यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

हेल्थ बिटका रिपोर्टरले लेखेको पोलिटिकल न्युजबाट उठेको तरङ्ग, आखिर भएको के थियो?

annapurna-post आज सबैभन्दा चर्चामा रहेको समाचार अन्नपूर्ण पोस्टमा छापिएको यही समाचार रह्यो। अन्नपूर्णले प्रमुख समाचारका रुपमा छापेको यो समाचारमा लेखिएको मुख्यतः दुई कुराले नेपालीहरुलाई आक्रोशित बनायो- पद्मरत्न तुलाधरले भारतले पूर्ण रुपमा नाकाबन्दी लगाउनु पर्ने र नेपालमा केही पनि छिर्न दिन नहुने भनेको र तुलानारायण साहले केरुङमा समेत नाकाबन्दी गर्ने धम्की दिएको। यति महत्त्वको पोलिटिकल न्युजमा बाइलाइन भने दीपा दाहालको छ, जो पत्रिकाका हेल्थ रिपोर्टर हुन्। तुलाधर र साह दुवैले खण्डन गरेको यो समाचारमा दुवैको भनाईलाई अज्ञात स्रोतको हवाला दिइएको छ। कार्यक्रममै सहभागी दुई जनासँग कुरा गर्दा यस्तो बुझियो।

annapurna-post
खासमा बुधबार यो कार्यक्रमको आयोजना भारतीय दूतावासले दूतावासकै इन्डिया हाउसमा आयोजना गर्न खोजेको रहेछ। तर आमन्त्रित मध्ये केहीले आफूहरु दूतावास पसेको सार्वजनिक भए बर्बाद हुने भन्दै त्यहाँ नआउने बताएपछि दूतावासको कार्यक्रम इन्डिया हाउसबाट सांग्रिला होटलमा सरेको रहेछ।

सांग्रिला होटलमा आयोजित कार्यक्रममा राजदूत रेले आफू विषयमा प्रवेशै नगरी अरुका कुरा मात्र सुनेका थिए। समाचारमा भनिए अनुसार डा. भगवान कोइरालाले औषधी रोकिएकोमा कडा कुरा राखेका थिए। तर पद्मरत्न तुलाधरले भने केही बोलेका थिएनन्। ‘बूढा चुपो लागेर अरुका कुरा सुन्दै थिए, प्लेटमा भएका खानेकुरा के खान हुने के नहुने हेर्दै चम्चाले छुट्याउँदै थिए’, कार्यक्रममा सहभागी एक जनाले भने।

‘केरुङमा नाकाबन्दी गर्ने धम्की दिएको भनिएका साहले मधेस आन्दोलनबारे कुराहरु राखेका थिए तर उनको के हुति र केरुङमा नाकाबन्दी गर्छु भनेर धम्की दिने,’ उनले भने, ‘न उनको कुनै पार्टी छ। न कार्यकर्ता। पहिले नेविसंघमा आवद्ध साह पत्रकारिता हुँदै मधेस एक्टिभिस्ट बनेका हुन्।’

तुलाधरले विज्ञप्ति जारी गर्दै आफूले यस्तो अभिव्यक्ति नदिएको मात्र होइन त्यो कार्यक्रममा कुनै टिप्पणी वा विचार नै नराखेको बताएका छन्-
padmaratna

त्यस्तै तुलानारायण साहले पनि खण्डन गर्दै यस्तो लेखेका छन्-
tula

खासमा के हो त कुरा ? मेरा स्रोतले त यो गलत रहेकै बताउँछ। कार्यक्रममा सहभागी कसैसँग सोधेर यसको पुष्टि गर्न सकिन्छ। देशको यस्तो संवदेनशील स्थितिमा कुरा मिलाउनु पर्ने भूमिका खेल्नुपर्ने मिडिया किन कुरा बिगार्ने भड्काउने कुरामा लागिरहेका छन्, बुझ्न गाह्रो छ।

तर नेपालमा मिडियाप्रति जनविश्वास धेरै छ। फेसबुकमा सेयर हुने हावा ब्लगस्पटका समाचार त विश्वास गरेर सेयर हुने ठाउँमा राष्ट्रिय दैनिकले नै लेखेको समाचारमाथि कसले शंका गर्ने? त्यसैले धेरै नाम चलेकै पत्रकारले स्रोतको हवाला दिइएको समाचार भए पनि पत्याएरै सेयर गरे-

केही पत्रकारहरुबीच नै यो बहसको विषय पनि भयो
patrakar

आफ्नो समाचारको विश्वसनीयतामाथि प्रश्न उठाउँदै निकालिएका वक्तव्यपछि अन्नपूर्णले आफ्नो समाचारको बचाउमा के लेख्छ, हेर्न बाँकी छ।

विशेष गरी तुलाधरले आफूले उक्त कार्यक्रममा केही बोलेकै छैन भनेका छन्। उनले बोलेकै हो भनेर प्रमाणित गर्नु अब अन्नपूर्ण पोस्टको पनि दायित्व हो। पाठकले त सत्य कुरा थाहा पाउनु पर्‍यो नि ! आखिर झुटो को हो ? पद्मरत्न, तुलानारायण कि अन्नपूर्ण ??

8 comments to हेल्थ बिटका रिपोर्टरले लेखेको पोलिटिकल न्युजबाट उठेको तरङ्ग, आखिर भएको के थियो?

  • devu

    नेपाल को पत्रकारिताको उदाहरण ऋषि धमला हो..
    नेपाल को पत्रकार को काम भनेको,, आफ्नो नेता को भासन लै मिलाएर लेख्नु . र उनीहरुबाट केहि उपहार लिनु हो…
    नेपाल का धेरै जस्तो पत्रकार हरु कुनै न कुनै पार्टी संग सम्बध भएका हुन्छन..

    नेपाल को नेता को फोर्मुला नै . त्यहि हो.. ब्यापारी माडवारी को चन्दा + पत्रिका पत्रकार + आफ्नो स्वार्थ को लागि जे पनि गर्ने गुण्डा कार्यकर्ता = सफल नेता ..

    नेपाल र नेपाली जनता को बाल छैन.

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • Nepal government and Nepalese useless politicians need to wake up now from long term illusion
    Nepalese useless politicians are responsible for the country situation, the situation is the result of consulting India in every internal decision (either incompetent, fear of losing position, friendship, fear of life or greed of personal benefits etc. what ever the reason) but the result is pointing on our,useless politicians past doings. We no need to learn form India, India is itself create internally unfairness, inhumanity , Robbers, criminals, rapping all low grade activities to their country, in the name of politics. 500 millions people are poorest in the world but Indian politicians are not taking care on that but wants to ineterfare in small country internal affairs. So we Nepalese no need to learn anything from India and also no need to counseling from them. If we want to consult, consult from successful country, successful people. By this hard times we need to learn and we need to open eyes and we need to think from upper level. Don’t think personal benefit, think the benefit fro the community, team only that we can creat a better world and better Nepal.
    We are able to face the situation. My suggestion for future:
    1.select better people in political parties (Technocreat is better) it focus on the country image
    2. Generate electricity as much possible, reject gas for cooking, and use electricity to cooking all over Nepal (saves lot of out going money)
    3. Buy electric buses and Taxies for city services (it also helps to control the air pollution)
    4.Try to build long distance electricity train (150 km/h) (Japan, China, France, Germany) helps us
    5. Open all the basic things industries. ( includes medicines, USA , UK and Germany) help,us
    6. All the editable foods need to produce five times more than the Nepalese,populations
    7. Choose better people ( Honest, capable, Educated, Open minded, progressive, Active) in high government position
    8. Use passport system in between India and Nepal to control all the illigal activity and also control all the use less people are migrating from India to Nepal
    9. Open Nepal resources for internal use first and later for export
    10. Create environment for supplying to other countries by air or by port which is possible
    11. Don’t forget we are in between two monouster country in the world, if we want to keep our identity and save rights for Nepalese people we need to have very strong immigration rules for Indian, Chinese and other neighboring country (we can provide the visa easily but we need to track and check strongly)
    Finally if we want to enjoy life like Indians, think like Indians ( By God grace and everything for heaven and our doings for heaven) then forget the development of the country. The anger and the country feelings are created by situation. Now life is inconvinenient which makes uncomfortable and our feelings for nation is arising but when the situation is getting better we forget all the things
    We cannot trust India and we never reliable in India because

    1. Siri Lanka (20 years war) is great example
    2. Bhutan refugees
    3. Hritik Rosan case
    4. Many cases in Nepal , includes Madishes
    5. Killing Nepalese people in Name of Maobadi there are so many cases where India is playing with Nepalese people and doing unrest these 20 years and our politicians are supporting all these activity morally so Both Indian Raw and Nepalese politicians are responsible for the country situation like today also we can ask questions on the death of King Mahendra, Madan Bhandari, Royal palace massacre etc.

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 2

  • Nepalese news media, Nepalese most of the politicians are supporting India and we innocent Nepalese are suffering. Nepalese Madishes are innocent and Madishes who are against Nepalese are not Nepalese Madishes they are Indians and Indian government is paying for them according to daily basis. India is going to creat situation like Sri Lanka. Indian embassy is playing tricks to distract our attentions from protest against blocking so he is doing different kind of useless and low grade activity. India and Indians donot want to develop and also doesn’t like and support to develop their neighboring country. Actually we needs to go to UNA and claim that India is supporting criminal activity in Nepal and also supporting terrorist activity by sending their useless people in Nepal to create the unrest. Indian politicians are doing low grade politics and world is watching on it.

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

  • XYZ

    This is basically due to bahun-chhetri control of the media in Nepal.Just look at the name tag of the twitters.

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 5

  • dor Prasad

    सबै को खल्ती खल्ती मा मोबाइल रेचोर्देर केमारा हुदा पत्रकार संग न हुने कुरै भएँ .. प्रमाण चाहियो !!

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Ang

    Only few days ago Annapurna post has published a picture describing about Pokhara in its front page but it’s was in fact Kathmandu picture. I think same thing is happening again.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Lahure

    नेपाल मा सुद्द पत्रकारिता गर्ने पत्रकार हरु औला मा गन्न मिल्छ …बनि सबै कापी पेस्ट हरु…अनि नभएको कुरा सनसनी बनाएर क्रेडिट लिन खोज्ने haru

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • […] हेल्थ बिटका रिपोर्टरले लेखेको पोलिटि… […]

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0