यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

महराको दशैँ हिरासतमै, निवासबाटै नियन्त्रणमा लिई निजी कारमा लगियो चौकी

अन्ततः निवर्तमान सभामुख कृष्णबहादुर महरा आइतबार महाअष्टमिको दिन साँझ सभामुख निवासबाटै पक्राउ परेका छन्। बिहान काठमाडौँ जिल्ला अदालतले हिरासतमा राखी अनुसन्धान गर्न पक्राउ पूर्जी जारी गरेपछि साँझ निवास पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिई सिंहदरबार प्रहरी वृत्त पुर्‍याएको हो।


अघिल्लो हप्ता आइतबार भएको घटनाको सोमबार राति समाचार आएपछि मंगलबार सभामुख महराले आफ्नो पदबाट राजीनामा दिएका थिए। बीचमा ट्विस्ट आएर आफूमाथि बलात्कार गरेको आरोप लगाउने महिलाले बाउ जस्तो भएको भन्दै आफ्नो कोठामा आउँदै नआएको दावी गरेर अर्को अन्तर्वार्ता दिएका थिए।

तर शुक्रबार उनले बलात्कार प्रयासको उजुरी प्रहरी चौकीमा दिए। त्यसपछि दशैँका लागि पक्राउ पूर्जी जारी गर्न काठमाडौँ जिल्ला अदालतले गरेको व्यवस्था अनुसार उनलाई पक्राउ पूर्जी जारी गरियो।

पक्राउ पूर्जी जारी भएपछि पक्राउ गर्न सभामुख निवास पुगेको प्रहरी केही बेर त्यहीँ अल्झियो। सुनिए अनुसार महराले प्रहरीको गाडीमा जान अस्वीकार गरे। त्यसपछि उनको लागि निजी गाडीको व्यवस्था गरिएको थियो। बा १८ च ४०० नम्बरको रातो गाडीको पछाडिको सिटको बीच भागमा राखेर उनलाई चौकी लगिएको थियो। उनलाई पक्राउ गरेको दृश्य खिच्नका लागि थुप्रै सञ्चारकर्मी निवासबाहिरको गेटमा कुरेर बसेका थिए।

अब के हुन्छ?
महिलाले दिएको किटानी जाहेरी अनुसार अब प्रहरीले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने छ। पक्राउ पुर्जी जारी भएर नियन्त्रणमा लिइसकेपछिको अर्को प्रक्रिया हुन्छ- अनुसन्धानका लागि हिरासतमा राख्ने। यसका लागि पनि प्रहरीले महरालाई अदालतमा लग्नुपर्छ।

यसका लागि मुलुकी फौजदारी कार्यविधि नियमावली,२०७५ अनुसार ऐनको दफा १४ बमोजिम अनुसन्धानको लागि अभियुक्तलाई हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भएमा अनुसन्धान अधिकृतले अनुसूची -६ बमोजिमको ढाँचामा सरकारी वकिल कार्यालय मार्फत अदालतमा निवेदन दिनु पर्नेछ।

ऐनको दफा १४ को उपदफा -७_ मा उल्लिखित कसूरका सम्बन्धमा अभियुक्तलाई थप अवधि हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भएमा अनुसन्धान गर्ने अधिकारी र सरकारी वकिल दुवैले अदालतमा निवेदन दिन सक्नेछन् ।

यस नियम बमोजिम दिइने निवेदनमा अनुसन्धान सन्तोषजनक रुपमा भएको र अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण तथा सम्पन्न गर्नुपर्ने कामहरुको विवरण समेत खुलाउनु पर्ने नियमावलीमा उल्लेख छ।

कति दिन महरा हिरासतमा?

प्रहरीले अब बयान गराउने, कागज गराउने जस्ता प्रक्रिया गर्नेछ। यसका लागि कति समय लाग्छ अहिले नै यकिन भन्न सकिन्न। दशैँका क्रममा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द छ। पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनमा शोक मनाउन सर्वाेच्च अदालतले यही असोज २७ गते मुलुकका सबै अदालतमा बिदा दिने निर्णय गरेकाले २८ गतेमात्र अदालत नियमित खुल्नेछ।

दशैँ सकिएपछि अदालतमा पेश गरी प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्न केही दिनको म्याद लिनसक्छ। बढीमा २५ दिनसम्म यसरी हिरासतमा म्याद थप्दै राख्न सकिन्छ। यसका लागि अदालतले अनुमति दिनु पर्छ। अथवा अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न जरुरी छैन भनेर अनुमति नदिन पनि सक्छ।

अभियुक्त हो कि हैन भनेर निर्क्यौल गर्ने काम प्रहरी र सरकारी वकिलको हो भने अपराधी हो कि हैन भन्ने निर्णय गर्ने काम अदालतको हो।

अब यो केसमा पनि प्रहरीले अनुसन्धान सकाएपछि प्रस्तावित राय सुझाव प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँछ। मुद्दा चलाउने प्रतिवेदन पेश भएमा त्यसलाई सरकारी वकिलको कार्यालयले हेर्छ। उसलाई पनि मुद्दा चलाउनु पर्ने लागेमा सरकारी वकिलको कार्यालयले अभियोगहरु उल्लेख गरी मुद्दा दर्ता गरेपछि थुनामा राखेर मुद्दा अघि बढाउने कि थुना बाहिर भन्ने विषयमा थुनछेकको बहस हुन्छ।

यो बहसको नतिजा तीन वटा हुन सक्छ-

एक, साधारण तारेखमा राखी मुद्दा पुर्पक्ष गर्ने।
दुई, धरौटी तिराएर मुद्दा पुर्पक्ष गर्ने।
तीन, थुनामै राखेर मुद्दा पुर्पक्ष गर्ने।

7 comments to महराको दशैँ हिरासतमै, निवासबाटै नियन्त्रणमा लिई निजी कारमा लगियो चौकी

  • madan bajracharya

    मित्र
    उसको सांसद पद रही रहोस/ यसो हेर्दा ठिक नभय पनि यसले अहिले जस्तो सुकै पनि सांसद बनाईने जस्तै तिन वटा देसको पासपोर्ट रहेको ….; सदना सदके गुण्डाको ताल देखाउने जस्तै मधेशबादी सांसदले कुर्सि भाँचेको जस्तै आदि आदि कुराले …गरेको सदन र सांसद कस्तो हुनु पर्छ भन्ने कुरा उठ्न सक्छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Sikkum

    where did he get money to have own car?. He has given his village house to the party and now he has own car. Wow rich man now from nothing without any business. Corrupted party of corrupt politician.

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • madan bajracharya

    महरालाई थुनामा राखी राख्नु हुँदैन/ रविलाई जस्तै …..गर्नु पर्छ/ थुनि राखे उसको आफैलाई लाज लाग्ने अनुहार नागरिक र उसका आफ्नाले देख्न पाउंदैन/ साधारण तारेखमा छोडे तेत्रो पदमा बसेका सबैले सम्मान गरेका महराले जव उसका आफन्त र उसलाई नमस्कार गर्नेले उसलाई जस्तो हिसावले हेर्छन त्यो देखेर महराले बरु थुनेकै भय यस्तो हेराईको सामना त् गर्नु पर्दैन भनि आन्तरिक बिलाप गर्दै रहनु पर्ने हुन्छ/ यस्तो अवस्था कुनै यातना भन्दा कम हुँदैन/

    अव केहि कुरा तेत्रो विध्वंश मच्चाउने नागरिक को ज्यान समेत लिने देसमा चन्दाको नाममा लुट आतंक मच्चाउने प्रेसर कुकारे लगायत नेपालनै टुक्राउने अभियान चलाउने रावतलाई नसमाउने तर बलात्कारको आरोप मात्रै लागेको महरालाई थुनेको कुराले के संकेत गर्छ; देसमा अपराध गर्ने जो सुकै भय पनि कार्यवाही हुने कानुनि राज्य स्थापित भयको बा सत्ताको नेतृत्व गर्दै रहेको पार्टीको छवि बच्चाउन मात्रै …..

    बिबाहित महरा र त्यो महिला बिच पहिला देखि सम्भंद रही आयको कुरा सत्य हो भने महरा त्यो महिलाको कोठामा बलात्कार गर्नकै निमित नभई पहिला देखिने …भयकोले गयको देखिन्छ/ अरु महिला माथि सम्भंद राखेकोमा अहिले महरालाई त् कार्यवाही भयो तर याद गर्नुस बिबाहित प्रकाशले अरु महिला सिट सम्भंद राखेको थियो/ त्

    कयौं राजनीतिमा लागेकाहरु यौन सम्भंद सम्भंदिद बिबादमा पर्दै आयको छ तर बिरलैलाई कुनै कार्यवाही गरियको छ/ उदाहरण अनेकौं छ/ तेसैले यो केसमा पनि तेस्तो केहि नहुने चान्स धेरै छ/ उदाहरणको रुपमा देउपाले आफ्ना कार्यकर्तालाई अनुसरण गर्नु भनेको गान्धीकै लिन सकिन्छ/ बिबाहित सम्मानित गान्धिको कलिला महिला सिटको सम्भंद कोत्याउनेनै हो भने उ माथि भारतको कानुनको कयौं धारा सेक्सन लाग्न सक्थ्यो/ तर तेस्तो केहि भयन/

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 8

  • शिशिर नेपाली

    depression , अपाङ्ग अशक्त पागल अन्धो बहिरा लाटा लाटी बृध आदि लाई येस्तो कुकृत्री गरे थप 5 बर्स सजाय पनि छ होईन र कानुनीमा ??

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • Birkhe

    संसारकै प्राणीहरु estosterone. Testosterone लेबल बढेपछि बौलौछन भन्थे, मानिस
    लाई बिगार्ने अरु कोहि नभएर आफैले गर्छन भन्थे शास्त्रमा महराजी लाई पनि तेस्तै भयो
    प्रधान मंत्री पंतिमा हुनु हुन्थ्यो आखिर जेल जानु पर्यो | हाम्रोतिर एउटा उक्खान बडो चर्चित छन् थुतुनो र केजातिलाई जोगाउनु पर्छ भन्थे, बिचारहरुलाई जनयुद्ध बेला जेपायो खायो जतापयो
    उत्ती सुत्यो त्यो बानीले छोडेन आखिर राजनीतिक सति जानु पर्यो \

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • nimesh

    सांसद पदबाट पनि निलम्बन गर्नु पर्ने हो नि ! पद गएपनि सहुलियत त पाएछ त महराले

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

    • शिशिर नेपालि

      हाम्रकुराका अजय बाबू सिबाकोटि ले त उनको परिचय गोप्य नै राखेका थिए , सिबाकोटी ले release गरेको vdo मा र उनी सङ लियिएको त्यो interview मा पनि। महराको पोसित youtube नगरीक खबरले हो उनको परिचय खोलेको। बाकी त्पैको कुरामा सहमत।

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)