चितवनको नारायणी नदी किनारको हजारौँ सहभागी भएको यी फोटोहरु मूलधारका कुनै पनि मिडियामा आएनन्। न सरकारी, न निजी। न छापामा, न अनलाइनमा।
किन?
के यत्रो पाँच/छ हजार भेला भएको घटना समाचारयोग्य छैन? केको भिड हो यो? किन उर्लिए चितवनमा यसरी हजारौँ? के एउटा फोटो वा एक लाइनको वाक्य बन्न सक्दैन थियो?
यो जनसागरलाई सम्बोधन गर्दै गरेका व्यक्ति कुनै नेता हैनन्।
यिनी अभियुक्त हुन्। फौजदारी अभियोगका अभियुक्त। भर्खरै चितवन जिल्ला अदालतले दिएको आदेशपछि ५ लाख धरौटी तिरेर हिरासतमुक्त भएका। अभियोगको आधार कम भएको आदेशमा थियो तर उनले सफाई पाइसकेका हैनन्। तर पनि एक अभियुक्तको पक्षमा किन यति धेरै जनता उर्लिए?
यिनी मात्र एक टेलिभिजन प्रस्तोता हुन्। सरकारी हैन, एउटा निजी टेलिभिजनमा हप्तामा तीन पटक एक घण्टा प्रसारण हुने कार्यक्रम सीधा कुरा जनतासँगका सञ्चालक रवि लामिछाने।
अस्ति पनि लेखेको थिएँ। छुटाउनु भएको भए पढ्नुस् – किन उर्लियो एक टेलिभिजन प्रस्तोताका लागि यत्रो भिड?
किन आए त यिनीहरु? त्यहाँ उपस्थित मात्र हैन, घरघरमा पनि रवि लामिछानेको चर्चा छ। जबकि मर्ने मान्छेले भिडियोमा आँसु बगाएर भावविह्वल हुँदै उनको विरुद्ध बोलेका थिए। गम्भीर आरोपहरु लगाएका थिए- पैसा असुलीको। अरु भएको भए त्यसपछि लाइफ ड्यामेज भइसक्थ्यो। तर त्यो के फ्याक्टर हो जसको कारण उल्टो खोला बग्यो? भिडियोमा अपराधी तिमी हौ भनेर मर्नेले भन्दाभन्दै हजारौँले किन हैन भने?
सबै छक्क छन्। टेलिभिजन पत्रकारका हस्ती विजयकुमारले लेखेका छन्-
उनले सोधेको प्रश्नको कुनै जवाफ होला? मूलाधार भनिने मिडियाका सबै बहालवाला र हामी भुपु सम्पादक (प्रधान उपसर्ग लागेका समेत) ले सयुक्त आव्हान गरे, यस्को कति प्रतिशत मान्छे भेला हुन्छन् होलान्?
आजको सभा राजनीतिक दलले गरेको सभा जस्तो देखिए पनि यो खासमा रविले गरेको धन्यवाद सभा थियो। यसमा सहभागीहरु दलहरुले पैसा दिने लोभमा आएका थिएनन्। हिजो साँझ धरौटी तिरेर थुनामुक्त भए पनि उनी आज धन्यवाद सभा गर्न चितवनै बसेका थिए।
तर आजको सभाले उनमा राजनीतिमा जाने महत्त्वाकांक्षा भने बढाउन सक्छ।
खासमा यो बढ्दो असन्तुष्टिको प्रतिबिम्ब हो। यसलाई समयमै सम्बोधन गर्न जरुरी छ। आज किन न्याय माग्न प्रहरी र राज्यका अन्य निकायमा हैन, सीधा कुराको स्टुडियोमा जान रुचाउँछन्? के न्याय माग्ने ठाउँ कुनै टेलिभिजन कार्यक्रम हुनसक्छ?
राणा हटाए, राजा आए। राजा हटाए, गणतन्त्र ल्याए। कांग्रेसलाई गरेको विश्वास काम लागेन, माओवादीलाई विश्वास गरे अत्यधिक बहुमत दिए, केही गर्न सकेनन्। अस्थिर सरकार भएर विकास नभएको भन्ने बहाना गरे भनेर यस पटक दुई तिहाई बहुमतको नेकपाको सरकार बनाइदिए। तर एक वर्ष बितिसक्दा किन यति विघ्न असन्तुष्ट छन् जनता? अब खोज्ने बेला भएन? काम न काजसँग किन एउटा अभियुक्तको लागि यति धेरै भिड जम्मा हुनुपर्थ्यो? अब त गम्भीर हुनै परेन?
अरु टेलिभिजनले, रेडियोले, अनलाइनले र पत्रिकाले यी फोटोहरु नराख्न सक्छ। तर के सामान्य नागरिकको मनमा बढ्दै गएको असन्तुष्टिलाई यी दृश्य रोक्न र छेक्न खोज्दैमा सम्भव छ र? के अहिलेको युगमा मूलधारका मिडियाले म नै सबै थोक हुँ भनेर घमण्ड गरिरहन मिल्छ र? ठूलो लगानीका मूलधारका मिडियाले नदिए पनि सानो लगानी युट्युब च्यानलहरुले त यसलाई कभर गरिरहेकै छन्। अनि त्यसमा चासो ती भिडियोहरुको हिट्सबाट देखिन्छ नै। किन आज ठूला मिडियाका युट्युब भिडियोहरुले हजार भ्युज क्रस गर्न नसकेको बेला युट्युब च्यानलहरुका भिडियोले लाख-लाखको भ्युज पाइरहेका छन्?
ठूला मिडियाले रोक्न र छेक्न खोज्दैमा कुनै पनि जानकारी अब रोकिने र छेकिने स्थिति पटक्कै छैन। पत्रकारहरुलाई इर्ष्या र डाहा त लाग्ला रविको क्रेज देखेर। तर उनलाई जिम्मेवार भएर पत्रकारिता गर्न सल्लाह दिने हो कि अझै इग्नोर गरिरहने? तपाईँलाई त्यस्तै पर्दा कति जना तपाईँको पछाडि उभिन्छन् भन्ने प्रश्न सान्दर्भिक नहोला, तर उनको पक्षमा उभिएका त हुन् नि। उनलाई यति धेरै विश्वास त गरेका हुन् नि देशभरका जनताले। अब यो शक्तिलाई सकारात्मक ऊर्जा बनाएर सञ्चार कर्ममार्फतै देशहितमा लगाउन त सकिन्छ होला नि। कि हैन-हैन, यस्तो ‘उडेर घुमाएर किक हान्न मन छ’ भन्दै टिभीमा चिच्याउनेलाई वास्तै नगरौँ भन्दै मात्र बस्ने?
यी १० दिनमा लाग्थ्यो देशमा दुई पक्षमात्र छन्- रवि समर्थक र रवि विरोधी। कित्ताकाट हुनै पर्ने जस्तो स्थिति। अहिले कसैको जित र कसैको हार भएको हैन। रवि विरोधीहरुले पनि सोचे भन्दा धेरै साथ समर्थन उनको छ भन्ने देखे। रवि आफैले पनि देखे खाडीमा बस्ने फेसबुकेहरुमात्र आफ्ना समर्थक छन् भन्ने आरोप र केही परी हाले फेसबुकमा लाइक बटन थिच्ने र कमेन्ट लेख्ने बाहेक केही गर्न सक्दैनन् भन्ने गरेका। अब त उनले पनि देखे- उनका लागि कति मान्छे सडकमै आउन सक्दा रहेछन्।
अब रवि र उनको टिम अझै जिम्मेवार हुनुपर्छ। हाम्रो साथमा यति धेरै जनता छन् भनेर दलका नेताहरुले जस्तो दम्भ गर्न थाले पनि उनको पतन त झन् छिट्टै हुने निश्चित छ। फौजदारी अभियोग घाँटीमा तरवार बनेर झुण्डिएको हुनाले अबका प्रत्येक कदममा उनले अझै चुनौतिको सामना गर्नुपर्नेछ। उनको अबको मुख्य चुनौति नै अपार समर्थकको अपेक्षा अनुरुप आफ्नो पेशागत, नैतिक र व्यवहारिक कर्म अघि बढाउनु।
यो प्रकरणका अरु ब्लग
नागरिकहरुले स्वस्फुर्त तरिकाले कसैलाई गरेको सम्मानलाई “मपाईवालाहरुको स्वोघोसित बद्दप्पनलाई झापड” हो/ यस्तो झापड खानेहरु नागरिकले सम्मान गरेकालाई नीचा देखाउन जे पनि गर्न सक्छन/ इनिहरु अरुको कृति देन लोकप्रियतालाई मल बनायर मात्रै उम्रन सक्ने झार हो/ उदाहरण प्रमाणको ठेली सम्झनामा पनि छ आँखा अगाडी पनि छ/
Unbiased analysis.. thanks salokya?
एउतै कुरो एउतै शो मा दश चोटि रिपिट गरेर एयर टाइमको वास्ता नगरने प्रोग्राम हो रबिको सिधा कुरा| दर्शकलाई नजरअन्दाज गरेर शुरुमा र त्यसपछि पनि त्यै कुरो दोहोराउने कार्यक्रम हो| जबर्जस्त सुझाव र घोचपेच दर्शकले मन पराएका हुन्| स्वास्थ्य मन्त्रालयका एउटा सह सचिव स्तरका अधिकृतलाई पोखरामा घुस लिंदा गरेको स्टिङ्ग अपरेसनले चै धेरैलाई सतर्क गराएको छ| बाघ झैँ गर्जन खोज्ने उक्त अधिकृत कसरि भिजेको मुसा सरह भए रंगे हात पक्राउ परेपछि| कार्यक्रमको लोकप्रियता पनि बढाएको हो|
६० लाख युवा बाहिर श्रम गर्न परेको बिषयमा दिनहु लेख आउन पर्ने हो| नेपाली जनतालाई समयमा सही औषधि उपलब्ध गराउन सरकार असक्षम छन्| औषधिको नाउँमा अरबौ रुपियाको धाँधली र भ्रष्टचार सल्किदो छ टाउका देखि पुछार सम्म| कर्मचारीहरु दशैं मनाउन पैसा बटुल्न आतुर छन्|
नेपाली पत्रकारिताको ठुलो अभावको पाटो भनेको गहिरो खोजी पत्रकारिता र कुनै बिषयमा अन्त्य वा निषकर्ष सम्मको फलो अप हो| सतही हल्ला र निर्देशित भएर लेख्नेहरु धेरै देखिन्छन|
रबि प्रकरणले सुनकाण्ड, निर्मला प्रकरण आदि ओझेलमा पर्न सक्छन| कुनै समय राजस्वका हाकिम चुडामणि शर्मा भ्रष्टचार काण्ड सेलाएर गएको छ| राजनारायण पाठक पनि त्यही लाईनमा छन्| खोज पत्रकारिता र फलो अप नभएर हुनसक्छ|
यो ब्लगमा जस्तो रिसर्च गरेर लेखेको गतिलो पाराको अन्त त्यति देखिदैन| त्यसैले संधै पढने गर्छु|
मुलधारका भनिएका मिडियाहरुमध्ये केहि केहिमा बिदेशी लगानीको कुरा पनि सुनिनमा आएको छ । तथापी लगानी जोजस्को भएपनि उद्देश्य भनेको सत्य तथ्य समाचार पाठक, दर्शक र स्रोता समक्ष पस्कनु बाहेक अन्य नहुन पनि सक्छ । एकातिर रवि लामिछानेले पत्रकारको रुपमा छोटो समयमा कमाएको वाहवाही र अन्य मिडियाका केहि पत्रकारहरुले पितपत्रकारिता गरेको भन्ने आरोप सहितका घृणा । सरकारी मिडियाहरु भनेको सरकारका घोडा हुन् जस्मा प्रकाशन र प्रशारण हुने समाचारहरु सरकारकी जय सरकारकी जय भन्नेमा सिमित हुन्छ । रबिको केसमा प्रेस काउन्सिलका का.वा.अध्यक्ष समेत जोडिएका हुनाले पत्रकारहरु समाचार र फोटो प्रकाशन/प्रशारण गर्न डराएका हन सक्छन् त्यसमाथी माननिय बास्कोटा ज्यूको पनि केही निर्देशन त अवश्य होला ।
मैले त यसरी यति नै बुझें थप केही कारण भएमा जानकारीको अपेक्षा गर्दछ् ।
कानुन र अदालत ले न छोएका तर धेरै जघन्य अपराध गरेका अपराधी हरु राजनीतिग्य को मुखुण्डो लगाएर कोइ सत्ता मा , कोइ बाहिर छन् , तिनीहरु मध्ये कोइ ”र” को दलाली ले सक्तिसाली भएर टिके का छन् त् कोइ पश्चिमा सक्तिको दलाली ले |चोर लाइ चौतारो र साधुलाई सुली भएको छ | येसैबिच निर्मलाको बल्ल्त्कार , अनि हत्या भयो , राज्य ले हत्यारा निर्क्योल गर्न सकेन | यो केस मा पनि धेरै नेपालि ले बिस्वास गरेका छन् पुडासैनी लाइ हत्या गरिएको छ आत्म हत्या हैन | यो भिड तेसैको लागि हो |
उपचार खर्च को नाउमा राज्य दोहन , अनाबस्यक विदेश भ्रमण मा राज्य दोहन , किलो का किलो सुन लाइ पित्तल बनाउने काण्ड, वाइड बडी, पुलिस, प्रसासन , त्रि बि बि जता त तै भ्रास्टाचार , बिकास निर्माण सुन्य जनता लाइ जैसी र कुमाई गफ दिएर झुकाउने बा गुमराह गर्न खोज्ने , पार्टोका पाल्तु हरुलाई राज्यकोष धन लुट्न मा छुट आदि अनगिन्ती बेइमानी यो सरकार को देन हो | बालुवाटार बेचेर खाए , धेरै सार्बजनिक जग्गा व्यक्तिको नाउमा गरे , गुठि चलाउन खोजे चिन्धि चोर हरुलाई जनताले चिन्न न सक्दा भनु भेडाको छला वोड़ेका ब्वासा हरु बाट जनता राम्रै झुक्किएको अबस्था हो |
Thank you, Salokya. You bring in light in front of the public through this portal. I am not surprised by a mass public shown up in a TV stunt man. They were fooled before and they are now and they will be fooled. Nepalese people are desperate and hoping something magic happens in the nation by one person. Whereas, the majority of people are illiterate and those who have academic so-called *educated people* have no skilled to attract investors and create opportunities in Nepal. To be frank, 90% of Nepal’s population is completely useless or unproductive. Moreover, the nation is running in a caste-based system, power has been hijacked by one group of caste people for many years, and the majority of people are out of the system or do not have access to state resources and opportunities. What would we expect from those innocent people who don’t know their identity who they are?
मेरो विचारमा तलका २ मध्ये एउटा कारण हुन सक्छ:
१. रवि हामीभन्दा लोकप्रिय भयो, यसलाई भाउ दिनुहुँदैन
२. किशोर श्रेष्ठ या अन्य कुनै ‘ठूलो’ मान्छे ले रविको समाचारलाई ठाउँ नदिनू भनेर आदेश दिएको हुनसक्छ.
सुनिल जी, सालोक्य ले कुरा नबुझेको जस्तो लाग्दैन. येतिको सन्तुलित लेख धेरै कम मानिस ले लेख्न सक्छन. तपाईहरु भिड देखेर अथवा रबि को कार्यक्रम अथवा अर्को भाषामा तमाशा … देखेर धेरै प्रभावित हुनु भएको जस्तो छ. धमला को कार्यक्रम र रबि को कार्यक्रम , त्यस्तो नौटंकी, सिस्टम विकास भएको कुनै देश मा कसैले गर्यो भने दुइ दिन पनि टिक्न सक्दैन. धन्न नेपाल भएकोले रबि ले भक्त हरु भेटेका छन्. भक्त त राम बहादुर बोम्जन ले पनि भेट्टाएका थिए. भिड त हामीले काठमाडौँ मा नानी मैया दाहाल को पालामा पनि देख्यौ, पदमा रत्न तुलाधर को पालामा पनि देख्यौं र प्रचण्ड को पालामा त त्यो भिड भन्दा बढी मानिस ले बन्दुकै बोकेका थिए. अन्त्यमा के भयो … जग जाहेर छ. त्यसैले देश मा सिस्टम बस्न जरुरि छ… सरकार मा बस्ने ले बदमासी पनि गर्छन… र त्यस लै चेक एंड ब्यालेन्स गर्ने सिस्टम पनि बिस्तारि बन्छ . केहि कुरा ले सिस्टम बन्न मा सहयोग पुर्याउञ्छ भने सालोक्य प्रकार को पत्रकारिता ले पुरयाउछ… सालोक्य जी तपाई को बस्तुपरक पत्रकारिता को लागि हामि आभारी छौ … एस्तो निस्पक्ष्य , खोज मुलक र सन्तुलित दृष्टिकोण कायम राख्नुहोस.
मोटर साइकल दुर्घटना मा भएको घाउ लाइ यातना दिएको देख्ने, आखामा फोटो देख्ने जस्ता अनेक अफवाह फैलाउने काम र कानुनी काम कारबाही प्रभावित गर्ने काम निन्दनीय छन्. येस्ता रबि आज आउञ्छन, भोलि जान्छन. तर देश को सिस्टम भनेको येत्रो जनायुध्ध वा धनायुध्ध पछि बिस्तारै सेट हुदैछ. कृपया बिथोल्ने कस्ट नगर्नु होला. … सिस्टम बसेन भने अशान्ति हुन्छा र ..आब अर्को रक्तपात भयो भने देश ले थेग्न सक्दैन….
Salokya ji afaele pani rabi ji ko irsya gareko jasto dekincha pachilla lekh harubata. Ma pani rabi ko fan haina. Tudikhelma Human flag banyera world record rakhchu bhaneko din batai rabi pani ui dyang ko mula bhanne tha payeko thiye. Tara saloky ji lagayetka rabi birodhi sabai patrakar le eutai kura pramanit garna khojeka chan salikram le atmahatya nai gareko ho tesile rabilai jyanmara mudda lagauda thik huncha. Ho salikram le atmahatya nai gareko ho, jasari arulai hatya garda aparadh manincha tesari nai afailai hatya garda pani aparadh ho. Sabaibhanda thuko kura bhaneko salikramle lagayeko aarop irsya ra daha matra ho. Arkako daha gareko mareko manche sidhai narka baas huncha.
रविले चलाएको प्रोग्रामले त पक्कै मान्छे तान्यो होला तर त्यो भन्दा बढि नयाँ बनेको कानुनको दुरुपयोग गरि दुख दिन खोजेको लागेर पनि मान्छे बढी भए होलान । भन्दा खेरि ठुलै अनुसन्धान गरि मुद्दै लगाए पनि खासमा हेर्दा मर्न बाध्य पारेको कुरा पत्याउने आधार नभएको असर हो जस्तो लाग्छ ।
The Rise of “Imran Khan” in Nepal:)
Salokya sir,you have no idea what you are talking about.you have too much hatred towards ravi sir(may be your own personnel reason)well anyway good luck for you aswell in your job area.And please don’t try to convince with your story like this to the people of nepal about ravi sir being bad guy.we know who is ravi sir and now we know how much ediot you are.thank you so much for this article.it makes merespect more to ravi sir now.
Each one their own. There are many people who like Rabi’s TV programme.
I am afraid but with some exceptions, I am not fan of his style and his hit TV programme. I watched some but found some factual errors. I found it to be sting operation rather than an investigative journalism.
His so called investigation is involved in small everyday corruptions but very quiet in bigger issues.
However, he is an individual who is trying to be popular and secure a good fan base to prosper his future. I can see him becoming a very influential politician in the near future. So, good luck to him.
I am not his fan.
Sadly in Nepal, YouTube and social media works, cheap populist slogans and formats work. Rabi and his management team have used these tools exceptionally well.
No direct comparison but after following this blog for maby years, I can declare Salokya is 100 times better journalist than Rabi.
One thing to note, former minister Khadka was celebrated like a hero when he was released from prison in corruption charges.
तस्बिर आफै बोल्छ। ?
यो दृश्य हेरेर नेताहरु अनि पत्रकारहरुले अब डाह गर्न छोडेर पाठ सिकौं।
??