यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

निर्मला प्रकरणमा डिएनए : यी प्रश्नको जवाफ खोज्न जरुरी ठान्छन् विज्ञ

डिएनए प्रविधि र निर्मला प्रकरणबारे फरेन्सिक एक्सपर्ट तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व कार्यकारी निर्देशक जीवन रिजालको विचार

डिएनए (डिअक्सिराइबाे न्युक्लिक एसिड) लामाे जटिल अणु हाे। हरेक प्राणी एवं वनस्पतिकाे काेषमा रहने याे अणुमा उक्त जीवकाे सम्पूर्ण वंशाणुगत गुण रहेकाे हुन्छ। तसर्थ जति नजिककाे नाता छ त्यति धेरै डिएनए समान हुन्छ। तर कसैकाे पनि डिएनए कसैसँग शत प्रतिशत समान हुँदैन। डिएनएका यिनै गुणहरुकाे परीक्षण गरेर प्राप्त नतिजालाई अपराध अनुसन्धानमा प्रयाेग गरिन्छ।

डिएनए परीक्षण अपराध अनुसन्धान एवं न्याय सम्पादनकाे लागि विज्ञानकाे अनुपम वरदान सिद्ध भएकाे छ। कतिपय सुल्झिन नसकेका जटिल मुद्दाहरु यस प्रविधिबाट सहजै सुल्झिएका छन्। परिबन्दमा फसेर जेलमा पुगेका कति व्यक्ति यही प्रविधिबाट निर्दाेष साबित भएका छन्। करिब तीन दशक अघि एलेक जेफ्रीले शुरु गरेकाे डिएनए परीक्षण कार्य नेपालमा करिब डेढ दशक अघि नाता कायम मुद्दाबाट शुरु गरिएकाे थियाे। तर अपराध अनुसन्धानमा भने केही वर्ष अघिदेखि मात्र डिएनए परीक्षण शुरु भयाे।

अहिले विश्वव्यापी रुपमा प्रयाेग हुने गरिएकाे डिएनए परीक्षण पिसिआर (पाेलिमरेज चेन रियाक्सन) प्रविधिमा आधारित रहेकाे छ। याे प्रविधिमा परीक्षणकाे लागि प्राप्त प्रत्येक डिएनए अणुलाई कराेडाैँकाे संख्यामा वृद्धि गरेर हेरिन्छ। यसै प्रविधिकाे कारण अपराध अनुसन्धानकाे क्रममा आँखाले पनि देख्न नसकिने सुक्ष्म मात्राकाे जैविक नमुनाबाट पनि आज डिएनए परीक्षण सम्भव भएकाे छ।

तर याे प्रविधिले हामीले खाेजेकाे अपराधीकाे डिएनए मात्र देखाउँदैन। नमुना संकलनदेखि परीक्षण गर्दासम्मकाे कुनै पनि बेला हामीबाट हुन सक्ने अति सामान्य भूलबाट समेत प्रदूषित गराउने हाम्राे आफ्नै डिएनए समेत देखाइ दिन्छ। अनि यस्ता प्रदूषित डिएनएले अनुसन्धानलाई गलत दिशा तर्फ डाेर्‍याइदिन्छ।

यस्तै अवस्थालाई न्यून गर्न अन्य मुलुकहरुमा डिएनए परीक्षण सम्बन्धी विभिन्न ऐन, नियम, कानुन निर्देशिकाहरु जारी गरिएका छन्। तर पनि प्रदूषणकाे समस्याबाट उनीहरु पूर्णतया मुक्त हुन सकेका छैनन्। नेपालमा भने हाल सम्म डिएनए सम्बन्धी कुनै नियम कानुन बनेकाे छैन।

डिएनए सम्बन्धी ऐन बनाउन सर्वोच्च अदालतले नेपाल सरकारकाे नाममा परमादेश जारी गरेकाे पनि करिब एक दशक भैसकेकाे छ। तर पनि यस विषयमा कुनै प्रगति भएकाे देखिँदैन।

अब विवेचना गराैँ निर्मला पन्त प्रकरणमा प्राप्त डिएनएकाे नतिजाकाे।

डिएनए प्रविधिकाे संवेदनशीलता र याे सम्बन्धमा नेपालमा रहेकाे व्यवस्थापनलाई मध्य नजर राखी यस प्रकरणकाे कुनै पनि निश्कर्षमा पुग्नु अगाडि केही प्रश्नहरुकाे जवाफ खाेजिनै पर्छ।

निर्मला पन्तकाे याेनीबाट निकालिएकाे तीनवटै रुईकाे स्वाबमा डिएनए परीक्षण केन्द्रीय प्रहरी विधि विज्ञान प्रयाेगशालामा गरिएकाे थियाे। तीनवटै स्वावमा पुरुषमा मात्र पाइने वाइ एसटिआर डिएनए र महिला पुरुष सबैमा पाइने अटाेजाेमल डिएनए परीक्षण गरिएकाे थियाे।

प्राप्त जानकारी अनुसार अटाेजाेमल डिएनए निर्मलाकाे आमासँग मेल खाएकाे छ। अर्थात् प्रयाेगशालामा प्राप्त स्वाब निर्मलाकै शरीरबाट निकालिएकाेमा कुनै शंका गरिरहनु पर्ने आवश्यकता रहेन।

त्यस्तै स्वाबमा भेटिएकाे वाई डिएनए अन्य कुनै पुरुषबाट आएकाे हुनुपर्छ। तर यहाँ प्रश्न उठ्छ स्वावमा भेटिएकाे वाई डिएनए के अपराधीकै डिएनए हाे वा अरु कुनै निर्दोष व्यक्तिबाट प्रदूषित डिएनए हाे?

घटना भएकाे २४ घण्टापछि मात्र निर्मलाकाे शरीरबाट नमुना संकलन हुनु र सिन्कामा बेरिएकाे रुईमा स्वाब उठाएपछि राम्ररी नसुकाई टेस्ट ट्युबमा राखिनुले उक्त नमूनामा अपराधीकाे डिएनए यथावत् रहने सम्भावनालाई अत्यन्तै न्यून गरिदिएकाे छ।

डिएनए नमूना संकलनकाे मापदण्ड पूरा भएकाे विश्वास गर्न नसकिने स्थानमा दबाबमा संकलन गरिएकाे नमूनामा पाेष्टमार्टम गर्ने डाक्टरदेखि अन्य सहयाेगी मात्र नभई त्याेभन्दा अघि त्यही ठाउँमा पाेष्टमार्टम गरिएका मृतक एवं त्यहाँ भेला भएका अन्य आगन्तुकहरुबाट समेत उक्त डिएनए आएकाे हुन सक्ने कुरालाई नकार्न सकिँदैन।

यस्ताे प्रदूषण प्रयाेगशालामा समेत हुन सक्ने सम्भावना पनि उत्तिकै रहेकाे छ। यी सम्भावनाकाे विवेचना गर्दा याे खुल्छ निर्मलाकाे स्वाबबाट निकालिएकाे डिएनए कसैसँग नमिल्नुकाे कारण उक्त डिएनए निर्मलाकाे हत्याराकाे नभई अरु कुनै निर्दोष व्यक्तिबाट प्रदूषित भएकाे हुनाले हुनसक्छ।

प्रश्न याे पनि उठ्न सक्छ- डिएनए कसैसँग नमिलेकाे अवस्थामा मात्र प्रदुषणकाे कुरा उठ्ने हाे वा मेल खाएकाे अवस्थामा पनि उठ्छ? यदि याे डिएनए अरु कसैसँग मिल्न गएमा के अर्थ लाग्छ?

याे कुरा हामीले बिर्सन हुँदैन कुनै पनि व्यक्तिकाे डिएनए अरु कसैसँग शत प्रतिशत मिल्दैन। तसर्थ एउटाकाे डिएनएबाट प्रदूषित नतिजा अर्काे व्यक्तिसँग मेल खान सक्दैन। बरु जाेसँग डिएनए मेल खाएकाे छ, ऊ आफैबाट वा उस्काे शरीर वा कपडाबाट संकलन गरिएकाे नमुनाबाट डिएनए प्रदूषित हुने सम्भावना भने रहेकै हुन्छ।

तसर्थ जाे व्यक्तिसँग डिएनए मिलेकाे छ, ऊ स्वयंबाट नमुना प्रदूषित भएकाे हुन सक्ने सम्भावना छ कि छैन त्याे यकिन गरिनु पर्छ। यदि उक्त व्यक्तिकाे डिएनए घटना पश्चात् पीडितबाट संकलित नमुनामा पुग्न सक्ने कुनै अवस्था वा सम्भावना छैन भने उक्त व्यक्ति अपराधी प्रमाणित हुन्छ।

डिएनए आफैमा समस्या हाेइन। यसलाई ऐन कानुनबाट व्यवस्थापन गर्न नसक्नु सरकारकाे कमजाेरी हाे भने यसलाई राम्राेसँग बुझेर सदुपयाेग गर्न नसक्नु अनुसन्धानकर्ताकाे कमजाेरी हाे।

1 comment to निर्मला प्रकरणमा डिएनए : यी प्रश्नको जवाफ खोज्न जरुरी ठान्छन् विज्ञ

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)