यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

छोराछोरी विदेशमा भनेर के फूइँ लाउनु, अचेल नेपालमा नेपाल छ जस्तो लाग्दैन : दुर्गालाल

फूलको आँखामा फूलै संसार..जस्तो चर्चित गीत लेख्ने कवि हुन् दुर्गालाल श्रेष्ठ। उनले यो भिडियोमा अहिलेको नेपालबारे आफ्नो विचार राखेका छन्। उनी भन्छन्- पैसामात्रै सबै थोक होइन। अचेल त डलर सिरानीमा राखेर मरिरहेका हुन्छन् वृद्ध आमाबाबु। घरका कोही न कोही विदेश नगएको घरै छैन होला। छोराछोरी विदेशमा छन् भनेर फूर्ति लाउँछन्। अचेल त नेपालमा नेपाल छ जस्तो लाग्दैन। भिडियोमा हेर्नुस् उनको धारणा

4 comments to छोराछोरी विदेशमा भनेर के फूइँ लाउनु, अचेल नेपालमा नेपाल छ जस्तो लाग्दैन : दुर्गालाल

  • bijay

    हुनेले छोरा छोरी अम्रिका अस्ट्रेलिया गएर नफर्केकोमा दुख मनाउछन , नहुनेले छोरा छोरी खाडीमा गएर बाकसमा फर्केकोमा दुख मनाउछन्/ तर थोरैले मात्र सबै बिदेशिनु पर्ने परिस्थिति कसले बनायो, मान्छेको इज्जत उसको समाज प्रतिको भूमिका भन्दा उसको धन र रवाफ संग जोड्ने संस्कृतिको विकास गर्यो, त्यो कुरा कसैले गर्दैनन्/
    एक समय एस्तो पनि थियो जब विदेशमा नबस्ने मध्यम बर्गको केटासंग त छोरीको बिहे गरिदिन पनि बाबु आम हिच्किचौथ्यो/ SLC मा फर्स्ट दिविजन आउने बित्तिकै डाक्टर इन्जिनिएर हुनुपर्ने , अन्यथा बिद्यालय सिक्श्यक जस्तो गरिमामय पेसाको त भबिस्य नै अन्धकार जस्तो कुरा गरिन्थ्यो, जबकि बाटोमा कुचो लगाउने कुचिकार बिना त्यै आफुलाई इज्जतदार ठान्ने वर्ग बाटोमा नाक थुन्दै हिड्नु पर्छ भनेर कहिल्यै सोचिन्दैना/ त्यस्य्तो सामाजिक मान्यताको उपज नै हो अहिलेको यो सबैलाई विदेश जानै पर्ने परिस्थिति / अनि एस्तो संकृतिको विकास त्यै पुस्ताले गरेको हो जसले अहिले चाही सबै युवा जमात बिदेशमा छन् भनेर दुख मानि रहेका छन् /दुवै हातमा लड्डु खोजेर कहाँ काम चल्छ?
    मान्छेको धनको रवाफको भन्दा मान्छेको समाज प्रतिको योगदानलाई बढी महत्व दिने संसृतिको विकास गर्ने हो भने विदेशिने दक्ष्य युवा जमात त्यसै नै घटेर जाञ्छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 1

  • यो समस्या नेपाल मा डडेलो लागे जसरी फैलिरहेको छ

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • Punya

    उमेश जी,
    महरो बलात्कार काण्ड को update होस्, दोषी उम्केको देख्न नपरोस \

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • Raju Acharya

    मन छुने अनुभव !

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 2

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)