यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

नेताको नाम लिएर कोही मरे के हुन्छ? प्रतिवेदनमा कानुन दुरुपयोगको सम्भावना र नियन्त्रणका उपाय यस्तो


रवि लामिछानेलाई अनुसन्धानका लागि हिजो प्रहरीले नियन्त्रणमा लिएपछि नयाँ कानुनबारे सामाजिक सञ्जालमा बहस हुन थालेका छन्। नेताको नाम लिएर कोही मरेमा के हुन्छ? रिसइबी साँध्न कसैले उजुरी दिएमा के हुन्छ? वन साइड लभ परेको कुनै केटाले बिहे गर्न कुनै केटीले मानेन त्यही भएर मरेको भन्दै नोट लेखेर वा भिडियो बनाए के हुन्छ? अहिले यस्ता प्रश्न उठेका छन्। गत वर्ष भदौ १ गतेदेखि लागू भएको “मुलुकी अपराध संहिता ऐन, २०७४” अघि महान्यायाधिवक्ताको कार्यालयले यस्तो कानुनको आवश्यकताबारे अध्ययन गर्न एउटा कार्यदल गठन गरेको थियो। त्यसको प्रतिवेदनमा कानुन दुरुपयोगको सम्भावना र नियन्त्रणका उपायहरुसमेत उल्लेख छ। प्रतिवेदनमा पारीवारिक रिसइबी साँध्ने, मृतकका कमजोरीहरु ढाकछोप गर्ने, कुनै अनुचित लाभका लागि आरोपित पक्षसँग सौदाबाजी गर्ने, हल्लामा विश्वास गरी जाहेरी दिने, भीडबाट निर्देशित हुने, अवैज्ञानिक अनुसन्धानको फाइदा लिन खोज्ने जस्ता दुरुपयोग हुनसक्ने सम्भावना औँल्याएको छ।

प्रतिवेदनका केही अंश यस्ता छन्-

आत्महत्या गर्न बाध्य पार्ने कार्यलाई अपराध घोषणा गर्दाका प्रभावहरु

• के र कुन कार्यलाई आत्महत्या गर्न बाध्य पार्ने कसूर मानिने हो, सोको स्पष्ट किटान गरिनुपर्ने देखिन्छ।

• आत्महत्याको वारदात भइसकेपछि प्रारम्भिक अनुसन्धानमा बाध्य पारिएको देखिएमा पीडित पक्षबाट जाहेरी लिई वस्तुस्थिति मुचुल्का, घटना विवरण कागज, अनुसन्धान अधिकृतको नियुक्ति आदि औपचारिकताहरु पूरा गर्नुपर्ने हुन्छ।

•अभियुक्तलाई पक्राउ गरी बयान लिने, जाहेरवाला र साक्षीको कागज गराउने, बरामद सबुद प्रमाण संकलन गरी आवश्यकतानुसार फरेन्सिक परीक्षण गराउने आवश्यकता पर्न सक्छ।

•झूठो जाहेरी दिई अनुसन्धान र अभियोजनलाई गुमराहमा राखेको पाइएमा जाहेरवालालाई नै दण्डसजायको व्यवस्था गर्नुपर्ने गरी कानुनमा थप व्यवस्था गर्नुपर्दछ।

•जरिवानाका अतिरिक्त अभियुक्तबाट पीडित पक्षलाई मनासिब क्षतिपूर्ति समेत दिलाई भराउनुपर्ने सिलसिलामा स्पष्ट कार्यविधिसहित कानुनमा थप व्यवस्था गर्नुपर्दछ।

• मृतकका नाबालक सन्तान वा अपाङ्ग आश्रितहरु रहेको भएमा निजहरुको शिक्षा दीक्षा र भरणपोषणको प्रबन्ध गरिनुपर्दछ ।

फौजदारी न्याय प्रणालीमा पर्ने असर

•अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकीललाई यस नयाँ वारदातको कानुनी व्यवस्था र प्रकृयाबारे अभिमुखीकरण गरिनुपर्ने हुन्छ।

•स्थानीय समाजमा बाध्यात्मक आत्महत्याको वारदात हुन पुगेमा त्यसलाई नलुकाई, सार्वजनिक गरी दोषीलाई दायित्व भराउन समुदायलाई जागरुक बनाउनुपर्ने हुन्छ ।

•बाध्यात्मक आत्महत्याको वारदातमा मूल साक्षी अर्थात पीडितकै मृत्यु हुने हुँदा बयानमुखीभन्दा पनि प्रमाणमुखी अनुसन्धानलाई वरियता दिनुपर्ने हुन्छ ।
• बाध्यात्मक आत्महत्याका कतिपय वारदातमा हाल कर्तव्य हो कि भन्ने कोणबाट अनुसन्धान र अभियोजन हुने गरेकोमा नयाँ कानुनी व्यवस्था आएपछि कसूरअनुसारको दावी लिन सकिनेहुन्छ ।

•कसैले व्यक्तिगत कारणले आत्महत्या गरेको भएतापनि अभियुक्तसँग रिसइबी साँध्ने वा आर्थिक फाइदा लिने नियतले फर्जी जाहेरी पर्ने संभावनासमेत रहने हुँदा सोतर्फ सजग रहनुपर्ने हुन्छ।

•बाध्यात्मक आत्महत्याको अपराधमा पेरोल वा खुला कारागारमा राख्ने संभावना हुने वा नहुने, सोबारेमा गहन अध्ययन हुनुपर्ने हुन्छ ।

•बाध्यात्मक आत्महत्याको मुद्दामा निरन्तर सुनुवाईको प्रकृया अवलम्बन गर्ने वा नगर्ने बारेमा व्यवस्था गर्नुपर्ने हुन्छ ।

प्रस्तावित कानूनी व्यवस्थाको दुरूपयोगको संभावना र दुरूपयोग नियन्त्रणका उपायहरू

कानुन निर्माणसँगै सोको दुरुपयोगको संभावनासमेत जन्मिन्छ । वास्तविक पीडितलाई न्याय र दोषीलाई सजाय दिने उद्देश्यले कानुन बनाइने भएतापनि समाजका केही स्वार्थी तत्वहरुले विभिन्न कारणवश निर्दोष व्यक्तिलाई षडयन्त्रमा पार्नसक्ने संभावना कायमै रहन्छ।

फेरि, सबुद, प्रमाणभन्दा पनि व्यक्ति विशेषको बयानमा हाम्रो फौजदारी न्यायप्रणाली अडिएको सन्दर्भमा दोष निर्दोष छुट्याउने कार्य दुरुह बन्न सक्छ।

फेरि, यस्तो मुद्दामा सबैभन्दा अहं साक्षीको रुपमा रहने पीडित स्वयंको मृत्यु हुने हुँदा दूषित अभियोजनको संभावना बढ्न सक्छ।

यस्तो संभावित दुरुपयोग पछाडिका मुख्य कारणहरु निम्न देखिन आउँछन्ः

•पारीवारिक रिसइबी साँध्ने

•मृतकका कमजोरीहरु ढाकछोप गर्ने

•कुनै अनुचित लाभका लागि आरोपित पक्षसँग सौदाबाजी गर्ने

•हल्लामा विश्वास गरी जाहेरी दिने

•भीडबाट निर्देशित हुने

•अवैज्ञानिक अनुसन्धानको फाइदा लिन खोज्ने ।

उपरोक्त दुःसंभावनाको बारेमा स्थलगत छलफलको क्रममा (परिच्छेद ६) सरोकारवालाहरुले चिन्तासमेत व्यक्त गरेको पाइन्छ। अतः दुरुपयोगको उपरोक्त संभावनालाई निस्तेज पारी सही याचकलाई न्याय दिँदै व्यक्तिहरुलाई अनावश्यक रुपमा हैरानी दिई चरित्रहत्या गर्न खोज्ने प्रवृत्तिलाई हतोत्साहित गर्न निम्न कानुनी सुरक्षणहरु (safeguards) को प्रबन्ध गर्नु वान्छनीय देखिन्छ

•जाहेरीलाई घटनाको सूचनाको रुपमा मात्र लिई गोप्य अनुसन्धान अघि बढाई प्रथम दृष्टिमा अभियुक्त कसूरदार देखिएमा मात्र निजलाई पक्राउ गर्ने ।

•घटना हुनुभन्दा केही समयअघिदेखि मृतक वा प्रतिवादीका क्रियाकलाप, उद्देश्यको अध्ययन गर्ने।

•घटनाको दिन र सोको तत्काल अघि वा पछि प्रतिवादीको क्रियाकलाप र अवस्थिति अध्ययन गर्ने।

•स्थानीय समाजबाट गोप्य रुपमा सूचना संकलन गर्ने।

•प्रतिवादीलाई आफ्नो पक्षका कुरा राख्ने खुला अवसर दिने।

•जाहेरवालाको उजुरी झूठो ठहरिएमा निजलाई रु ५० हजारसम्म जरिवाना गरी ५ वर्षसम्म कुनै अड्डा अदालतमा साक्षी बस्न नपाउने गरी निगरानीमा राख्ने।

•जाहेरी झुठो साबित भएमा प्रतिवादीलाई लागेको कानुनी प्रतिरक्षाको सम्पूर्ण खर्च जाहेरवालाबाट दिलाई भराई लिने।

उपरोक्तानुसारका कानुनी सुरक्षणहरु अवलम्बन गर्न सकिएमा दूषित उजुरीहरु र सो कारण उत्पन्न हुने मनोसामाजिक क्षतिलाई न्यूनीकरण गरी वास्तविक मुद्दाहरुमात्र अदालत पुग्नसक्ने वातावरण बन्ने देखिन्छ ।

निष्कर्ष र सुझावहरु
प्रस्तुत अध्ययनबाट प्राप्त निष्कर्ष एवं सोसम्बन्धी कानुन तर्जुमा र कार्यान्वयन गर्दा विचार पु¥याउनुपर्ने कुराहरुको सम्बन्धमा प्राप्त प्रमुख सुझावहरुलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ

निष्कर्षहरु

आत्महत्याको प्रयासमात्र भन्दा पनि आत्महत्या गर्नेको संख्या दिनानुदिन बढ्दै गएको अध्ययनबाट देखिन्छ ।आत्महत्या गर्नुका विभिन्न कारणहरु रहेको पाइन्छ। कतिपय मानिसहरूले मानसिक रोगका कारण आत्महत्या गर्ने गरेको पाइन्छ। प्रायः गरी मानसिक रोगमा डिप्रेसन (अवसाद) मूलरुपमा रहेको छ। घरेलु हिंसाका पीडितहरुमा बढी आत्महत्या गर्ने प्रवृत्ति रहने गरेको छ। बाल दुव्र्यवहार, बालबालिकाको परित्यागका कारण पनि आत्महत्या हुने गरेको छ। हिरासत र कारागारमा रहेका व्यक्तिहरूबाट पनि आत्महत्या गर्ने गरेको पाइन्छ। परीक्षामा असफल हुने, गरिबीका कारण पनि आत्महत्या हुने गरेको पाइएको छ।

आत्महत्या गर्दा झुण्डिएर, विष सेवन, पानीमा डुबेर, गन (बन्दुक) सुट, आगो लगाई जलेर, धारिलो वा जोखिमी हतियार आदि माध्यमबाट आत्महत्या सम्पन्न गर्ने गरिएको छ। आत्महत्या गर्न बाध्य पार्ने कारणहरूमा विभिन्न तत्वहरुमा स्वास्थ्य सम्बन्धी तत्वहरूमा मानसिक स्वास्थ्य अवस्थाका कारण खासगरी डिप्रेसन, डरचिन्ता, जीवनदेखी निराश, वा विभिन्न मानसिक रोगको दुखाइका कारण, गम्भीर दुर्घटना, गम्भीर विरामी रहेको पाइयो भने वातावरणीय तत्वहरूमा अर्को व्यक्तिको सम्पर्क वा प्रभावबाट वा भौगोलिक वा अन्य कारणबाट प्रेरित भएर गर्ने आत्महत्या, मदिरा वा लागूऔषधको दुव्र्यसनीबाट प्रभावित व्यक्ति, मानसिक दवाब जस्तै दुव्र्यवहार, जिस्काई, हैरानी, पारिवारिक सम्बन्धमा समस्या, बेरोजगारी, मानसिक दवाब दिने खालका जीवनमा पर्ने घटना जस्तै मृत्यु, सम्बन्ध विच्छेद, प्रेममा असफल, जागिरबाट निष्कासन, गरिबी, धनसम्पत्तिको नोक्सान, परीक्षामा असफल, कुनै जोखिमयुक्त समस्याबाट मुक्त पाउन, जुवाका कारण, शारीरिक वा मानसिक दुव्र्यवहार, बलात्कार, घरेलु हिंसा, यौन हिंसा, दाईजो, बहुविवाह, अन्तरजातीय विवाह, गम्भीर कानूनी समस्या जस्तै फौजदारी अभियोजन ईत्यादि रहेका छन् भने ऐतिहासिक तत्व अन्र्तगत पटक–पटक आत्महत्या गर्ने उद्योग वा प्रयास, परिवारका सदस्यबाट आत्महत्या गर्ने कोशिस, पारीवारिक पृष्ठभूमि पाइयो ।

आत्महत्याबाट समाजमा पर्ने असरहरूमा पारिवारिक वियोग, परिवारका सदस्यलाई समाजमा हेयको दृष्टिले हेरिने, परिवारहरू अभिभावकविहिन हुने, श्रमशक्तिको अभाव हुने, अर्थोपार्जनको माध्यम हराउने, आत्महत्यामा कोही पनि प्रतिवादी नहुने हुँदा प्रभावित परिवारले क्षतिपुर्ति नपाउने, आत्महत्या गर्न बाध्य पार्ने र उक्साउने छघ व्यक्तिहरूको पहिचान गरी दण्डित नगरिएमा समाजमा अव्यवस्था हुने, पारिवारिक विचलन, आर्थिक दुरावस्था, सामाजिक विश्रृंखलता, युवा र बालमनोविज्ञानमा नकारात्मक असर पर्ने, राज्यको उपेक्षाका कारण समाजमा आत्महत्याका घटनाहरू बृद्धिपथमा रहेको, बालबालिकाको शिक्षा खल्वलिने, नकारात्मक मनोवैज्ञानिक असर पर्ने, आत्महत्या गर्ने प्रवृत्ति वढ्नु, आत्मवलमा ह्रास आउनु, समग्रमा समाजमा नकारात्मक असर पर्ने जस्ता कारणहरू रहेका छन्।

आत्महत्या न्यूनिकरणका लागि मानसिक रोगीलाई मनोसामाजिक परामर्शको आवश्यकता रहेको र आत्महत्या गर्न बाध्य पार्ने कार्यलाई कसूर घोषणा गर्न आवश्यक छ भन्ने देखाउँदछ ।

अन्य मुलुकहरू जस्तै भारत, संयुक्त अधिराज्य, अमेरिका लगायत सिभिल ल प्रणाली तथा कमन ल प्रणाली अवलम्बन गर्ने विभिन्न मुलुकहरूमा पनि यससम्बन्धी कानून बनेको अवस्था छ भने नेपालमा पनि प्रस्तावित फौजदारी अपराध संहिता, २०६७ मा यस विषयलाई सम्बोधन गरेको पाइन्छ । सम्मानित सर्वोच्च अदालतबाट पनि केही मुद्दाहरूमा यस बारेमा नजिर वा सिद्धान्त प्रतिपादन गरिएको पाइन्छ ।
तथापि, आत्महत्या गर्ने मानिसहरूको तथ्यांकमा एकरूपता नभएको र यसको न्यूनीकरणका लागि राष्ट्रिय नीति नभएको अवस्था छ । मानसिक रोगीका लागि पर्याप्त मनोविमर्श परामर्श सेवाहरू नभएको, लागूऔषध र अन्य विषादीहरूको प्रयोगमा बजारमा सहज पहुँच र पर्याप्त उपलव्ध रहेको पाइन्छ ।

युवायुवतीबीच प्रेम सम्बन्ध कायम भएको अवस्थामा सामान्य विवादको कारण वा विवाह गर्न इन्कार गरेमा आत्महत्या हुने गरेको, पति पत्नीबीच भएको सामान्य विवादको कारण आवेशमा आई आत्महत्या गर्ने गरेको, सासुले छोरा आपूmबाट टाढा नहोस् भन्नका खातिर छोरासँग धेरै भेटघाट गर्न नदिएको कारण बुहारीले आत्महत्या गर्ने गरेको, दाइजोको निहुँमा परिवारबाट तनाव दिने गरेको कारण आत्महत्या गर्ने गरेको पाइएको छ ।

वैदेशिक रोजगारमा गएको अवस्थामा पति पत्नी बीच भएको अविश्वासको कारण पत्नीले आत्महत्या गर्ने गरेको, कतिपय अवस्थामा वैदेशिक रोजगारमा विदेशमा गएर श्रीमानले पैसा कमाई श्रीमतीको नाममा पठाउने गरेको तर अस्वाभाविक खर्चको कारण श्रीमान विदेशबाट घरमा फिर्ता भएको अवस्थामा हिसाब किताब बुझाउन नसकेको कारण पनि आत्महत्या गर्ने गरेकोपाइयो।

वैदेशिक रोजगारीमा गएका महिला स्वदेश फर्किंदा निजको चरित्रका बारेमा विभिन्न शंका र हल्लाका कारण पनि आजित भएर केही त्यस्ता महिलाले आत्महत्याको बाटो रोजेको पाइएको छ ।

सुझावहरू

आत्महत्या गर्न बाध्य पार्ने अवस्थालाई कसूर हुने गरी कानूनको निर्माण गर्दा सरोकार निकायसँग व्यापक छलफलको आधारमा निर्माण गर्नुपर्ने, कानूनको आडमा दोस्रो पक्षले लाभ लिनसक्ने हुँदा यसको संभावित दुरुपयोग रोक्न यस तर्फ बृहत रुपमा छलफल गरी कानूनको निर्माण गर्नुपर्ने ।

कानूनको निर्माण गर्दा कसूरको वर्गीकरण गरी गर्नुपर्ने, यसमा व्यापक राजनीतिकरण हुन सक्ने, अनुसन्धान गर्दा अनुसन्धान अधिकारीलाई पनि दवाब आउनसक्ने हुँदा यसबाट आउन सक्ने जोखिमतर्फ सजग हुनुपर्ने । आत्महत्या गरेको कुरालाई महिलाको हकमा माइती पक्षले स्वीकार गर्न नसक्ने, रिसईवी साँध्न यसलाई एउटा साधनको रुपमा प्रयोग गर्न सक्नेजस्ता पक्षतर्फ सचेत कानून निर्माण गर्नुपर्ने ।
आत्महत्या गर्न बाध्य पार्ने कार्यको कसूर पुष्टि कसरी गर्ने ? अर्को व्यक्ति झन पीडित हुने हो कि ? कानूनको निर्माण गर्दा यस्ता जोखिमको पहिचान गर्नुपर्ने ।

आत्महत्या गर्ने कार्यमा विष प्रयोग गर्ने गरेको पाइएको, औषधी पसलबाट यस्ता विषादी प्रेसक्रिप्सन विना नै खरिद गरी लैजाने गरेको हुँदा औषधी पसलबाट निश्चित उमेर समूहका व्यक्तिलाई प्रेसक्रिप्सन वा डाक्टरको सिफारिसबमोजिम मात्र यस्ता विषादी बिक्री गर्नुपर्ने, बिक्री वितरण गर्दा अनिवार्य रूपमा बिल जारी गरी रेर्कड राख्नुपर्ने खालका प्रावधान राखिएमा आत्महत्याको दरमा उल्लेख्य रुपमा कमी आउन जाने।

आत्महत्या गर्न बाध्य पार्ने कार्यको अनुसन्धान जटिल हुन सक्ने, सजाय गर्दा समेत झन् दोस्रो पक्ष पीडित हुन जानसक्नेतर्फ सचेत हुनुपर्ने, सजाय गर्दा अपराधको वर्गीकरण गरी सोही आधारमा सजाय गर्नुपर्ने, समाजमा यसले प्रतिकूल प्रभाव पर्नेतर्फ पनि सचेत हुनुपर्ने, समाजको वा भीडको दवाबमा पनि जाहेरी लिई मुद्दा चलाउनुपर्ने बाध्यता सृजना हुनसक्ने जस्ता जोखिमहरुलाई विश्लेषण गरी कानून बनाउनुपर्ने ।

आत्महत्या गर्ने कार्यलाई कमी गराउनका लागि राष्ट्रिय रणनीति तर्जुमा गर्ने ।

आत्महत्या गर्न दुरुत्साहन गर्ने कार्यलाई अपराधीकरण गर्नुपर्ने ।

तनावग्रस्त मानसिक रोगी व्यक्तिहरुको पहिचान गरी मनोसामाजिक परामर्श राष्ट्रियस्तरबाटै व्यवस्था मिलाउनुपर्ने ।

आत्महत्याको कारण, असर, दर, संख्या र प्रभावक्षेत्रबारे राष्ट्रिय रुपमै सर्वेक्षण गर्ने ।

आत्महत्याका घटनाको अनुसन्धान तहकिकात गर्दा कारण पत्ता लगाउने परिपाटीको विकास गर्ने र यस विषयमा आवश्यक मार्गदर्शन गर्न सरकारी वकील क्रियाशील हुनु पर्ने ।

आत्महत्या भएको घरपरिवारका सदस्यहरुलाई आवश्यक कानूनी, सामाजिक र प्रशासनिक सहयोग उपलब्ध गराउनुपर्ने ।

पढ्नुस् प्रतिवेदन-
http://www.documentcloud.org/documents/6281807-आत-महत-य-गर-न-ब-ध-य-प-र-न-ल-ई-अपर-ध-घ-षण-गर-न-पर.html

थप ब्लगहरु
‘सीधा कुरा’मा खाली कुर्सी, रवि लामिछाने पक्राउ, अबको कानुनी प्रक्रिया के? कहिलेसम्म हिरासतमा?

पत्रकार पुडासैनी प्रकरण : मर्नुअघि बोलेको भिडियो सार्वजनिक, अब के हुन्छ?

5 comments to नेताको नाम लिएर कोही मरे के हुन्छ? प्रतिवेदनमा कानुन दुरुपयोगको सम्भावना र नियन्त्रणका उपाय यस्तो

  • simon

    दोष नै लगाउन को लागि कसैले आत्महत्या गर्दैन … फेरी आत्महत्या नै गर्न लागेको मान्छे ले कसै लै फसौना खोजेको हुदैन … यो त्यो पत्रकार लामिछाने को धेरै स्वास्नी ल्याउने इतिहास छ … तेत्ति राम्रो मान्छे त होइन उ पनि.. तेस्लाई पुरा डिटेल मा अनुसन्धान हुनु पर्छ … बाहिर नारा जुलुस गरेर यी भेडा नेपाली के के गर्न खोजेका हुन्? नारा जुलुस गरेर कानुन अबरुद्द गर्न पाइञ्छ ?? होला केहि राम्रो काम गरेका होलान पत्रकार लामिछाने ले र नराम्रो काम गरेका पनि इतिहास छ .. बिदेस मा भाको भए यी पत्रकार ले जे पायो तेही गर्ने हिम्मत गर्दैन थिए होला …बाइ द वे , अनुसन्धान पुरा नुहुजेल … नारा जुलुस गरेर “नेपाली – जंगली” को पारा नगरौ !

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • बासु

    शालिकराम पुडासैनी आत्महत्या सम्बन्धमा आत्महत्या अगाडी रेकर्ड गरिएको भनिएको भिडियोमा लिइएको नाम रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता कार्कीलाई आत्महत्या गर्न बाध्य गरिएको आरोपमा पक्राउ गरिएको रहेछ | यो कानुन अनुसार पक्राउ गरिएकोले अनुसन्धान प्रहरीले र उचित फैसला अदालतले गर्ने नै छ | यसमा बोल्ने बिरोध समर्थन गर्न केहि चाहिन |
    अपितु, यस अघि एक बालकले शिक्षकको नाम नै किटेर आत्महत्या गरेको समाचार बाहिर आएको थियो | तर, त्यस शिक्षकप्रति के कस्तो सजाय वा कारवाही भयो त्यो सुन्न पढ्न पाइएन | कि त्यसमा प्रहरी चुकेको हो ? या माथिको घटनामा हाइ प्रोफाइल (?) मानिएर कारवाही गरिएको हो? कुरा चाहिं बुझिएन |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Shankar

    रबि राम्रा काम गरिराका थे, दुर्भाग्य यहाछेउ फ़सेछन | जो जिता वोही सिकन्दर सधै हुदैन |
    पटक्कै इच्छा छैन रबि जेल गएको हेर्न , तर के गर्ने उनीबाट भुल भए जस्तो छ |
    ओली , बाबुराम , प्रचण्डको देश मा उनि छन् हेर्दैजाम , कस्तो सजाय पाउछन |
    जेल नै जान परे बरु अलिकति राजनीतिक रंग दिएर रास्ट्रको सेवा गर्दा गर्दै कम्निस्ट सरकारले ५ बर्स जेल हाल्यो भन्न पाइन्थ्यो कि ?
    ओलीको १४ बर्स , अरुको जेल जिबन पनि येस्तै येस्तै जस्तो लाग्छ |
    धमला अपहरण काण्ड मा जेल जादा २ वोटा आउला ठदायेर गाथ्यो , आज र को चाकडी ले उ फलेको फुलेको हेर्नुस |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)