यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

उत्कृष्ट कृतिमाथि अन्याय, निकम्मा लेखक पुरस्कृत!

नेपाली साहित्यिक क्षेत्रमा ‘मदन पुरस्कार’लाई सबैभन्दा प्रतिष्ठित पुरस्कारका रुपमा लिइन्छ। हरेक वर्ष यो पुरस्कारको घोषणा भएपछि तरङ आउने गर्छ। मदन पुरस्कार गुठीलाई आधा शताब्दीदेखि हाँकिरहेका कमलमणि दीक्षित ८३ वर्षका भइसके। केही अघि एक पत्रकार दीपक सापकोटाले उनलाई कटु र कठोर शैलिका प्रश्नहरु लिखित जवाफका निम्ति पठाएका रहेछन्। जवाफ फर्काए पनि त्यो प्रश्नोत्तर कुनै पत्रिकामा छापिएन। दुई वर्षअघि रत्‍न पुस्तक भण्डारको ‘पुस्तक संसार’ मा यो छापिएको थियो। ‘पुस्तक संसार’ मासमा जाने पत्रिका नभएकोले शायद् धेरैले यो अन्तर्वार्ता पढ्न पाएका छैनन् होला। त्यसैले त्यसैबाट साभार गरी देशविदेशका पाठकका लागि यहाँ राखिएको छ। पढ्नुस् दीपक सापकोटाको प्रश्न र कमलमणि दीक्षितको जवाफ-

तपाईँ मदनशमशेर र जगदम्बाको सम्पत्तिमाथि चलखेल गरेर आफ्नो नाम चम्काउँदै हुनुहुन्छ। तिनका दरबारदेखि तबेलासम्म तपाईँले आफ्नो साम्राज्य खडा गर्नुभएको छ।

दीक्षितः निकै सम्पन्न मणि परिवारको व्यक्ति भए पनि मेरो पिताजीको परिवारका हामीहरुको अवस्था विपन्नै थियो भन्दा हुन्छ। मदनशमशेरका सेवामा पिताजीले मासिक पाउने १ सयदेखि ५ सय रुपियाँसमेमको जागिरले हामी १० जनालाई पिताजीले पाल्नुभएको थियो। मदनशमशेरको २०१० सालमा स्वर्गवास भएपछि रानी जगदम्बाले उहाँलाई जागिर नछाड्न अनुरोध गरेपछि रानी जगदम्बाले नै हाम्रो परिवारलाई राम्री खाई-लाई बस्न सक्ने अवस्थामा पुर्‍याइदिनुभएको हो।

रानी जगदम्बाले आफ्नो स्वामित्वमा आएको झण्डै पाँच सय रोपनी ललितपुर पुल्चोकको जग्गा आफ्ना आरक्षित ढोके, पाले, पूजाकोठे, बैठके लगायत ४० जना जति कर्मचारी र २० जना जति नेपाली कवि-लेखक साहित्यिकलाई वितरण गर्नुभयो। त्यसका मेरा पिताजीलाई १५ रोपनी तथा उहाँको सेवामा प्रवेश गरिसकेको मलाई समेत ७ रोपनी जग्गा दान गर्नुभएको हो। त्यसलाई मदनशमशेर र रानी जगदम्बाको सम्पतिमाथि चलखेल गरेको भन्ने भए त्यो गरिएछ भनौँ। तर एउटा कुरो, मेरा पितामाताको सल्लाह र ‘उक्साहट’मै परेर रानी जगदम्बाले आफ्नो श्रीमहल दरबार त्यसबेलाको श्री ५ को सरकारलाई तथा साझा केन्द्रलाई ५० रोपनी जग्गा तथा साझा यातायातलाई २२ रोपनी जग्गा लिखित गरी ‘दान’ गर्नुभएको थियो भन्ने कुरा बिर्सनु नहोला।

कुरामा साहित्य सेवा र लोकतन्त्र, व्यवहारमा सामन्तवाद कमल दीक्षितको मूल चरित्र हो भनिन्छ। मदन पुरस्कार पुस्तकालयमा सामान्यजनको पहुँच छैन। तपाईँको कृपा नभई त्यहाँका दुर्लभ ग्रन्थको दर्शन गर्न पनि पाइन्न।

दीक्षितः मदन पुरस्कार पुस्तकालयमा मैले किताब पढ्न पाइनँ भन्ने एक जना ‘विद्वान’को नाम दिनुभए म त्यसमा अनुसन्धान गर्नेछु। भन्नुभए जस्ता ‘दुर्लभ’ वस्तु अभिलेखालयमा हे्र्न कुनकुन मन्त्रालय र विभागको स्वीकृति चाहिन्छ थाहा छ तपाईँलाई ?

तपाईँका केही विश्वासपात्र छन्। तिनलाई तपाईँले मदन पुरस्कार गुठीका सर्वकालिक अभियन्ता बनाउनु भएको छ। तिनले तपाईँले भने बमोजिमका लेखकलाई मदन पुरस्कार दिलाउँछन्। उत्कृष्ट कृतिहरुमाथि अन्याय भइरहेको छ, निकम्मा लेखकहरु पुरस्कृत भएका छन्।

दीक्षितः मदन पुरस्कार गुठीमा मेरो को-को विश्वासपात्र रहेछन् ? त्यहाँको १३/२४ जना विद्वान-विदुषीको नाम पढ्नुभएको छ ? त्यस्ता स्वनामधन्यहरुमाथि यस्तो आरोप लगाउनु उचित होला ?

२०६६ मा प्रेतकल्प जस्ता एक दुई उत्कृष्ट कृति पन्छाइए। तपाईँलाई भनसुन नगरी त्यस्तो गरिमामय भनिएको पुरस्कार पाउन सम्भव छैन। जगदम्बाश्रीका सन्दर्भमा त्यति गुनासो गरिएको नपाइए पनि मदन पुरस्कारमा दर्खास्त हाल्नेदेखि पहुँच पुर्‍याउनेसम्मका प्रक्रियामा विवादमा छन्।

यस वर्ष (२०६६) मा युवराज नयाँघरेले कुन दिन मसँग भनसुन गर्न आएछन् कुन्नि! मदन पुरस्कार कुनै एक व्यक्तिले चाहेर कसैलाई दिन सकिँदो रहेनछ भन्ने यो ५४ वर्षमा अब त मान्छेले बुझ्नुपर्ने हो। बरु लबिङ गरेर पनि कुनै कृति पुरस्कृत नभएको चाहिँ मैले अनुभव गरेको छु।

तपाईँको लेखाइमा प्रायशः आफ्नो दीक्षित परिवार बखानको गन्ध आउँछ। आफ्ना बाजेको योगदानप्रति तपाईँ बढी नै आशक्त देखिनुहुन्छ। कहिल्यै जनसाधारणका दुःख पीडाले तपाईँलाई पोलेन र तिनले तपाईँको लेखनीमा स्थान पाएनन्।

दीक्षितः ‘दुर्भाग्यवस’ दीक्षित परिवारमा धेरै जना कवि-लेखक भइदिए, के गर्नु? मैले सुनेसम्म एउटै परिवारमा यति धेरै जना लेखक छैनन् रे नेपालम। हो या हैन, थाहा छैन। तर मेरै बुइँगलमा मैले चर्चा गरेको ३ सय जना जति कविहरुमा चार जनाभन्दा बढी दीक्षित रैनछन्। मैले लेखेका ५० जति किताबमा जम्माजम्मी १६३ कवि/लेखक बुद्धिजीवीहरुबारे मैले कलम चलाएको रहेछु। ती १६४ मा आधा दर्जन जति मात्र दीक्षित रहेछन्। त्यसैले यो अभियोग कुठाउँमा पर्‍यो कि भन्छु। हो, म किताब र लेखोटकै बारेमा मात्र सोधखोज गर्ने भएकोले कसैको पनि दुःख, पीडाका कुरा मेरा लेखनीमा उठ्दैन। जनसाधारणका दुःख पीडाले पोल्ने/नपोलेने बेग्लै विषय हो।

तपाईँलाई नेपालका गरिबको चाह, जनजीवन र सपनाबारे पटक्कै भेउ छैन। मुट्ठीभर सम्भ्रान्तको घेराभन्दा बाहिर तपाईँ केही सोच्नुहुन्न।

दीक्षितः त्यो छैन होला। तर मैले जुम्ला पुगेका बेला या ललितपुरको साधारणतया कोही नपुग्ने दुर्गम आश्राङ दुर्लुङजस्ता ठाउँका दयनीय अवस्थाको कुरा लेखेको कसैले पढिदिएको छ ?

तपाईँ नेपाल बैँक, साझा प्रकाशन वा साल्ट ट्रेडिङ जहाँ काम गर्नुभयो त्यहाँ विवाद धेरै र काम थोरै भयो। विवाद र कमलमणि पर्याय हुन् भनिन्छ।

दीक्षितः विवाद र कमलमणि परेया हुन् भनेर तपाईँले नै तोक बोलिसकेपछि मैले जवाफ फर्काउने कुरा आएन। तर मेरो अनुरोध मेरै ज्ञानका लागि ती ती ठाउँमा मैले के के विवादित काम गरेछु, जानी राख्न पाए हुन्थ्यो।

मदन पुरस्कारको गरिमा र ओजन दिन प्रतिदिन धुलिसात हुँदै छ। यो विशुद्ध तपाईँको आफ्नो स्वार्थ र शैलिका कारण हो ?

दीक्षितः होला, मेरो यसमा भन्नु केही छैन। तर किन हो कुन्नि, अझै नेपाली साहित्यिकहरु अरु ठूल्ठूला रकमका पुरस्कारभन्दा यही पाउन चाहँदा रहेछन्।

तपाईँ वर्तमानसँग डराउनु हुन्छ। मतलब वर्तमान राजनीति, समाज र संस्कृतिप्रति तपाईँको चासो छैन। वर्तमानसँग डराएकै कारण तपाईँ सँधै इतिहासका कुरामात्रै गर्नुहुन्छ।

दीक्षितः म वर्तमानसँग डराउन्नँ। म वर्तमानमै संघर्ष गरेर बाँचिरहेको छु। तर राजनीतिप्रति चासो भए पनि म मुछिन्नँ। केदारमान व्यथित कविजीको भनाइ मान्छु म। उहाँ राजनीतिलाई ‘शौचालय’ भन्नुहुन्थ्यो, साहित्यलाई ‘भोजनालय’। म पनि भोजनालय नै रुचाउँछु। इतिहास राजनीतक मात्र होइन, साहित्यिक, सांस्कृतिकसमेत मेरो चाखका विषय हुन्। म तिनको ‘विज्ञ’ होइन। विद्यार्थी हुँ, खोज्छु, खोजाउँछु, लेख्छु र लेखाउँछु। यो अपराध हो भने त्यो अभियोग म स्वीकार्छु।

तपाईँ रुखो, घमण्डी र संकीर्ण हुनुहुन्छ?
दीक्षितः तपाईँले भनेपछि म त्यस्तै छु हुँला। अब यो असी वर्षको उमेरमा म आफूलाई परिवर्तन त गर्न सक्तिनँ। त्यसैले म जस्तो छु, त्यसैमा सन्तुष्ट छु भनौँ।

समाजसेवा, अध्ययन-अनुसन्धान वा प्रकाशन जेसुकैमा संलग्न भए पनि तपाईँले आफ्नो व्यक्तिगत प्रचारप्रसारलाई प्राथमिकतामा राख्नुहुन्छ?

दीक्षितः हो, एक जना पोखराका प्राध्यापक मेरोबारेमा विद्यावारिधिको थेसिस लेख्न लागेका रहेछन्। मसँग मबारेमा सोध्न आए, मैले जवाफ दिनैपर्‍यो। यही अन्तर्वार्ता पनि छापियो भने उनले पढ्लान नै। मैले लेखेका ५० वटा किताबमा पचासै जना विद्वानले समीक्षा गरेको संकलन गरेर छाप्यो, नइ प्रकाशनले। त्यसको पनि मैले विरोध गरिनँ। भनेपछि मैले मेरो प्रचारप्रसारमा प्राथमिकतामा राखिनँ भनेर मैले कसरी भन्नु? भगवान पशुपतिनाथलाई पनि आफ्नो स्तुतिहरु प्रिय लाग्छन् रे। मेरो प्रशंसा गर्नेलाई म कसरी गाली गरुँ? म त मलाई गाली गर्नेलाई पनि गाली गर्न सक्तिनँ। यस्तै छ।

तपाईँ पैसा भनेपछि भुतुक्कै हुनुहुन्छ ?

दीक्षितः म यो विश्वमा धनदौलतमा लालसा नहुने एक जनाका बारेमा मात्र जान्न पाए कृतार्थ हुने थिएँ। धन देख्ता पशुपतिनाथको त तेस्रो नेत्र खुल्छ रे भने म बबुराको के बुता पैसा चाहिँदैन भन्ने! तर म पैसामा भुतुक्कै छु भन्ने कुरा चाहिँ मलाई यसअघि कसैले सुनाएको थिएनँ। (साभारः पुस्तक संसार, पूर्णाङ्क ७, २०६७)

28 comments to उत्कृष्ट कृतिमाथि अन्याय, निकम्मा लेखक पुरस्कृत!

  • Sheela

    कमल मणि, कनक मणि नेपालका बिषाणु हुन्, यति बुझेर होयियार रहनुमा नै कल्याण छ/

  • shankar joshi

    नेपाली लेखकहरु पाठसलाई मुर्ख ठानिरहेका छन् रिसर्च गरेर किताब लेखे पो अन्तराष्ट्रिय जगतमा उदाउन सक्छ त्यसैले देवकोटा देवता हो अरु सबै झारपात हुन्

  • Raj

    एस्तो interview कसरि publish हुन्छ त पत्रिकामा? पत्रकारकै बेइजत हुने गरि जवाफ पाएपछि? हा… हा… हा…. येस्ता पानि पत्रकार रे… दीपक जी छोड्नुस पत्रकारिता अनि negetive बिचारलाई त्याग्नुस, तेसै मा तपाई को भलो छ. 🙂

  • Saroj

    पत्रकार दीपकले सोधेको प्रश्नहरुप्रति म खुसी छु । उनले कथित साहित्यको शक्तिकेन्द्रको बाघलाई युगले सोध्नुपर्ने प्रश्नको जवाफ मागेका छन् । यो पत्रकारको आँट हो । यदि उनले यस्तो प्रश्न नगरेको भए यहाँ रामरमिता लाग्ने थिएन । सम्मानित दिक्षितले ती प्रश्न या आरोपको स्पष्टिकरण दिने मौका पाएका छन् । चिया पसल र भट्टीहरुमा कुरा काट्ने खुरापातीहरुले यस्तो प्रश्न हाकाहाकी गर्ने आँट जुटाउन सकेनन् । किनकी उनीहरु शक्तिकेन्द्रलाई नतमस्तक भएर ढोग्न चाहन्छन् ।

  • KEDAR, FINLAND

    नेपाल मा चोखो रुपमा हृदय बहलाउने एकमात्र क्षेत्र को रुपमा रहेको साहित्य क्षेत्र को दीक्षित जी ले जुन तरिकाले संरक्षण गर्नु भा को छ / सलाम उहालाई. बाकी अरुकुरा हुदै गर्छन. निस्वार्थ रुपमा गरेको सेवा कहिलेइ खेर जाने छैन. कम्मेन्ट भन्ने कुरा ले निस्वार्थ सेवालाई मलजल गरि रहन्छ. सलाम नेपाली स्रस्टाहरुलाई. सलाम दीक्षितद्वय साहित्य संरक्षक हरुलाई. चोखो हृदय बाट प्रस्फुटित कमल रुपी फुल हरु मदन पुरस्कार गुठि रुपी पोखरीमा फक्रिरहुन/ सदैब

  • परबरीष जाबेद

    उनीमा उतीखेरको राजा राजौटाहरुमा देखिने हाँक फिटिक्कै अस्ताएकै रहेनछ, ८४ बर्ष कै भएपनि यो सुधार्न नसक्नु उनी आफैमा कमजोरी पक्ष हो

    पत्रकार सापकोटाले मेन स्ट्रीम पत्रिकामा उतीखेरै छपाउन किन हिच्किचाउनु भो त्यो पो ताजुब लागिरहेको छ – कतै थ्रेटको कारण त होइन ?

    साहित्यिक अपराध नेपालमा छैन भनेर भन्न नमिल्ने स्थितिलाई सबैले बुझेकै छ, दुइटा किताब लेखेर मदन पुरस्कार पाउनेले बर्षौसम्म नेपाली जनताको पिडा र उत्पीडनको बारेमा लेखिरहने लेखकहरुमाथि अन्याय हुनु भनेकै साहित्यिक अपराध हो – यसको जिम्मेवारी उनीले लिनुपर्छ

  • सर्ब प्रथम त प्रस्न कर्ता व्यक्ति र ब्यक्तित्तो प्रति भिग्य भएमात्र प्रस्न गर्दा प्रस्नाहरुको सकारात्मक र पथ्प्रद्र्सक उतरहरु हरु प्राप्त भै स्रोतागण हरु वा पाठक बर्गलाई चाख लाग्दो हुन्छ | प्रस्न कर्ता र ब्यक्तित्तोको स्तर नमिल्दा कहिले काही पत्रकार लज्जित हुन पर्ने अवस्था आउन बेर हुदैन | बिजय पाण्डेयजिको पत्रकारिता परिमार्जित र उच्चकोटी को लाग्छ ,मलाइ | उनले मनमोहन जी लाइ मार्क्स बाद सम्बन्ध मा र अमिताब बच्चन लाइ त्यस्तै त्यस्तै अप्रिप्क्को तओरले प्रस्न गर्दा दुइ चार वर्ष थलानै पर्नुपरेको थियो | तसर्थ पत्रकार हरु ले सुजबुझ साथ प्रस्न गर्नु उचित हुन्छ |

    • Prem

      कसरि तपाइले बिजय कुमार पाण्डेलाइ मनमोहन सिंह र अमिताभ बच्चनसंग तुलना गर्नु भो मित्र ?

      • Harke

        प्रेम जी,
        थापा जीले बिजय कुमार पाण्डेलाइ मनमोहन सिंह र अमिताभ बच्चनसंग तुलना गर्नुभएको छैन…..!
        कमलमणि दीक्षितलाइ प्रश्न सोध्ने पत्रकार (दीपक सापकोटा) संग १०-१५ बर्ष पहिले मनमोहन सिंह र अमिताभ बच्चनसंग प्रश्न सोध्ने बिजय कुमार पाण्डेको अवस्था प्रस्तुत गर्नुभाको छ….!

  • Hari Ram

    माथि को अन्तरबार्ता का प्रस्न हरु पक्कै पनि पूर्वाग्रही छन् त्यस मा कुनै दुइ मत छैन तर आज सम्म दीक्षित हरु को लेख हरु पढ्दा नेपाल मा उनीहरु जत्तिको जान्ने सुन्ने चाहि कोहि छैनन् भन्ने ठान्छन जस्तो लाग्छ तर यो मेरो विचार हो अरु लाइ चै कस्तो लाग्छ |

  • Sisir

    १२ वटा जति प्रस्न नियाल्दा , सबै नकारात्मक प्रस्न मात्र रहेछ , यसैबाट बुझिन्छ पत्रकार दीपक सापकोटाको संकीर्ण मानसिकता, मानोबिज्ञान र मनस्थिति … जे भएपनि दिक्षित् जीले यी पत्रकार बन्धुलाई राम्रै पाठ पढाए छन् … खरो जवाफ भए पनि पढ्न मजा आयो …

  • रविन

    सच्चा मनका व्यक्तिका सच्चा र खर्रा कुरा…
    यो अन्तर्वार्ता पढेर त कमलमणि दीक्षित प्रति अझै श्रद्दा जागेर आयो

  • कल्याण आचार्य

    राम्रो सामग्री राख्नुभएकोमा शलोक्यजीलाई धेरैधेरै धन्यवाद ! पत्रकार दीपक सापकोटाले क.दी.लाई यसरी कटु र कठोर शैलीका प्रश्नहरू लिखित जवाफका निम्ति नपठाएका भए जस्तोसुकै प्रश्नको शालीन जवाफ हुनसक्छ भनेर यसरी उजागर हुने थिएन होला । यसको लागि दीपक सापकोटालाई पनि धन्यवाद ! राजनीति र समाजसेवाको जामा लगाएकाहरूकाको चतुर र कुटिल जवाफ पढ्दापढ्दै (सुन्दासुन्दै) अन्तर्वार्ताको आनन्द नै गुमाइएको थियो । बल्ल साहित्यकारको कला देख्न पाइयो । यसले इमानको रङ पनि मान्छेलाई चिनायो । कमल दीक्षितलाई पढ्नेहरूका लागि भने यो नौलो नहोला । व्यस्त समयमा पढ्दा पनि मन प्रशन्न भयो ।

  • Bijay

    यस्तै हुन्छ अपुताली खादा

  • Roshan Sharma, Australia

    आज एकै दिन मा दुई वटा राष्ट्रियस्तरका व्यक्तिका अन्तर्वार्ताहरु नेपालका राष्ट्रिय स्तरका संचार मध्यमहरुमा पढ्न पाइयो/
    –मेरो संसार (http://www.mysansar.com/2012/10/2108/#comments) र –नागरिक निउज (http://www.nagariknews.com/interview/97-political-interviews/47263-2012-10-05-05-30-38.html) दुवै लाई धन्यबाद /

    पहिलो अन्तरबार्ता थियो – उदाउदो सूर्य (गगन थापा )

    दोस्रो अन्तरबार्ता थियो – उदाउदो चन्द्रको (कमलमणि दिक्छित )

    दीक्षितको परिभासा अनुसार : –
    – पहिलो चाहि – सौचालय ब्यबस्थापक र दोस्रो चाही – भोजनालय संचालक !

    पहिलो अन्तरबार्ता पढ्दा :-

    – पत्रकारले सोधेको सामान्य प्रस्न गर्दा उत्तर दिनुको सट्टा उनिहरुलाई पो मजाले झपारेको देख्दा म अचम्म मा परेको थिए /
    प्रमाण :
    (साभार नागरिक निउज :
    प्रस्न: ठोस संघर्ष र दबाबको भूमिका नखेलेर किन यस्तो निरीह कुरा गर्नुभएको?
    उत्तर : तपाईंको शब्दचयनको म प्रतिवाद गर्छु। नागरिकजस्तो पत्रिकाबाट यति कुरा बोल्नु निरीहता हो? यो पनि कुनै न कुनै हिसाबले मेरो धारणालाई बल पुर्‍याउने संघर्षको तरिका हो। यो पनि जनमत निर्माण गर्ने तरिका हो।
    प्रस्न: तपाईंको पो मिडियामा बोली बिक्छ र सुनाउनुहुन्छ, मिडियामा पहुँच नभएकाहरुले ‰यालको फ्रेम उठाएर आफ्नै नेतालाई प्रहार गरेर भए पनि सुनाउन खोज्दा रहेछन्, होइन?
    उत्तर : यो त एक प्रकारले भन्नुपर्दा, मिडियाकै अवमूल्यन हो। नेपाली मिडियाले यति पनि फरक छुट्ट्याउन सक्दैन भने मैले त अपशोचमात्रै प्रकट गर्न सक्छु। कुनै सनकमा भएका कामलाई सुविचारित ढंगले नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने भद्र आग्रहसँग दाँज्न मिल्दैन।)
    – आर्थिक बिसय बस्तु को बारेमा त एक सब्द उच्चारण गरेको पाइएन / हुनत पत्रकार ले पनि प्रस्न गरेको देखिदैन तैपनि रत्रिया स्तरको नीति निर्माण गर्ने स्तरमा पुगेको व्यक्ति ले किन एक सब अर्थतन्त्र र लगानी नीति सम्बन्धि नबोलेको??? बाबुराम ले देश बेची रहेको छ भन्ने कुरा सारा नेपाली जनता लाई थाहा भै सकेको छ/ कोहि थाहा नभएका लाई पनि यिनीहरुको हल्लाले हो भन्ने कुरा प्रस्ट भै सक्यो / तर, महोदय ले एक कसरि देश बेचिदै छ भन्ने एक शब्द उचारण गरेको पाइएन/ यसको मतलब हो – यिनी हरुको भित्रि सहमति मा नै देश बेच्ने निर्णय लिइएको कुरा प्रमाणित हुन्छा/ तसर्थ, बाबुराम ले सत्ता छोड्नु पर्छा भन्ने कुरा केवल कुर्ची को लडाई हो – १००% जनता र देसको लागि होइन /

    – दोस्रो अन्तरबार्ता पढ्दा :-

    यो अन्तर्वार्ता पढ्नु भन्दा पहिला – मेरो आफ्नो मानस पटलमा – कनकमणि र कुन्दा को ऋष, मुख र इर्स्या हेर्दा र यी बुडा को पनि गिरिजा बाबु प्र. म. हुने बित्तिकै ‘आफ्नो छोरी महेश आचार्य लाई छोरी बिहे गराएको देख्दा र जगदम्बा सम्बंदी कुरा सुन्दा यी बुढा – लोभ, मोह, क्रोध का ‘सिरोमणि’ हुन् भन्ने कुरा प्रमाणित भएको थियो /
    र अझै पनि
    लोभ र मोह जस्ताको त्यस्तै छ भन्ने कुरा – भगवान महादेव लाई समेत जोडेर आफ्नो निरीहता लाई नियमियता दिएको स्वीकार गरेर ‘अति निम्न’ स्तरको सालिन रुपको सामन्ती स्वरूप देखेका छन्/
    क्रोध लाई चाही – ब्यबस्थापन गरेको देखियो / पत्रकार संग प्रताक्छ्य अन्तरबार्ता दिन घरमा बोलाएको भए पहिलो प्रस्न सकिन नपाउदै ‘कुकुर’ लगाएर लखेट्ने थिए तर, लिखित अंतर्बता दिएर नेपाली समाज लाई ठुलो गुण लगाएको देखिन्च्छा/

    – आगो ओकल्ने खालका प्रस्नहरु को उत्तरहरु अति सहज, सरल र अस्विकार नगरी कन दिएको देख्दा त ‘यी बुडा’ माहुरीको रानो जस्तो भएर ‘मदन पुरस्कार’ गुठि को सम्रछ्यक भएको देख्दा हामीलाई अनंदाभुती भएको छ/
    बैसाख – जेस्ठ को गर्मि मा आगो ओकल्ने खालका घाममा अचानक चौतारी मा खुदो पानि या सर्बत पनि पिलाउन बस्ने आमा दिदि बहिनि हरु भेटे जस्तो लागेको छ/

    – दख्छयाप्रजपति ले जोगी भनेर सबका सामुन्ने बेइज्जत गरि छोरी नदिएको निस्फिक्री तर सर्ब शक्तिमान – महादेवलाई जोडेर ‘सम्पति’ मोह देखाएको मा चित्त त दुखेको छ /
    तै पनि,
    आगो को झटारो जस्ता प्रस्न हरु लाई महादेव ले बिष पीए जसरि पीएर सरल, सहज र अरोफरुलाई सर्ब स्वीकार गरि उत्तर दिएकोमा हामीलाई पनि यस्तै सक्ति प्रदान गर्ने ज्ञान गुण प्राप्त गर्न एकफेर भेटेर ‘बुडाबा’ को अबस्य नै ‘आसिर्बाद’ लिनु पर्ने भएको छ/

    -बाबुराम ले देश बेच्दै छ भनेर सबै भन्छन तर हामी यसलाई जोगाउछौ भनेर कुनै पार्टी ले भन्दैनन् (बिजुक्छे र बैद्य बा बाहेक ) केवल भन्छन बाबुराम ले कुर्सि छोड्नु पर्र्यो !!!

    – अन्य, ‘कर्मचारी र राजनीतिज्ञ’ ले ‘भ्रस्टाचार’ मात्र गरेर नपुगेर देशको सम्पत्ति ‘छोरा छोरी मार्फत बिदेस तिर ‘तस्करी’ गरेका भन्दा त कमलमणि दीक्षित बाजे जति नै लोभी भए पनि देशको सम्पति देशमै राम्रो कामको लागि प्रयोग गरि राखेको मा पनि ‘खुसि’ हुनुपर्ने भएको छ/ ‘दुध दिने गाइ’ को लात्तो सहनु पर्छा भनेको बल्ल बुझिदै छ बा/
    – अर्को साल तिर नेपाल आउदा यी बुडा बा हरु को आसिर्बाद नाली भा छैन !

  • Raj Bista, Bhairahawa

    नबिराउनु नडराउनु भने को येही हो.. आफ्नो विवेक ले जाने सम्म गल्ति नगरे का को जवाफ येस्तै हुन्छ..सिधा र सटिक…यो अन्तर्वार्ता फोटो कपी गरेर सबै नेता लाई दिनु पर्ने..गल्ति नगरे सी कति निडर हुदो रैछ जवाफ दिन लाई भन्ने थाह हुन्थ्यो …नत्र TV मेडिया मा अन्तवार्ता दिदा कनि कनि पसिना पसिना भए र आफो गल्ति लुकाउन बोले को प्रस्ट थाह हुन्छ !!!

  • nabaraj kale

    प्रस्न सोध्ने चै निक्रिस्ट नै हो ल ख त !
    उत्तर चै केहि तार्किक केहि आफ्नुलाई सुद्द पार्न विभिन्न उदाहरण एबम प्रसंगको पर्खाल उभ्याई प्रतिबाद नै लागेको प्रतित हुन्छ भन्दिए मैले त !

  • Harke

    राजनीतिका डन नेतालाइ सोध्नुपर्ने जस्ता प्रश्नहरु साहित्यको नेतालाई सोधेछन पत्रकार महोदयले……….! सायद ९९% पत्रकार राजनीतिका डन संग डराउने गर्छन तर…!

  • Gaurav Nepali "Oodaaseen"

    फन्टुस पत्रकारको जबाफ नो lies नो spin मा आधारित छ जो, एउटा सिक्षित र सभ्य मान्छेको प्रकारान्त रुप हो ! संयोग नै भन्नु पर्छ हिजो मात्र मैले “दिशा निर्देशन” मा डा. अर्जुन कार्कीको उत्कृस्ट जबाफरुपी अन्तरबार्ता हेरेको थिय जहाँ विजय कुमार को दाल गलेको थियो त्यो फन्टुस शब्द उच्हरण हुँदा ! धेरै पत्रकारहरु नेपालका नेता भानौदहरुबात संक्रमित छन् !

  • Ramesh babu

    जस्तालाई तेस्तै ढिडो लाइ निस्तै भने झैँ भए छन विचरा पत्रकार बन्धु ! बूढा ले लादी नै कटाए छन्नी. जता ततै हरियो देख्ने अन्धो गोरुको सिन्गैमा येसरी बजाउनु पर्छ कहिले काही अनि ठिक हुन्छन ! बढो स्वाद लाग्यो !

  • sanu

    कमलमणिजी क केहि कथा र केहि लेख पढ्न पाएको छु ..बडा रमाइलो तरिका छ वहा को लेख्ने ..रसिलो ..कमलमणिजी को एयूटा कथा “तोहार बियफी” ले सारै घत लगाको थियो | आज त्यस्ता निम्नस्तरका प्रस्नको बडा शालीन जवाफले उनि प्रति इज्जत झन् बढेर गयो

  • बीरु बमजन

    जताभावीको प्रश्न गर्दा जवाफमा दीक्षित महोदयले मुख भरिको मुला कोचारिदिनु भएछ|
    साँचै भन्नपर्दा उँहा आफै मदन पुरस्कार गुठीसंग सम्बन्धित नभएको भए
    उँहाका कृतिहरु र बहुमुल्य योगदानको मुल्यांकन र कदर गरेर अहिले दुइवटा मदन पुरस्कार दिन पर्ने हुन्थ्यो| हाम्रा कतिपय नेपाली बन्धुहरु खालि नेगेटिभ तिर मात्र जान्छन| त्यतिका जग्ग्गाजमीन र सम्पतिबाट अहिले नेपाली साहित्य र समाजले नपाउनुको सेवा पाएका छन्| म भानुभक्तलाई भन्दा मोतीरामलाई मान्छु| यस अर्थमा मेरा लागि मदन शमशेर भन्दा मदनमणि अग्रणी हुन्| दीक्षित सर, तपाई धन्य हुनुहुन्छ| तपाइले लेख्नुभएको बत्तीमुनिको अँध्यारो ठाउँ राजधानी देखि नजिकैको
    ल. पु. जिल्लाको दुर्गम स्थानको (मेरो पुर्खौली) बारे पढेको झझल्को छ| खोइ अहिलेसम्म ती ठाउँहरुमा तुलनात्मक रुपमा हेर्दा खासै केही बिकाश हुन् सकेको छैन, जुन तपाईको दायित्व भित्र पर्दैन तर औंल्याईदिनु भएकोमा यो धेरै कृतज्ञता प्रकट गर्दछु| हामीले तपाईलाई संधै सम्झेका छौ|
    हजुरको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु|
    -बीर बहादुर बमजन

  • Shishir Boston

    मलाइ कमलमणि दीक्षित को भनाइ एकदम प्रस्ट लाग्यो । पत्रकारको प्रश्नमा यस्तो सटिक र सफा उत्तर दिने वहाँ निडर जस्तो लाग्यो मलाइ । बिगतमा वहाँ का केहि लेख पढेको थिएँ, ती निकै उच्चकोटिका लागेको थियो मलाइ, तर यो माथि को अन्तर्वार्ता पढ्दा त झन् वहाँ निकै छर्लंग र chrystal-clear हुनुहुदो रहेछ भन्ने थाहा पाएँ । पत्रकार दीपकजीका पेल्ने उद्देस्यले सोधिएका प्रश्नलाई दीक्षितजीले निस्तेज नै पारिदिनुभयो नि ! वाह वाह !

  • Kiran Sharma

    यी महोदय को अन्तर बार्ता मलाइ साह्रै हाम्रो लग्यो है .. गजब छ बा !!! मजाले भन्छन .. मलाइ थाहा थिएन, मदन पुरुस्कार चलाउन सहयोग गर्ने महासय यीनै हुन् भनेर . तर जे भने, मलाइ साह्रै घत लग्यो.. हाम्रो नेता ले पनि येस्तई बोले मा साह्रै खुसि हुन्थे …

  • Pradeep

    निम्न स्तरीय प्रश्न, उच्च स्तरीय जवाफ!

  • raj

    प्रस्न हरु को सटिक जवाफ , गल्ति नगरेको मान्छे ले येसरी नै जवाफ दिनु पर्छ. अन्तर्तावाता रमाइलो लग्यो.

  • nigam nh usa

    पत्रकार दिपक को प्रकास नै धमिलो हुने गरि जवाफ दिनु भो दिक्षित् जी ले, चट्टान संग जुहारी खेल्दा येस्तई हविगत हुन्छ, तर अचम्म लागेंन अल्प ज्ञान भएका पत्रकार हरुको दिमाग मा के नै फुर्छ र ?

  • krishak, sydney

    नकारात्मक र आलोचित प्रश्नहरुको सकारात्मक र तर्कसंगत उत्तरहरु/