यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

DNA एउटा भाषा हो ! (अन्तिम भाग)

dnaअघिल्ला लेखहरुमा DNA र Protein को चर्चा भयो। DNA को काम तथा बनौट अझ ब्यापक रुपमा बुझ्नको लागि RNA (Ribonucleic Acid) पनि बुझ्न जरुरी हुन्छ। RNA रासायन को हिसाबले DNA भन्दा सानो हुन्छ, तर यो पनि एउटा Macromolecule हो। यसले DNA अणुमा भएको सूचना र निर्देशन अनुसार protein हरु बनाउदछ। सरलीकरण गरी भन्नु पर्दा DNA ले रासायनिक प्रतिक्रियाको माध्यमले RNA बनाउँछ भने, RNA ले पनि त्यही प्रक्रियाबाट विभिन्न Protein हरु बनाउँछ, अनि फेरि, जीवित प्राणीमा उत्पन्न हुने protein enzymes हरुको रासायनिक प्रतिक्रियाबाट DNA बन्दछ। यस प्रकार DNA, RNA र Protein हरु नै हरेक जीवकोषका आधार (building blocks) हुन्।

यहाँनिर शुरुको जीवकोष (cell) कसरी बन्यो भन्ने प्रश्न उठ्न सक्छ। निरन्तरको अनुसन्धानले हामी त्यथ्यको एकएक पाइला नजिक पुगिरहे पनि अहिलेसम्म पनि पृथ्वीमा सर्बप्रथम जीवको उत्पत्ति कसरी भयो भन्ने कुरा ठ्याकै प्रामाणिकरण गर्न भने सकेका छैनौ। क्रमिक बिकासको सिद्दान्तले २० वोटा amino acid हरुको आकस्मिक संयोगले प्रथम विशिस्ट प्रकारका proteins बनेको र तिनै proteins बाट अन्ततः Simple cell बनेको हुनु पर्छ भन्ने परिकल्पना गरेको छ।

“Proceeding of the National Academy of Sciences” नामक Journal मा सन् २०१३ मा प्रकाशन भएको Florida State University College of Medicine का प्राध्यापक Michael Blaber र उनको समूहले, १७ बर्ष लगाएर बिकास गरेको खोज तथा अनुसन्धान बिधिमा आधारित भै, ३ बर्षसम्म गरेको अनुसन्धानमा १० वोटा amino acid हरु करिब ४ अरब (4 billion) बर्ष पहिले नै अस्तित्वमा रहेको र तिनीहरुमा high-salt environment मा पनि foldable proteins बनाउन सक्ने क्षमता भएको हुनु पर्छ भन्ने कुराको भरपर्दो तथ्यांक प्रस्तुत गरिएको छ। उनीहरुको अनुसन्धानले यिनै १० वोटा proteins हरुले नै लगभग ३.५ देखि ३.९ अरब बर्षको अन्तरालमा प्रथम जीवमा metabolic activity ल्याएको हुनु पर्छ भन्ने अनुमान लगाएको छ। वास्तवमा यो अनुसन्धान क्रमिक बिकासको सिद्धान्तमाथिको एउटा थप प्रगतिशील कदम हो।

Simple cell सुन्दा साधारण जस्तो लागे पनि यसको बनौट एउटा विशाल आधुनिक शहर जस्तै हुन्छ। जसरी एउटा विकसित शहरमा कडा शान्ति सुरक्षा, भरपर्दो यातायात र संचार व्यवस्था, अविछिन्न बिद्दुत आपूर्ति, सिनित्तको फोहर मैला ब्यबस्थापन आदि, र तिनीहरु सबैको उचित संयोजन र ब्यबस्थापन गर्न चुस्त प्रशानिक संयन्त्र हुन्छ, त्यसरी नै Simple cell मा पनि आफूलाई आवश्यक पर्ने बिभिन्न रासायनहरु उत्पादन गर्ने, एकदमै साना नालीहरु मार्फत आफूलाई चाहिने तत्व लिने र विकार निष्काशन गर्ने, DNA बाट प्राप्त लाखौँ सूचना र निर्देशनहरु RNA मार्फत आफै भित्र र अन्य कोषहरुसंग संचार गर्ने लगायतको एकदमै जटिल तर ब्यबस्थित र उच्चकोटीको संयन्त्र तथा प्रणाली हुन्छ।

हुन त सबै कोषहरु उस्तै building blocks बाट बनेका हुन्छन, तर तिनीहरुको काम DNA को निर्देशन अनुसार फरकफरक हुन्छ। कुनैले शरीरका बिभिन्न भागमा अक्सिजन लैजान्छन, कुनैले खाना पाचन गर्दछन, कुनैले शरीरबाट विकार निष्काशन गर्दछन, कुनैले रोगको प्रतिरोध गर्छन, कुनैले सूर्यको किरणलाई शक्तिको रुपमा बदल्छन, कुनैले आँखा, कान, नाक छाला आदि बाट मस्तिष्कमा संकेत लैजान्छन, कुनैले आफू जस्तै कोषहरू बनाउने र विभाजन गर्ने काम गर्छन आदि इत्यादि। यसको अतिरिक्त कोषहरुमा हुने प्लाज्मा मेम्ब्रेन भन्ने यस्तो विशिस्ट तत्व हुन्छ की जसले कोषभित्र प्रवेश गर्न खोज्ने हरेक कुरालाई हजारौ ठाउँमा चेकजांच गरेर कोषलाई आवश्यक तत्वहरुमात्र भित्र जान अनुमति दिन्छ तर, अनावश्यक सबै तत्वहरुलाई भित्र जानबाट रोक्दछ।

कोषहरु जीवित रहनको लागी कोषमा असंख्य protein तत्वहरुको उपस्थिति र तिनीहरुको रासायनिक प्रतिक्रिया आवश्यक पर्दछ। एउटा protein बन्न हजारौं amino acid का अणुहरुको जथाभाबी होइन की शृंखलाबद्ध संयोगको आबश्यकता पर्दछ। यस्तो जटिल शृंखलामा कुनै बेहिसाबको (unlimited or infinite) संयोग भयो भने, अथवा गल्ती (error) भयो भने कोषले जीवन धानिने उचित तत्व प्राप्त गर्न सक्दैन र, परिणामस्वरूप अस्तित्वमा रहन सक्दैन।

विज्ञानको स्वरूप प्रगतिशील हुन्छ। न थुनेर थुनिन्छ न त रोकेर रोकिन्छ। त्यसैले यस प्रकारको अशंख्य ठाउँमा, अशंख्य तत्वको, अशंख्य किसिमको संयोजनबाट बनेको जीवको जटिल अस्तित्वोमा क्रमिक बिकास र अनौठो संयोगमात्र नभै अन्य कुनै बिधि पनि होला की भन्ने परिकल्पना गर्नु अत्युक्ति नहोला। त्यसरी नै amino acids, proteins, RNA, cells संगको अस्थिवकै जटिल र विशिष्ट केन्द्रिकृत अन्तर सम्बन्धीय संचार प्रणाली को साथै जैविक इतिहास दुरुस्त भाबी पुस्तालाई बताउन सक्ने क्षमता भएकोले DNA लाई भाषा भनिएको हो। हाम्रो युगको अपराध अनुशन्धानको विशिष्ट विधि पनि त DNA भाषा नै हो ! तर यो DNA भाषाको आवाज छ की छैन यसको संचार प्रणालीबारेको दूर भविष्यको अनुसन्धानले बताउला !
(समाप्त)

अर्को पटक अर्कै शीर्षकमा ………………

5 comments to DNA एउटा भाषा हो ! (अन्तिम भाग)

  • Mike Nepali

    जँहा जाँउ उत्तर-दक्षिण-पुर्व-पश्चिम- जता पुगे पनि, घुम्यो फिर्यो फेरी त्यही आते-पाते कुरा छिराई हाल्छन ! Could you please set the God aside for a moment ?

    Great Article ! Please do keep it up.

  • मनीष

    जति चोटि सोच्दा पनि जीवनको उत्पत्ति एउटा संयोग मात्र हो भन्ने मान्न सकिएन | प्रकृतिमा अवश्य पनि एउटा Intelligent शक्ति छ जसको कारणले मात्र घटना हरु घटिरहेका छन् जस्तो लाग्छ | ब्रम्हाण्ड र जीवको उत्पत्ति कसरी र किन भयो भन्ने कुरा मात्र जान्न बाँकी रहने होला मान्छे लाइ सधै भरी

  • Mk

    सृस्ती को रहस्यमय लिला रहस्यकै गर्भ मा रहस्य भै रहने होला अनन्त अनन्त /हामी आफुलाई के के न हो भन्छौ, तर आफ्नै सरिर बुझ्न नसक्ने कति निरिह छौ , हेर्नोस्त /

  • bhim

    मलाई यस्तो लाग्छ यो संसारमा विज्ञान र प्रकृति बीच शीत युद्ध चलिरहेको छ l

  • meawu

    हाम्रो शरीरमा हरेक कोष, तन्तु, अंगहरुले कसरि काम गर्दैछन् भन्ने सम्म त हामीले थाहा पाईसक्यौ तर हाम्रो मस्तिस्कले चाहना (will) कसरि पैदा गर्दछ भन्ने कुरा आज सम्म हामीले बुझ्न सकेका छैनौ! छैन त अचम्म? यो संसारमा हामी मान्छेहरुको अन्तिम लक्ष्य( last mission ) के होला? हाम्रै लागि बनेको जस्तो जस्तो ब्रह्माण्ड जस्तो कि सुर्यको ताप, प्रिथिब्को गति ,घुमाई, गुरुत्व बल, इनर्सिया अनि त्यो भन्दा उदेक लाग्ने प्रकृतिका चिजहरु जस्तो खोला, महासागर ,नदि , अझ पानी र हावाको ठ्याक्कै हामीलाई चाहिने अनि मिल्ने गुण!! कति हो कति. हुन त भन्छन नि बिज्ञानको जमानामा भगवानको कुरा नगर्नु तर मलाई किन हो कुन्नि यो बिज्ञानको अन्तिम खोज नै भगवानको लिला बुझ्नु हो जस्तो लाग्छ चाहे त्यो भगवान हामीले सोच्य जस्तो ४ हात भएको नहोलान वा हामी मानिस भन्दा पहिला नै यो ब्रह्माण्डमा एक बुद्दिमानी प्राणी थिय होलान हामीले अहिले अहिले बिकाश गरेको येन्त्रको सट्टा उनीहरुले आफ्नै शरीरमा गुणहरु बिकाश गरे होलान अनि सुदुर ब्रह्माण्डमा बस्दा होलान. हाम्रो लागि प्रिथिबी पानी खोला सबै उनैले बनाए होलान. खोइ के हो के?!! हामी आफै भन्दा पनि हाम्रो सरिरको कोषहरु हामी भन्दा बाठा हुनु ,हामी मस्त सुत्य बेला हामीलाई पत्तै नदिई पनि हाम्रो सरिरले आफ्नै तालमा काम गर्नु अनि हामीले अनुमान समेत गर्न नसक्ने जटिलता हाम्रो सरिर भित्रै हुनुले हामी यो दुनियाको परम बुद्दिमान प्राणी हामीनै हौ जस्तो लागेन. हामी येति सरो जटिल छौ कि त्यो त कि यो सरिरलाई थाहा होला कि त भगवानलाई नै! भगवानको भक्त कहाँबाट आयो नभन्नु होला. म बिज्ञानमा अत्यन्त चाख राख्ने मान्छु हु 😀