर्न जाने असरका लागि भने एडभान्समै क्षमाप्रार्थी।

2 comments to ह्यापी बर्थ डे ज्ञानेन्द्र : छौँडा गणतन्त्रले बल्ल देश ज्ञानेन्द्र Vs प्रचण्ड भन्ने चरणमा आइपुग्या छ

  • Shankar

    सुर्य जी
    श्री ५ महाराजा धिराज ज्ञानेन्द्र बिर बिक्रम साहदेब पार्टि पनि न खोलने , खुला राजनीति पनि न गर्ने , संगठन पनि न गर्ने अनि कसरि पुन राजा होइबक्सिञ्छ ?
    मेन कुरा ग्यानेद्र आफै धनि हुने खाने मान्छे , न सकेर छोडेको बेकार मा यो सासन , सता को टेन्सन मा किन आउलान ? हो आफन्त र सुभचिन्तक लाइ मन राखिदिन येसो टाउको मात्र हल्लाएको |
    नत्र लाह्सा जाने कुतीको बाटो , मन्दिर मा गएर , फुस्रे धोति बाबा हरुको समर्थन लिएर राजनीति गरिन्छ ? म भू पु राजा लाइ दोस दिन्न , आफ्नो जिन्दगि कसरि जिउने उहाको निर्णय हो | खालि लक्ष्यण को बिबेचना गर्ने हो भने , उहाले फर्कने चाहना पनि छैन होला र त् येसो गरेको |
    ओली , प्रचन्द जो पी यम भएपनि नेपाल मा सासन गर्न गाह्रो छ , हेर्नुस त् भारतीय ले आफ्नो बिसादियुक्त तरकारी नेपाल मा बेच्न दबाब दिएको ?
    देखिने दबाब हरु
    १) भारतीय लाइ सहज नागरिकता दिनु पर्ने
    २) नेपाल को पानि , गिट्टी , ढुंगा , बालुवा उत्तर प्रदेस र बिहार को जनताले निर्बाध उपभोग गर्न पाउन पर्ने
    ३) उनीहरुको बिसाक्त तरकारी , विकिरण युक्त माछा नेपालि ले खान पर्ने
    ४) नेपाल मा क्रिस्चियन धर्म प्रचार गर्न खुला रुप मा दिन पर्ने र उनीहरुलाई बिसेस सम्मान र ५ जना भए ५० जनाको त् थ्थ्यांक दखाउन पर्ने
    ५) द्लाइलामा को द पनि नेपालि ले बिर्सन पर्ने
    ६) नेपाल को नदीनाला , प्राकृतिक स्रोत , यहा का लडाकु जवान हरु भारत र पश्चिमा देश को पासन को लागि समर्पित हुन् पर्ने , यहा का चेली बेटी हरु इन्डियाको बेश्या उद्द्योग को
    माग पूर्ति गर्न पर्ने |
    कति कति
    यो दबाब ज्ञानेन्द्र , ओली , प्रन्चाद सब लाइ सहनु पर्ने हुन्छ सतता मा टिक्न |
    हेर्नुस आजको अबस्था , आजको सासक ले यी सब सहेको छ , आइफा लाइ एक अरब को भेटि चदाउन पनि तयार भएको हो | एस्तो बुझेको ज्ञानेन्द्र फेरी किन फर्किन्छ ? यो सम्हाल्न उस्को क्ष्य्मता बाहिर को कुरा हो | आसे , पासे सुभ चिन्तक को आशा , भरोसा को लागि टाउको हल्लाको मात्र हो उसले |

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • madan bajracharya

    भूगोल यकिकरण गर्नमा शाहबंशीय राजाहरु हिरोनै थिय तर शासकीय छ्यमताको सहि अर्थ आफुले यकिकरण गरेको भूगोल भित्रको जनतालाई यकिकृत बनाउनेनै हो भन्ने कुरा बुझ्नमा जिरो नै सावित भयो/ कारण स्पस्ट छ; शाहबंशीय राजाहरु “रिमेद गरियको हिन्दु” हुनु / रिमेद हिन्दु त् बने तर राजा बन्नकै निमित हिन्दु बने; बिस्नुको अवतार भनेको पनि पत्याय/ तर पुराण अनुसार बिस्नु भनेको सबै प्राणीको पालक इश्वर भयकोले तेस्को अवतार मान्ने पनि तेस्तै हुनु पर्ने कुरा बुझ्दै बुझेन; तेस्को पनि कारण स्पस्ट छ जसले रिमेद हिन्दु शाह राजालाई “हजुर त् बिस्नुको अवतार होईसिञ्छ” भनेर उल्टो सिकाउनु; त्यो पनि सितैमा होईन सके जति असुलेर मात्रै होईन हात पनि धोकाउन्दै त्यो पनि आफैले बिस्नुको अवतार भनेको राजालाई!!!/

    जतिञ्जेल उल्टो सिकाउनले पाउँदै गरे;” राजालाई बिस्नुको अवतार होईसिञ्छ भन्दै गरे/ तर जव राजाले “तँ मलाई उल्टो सिकायर मलाइनै हात धोकाउने?भनेर दच्छिनाको सट्टा दानक दिन खोजे; राजालाई उल्टो भ्रयांग चढाउनेहरु चोकमा बसेर चिच्याउन थाले “राजा भनेको त् तानाशाह हुन्” भनेर/ अनि हामि रिमेद हिन्दु राजा भन्दा कम मुर्ख त् हुँदै होईन; तेसैले पत्याई हाले उल्टो पाठ पधाउनेको अर्को उल्टो पाठ!!!/ नतिजा हाम्रै अगाडी छ; अगाडी छ के भन्ने हामि भन्दा त् टाढै मात्रै होईन अलग्गै छ; अलग्ग पनि रुप रंग कद फरण भयकोले होईन;उहिले पिर्कामा बस्ने अब अग्लो कुर्सीमा बस्ने भयर/

    अन्जानमा भयको गल्तिको सजाय नपाउन सक्छ तर मुर्खता को सजाय बात कोहि बच्न सक्दैन/ उल्टो पाठ पधाउनेहरु हुन् भनेर नदेखेको नजानेको होईन हामीले/ हामीलाई पनि उल्टो पाठ पधायारै उनीहरुले निच अछुत पनि बनायाकै थियो/ पटक पटक दच्छिनको बिखालु नै खान पहिला पनि बाध्य गरेकै थियो अहिले पनि गर्दै छन्/ तैपनि उनीहरुकै कुरा पत्याईहाल्नु त् महा मुर्खातानै थियो त्यो त् हामीले गरि हाले/ अब भुगतौं /

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0