एक रुपैयाँको नोट र सिक्का त्यस्तो वस्तु हो जसलाई बनाउन एक रुपैयाँभन्दा बढी खर्च लाग्छ। त्यही भएर राष्ट्र बैँकले एक रुपैयाँको नोट नै बनाउन छाडिसकेको धेरै भयो क्यार। नयाँ पुस्तालाई त एक रुपैयाँ बारे खासै ज्ञान नहोला, तर अलि पाको पुस्तालाई एक रुपैयाँको शक्तिबारे राम्रै ज्ञान होला। एक रुपैयाँले केमात्र किन्न पाइन्न थियो त्यतिबेला। हामी स्कूलमा पढ्दा पनि एक रुपैयाँको खाजामा ‘सुपर बिस्कुट’ खान पुग्थ्यो। सिल्भाँ लेभीको पुस्तकमा आजभन्दा २२४ वर्षअघिदेखि २०० वर्षअघिसम्म एक रुपैयाँमा २५ पाथी अर्थात् ८४ किलो चामल पाइने उल्लेख छ। सन् १८३२ देखि १८३५ को बीचमा त्यही मोलमा १७ किलोमात्रै पाइन थाल्यो। अहिले त्यही सम्झिएर एक रुपैयाँको चामल किन्न गए भने पसलेले लखेट्छन् तपाईँलाई। एक रुपैयाँको पावर घटेको छ। तर पनि एक रुपैयाँमा केही किन्न नपाइने भने होइन है। एक रुपैयाँमा अहिले बजारमा के के किन्न पाइन्छ त? हाम्रो नजिकैको किराना पसलमा जाँदा पसलले देखाएको चिज यस्तो थियो-
हाजमोला
आयुर्वेदिक औषधि हाजमोला भारतीय लगानीमा नेपालमा स्थापित कम्पनी डाबर नेपालले उत्पादन गर्छ।
सुकुमेल
एक रुपैयाँमा पाइने अर्को चिज सुकुमेलको एउटा दाना हो। नेपालमा ग्वाटेमालाबाट समेत सुकुमेल आयात हुने गर्छ।
सुपारी
यो पसलमा भेटिएको एक रुपैयाँमा पाइने अर्को चिज रहेछ सुपारी।
हल्स
आयुर्वेदिक औषधि हल्स पनि एक रुपैयाँमा पाइन्छ। यो पनि भारतबाटै आयात हुने गर्छ।
बनाना चुइङ्गम
फोटोमा पाँच स्टिकको एक प्याक देखाइएको छ। यो सबै एक रुपैयाँमा आउने भने होइन। विदेशबाट आयात हुने यो केरा स्वादको चुइङ्गमको एक स्टिक मात्रै एक रुपैयाँमा पाइन्छ।
चकलेट
चकलेट भन्ने बित्तिकै आजभोलिका बच्चाहरु क्याडबरी बुझ्छन्। तर यो पसलमा एक रुपैयाँमा आउने चकलेट पनि रहेछ।
यो पसलमा मैले एक रुपैयामा पाइने यही ६ चिज मात्रै भेट्टाएँ। तपाईँलाई पनि एक रुपैयाँमा आउने केही चिज थाहा छ? अथवा पहिले पहिले एक रुपैयामा किन्ने गरेको केही चिज सम्झना छ? तल कमेन्टमा लेख्नुस् है।
रु १ मा रु १ को नोट मात्रै!
२८/३० साल तिर एक सुकाको २ ता ढाल पाउ थियो, सुकी ढाल
१ रुपिया मा निम्न चिजहरु पाउँथ्यो हाम्रो पालामा
– ४ ओटा Orange Ball / Black Ball Chocolate (सायद अहिले पनि पाइन्छ कि )
– ४ बट्टा सलाई
– ४ ओटा पानी पुरी
– २ ओटा Mango Tart, Lacto, योयो, Hajmola Candy आदि chocolate
– १ ओटा BABA Biscuit
मैले २० पैसामा एउटा निम्की दल्मोट,ग्वारामरी १० मल्प्वा १० वटा पाउथे र स्कुल मा खाजाको लागि १० २० पैसा पाउने र यहि किनेर खान्थे |
१ रुपैया त् धेरै हो नि !!
देशमा दैनिक उपभोगघ्या ब्स्त्तुको अन्तरिकउत्पादन र औदोघिक र ब्यापारिक निर्यात भन्दा कागजको पैसा बढी छापेर रुपियाको मूल्य घटेको/ यो क्रम जारीराखे कुनैदिन युठोपियाको पैसा जस्तो Nepali रुपिया पनि घडामा बोक्न्नु पर्ने हुन्छ/ युठोपियाको पैसा $४००.०० अमरिकी साटे एउटा घडा लिएर जानुपर्ने रहेछ / $८.oo साटे एउटा ठुलो जोला/
अन्तरिक उत्पादन बढौ, आयात भन्दा निर्यातमा जोड दिउ/ बैधेशिक हैन शोदेशमा रोजघारी सिर्जना गराओ / नेपालीले बनाएको र नेपालमा उत्पादन भएको समान प्रयोग गराओ अनि बिधेष्म पनि बेचु अनि कुनैदिन एक रुपियामा सालोक्य ज्यु ले खानुब्येको सुप्पेर बिस्कुट फेरि फिर्ता अवश्य औच्छ/
अबको चुन्नाब्मा राजनीतक र जातीय नारा भन्दा राम्रो अर्थिक कार्यक्रम भएको पार्टी र
एदी औसत ३% मुद्र अबुमुयेना (इन्फ्लेशन) हुने हो भने अब को ५० बर्ष मा ५ रुपिया को भाउ १ रुपिया बराबर हुने छ, 75 बर्ष मा १० रुपिया को भाउ १ रुपिया र १०० बर्स मा २० रुपिया को भाउ १ रुपिया बराबर हुने छ | यो चाही अमेरिका को दर हो !
तर नेपाल को इन्फ्लेशन राते ८% औसत भएको ले येही अबस्थामा २० बर्स मै ५ रुपिया को मुल्य १ रुपिया हुने छ | २०३६ को ब्लग मा पाच रुपिया मा के पयियेला भनेर लेखुन पर्ने छ | नेपाल बैंक ले ५ रुपिया को नोट छाप्न छोड्ने छ |
त्यो दृश्य —
उबेला राजतन्त्रात्मक नेपाल हुँदा हिन्दू बौद्ध धर्मालम्बीहरुको प्रतिशत कति थियो ?
ऐले गणतन्त्र तन्त्रात्म्क मुलुक बनाईए देखि हिन्दू धर्मालम्बीहरुको प्रतिशत कति
छ ? बौद्द धर्मालम्बीहरुको प्रतिशत कति छ ?
जननिर्बाचन ( जनताको मत बिना ) बिना जबजस्ती ग्रयाण्ड डीजाईंन अन्तर्गत हटाईएको
राजसस्था पछी ल्याईएको यो गणतान्त्रिक खनतान्त्रिक के के जाति पछिको यस राजनीतिक माहोलमा को सप्रियो गु को मुला झैँ ???!!! त्यै क्रिश्च्यांन धर्म हैन ?
यो एक पाटो छर्लंग .
अब अर्को दृश्य , हेर्नुस है !
अस्ति सम्म बाबुराम प्रचण्डहरुले नेपाली जनताको अगाडी भाषण गर्दा भान्नु
हुन्थ्यो , ‘ भारतीय बिस्तारबाद मूर्दाबाद ‘ ———–
हामी मज्जाले ताली बजाउथ्य्यौ ———-
हिजो उता बाट मोदी आए ( भारतीय राजनीतिका बरिष्ठ नेता / सरकार )
तिनै बाबुराम प्रचण्ड लगायत ओली नेपाल कोईराला आदि हरुले के मात्रै रमिता
गरेन ???!!!
मोदीले पाईला टेक्ने काठमान्डूका गल्लि गल्लि बढार्यो ! पानीले पखाल्यो !
अनि मोदीको भासनमा भाबबिभोर भएर ताली बजायो !!!???
यस्तरी आफूलाई लेंदृपे करण किन गर्या यी नेताहरुले ?
अब ऐले जे समस्या उत्पन भईरहेको छ नेपालमा मोदिहरुको कारण , दोष कल्लाई ?
आफूलाई सन्तुलित राख्न नसक्ने नेताले दुई ठुला देश चिन र भारतसंग नेपालाई
सन्तुलित राख्न सक्ला ???
नेपालको भबिष्य राजतन्त्र मार्फत सुरक्चित बनाऔ
राजतन्त्र ल्याऔ नेपाल जोगाऔ .
जय देश जय नरेश
२०३२ साल सम्म १ रुपिया मा २ वटा रसभरी पाइन्थ्यो , रन्जना सिनेमा हल को अगाडी पट्टि त्यो पसल (होटेल) अझै सम्म छ , नाम हो “पूर्ण स्वीट एंड चाट” !!! त्यहि निर अर्को पसल आर. सि. मम मा १ रुपियाको ६ वटा (हाफ प्लेट) मम खान पाइन्थ्यो, जुन पसल हालसम्म पनि तेही छ !!! “खाजा बिस्कुट” त २५ पैसा पाकेट थियो अर्थात् १ रुपियामा ४ पाकेट !!!!
४०-४१ साल तिर स्कुल को पिअन दाई को पसल म एक मोहोर को चिउरा र एक मोहोर को आलु केराउ को तरकारी ले हामी फुच्छे को पेत भरिने खाजा आउथ्यो कि भने १ रुपैयाँ म चिया पाउरोती को मिठो खाजा आउथ्यो.
मैले एक रुपैयाँमा चारवटा पेणा पाऊथे,जब म शिशु कक्षामा पढ्थे।
एक रुप्पेमा २५ वटा पिपल मिठाई पाइन्थ्यो .
sunsilk shampoo एक रुपैया मा अहिले पनि औंछा !!!
७ रुप्पेमा बिश्वज्योतीमा बाल्कोनीमा बसेर फिलिम हेरिन्थ्यो | जता गयेनी बस भाडा १ रूप्पे थियो | ल्याण्डलाइन फोनको ह्यान्डल समातेर नम्बर हाने पछि नराखुन्जेल जम्मा १ रूप्पे थियो जता ततै PCO र किराना पसलमा | त्यो भन्दा अलिक अगाडी जाने हो भने १६ रूप्पे किलो खसीको मासु, ६० पैसामा चिया, १० पैसामा भुजिया चिउरा पनि |
ति दाम र पैसा सम्झेर काम छैन, दुख हिजो नै धेर थियो |
j hos banana chewing gum ko rate chai ahile samma tehi rai chha
त्यो सुपर बिस्कुट, खाजा बिस्कुट तेस्पछी आएको सुका खाले लफ्टी चक्लेटको जस्तो स्वाद त अचेलको कुनै पनि बिस्कुट र चकलेटमा पाइन्न होला ! अनि त्यो सुका पर्ने पिरो कालो र अरेन्ज बल त पछी सम्म पनि देख्या जस्तो ला’छ |
एक रुपैया मा अझै पनि थुप्रै किसिमका साना तितौरा र चकलेट हरु पाइन्छ र हल्ल्स अहिले २ रुपैया भैसक्यो |
आज भन्दा 22 बर्ष अगाडी साथिभाइ या आफू सङ्ग 1 रुपैया भयो कि दोकन मा जादा पसलेले हज्मोला क्यान्डी 2 वटा दिन्थ्यो,छिपकलि को अन्डा जस्तो मिठाई 8 वटा आउथ्यो,सानो तिनो चक्लेट त एक सुका मै पाइन्थ्यो,बरफ ,icream दाल्मोट को packet पाइन्थ्यो।
बाल्यकाल सम्झिदै आनन्द लाग्छ !!:
चकलेट – मिठाई
कुरो के भने चकलेट – chocolate बाट आएको हो र त्यो सामान्य तय मिठाई (sweets) नै हो. तर त्यसमा ‘cacao’ को दानाको प्रयोग भएको हुन्छ, त्यसैले भिन्न स्वादको हुन्छ अनि चकलेट भनिन्छ. यहां चित्रमा भएकोलाई ‘sweets’ – मिठाई भन्नु पर्ला. धेरै पहिले मैले एउटा डा. को सानी छोरिलाई लाउ ‘बबल-गम’ भनेर दिए उसले ‘stupid, this is chewing gum’ भनेर लिई. फू गरेर फुलाउने भएर ‘बबल-गम’ कच्यांग कच्यांग चबाउने भएर chewing gum पो भनिने रैछ. हामिमा आयातित सब्दहरुको भद्रगोल रुपमा प्रयोग हुन्छ. नया पुस्ताले स्वतः त्यो सपरेरा बोल्छन होला तर ‘टावर टिपेन’ भन्न छोड्लान? नटिप्ने त network हो नि !
नेटवर्क हैन सिग्नल होला …
हाम्रा पालाँ रू. १ मा
रत्नपार्कबाट इनार (पाटन ढोका) सम्म बस यात्रा गरिन्थ्यो
क्याम्पस सकियेसी फेरी अर्को रू १ खर्चेर रत्नपार्क फिर्ता आइन्थ्यो
त्येपछी रू ३ खर्चेर महाबौद्धमा १ प्लेट म म झ्याप
क्या गज्जप थियो
सम्पूर्ण “दैनिक नियमित खर्च ” रू ५ मा फत्ते
तलब पनि त ७०० कि ९०० रूप्पे थियो होला नी |
खै तलब कति हुन्थ्यो त्यो त हेक्का रहेन
तर
प्रत्येक ६ महिनामा क्याम्पसले रु १००० छात्रवृति दिन्थ्यो (उत्कृष्ठ २५% सबैलाई)
मेरो एक मम प्रेमी मित्र हाताँ हात्ती परेसी भन्थे ….. “३३३ प्लेट म:म: !!! “
राम्रो कुरो सम्झाउनु भयो यहाले, साथै हाम्रो नोट मा हाम्रा प्रिय राजा को तस्बिर पनि देखियो; अब राजाको विकल्प छैन किन कि राजा ले मात्र देश को बारेमा चिन्ता गर्छन. अहिले का नेता भनौदा हरु त मिलि मिलि भाग बन्दा लगाएर देशै खान लागिसके हौ. हुदा हुदा भू पु हरुलाई पनि आजिबन सुबिधा… यस्ता मुला सयौ राजाहरु हुनु भन्दा त एउतै राजा प्यारो छ कि कसो साथी हरु? राजा औ देश बचाऊ!!! जय Nepal !!
एउटा नेपाली
हाम्रो बाजे ८१ बर्षमा मरेयो। हाम्रो बाजे र ऊ एउटा क्षेत्री ( थापा ) , एकै दिनमा जन्मेको रे। त्यो क्षेत्री , यो सालको भूकम्पमा , खुट्टा खजाम भको थियो , अहिले १०८ बर्षमा मरेयो। यो भूकम्प नभएको भए अझै धेरै बाच्ने जस्तो थियो। मैले के भन्न खोजेको त ? मैले भन्न खोजेको :- सबै नेपालीहरुलाई , आफ्नो नागरिकता , सर्टिफिकेट , जन्म दर्ता सबै सबै , आफ्नो जन्ममिती लेखौ। आफ्नो कागजपत्रमा , अरुको उमेर बोकेर नहिडौ। १५ बर्ष या ५० मा SLC दिएपनि। जुनीभरी आफ्नो कागजपत्रमा अाफ्नो उमेर लेखौ। धेरै कुरो थाह हुन्छ। के धेरै उमेर हुनु नराम्रो हो र ? के त्यो उमेरमा कहिलै आउदैन रे ? (१) हामीहरुको बाच्ने धेरै छ , तर सत्य नै थाहा भएन , आफ्नो उमेर लेखौ , यो राम्रो कुरा हो।
Salai
Interesting Article – I used till my middle school only Rs. 1 copy. First time I use Rs. 2 & Rs. 5 copy was in grade 9. I also remember buying small candies (Pipalgedi) 20 pieces at Rs. 1. Really funny to remember!!!
एक रुपैयामा के पाईञ्छा ?
पाईञ्चा नि सपना देख्न पाईन्छ . यो एक रुपैयाको नोटमा श्रीपेज लगाएका राजा
देख्दा पुन : राजसंस्था ब्युझाउन सके नेपाल टुक्रिदै उत्तर दक्चिन तिर मर्ज हुने
खतराबाट जोगाउन सकिन्थ्यो कि —
मैले सम्झे सम्म
१ आहिलेको भन्दा मिठो (घिउ र दुधमा बनाएको हुनुपर्छ ) पुस्टकारी
२ ने. बि . क. ( नेपाल बिस्कुट कम्पनि ) लेखिएको खाजा नामक बिस्कुट ६० पैसामा
३ दुग्ध बिकाश संस्थान बाट वितरण हुने आधा लिटर ( जुन समय हल्फ़ पौण्ड भन्थ्यो बोत्तलमा पाहिन्थ्यो ) ६० पैसा
४ भुटेको चना, बकुला, भटमास, केराउ, ( एक किसिमको टिनको माना आकारमा) राखेर दिनेगर्दथ्यो .२५ पैसा
५ चिनी २५० ग्राम ( १ पाउ ) १.२० पैसा
६ झिर ( लाखामारी जस्तै) .१० पैसा
एक रुपैयाँ मा त धेरै कुरो aauthiyo हो दाजु . पाउँ निम्की तितौरा के केहोकेके.
गुच्चा
पहिले पहिले एक रुपैयामै आउने मिठा मधु अहिले बढेर ५ रूप्पेको दुइ र कहिँ कहिँ ३ वटा प्याकेटमा झरिसक्यो | स्कूल पढ्दादेखिनै एक रुपैयामै पाइने मधु अहिले लगभग एक बर्ष अगाडी मात्र आएर दुई रुपैया भएको हो | यस हिसाबले सबैभन्दा लामो समयमा भाउ बढ्नेमा म मिठा मधुलाई लिन्छु ||
sansarai aago lagauna pugne eka batta salai kinna pugchha yo lagbhag arthahin 1 rupiya le.